Author Topic: नेपाली कथा (1 story Every Day) Tundikhel collection  (Read 874 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #10 on: March 11, 2018, 12:37:51 AM »
 प्रेमको तह

~बब कन्सिडाइन~
Bob Considine
अनुवादक : किशोर पहाडी

कथाकार परिचयः बब कन्सिडाइनको जन्म सन् १९०६ मा भएको थियो । उनको बसाई न्यूयोर्कको मानहट्टनमै भयो । ६९ वर्षको उमेरमा सन १९७५ मा निधन भएको बबले आफ्नो जीवनकालमा २५ वटा पुस्तकहरू लेखेका छन् । -अनुवादकi

ईडिथ टेलरलाई आफूजस्तो सौभाग्यशाली स्त्री कोही छैन भन्ने कुरामा विश्वास थियो । कार्लसित उसको बिहे भएको तेईस वर्ष भइसकेको थियो । आफ्नो लोग्नेलाई देखेर अहिले पनि यदाकदा उसको मुटु ढुकढुक गर्न बन्द गथ्र्यो र मन्त्रमुग्ध भएर ऊ हेरिराख्थी । कार्ल पनि उसलाई ज्यादै प्रेम गथ्र्यो । अफिसको कामले कुनै अर्कै सहर जाँदा हरदिन उ ईडिथलाई चिठी लेख्थ्यो र कुनै न कुनै उपहार पनि पठाउँथ्यो ।

एकपटक कार्ललाई केही महिनाको लागि जापानको ओकिनावा जानुपर्यो । यस पटक ऊ आफ्नी श्रीमतीसँग लामो समयसम्मको लागि टाढा जाँदैथ्यो ।

ओकिनावाबाट उसलाई चिठी त आइरहृयो तर उपहार चाहिँ आएन । ईडिथले यसप्रति कुनै ध्यान दिइन् । उसलाई थाहा थियो कि कार्ल बर्षौंदेखि घर किन्ने सपना देखिरहेको हुँदा पैसा बचाइरहेको थियो ।

ईडिथलाई एक्लोपनाको त्यो महिना लामो हुँदै जानथाल्यो । अब त कार्ल आउँछ होला भन्ने आशा गर्थी, तर कार्लको चिठी आउँथ्यो कि अब केही हप्ता लाग्छ होला, अथवा कहिले अब केही महिना लाग्छ होला भन्ने आशय बोकेर ।

यसैप्रकारले एकवर्ष बित्यो । केही महिनादेखि कार्लको चिठी केही ढिलो ढिलो आउन थाल्यो । र उपहार त एउटा पनि आएन । उपहार नपठाएको त ईडिथ बुझ्दथी तर चिठी पनि नपठाएर हुलाकटिकटको पैसा बचाउनुचाहिँ उसलाई अनौठो लाग्दथ्यो ।

अनि केही हप्ताको सन्नाटापछि कार्लको चिठी आयो । उसले लेखेको थियो -’प्रिय ईडिथ, तिमीलाई दुःखी नहुने गरी खोई कसरी भनुँ अब हामी पति पत्नी होइनौँ भनेर । …’

ईडिथ ड्याम्म सोफामा बसी र चिठीको बाँकी भाग पढ्न थाली । कार्लले मेक्सिकोको अदालतबाट पत्र व्यवहारद्वारा ईडिथसँग पारपाचुके गरेको थियो र आफ्नो उन्नाईस बीस वर्षकी जापानी नोकर्नी एइकोसित बिहे गरेको थियो । त्यतिबेला ईडिथ अठचालीस वर्षकी थिई ।

स्वभाविक थियो कि चिठी पढेपछि उसको मनमा लोग्नप्रति रिस र घीन भरिनसक्थ्यो मनमा । बदला लिनको लागि कुनै ठूलोभन्दा ठूलो पाइलो चाल्न पनि सकिन्थ्यो । यसल उसको नयाँ वैवाहिक जीवन पनि नष्ट हुन सक्थ्यो । तर ऊजस्ती स्वास्नीमान्छेका लागि त्योभन्दा बढी स्वभाविक त उसले आफ्नो लोग्नेलाई घृणा गर्न नै सकीन । वास्तवमा उसको मनमा लोग्नेप्रति घृणा पैदा नै भएन ।

अलि मनलाई शान्त पारेपछि उसले स्थितिलाई अलि बुझ्ने चेष्टा गरी । कार्ल, उसको एक्लोपना, त्यस जापानी केटीको अपनत्व भरिएको व्यवहार सबैको बारेमा सोच्न थाली । अनि उसलाई लाग्यो कि यस्तो स्थितिमा जे हुनुथियो भयो । स्वभाविक नै हो नि ! कति असल कार्ल कि पारपाचुके गरेर मात्र त्यस केटीसँग बिहे गर्यो । चाहेको भए त ऊ स्थितिको गलत फाइदा पनि त लिन सक्थ्यो । आखिर त्यो त कम उमेरकी, नोकर्नी केटी न थिई । अहँ, कार्ल खराब मान्छे होइन । ….. तर पनि कार्लले आफूसँग प्रेम गर्न बन्द गरिदियो भन्ने कुरा चाहिँ ईडिथको लागि विश्वास गर्नै गाह्रो भयो । कसरी बिर्सन सक्छ उसले ? असम्भव छ यो कुरा । … र मनमनै भनी कार्ल एक दिन अवश्य र्फकनेछ ।

यही विश्वासलाई लिएर ईडिथ आफ्नो जीवनलाई फेरि केन्द्रित गर्नतिर लागी । उसले कार्ललाई लेखी कि मलाई चिठी पठाउन नछोड र आफ्नो र आफ्नी नयाँ श्रीमतीको सन्चोविसन्चो लेख्दै रहनू । कार्लले उसलाई चिठी लेख्दै नै रहृयो । एक चिठीमा उसले लेख्यो कि एइको बच्चा पाउन लागेकी छे । अर्को चिठीमा लेख्यो कि हाम्रो छोरी भएको छ र उसको नाम मारिया राख्यौं । … दुई वर्षपछि एक अर्को छोरीको जन्म भयो, जसको नाम उनीहरूले हेलेन राखे । ईडिथले दुबै बच्चीहरुलाई उपहार पठाई । पत्र व्यवहार जारी नै रहृयो । कार्लले उसलाई लेख्दै पठाइरहृयो हेलेनको दाँत आउन थाल्यो, एइकोको अङ्ग्रेजी सुध्रदै छ, मेरो स्वास्थ्य ठीक छैन र तौल घट्दै जाँदैछ … इत्यादि ।

र अनि एउटा भयानक खबर आयो । कार्ललाई क्यान्सर भएको थियो र अवस्था खराब हुँदै गइरहेन्थ्यो । आफ्नो अन्तिम पत्रमा उसले डर प्रकट गरेको थियो – आफ्नो लागि होइन, बरु स्वास्नी एइको र दुई छोरीहरुको लागि । उसले छोरीहरुलाई अमेरिका पठाएर पढाउनको लागि पैसा जोरेको थियो तर अब त्यो पैसा त उसको उपचारमै खर्च हुँदै जाँदैथ्यो । बच्चीहरुको के हुन्छ अब ?

अब ईडिथले कार्ललाई अन्तिम उपहार भनेर एक चीज दिउँ भन्ने सोची मनको शान्ति । उसले कार्ललाई लेखी पठाई -म मारिया र हेलेनलाई आफूसँग राखेर उनीहरूको पालनपोषण गर्न तयार छु, यदि एइकोले स्वीकृति दिइन भने ।

कार्लको मृत्यु भएको धेरै महिना भइसकेपछि पनि एइको आफ्ना छोरीहरूलाई ईडिथकहाँ पठाउने साहस गर्न सकेकी थिइन । बच्चीहरू बाहेक उसको को नै थियो र ? तर फेरि उसलाई यो पनि थाहा थियो ऊसँग बसेमा बच्चीहरूले अभाव र गरिबीको जिन्दगी जिउनुपर्नेछ । आखिर मनलाई कडा पारेर उसले तिनीहरूलाई ‘प्यारी ईडिथ ठूलीआमा’ कहाँ पठाउने फैसला गरी ।

ईडिथलाई चवन्न वर्षको उमेरमा यसरी पाँच र तीन वर्षका ती केटीहरूको आमा बन्नु कति गाह्रो हुनेछ भन्ने थाहा थियो तर मारिया र हेलेनले उसलाई धेरै छिटो आमाको रूपमा स्वीकार गरे । छिटै नै तिनीहरूले अङ्ग्रेजी सिके । नयाँ घर मन पर्यो उनीहरूलाई । केही समयपछि नै उनीहरूको कमजोर अनुहारमा स्वास्थ्यको चमक आउन सुरू भयो । ईडिथको मनमा पनि उनीहरूप्रति मोह जागेर आएको थियो । ६ वर्षपछि अब ऊ कार्यालयबाट छिटै घर र्फकन थालेकी थिई । घरमा उसलाई खुशीको वातावरण देखा पर्न थालेको थियो ।

तर जब एइकोको चिठी आउथ्यो, ईडिथ उदास हुन्थी । एइकोले त्यो चिठीमा आफ्ना छोरीहरूको बारेमा केही सोधेकी हुन्थी नराम्रो अङ्ग्रेजी हिज्जेमा लेखिएको त्यो पत्र पढ्दा ईडिथले एइकोको एक्लोपना र दुःखलाई महसूस गर्दथी । त्यस्तो एक्लोपना र दुःखसँग ऊ आफै पनि त परिचित थिई नि ! र ऊ बिचार गर्न थाली कि कतै एइकोलाई नै यतै बोलाउने हो कि ! यसो भयो भने ऊ आफ्नै छोरीहरूसँग रहनसक्दथी । …. आखिर एक दिन ईडिथले त्यस्तै गर्ने फैसला पनि गरी ।

एइको जापानी नागरिक थिई । उसले अमेरिकामै बस्ने गरी आउन त्यति सजिलो थिएन । हरेक वर्ष एक सीमित सङ्ख्यालाई मात्र अमेरिकामा बस्न दिइन्थ्यो । र स्वीकृती पाएका जापानीहरुको लश्कर नै पनि धेरै लामो थियो । त्यसैकारण एइकोको पालो आउन धेरै वर्ष कुर्नुपथ्र्यो । तब ईडिथले यस विषयमा मलाई लेखी पठाई । मैले आफ्नो समाचारपत्रमा यो कुरा उठाएँ । त्यसपछि अरू कति पाठकहरूले पनि यसबारे आवाज उठाए । आखिर एइकोले अनुमति पाई र अमेरिकातिर प्रस्थान गरी ।

एइकोलाई विमानस्थलमा लिन जाँदा ईडिथको मनमा आफ्नो लोग्ने खोस्ने त्यो आईमाईलाई देखेर कतै घृणा त जाग्दैन भन्ने डर आयो । ….सबै यात्रीहरू हवाइजहाजबाट ओर्लेपछि एक पुड्कीपुड्की, दुब्ली, अलिअलि डराएकी झैँ एक केटी ओर्ली । त्यही एइको हो जस्तोलाग्यो ईडिथलाई । एउटी बच्ची झैँ लाग्यो उसलाई । ऊ एक कुनामा ठिङ्ग उभिई । ईडिथले त्यस केटीको अनुहारमा छाएको डर देखेपछि उसलाई आफ्नो डर त तुच्छ प्रतीत भयो । उसले एइकोको नामै लिएर बोलाई । सुन्नासाथ एइको दगुर्दै आई र उसको अङ्गालोमा हराई । दुबैआईमाईहरू एक छिन एकअर्कालाई च्याप्प अँगाल्दै टाँसिईराखे ।

त्यसरी टाँसिरहेको बेला मनमनै ईडिथले भनिरहेकी थिई -’म कार्ल फर्केर आवोस् भनी प्रार्थना गर्दथेँ । ऊ आएछ फर्केर आफ्नो दुई छोरी र यस सुशील युवतीको रूपमा, जसलाई प्रेम गर्दथ्यो ऊ । हे भगवान ! म पनि उसलाई प्रेम गर्न सकुँ मेरो सहायता गर्नु भगवान !’

र ईडिथ साँच्चिकै ऊसित प्रेम गर्न लागी, जसरी कि उसका छोरीहरूसँग गर्दथी । समय बितदै गयो । ईडिथ, एइको र दुवै बच्चीहरू एक परिवारको रुपमा रहन थाले । धेरै वर्षहरू बिते । एकपटक ईडिथले मलाई लेखी -’यद्यपि भगवानले त्यस व्यक्तिलाई मबाट खोसिलग्नुभो, जसलाई म औधी माया गर्दथेँ तर त्यसको बदलामा उहाँले मलाई तीन अरू प्रियजनहरू दिनुभयो । म भगवानप्रति कृतज्ञ छु ।”

(श्रोत :- शनिबार – गोरखापत्र – आश्विन ८, २०६७ )

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #11 on: March 12, 2018, 03:19:16 AM »
काबुलीवाला

~रविन्द्रनाथ टैगोर~
Rabindranath Tagore
अनु : विनिता पौडेल

मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिदैनथ्यो । संसारमा जन्मेपछि भाषा सिक्नको लागि उनले एक बर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुञ्जेल उनी एकैछिन पनि चुप लागेर बस्न सक्दिनन् । उनकी आमा कहिले काहीं उनलाई हप्कीधप्की गरेर चुप लगाउने गर्छिन्, तर म यस्तो गर्न सक्दिन । यदि मिनी चुप लागेर बसिन् भने उनी यस्ती अनौठी देखिन्छिन् कि म उनी चुप लागेर बसेको धेरै बेर हेर्नै सक्दिन । वास्तविक कारण यही हो कि उनको र मेरो कुराकानी निकै उत्साहका साथ चल्ने गर्छ ।

बिहान म आफ्नो उपन्यासको सत्रौं अध्याय लेख्न लागिरहेको थिएँ तब मिनी आएर भन्न थालिन्, “बाबा, रामदयाल चौकीदार काकालाई काग भनिरहेको थियो । उसलाई केही पनि थाहा छैन । हकि बाबा ?”

संसारको भाषाको विभिन्नताको बारेमा म उनलाई केही ज्ञान दिन लागिरहेको थिएँ उसै बेला उनले अर्को प्रसंग निकालिन्, “सुन्नुस् न बाबा, भोलाले भनिरहेको थियो कि आकाशबाट हात्ती सूँडले पानी छर्ने गर्छ, त्यसैले पानी पर्छ । मेरी आम्मै ! भोला झुटमुटका नै यति धेरै कुरा भन्छ, बस बोलिरहन्छ, दिन–रात बोलिरहन्छ, बाबा ।”

यस बिषयमा मेरो रायको लागि एकैछिन पनि नपर्खी उनले अचानक सोधिन्, “किन बाबा, आमा तपाईंको को पर्नु हुन्छ ?”

मैले मनमनै भनें, ‘बदमास’, र मुखले भनें, “मिनी, तिमी जाऊ, गएर भोलासँग खेल । मैले अझै धेरै काम गर्नुछ ।”

उनी मेरो लेख्ने टेबल नजिकै मेरो खुट्टानेर बसिन् र दुवै घुँडा र हात हल्लाएर, फुर्तीले मुख चलाउँदै घोक्न थालिन्, “अक्कड बक्कड घोडा डुम ।” त्यो बेला मेरो उपन्यासको सत्रौं अध्यायमा प्रतापसिंह कञ्चनमालालाई लिएर अन्धेरी रातमा कारागारको अग्लो झ्यालबाट तल नदीको पानीमा हामफालिरहेको थियो ।

मेरो कोठा सडकको किनारमा थियो । एकाएक मिनी अक्कड बक्कड खेल्न छोडेर झ्यालको छेउमा दौडेर पुगिन् र जोडले बोलाइन्, “काबुलीवाला ! ओ, काबुलीवाला !!”

