Author Topic: Parijat (पारिजात)  (Read 9480 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 479
  • Well... Every dog has his day
    • xnepali.com
Parijat (पारिजात)
« on: August 27, 2009, 12:03:02 AM »
पारिजात

सुप्रसिद्ध साहित्यकार पारिजातको जन्म वि.सं. १९९४ वैशाख महिनामा लिंगिया चिया बगान (दार्जिलिङ) मा भएको थियो । पिताको नाम डा. के. एस. वाइबा र माताको नाम अमृत मोक्तान थियो । उहाँ माता-पिताको तेस्रो सन्तान हुनुहुन्थ्यो । लामाहरूको उहाँको छेकुडोल्मा नाम राखिदिएका थिए । उहाँको अर्को नाम विष्णुकुमारी वाइबा हो । तर साहित्यमा उहाँ पारिजात नामले चिनिनुभयो । सानैमा आमाको माया-ममताबाट बञ्चित पारिजात अध्ययनलाई अगाडि बढाउने उद्देश्यले वि.सं. २०११ सालमा काठमाडौँ आउनुभयो । विद्यालयस्तरको अध्ययन दार्जिलिङमा नै पूरा गर्नुभएकी पारिजातले पद्मकन्या कलेज (तत्कालीन पाटन विश्वविद्यालयअन्तर्गतमा) भर्ना भई मानविकी तथा समाजशास्त्रमा स्नातक गर्नुभयो । २०१६ सालमा स्नातकोत्तर -अंग्रेजी विषमा) गर्न थालेपनि तीन वर्षसम्म शिक्षण पेशामा संलग्न भई मदन मेमोरियल हाइस्कूलमा पढाउनुभयो । स्नातकोत्तर तह पूरा गर्न सक्नु भएन । शरीर कुँजिने रोगका कारण शिक्षण छाडी लेखन र स्वाध्ययन थाल्नुभयो ।पारिजातका प्रकाशित कृतिहरू - आकांक्षा (कविता संग्रह, २०१४), शिरीषको फूल (उपन्यास, २०२२), महत्ताहीन (उपन्यास, २०२५), आदिम देश (कथासंग्रह, २०२५), बैँसको मान्छे (उपन्यास, २०२९), तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२), सडक र प्रतिभा (कथासंग्रह, २०३२), अन्तर्मुखी (उपन्यास, २०३५), उसले रोजेको बाटो (उपन्यास, २०३५-'बेदना' पत्रिकामा प्रकाशित), पर्खालभित्र र पर्खाबाहिर (उपन्यास, २०३२ मा लेखिएको र २०३५ मा प्रकाशित), अनिंदो पहाडसँगै (उपन्यास, २०३९), साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३), धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३), पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित), एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५), परिभाषित आँखाहरू (उपन्यास, २०४६), बोनी (उपन्यास, २०४८), आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८), बधशाला आउँदा जाँदा (कथासंग्रह, २०४९), वैशाख वर्तमान (कविता संग्रह, २०५०- मुत्युपछि प्रकाशित), अध्ययन र संघर्ष (संस्मरण, २०५१-मृत्युपश्चात प्रकाशित) आदि हुन् । २०२२ सालमा उहाँले शिरीषको फुल उपन्यासका लागि मदन पुरस्कार, २०३९ सालमा गंकी-बसुन्धरा पुरस्कार, २०५० सालमा बैंशालु वर्तमान कवितासंग्रहका निम्ति सर्वश्रेष्ठ पाण्डुलिपी पुरस्कार पाउनुभयो । २०४८ सालमा त्रिभुवन विश्वविद्यालय सभा सदस्यमा मनोनित, २०४८ सालमा त्रि.वि. द्वारा, २०४९ सालमा नेपाल तामाङ घेदुङ संघद्वारा, २०४९ मा 'जनमत' साहित्यिक मासिकद्वारा अभिनन्दित हुनुभयो । उहाँको उपन्यास शिरीषको फूलको अंग्रेजी अनुवाद ब्लु मिमोसा अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट छ । पारिजात २०५२ साल वैशाख ५ गते काठमाडौँमा दिवंगत हुनुभयो ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]

NepDude

  • Administrator
  • *******
  • Posts: 479
  • Well... Every dog has his day
    • xnepali.com
Re: Parijat (पारिजात)
« Reply #1 on: September 02, 2009, 11:14:53 AM »
Parijat
  Researched by Mamata Shrestha


 
Parijat was born in 1937 at the hill station of Darjeeling, India, a place known for its tea gardens. Her father Dr. K.S. Lama was a psychologist and her mother Amrita Moktan was his second wife. As her mother died early, Parijat was brought up by her father and grandparents in Darjeeling. Sharing a close relationship with Nepal and at one time, a part of the kingdom, Darjeeling has played an influential role in the development of the country's literature.

Parijat, who was interested early on in Nepalese literature, was to play an important and well-appreciated role in strengthening Nepalese literature. She completed part of her schooling in Darjeeling, she came to the Kathmandu Valley in 1954. She completed school at Padma Kanya School and earned a Bachelor of Arts degree. Suffering early on from physical ailments, at 26 she became paralyzed and was supported for much of her life by her sister.

In 1959, Parijat's poem was first published by Dharti. She published three poetry collections: Akanshya, Parijat Ko Kavita, and Baisalu Bartaman. Her first short story was "Mailey Najanmayeko Choro". She is, however, best known in Nepal as a novelist. Altogether, she wrote ten novels of which Siris ko Ful gained the greatest popularity. In 1965, she was awarded with the Madan Puraskar for the novel. She also received the Sarwashrestha Pandulipi Puraskar, Gandaki Basunahara Puraskar, and Bridabrit.

She was elected a member of the Tribhuwan University and was a part of Ralfa literature movement. She also played an important role in the establishment of Pragati Sil Lekhan Sangh and worked for Akhil Nepal Mahila Manch, Bandi Sahayata Niyog, and Nepal Manav Adhikar Sangathan.

