Author Topic: Jokes in Nepali -  (Read 148612 times)

0 Members and 2 Guests are viewing this topic.

xnepali

  • Guest
Jokes in Nepali -
« on: March 14, 2007, 12:15:53 AM »
चुटकिला

डाक्टर ः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...

रोगी ः किन डाक्टरसाप -

डाक्टर ः हातमा लाउने पञ्जा भित्रै छुटेछ ...

रोगी ः कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।

 

जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारंीलाई भन्छ

,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,

अधिकारंी ः ,, ल त्यसो भए बाजी ठ ोकौं पाच पाच हजार । ,,

०००

बच्चा ः हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -

पाहुना ः किन र बाबु -

बच्चा ः बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो ...

०००

 

बुवा ः आजको त्रि्रो परीक्षा लिने प्रोफेसर बूढा कस्ता खालका मान्छे रहेछन् -

छोरा ः मेरो विचारमा उहाँ बडो धार्मिक हुनुहुन्छ ः जब म उहाँको प्रश्नको जवाफ दिंदै जान्छु, उहाँ हरेक चोटि आकाशतिर

फर्केर ,,हरै शिव, हरे शिव...,, उच्चारण गर्नुहुन्थ्यो ।

०००

 

न्यायाधीश ः भगवान्को कसम खाएर सत्य कुरा मात्र बोल ः तिमीलै अपराध गरयौ कि गरेनौ -

अभियुक्त ः त्यो पत्ता लगायने काम तपाईंको हो । त्यसैको लागि त तपाईंलाई तलब दिइन्छ ।

०००

 

अक्कले ः प्रधानबाजे कुन कारणले बित्नु भएछ -

किस्नप्रसाद ः निधारमा साँपको ठुँगाइले ।

अक्कले ः हो त, ओहो ... कस्तो आँखैमा परेनछ ।

०००

 

प्रेमी ः तिमीसंग परिचय गरेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...

प्रेमिका ः हामी बीचको प्रेमले सबै कुरो बिर्सर्ाादयो -

प्रेमी ः प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

०००

 

,,बिहेको औंठी लगाउने आइमाईलाई विवाहित भनेर चिन्नर्ुपर्छ ।,,

,,सामान्य औंठी लायो भने नि -,,

,,त्यस्को कुनै मतलब हुँदैन ...,,

,,यदि बिहेको र सामान्य दुवै थरीको औंठी लगाई भने नि -,,

,, विवाहित हो तर त्यसको कुनै मतलब हुँदैन ।,,

०००

 

कुन देश बढी प्रजातान्त्रिक छ भन्ने छलफल चलिरहेको बेला ः

रुजबेल्ट ः कुनै पनि मान्छे हृवाइट हाउसतिर फर्केर कराउन सक्छ ः ,रुजबेल्ट, मर्ुदाबाद ...,, । यस्को लागि उसलाई केही

पन हुने छैन ।

स्तालिन ः सबभन्दा प्रजातन्त्रवादी देश हाम्रो देश हो । यहाँ जो कोही रेड स्क्वायरबाट क्रेमलिनतिर फर्केर कराउन सक्छ ः

,,रुजबेल्ट मर्ूख हो ।,, यस्को लागि उसलाई केही नराम्रो हुने छैन ।

source: freenepal

Xteam

  • 50x
  • ****
  • Posts: 4958
  • Devchuli6.com is here
Re: chutkila -- Nepali ma
« Reply #1 on: March 14, 2007, 12:34:10 PM »
HA..HAA.... DHERAI DIN MA SUNE MAILE FERI NEPALI CHUTKULLA THANK YOU HAI AAUNE DIN HARU MA AJHAI POST GARDAI GARNU HOLAA

xnepali

  • Guest
Jokes in Nepali -
« Reply #2 on: October 27, 2007, 06:47:55 AM »
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

xnepali

  • Guest
Re: Jokes in Nepali -
« Reply #3 on: October 27, 2007, 06:48:21 AM »
आमा : बाबु, मेहनती को मेहनती को छ ?
छोरा : म छु नि !!
आमा - कसरी ?
छोरा - सबै साथीहरु बेञ्चमा बसेका हुन्छन् । म भने सधै बेञ्चमाथि उठिरहेको हुन्छु ।

xnepali

  • Guest
Re: Jokes in Nepali -
« Reply #4 on: October 27, 2007, 06:49:11 AM »
ग्राहक रिसाउँदै करायो ए वेटर के हो यो चाला मेरो सुपमा त ज्युँदो झिँगा छ नि

चिन्ता नलिनुस् हजुर सुप एकदम तातो छ त्यो झिँगा एकैछिन्मा मर्छ वेटरले उत्तर दियो ।

gigolo

  • 50x
  • ****
  • Posts: 406
Re: Jokes in Nepali -
« Reply #5 on: October 27, 2007, 04:07:34 PM »
त्यो बच्चा को मेहेन्ती कुरा को जोकस चै मन पर्‍यो

r1p2b6

  • 50x
  • ****
  • Posts: 1669
Re: Jokes in Nepali -
« Reply #6 on: January 16, 2008, 02:59:15 PM »
:d
r1p2b6

tundikhel

  • 50x
  • ****
  • Posts: 13306
Re: Jokes in Nepali -
« Reply #7 on: April 28, 2009, 11:32:36 AM »
:D

Scarydevil

  • 10X
  • ***
  • Posts: 30
Re: Jokes in Nepali -
« Reply #8 on: April 29, 2009, 12:49:04 AM »
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
Yesi samma ganako thiyo vanya.. haha
nice one Keep it up!!!

tundikhel

  • 50x
  • ****
  • Posts: 13306
Love letters of different professionals (in Nepali)
« Reply #9 on: May 16, 2009, 11:49:53 PM »
प्रहरीको लवलेटर
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया ! आत्माकी सेन्ट्री,सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं, मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार 'काले'