नमिलेका फोहोर लुगा लगाएको, टाउकोमा पगडी बाँधेको, काँधमा झोला झुण्ड्याएर र हातमा अंगूरको दुई–चार पिटारी लिएर एउटा अग्लो काबुली सुस्त चालमा सडकमा हिंडिरहेको थियो । उसलाई देखेर मेरी छोरीको मनमा कस्तो भावना जाग्यो होला, यो भन्न मुश्किल छ तर उनी जोड–जोडले बोलाइरहेकी थिइन् । मैले सोचें, काँधमा झोला भिरेर अब एउटा आपत मेरो टाउकोमा सवार हुनेछ र मेरो सत्रौं अध्याय समाप्त हुन पाउने छैन ।

तर मिनीले बोलाएको सुनेर जब काबुलीले हाँसेर आफ्नो अनुहार घुमायो र मेरो घरतिर आउन थाल्यो, तब मिनी हतार हतार भएभरको शक्ति लगाएर भित्रतिर दगुरिन् र बेपत्ता भइन् । उनको मनमा एक प्रकारको अन्धविश्वास भरिएको थियो कि त्यो काबुलीको झोलामा मिनी जस्ता दुई–चार जीवित बच्चा भेटिन सक्छन् ।

काबुलीले अगाडि आएर हाँस्दै नमस्ते ग¥यो र उभिरह्यो । मैले सोचें, हुन त प्रतापसिंह र कञ्चनमाला दुवैको स्थिति बडो संकटमा छ तर पनि यो मानिसलाई घरमा बोलाएर केही नकिनी पठाउनु पनि ठीक हुनेछैन ।

केही सामान किनें । त्यसपछि यता–उताको कुराकानी पनि हुनथाल्यो अब्दुल रहमानसँग रुस, अंग्रेज, सीमान्त–रक्षा–नीतिमा कुरा भइरह्यो ।

अन्त्यमा जाने बेलामा उसले सोध्यो, “साहेब, तपाईंकी छोरी कता गइन् ?”

मिनीको मनबाट बेकारको डर हटाउने सोचाइले मैले उनलाई बाहिर बोलाएँ । उनी मसँग टाँसिएर उभिइन् । शंकाको दृष्टिले उनले काबुलीको अनुहार र उसको झोलातिर हेरिरहिन् । काबुलीले झोलाबाट काजू, किशमिश निकालेर दिन चाह्यो, तर उनले लिन मानिनन् । दोब्बर शंकाका साथ उनी मेरो घुँडामा टाँसिएर उभिइन् । पहिलो परिचय यसरी भएको थियो ।

केही दिनपछि, बिहानै कुनै आवश्यक कामले म घर बाहिर निस्कदा मैले देखें, मेरी छोरी ढोकाको छेउमा रहेको बेञ्चमा बसेर बिनासंकोच कुरा गरिरहेकी छिन् । काबुली उनको खुट्टाको छेउमा बसेर मुस्कुराएर सुनिरहेको छ र बीच बीचमा प्रसंग अनुसार आफ्नो राय पनि खिचडी भाषामा व्यक्त गरिरहेको छ । मिनीको पाँच वर्षको अनुभवमा उनको बुबा बाहेक यस्तो धैर्यवान श्रोता शायदै पहिला कहिल्यै भेटिएको होस् । फेरि देखें, उनको सानो अञ्जुली बदाम, किशमिशले भरिएको छ । मैले काबुलीसँग भनें, “यिनलाई यो सब किन दिएको ? यस्तो नगर्नु ।” यति भनेर मैले गोजीबाट आठाना पैसा निकालेर उसलाई दिएँ । उसले अप्ठ्यारो नमानी आठाना लिएर झोलामा हाल्यो ।

घर फर्किदा देखें, त्यो आठानीको विषयमा ठूलो हो–हल्ला शुरु भइसकेको थियो ।

मिनीकी आमा एउटा सेतो चमचमाउँदो गोलाकार पदार्थ हातमा लिएर मिनीलाई हप्काउँदै सोधिरहेकी थिइन्, “तैंले यो आठानी कहाँबाट पाइस् ?”

मिनीले भनिन्, “काबुलीवालाले दिएको हो ।”

उनकी आमाले भनिन्, “काबुलीवालासँग तैंले आठानी किन लिएको ?”

मिनीले रुन्चे स्वरमा भनिन्, “मैले मागेको होइन, ऊ आफैंले दिएको ।”

म आएर मिनीलाई आइलागेको विपत्तीबाट बचाएँ र बाहिर लिएर गएँ ।

थाहा भयो काबुलीसँग मिनीको यो नै दोस्रो भेटघाट थिएन । यस बीचमा ऊ सधैं आउने जाने गरिरहन्थ्यो र मिनीलाई पेस्ता–बदाम घुस स्वरुप दिएर मिनीको कोमल लोभी हृदयमा धेरै अधिकार जमायो ।

यी दुई साथीमा केही निर्धारित कुरा र ठट्टा भइरहन्थ्यो । जस्तो रहमानलाई देख्ने वित्तिकै मेरी छोरी हाँस्दै उसँग सोध्थिन्, “काबुलीवाला, ओ काबुलीवाला ! तिम्रो झोलामा के छ ?”

रहमान मजाकमा जवाफ दिन्थ्यो, “हात्ती ।”

अर्थात् उसको झोला भित्र हात्ती छ, यो उसको ठट्टाको सूक्ष्म अर्थ थियो । अर्थ अति नै सूक्ष्म होला यस्तो त मान्न सकिदैन तथापि यो ठट्टामा दुवैलाई बडो मजा आउँथ्यो । जाडोको मौसममा एउटा ठूलो र एक सानी बच्चीको सरल हाँसो मलाई पनि बडो राम्रो लाग्थ्यो ।

त्यो बेला अर्को एउटा कुरा भइरहेको थियो । रहमान मिनीसँग भनिरहेको थियो, “खोखी” (मुन्नी) तिमी कहिल्यै विवाह गरेर ‘ससुराली’ नजानु, है !”

बंगाली परिवारका केटीहरु बाल्यकालदेखि नै विवाह शब्दसँग परिचित हुन्छन् तर हामीहरु केही आधुनिक भएको कारण सानी बच्चीलाई विवाहको बारेमा सचेत गराएका थिएनांै । यसैले रहमानको कुराको अर्थ उनी राम्ररी बुझ्न सक्दिन थिइन्, तर कुनै कुराको जवाफ नदिइकन चुप लागेर बस्नु उनको स्वभावको बिल्कुलै विपरीत थियो । उनले तुरुन्तै रहमानसँग सोधिन्, “तिमी विवाह गरेर ससुराल जान्छौ ?”

रहमान काल्पनिक ससुराप्रति आफ्नो ठूलो मुड्की उज्याएर भन्छ, “म त ससुरालाई मार्नेछु ।”

यो सुनेर मिनी ‘ससुरो’ नामको कुनै अनौठो प्राणीको दुर्दशाको कल्पना गरेर खूब हाँस्छिन् ।

जाडोको घमाइलो दिन थियो । प्राचीनकालमा यो मौसममा राजाहरु दिग्विजय गर्न निस्कन्थे । म कलकत्ता छोडेर कतै गएको थिइनँ । शायद यसैले मेरो मन संसारभरि घुम्ने गथ्र्यो । जस्तो म आफ्नो घरको कुनामा नै सदासदादेखि बसेको छु । बाहिरी संसारको लागि मेरो मन सदा बेचैन रहन्छ । कुनै देशको नाम सुन्ने वित्तिकै मन दौडी हाल्छ । कुनै विदेशीलाई देख्ने वित्तिकै मेरो मन तुरुन्तै नदी–पहाड–जंगलको बीचमा एउटा कुटीको दृश्य देख्न थालिहाल्छ । कल्पनामा उल्लासले भरिएको स्वतन्त्र जीवनको एउटा चित्र जाग्न थाल्छ ।

यता म पनि यति एकान्तिक प्रकृति छु कि आफ्नो कोठो छोडेर एकछिन बाहिर निस्कदा पनि टाउकोमा बिजुली खसेझंै अनुभव हुनथाल्छ । यसैले बिहान बिहानै आफ्नो सानो कोठाको टेबल अगाडि बसेर काबुलीसँग गफ लगाएर आप्mनो घुमफिरको आनन्द पूरा गर्ने गर्छु । दुवैतिर उबड–खाबड, दुर्गम, डढेको, रातो रातो अग्लो पहाडको श्रृंखलाको बीचमा साघुँरो मरुभूमीको बाटो र त्यसमा सामान लादिएका उँटको लश्कर हिंडिरहेको छ । पगडी बाँधिएको व्यापारी र यात्रीहरुमा कोही ऊँटमा त कोही पैदल हिंडिरहेका, कसैको हातमा भाला छ त कसैको हातमा पुरानो जमानाको चकमक पत्थरले हानिने बन्दुक । काबुली आफ्नो मेघ गर्जनजस्तो स्वरमा, खिचडी भाषामा आफ्नो देशको बारेमा सुनाइरहन्छ र यो चित्र मेरो आँखाको अगाडि लश्करभैंm बढ्दै जान्छ ।

मिनीकी आमा बडा शंकालु स्वभावकी छिन् । बाटोमा कुनै आहट हुने वित्तिकै उनलाई लाग्थ्यो कि दुनियाँभरका जड्याहा मातेर हाम्रो घरतिर दौडदै आइरहेका छन् । यो दुनियाँ हरेक ठाउँ चोर–डाकू, जड्याहा, सर्प, बाघ, भालु, मलेरिया, सुँघुर, ब्वाँसो र गोरोले भरिएको हुन्छ भन्ने उनको विचार छ । यतिका दिनदेखि (जबकि धेरै दिन भएकै छैन) दुनियाँमा बसेर पनि उनको मनबाट यो डर हटेको छैन

खासगरी रहमान काबुलीको बारेमा उनी पूर्ण रुपमा निश्चिन्त थिइनन् । उनमा खास नजर राख्नको लागि उनी बारम्बार मसँग अनुरोध गर्थिन् । म उनको शंकालाई हाँसोमा उडाउने कोसिस गर्थें, तब उनी मसँग एक–एक गर्दै अनेक प्रश्न सोध्थिन्, “के कहिल्यै कसैको छोराछोरी चोरी भएको छैन ? के काबुलमा गुलामी–प्रथा चलेको छैन ? एक बलियो बाङ्गो काबुलीलाई एउटा सानो बच्चा चोरेर लान के बिल्कुलै असंभव छ ?”

मैले मान्नु प¥यो कि यी कुरा बिल्कुलै असंभव छैनन् तर विश्वास योग्य पनि छैनन् । विश्वास गर्ने शक्ति हरेकमा समान हुँदैन, यसैले मेरी पत्नीको मनमा डर बसिरहेको थियो । तर सिर्फ शंकाकै भरमा कुनै दोषबिना रहमानलाई आफ्नो घरमा आउनबाट मैले रोक्न सकिन ।

हरेक वर्ष माघ महिनामा रहमान आफ्नो देश जानेगर्छ । यो समयमा ऊ आफ्नो पैसा भुक्तानीमा नराम्ररी फस्छ । घर–घरमा दौडनुपर्छ, तथापि ऊ एक पटक मिनीसँग भेट गर्नको लागि आउने गर्छ, हेर्दा लाग्छ, जस्तो कि दुईमा कुनै षडयन्त्र चलिरहेको होस । ऊ जुन दिन बिहान आउन पाउँदैनथ्यो त्यो दिन साँझमा आउने गथ्र्यो । अँध्यारो कोठाको कुनामा खुकुलो कुर्था पाइजामा लगाएर झोला–भ्mयाम्टा बोकेको अग्लो मानिस देखेर साँच्चै मनमा अचानक एउटा आशंका जस्तो उब्जन्छ । तर जब म देख्छु कि मिनी ‘काबुलीवाला, काबुलीवाला’ भन्दै हाँस्दै दौडदै जान्छिन् र अलग–अलग उमेरका दुई पुराना साथी बीच सहज परिहास चल्न थाल्छ, तब मेरो हृदय खुशीले भरिन्छ ।

एक दिन बिहानै म आफ्नो सानो कोठामा बसेर आफ्नो किताबको प्रुफ हेरिरहेको थिएँ । जाडोको मौसम सकिनु अगाडि आज दुई–तीन दिनदेखि धेरै चिसो बढेको थियो । चारैतिर सबैका दाँत किटकिटाइरहेका थिए । झ्यालको बाटो भएर घाम छिरेर मेरो खुट्टामा परिरहेको थियो । यो न्यानो मलाई धेरै रमाइलो लागिरहेको थियो । बिहानको करीब आठ बजेको हुँदो हो । गलबन्दी बेरेर बिहानै घुम्न निस्किने मानिसहरु घुमफिर गरिसकेर फर्किरहेका थिए । यही बेला सडकमा निकै होहल्ला मचिएको सुनियो ।

हल्ला आएतिर हेरें, रहमानलाई दुई सिपाहीले बाँधेर लगिरहेका छन् र उसको पछिपछि तमाशा हेर्ने मानिसको भीड आइरहेको छ । रहमानको लुगामा रगतको दाग छ र एउटा सिपाहीको हातमा रगत लतपतिएको चक्कु छ । मैले ढोका बाहिर गएर सिपाहीलाई सोधें कि यो सब के हो ?

केही ती सिपाही र केही रहमानबाट थाहा पाएँ कि हाम्रै छिमेकमा एक मानिसले रहमानसँग उधारोमा एउटा रामपुरी बर्को किनेको थियो । केही रुपैयाँ अझै तिर्न बाँकी थियो, जुन तिर्न उसले मानेन । यसैमा बहस हुँदाहँुदै रहमानले उसलाई चक्कुले घोपिदियो ।
रहमान त्यो झूटो मानिसलाई अनेकानेक प्रकारको गाली गरिरहेको थियो कि यसै बेला ‘काबुलीवाला, ओ काबुलीवाला’ भन्दै मिनी घरबाट बाहिर निस्केर आइन् ।

क्षण–भरमा रहमानको अनुहारमा उज्यालो हाँसो झुल्कियो । उसको काँधमा आज झोला थिएन यसैले झोलाको बारेमा दुवै साथीले पुरानो चर्चा गर्न सकेनन् । मिनी आउने वित्तिकै एकाएक सोध्न थालिन्, “तिमी ससुराली जाँदैछौ हो ?”