Parijat remained unmarried and continued to suffer physical setbacks. While she was contributing to literature, she also tried to support social causes and initiated attempts like Prisoners' Assistance Mission. She died in 1993 but is a widely popular writer in Nepal.
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]

NepDude

  • Administrator
  • *******
  • Posts: 479
  • Well... Every dog has his day
    • xnepali.com
Re: Parijat (पारिजात)
« Reply #2 on: October 01, 2009, 11:03:03 AM »
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]

hellouncle

  • 10X
  • ***
  • Posts: 25
Re: Parijat (पारिजात)
« Reply #3 on: September 14, 2015, 01:59:39 PM »
साभार
यी तीन सर्जक जसका थिए विचित्रका आनीबानी
कान्तिपुर ओन्लाईन  2015-09-02  रमण घिमिरे

 शिरीषको फूलकी सर्जक पारिजात केही फरक स्वभावकी थिइन्। उनी पनि पारिश्रमिक लिएरै पत्रपत्रिकामा लेख–रचना दिन्थिन् तर दरभाउमा कसाकस गर्दिनथिइन्। उनकी बहिनी सुकन्या वाइवाका अनुसार थोरै तर मीठो खानुपर्ने बानी थियो पारिजातको। उनका लागि तरकारीका चाना पनि एकनासले मिलाएर काटिएको हुनुपथ्र्यो। घडी हेरेर खाना, नास् ता खानुपथ्र्यो। सुकन्या भन्छिन्, “पाहुनाको जति नै भीड लागे पनि आफ्नो खाने समय भएपछि एक्लै ग्वामग्वाम खाइदिनुहुन्थ्यो।” तपाईंलाई यस् तो गर्दा संकोच लाग्दैन भन्यो भने उनी भन्थिन्, ‘मेरो स्वभाव र खाने समयबारे बुझ्नुपर्छ। म बिमारी मान्छे भान्छामा जान सक्तिनँ।’

पारिजातलाई खाना पस्किंदा पनि दाल–तरकारी–भात चिटिक्क सजाएर पस्किंनुपथ्र्यो। ‘मेरो जिब्रो तिमीहरूको जस् तो भरिया स् वादको छैन,’ सुकन्याको कानमा अझै पारिजातका शब्द उफ्रन्छन्, ‘मलाई थोरै तर मीठो र सफा खाना चाहिन्छ।’

पारिजात एउटा बडेमानको झोला बोकेर हिँड्थिन्। त्यसमा चकलेट, सलाई, चुरोट, मैनबत्ती, सानो डायरी, कलम, काइँयो आदि सामग्री हुन्थ्यो। कसैले काइँयो मागेर लग्यो भने तुरुन्तै माग्न पठाइहाल्थिन्। किन यति हतार भनेर सोध्यो भने भन्थिन्, ‘मेरो ढाड चिलाइरहन्छ, कन्याउनु पर्दैन कि क्या हो ?’

त्यसलाई सुकन्याहरूले नाम दिएका थिए, मनचिन्ते झोला। अर्थात् जे चितायो, त्यसबाट निस्किहाल्थ्यो। केटाकेटीलाई चकलेट दिनुपर्‍यो भने त्यही झोलामा हात घुसार्‍यो, निस्किहाल्ने। अचानक लोडसेडिङ भयो भने त्यही झोलामा हात घुसार्‍यो, सलाई कोर्‍यो र मैनबत्ती सल्कायो उज्यालो भइहाल्ने।

पारिजात पाककलाकी पनि सोखिन थिइन्। शारीरिक अवस्थाका कारण आफैँ पकाउन नसके पनि बहिनीहरूलाई स्टोभ र सारा सामग्री तयार गरेर आफ्नो अगाडि राख्न लगाउँथिन् र नुन, तेल, मसला यतियति हाल, यसरी चलाऊ भनेर निर्देशन दिँदै जान्थिन्। पकौडा र म:म उनलाई सबैभन्दा मन पर्ने खाजा थिए। विशेषत: आफ्नी कान्छी बहिनी चूडामणि लामाले बनाएको म:म खुब स्वाद मानीमानी खान्थिन्। सुकन्या भन्छिन्, “उहाँको जिब्रो यति अभ्यस्त थियो कि कुनै खानेकुरा चाख्नासाथ यसमा कुनकुन मरमसला हालेको छ, फटाफट भनिदिनुहुन्थ्यो।”

पक्षाघातले पीडित पारिजातको स्मृतिशक्ति अत्यन्त प्रबल थियो। उनलाई दुई सयजति टेलिफोन नम्बर कण्ठ थिए। फुर्सदमा उनी अरू नम्बर कण्ठ पारिरहन्थिन्। कुनै समयमा पारिजात र सुकन्याको एक जोर मात्र जुत्ता थियो। त्यसैले उनीहरू एकैपटक बाहिर निस्कि सक्तैनथे। आफ्नो खास नाम विष्णुकुमारीबाट पारिजातमा रूपान्तरित हुँदा उनले त्यो नामको फूल देखेकै थिइनन्। पछि काठमाडौँ आएपछि बल्ल फूल र उनको नाम एकाकार भयो।

पारिजात मन्नाडेले गाएको हरिवंश राय वच्चनको ‘मधुशाला...’ भनेपछि हुरुक्कै हुन्थिन्। यसैको क्यासेट बजाउँदै मदिराको चुस्की लिँदा आनन्दको अनभूति गर्थिन्। त्यसपछि तलत मेहमुदका गजल उनका प्रिय सांगीतिक सामग्री थिए। उनी आफन्तलाई बोलाएर गीत गाउन लगाउने र चुरोट र मदिराको चुस् की लिँदै मनोरञ्जन लिन्थिन्। तर, आफूले भनेजस् तो भएन भने भित्तातिर मुन्टो फर्काएर घन्टौँ बसिरहन्थिन्। “दिदी सारै जिद्दी स् वभावकी हुनुहुन्थ्यो,” बहिनी सुकन्या भन्छिन्, “एक साँझ आफन्तको जमघटमा दिदीले एउटा गीतको फर्माइस गर्नुभयो तर ती भाइबहिनीहरूले त्यतातिर त्यति ध्यान दिएनन्। अनि, उहाँ अर्कोतिर टाउको फर्काएर एक शब्द बोल्नुभएन।”

आफ्नो अपांगतामाथि कसैले ‘विचरी’ या ‘कठै बरा !’ भन्ने शब्द प्रयोग गर्‍यो भने पारिजात रिसले आगो हुन्थिन्। शारीरिक रूपले अपांग भए पनि उनको मनोबल उच्च थियो। उनी निडर र साहसी थिइन्। परिआयो भने जस् तोसुकै जोखिम मोल्न पनि तयार। “उहाँको भिडिहाल्ने स् वभावले कतिपटक त हामीले अप्ठ्यारो स्थितिको सामना पनि गर्नुपरेको छ,” सुकन्या भन्छिन्, “उहाँ कोहीसँग पटक्कै डराउनु हुन्न थियो।”

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Parijat (पारिजात)
« Reply #4 on: February 17, 2017, 11:21:42 PM »
खोजखाज : प्रेम, यौन र विवाहबारे पारिजात

जेठ २८

साहित्यमा वैंशालु प्रेमको स्थान कस्तो हुन्छ भन्नु हुन्छ ?

