Author Topic: Sri Krishna Shrestha - Actor / producer nepali film  (Read 10561 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Sri Krishna Shrestha - Actor / producer nepali film
« on: October 08, 2009, 09:26:56 PM »

Actor Sri Krishna Shrestha who did over 100 films of others has come to realise that promoting and selling a film are more difficult than doing and making a film. He realised this while preparing to release his first home product - Kaha Bhetiyala.

"I have now realised that making or acting in a film is easier than promoting it," Shrestha said. "As an actor you create a film on the basis of the character; as a filmmaker you manage the money, manpower and equipment; but when you want to release it to the public, you have to depend on the hall owners, and the halls do not belong to you."

The experiences of actor Sri Krishna reveal the difficulties that a filmmaker faces while releasing his films. When a popular actor like Shrestha finds it difficult to sell his home product, one can easily realise the situation of the general filmmakers. Many of the filmmakers cannot release their films even five years after their making.

"Now I am one in all - an actor, maker and seller - of Kaha Bhetiyala, and I am busy arranging the halls for its release in Kathmandu from July 24," Shrestha said.

Shrestha is to release his film across the country a week after its release in Kathmandu.

Shrestha who has acted in over 100 films terms his first home product as a musical love story.

He also says that as a man dedicated to a career in films, he has to be a director or producer in order to sustain in the field. In Nepal, old actors hardly get roles in films. So, he chose to be a producer and made Kaha Bhetiyala on a story which he himself wrote on the basis of what he saw on the highway hotels while travelling outside the valley as a crew member of several film units.

"It is my attempt to bring the men (and women) who are heading on the wrong path to the right track," he said.

Most of the films that Sri Krishna Shrestha did in the past became box-office hits. His Afanta, Afno Manchhe, Eh Mero Hajur and Hami Tin Bhai were hits in the years they were released.

Also almost all the films Sri Krishna did have been directed by Shiva Regmi, a highly successful director.

Indeed, Shrestha did not act only in three films - Manish, Upahar and Ek Phera Hansi Deuna - of Shiva Regmi. In other films they are always together.

"I find it comfortable to do his film," he said.

However, he does not have actresses like Niruta Singh, Jala Shah and Bipana Thapa in this venture - actresses who accompanied him in his previous films.

This time he has Sweta Khadka, a totally new face, to replace his all-time actresses.

But how is his film? The audiences will have to wait till July 24 to find the answer.

Actor cum producer Shrestha simply says that it is close to reality and free from dramatised events and actions.



« Last Edit: October 08, 2009, 09:56:18 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Sri Krishna Shrestha - Actor / producer nepali film
« Reply #1 on: October 08, 2009, 09:28:17 PM »
जेरी पो रहेछ मायानगरी
दीपक सापकोटा (nayapatrika)

नायक श्रीकृष्ण श्रेष्ठलाई लाग्छ, सिनेमामा माया हुन्न, केवल मायाको खेती हुन्छ

पृथ्वी राजमार्गको एउटा यात्रामा नायक श्रीकृष्ण श्रेष्ठले एउटी त्यस्ती युवती देखे, जसलाई कुनै अपरिचितले भनिरहेको थियो- सु्त्न जाऔं । बाहिर शीत परिरहेको र फूल भिजिरहेको जाडो महिना थियो । श्रीकृष्णले हेर्दाहेर्दै युवती उठी र अपरिचितसँग गई । 'क्याम्पस पढिरहेकी एउटी युवतीलाई उसको परिवारले वेश्याधन्दामा लगाएको रहेछ,' यतिखेर उनी सुनाउँछन्, 'त्यो घटनाले निकै दिनसम्म मेरो मन चिमोटिरह्यो ।'

केही वर्षदेखि नेपाली फिल्मबाट अलप भएका श्रीकृष्णलाई फेरि फिल्म लिएर र्फकन यो घटनाले घच्घच्यायो । कतिले उनी अब कहिल्यै फिल्ममा र्फकंदैनन् भनेका थिए । उनी फर्के, त्यो पनि आफैं निर्माता भएर र राजमार्गकी जीउ बेच्ने एउटी युवतीको अलाप लिएर । फिल्मको नाम जुर्‍यो- कहाँ भेटिएला ? नायिका बनी, बाँच्नका लागि जीउ बेच्नुपर्ने युवती । ऊ यौवनले भोकाएका स्यालसँग नाच्नुपर्ने हुन्छ । युवती गुन्गुनाउँछे-

रूपै खोज्ने आँखाहरू धेरै-धेरै आउँछन्

मन खोज्ने मायालुलाई कहाँ भेटिएला ?