रहमानले हाँसेर भन्यो, “हो, त्यतै त गइरहेको छु ।”

उसलाई लाग्यो उसको यो जवाफले मिनी हाँसिनन् । तब उसले हात देखाएर भन्यो, “ससुरालाई मार्ने थिएँ, तर के गर्नु हात बाँधिएको छ ।”

संगीन अपराध गरेको अपराधमा रहमानलाई कैयौं वर्षको कैद सजाय भयो ।

उसलाई मैले विस्तारै विस्तारै बिर्सदै गएँ । हामीहरु जब आफ्नो–आफ्नो घरमा हरेक दिनको काममा गर्दै आरामले दिन बिताइरहेका थियांै, तब पहाडमा स्वतन्त्र घुम्ने मानिसले जेलको पर्खाल भित्र कसरी वर्षमाथि वर्ष बिताइरहेको होला, यो कुरा कहिल्यै हाम्रो मनमा आएन ।

चञ्चल हृदयकी मिनीको व्यवहार त अझै पनि लाजमर्दो थियो, यो कुरा उनको बाबुले पनि मान्नुप¥यो । उसले त बडो खरो ढंगले आफ्नो पुरानो साथीलाई बिर्सेर पहिला नबी सईससँग मित्रता गरिन्, फेरि जब–जब उनको उमेर बढ्दै गयो तब–तब साथी बदलिदै गए र एकपछि अर्की साथीहरु भेटिन थाले । यहाँसम्म कि अब उनी आफ्नो बाबाको लेख्ने कोठामा पनि देखिन्न थिइन् । मैले पनि एक प्रकारले उनीसँग कट्टी गरेको थिएँ ।

धेरै वर्ष बिते । फेरि जाडो आयो । मेरी मिनीको विवाहको कुरो छिनियो । दुर्गाापूजाको छुट्टीमा नै उनको विवाह हुनेछ । कैलाशवासिनी पार्वतीका साथसाथै मेरो घरकी आनन्दमयी पनि बाबुको घर अँध्यारो बनाएर पतिको घर जानेछिन् ।

बडो आनन्ददायक ढंगले आज बिहानै सूर्योदय भएको छ । बरसात पछिको जाडोमा नयाँ उदाएको घाम आगोमा गलाएको सफा र खरो सुनको रंग ग्रहण गरेझैं देखिएको छ । कलकत्ताको गल्लीमा भाँचिएका इँटा रहेका आपसमा जोडिएका– भत्केका भवनमा पनि यो घामको चमकले एउटा अनौठो सुन्दरता छरिदिएको छ ।

हाम्रो घरमा बिहान हुनुभन्दा अगाडिदेखि नै शहनाई बजिरहेको छ । मलाई लागिरहेको छ जस्तो त्यो शहनाई मेरो हृदयभित्र रुँदै बजिरहेको छ । त्यसको करुण भैरवी राग मेरो अगाडि नै रहेको बिछोडको पीडालाई जाडोको न्यानोसँगै दुनियाँभरी फैलाइरहेको छ । आज मेरी मिनीको विवाह हो ।

बिहानैदेखि बडो हल्लाखल्ला र मानिसको आउजाउ शुरु भएको छ । आँगनमा बाँस बाँधेर पाल लगाइँदैछ, घरको कोठामा र बरण्डामा झुम्मर झुण्ड्याएको टन–टन सुनिरहेको छ । अराइ–कराइको त कुनै अन्त्य छैन ।

म आफ्नो पढ्ने कोठामा बसेर खर्चको हिसाब लेखिरहेको थिएँ अचानक रहमान मेरो अगाडि आएर नमस्ते गरेर उभियो ।

पहिला त मैले उसलाई चिन्नै सकिन । उसँग झोला थिएन, उसको त्यो लामो लट्टेदार कपाल पनि थिएन र न अनुहारमा नै कुनै चमक थियो । अन्त्यमा उसको मुस्कानबाट मैले उसलाई चिनें ।

“के हो रहमान, कहिले आयौ ?” मैले सोधें ।

उसले भन्यो, “हिजो साँझ जेलबाट छुटें ।”

यो कुरा मेरो कानमा जोडले ठोकियो । कुनै हत्यारालाई मैले कहिल्यै आफ्नो आँखाले देखेको थिइन । उसलाई देखेर मेरो अन्तःकरण विचलित भयो । मेरो इच्छा थियो कि आज यो शुभदिनमा यो मानिस यहाँबाट जाओस्, तब धेरै राम्रो हुने थियो ।
मैले उसँग भनें, “आज हाम्रो घरमा एउटा जरुरी काम छ म त्यही काममा लागेको छु, आज तिमी जाउ ।”

सुन्ने वित्तिकै ऊ जान तयार भयो तर फेरि ढोका नजिकै गएर उभियो र केही संकोच मान्दै भन्यो, “एक पटक मुन्नीलाई हेर्न पाउँदिन ?”

शायद उसको मनमा यही धारणा थियो कि मिनी अझैसम्म त्यस्तै बनिरहेकी छिन् । या उसले सोचेको थियो कि मिनी आज पनि त्यसैगरी पहिला जस्तै ‘काबुलीवाला, काबुलीवाला,’ भन्दै दौडदै आउने छिन् र उनको हाँसो भरिएको अद्भुत कुरामा कुनै प्रकारले केही फरक आउने छैन । यहाँसम्म कि पहिलाको मित्रता सम्झेर उसले कागजको दुनामा थोरै किशमिश र बदाम शायद आफ्नो देशको कुनै पुरानो साथीसँग मागेर ल्याएको थियो । उसको पहिलाको झोला उसँग थिएन ।

मैले भनें, “आज घरमा काम छ । आज कसैसँग भेट हुनसक्दैन ।”

ऊ केही उदास भयो । स्तब्ध उभिएर मतिर एकटक लगाएर हेर्न थाल्यो फेरि ‘नमस्ते साहेब’ भनेर ढोका बाहिर निस्कियो ।

मेरो हृदयमा दयाको भाव पलायो । सोचिरहेको थिएँ कि उसलाई बोलाउँ, तब देखें ऊ आफैं फर्केर आइरहेको थियो ।

नजिकै आएर उसले भन्यो, “यी किशमिश र बदाम मुन्नीको लागि लिएर आएको हुँ, उनलाई दिनुहोला ।”

सबै कुरा लिएर मैले त्यसको दाम तिर्न चाहें, तब उसले एकाएक मेरो हात समाएर भन्यो, “तपाईंको उपकार म सधैं याद राख्नेछु, साहेब । मलाई पैसा नदिनुस्… । साहेब, जस्तो तपाईंकी छोरी हो, त्यस्तै मेरी पनि एउटी छोरी छ । म उसलाई सम्झेर तपाईंकी छोरीको लागि थोरै फलपूmल लिएर आउने गर्थें । म यहाँ कुनै सामान बेच्नको लागि आउँदिन थिएँ ।”

यति भनेर उसले आफ्नो खुकुलो कुर्थाको गोजीमा हात हालेर एउटा मैलो कागज निकाल्यो र बडो जतनले खोलेर दुवै हातले टेबलमा फिजायो ।

मैले देखें, कागजमा एउटा सानी बच्चीको हातको छाप छ । फोटो होइन, तैलचित्र होइन, सिर्फ हातमा थोरै कालो लगाएर त्यसैको छाप लिइएको छ । छोरीको यो सानो याद छातीमा संगालेर रहमान हरेक वर्ष कलकत्ताका गल्लीमा सुख्खा फलपूल बेच्न आउँथ्यो, त्यो नाजुक सानो हातको स्पर्श उसको बिछोडले भरिएको छातीमा अमृत घोल्ने गथ्र्यो ।

यो देखेर मेरो आँखा रसायो । फेरि मैले यो कुरा बिर्सिएँ कि ऊ एउटा काबुली खुद्रा व्यापारी हो र म कुनै उच्च घरानाको बंगाली । तब म यो अनुभव गर्न थालें कि जे ऊ हो, त्यही म पनि हुँ, ऊ पनि बाबु हो र म पनि । उसको पर्वतवासिनी सानी पार्वतीको हातको निशानीले नै मेरी मिनीको याद दिलायो । मैले त्यही समय मिनीलाई बाहिर बोलाएँ । घरमा यो कुरामा ठूलो आपत्ति आयो तर मैले कसैको कुरा सुनिन । विवाहको रातो बनारसी साडी लगाएर निधारमा चन्दनको टीका सजाएर दुलही बनेकी मिनी लाजले भरिएर मेरो छेउमा आएर उभिइन् ।

उनलाई देखेर पहिला त काबुली सकपकायो र आफ्नो पुरानो कुरा दोहो¥याउन सकेन । अन्त्यमा हाँसेर बोल्यो, “मुन्नी, तिमी ससुराली जान्छ्यौ ।

मिनीले अब विवाहको अर्थ बुझिसकेकी थिइन् । उनले पहिलाको जसरी जवाफ दिइनन् । रहमानको प्रश्न सुनेर लाजले रातो–पिरो भइन् र टाउको निहुराइन् । काबुलीसँग मिनीको पहिलो दिनको भेटघाट मलाई याद आयो । थाहा छैन मन कसरी व्यथित भयो ।
मिनी गएपछि एक लामो निश्वास लिएर रहमान त्यही जमिनमा बस्यो । अचानक उसको मनमा एउटा कुरा प्रष्ट रुपमा आयो कि उसकी छोरी पनि यही बीचमा यति ठूली भइन् होला र उनीसँग पनि उसले नयाँ ढंगले कुराकानी गर्नु पर्ला । उसले अब उनलाई फेरि पहिलाको रुपमा पाउने छैन । यी आठ वर्षमा थाहा छैन उसको के भयो होला । बिहानको समय, जाडोको उज्यालो कोमल घाममा शहनाई बज्न थाल्यो र कलकत्ताको एउटा गलीमा बसेको रहमान अफगानिस्तानको मेरुपर्वतको दृश्य देख्न थाल्यो ।
मैले उसलाई एउटा ठूलो नोट निकालेर दिएँ र भनें, “रहमान तिमी आफ्नो देश आफ्नी छोरी भएको ठाउँमा जाऊ । तिमीहरु दुवैको मिलन–सुखले मेरी मिनीको कल्याण हुनेछ ।”

यो रुपैयाँ दान दिइसकेपछि मैले विवाह उत्सवमा दुई चार चीज कम गर्नु प¥यो । मनमा जस्तो इच्छा थियो, त्यसरी बत्ती बाल्न सकिन । अंग्रेजी ब्याण्ड पनि मगाउन सकिन । घरमा आइमाईले असन्तोष प्रकट गर्न थालिन् तर मंगल–ज्योतिले मेरो यो शुभ आयोजन चम्कियो ।

(स्रोत : Dikura)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #12 on: March 14, 2018, 05:15:29 PM »
 अँध्यारो नगरी

खालिल जीब्रान
अनु : मनोज न्यौपाने

राजमहलमा रात्रिभोज थियो ।

एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो ।

राजाले उसलाई सोधे, ‘तिम्रो यो अवस्था कसरी भयो ?’

उसले भन्यो, ‘महाराज ! पेसाले म एक चोर हुँ । आैंसीको राति म एक धनी पसलेकहाँ चोरी गर्न गएँ । झ्यालबाट भित्र जाने हुँदा झुक्किएर जुलाहाको पसलमा पसेछु । अँध्यारोमा म त्यहाँको चर्खामा ठोक्किन पुगेँ र मेरो आँखा निस्कियो । अब, हे महाराज ! त्यो जुलाहाबाट मलाई न्याय दिलाई पाउँ ।’

राजाले जुलाहालाई बोलाएर ल्याउन सिपाहीलाई आदेश दिए । ऊ आयो र उसको आँखा झिक्ने निर्णय सुनाइयो ।

‘हे, महाराज !’ जुलाहाले भन्यो, ‘ तपाईंले एकदमै उचित न्याय सुनाउनु भयो । मेरो आँखा निकाल्नै पर्ने हो । तर दुुक्खका साथ मैले के निवेदन गर्नै पर्छ भने कपडा बुन्दा मैले दुवैतिर हेर्नपर्छ । यसकारण मलाई दुवै आँखाको खाँचो छ । तर एउटा आँखा त जसरी भए पनि चाहिएको छ । मेरो छिमेकमा एउटा मोची बस्छ । उसका पनि दुइटा आँखा छन् र उसको पेसालाई दुइटा आँखाको खाँचो पनि पर्दैन ।’

राजाले मोचीलाई बोलाउन सिपाही पठाए । ऊ आयो र उसको एउटा आँखा निकालियो ।

न्याय सम्पन्न भयो ।

(स्रोत : चारतारा न्यूज डट कम )

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #13 on: March 16, 2018, 06:23:31 AM »
चिनीयाँ लोककथा


चीनको लामो सामन्ती समाजमा सम्राट मरेपछि उसको छोरो फेरि सम्राट बन्दथ्यो। तर चीनको पौराणिक कथाअनुसार, शुरुका तीनजना सम्राट याउ, सन् र यु बीच त्यस्तो कुनै सम्बन्ध थिएन— यिनीहरु बीच कुनै नि हिसाबले पारीवारिक सम्बन्ध थिएन।

कथाअनुसार, याउ चीनको प्रथम साम्राट थियो। उ बूढो भएपछि एक जना मानिसलाई खोजी उसको पदमा आशिन गराउनका लागि भनेर विभिन्न जातिका नायकलाई बोलाएका थिए।

छलफलका क्रममा सनले भने: यो पद तपाईंको छोरा चुलाई दिनुहोस। याउले भने- हुँदैन, किनकी मेरो छोरो राम्रो छैन। यसरी त्यस छलफलमा कुनै नतिजा हासिल हुन सकेन।

केही समयपछि तीनिहरु बीच फेरि छलफल भयो। यस पटक केही नायकले एकजना सन नाम गरेको जवानलाई सम्राटका लागि सिफारिस गरे। सबैले सनको प्रशंसा गरे। सनको बुवा एकजना अन्धा थिए। उनी मूर्ख पनि थिए। सनकी आफ्नी आमा पहिले नै मरिसकेकी थिइन। कान्छि आमा र कान्छी आमाको छोरा शिआनले याउसँग नराम्रो व्यवहार गर्नेगरे तापनि सनले उनीहरुलाई अझ माया गरेका थिए। याउ सनको व्यवहारदेखि प्रभावित भयो।

याउले आफ्नी दुइवटी छोरी ह व्हान र न्यु यनको विवाह सनसँग गरिदिनुका साथै सनलाई अन्नको भण्डार र धेरै गाई-गोरु तथा बाख्रा दिएका थिए। तर सनका बुवा, कान्छी आमा र भाई भने सनलाई मार्ने पक्षमा थिए।

एक दिन सनका अन्धा बुवाले सनले अन्नको भण्डारको छाना मर्मत गरिरहेका बेला, सन छानामा काम गरिरहेको वेला निजले भण्डारमुनि आगो लगाए। सनले बाँसका चोयालाई पखेटाका रुपमा प्रयोग गरी माथिबाट हाम फाले तर उनलाई कहीं चोट लागेन।

अर्को दिन अन्धो बुवाले सनलाई कुवामा सफा गर्न पठायो। सन कुवामा हुँदा बुवाले सनलाई मार्ने हेतुले ढुँगा र माटो कुवामा फ्याँक्यो। तर चलाक सनले कुवाभित्र पुग्नेबित्तिकै कुवाको भित्तामा सानो बाटो खनिसकेका थिए जसको परिणामस्वरुप उनी सुरक्षित फर्के।
तर उनको भाइ शिआनलाई यो कुरा थाहा थिएन। उसले अन्धा बालाई भन्यो- मेरो दाजु पक्कै मर्‍यो। अब मलाई दाजुको आधा सम्पत्ति दिनुपर्छ। तर जब उ सनको कोठामा पुग्यो, सन कोठामा बसेर बाजा बजाइरहेको देख्यो, उसले। त्यसपछि उसले सनलाई भन्यो: मैले तिमीलाई सम्झिरहेको छु।

सनलाई रिस उठेको थिएन। सनले आफ्ना बुवा, कान्छी आमा र भाइसँग पहिले जस्तै व्यवहार गर्थे। त्यसपछि उनिहरुले सनलाई मार्ने आँट गरेनन।