प्रेम जस्तो सार्वभौम कुरा, मान्छेको जीवनमा एउटा खास उमेरमा जरूर हुन्छ । प्रकृतिमा वैंशालु प्रेम हुन्छ भने साहित्यमा यसलाई नकार्न कसरी मिल्छ ? प्रगतिवादी साहित्यमा प्रेमलाई ठाडो र उत्ताउलो किसिमले चाहिँ राख्न मिल्दैन । प्रेमबिनाको जीवन देखाउने कुरा पनि हुँदैन । तर अधिकांश हिन्दी र नेपाली चलचित्रको जस्तो प्रेमलाई नै सबैथोकको केन्द्र बनाएर प्रस्तुत गर्नु उपयुक्त हुँदैन । प्रेम वियोग र त्यसबाट आइपर्ने दुःख मात्र मानिसको जीवनमा आइपर्ने दुःख होइन । त्यसैले साहित्यमा प्रेमको चित्रण गरिँदा त्यसै ढंगले गरिनुपर्छ, जसले गर्दा जीवनको अनुवाद त्यो एकै थोकमा मात्र जबर्जस्ती थोपरिएको नहोस् ।

महिला–पुरुष सम्बन्धबारे नेपालको वामपन्थी आन्दोलनमा समेत उठ्ने गरेका विवादबारे केही भन्न चाहनु हुन्छ कि ?

यौन सम्बन्धलाई लिएर जटिलभन्दा जटिल सामाजिक व्यवस्थालाई पार गरेर बल्ल बल्ल यहाँ आइपुगेका छौं । एकनिष्ठता भनेको एउटा छाप मात्रै हो, लाइसेन्स भन्ने त केही छैन । प्रेम विवाह होस् वा जस्तोसुकै विवाह होस्, अर्कोसँग प्रेम हुन्छ भने प्रेममा त्योसँग यौन सम्पर्क राखेर अथवा उसलाई स्वास्नी बनाएर ल्याउनु पर्छ भन्ने कुराको चाहिँ म विरुद्धमा छु ।

parijat

एकभन्दा बढीसँग ‘प्रेम’ हुनसक्छ तर ‘विवाह’ हुन सक्दैन ?

प्रेम त सक्छ । विवाह गर्न हुँदैन । विकार आउँछ नि ! यौन सम्पर्क राख्यो, कसैलाई थाहा भएन रे, त्यो कुनै अपराध होइन । तर त्यसले मानिसमा मानसिक विकार ल्याउँछ नि ! त्यसैले रोक लगाउन आवश्यक देखिन्छ ।

एकनिष्ठ विवाह हुनुप¥यो, छाडापन हुन भएन भन्नेबारे त विवाद भएन । तर यदाकदा अन्यथा घटना भ एभने तिनैलाई आवश्यकभन्दा बढी गिजोल्याएर ‘राजनीतिक हतियार’ बनाउनु अलि बेठीक जस्तो लाग्दैन ?

त्यो त हुन्छ । तर कमसेकम माक्र्सवादालाई मानेर आउनेहरू प्रतिबद्ध भइदिनु प¥यो एकनिष्ठतातर्फ । जेठीलाई छोडेर कान्छी ल्याउने, अनि कान्छी छँदाछँदै अर्कोसँग लाग्ने ! उत्तरदायी व्यक्तिहरूले, जानेबुझेकाहरूले, ठूला ठूला पदमा बसेकाहरूले त्यसो गरिँदिँदाखेरि समाजमा भाँडभैलो त मचिन्छ मचिन्छ नि !

जेठी छोडेर कान्छी नल्याउनेभन्दा यो सम्बन्ध बिच्छेद र पुनर्विवाह कुनै पनि हालतमा गर्न नहुने भने जस्तो भएन र ?

विच्छेद गर्न त पाउनु पर्छ नि ! तर दुबैथरि राजिखुसी हुनुप¥यो ।

मानौं, दुइटा मध्ये एउटा गलत नै रहेछ भने त दुइटैलाई ‘राजीखुसी’ गराउने कुरो कसरी व्यवहारिक होला र ?

‘डिभोर्स’ गरेर बसे हुन्छ नि ! लोग्नेमान्छे बदमाशै रहेछ भने त्यसलाई ‘डिभोर्स’ गरेर हटाइदिन्छु भन्ने स्वाभिमान त स्वास्नीमान्छेमा हुनुप¥यो ।

तर कोही स्वास्नीमान्छेहरू चाहिँ लोग्ने बदमाश हो पनि भन्ने तर त्यसलाई छोड्दिनँ पनि भन्ने पाइन्छन् नि ?

त्यो संस्कार हो, के गर्ने ? लोग्ने नभई हुँदैन भन्ने संस्कार । संस्कारले माया लाग्छ । त्यसैले छोड्न मान्दैन ।

सामाजिक असुरक्षाको कारण पनि त छ ?

त्यो पनि हो । … यो प्रेमको पनि के भरोसा ? कैले बूढो मान्छेमा पनि हुन्छ, कैले अधबैंसेमा पनि । कमसेकम ४० वर्षभन्दा माथि चाहिँ यो समस्या हुनु नपर्ने भन्छु ।

तपाईंको अहिलेसम्मको अनुभवमा नेपाली समाजमा र खास गरी वामपन्थीहरूको बीचमा यो नैतिकताको स्तर कतिको उच्च भएको ठान्नु हुन्छ ?

केही अंसगतिहरू छन् । आफूले यसो व्यक्तिगत रूपमा चिनेका केही कुराहरूमा आफूभन्दा प्रगतिशील भने पनि यस्तो विकृत आचरण चाहिँ मैले देखेको छु ।

नैतिकताको घेरो छोड्ने अधिकांश त पुरुष नै होलान् ?

पुरुष नै छन् । तपाईंले कतै सुन्नुभा’ छ कि स्वास्नीमान्छेले एउटा लोग्नेमान्छेलाई बलात्कार ग¥यो भन्ने कुरा ?

नेपाली साहित्यमा यौनको बढ्ता प्रभाव देखापर्नाको खास लक्षण के हो, आजको साहित्यमा बढ्ता यौन देखा पर्नुको यो शुभलक्षण हो ? तपाईंको रचनामा पनि बढ्ता यौनको प्रभाव पर्नाको कारण के हो ? आजको साहित्यमा यौनको कहाँसम्म प्रतिनिधित्व हुनु पर्दछ ?