ऊ आफूलाई सधैं यसरी बेच्न सक्दिन र अन्त्यमा ऊ मर्न लागेकी हुन्छे । एउटा युवक आउँछ र उसलाई अँगाल्छ । यही हो फिल्मको सार । श्रीकृष्ण यो घटनाबाट यति भावुक रहेछन् कि उनले कवितात्मक उपदेश दिए, 'राजमार्गका ती युवती निरीह छन्, त्यहाँ त दुःख र आँसु मात्रै छ । तिमी शरीर चाखेर होइन, आँखा पढेर तिनीहरूको गीत लेख । तिमीहरू बैंस भोगेर होइन मन छामेर तिनीहरूको कविता लेख ।'

श्रीकृष्णले २३ वर्षे फिल्म यात्रामा अनेक रूपमा जीवन भोगे । कहिले घामजस्तो, कहिले पानी त कहिले इन्द्रेणीजस्तो । फिल्मको रंगीन संसारमा यति वर्ष बिताएका उनलाई कस्तो लाग्यो त फिल्म-यात्रा ? 'फिल्म त जेरीजस्तो रहेछ । कहिल्यै छेउ फेला नपर्ने' उनले भने, 'धन्न अझै नेपाली चलचित्रले दर्शक पाएको छ ।'

श्रीकृष्ण पनि अरू हिरोभन्दा फरक कहाँ भए र ? नाचगानमा हिरोइनसँग उसैगरी हल्लिए । हिरोइनलाई गुन्डाहरूबाट बचाए । फिल्मको अन्त्यमा सधैं आफैंले समर जिते । एउटै र उस्तै कथामा २३ वर्षसम्म फिल्म खेलिरहे निरन्तर । गुणस्तर पनि २३ वर्षदेखि उस्तै । मात्र समय बग्यो । समाज छिटो हिँड्यो । तर, सिनेमा हिँडेन । श्रीकृष्ण पनि हिँडेनन् ।

उनलाई सोधियो- सधैं उस्तै अपत्यारिला कथानक भएका नेपाली फिल्मबाट समाजले कथाको विजय पायो कि पाएन ? 'समाजको कथा सिनेमाले खासै पक्डेन । दर्शकले फिल्म हेर्दा सधैं आफूलाई हिरो ठान्छ । आफू हार्न कोही चाहँदैन,' उनले भने, 'त्यो दर्शक फिल्म हेरुन्जेल हिरो बन्छ । तर, सामाजिक जीवन फिल्मजस्तो हुँदैन । उसले फिल्ममा जिते पनि समाजमा जित्दैन । फिल्ममा जितेजसरी हाम्रा सामाजिक कथाले जितेनन् ।' यी हिरोले हामी अचेल विदेशी चस्मा लगाएर फिल्म हेर्ने गरेको सुनाए । 'दर्शकलाई हाम्रा सिनेमा परम्परागत हुन्छन् भन्ने मात्र लाग्छ,' उनले भने ।

पर्दामा नायक-नायिका गीत गाउँछन्, रुन्छन्, कराउँछन् । गीतका शब्दले रोई-रोई सारा कहानी भनिरहेको हुन्छ । तिनको रुवाइमा वियोग, दुःख, मृत्यु र अभाव मिसिएको हुन्छ । ती पात्र हुन्- फिल्मका गरिब नायक/नायिका । कतै हाँसो भए पनि दुःखका कुराले मान्छेलाई छुने रहेछ । त्यसैले हाम्रोमा दुःख र आँसुका फिल्म धेरै बन्छन् । उनीहरू त पर्दामा मात्रै नायक-नायिका हुन् । पर्दाजीवनको मात्र नायक-नायिकाबाट समाजले के सिक्ने ? 'पर्दाको नायक- नायिकाबाट धेरै सिक्न सकिन्छ । माया, दया, घृणा सबै मिसिएर फिल्म बनेको हुन्छ । समाजले सामूहिकता, सभ्यता र अन्य धेरै कुरा सिक्न सक्छ पर्दाबाट,' यी हिरोले सुनाए ।