पछि याउले सन बारे अझ बढी छानबिन गरे र सन पक्का एक सिपालु, मायालु र असल मानिस भएको ठहर गरे। उनले सम्राटको पद सनलाई दिने निर्णय गरे। सन सम्राटको पद सम्हालेपछि निकै परिश्रम भए। उनी साधारण जन-समूहसँगसँगै मिलेर खेति गर्थे। उनलाई सबै विश्वास गर्थे। केही वर्षपछि याउ मरे। सनले सम्राटको पद याउको छोरा चुलाई दिने विचार गरे। तर कसैले मानेनन। सन बूढा भएपछि यु नामक असल र सिपालु स्वभाव भएका एकजना व्यक्तिलाई सम्राटको पद दिए।

मानिसहरुको विश्वास छ- याउ, सन र युको युगमा विश्वमा हक र अधिकारका लागि कदापि संघर्ष भएन। सम्राटहरु सामान्य मानिस जस्तै साधारण जीवन विताउँथे।

(श्रोत :- China ABC )

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #14 on: March 16, 2018, 04:27:58 PM »
जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्
अजय प्रधान

अनुवादक : शशांक लामा

आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा हुन् जमुना जमरकट्टेल-उमेर ३६,तीन बालबच्चा र ४७ बर्षे श्रीमानको नाम चाँहीँ घनश्याम कृष्ण। जमुना घनश्यामको दोस्रो पत्नी हो। पहिलेको पत्नीबारे उनका नजिकका आफन्त बाहेक अरुलाई केही थाहा छैन,उनी पहिलो पत्नीबारे भन्न पनि रुचाउन्न। बच्चाबच्चीहरु हरी-११,सुष्मा-८ र लियोनार्दो-५ बर्षका छन्। सानो छोरोको नाम लियोनार्दो अर्थात लियो कसरी हुन गयो,त्यसबारे चाखलाग्दो सानो कथा छ। जसबारे म पछि भन्नेछु।

अँ साँच्चै त,मैले आफ्नो नाम उल्लेख गर्नै बिर्सेंछु।मेरो नाम रोहित हो,जब कतै मेरो नाम सोधिन्छ,मा ढाँचा पारेर भन्ने गर्छु “म भट्टराई,,,रोहित भट्टराई”-एकदमै जेम्स बण्ड शैलीमा! यस गन्थनलाई यतिमै सिमित गरौँ होला,कारण यो कथा मेरो बारे होइन। यो कथा त जमरकट्टेलहरुको बारेमा हो,खासगरी जमुना जमरकट्टेलको बारेमा! भ्यानकुभरमा सबैले तिनलाई जमरकट्टेल भाउज्यु भनेर बोलाउँछन्,तर त्यसरी सम्बोधन गरेको तिनलाई पटक्कै मन पर्दैनथ्यो।

आफ्ना तिनजना बालबच्चा र जोइटिङ्ग्रे लोग्नेलाई क्यानाडा ल्याएको ३ महिना पछि एक अल्छिलाग्दो मध्यान्हमा तिनले बच्चाहरुको नाम परिवर्तन गरिन। हरी ह्यारी भयो भने सुष्मा सुजन भइन्। फुच्चे लियोको नाम फेर्नै परेन,पहिले देखिनै गोराको नाम पाएको थियो। खप्परै दह्रो! आफ्ना बच्चाहरुको नाम फेरेपछि आफ्नै पनि नाम किन नफेर्ने भने सोच तिनको मनमा आयो।थुप्रै नामहरु मनमनै खेलाइन,तर भनेजस्तो नाम भेट्टाउन सकिन।आफ्नो जमुना नामसंग मिल्दोजुल्दो अंग्रेजी छोटकरी नाम तिनले चाहेकी थिइन।१५ मिनट जति सोचेपछि तिनले आफ्नो नाम जिम्मी राख्ने निर्णय गरिन।’जिम्मी’ अंग्रेजी नाम हो भन्ने कुरामा तिनी ढुक्क थिइन,तिनलाई यो नाम मन पनि पर्‍यो।तर ठुले ह्यारीले प्रतिवाद गर्‍यो ” मुवा,त्यो त केटाको नाम हो,मसंग खेल्ने त्यो छिमेकी केटोको नाम जिम्मी हो”। ह्यारीले मुवा,,भनेर त्यतिमात्र के भनेको थियो,तिनले आदेश दिइ हालिन: “मलाई मुवा भनेर नबोलाउनु,मम वा ममी भनेर बोलाउनु, ओ के! यहाँ बसेपछि हामीले क्यानाडालीहरुले गरे झैँ गर्नुपर्छ। यो धादिङ होइन नि! हो त छोरा? उप्स! माइ सन! धेरैबेर घोत्लेर पनि आफुलाई उपर्युक्त हुने नाम फेला नपरेपछि तिनले छोरालाई भनिन: “ह्यारी,माथि स्याल्ली आण्टीको बाट एउटा अंग्रेजी पत्रीका मागेर लिएर आइज त”

स्याल्ली,उनिहरुको पंजाबी घरपट्टी आमै थिइन,जसको असली नाम सलभिन्दर कौर धालिवाल थियो।न्युटनको सर्रे स्थित धालिवालको जमिनमुनिको दुइकोठे एपार्टमेण्ट जमरकट्टेलहरुले भाडामा लिएका थिए।तिनै स्याल्लीले अंग्रेजी नामांकरण गर्न हाम्री जमरकट्टेल भाउज्युलाई उचालेकी थिइन: “देखो जमना बैन,अगर अंग्रेजी नाम नहीँ हो ना,काम मिलना बहुत मुश्किल होगा,राइट?” स्याल्लीले भनेको ठिकै त हुनुपर्छ,तिनलाई सबैकुरा थाहा छ्,कारण तिनी १२ बर्ष अगाडि पंजावको पटियालाबाट क्यानाडा आएकी थिइन।सम्पूर्ण धालिवाल परिवारजनको नाम अंग्रेजिकरण भैसकेको थियो।स्याल्लीको श्रीमान देभिन्दर सिं धालिवाल डेभमा परिणत भैसकेका थिए।डेभ र स्याल्लीको दुई बच्चाहरु थिए। उनिहरुको छोरो नरिन्द्रलाई नेड भनेर चिनिन्छ।अंग्रेजिमा ‘नेड’ नाम हुन्छ भन्ने कुरा मलाई थाहा पनि थिएन,मलाई थाहा हुने कुरा पनि भएन।सिमन फ्रेजर विश्वबिधालयमा अध्ययन गर्न म क्यानाडा आएको दुइबर्ष त हुंदैछ।मा स्थाई बसोबासको लागि आएको पनि होइन। म त बिद्यार्थी,दुनियाँदारीबारे मैले के भेउ पाउनु?!

ओहो! म त बहकिएर कता पो पुगेछु! अं त हामी के बारे कुरा गर्दै थियौँ? अं सम्झें,धालिवालहरुको बारेमा-धालिवालहरुको एकजना छोरी पनि छ,जसको नाम क्यारोलिन हो। तिनी क्यानाडामै जन्मेकी हुनाले तिनको पंजावी नाम थिएन।तर मैले बुझ्न नसकेको कुरो के भने पंजाविहरुलाई अंग्रेजी नाम पनि आफ्नो पंजावी नामसंग मिल्दो जुल्दो राख्नुपर्ने कारण के होला – उदाहरणको लागि डेभ -देभिन्दर,नेड -नरिन्द्र,रब्बी -रभिन्द्र र स्याल्ली -सलभिन्दर। यसबाट यो सावित हुन्छ कि उनिहरु आफ्नो मुल नाउंमा अझै टाँसिन मन गर्छन्,आफ्नो चिनारीलाई पुरापुर परित्याग गर्न हिचकिचाइ रहेका छन। फलस्वरुप ‘नेड’ जस्तो नौलो नामको अविष्कार हुन्छ। इमान्दारिकासाथ भन्नुपर्दा मेरो हेराइमा यो नाम अलि जंचेन।आखिर यो मेरो सरोकारको बिषय पनि होइन। तर मैले भन्न खोजेको चाँहीँ माइकल,विलियम,रबर्ट,पिटर,थोमस आदि मुल अंग्रेजी नाम राख्दा नै सजिलो र राम्रो होइन र? क्यानाडामा स्थाई बसोबास गर्ने चिनियाँहरुकै नाम लिउँ न – माइकल च्याँग,विलियम चेंग,रबर्ट चुंग,पिटर चाउ,थोमस चिउ ,,,,,

अब हामी जमरकट्टेलहरुकै कथातिर जाउँ,,,हामी अघि कहाँ पो थियौं? अं सम्झें,माथ्लो तल्लामा बस्ने घरपट्टी आमैसंग अंग्रेजी पत्रीका मागेर ल्याउन ठुलो छोरोलाई पठाइन।ह्यारिले स्याल्ली आण्टी कहाँबाट ल्याएको तिनबर्ष पुरानो पत्रीकालाई दुई मिनट जति ओल्ट्याइ पल्ट्याइ गरेपछि हाम्री जमरकट्टेल भाउज्युले आफ्नो लागि नयाँ नाम फेला पारिन्-जेनी! गजबको नाम फेला पारेकोमा तिनी दंग परिन।स्थानीय खैरेहरुलाई उच्चारण गर्न सजिलो होस् भनेर तिनले आफ्नो थर पनि परिवर्तन गर्ने कि भनेर सोचिन – जेनी जमर कोटेल वा जेनी कोटेल,,यस्तै केही सोचिन। फेरी यस्तो गर्दा कुनै कानुनी बाधा अडचन पो आउने हो कि भनेर निर्णय गर्न सकिन,थरलाई चाँहीँ नचलाएकै ठीक भन्ठानिन।

त्यसदिन देखि जो कोही भेटदा पनि “म जेनी जमरकट्टेल”,”तपाइंको शुभनाम” भनेर आफ्नो परिचय दिन थालिन्।क्यानाडामा बसोबास गरिराखेका प्रवासी नेपालीहरुले तिनलाई जमरकट्टेल भाउज्यु भनेर बोलाए भने तिनी तत्कालै सम्झाउंथिन: “मलाई जेनी भाउज्यु वा जेनी मात्र भनेर बोलाउँदा हुन्छ”। तर के गर्नु? भन्दा माने पो! ‘जमरकट्टेल भाउज्यु’ नाम त लिसो टाँसे झैँ छुटनै मानेन।

जेनी,ह्यारी,सुजन र लियो जमरकट्टेल – अब अंग्रेजी न्वारण गर्नलाई एकजना मात्र बाँकी थियो,त्यो हो जेनी जमरकट्टेलको जोइटिङ्ग्रे लोग्ने-घनश्याम कृष्ण जमरकट्टेल। परिवारको अंग्रेजी न्वारण चलेको बेला घनश्याम दाई घरमा हुनुहुन्थेन। क्यानाडेली केन्द्र सरकार अन्तर्गत मानव संसाधन बिकास बोर्डले सर्रेमा सन्चालन गरेको एउटा रोजगार एजेन्सिमा रोजगार सेमिनारमा भाग लिन उनी गएका थिए।जेनी भाउज्युले उनको लागि पनि एउटा नाम फेला पारेकी थिइन।

यस्तो रोजगार सेमिनारमा नअल्मलेर सेक्युरिटी गार्डको ट्रेनिङ्ग लिनु भनेर डेभले केही दिन अघि उनलाई सम्झाएका थिए: “घनश्याम भाई,तुसी इस्क्युरिटी गार्डका ट्रेनिङ्ग ले लो!ओ के! ए सेमिनार वेमिनार से कुछ बनता नहीँ,राइट?
जमरकट्टेल भाउज्युले प्रत्येक् चोटि बोल्दा प्रयोग गर्ने ओ के! र राइट! कहाँबाट टिपेकी रहेछिन भन्ने कुरा बल्ल तपाईंले बुझ्नु भयोहोला! होइन त? सेक्युरिटी गार्डको ट्रेनिङ्ग लिनु भनेर डेभले दिएको सल्लाह सुनेर घनश्याम कृष्णलाई बेस्मारी चित्त दुखेको थियो। धादिङमा हुँदा उनी शिक्षक मात्र नभएर उप प्रधानध्यापक पो थिए त! सेक्युरिटी गार्ड त यत्रो पनि गर्दिन! उनले मनमनै भने,तर डेभलाई केही भनेनन।

रोजगार सेमिनार सकेर सांझपख जब घनश्याम दाई घर फर्के, “क्रिस,किन ढिला आयौ” भनेर जमरकट्टेल भाउज्युले लोग्नेलाई जिस्काइन।”आज बेलुकी चतुर्वेदी दाइ कहाँ नयाँबर्षको पार्टी खान हामी जानुपर्छ भन्ने कुरा तिमीलाई थाहा छ् होइन? राइट? घनश्याम दाई अलमल्ल परे: “हैन के भन्दैछ्यौ? कसलाई क्रिस भन्या?तिम्लाई भन्या नि,अरु कोलाई भन्नु? मैले तिम्रो नाम फेरें। हरी र सुष्माको नामपनि फेरें। स्याल्लीले भनेको,यहाँ नाम फेरेन भने त कामै पाउंदैन अरे”-तर क्रिस नै किन? अरु नाम भेट्ट्याएनौ? घनश्याम दाइले सोधे।-कस्तो नबुझेको तिमीले? तिम्रो बिचको नाम कृष्णबाट लिएको-आदेशयुक्त स्वरमा जेनिले भनिन।घनश्याम दाइलाई नाम त्यति मन परेन।उनलाई आफ्नो नेपाली नाम नै प्यारो लाग्थ्यो।तर उत्पाते दिमाग भएकी आफ्नी स्वास्नीसंग यसबारे बहस नगर्ने निर्णय गरे,आखिर तिनिसंग बहस गरेर जितिने पनि होइन!-हेर है,आजको त्यो पार्टीमा आफुलाई घनश्याम कृष्ण भनेर परिचय नदिनु नी! मेरो नाम क्रिस जमर्कट्टेल भनेर भन्नु! भन्दयाछु-जमरकट्टेल भाउज्युले लोग्नेलाई चेतावनी दिइन।

चतुर्वेदीहरुले मलाई पनि नयांबर्षे पार्टीमा बोलाएको छ् भनेर जमरकट्टेल भाउज्युलाई थाहा थियो।दिउंसै फोन गरेर “रोहित बाबु,तपाइ चतुर्वेदिहरुको पार्टीमा जानुहुन्छ,होइन? तपांइको गाडीमा हाम्लाई पनि लगिदिनुस् है भन्न भ्याइसकेकी थिइन। भैहाल्छ् नी भनेर मैले भने।साँझपख जब म उनिहरुलाई लिन उनिहरुको जमिनमुनिको एपार्टमेण्टमा पुगेँ। जमरकट्टेल भाउज्यु पार्टिको लागि भनेर तम्तयार भएर बसेकी थिइन – तिनले जिउमा तीन टन सुनको गहना र मुहारमा एक पाउण्ड श्रिंगारको सामान पोतेकी थिइन होलिन,डलर शपमा पाउने अत्तर त एक लिटर नै जिउमा छर्केको जस्तो लाग्यो,तिनी जहाँ जहाँ जान्थिन,अत्तरको चर्को गन्ध रहिरहन्थ्यो।