पारिजात ः साहित्यलाई यथार्थवादी बनाउनु छ भने यौनको अभिव्यक्ति हुनु कुनै संक्रामण रोग हो झैं मलाई लाग्दैन । यौनबिनाको महान साहित्य रच्न सकिन्छ र रचिएका पनि छन् । तर ‘यौन–यौनकै लागि’ भन्ने दृष्टिकोण चाहिँ राखेर कुनै पनि लेखकले लेख्न चाहिँ अलि हुँदैन झैं मलाई पनि लाग्दछ । अर्को कुरा, जहाँसम्म मेरो रचनामा बढ्ता यौनको प्रभाव देखापर्दछ भन्ने प्रश्न छ, त्यसमा मलाई यही भन्नु छ कि– हो ! म पनि यौनको प्रभावबाट आफ्नो रचनालाई अल्गाएर राख्न सक्दिनँ, तर मेरो लेखाइको मूल दृष्टिकोण चाहिँ पाठकलाई बढ्ता यौनप्रति आकार्षित पारेर, तिनीहरूलाई विकृत तुल्याएर छोडिदिन चाहिँ होइन । म उदाहरणको लागि तपाईंको समक्ष एक दुई कथाहरूलाई ल्याउँछु । पहिले प्रेमा शाहको कथालाई नै लिनुहोस् । ‘पहेंलो गुलाब’ मा के यौनको गन्ध आउँदैन र ? म भन्छु प्रशस्त छ । तर पनि कथाकारले कतै यौनलाई प्रतिनिधित्व गरेको थाहा पाइँदैन । अरू कैयौं समस्याहरूको सँग–सँगै यौन पनि आएको छ । त्यस कथामा अभिव्यक्तिको जुन मिठास छ, शैलीको जुन ज्यान छ, र कलाको जुन पराकाष्ठा छ, त्यसले यौनलाई छोडिदिएको छ । एउटा सफल कलाकारमा सेक्सप्रति हुनुपर्ने गुण यही नै हो, जुन प्रेमामा देखा परेको छ । म अझ पनि भन्छु– साहित्यमा अश्लीलता हुनुहुन्न । कलाले त्यसलाई छोपदिएको हुनुपर्दछ । मुख्य कुरा के भन्देखि यौनलाई प्रधानता दिए पनि महानता चाहिँ मैले दिएकी छैन । यौनलाई नै साहित्यमा आधार बनाएर लेखिएको अरूको रचनाहरूलाई पनि प्रधानता दिन चाहन्न । जस्तै, ‘मैंया साहेबको डायरी’, ‘मेरी सीता जस्ती निरजा’ यस्तै खालका अरू कैयौं कथाहरू त्यति हिन भएर चाहिँ लेख्न हुन्न झैं लाग्दछ । त्यो त लेखकमा यौनप्रति देखापरेको विकृति मात्रै हो, त्यो लेखकको हिनता मात्रै हो, कुनै खुबी चाहिँ होइन । अर्कोतिर आर्थिक समस्या पनि त्यत्तिकै जटील रूपमा देखा परेको छ । अविकसित अफ्रिका, एशिया र लेटिन अमेरिकाका जनता आफ्नो निर्धनता, गरीबी, अशिक्षा, रोग, भोक आदिसँग लड्नमा लागेका छन् भने त्यहाँ यौनको स्थान रहँदारहँदै पनि त्यो त्यत्ति प्रमुख रूपमा रहेको हुन्न । जति उनीहरूलाई बाह्य भौतिक, आर्थिक र राजनीतिक समस्याहरूले पिरोली राखेको हुन्छ, चिन्तित तुल्याइराखेको हुन्छ । यी देखापरेका सबै बस्तुहरूबाट पनि लेखकहरू आँखा चिम्लेर बस्न सक्दैनन् भने अर्कोतिर ती देशका सबै लेखकहरूले यसै विषयमा मात्रै लेख्नुपर्दछ भन्ने पनि मेरो विचार होइन । कुनै पनि लेखक कुनै पनि विषयमा मात्रै लेख्न पूर्णतः स्वतन्त्र छ । उदाहरणका लागि, अमेरिकालाई नै लिउँ । मलाई लाग्छ आज त्यहाँ आर्थिक समस्या उति जटिल रूपमा छैन । जुन समस्याले आजको अमेरिकी जीवन संकटग्रस्त छ, त्यो हो– यौनको समस्या किनकि आजकाल त्यहाँ मानिसहरूको ‘इन्डिभ्यूजल मोरेल’ मा आइराखेको संकटले नै यो कुरालाई प्रष्ट गर्दछ । सुव्यवस्था र सुसम्पन्नता आउनासाथै यौन समस्याको वास्तविकता लोप हुन्छ भन्न गाह्रो छ । यो सधैं जटील नै रहन्छ ।

प्रेम र यौनलाई तपाईंले कसरी हेर्नु भएको छ ?

प्रेम मानव मात्रमा हुने एउटा सार्वभौम अनुभूति हो । त्यसो त प्रेम अरू प्राणी जातिमा छैन भन्ने होइन । बाघ बघिनी जस्ता खुंखार र एकलकाँटे प्राणी पनि वर्षको एक पल्ट उनीहरूको मेटिङ डेजमा आठ नौ दिनसम्म नारिएर सँगै घुमेको देख्न पाइन्छ । मान्छे जातमा त यो प्रेम बाह्रैकाल छ । प्रेमलाई लिएर समाज परिवर्तन प्रक्रियाको भित्री स्वरूप अझै संघर्षरत नै छ र मान्छेको सचेतनता पनि विकासतर्फ नै छ । तथापि, आजसम्म प्रेममा एकनिष्ठता आइसकेको छैन । परिणामस्वरूप, यौन पनि एकनिष्ठ भएको छैन । यौन एकनिष्ठ हुन सक्छ, यो ठोकुवा गर्न सकिँदैन । कारण, यौन मान्छेको निम्ति भोक, तिर्खा र निद्रा जस्तै अनिवार्य हुन्छ । आपसमा प्रेम भावना भएपछि यौन सम्बन्ध हुनु, त्यो स्वाभाविक प्रक्रिया हो तर यौन सम्बन्धमा प्रेम हुनै पर्छ भन्ने कुनै जरूरी छैन । यौन सम्पर्क मान्छेले मौका हेरेर जोसुकैसँग जहाँकही पनि राख्न सक्छन् तर प्रेमको रूप यति सहज छैन । समाजवादतर्फ संक्रमण भएको समाज बाहेक अरू देशहरूमा रहेको वेश्यावृत्तिको व्यापक कारोबारको पनि यौन र मान्छेको सम्बन्ध कस्तो छ, स्पष्ट पार्छ । यस यौन सम्बन्धले गर्दा पुरुष हैकमवाला समाजमा वेश्यावृत्ति जस्तो, पुरुषलाई क्षणिक शारीरिक सुख दिएर थकित हुने पेशा गर्नु महिलाप्रति अपमानजनक र शोषणपूर्ण नीति हो । वात्सल्यले गर्दा नारीमा कामुकता कम हुन्छ, र पनि नारीले चाहेमा उनीहरूलाई यो सुविधा छैन । अमेरिकामा र युरोपका केही देशहरूमा पुरुषहरू वेश्यावृत्ति गर्छन्, जसलाई मेल प्रस्टिच्यूट भनिन्छ । मेरो भनाइ महिलाले यौन तृप्तिको सुविधा पाउनु पर्छ भन्ने होइन । वेश्यावृत्तिको क्रमशः उन्मूलन भई समाज शिष्ट र सौम्य स्थितितिर प्रवृत्त होस्– यही चाहन्छु ।