तर, पर्दा त पर्दा मात्रै हो । त्यहाँ असल काम गर्ने हिरोले बाहिर पनि असल काम गर्ला त ? त्यसो भए पर्दामा प्रस्तुत श्रीकृष्णबाट प्रभावित पुस्ता असल हुन सक्छ कि सक्दैन ? 'कतै राम्रो भूमिकामा खेलेको छु, र नराम्रोमा पनि । मैले कुनै वर्गलाई हित हुनेगरी मात्रै फिल्म खेलेको छु । मेरो सुख-दुःख फिल्म पोखरामा ५१ दिन चल्दा हलमा एकजना बूढा मलाई कुरेर बसेका रहेछन् । उनले रोएर मलाई नाति भने, निकैबेर अँगालेँ,' श्रीकृष्णले सुनाए, 'मैले ती बूढाको आँसु पुछिदिएँ । सिनेमाले कति प्रभाव पारेछ भने फिल्म चल्नुपहिले ती बूढालाई घरमा छोरा-बुहारीले साह्रै हेला गर्दा रहेछन् । तर, फिल्म हेरिसकेपछि तिनलाई माया पो गर्न थालेछन् । सिनेमाले मान्छेको माया पनि बढाइदिँदोरहेछ । कत्ति ठाउँमा त मलाई कलाकार भनेनन्, घरकै सदस्यझैं गरे । यो नै मेरो असल कामको उपहार हो ।' श्रीकृष्णलाई नेपाली फिल्म 'डुबेर फेरि उत्रँदै गरेको एउटा युग' भन्ने लाग्दो रहेछ । 'पचासदेखि साठीको दशक नेपाली सिनेमाको 'गोल्डेन' युग हो । त्यसपछि हामीले खेपेको राजनीति र युद्धले फिल्म मात्र होइन, सबै चकनाचुर भयो । मान्छेका सपना पनि फुटे,' श्रीकृष्ण बोल्दै गए, 'बलेर निभेको ठुटोझै छ नेपाली फिल्म । फेरि ब्युँझने प्रयासमा छ ।'

संवादमा हिरो आयो । नाच्न जान्नु, ह्यान्डसम हुनु हिरोको मानक बनेको छ । के हिरो त्यतिले मात्र हुन पाइन्छ ? 'बाहिरी रूप राम्रो र बडी ल्याङ्वेज पनि हुनुपर्‍यो । नेपाली सिनेमामा नपढेका कलाकार धेरै छन्,' यी स्नातकधारीले सुनाए, 'पढेका आउँदैनन् । हिरोइनसँग नाच्न जान्ने मात्र हिरो हुनै सक्दैन । आफ्नो अभिनयको छाप, छवि छोड्न सक्ने नै हिरो हो ।'

श्रीकृष्णले जति नै नेपाली फिल्मको वकालत गरे पनि नराम्रा फिल्मले विजय पाउने होइनन् । जति बलियो बनाए पनि माटाको भाँडाले देखाइछाड्छ आफ्नो रूप र गर्व । नेपाली फिल्म त्यही माटोको भाँडो हो, फुटिहाल्ने । फिल्ममा जति रोए, कराए पनि त्यसले केही दिनैपर्छ युवापुस्तालाई । अभिनयमा दुई दशक छिचोलिसकेका श्रीकृष्णको पर्दा-जीवनले युवापुस्तालाई के दियो ? 'मैले खेलेका हरेक नेपाली सिनेमामा सन्देश छ जित्नुको,' उनले सुनाए, 'मैले खेलेका अधिकांश फिल्ममा केही सन्देश पाइन्छ नै । मैले युवापुस्तालाई आफ्नो नाच देखाएँ, फिल्मबाटै नाच्न सिकाएँ ।' त्यसो भए श्रीकृष्णको अभाव कसरी महसुस होला ? 'नेपाली फिल्ममा जुन अरूले दिन सक्दैनन्, त्यो मैले दिएको छु । हाम्रा सिनेमाबाट मैले सिक्ने कुरा छैनन् । अभिनय गोविन्दा र अमिताभको हेरेर सिक्छु ।' यसैगरी अरूबाट सिक्दा-सिक्दै नेपाली फिल्मले चोर्न पनि त जान्यो नि ? 'अभिनय सिक्नुहुन्छ, फिल्मको कथा चोर्नुहुन्न । हामीले चोरेको होइन, प्रभावित भएको हो । फिल्म चोर्नमा त बलिउड खप्पिस छ, हामी पनि बलिउडबाटै प्रभावित हुँदै गइरहेका छौँ, यो नराम्रो संकेत हो ।'