तिनी झलल बलेकी थिइन।मलाई दुवै हातले हार्दिक नमस्कार गरिन,साथसाथै तिनले हातमा लगाएको सुनको चुरा मैले देखोस् भन्ने तिनको चाहना भएको जस्तो लाग्यो।पार्टिमा पनि सबैसित तिनले त्यही रितमा अभिवादन गरिन, ताकी तिनले घांटिमा,कानमा,हातमा,कम्मर वरिपरि र कांधमा समेत लगाएको सुनका गर गहनाहरु अरुले थाहा पाउन भन्ने तिनको इच्छा थियो।मलाई त ति गहनाहरुको नाम धरी थाहा थिएन। यदी कसैले तिनको गहनाको तारिफ गर्‍यो भने उज्यालो अनुहार पारेर बर्णन गर्थिन:”मेरो बुवाले दिइस्या, अनि यो कानको झुम्का चाँहीँ मेरो हजुरले मेरो जन्मदिनमा किन्दिस्या” आफ्नो लोग्नेलाई घरमा तिनले ‘हजुर’ भनेर बिरलै सम्बोधन गर्थिन। घरमा लोग्नेलाई ‘तिमी’,’घने’, वा घनश्याम भनेर पुकार्थिन। “घने,जाउ,त्यो गर!;”घनश्याम,त्यहाँ गएर मेरो लागि त्यो लिएर आउ”;”घनश्याम,बाथरुम सफा गर”। बाहिरका मानिसहरुबिच चाहिं लोग्नेलाई परम्पारिक सम्मान प्रदर्शन गर्थिन:”हजुर सुनस्यो न, ए हजुर,सुन्स्या हो कि होइन? अचेल हजुर दुब्लाएर कस्तो सिन्का जस्तो भइस्या छ”। वास्तवमै घनश्याम दाई दुब्लो पातलो थिए। तर जमरकट्टेल भाउज्युको त कुरै अर्को! तिनलाई खाइरहनु पर्ने,तारेको खाना भनेपछि त हुरुक्क! मिठाइ पनि खुबै मन पराउने! जिलेबी र लालमोहन त तिनको मनपर्ने मिठाइ! ४ फुट ११ इन्चिका जेनी जमरकट्टेलको जिउको पछाडिको भाग Banyan रुखको फेद झैँ फराकिलो थियो ।

जेनी भाउज्युको बुवा नेपालमा राजनीति गर्थे,राप्रापा धादिङ जिल्ला कमिटिका उपाध्यक्ष थिए,प्रशस्त जग्गा जमिन जोडेका थिए।भुतपुर्व राजा ज्ञानेन्द्रसंग नजिक रहेका रा.प्र.पा नेताहरुसंगको निकट पहुँचलाई भजाएर पैसा पनि निकै कमाएका थिए। जब माओवादी सत्तामा आए,उनले दल बदले र प्रचन्ड र बाबुरामको कट्टर समर्थक भएर निस्के।यती हुँदाहुँदै पनि माओवादी उग्र केटाहरुसंग उनको गम्भिर टक्कर नपरेको पनि होइन।जमुना जमरकट्टेलले नेपाल छाडने निर्णय लिनुमा यो पनि एउटा कारण थियो।

आफुलाई वाइस्याल हौँ भन्दै केही ठिटाहरु एकरात धादिङस्थित घरमा आएर उनिहरुको परिवार र सम्पत्तिको सुरक्षार्थ चन्दा मागेको दिनदेखी नै जमुना जमरकट्टेलले पनि देश छोडनेको लर्कोमा आफुलाई पनि समाबेश गरिन।चन्दा नदिएको खण्डमा उनिहरुको परिवारको सुरक्षा खतरामा भएको ति ठिटाहरुले खुलस्त रुपमा भने।तिनले त्यो धम्किको गम्भिरतालाई महसुस गरिन भने घनश्याम दाइले चैँ फोकट्या धम्की ठानेका थिए।आँखामा मुडकी भेट्टाए पछि उनले बल्ल कुरो बुझे,अझ “अर्को चोटि मुडकी होइन,गोली भेटछस” भनेर ति गएका थिए। तीन दिन भित्रमा उनिहरुले दस हजार रुपया बुझाए।त्यही तीन दिनमा तिनले अमेरिकाको लागि डि भि लटरी भिसाको आवेदन दिने कुरा सोचिन र लोग्नेलाई बताइन।लगालग दुइबर्ष फारम भरिन,तर केही हात लागेन।

त्यस्तैमा तिनको राम प्रकाश चतुर्वेदिसंग भेट भयो।चतुर्वेदी तिनको टाढाको नातेदार थियो,बेनिघाटमा बस्थे।उसले क्यानाडाको पि आरको लागि निवेदन दिएको थियो।अमेरिकाको चानस ढुक्नुभन्दा त क्यानाडाको पि आर मा कोशीश गर्नु भनेर उनले सल्लाह दिएका थिए।भ्यानकुभरमा नेपाली नयाँ बर्षको उपलक्ष्यमा पार्टीमा निमन्त्रणा दिने उनै चतुर्वेदी थिए।चतुर्वेदिबाट मद्घत लिएर जमरकट्टेलहरुले नयाँ दिल्लिस्थित क्यानाडेली उच्च कमिशनमा आफ्नो फाराम पठाएका थिए। दैव संजोगले एकैबर्षभित्र तिनिहरुको पि आर स्विक्रित भयो।जमुना जमरकट्टेलको लागि त यो वाइस्याल प्रति ठुलो बदला नै थियो।

पि आर भिसा पाएको दुई महिना भित्र जमुना जमरकट्टेल आफ्ना लालाबाला र जोइटिङ्ग्रे लोग्नेलाई लिएर थुप्रै आशा र उमंग संगालेर क्यानाडाको नयाँ अप्रवासी बनेर भ्यानकुभरमा आइपुगिन।सर्रेस्थित धालिवालको बेसमेन्ट एपार्टमेन्ट चतुर्वेदीले नै मिलाएका थिए।छिट्टै नै जमरकट्टेल भाउज्यु स्याल्ली धालिवालको लहलहैमा लाग्ने भैसकेकि थिइन: “हामी सस्तो सामानहरु किन्दैनौँ,हामी बालमार्ट जांदैनौँ,चुइँयाहरु मात्र बालमार्ट जान्छन,हामी भ्यानकुभरको डाउन टाउनमा गएर किनमेल गर्छौ” आदि ,,,,,
-बालमार्ट भनेको के हो ? जमरकट्टेल भाउज्युले स्याल्लीलाइ सोध्छे।
-यु डोन्ट नो बालमार्ट? एभरीबोडी नोज बालमार्ट ! क्यानाडामा बसेको बाह्र बर्ष जति भैसके पनि अंग्रेजी बोल्दा स्याल्लीको पटियाला लवज अझै छुटेको थिएन ।
-ए तपाईंले वालमार्ट भन्नुभाको?
-या या बालमार्ट !!!
स्याल्ली धालिवालले भनेकी कुरो हाम्री जमरकट्टेल भाउज्युले मनमा लिइ राखेकी थिइन।तिनी पनि धादिङ्को कुनै गए गुज्रेको परिवारबाट अवश्य थिइन। तिनको बुवा त राजनीतिज्ञ पो थिए।जब नेपालीहरुबिच किनमेलको कुरो चल्थ्यो,तिनी भन्थिन: “हामी त वालमार्ट जान्नौँ,सबै किनमेल रब्सन स्ट्रिटमा गर्छौँ”।

हालै भ्यानकुभरको अल्बर्नी स्ट्रिट्स्थित दामी सामान बेच्ने Holt Renfrew फेशन स्टोरमा तिनी छिरेकी थिइन, तिनले चारैतिर हेरिन।स्टोरमा काम गर्ने एकजना महिलाको आँखाले तिनलाई पछ्याइ रहेको थियो।त्यो Pretty Women चलचित्रको द्रिष्य जस्तै थियो, जहाँ अभिनेत्री जुलिया रबर्ट ठिक ढङ्गको लुगा नलगाइ उच्च्कोटिको सामान बेच्ने दोकानमा छिरेकी हुन्छिन र त्यहाँको कामदारले तिनलाई दोकान बाहिर निस्कन भन्छिन। स्वीटरको दाम $१९९,९९ देखेर जमरकट्टेल भाउज्युले लामो सास तानेकी थिइन,लेडिज ब्यागको दाम १४९,९९ $ देखेर तिनको ओठ कामेको थियो,पस्मिना शलको दाम २४९,९९ $ देखेर तिनको घाँटी सुक्यो।हिउंदे ओभरकोट किन्ने असाध्यै रहर थियो,तर $ ३९९,९९ दाम देखेर निधारमा चिटचिट पसिना आयो।आफ्ना बच्चा बच्चीलाई बोलाएर हत न पत त्यस दोकानबाट निस्किहालिन।त्यसदिनदेखी तिनले नगदी तिरेर वालमार्टमै किनमेल गर्न थालिन्।नगद पैसो चाँहीँ बटारेर ब्राभित्र राख्थिन।

यि सबै कुराहरु मैले कसरी थाहा पाएँ भनेर तपाईंहरु छक्क पर्नुहोला! जमरकट्टेलहरु बसेको त्यही बिल्डिङ्गको अर्को पट्टी एककोठे एपार्टमेण्ट भाडामा लिएर म बस्थेँ। घनश्याम दाई दुखसुखका कुरा गर्न म कहाँ आइरहन्थे।एकदिन यस्तै बसिबियाँलोमा क्रिस जमर्कट्टेल उर्फ घनश्याम दाइले आफ्नो कान्छो छोरोको नाम ‘लियोनार्दो’ कसरी रहन गयो भन्नेबारे मलाई बताएका थिए।६ बर्ष अघि जब तिनिहरु धादिङबाट काठमाडौ आएका थिए,जय नेपाल चित्रघरमा दोस्रोचोटी चलचित्र ‘टाइटानिक’ लागेको थियो।जमरकट्टेल भाउज्युले आफ्ना साथीहरुबाट त्यस चलचित्रको बारेमा राम्रो बर्णन सुनेकी थिइन। एकसाँझ लोग्नेसंगै तिनले त्यो चलचित्र हेरिन।तिनले चलचित्रको भरपुर आनन्द लिइन भने घनश्याम दाइले धेरैजसो उंघेरै समय बिताए।

चलचित्रको असरले जमुना देवी जमरकट्टेल नरम र कामुक भएकी थिइन।तिनलाई आफु बास बसेको ठाउंमा जान हतारो भैसकेको थियो।टाइटानिक जहाजको एकान्त बग्गीमा केट विन्सेटलाई लियोनार्दो डिक्याप्रियोले गरेको बाफिलो प्रेमको द्रिष्यलाई तिनले दिमागबाट हटाउनै सकिरहेको थिएन।जब जमरकट्टेलहरु घरमा पुगे,जमुना भोकाइ रहेकी थिइन,मेरो भनाइको आशय तपाईंले थाहा पाउनु भयो होला।तिनले लोग्नेलाई ओछ्यानतिर तानिहालिन।दुइहप्ता जति पछि आफु दुई जिउ हुन लागेको कुरो तिनले पत्ता पाइन र लोग्नेको कानमा खुसुक्क भनिन:”हजुर,सुनस्योस्न!छोरी जन्मी भने केट र छोरा जन्म्यो भने लियोनार्दो नाम राख्ने है”। वरिपरि कोही नभएको बेलामा जमुना जमरकट्टेलले घनश्याम जमरकट्टेललाई ‘हजुर’भनेको यो पहिलो चोटि हो। घनश्यामको मनमा अन्य नामहरु थिए,तर स्वास्नीसंग बहस गर्न उनले ठीक ठानेन।

मूल कथा अंग्रेजीमा थियो। इमेलबाट थुप्रै चोटी फर्वार्ड हुँदै म कहाँ आइपुगेको हो यो कथा। अंग्रेजी कमजोर भएका नेपाली पाठकलाई यस मिठो कथाको स्वाद चखाउने हेतुले मैले अनुवाद गरेको छु। यस कथामा बर्णन गरिएको पात्रहरु कुनै जिवित ब्यक्तिसंग मेल खान गएमा त्यो केवल संयोग मात्र हुनेछ। यो कथा धेरै अघि प्राप्त गरेको थिएँ, तर यसको सान्दर्भिकता अझै छ र भविष्यमा पनि भैरहन्छ भन्ने मेरो ठनाइ छ।)

यो कथा अङ्रेजी(मूल स्वरुप) यहाँ छ -- http://orig10.deviantart.net/ab04/f/2009/120/7/c/jamarkattel_bhauju_by_ajaypradhan.html

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #15 on: March 17, 2018, 12:28:54 AM »
 विक्रमादित्य, बूढी र सराय रोहिल्ला

हरिश नवल (अनु. : महेन्द्र महक)

हठी विक्रमादित्यले एकपटक फेरि बेतालको लाशलाई रुखबाट ओराल्यो र काँधमा बोकेर हिड्यो, सदाझैं मौन । बेतालले केही समयपछि भन्यो, ‘तँमाथि मलाई दया लाग्छ । बाटो काट्न सजिलो होस् भनेर तँलाई म आज तेरै दिल्लीमा भएको एउटा घटना सुनाउँछु । दिल्लीको एउटा चर्चित ठाउँ छ, सराय रोहिल्ला । यहाँ बशेसरनाथ आफ्नी श्रीमती र छोराछोरीसँग बस्छ । उसको आर्थिक हैसियत– लोअर मिडिल क्लासको मान्छे हो । उसका दुई दाजुहरु छन्, जो दिल्लीमा नै फरक–फरक ठाउँमा छुट्टाछुट्टै बस्दै आएका छन् । उनीहरुकी एउटी मात्र बहिनी छ, जो विवाहपछि श्रीमान्सँग हापुडमा बस्दै आएकी छ । यी चारै जनाकी आमा मेरो यस कथाकी नायिका हुन् ।’

‘बूढी प्राग–ऐतिहासिक (साह्रै बूढी) भइसकेकी थिइन् । शरीरमा ताकतको नाममात्र पनि थिएन । छोराहरु उनको हातबाट उम्केर आफ्नी स्वास्नीको काखमा खेलिरहेका थिए । त्यसैले बिचारीले मेरठमा आफ्नो भाइको घरमा दिन काटिरहेकी थिइन् । एक दिन दुर्घटना यस्तो भयो कि ती वृद्धाको भाइको अकस्मात् मृत्यु भइदियो । भाइको छोराले सराय रोहिल्लामा बस्दै आएका बशेसरनाथलाई चिठ्ठी लेखेर खबर गरिदियो कि आएर आफ्नो चल सम्पत्ति आमालाई लिएर जानुहोस् जो आफ्नो भाइको मृत्युमा अचल भइसकेकी थिइन् । (तिमीलाई भन्नुपर्ने अर्को कुरा, मेरठको डायरीमा केवल सराय रोहिल्लाको मात्रै ठेगाना थियो ।)

बेतालले लामो सास लियो र कथा जारी राख्यो, ‘बशेसरनाथलाई पत्र प्राप्त भएको बेला ऊ पत्नीविहीन भएर सुखको जीवन बाँचिरहेको थियो । (स्वास्नी माइती गएकी थिई ।) ऊ आमाको सबैभन्दा कान्छो र प्यारो छोरा थियो । सायद त्यसैले उसको मनमा आमाका लागि अलिकता ‘भेकेन्सी’ थियो । ऊ तुरुन्त मेरठ गयो र आमालाई सराय रोहिल्ला ल्याएर आयो । आमा भने भाइको मृत्युको कारणले अथवा वृद्धावस्थाका कारणले साह्रै क्षीण हुँदै गएकी थिइन् । यहाँ आएको दुई दिनसम्म त बूढीलाई निकै आराम मिल्यो । तर तेस्रो दिन जब बशेसरनाथकी श्रीमती आफ्ना छोरा छोरीसहित माइतीबाट फर्की, बूढीलाई देखेर उसलाई छातीमा कालो सर्प दौडिएझैं लाग्यो । आफ्नो ओछ्यानमा सासुलाई सुतिरहेको र पतिदेवले आमाको टेम्परेचर नापिरहेको देखेपछि उसलाई खपिनसक्नुभयो । बल्लतल्ल श्रीमती नाथले आफ्नो टेम्परेचर (रिसको पारो) डाउन गरिन् । नमस्कार–चमत्कार अनि सेवा ढोगको औपचारिकतापछि पहिलो काम श्रीमती नाथले सासु आमालाई आफ्नो ओछ्यानबाट हटाएर पछाडिको कोठीमा सासु आमाकै उमेरसँग मेल खाने चारपाइजस्तो वस्तुमाथि स्थानान्तरण गरिन् । त्यसपछि श्रीमान् बशेसरनाथमाथि धावा बोलिन्, ‘तपाइँ मात्रै श्रवण कुमार हो र ? जो आफ्नी पूजनीय आमालाई सराय रोहिल्लाको तीर्थयात्रा गराएर पुण्य कमाउँदै हुनुहुन्छ ? अरु दुइटा छोरा के सौताका हुन् ? मैले नै यो आपत बेहोर्नुपर्ने… !’