(साहित्यकार पारिजातको जीवन केही रहस्य, केही आश्चर्य र केही जिज्ञासाले भरिपूर्ण मानिन्छ । अविवाहित पारिजातको प्रेम, यौन र विवाहबारे के मत राख्छिन् भन्ने जिज्ञासा आम हो । उनले आफ्नो जीवनकालमा दिएका विभिन्न अन्तर्वार्तामा यसबारे मत प्रकट गरेकी थिइन् । निर्माण प्रकाशनले प्रकाशन गरेको पारिजात संकलित रचनाहरू, ग्रन्थ छमा संलग्न अन्तर्वार्ताहरूबाट यी मत लिइएका हुन् ।)

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Parijat (पारिजात)
« Reply #5 on: February 18, 2017, 12:48:27 AM »
यस्तो थियो पारिजातको प्रेम र यौन सम्बन्ध


राजकुमार दिक्पाल
२०७१ कार्तिक १६ आईतवार


तिहार भर्खरै बिदा भएको छ, हामीबाट। तर, हामी तिहारको ह्याङओभरबाट मुक्त भइसकेका छैनौं। तिहारसँग धेरैका अनेक खालका संयोगहरू होलान् तर महान् साहित्यकार पारिजातसँगको तिहार र त्यसमा पनि देउसीभैलोको एउटा महत्त्वपूर्ण प्रसंग नेपाली साहित्यमा बारम्बार चर्चा हुने गर्छ।
 
पारिजात दार्जिलिङमै छँदाको कुरो। किशोरावस्थामा थिइन् उनी। उनलाई मन पराउनेहरू प्रशस्तै थिए। तर, एक जनामाथि उनको आँखा प-यो। दुई आँखा चार भयो। मनमा प्रेम अंकुरण भयो तर शब्दमा व्यक्त हुन सकेन त्यो प्रेम।


प्रसंग देउसीभैलोकै। एक हूल देउसीभैलो टोली पारिजातको आँगनमा आइपुग्यो। त्यो टोलीमा 'उनी' थिए। देउसीभैलो टोली सिदा पाएर बिदा भइसकेको थियो। तर, उनीचाहिँ एक्लै आँगनमा थिए, भावुक बनेर उभिइरहेका र निर्निमेष दृष्टि पारिजाततिरै फालिरहेका। यसैलाई पारिजातले आफ्नो पहिलो प्रेम मानेकी छन्, आफ्ना संस्मरणहरूमा। उनैले ती व्यक्तिको नाम धनुवर मुखिया रहेको उल्लेख गरेकी छन्।

पारिजातको पहिलो प्रेमबारे गजलकार ललिजन रावलले एउटा गजल नै सिर्जना गरेका छन् :

अझै पनि फुल्दा होलान् तिहारमा फूल
कसैगरी भुलूँ भन्दा भुलिन्‍न त्यो भूल
 
देउसी खेलिसकेपछि मेरो आँगनीमा
तिमी किन उभिरह्यौ गैसकेथ्यो हूल...।
पहिलो प्रेम र पछुतो

अधिकांशको जीवनमा जोडिएको पहिलो प्रेमको प्रसंग बिर्सिनसक्नु हुन्छ। पारिजातको जीवनमा पनि त्यही लागू भएको छ। उनले आफ्नो पहिलो प्रेमलाई पवित्र र पहिलो प्रेमीलाई अविस्मरणीय पात्रका रूपमा स्थापित गरिरहिन्। २०११ सालमा पारिजात दार्जिलिङबाट काठमाडौं आइन्। क्रमश: रोगले थलिन थालिन्। पछि रोगी भएर दार्जिलिङ जाँदा ती पहिलो प्रेमीसँग भेट भयो तर उनको घरजम भइसकेको थियो।
 
पारिजातका जीवनका अन्तरंग पत्रहरू 'वेदना'को पूर्णांक ५४ को पृष्ठ १८ देखि २४ सम्ममा प्रकाशित भएका छन्। २०३९ र ४० सालमा डा. महेश मास्केलाई पारिजातले लेखेका ती पत्रलाई वेदनाले ऐतिहासिक अभिलेखका रूपमा प्रस्तुत गरेको छ। ती पत्रले पारिजातको पहिलो प्रेम र उनको पछुतो प्रस्ट झल्किन्छ। ती पत्रहरूमा पारिजातको यौनसम्बन्धी दृष्टिकोण, दर्शन र अनुभवहरू पनि छन्। त्यसो त ती पत्रमा राजनीति, साहित्यलगायतका पक्षहरू पनि सबल रूपमा उल्लेख छन्।
 
२०३९ पुस ६ गते डा. मास्केलाई पारिजातले लेखेको पत्रमा उनको प्रेमबारे यस्तो उल्लेख छ :
 
मेरो फस्ट लभ मात्रै ट्रेजेडी हो, अरू सबै दु:ख। तपाईंलाई कुनै ट्रेजेडी परेको छैन होला सायद तपाईं यसमा अनभिज्ञ हुनुहुन्छ। दु:ख भनेको बिर्सिइँदै जाने कुरा हो, तर ट्रेजेडी बल्झीबल्झी मान्छेलाई आक्रान्त पार्ने, तर्साउने क्षण हो। यो भोग्नेलाई मात्रै थाहा हुन्छ। कहिलेकाहीँ म पनि आक्रान्त हुन्छु, आफैंलाई चिथोर्न मन लाग्छ।
 
जति उमेर ढल्कँदै गयो, पहिलो प्रेमीप्रतिको आकर्षण उत्तिकै बढ्दै गएको देखिन्छ उनमा। कतिसम्म भने पहिलो प्रेमीसँगको शारीरिक चाहना अझै आफूमा रहेको उनको उक्त पत्रमा उल्लेख छ :
 
म सानोसानो कामभन्दा महान् काम गर्न रुचाउँछु। घरको भन्दा समाजको बेडा थाम्न मन पराउँछु। सेक्सलाई लिएर आक्रमण र समर्पण दुवै छैन मसँग र पनि भन्छन् मान्छेहरू म के गरूँ? मेरो फस्ट लभरसँगको शारीरिक चाहना अझ पनि छ मसँग तर म अमर्यादित हुन चाहन्नँ।
 
उहाँले मेरो हातमात्र समाइदिँदा पनि मलाई सुखद अनुभूति हुन्छ, पहिले होइन आजभोलि तर त्यसअघिको चाहनालाई म उहाँको अघि रोएर पचाइदिन्छु। यो दु:ख एकतर्फी छैन। उहाँ पनि मजत्तिकै दु:खी र विचलित भएर बाँच्नुभएको छ। उहाँ सभ्य हुनुहुन्छ त्यसैले मेरो मर्यादाको रेखा नाघ्न सक्नुहुन्न।
 