भनिन्छ, सिनेमा समाजको ऐना हो । यसले समाजलाई डोर्‍याउँछ पनि । नेपाली सिनेमाले समाजलाई के सपना दियो ? 'सिनेमाले सपना देखाउँछन् । तर, कमै सिनेमाले मात्र समाजलाई राम्रो सपना देखाएको छ,' यी हिरोले सुनाए, 'माउसुलीले घ्याम्पो अँगालो मार्ने सपना देख्नुहुँदैन । हुँदै नहुने सपना देखाइएकोले नेपाली फिल्म फ्लप भयो । आयु हुँदैन नेपाली फिल्मको ।'

फिल्म हेरुन्जेलका लागि मात्र हो । आँखाको तिरिमिरी । एउटा झिलिक्क जस्तो मात्र । डाक्टर तारानाथ शर्मा 'जिन्दगी नै तिरिमिरिझ्याइँ हो' भन्छन् । अनेकौं रंगविरंगमा विभक्त छ फिल्मको समय । त्यो 'तिरिमिरी'मा रम्नेचाहिँ वास्तविक हिरो हो कि

समाजको ? 'पर्दाको हिरोले समाज परिर्वतन गर्न सक्यो भने त्यो पनि हिरो हो । तर, देश, समाज परिवर्तन गर्नेचाहिँ वास्तविक हिरो हो,' उनले सुनाए । श्रीकृष्ण वास्तविक हिरो हुन् ? 'त्यो थाहा छैन, समाज परिवर्तन गर्न नसेके पनि प्रयासचाहिँ वर्षौंदेखिको हो,' उनले भने । पर्दा र बाहिरको श्रीकृष्णमा के समानता र फरक छ ? 'फरक, समानता दुवै छ । सिनेमाजस्तै बाहिर पनि मायालु छु । फरक के भने पर्दामा जे गरेको छु, त्यो बाहिर गर्न पाएको (सकेको) छैन ।'

आफूलाई 'सुपरस्टार होइन, मान्छेको मनमा बस्ने कलाकार' ठान्ने उनलाई नायिकाले सारी लगाएको 'सेक्सी' लाग्दो रहेछ । 'अंगप्रदर्शन गर्दैमा फिल्म चल्दैन । नायिकाले सारी लगाउँदा देखिएको सुन्दरता अरूवेला देखिन्न ।' आफ्ना फिल्ममा अंगप्रदर्शन गराउँदैनन् श्रीकृष्ण ? 'अहँ, गराउँदिनँ । मैले फिल्ममा नारी नंग्याएको छैन । माया छुट्टै हो । सम्मान गर्छु नारीलाई । नारी फूल हुन् । आफूभन्दा माथिल्लो प्रतिष्ठामा राख्छु नारीलाई ।' सिनेमामा माया हुन्छ । सिनेमाको माया चोखो हुन्छ कि हुँदैन ? बहसकै विषय हुन सक्छ । पर्दाभित्र र बाहिर माया फरक हुन्छ होला ? 'सिनेमाले मायाको खेती मात्र गर्छ, यहाँ माया चोखो हुँदैन । मायामा निकै अन्तर छ पर्दाभित्र र बाहिर,' श्रीकृष्णले भने । श्रीकृष्णलाई 'कुनै सिनेमाले दर्शकलाई भित्रै मनसम्म छोयो' भने त्यो सफल सिनेमा हो भन्ने लाग्दो रहेछ । नेपाली सिनेमामा सधैंजसो हुने रोनाधोनाको 'दृश्य'मा श्रीकृष्ण साँच्चै रुन्छन् रे । अहिलेसम्म 'गिल्सिरिन' प्रयोग गरेनन् रे उनले । 'म त्यसै रुन्छु, भावुक छु नि,' श्रीकृष्णले सुनाए । हाम्रो सिनेमा विश्वस्तरमा कहिल्यै नपुग्ने उनको निष्कर्ष छ, 'हामी प्रविधि, कलाकारदेखि सबैमा कमजोर छौँ, कहिले पुगौँला विश्वस्तरमा ?'