उता बूढी भने ज्वरोले थल्लिएकी थिइन् । श्रीमती नाथका यस्ता डाइलग सुनेर उनको मन पनि थल्लिदै गयो । तर, त्यतिबेला नै उनलाई सन्तोष पनि लाग्यो, जब बशेसरनाथले रिसाउँदै कूटनीतिक तवरमा श्रीमती नाथको प्रतिवाद ग¥यो, ‘हे भगवान् ! हेर यतिबेला उहाँको बिदा लिने बेला हो । आज हो कि भोलि हो ! मैले त जानेर नै उहाँलाई यहाँ ल्याएर आएको हँु । दुनियाँले पनि देख्नेछ कि बूढीको अन्तिम दिनमा आखिरीमा बशेसरनाथकी स्वास्नी नै काम आई भनेर । सबैभन्दा कान्छी बुहारी हो तर सासुआमाको हेरविचार उसले नै गरी भनेर संसारले तेरो गुनगान गाउनेछ । फेरि आमा यहाँ रहँदा के समस्या छ र ? कोठामा पल्टिरहनुहुन्छ । धेरै खान पनि सक्नुहुन्न । राशन (सहुलियत दरमा दिइने खाद्यान्न) कार्डमा उहाँको नाम पनि राखिदिउँला । बाँकी रहने राशन ब्ल्याकमा बाहिर बेचौंला ! ठिक छ ?

‘वृद्धाले छोराले भनेको कुराबाट आफूलाई चाहिने जति कुरा मनमा राखिन् बाँकी अनावश्यक बिझाउने कुरा मकैको थोतो सम्झेर पन्छाइन् । अनि श्रीमती बशेसरनाथले लामो समयपछि पतिलाई ‘बुद्धिमान’को पदवीले विभुषित गरिन् ।’

‘भाइबहिनीहरुले थाहा पाए– आमा बिरामी हुनुहुन्छ र सराय रोहिल्लामा नै हुनुहुन्छ । त्यसैले अर्को आइतबार बिहान नास्ता खाने बेलासम्म– ठूलो छोराको परिवार अनि दिउँसो खाना खाने बेलासम्म माहिलो छोरा स–परिवार सराय रोहिल्ला आइपुगे । आमाको शारीरिक संस्करण कति संक्षिप्त भइसकेको थियो– यस विषयमा चिन्तित भएर चर्चा गर्न थाले । केटाकेटीहरुका लागि हजुरआमा अनौठो ‘वस्तु’ थियो– उनीहरु वृद्धालाई ठाउँ–ठाउँमा छोएर हेर्न थाले कि उनी कहाँ–कहाँबाट बोल्छिन् । हापुडबाट बहिनी पनि एक साँझ पतिदेवको साथमा रित्तो हात आइपुगी र दुई दिनपछि झोला भरि लिएर गई ।’

विक्रमादित्य थाकेको थियो । उसले काँध बदल्यो, बेतालले कथा जारी राख्यो, ‘दिनदिनै आमाको शरीर गल्दै गयो । हुँदा–हुँदा आमैको दिसापिसाब पनि ओछ्यानमा हुन थाल्यो । त्यसपछि भने श्रीमती बशेसरनाथको हालत बिग्रन थाल्यो । परिवार नियोजनको सौजन्यले गर्दा बच्चाको गुहूमुत धुने कामबाट मुक्ति पाइएको थियो तर अब बूढीले फेरि त्यो बिर्सनै लागेको दास्तान (घटना) ताजा बनाइदिएकी थिइन् । केही दिन त बूढीको दवा दारु (ओखतीमूलो) (दारु÷रक्सी भने बशेशरनाथले पिउने गथ्र्यो) भयो । तर केही समयपछि नै श्री तथा श्रीमती बशेसरनाथलाई यो महान ज्ञान प्राप्त भयो कि ओखतिमूलो भइराखे बूढी कहिलेसम्म बाँच्ने हुन्, टुङ्गो छैन । (लामो समय बाँचे पनि समस्या) त्यसैले औषधि पानी बन्द गरियो । बरु मनोकामनाहरु शुरु भए– बूढीबाट चाँडै छुटकारा पाइयोस् । तर यमराज उनलाई लिन आइरहेको थिएन । श्रीमती बशेसरनाथ हरेक बिहान नयाँ आशाका साथ उठ्थिन् तर वृद्धालाई परेली झिम्काउँदै गरेको देखेपछि साह्रै निरास हुन्थिन् । वृद्धाले खाना कम खान्थिन् तर खाएपछि बनाउने काम बढी गर्थिन् । घरमा भएका पुराना जति सबै लुगाफाटा वृद्धाले उत्पादन गरेको माललाई ठेगान लगाउनमा सकिएका थिए । श्रीमती बशेसरनाथले थुप्रै मनोकामना गरिन्, भाकल भाकिन्, उपाय रचिन्, व्रत पनि राखिन् तर हरेक उपाय बेकाम भयो ।

हार मानेर अन्तमा श्रीमतीजीले एकजना ज्योतिषीलाई बोलाइन् र उसलाई वृद्धाबाट मुक्ति कहिले पाइएला भनी सोधिन् । ज्योतिष अविवाहित थियो । उसले वृद्धालाई यसो हेरविचार गरेर भन्यो, ‘चिन्ता नगर्नुहोस्, आमालाई चाँडै सन्चो लाग्नेछ ।’

‘त्यहीं साँझ श्रीमान् बशेसरनाथलाई शाही हुकुम भयो कि आज रातिसम्म बूढीलाई जेठाजुको घरमा पु¥याइनुपर्छ । र त्यही रात बूढीको सरुवा मोरीगेटमा ठूलो छोराको घरमा भयो ।

‘त्यसको दुई दिनपछि मात्र बशेसरनाथलाई आमाको मृत्यु भएको सूचना प्राप्त भयो । पूरा परिवार मोरीगेटमा जम्मा भयो । बाहुन बोलाइयो, हवन गराइयो, विमान (शवयात्रामा प्रयोग गरिने रथ) बनाइयो । जसलाई तिनै भाइहरुले मिलेर सजाए । त्यसमा फलहरु झुण्ड्याइए । बेलुन सजाइए । राम्रो कपडाको कात्रो ओढाइयो । बूढीको लागि कपडा, जुत्ता, बाकस, भाँडा (जो कि उनलाई जिउँदो छँदा कहिलै प्राप्त हुन सकेनन्) आदिको व्यवस्था गरियो । उपस्थित भएकाहरुमध्ये बृद्धबृद्धाहरुको माग र केटाकेटीहरुको मागलाई प्राथमिकता दिइयो । ब्याण्ड बाजाको व्यवस्था गरियो र शव यात्रा साह्रै धुमधामका साथ निगम–बोध घाटतिर लाग्यो । घण्टी बजाइयो, गुलाल अबिर उडाइयो, तामाका पैसा (टिला छर्नु) छरियो । शव यात्राको अगाडि–अगाडि जल छर्कदै, मुण्डन गरेका, खाली खुट्टा, सेतो धोती मात्र लगाएका जेठाजु (जेठो छोरा) शोकविह्वल भएर रुँदै जाँदै थिए । सम्सान घाटमा जब वृद्धालाई अग्नि दिनका लागि दागबत्ती हातमा लिएर चितामा लिनेबित्तिकै जेठानी (जेठी बुहारी) बेहोस भएर भुइँमा पछारिइन् । श्रीमान् तथा श्रीमती बशेसरनाथ भने पहिलादेखि नै आँसुले नुहाइरहेका थिए र जेठाजु पनि पहिलादेखि रुँदै थिए ।’

केही समय मौन भएर बेतालले मुख खोल्यो, ‘ल त विक्रमादित्य, यो किस्सा यही सकिएको सम्झ । अब योसँग सम्बन्धित मेरा केही प्रश्नहरुको उत्तर देऊ । तिमीले जानेर पनि उत्तर दिएनौ भने तिम्रो टाउको टुक्रा–टुक्रा पर्नेछ । प्रश्न यो छ– श्रीमती तथा श्रीमान् बशेसरनाथले वृद्धाको मृत्युको कामना गरेकै थिए भने उनीहरु किन रोइरहेका थिए ? जेठाजु किन त्यसरी विह्वल भएर रोइरहेका थिए र जेठानी किन त्यसरी बेहोस भइ भुइँमा पछारिइन् ?’

विक्रमादित्यले टाउको कन्यायो अनि भन्यो, ‘जेठानी बेहोस भएर भुइँमा पछारिनुको कारण उनलाई खर्चको अनुमान थिएन । बूढी मरेपछि यत्ति धेरै पैसा खर्च होला भन्ने अनुमानसमेत नभएकी जेठानीले जब शवयात्रा भरी खर्च भएको पैसाको हिसाब लगाइन्, उनको होस ठेगानमा रहेन र बेहोस भई भुइँमा पछारिइन् । श्रीमती तथा श्रीमान् बशेसरनाथ रुनुको कारण– केही दिन थप आमालाई आफ्नो घरमा राखेको भए जुन यश आमाको काजक्रिया गरेकोमा जेठो छोरालाई प्राप्त भइरहेको थियो त्यो यश उनलाई मिल्ने थियो तर आफ्नै मति बिग्रेको कारणले प्राप्त भएन भन्ने सोचले रोइरहेका थिए । र, जेठाजु रुनुको कारण चाहिं कपाल थियो । कपाल पाल्ने र फेशन मन पराउने भए पनि आमाको मृत्युमा कपाल काट्नु परेकोमा उनी दुःखी भएर रोएका हुन् ।’

विक्रमादित्यको मौन भंग भएपछि बेताल फेरि उही रुखमा गएर उल्टो झुण्डियो ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #16 on: March 19, 2018, 06:50:27 AM »
सरको घडी

- दिनमान गुर्मछान

बिहानै मोबाइलमा आएको मेसेजले अक्क न बक्क बनायो। घनश्याम सर बित्नुभएछ!

मैले तुरुन्त वीरेलाई फोन गरेर सोधें, “साँच्चै हो?”

“घनश्याम सर रहनुभएन…”, उसले रुन्चे आवाजमा भन्यो। पक्का भएको खबरले मनलाई उद्वेलित बनायो। आँखा रसाए।

स्कूलमा राष्ट्रिय गानको बेला म कहिल्यै पुगिनँ। जहिल्यै कक्षा शुरू हुनेबेला पुग्थें। पहिलो कक्षा घनश्याम सरको थियो।

“मे आइ कम इन् सर?”

उनी पहिले आफ्नो नाडीको घडी हेर्थे। ठूलो चश्मा आँखामा हुन्थ्यो। अनि झ्न् ठूला आँखा पार्दै भन्थे, “आज पनि ढिला आइस्।”

भित्र पस्न इशारा गर्दै फेरि भन्थे, “भोलिदेखि चाँडै आएस्!”

खासमा घनश्याम सर स्कूलका सबभन्दा राम्रो पढाउने र कडा शिक्षकमा गनिन्थे। उनी विद्यार्थीले धेरै मिहिनेत गर्नुपर्छ भन्थे। उनले परीक्षामा कहिल्यै, कसैलाई बढी नम्बर दिएनन्। उनको विषयमा कोही फेल पनि हुन्नथे।

घनश्याम सरको कक्षा कोही अब्सेन्ट पनि हुँदैनथे। उनको पढाउने तरीका नै बेग्लै हुन्थ्यो, सुनेपछि पुग्ने। पढाएको पाठको गृहकार्य दिइहाल्थे। त्यति गरेपछि दिमागमा पाठको छाप नै बस्थ्यो।

म सधैं प्रार्थना सकिएपछि हतार–हतार स्कूल पुग्थें।

एकदिन घनश्याम सर अलि कड्किए, “तँ सधैं किन ढिला हुन्छस् हँ? भोलिदेखि चाहिं यसरी हुँदैन है!”

तर, भोलिपल्ट म झ्न् ढिला पुगें। सरले मलाई पहिलो घण्टीभरि कुखुरा बनाए।
दिउँसो चौरमा बोलाएर घनश्याम सरले भने, “पढाइमा राम्रै छस्, किन सधैं ढिला आउँछस्? के समस्या छ?”

यति सोधेर मलाई हेर्न थाले। मैले घोसेमुन्टो लगाएँ।

“सर, बिहान चाँडो उठ्न सक्तिनँ।”

“भोलिदेखि बिहान मेरो घर आउने।”

आदेश दिएर उनी अफिसतिर लागे।

बूढाले किन बोलाको होला? कसरी जाने? किन जाने? कसरी छिटो उठ्ने?

भोलिपल्ट बिहान उठ्नासाथ घनश्याम सरको घरतिर दौडिएँ। म पुग्दा आठ बजिरहेको थियो। सर कतै निस्किसकेछन्। म त्यसै फर्किएँ।

“तँ बिहान किन मेरो घर नआ’को?” स्कूलमा सरले सोधे।

“म ग’को थिएँ सर।”

“कुन बेला पुगिस्?”

“आठ बजेको थियो होला सर।”

“त्यतिबेला आएर हुन्छ? भोलि चाँडै आएस्। अनि पढ्नु पर्‍यो।” बस्न इशारा गर्दै उनले भने।

त्यसपछिका दिनहरूमा पनि मलाई उठ्न ढिलै हुन्थ्यो। म पुग्दा सर हिंडिसकेका हुन्थे।

“ओइ, तँलाई था छ? घनश्याम सरको त अर्को पनि स्वास्नी छ रे!” वीरेले एकदिन खासखुस गर्‍यो।

यति असल मान्छेले कसरी दुइटी स्वास्नी राख्ला र! शुरूमा मलाई त्यस्तै लाग्यो। त्यै पनि सोधें, “तँलाई कसले भन्यो?”

“घरमा बाले आमासँग भनेको मैले सुनेको।”

“त्यैट्!”