यी पत्रांशहरूले उनका पहिलो प्रेमी पछिसम्म पनि उनलाई प्रेम गरेको झल्कन्छ। साहित्यकारहरूबाट सुनिएअनुसार बिरामी भएर पछि पारिजात दार्जिलिङ फर्कंदा पहिलो प्रेमी धनुवर मुखियासँग उनको भेट भयो। उनले पारिजातसँग घरजम गर्ने प्रस्ताव पनि राखे तर उनले त्यसलाई स्वीकार गरिनन्।
 
मन पराउनेको ताँती
 
दार्जिलिङमा छँदा पारिजातलाई मन पराउनेको संख्या प्रशस्तै थियो। तीमध्ये उनले दुईवटा प्रेमपत्रको मात्रै उत्तर दिएको उनकै पत्रबाट छर्लंग हुन्छ। यसरी आफूलाई मन पराउने कतिपयसँग उनले आफ्नो पहिलो प्रेमीको पनि तुलना गरेकी छन्। डा. मास्केलाई २०३९ माघ १४ गते उनले लेखेको पत्रमा उनले ती सस्ता प्रेमहरू स्वीकार गरेको भए पारिजातको अस्तित्व नै नहुने उल्लेख छ :
 
दिशाहीन उमेरमा एकसाथ यतिका केटाहरू पछि लाग्दा तथा भावुकतापूर्ण प्रेमपत्रहरू आइरहँदा कुनै पनि किशोरीको मन अस्थिर बन्न खोज्नु स्वाभाविकै हो। म पनि ढुलमुल हुन खोज्थेँ। कहिले कतै आकर्षित भइरहेकी छु जस्तो पनि लाग्थ्यो। दार्जिलिङमा बेसकन प्रोत्साहिन गर्ने चलन छ र म यस्तोमा परेकी हुँ। मैले एकदुईवटा प्रेमपत्र रेस्पोन्स गरिदिएँ तर प्रेम गरिनँ।
 
ती मन पराउनेहरूमध्ये केही त मेरो पहिलो प्रेमीजत्तिकै सुन्दर र मेधावी पनि थिए र तिनीहरूबीच प्रतिस्पर्धा बढेको थियो मलाई लिएर, फलस्वरूप ममा एउटा नचाहिँदो घमण्ड र सुपरिओटिभ कम्प्लेक्स डेभेलोप भयो।
 
यस्तै अवस्थामा दाजुको आकस्मिक मृत्यु भयो र पिताज्यू काठमाडौं आउनुभयो र म र सुकन्या केही समयका लागि कालिम्पोङ गयौं। त्यहाँ एकजना तिब्बती केटा विवाहित र एउटी छोरीको बा (धेरै समयसम्म कालिम्पोङको अपराजित दादा रहेको) विशेष रूपले मेरो पछि थियो।
 
त्यहाँ मलाई उकास्ने एउटी छोरी पर्ने थिई। त्यस केटाको विरुद्ध मलाई आफूलाई नियन्त्रण गर्न निक्कै गाह्रो परेको थियो। उसले प्रेमपत्र लेखेन मात्र, समाचार पठाउँथ्यो। पछि मौका हेरीकन डेटिङ माग्यो अनि म छाँगाबाट खसेँ, आतंकित भएँ अनि भागेँ। नढाँटीकन भन्छु डा. महेश, त्यहाँ मैले आफूलाई बचाउन नसकेको भए आज पारिजातको अस्तित्व हुने थिएन।
 
यौनसम्बन्धी धारणा
 
पारिजातको यौनसम्बन्धी धारणा स्पष्ट छ। यौनसम्बन्धी कुरा एकातिर गर्ने र अर्कातिर काम गर्ने ढोँगीहरूसँग पारिजातको किमार्थ तुलना हुन सक्दैन। डा. मास्केलाई २०३९ माघ १४ गते उनले लेखेको पत्रमा उनले यौनसम्बन्धी आफ्नो निजी धारणा स्पष्टैसँग उल्लेख गरेकी छन् :
 
ममा यौन भावना छैन भन्‍नु मलाई भोक लाग्दैन भन्नुजस्तै हो। त्यो अप्राकृतिक घोषणा गर्न सक्दिनँ म साथै प्रेम र सेक्स अलगअलग भावना हुन् अथवा प्रेमबाहिर पनि इच्छाअनुसार सेक्स सम्बन्ध राख्‍न सकिन्छ भन्‍ने बोल्ड स्टेटमेन्ट (यथार्थ?) को म विरोध गर्छु आफ्नो अनुभवको नाताले।
 
प्रेम आकर्षण अथवा लिङ्किङजस्तै कुनै पनि भावनाभन्दा बाहिर सेक्स सम्बन्ध राखिन्छ भने त्यो पशु सम्बन्ध हो। स्वास्नीमान्छेको निम्ति कि त्यो पेसा हो कि बलात्कार। तर, यहाँ प्रेम र शारीरिक चाहना एक भइदिएको बेला पनि म शारीरिक मायामा अग्रसर हुन सकिनँ, कतिसम्म भने छोएको पनि मन पराइनँ । ...बाहिर देखिने प्रेमकथा मेरो छताछुल्ल भयो तर यौन भावनाको अन्त भएन।
 
यौन अनुभव
 
पारिजातले आफ्नो अन्तरंग पत्रहरूमा डा. मास्केलाई स्पष्टसँग आफ्नो यौन अनुभवका बारेमा खुलेर लेखेकी छन्। २०५२ सालमा वेदनाको पारिजात विशेषांकमा यो पत्र छापिँदा कतिपय पाठकले पारिजातको यौन सम्बन्धको विषयलाई लिएर उनीप्रति नकारात्मक टिप्पणी गरेका थिए। तर, ती टिप्पणी हावामा उडेर गए भने पारिजातको विराट् व्यक्तित्वलाई त्यस्ता टिप्पणीले कुनै असर पार्न सकेन। २०४० वैशाख ६ गते डा. मास्केलाई पारिजातले यस्तो लेखेकी छन् :
 
सिद्धान्तत: म मान्छु यौन समागम सिर्जनाको एउटा प्राकृतिक र वाञ्छनीय प्रक्रिया हो। हुनसक्छ यो प्रक्रिया आफैंमा सुन्दर होस् अथवा हुनसक्छ कुनै सम्बन्ध नभई अर्गानिक ह्यापिनेससम्म सीमित होस् तर यसमा मैले सौन्दर्य खोजेँ र पुरुष शोषित र प्रताडित समाजमा आफ्ना यस्ता कोमल र सुन्दर धारणाहरू लिएर अग्रसर भएँ उही पनि यौनको संसारमा।
 