श्रीकृष्णले किन बिहे गरेनन् ? यो उनैलाई पनि थाहा छैन । के उनले कसैलाई प्रेम गरे हुन् ? 'गरेँ नि प्रेम, क्याम्पस पढ्दै । एउटी थिइन् निकै लजालु । तर, अहिले उनको बिहे भइसक्यो । छोराछोरी पनि भइसके । उनको अहिले पनि माया लाग्छ र सम्मान जाग्छ,' उनले सुनाए ।

श्रीकृष्णलाई आमाले धेरैचोटि 'बिहे गर नानी' भनेकी छन् । आज श्रीकृष्णमा पहिलेजस्तो मस्त बैंस र तेजस्वी आँखा छैनन् । समयले त्यो बैंस निल्दै जाँदै छ । राजेश हमालझैं बिहे नगर्ने रोग यिनलाई पनि लागेको छ । अझै दस वर्ष पर्खिरहे भने यिनलाई आमाले 'बिहे गर नानी' भन्ने छैनन् सायद । वसन्त प्रत्येक वर्ष आउँछ तर, उमेर र बैंस त कोल्टे फेरिसकेपछि फेरि कहाँ फर्केर आउँछ र ?

spkt.deepak@gmail.com

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Sri Krishna Shrestha - Actor / producer nepali film
« Reply #2 on: October 08, 2009, 09:37:50 PM »
म दु:खसँग डराउदिन - नायक श्रीकृष्ण श्रेष्ठ

(फिल्मीखबर)

नायक श्रीकृष्ण श्रेष्ठद्वारा पहिलोपटक निर्मित चलचित्र कहाँ भेटिएलाले यही साउन ९ गतेबाट राजधानीका हलमा पालो पाउने भएको छ भने २१ गतेदेखि राजधानी बाहिरका हलमा रिलिज हुने भएको छ। प्रस्तुत छ उनै नायक तथा निर्मात श्रीकृष्ण श्रेष्ठ सँग फिल्मीखबरले गरेको कुराकानी -

एउटा निर्माता भएर चलचित्र निर्माण गर्न र प्रदर्शन गर्न कत्तिको गार्‍हो हुने रहेछ ?
- चलचित्र भित्रको ५०% मात्र जिम्मेवारी लिएर काम गरेको मान्छेलाई १००% कामको जिम्वेवारी आउँदा पक्कै पनि गार्‍हो त हुन्छ नै  तर पनि जति गार्‍हो हुन्छ त्यतिनै मजा पनि आउँछ ।


चलचित्र कुन कुन ठाँउबाट प्रदर्शन गर्दै हुनुहुन्छ ?
- यहि साउन ९ गते देखि उपत्यकाका बिभिन्न हलहरूमा प्रदर्शन हुदै छ भने २१ गते देखि उपत्यका बाहिरबाट प्रदर्शन हुँदै छ ।


समग्रमा भन्नु पर्दा चलचित्रले कस्तो कथाबस्तुलाई समेटेको छ ?
- हाम्रै देशको कुनै एक ठाउँको बास्तविक जीवनलाई लिएको छु जहाँ एउटा होटलमा काम गर्ने युवतीको कथालाई नै मुख्य रूपमा समेटिएको छ। समग्रमा भन्नु पर्दा चलचित्र 'म्युजिकल लभ स्टोरी' मा बनेको छ ।


चलचित्र निर्माण गर्न भन्दा पनि चलचित्रकी नायिका खोज्न निकै दु:ख पाउनु भयो भन्ने सुनिन्छ नि ?
- पक्कै पनि हो । जब मैले कथा तयार गरें अनि नयाँ नायिकाको खोजी गरें । किन भने मेरो कथासँग सुहाउनको लागि १८/१९ बर्षकी केटी चाहिएको थियो । त्यसैले नायिका खोज्न अलि दु:ख खेप्नु पर्‍यो ।

 

चलचित्रकी नायिका खोज्ने क्रममा रमाईलो घटना पनि घट्यो । नायिका खोज्न जाँदा केटी पक्षका बुवा आमाले छोरीसंग तपाईले बिबाह गरेमा मात्र छोरीलाई नायिका बनाउँछौ भन्नु भयो रे ! के यो सत्य हो ?