त्यसपछिका दिनमा पनि मेरो बिहान उठ्ने समयमा सुधार आएन। म पुग्दा सर घरबाट बाहिरिसकेका हुन्थे। फेरि एकदिन झ्पार्दै भने, “तेरो पढाइ ठीक छ। बिहान चाँडो उठेर मकहाँ आएस्। आठ बजे होइन, ६ बजे नै।”

घनश्याम सरले नाडीमा चम्किरहेको घडी हेर्दै फेरि भने, “कुरा बुझिस् हैन?” मैले टाउको हल्लाएँ। त्यसपछि म कसरी बिहान चाँडै उठ्ने भन्ने ध्याउन्नमा लागें। उपाय सुझयो घडीकै। बालाई घडी किनिमागें।

“केलाई चाहियो घडी? मैले उठा’को बेला उठे भइहाल्यो नि!”, बाले उल्टै झ्पारे।

भोलिपल्ट पनि ढिलै भयो। सरको घर गइनँ। घरमै पढ्न थालें।

त्यसदिन सर स्कूलमा आएनन्। वीरेले उही खासखुस् गर्‍यो, “बुझिस्, घनश्याम सर अब केही दिन आउनुहुन्न।”

अर्को दिन बाले शहरबाट घडी किनेर ल्याइदिनुभो, झ्ण्डै–झ्ण्डै घनश्याम सरको जस्तै। म दंग परें। बाले मलाई माया गर्नुहुँदोरहेछ भन्ने लाग्यो। सोचें, अब म घनश्याम सरजस्तै बन्छु। त्यो साँझ् नयाँ घडी हेर्दै र सुम्सुम्याउँदैमा बित्यो। राति बिउँझेर पनि घडी हेरें, २:३० बजेको थियो। भोलिपल्ट झ्न् ढिला उठें।

स्कूलमा पहिलो घन्टीभर सबैले मेरो घडी सुम्सुम्याउन भ्याए। म त्यति मक्ख कहिल्यै भएको थिइनँ।

भोलिपल्ट म बिहान सातबजे घनश्याम सरको घर पुगें, तर बूढा फर्केका रहेनछन्।

त्यसको दुई हप्तापछि सर स्कूल आए, तर पुरै बदलिएर। सर कक्षामा रिसाउन छाडे। मलाई पनि पहिला जस्तो वास्ता गर्न छाडे। हामी सबै अचम्म मानिरहेका थियौं।

अचानक गाउँमा हल्ला फैलियो– घनश्याम सरको अर्की स्वास्नी र एक छोरा घरमा आएका छन् रे!

त्यसदिन वीरेले मलाई यसरी हेर्‍यो, मानौं उसले बाजी मारेको छ। यो खबरले मलाई निराश बनायो। वीरेले मलाई घरीघरी गिज्याएझ्ैं हेरिरहेजस्तो लाग्थ्यो।
त्यसदिन म स्कूलबाट चाँडै घर फर्कें।

घनश्याम सरले शुरूका आठ वर्ष दुर्गममा पढाएका रहेछन्। कट्टर बाहुन परिवारका उनले उतै क्षेत्रीकी छोरी बिहे पनि गरेका रहेछन्। दुर्वासा स्वभावका बाबुलाई भन्न सकेका रहेनछन्। यता बाबुले बिहे गराइदिनु अघि उनी बेलाबेला पहाड गइराख्थे।

म बिहान सबेरै उठ्न थालेको थिएँ। यो परिवर्तन देखेर बा–आमा खुशी थिए। यति हुँदाहुँदै पनि म सरको घर जान सकिनँ। एक दिन सरले कक्षामा सोधे, “तँ अचेल चाँडै आउन थालिस् नि?”

“अचेल बिहान चाँडै उठ्छु सर।”

“राम्रोसँग पढेस्”, सर मुस्कुराए। म मक्ख परें।

मैले राम्रो अंक ल्याएर एसएलसी पास गरें। नतिजा आएको दिन गाउँभरि खुशीको लहर छाएको थियो। हाम्रो स्कूलबाट एसएलसी दिने सबै पास भएका थिए। सबभन्दा बढी नम्बर घनश्याम सरको विषयमै आएको थियो।

सरले मलाई धाप मार्दै भने, “तँ मेरो राम्रो विद्यार्थी होस्, साइन्स पढ्।” म साइन्स पढ्न शहर जाने भएँ, तर कहाँ, कसरी भन्ने अन्योल थियो। मेरो अन्योल फुकाउँदै सरले भने, “आइतबार म शहर जाँदैछु। सँगै हिंड्, साइन्स कलेज देखाइदिन्छु। भर्नाको कुरा पनि बुझिदिउँला।”

म घनश्याम सरसँग शहर जाने भएँ। आइतबार बिहानै उठेर नुहाएर खाजा खाएँ अनि बाआमाको हातको टीका लगाएर हिजै तयार पारेको झोला बोकेर घरबाट निस्किएँ।

ठीक आठ बजे घनश्याम सरले भनेको दोबाटोमा पुगेर उभिएँ। तर, सर आएनन्। बूढा आज ढिला भएछन् भन्ने लाग्यो, कुर्न थालें। तर, बीस मिनेट कुर्दा पनि सर आएनन्।

त्यहीबेला ज्यान हल्लाउँदै वीरे टुप्लुकियो।

“कसलाई कुरेको?”

“घनश्याम सरलाई।”

“सर त अघि नै गैसक्नुभो त।” धत्तेरीका! सरले दिएको समयमा म आज पनि ढिला भएछु। आफैंलाई गाली गर्दै लुरुलुरु बाटो लागें।

समय बित्दै गयो। मैले पढाइ सकेर शहरमै जागिर शुरू गरें। यसबीचमा घनश्याम सरलाई सम्झे पनि कहिल्यै भेट भएन। आज बिहानै आएको मेसेजले मलाई एकै पटक कृतघ्नता र अपराधबोध गरायो।

बाइकमा सधैंभन्दा एक घन्टा चाँडो तीन घण्टामा गाउँ पुगें। बाटोभरि घनश्याम सम्झिरहें। उनले मलाई सधैं उत्प्रेरित गरे, कुखुरा बनाए, बिहान ढिला उठ्ने बानीमा सुधार गरे।

बाइक घरमा छाडेर अलिकति उकालो सरको घरतिर लाग्दा बाटोमा वीरे भेटियो। ऊ सरकैबाट फर्किंदै थियो।

“ए, आइस्?”

“अँ।”

आज ऊ पहिलेभन्दा फरक थियो। मसँगै फेरि उकालो लाग्यो। सरको पार्थिव शरीरलाई घाट लैजाने तयारी हुँदै रहेछ।

त्यो आइतबार सँगै शहर जाने भनेको सरलाई मैले बल्ल आज भेटें। पहिला घरमा कहिल्यै भेट्न नसकेको सरलाई आज आँगनमा भेटें। सर सौम्य, शान्त, सन्तुष्ट पल्टिएका थिए। आँखा रसाए।

कात्रोमा बेर्दा घनश्याम सरका पुराना वस्त्रहरू निकालियो। घडी पनि निकालियो।
त्यही घडी, जसलाई हेरेर घनश्याम सरले मलाई कुखुरा बनाए, त्यो आइतबार छोडेर हिंडे। सरको घडी पन्ध्र मिनेट छिटो थियो।

(स्रोत : हिमाल खबर पत्रिका ८-२१ असोज २०७४)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #17 on: March 21, 2018, 09:25:25 PM »
सम्बन्ध विच्छेद

   –शसाङ लामा

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । तिनको हात समात्दै मैले भने ‘के म तिमीसित एउटा कुरा गर्नु छु ?’  तिनी बसिन् र चुपचाप खान थालिन् । मैले तिनको आँखामा उदासीपन महसुस गरेँ । अचानक मेरो वाक्य बन्द भयो । तर, जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो, म तिनीसँग सम्बन्ध बिच्छेद गर्न खोज्दै थिएँ । मैले आफ्नो कुरा संयमका साथ  राखेँ र मेरो कुराबाट तिनी अलि कति पनि विचलित भइनन् बरु नम्र भएर सोधी : किन ? मैले तिनको प्रश्नलाई टार्न खोजेँ । तिनी रिसाइन्  र चपस्टिकले मलाई हान्दै ‘नामर्द’ भन्दै चिच्याइन् । त्यस रात हामी दुवैबीच कुराकानी भएन, तिनी रुइरहेकी थिइन् । हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखा प¥यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो । तर मसँग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन । ‘जेन’ भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ । तिनीप्रति दया जागेर आयो ।
भारी मन अनि अपराध बोधका साथ मैले एउटा सम्बन्ध बिच्छेदको सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०५ शेयरमा तिनलाई हकदार बनाएँ । तिनले त्यो सम्झौता पत्रमा एक नजर दिइन् र च्यातच्युत पारिन् । १०÷१० वर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो । यस घरमा आएर तिनको आफ्नो समय, सीप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ । तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख हुन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थें । अन्ततः मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् । साँच्चै भन्नु हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो । अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो ।
अर्को दिन जब म राति अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन । मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसँग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधैं ओछ्यानमा गएर पल्टेँ । जब म बिउँझे, तिनी अझै लेख्दै थिइन । मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरि सुतेँ । भोलिपल्ट तिनले सम्बन्ध बिच्छेदका सर्तहरु मेरो सामु तेस्र्याइन् । सम्बन्ध बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सूचना दिनुपर्ने बाहेक तिनले मबाट कुनै हकदावी गरिन । त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जाँच थियो र हाम्रो तनावपूर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो । योबाहेक तिनको एउटा अनौठो सर्त थियो : हाम्रो बिहे भएको बेला जसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ, त्यो संस्मरण गर्न भनिएको थियो । अनि त्यो एक महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो । कतै पगली त भइनन् ?  एकछिन त म अकमक परेँ । हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस् भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ । मैले जेनलाई मेरी श्रीमतीको सर्तहरुबारे बताउँदा तिनी जोडले हाँसेर तिरस्कार गर्दै भनेकी थिइनः ‘जस्तोसुकै चलाखी अपनाए पनि त्यसले सम्बन्ध बिच्छेद नगरी सुखै पाउँदिन ।’
हाम्रो सम्बन्ध बिच्छेदको कुरो भएदेखि श्रीमती र मबीच शारिरीक सम्बन्ध भएको थिएन । उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो । ड्याडीले मम्मीलाई बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिट्दै थियो । छोराले त्यसोभन्दा मैले नजानिन्दो पीडा महसुस गरेँ । श्रीमतीलाई बोकेर शयन कक्षदेखि बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला । मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन्  ‘हाम्रो सम्बन्ध बिच्छेदबारे छोरालाई नभन है ।’ मैले दुखी भएर स्वीकृति सूचक टाउको हल्लाएँ । तिनी काममा जान बस बिसौनितिर लागिन भने, म एक्लै गाडी हाँकेर अफिस गएँ । दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो । तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ, तिनी अब पहिले जस्तो जवान थिइनन्, निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहिँ कहिँँ फुलेको थियो । वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो । म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ ।
चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ । यिनी तिनै महिला थिइन्, जसले बिगत १० वर्षदेखि मलाई साथ दिँदै आएकी थिइन् । पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन् झन् प्रगाढ हुँदै गएको मैले पाएँ । जति जति समय बित्दै गयो, तिनलाई बोक्न झन् झन् सजिलो हुँदै गयो । शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा छान्दै थिइन, चार पाँच चोटी लुगा फेरिसकेपछि लामो सुस्केरा हालेर भनिन् मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन । मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो । एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ । त्यति नै बेला छोरो करायो ‘मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र ?’  उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले । मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन् र बेस्कन अंगालो हालिन् । आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ । शयन कक्ष, बैठक कोठा, हलहुँदैै म श्रीमतीलाई बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटीमा आरामसँग बेरिएका थिए, हाम्रो विवाह अवसरमा झैं मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ ।
तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ । अन्तिम दिन जब मैले तिनलाई बोकेँ, किन किन मैले पाइला चाल्न सकिरहेको थिइन । छोरो स्कूल गैसकेको थियो । मैले तिनलाई बेस्मारी च्यापेर भनेँ– ‘हामी दुईबीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन ।’ म काममा हिँडे, अफिस पुगेपछि गाडीमा चाबी नै नलगाई सरासर उक्लेँ । केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो । माथिल्लो  तल्लामा उक्लेपछि जेनले ढोका खोली दिइन् आफू सम्बन्ध बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ । जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन । ‘तिमीलाई जरो आएको छ ?’ तिनले सोधिन् । निधारबाट तिनको हात हटाउँदै मैले फेरि दोहो¥याएँ– ‘म सम्बन्ध बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ, जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ ।’ बिहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झंै जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु । ‘जेन जुरुक्क उठिन्, बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन् । म गाडी चढेर घरतर्फ लागेँ । बाटोमा फूल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फूल पसल्नीले सोधी – ‘कार्डमा के लेखिदिउँ ?’ कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ – ‘जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु !’
हातमा फूल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ । दगुर्दै भ¥याङ् उक्लेँ । यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ । म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँदेखि क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकेको रहेनछु । आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ । हाम्रो सम्बन्ध बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस् र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन् । फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ । जीवनका झिना मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा जमीन र पैसा यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन् ! तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसँग आत्मीयता गाँसौ र जीन्दगीका झिना मसिना ठानिएका कुराहरुलाई अँगालेर त हेरौँ ! यिनै महत्वहीन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ्र सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता व्यहोर्छ ।

***
घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगमन  गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु । यो मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो, फिक्सन पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ, जे भएपनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ । मौलिक लेख अंग्रेजीमा थियो र मैले नेपालीमा अनुवाद गरेको छु । कतिपय हरफहरुमा शब्दानुवाद् नगरी भावानुवाद् गरिएको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15763
Re: नेपाली कथा (1 story Every Day) Tundikhel collection
« Reply #18 on: April 04, 2018, 07:03:38 AM »
उपेन्द्र सुब्बाको कथा : ससुराली

चुङ्चिवा खोला तरेर आधा घण्टा उकालो हिँडेपछि खोक्सुङले चौतारीमा आफ्नो झोला बिसायो र पारि आफ्नो गाउँ हेर्‍यो । उसले टार खेतमाथिको आफ्नो घर ठम्यायो ।

चुन र टिनले टल्केको तीनधुरे घर, क्याप्टेन हर्केजङले अट्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’ । गाउँमा इन्डियन, मलाया, हङकङका अरु पनि क्याप्टेन ल्याप्टेनहरु थिए तर सबैको भन्दा ठूलो घर यही थियो ।


खोक्सुङले झोलाबाट चौंठो निकाल्यो । छेउमै भएको भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि रक्सी सारेर स्वाट्टै पार्‍यो ।

दौराको फेरोले मुख पुछेर एक पटक सुसेली हाल्यो । मन्द बतास पनि त्यहीबेला चल्यो, निधारको पसिना थोरै सुक्यो । खोक्सुङ झोला टिपेर लाग्यो उकालो ।

खोक्सुङ आज जोडतोडले हिँडेर रात-साँझ ससुराली पुग्नेछ…

दश वर्षअघि बिहे हुँदा खोक्सुङ मात्र चौध वर्षको थियो । ‘बिहे गर्दिनँ’ भन्दै खोक्सुङ सात दिन सात रात रोएको थियो तर क्याप्टेनको अघि उसको केही सीप चलेन । उमेरले आफूभन्दा चार वर्ष जेठी बाउकै नम्बरीकी छोरीसँग धुमधामले बिहे भयो उसको । यो अवधिमा थुप्रै घटनाहरु भयो । सबभन्दा ठूलो घटना त ठूलाघरे क्याप्टेन जै बिते । खोक्सुङका दुई दिदीहरुले सुखले कुटुम्बरघर गरिखाएका छन् तर उसकीले भने के खोजेकी हो कुन्नि ? फकाईफुल्याई गरिल्यायो, भागेर माइत पुगिजान्छे ।