तपाईं भन्‍नुहुन्छ अथवा विज्ञानले नै भन्छ कि यो एउटा प्रक्रिया हो (असुन्दर होइन) र हो पनि तर पनि मेरो मन मानिरहेको छैन। मैले आफूलाई विवश भएर एउटा पुरुषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिन पर्दा ममा यही अमानवीय किसिमको धारणा विद्यमान थियो। यदि त्यो पुरुष सभ्य भइदिएको भए मेरो गलत धारणामा सुधार हुन सक्थ्यो होला तर त्यो हुन सकेन।

शंकर लामिछानेट्ठँग धेरैले पारिजातलाई जोड्‍न खोजे तर कसैले पुष्‍टि गर्न सकेनन्। त्‍यसबेला पारिजातलाई दु: ख दिने साहित्‍यकारहरु पनि धेरै थिए।  पारिजातले  डा. मास्केलाई पत्रमा लेखेकी छन्:  उकान्त खोज्‍ने, प्रेम (यौन) आग्रह गर्ने,  ममा सकम्‍बरी देख्‍ने, मलाई सकम्‍बरी तुल्‍याउन खोज्‍ने शिरीषको फूल प्रयोग गर्न खोज्‍नेहरुले मलाई क्रमश: घेरामा पार्दै लगे।
एकातिर म अति संकोचशील र विवश अर्कातिर ऊ अति कामुक, असभ्य र परपीडक, अनि जटिलता त आउने भइगयो। ती सम्पूर्ण यौनसम्बन्धको अवधिभरि मैले कहिल्यै पनि सुख प्राप्त गरिनँ। सहबासको क्रम सिद्धिसकेपछि म सधैं शारीरिक साथै मानसिक पीडाले शिथिल हुन्थेँ। ऊ स्वाभाविक उत्तेजनामा आउँदा म सधैं डर, त्रास, अपमान र दु:खले अधमरो अधमरो भइरहेकी हुन्थेँ र यो कुरा मैले कहिल्यै पनि उसलाई भनिनँ बरु छुटकाराको बाटो खोजिरहेँ।
 
जुन बेला यो सम्बन्ध कायम भएको थियो, त्यो बेला म चर्को रूपले बिरामी पनि थिइनँ, शारीरिक रूपले सुन्दर साथै सक्षम पनि थिएँ तर मैले त्यो व्यक्तिसँग शारीरिक सम्बन्ध चाहेकी थिइनँ। त्यो पीडादायक सम्बन्ध सम्झँदा अझ पनि सेक्सुअल रिलेसनदेखि मलाई डर लाग्छ।
 
अनेक हल्ला
 
भूपि शेरचन, मदन रेग्मीको नाम पारिजातसँग जोडिएको थियो। त्यस बेला कृष्णभक्त श्रेष्ठ, कुसुम श्रेष्ठ, कुमार नेपाल, हिमांशु थापा, वासु शशि पारिजातको रामशाहपथको डेरामा पुग्दा प्राय: भूपि त्यहीँ हुन्थे। तर, भूपिकी कान्छी श्रीमती कान्ति शेरचनले भूपि र पारिजातको गहिरो सम्बन्ध भएको तर यौनसम्बन्ध भने नभएको स्पष्टीकरण दिएकी थिइन् भनी नरेन्द्रराज प्रसाईले 'पारिजातको जीवनकथा'मा उल्लेख गरेका छन्। शंकर लामिछानेसँग धेरैले पारिजातलाई जोड्न खोजे तर कसैले पुष्टि गर्न सकेनन्।
 
त्यस बेला पारिजातलाई दु:ख दिने साहित्यकारहरू पनि धेरै थिए। पारिजातले डा. मास्केलाई पत्रमा लेखेकी छन् :
 
एकान्त खोज्ने, प्रेम (यौन) आग्रह गर्ने, ममा सकम्बरी देख्ने, मलाई सकम्बरी तुल्याउन खोज्ने शिरीषको फूल प्रयोग गर्न खोज्नेहरूले मलाई क्रमश: घेरामा पार्दै लगे। भट्टीहुँदो मेरो चर्चा गर्ने, फोटो प्रदर्शन गर्ने, आफूआफूमा झगडा गर्ने, ईर्ष्‍या गर्ने, मकहाँ आएर एकअर्काको निन्दा गर्ने, मेरो नजिक हुन खोज्ने, पैसा लुटाउनेसम्म देखिए।
 
यतिमात्रै नभएर मेरो कोठामा मातेर आइदिने, आधा रातमा मातेर आएर ढोका घच्घच्याउने, सडकबाट बोलाइदिने आदिजस्ता बजारु व्यवहारहरू र एउटी कोठीवाल्नीले बेहोर्नुपर्ने जस्ता समस्याहरूको सामना गर्न पर्‍यो।


annapurnapost बाट

 archive.annapurnapost /News.aspx/story/1690

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Parijat (पारिजात)
« Reply #6 on: March 14, 2017, 10:21:16 AM »
'आधी आकाश' चाहनेहरूले

पारिजात

 
'आइमाई केटाकेटी' कति मायालु कति न्यानो सम्बोधन, यसै हलुका किसिमले सोच्दा।

'आइमाई केटाकेटी यसरी एक्लै-दुक्लै हिँड्न हुन्न...' कति सुरक्षाको अँगालोले बाँधिएको सम्बोधन, यसरी नै हलुका किसिमले सोच्दा।

'आइमाई केटाकेटी भएर बढ्ता हाँस्न बोल्न हुन्न,' कति अपमानजनक सम्बोधन, अझ गहिरिएर सोच्दा।

'आइमाई केटाकेटी भएर बढ्ता जान्ने हुनुहुन्न,' कति दमनकारी सम्बोधन गहिरिएर सोच्दा।

यो 'आइमाई केटाकेटी' भन्ने शब्ददेखि नै घृणा भएर आउँछ मलाई। सुन्दा मायालु बुझिने यस सम्बोधनमा कति हीनता, कति अवहेलना, कति शोषण र कति अपमान लुकेको छ।