- (लामो हाँसो) पक्कै पनि हो । मेरो साथीले उक्त केटीलाई देखाए पछि हामी कुरा गर्न गयौं। केटी मेरो कथा सँग मिल्ने खालकी राम्री पनि थीइन् ।
उनको इच्छा पनि फिल्म खेल्ने रहेछ तर उनको परिवारले भने फिल्म खेल्न जान बाट रोक लगाएको रहेछ । अनि हामी गएर उनको बुवा आमा सँग कुरा गर्‍यौं । तर उहाँहरूले छोरीसँग बिहे गरेमात्र फिल्ममा खेल्न दिन्छौ भन्नु भो । तर उहाँहरू मेरो एकदमै फ्यान हुनु हुँदो रहेछ । उहाँको घरमा मेरो फिल्मकै सबै भन्दा बढी डिभिडीहरू रहेछन् तर नेपालको चलचित्र क्षेत्रकी नायिकाहरूमा नाम भन्दा बढी बदनाम छ त्यसैले हामिले छोरीलाई चलचित्रमा खेल्न जान दिदैनौं भन्नु भयो । अनि हामीले अर्की खोज्दै जाँद स्वेतालाई भेट्यौं ।

 

नवनायिका स्वेता खड्काको भुमिका के कस्तो छ ?
- चलचित्रको मुख्य पात्र नै स्वेता जि हुनुहुन्छ । चलचित्रको सम्पूर्ण कथा नै उहाँको वरिपरि घुमेको छ । अब के छ ? त्यो चाहिं चलचित्र हेरेर नै थाहा पाउनुहुने छ ।


नायिकाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
- म एकदमै सन्तुष्ट छु । किन भने स्वेता जी ले निकै मेहनतका साथ काम गर्नु भएको छ। उहाँमा अभिनय कला पनि एकदमै राम्रो पाएँ मैले । उहाँमा नायिकामा हुनु पर्ने गुण छ । त्यसैले मैले चलचित्र क्षेत्रमा राम्रो कलाकार प्रवेश गराएको छु जस्तो लागेको छ ।


चलचित्रमा निरूता सिंह पनि हुनु हुन्छ । उहाँको भुमीका कस्तो छ ?
- चलचित्रमा निरूता जि को स्वेता जी को जत्तिकै महत्वपूर्ण भुमीका रहेको छ तर अहिले यो 'सस्पेन्स' भने खोल्न चाहन्न । एकपटक चलचित्र हेरेपछि दर्शकहरूले पक्कै पनि उहाँको अभिनयको कदर गर्नुहुने छ ।


तपाईको भुमीका कस्तो छ ?
- म यस चलचित्रमा बक्सिङको राष्ट्रिय खेलाडीको भुमीकामा देखिएको हुन्छु । जुन आफ्नो बुवाको सपना पूरा गर्नको लागि बक्सर खेलाडी भएर जे पनि त्याग गर्न तयार भएको हुन्छु । तर यस्तो व्यक्ति जो आफ्नो बुवाको सपना भन्दा पनि देशको समस्यालाई मुख्य समस्या देखेर त्यो समस्याको समाधान गर्न तर्फ अगाडी बढ्छ । सच्चिकै भन्नु पर्दा अहिले सम्म जति मैले अभिनय गरेका चलचित्र छन् ति चलचित्रमा भन्दा यो चलचित्रमा अभिनय गर्न एकदमै गार्‍हो भयो । अहिले मेरो बुवा हुनुहुन्न । मेरो बुवा बिरामी हुँदा जुन दु:ख पाउनु भएको थियो त्यो दु:ख को महसुस मैले यो चलचित्रमा गरेको छु ।मैले आफ्नो बुवाको जिवन्त अभिनय देखेर निर्देशक शिव रेग्मीका आँखा रसाएका थिए । अनि उहाँले भन्नु भो कि - 'तपाईले यस्तै जिवन्त अभिनय गर्नु हुन्छ र त मैले आफ्नो कथामा तपाईलाई नै लिने गर्छु' । जब उहाले यस्तो कुरा गर्नु भो अनि मेरा आँखा पनि साच्चिकै रसाए ।