गरेर खानलाई क्याप्टेनले प्रशस्तै खेतबारी जोडिएदिएका छन् । क्याप्टेन्नीले पनि बुहारीलाई नराम्रो गरेको होइन । बुहारीलाई पल्टनबाट ल्याएको स्लिकको साडी, टाटनको बर्को दिएकै हुन्, नौगेडी-शिरफूल, गहनापात शिर्जन्तै दिएकै हुन् तर बुहारी भने हप्ता दिनभन्दा बढी घर अडिन्न । भन्नेहरुले के के थोकसम्म भने खोक्सुङलाई !कति साथीभाइले त कसरी सुरु गर्ने ? लक कसरी लगाउने ? भन्नेसम्मका आइडिया दिन पनि भ्याइसकेका थिए ।

खोक्सुङ आज स्वास्नी लिन सातौं पटक ससुरात जाँदै छ । उसले सोचेको छ- यो अन्तिम हो, उप्रान्त जाने छैन…

बल्ल उकालो सकियो । खोक्सुङले अनुहारको पसिना पुछ्दै लामो श्वास फेर्‍यो र आफू आएको बाटोतिर हेर्‍यो ।तलको खोला धर्सो जस्तो मात्र देख्यो । अलिक मास्तिर फच्याकफुचुक परेका घरहरु । अबको बाटो तेर्सैतेर्सो मात्र भन्ने सोच्दा खोक्सुङको मन फुरुङ्ग भयो । बाटोछेउ चौरमा झोला बिसाएर उत्तानो पल्ट्यो ।

उज्यालोमै ससुराल पुग्न खोक्सुङलाई मन पर्दैन । बाटोमा अनेक मान्छे भेटिन्छन् । कति ढोग्नुपर्ने भेटिन्छन्, कति साली-भदैनीहरु भेटिन्छन् । साली-भदैनीहरु इत्रिएर लाजै पार्छन् । खोक्सुङले झोलाबाट चौंठो निकाल्यो र ठाडो घाँटी लगायो । तीन घुड्को लगाएपछि ‘आ…’ गर्दै मुख मिठ्यायो । झोला बोकेर ससुरालको बाटो हेर्‍यो- तेर्सैतेर्सो, डाँडैडाँडा, लेकैलेक । त्यहीँबाट अलिकति ओरालो झरेपछि पुगिन्छ ससुराली ।

खोक्सुङ बाटो लाग्यो । एक्लै बाटोमा हिँड्दा स्वास्नीसँग बिताएका केही अविष्मरणीय क्षणहरुको सम्झना आउन थाल्यो…

तेस्रो दशैंको रित बुझाएर खोक्सुङले स्वास्नी घर ल्याएको थियो । बोलचाल थिएन । आफ्नो मजेत्रो मात्र ओढेर स्वास्नी गुन्द्री ओछ्याएर भुइँमा सुत्थी । एक रात जाडोले निदाउनै नसकेपछि खोक्सुङकी स्वास्नीले आधा रातमै उठेर आँगनमा खरेटो लगाई, घरका भाँडाकुँडा धोई । तै पनि उज्यालो भएन । कोठामा आई । जाडोले लगलग काम्दै बसी । विरहमा पालम गाई । के सुरमा हो बोलिपठाई- ‘ए…, म दुःखियाको सुर्ती पनि सकिएछ … ।’

खोक्सुङ निदाएको थिएन । सिरानीमा राखेको सुर्तीको पोका स्वास्नीतिर फालिदियो । स्वास्नीले भनी, ‘ए…, धर्मै भयो ।’

स्वास्नीले सुर्ती बेरेर खाइसकी । अहँ, अझै उज्यालो भएन । बिहान झन् झन् चिसो बढ्दै गएपछि बिस्तारै आएर खोक्सुङ सुतेको खाटमा बसी । एकछिनपछि त्यही छेउमा ढल्किई । खोक्सुङको उसै घाँटी सुकेर आयो । आँट कसेर ओढेको सिरक स्वास्नीतिर फालिदियो । स्वास्नीले थोरै सिरक तानेर खुट्टासम्म छोपी ।

खोक्सुङको सास बढेर आयो, त्यस्तो जाडोमा पनि उसको निधारभरि चिटचिट पसिना आयो । सुकेको घाँटी थुकले भिजाउन खोज्यो, थुक निल्न सकेन । बल गरेर थोरै स्वास्नीतिर सर्‍यो । उसलाई स्वास्नीको जीउबाट तातो राप आइरहेको जस्तो लाग्यो । उसले आँट गरेर स्वास्नीतिर हात बढाउन मात्र के खोजेको थियो, स्वास्नीले कोखामै एक घुस्सी मारी । खोक्सुङ हल न चल भयो ।

स्वास्नी खाटबाट उठेर हिँडी । बिहान हुनेबेला खोक्सुङ भुसुक्कै निदायो । बिहान उठ्दा स्वास्नी घरमा थिइन । ऊ पहिलो पटक भागेकी स्वास्नी लिन ससुराल गयो । सासू-ससुराले आफ्नो छोरीलाई सम्झाएर, बुझाएर घर फर्काउने भए तर फर्किने दिन स्वास्नी घरमा छैन । खोधिखोजी गर्दा थाहा भयो- स्वास्नी त भागेर मावली पुगिछे । खोक्सुङ एक्लै घर फर्क्यो ।

त्यसपछि-

खोक्सुङक बाबु खस्ता मात्रै स्वास्नी घर आई । कार्जे सकेर कुल-कुटुम्ब सबै गएपछि घरमा आमा, खोक्सुङ र स्वास्नी मात्र रहे । एक रात खोक्सुङले आँट कस्यो- अब साथीभाइले भने जस्तै नगरी भएन । ऊ हिंस्रक आक्रमणमा उत्रियो तर कसोकसो कर नपरिरहेको मौका पारेर स्वास्नीले छातीमा जोर लात हानी । खोक्सुङ उछिट्टिएर कुनामा पछारियो । कुनामा ओथारो बसेको कुखुरा तर्सेर कराउँदै बाहिर निस्क्यो । घरभित्र सुतेकी आमा स्याल आएको भन्ठानेर हातमा अगुल्टो लिएर कराउँदै बाहिर निस्किइन् । त्यही मौकामा स्वास्नीले चम्पट हानिछे ।

खासमा खोक्सुङ आमाको करले मात्र स्वास्नी लिन जाँदै छ । उसलाई यो स्वास्नीले घर गरी खान्छ भन्ने फिटिक्कै विश्वास छैन । पल्टनमै सम्धि बोलेका बाउ पनि अब छैनन् । आमाले ‘बाउको वचन त राख्’ भनेकाले मात्र ऊ अन्तिम पटक ससुराल जाँदै छ ।

०००

खोक्सुङ ससुराल पुग्दा सासूआमा बाहिर सिकुमामै भेटिइन् । ज्वाइँलाई देख्नासाथ घरभित्र मुन्टो घुमाएर कराइन्, ‘कान्छी बाहिर निस्की ।’

खोक्सुङले सासूआमालाई ढोग्यो ।

‘ए, भेना पो !’ कान्छी सालीले सेवारी गरी । हतार-हतार खाटमा राढी ओछ्याउँदै साली हुनाको मजाक थपिहाली, ‘हाओ भेना ! तपाईं त ससुराल आउनै पो छोड्नुभो त ? दिदीले साह्रै पो चित्त दुखाइदियो कि ? दिदीको सट्टा कि मैं पो जाऊँ हाउ ?’

खोक्सुङले शिरदेखि पाइतालासम्म सालीलार्इ एकखेप हेर्‍यो । अस्तिमको फुच्ची केटीमा अचम्मैको आकर्षण देख्यो तर केही नबोली मुस्कुरायो मात्र । पानीको गाग्रो बोकेर आउँदै गरेकी स्वास्नीले पिँढीनेर आइपुग्दा खोक्सुङलाई देखी । बहिनीले दिदीको डोको समाई । गाग्री निकालेर खुट्टा बजार्दै स्वास्नी घरभित्र गएको खोक्सुङले हेरेन । त्यहीबेला सासूआमाले कान्छीलाघ कराइन्, ‘फतरफतर के बोलिबसेको ? भेनालाई भित्र बोला ।’

सालीले ‘लु भेना भित्र जाऊँ’ भनेको खोक्सुङलाई बडो अच्छा लाग्यो । ऊ भित्र के पस्यो, स्वास्नी चाहिँ फुत्तै बाहिर निस्किई । सासूआमाले सम्धिनीको सन्चोबिसन्चो सोध्दै गर्दा आइपुगेका ससुराबाले दैलोमै उभिएर सोधे, ‘को हाओ यो रुखको ठूटा जस्तो ?’

‘बाउ म पो,’ खोक्सुङले ससुराबा उभिएकै ठाउँमा गएर खुट्टामै ढोग्यो ।

‘ए नाक्चीको पोइ पो !’ ससुराबाले कम्मरमा बाँधेको खुकुरी खोलेर मूल खाँबोको काँटीमा झुण्ड्याए । त्यसपछि खाटमा उपरखुट्टी लाउँदै सोधे, ‘अनि किन पो आइस् त ?’

‘हजुरको सम्धिनीले बुहारी लिन पठाएर पो,’खोक्सुङले सानो स्वरमा भन्यो ।

‘तेरो स्वास्नी हो, आफैं फकाएर लैजा,’ ससुराबाले कुरा सके ।

सालीले किनामा भुट्नलाई डढाएको खुर्सानीले खोक्सुङ नराम्ररी सर्कियो । ऊ नाकमुख छोपेर खोक्दै सिकुवामा निस्कियो । खाटमा बसेकी स्वास्नी फुत्त भित्र पसी ।

खाना खाएर खोक्सुङ बाहिर खाटमा बसिरहेको थियो, स्वास्नी र साली जूठा भाँडाकुँडा लिएर निस्किए । खोक्सुङलाई लाग्यो- मौका यही हो स्वास्नीसँग कुरा गर्ने । आजसम्म उसले स्वास्नीसँग दोहोरो बात मारेकै थिएन । छेउमा पुगेर उसले भन्यो, ‘घर गरिखाने हो भने भोलि घर हिँड्, होइन भने…’

खोक्सुङले पूरा कुरा सुन्नै नपाई स्वास्नीले हातको भाँडा पछारी र घरभित्र पसी ।

‘छि: भेना तपाईं त !बूढी फकाउन पनि नजान्ने !’ सालीले खितिति गरेर हाँसिदिई ।

खासमा खोक्सुङले पनि त्यसै भन्न चाहेको चाहिँ थिएन । उसले राम्ररी नै फकाउनु चाहेको थियो तर भन्दा त्यसै भनिपठायो । आफ्नो कुरै नसुनी स्वास्नी फन्केर हिँडेकोमा खोक्सुङको चित्त दुख्यो, रिस पनि उठ्यो ।

सालीले एक्लै धन्दा सकी । स्वास्नी बाहिर निस्किँदा पनि निस्किइन ।

‘भेना !राति डर लाग्छ भने भन्नू है ! म साथ दिन आउँछु ।’

खाटमा ओछ्यान लगाइदिँदै सालीले भनी ।

‘ल ।’

‘नसुती पर्खिनु है त ।’ सालीले आँखा पनि सन्काइदिई ।

खोक्सुङ हेरेकोहेर्‍यै भयो ।

सालीले भित्र पसेर ढोकामा आग्लो लगाएपछि खोक्सुङ सिरक ओढेर ओछ्यानमा ढल्क्यो । जुनेली रात थियो । गाउँका कुकुरहरु भुकेको सुनेर ससुराली घरको कुकुर पनि भुक्न थाल्यो । स्वास्नीको बारे मनमा अनेक कुरा खेलाउँदै, ओल्टोकोल्टो गर्दागर्दै खोक्सुङ आधा रात कट्नै लागेको बेला भित्रबाट ढाका खोलियो । खोक्सुङ तर्सियो तर मस्त निदाए जस्तो नाटक गर्‍यो ।

मनमा झिलिक्क लोभ आयो- ‘साली त होइन ?’ उसले सिरकलाई उचालेर हेर्‍यो । होइन, स्वास्नी चाहिँ रहिछ । ऊ चाल मारेर उठ्यो र बिस्तारै स्वास्नीको पिछा लाग्यो । स्वास्नी सुँगुरको खोर पछाडि पिसाब फेर्न बसी । खोक्सुङ त्यहीँ पुग्यो ।  स्वास्नी तर्सेर उठी ।

खोक्सुङले पाखुरामा च्याप्प समातेर आफूतिर तान्यो । स्वास्नीले फुत्कनका लागि सक्दो बल गरी, खोक्सुङले झनै कसिलो गरी कस्दै ल्यायो । केही छिनपछि स्वास्नीले बल गर्न छोडी । अब खोक्सुङले मनमौजी गर्न थाल्यो । गाउँभरिका कुकुरहरु उसै गरी भुकिरहेका थिए । ससुराली घरको कुकुर भने खोइ किन हो ? चुप थियो ।

बिहान साली आँगनमा खरेटो लाउँदै गर्दा खोक्सुङ ससुरालको नयाँ ओख्ली नियाल्दै थियो ।

‘के पो हेर्नुभो भेना त्यति साह्रो ?’ सालीले सोधी, ‘हाम्रो लेकमा धान कुटी खानु छैन क्यारे । यसो किनामा बनाई खानुलाई बनाको ।’

‘ओए कान्छी, ज्वाइँलाई गोरु फुकाइ दे !तल तोरीबारी जोतोस् ।’ पिँढीमा उभिएका ससुराबाले आदेश दिए ।

‘कान्छी, भेनालाई भित्र ले ! खाजा खाएर जानू !’ घरभित्रबाट सासूआमाले भनिन् ।

खोक्सुङ भित्र पस्दा स्वास्नी जाँड छान्दै थिई । रातिको हर्कत सम्झेर उसलाई लाज र डर दुवै भयो ।

‘उसै त भागिहिँड्ने, अब त झन् के मान्ली र घर जान । गोरु नारिराखेर उतैउतै धाईफाल दिनुपर्ला । भुत्रा गर्नु ससुरालीको काम ?अर्कै केटी ल्याइन्छ । साले झ्याइँ झ्याइँ बिहे गरिन्छ…’ यस्तै के के सोच्दै गर्दा खोक्सुङको अगाडि सालीले जाँड राखिदिई ।

खोक्सुङले शङ्का मान्दै डबमा उठायो । सोच्यो- ‘अमिलो होला पक्कै । यसले मलाई भगाउने जाँड बनाएको हुनुपर्छ ।’

एक सुरुप जाँड तानेपछि खोक्सुङ छक्कै पर्‍यो । उसले आजसम्म ससुराल घरमा यति मीठो जाँड पाएकै थिएन । सासै नफेरी डबका रित्यायो । सालीले तीन खेप थपेपछि बल्ल उठ्यो । खोक्सुङ जाँडले रमरम भएर आँगनमा निस्किँदा स्वास्नीले हल्लुँड जोतारो दिँदै भनी, ‘छिटो गरेर आउनू है ! घर जानु ढिलो हुन्छ ।’

अचम्म !

विश्वास नलागेर खोक्सुङले स्वास्नीलाई पुलुक्क हेर्‍यो । स्वास्नी रातीपिरी भएर लजाउँदै भित्रतिर गई । खोक्सुङले रातिको कुरा सम्झ्यो । फिस्स हाँसेर लाग्यो बारीतिर छिटोछिटो ।

(फिनिक्स बुक्सद्वारा प्रकाशित लाटो पहाड कथासङ्ग्रहबाट साभार गरिएको ।)