चलचित्रको नामको बारेमा के भन्नु हुन्छ ?
- मलाई नायिका खोज्न जत्तिकै गार्‍हो नाम खोज्न भयो । नायिका कहाँ भेटिएला त भएको थियो तर नाम पनि कहाँ भेटिएला नै भयो । ७०/८० वटा नाम खोजी सक्दा पनि उपयुक्त नाम भेटिएन । अनि के नाम राख्ने भन्दै सोच्दै जाँदा संगितकार शम्भुजित बाँस्कोटाले चलचित्रको गित 'सुनकोशिले सुसेलेको दुधकोशीले सुन्छ, यो मनले सुसेलेको कसले सुनि दिन्छ ?,रूपै खोज्ने आँखाहरू धेरै धेरै आउँछन्, मन खोज्ने मायालुलाई कहाँ भेटिएला....' यो गितले नै चलचित्रको कथाबस्तु सबै भएको हुन्छ । त्यसैले यो चलचित्रको नाम कहाँ भेटिएला नै उपयुक्त हुन्छ भन्नु भयो । यसो सोचे हो मेरो चलचित्रको लागि यो भन्दा राम्रो नाम अरू हुनै सक्दैन भनेर हामिले कहाँ भेटिएला नाम नै राख्यौ । त्यस पछि मैले हरेक सडक, हाईवे अनि गाडीमा कहाँ भेटिएलाको पोस्टर र स्टिकर टाँसे । अनि सबै जनाले नामको प्रशंशा पनि गर्नु भयो । अहिले आएर नामबाट पनि म निकै सन्तुष्ट भएको छु ।


चलचित्र प्रदर्शन गर्न निकै समय कुर्नु पर्‍यो । के कस्ता अबरोधले गर्दा चलचित्र प्रदर्शन हुनबाट बन्चित हुनु पर्‍यो ?
- अबरोध के चाहिँ आएन भन्नु । चलचित्र प्रदर्शन गर्दा आएका अबरोधहरू यति धेरै भए कि अहिले सम्झेर नै सकिदैन । जे जस्ता अबरोध आएको भए पनि म अहिले समुन्द्र पार गर्ने क्रममा छु । म दु:खलाई देखेर डराएर भाग्ने मान्छे हैन । दु:ख सँग खेल्नुमा नै मलाई आनन्द आउँछ । सुखमा हाँस्दा त के मजा हुन्छ र ? तर यो दु:ख सँग लड्न तपाईहरूले सहारा दिनु भएको छ यसमा म तपाईहरू प्रति क्रितज्ञ छु र आभार प्रकट गर्न चाहन्छु ।


चलचित्र निर्माण गर्नुको उद्दश्य ?
- मैले २० बर्ष भन्दा बढि बिताई सकें । अब मैले के गर्ने त? त्यसैले यो चलचित्र क्षेत्रलाई निरन्तरता दिनको लागी मैले निर्माण पक्षमा हात हालेको हुँ ।

 

पहिला नायक हुँदा पारिश्रमिक लिनु हुन्थ्यो तर अहिले दिनु परेको छ । कलाकारहरू र प्रबिधिकहरूलाई पारिश्रमिक दिन कत्तिको कन्जुस्याई गर्नु भयो ?
- हेर्नुस ! म काम गधाले जस्तै गर्छु तर खान र सुत्न राजा महाराजाको जस्तै चाहिन्छ । काम हामिले त्यसैको लागि त गर्ने हो नि । मलाई थाहा छ सिनेकर्मिहरू कति धेरै मेहनत गर्छन् । म उनिहरूको समस्या राम्रोसँग बुझ्छु । त्यसैले मैले पारिश्रमिक दिन कन्जुस्याई गरिन ।


आगामी दिनहरूमा निर्मात भएर देखिने कि नायक भएर ?
- बास्तवमा अहिले तपाईले मलाई निर्माता भन्दा पनि लाज लागेको छ । म अझै निर्माता भएको छैन । जब मेरो चलचित्र प्रदर्शन हुन्छ र दर्शकहरूले मन पराईदिनु हुन्छ अनि बल्ल म निर्माता हुने छु । नत्र म अहिलेलाई कलाकार नै हुँ । अब मलाई निर्माता बनाउने तपाईहरू र दर्शकहरूको हातमा छ ।


चलचित्र नेपालमा मात्र प्रदर्शन गर्नु हुन्छ कि बिदेशमा पनि प्रदर्शन गर्ने सोच बनाउनु भएको छ ?
- मैले सेप्टेम्बरमा साहारा युकेको आयोजनामा बेलायतमा प्रदर्शन गर्दै छु । यसै गरि अमेरीका, जापान, कोरिया र अन्य देशहरूमा पनि कुरा भैइरहेको छ । हेरौं के हुन्छ ।


अन्तमा दर्शकहरूलाई के भन्न चाहनु हुन्छ ?
- जति पनि दर्शकहरू हुनुहुन्छ जसले नेपाली चलचित्रलाई माया गर्नु भएको छ र श्रीकृष्ण  भनेर स्विकार्दै आउनु भएको छ । मैले निकै मेहनतका साथ तपाईहरू कै लागि भनेर चलचित्र 'कहाँ भेटिएला' निर्माण गरेको छु । अवश्य पनि एकपटक हेरिदिएर मेरो कमि कमजोरी औंल्याईदिनु हुने छ भन्ने पूर्ण आशा राखेको छु र नेपाली चलचित्र र नेपाली कलाकारलाई सधैं भरि माया गरि दिनु होला । अन्तमा फिल्मीखबरले आज मेरो र मैले निर्माण गरेको चलचित्रको बारेमा मेरा प्यारा दर्शकहरू समक्ष पुर्‍याईदिनु भएको मा फिल्मीखबरलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । धन्यबाद !



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Sri Krishna Shrestha - Actor / producer nepali film
« Reply #3 on: October 08, 2009, 09:48:13 PM »


श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का वास्तविक जीवनमा पनि एक भए

कहाँ भेटिएलाका सफल प्रेमजोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का वास्तविक जीवनमा पनि एक भए भने अचम्म नमाने हुन्छ। किनभने स्वयम् श्रीकृष्ण र श्वेताले यो सम्भावनालाई नकार्न सकेनन्। अविवाहित श्रीकृष्णको चलचित्रको प्रथम शोमा न्याउली बाजाले स्वागत गरिँदा उनका नजिकका मित्र, आफन्त र दर्शकले कतै यो बिहे गर्ने पूर्वसंकेत पो हो कि भनेर जिस्क्याए।

कतिले त श्वेतासँगै नाम जोडेर औपचारिकरूपमा दुवैसामु प्रश्न पनि तेर्स्याए। त्यसबखत न श्रीकृष्णले यसलाई असम्भव भन्न सके, न त श्वेताले नै नकारिन्। दुवैको जवाफ थियो- बिहेको कुरा के भन्न सकिन्छ र? आज केही योजना छैन, भोलि कसले देखेको छ र?

कहाँ भेटिएलाको लागि नयाँ अनुहार खोज्ने क्रममा श्रीकृष्णलाई बिहेको प्रस्ताव आउनु, श्रीको पिता बिरामी पर्दा श्वेतालाई उनीकहाँ देखिनु, विदेशको कार्यक्रममा सँगै जाने योजना बन्नुजस्ता कुराले पनि यो सम्भावनालाई नकार्न नसकिने चर्चा शुक्रबार हलमै भयो।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Sri Krishna Shrestha - Actor / producer nepali film
« Reply #4 on: October 08, 2009, 10:20:43 PM »




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Sri Krishna Shrestha - Actor / producer nepali film
« Reply #5 on: November 01, 2009, 08:45:51 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: Sri Krishna Shrestha - Actor / producer nepali film
« Reply #6 on: November 01, 2009, 08:57:27 AM »
दंग श्रीकृष्ण

निर्माणको फस्र्ट ओपनिङ्मा नै सफल भए नायक श्रीकृष्ण श्रेष्ठ । उनी निर्मित चलचित्र कहाँ भेटिएलाले प्रारम्भिक रूपमा व्यापारकि सफलता हात पारेपछि प्रदर्शक र वितरकले उनलाई सफल निर्माताको बिल्ला भिराइदिइसकेका छन् । नायकका रूपमा अफर न्यून हुँदै जाँदा निर्माता बन्ने उनको निर्णय सफल भएपछि उनी पनि अचेल कम्ता दंग छैनन् ।
निर्माता बनेर धेरै नायक-नायिकाले असफलता बेहोरेका छन् । करश्िमा मानन्धर, निखिल उप्रेती, सज्जा मैनाली, जोनी कुँवर, दिनेश शर्मा यस पंक्तिमा अगाडि थिए । तर, श्रीकृष्णले सफल पाटो मात्र देखे । भुवन केसी र मौसमी मल्लका चलचित्रले पाएको सफलताले पनि उनी आशावादी थिए । विश्वज्योति हलका प्रोप्राइटर मोहन सर्राफ भन्छन्, "कहाँ भेटिएलाले दुइटा थप चलचित्र निर्माण गर्ने कमाइ गर्‍यो ।"

(source  - Nepal weekly)