सृष्टिको आदिकालदेखि नै वात्सल्य र ममताको गुणले सुसज्जित नारी जातिमा शारीरिक मानसिक अजस्र शक्तिको स्रोत लुकेको छ। यिनै नारी जातिको गुण र क्षमताले आदिम मानव समाजको ढाँचाकाँचा तयार भएको तथ्य ईतिहासले बताउँछ। समाज पितृसत्तात्मकतातर्फ उन्मुख हुन थालेपछि पुरूषहरूले नारी जातिलाई विस्तारै घरभित्र बजार्दै ल्याए र 'शक्तिहीन र क्षमताहीन छस्' भनी विस्तारै हेप्दै, शोषण गर्दै ल्याए। नारी जाति क्रमशः परास्त हुँदै आए अन्धविश्वास रुढी र संस्कारहरूमा साँघुरो भएर अस्तित्व धान्दै आए, आत्मविश्वासहरू चिहान पार्दै आए। आज विश्वभरि नै नारी जाति कतै पूँजीवादीका हत्केलामा छन् भने कतै सामन्तवादको पैतालामुनि। लाखौं वर्षको शोषणले यस शक्तिशाली र क्षमताशील स्त्रीलिङ्गलाई मनोवैज्ञानिक रुपले परास्त हुन यसरी बाध्य तुल्याए कि, हामी साँच्चै शक्तिहीन लिङ्ग हौं भनी सोच्न थाल्यौं। तर, सत्य यसको ठीक उल्टो छ। वैज्ञानिक रुपमा समाज यति अघि बढिसक्दा पनि समाजको एकथरी मिचाहा पुरूष वर्गले नारी जातिलाई सधैं अपमान गरेको छ। सधैं यस्ता भनाइहरू फैलाइदिएको छ, जसले नारी जातिलाई आफ्नो शक्तिबोध र अस्मिताबोध हुनदेखि बञ्चित राख्छन्।

यस विशाल र व्यापक विषयलाई अलिकति अथवा एकै झमटमा अभिव्यक्त गरेर सकिँदैन। त्यसैले, स–साना प्रसंगहरुबाट जाऊँ।

हामी आधी आकाश माग्छौं तर समाजका एकथरी स्वार्थी पुरूष वर्गले हामीलाई आधी इन्च पनि दिन चाहँदैनन्। 'आइमाई केटाकेटी' भनेजस्तै नेपाली सामन्तवादी समाजमा नारी जातिलाई लिएर यति धेरै असभ्य र अपमानजनक उखानहरु छन्, जसले हाम्रो शीर ठाडो गर्न कहिल्यै दिँदैन। आधी आकाश चाहनेहरूले भाषामा, साहित्यमा तथा बोलचालमा पनि यस्ता उखानहरूको वहिष्कार गर्नुपर्छ।

निमुखाहरूको बीचमा गएर पनि यस्ता उखानहरू सविस्तार व्याख्या गरिदिएर आपसमा यस्ता उखानहरूको आदान–प्रदान गर्न छोडाउन सक्नुपर्छ।

नेपाली भाषामा यति धेरै यस्ता उखानहरू छन्, जसले सधैं पुरूषहरूलाई उठाउने र नारी जातिलाई होच्याउने अर्थ मात्र दिन्छन्। कतै–कतै महिलाहरू पनि यस्ता उखानहरु रुचि लिएर प्रयोग गर्ने गर्छन् तर त्यो हाम्रो दोष होइन। त्यो त पुरूष हैकमवाला समाजले युगौंदेखि हामीमा थोपरिदिएको संकीर्णताबोधको संस्कार हो। जतिसुकै संकीर्ण बन्ने वातावरणको काँडेबार हालेर धेरैपछि हामीमा संकीर्ण दृष्टिकोणको प्रादुर्भाव हुनु कुनै अस्वाभाविक होइन। तर, अब परिवर्तनकारी इतिहास अघि बढिसकेको छ। त्यसैले, जान्ने सुन्नेहरूको मौनता एकदमै सामयिक ठहरिँदैन।

सधैंभरि शोषणको कोलमुनि पेलिएका स्वास्नीमान्छेहरूलाई उनीहरू भन्ने गर्छन्, 'बाख्रा सम्ममा चर्दैन, आइमाई सुखमा बस्दैन।'

सुख दिँदै नदिएपछि सुखमा बस्ने कहाँ? यसको अर्थ यसरी लाग्छ। तर, यो उखानलाई पुराणहरु बडो अपमानजनक स्थितिमा प्रयोग गर्छन्। 'बाघको हजार गुँड' र 'खुट्टा भए जुत्ता जति पनि आउँछ', यी उखानहरूमा कति अपमान लुकेको छ। के स्वास्नीमान्छेहरू पुरूषको जुत्ता मात्र हुन्, उनीहरुले जति चाहे पनि फेर्न सकिने? यस्तो उखान प्रायः पाइँदैन, जसमा लोग्नेमान्छेहरुलाई हेय तुल्याइएको होस्। यहाँ म केही यस्ता उखानहरु प्रस्तुत गर्न चाहन्छु, जहाँ पुरूष कतै पनि पर्दैन र उखानहरु स्वास्नीमान्छेहरुलाई लिएर साह्रै असभ्य र विभत्स छन्। 'काम पाएन बुहारी पाडाको...', 'कुन्ताकी बुहारी भटमास खाएकी'... 'ठाउँ न ठहर बूढीको रहर', 'घ्यु न तेल पका बुढी सेल', 'हिस्स बुढी हरिया दाँत', 'चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी', 'रातभरी रुङ्यो बुढी ज्यूँदै', 'छोरी कुटेर बुहारी तर्साउनु', 'सौताको रिसले पोईको नाक काट्नु', 'हुँदा जोगी ख्वाई, नहुँदा राँडी रुवाई', 'गरीबलाई दिन्छु नभन्नु, राँडीलाई लान्छु नभन्नू' आदि–आदि।

निराश्रित, एकलास भइसकेका बुढी आमैहरुलाई अथवा निराश्रित एक्ली विधवाहरूको यस्तो अपमान किन? महिला मुक्तिका हिमायतीहरुले पनि यसतर्फ ध्यान दिन आवश्यक छ।


(पारिजातको यो निबन्ध २०४८ सालमा प्रकाशित 'आधी आकाश' निबन्ध सङ्ग्रहमा सङ्कलित छ। हामीले फिनिक्स बुक्सले बजारमा ल्याएको 'पारिजातका सङ्कलित रचना ग्रन्थ छ'बाट साभार गरेका हौं।)

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Parijat (पारिजात)
« Reply #7 on: March 28, 2017, 12:47:12 AM »
पारिजात जीवनी
आजीवन साहित्यमा समर्पित पारिजात (सजना गोले तामङ)

पारिजात

साहित्य मन, भावनाको भाव सागर र संसार हो।सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्।जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ।साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।

त्यस्तो साहित्य कहिल्यै वास्ताविक साहित्य बन्न सक्दैन अत: साहित्य त्यो हो जुन आफसे आफ आफै मनभित्रैबाट भावनाको प्रस्फुरण भएपछि मात्र शब्दमा उनिएर आउँछ।अनि हामी त्यसैलाई साहित्यको परिभाषामा विभिन्न नाम, उपनामहरु दिइन्छ।जस्तै कविता, कथा, गीत, नाटक, निबन्घ उपन्यास आदि-आदि त्यसो त साहित्य भावनाको सुन्दर अभिव्यक्तिपूर्ण कला पनि हो ।साहित्य कला र विचारको सुन्दर संयोजन पनि हो। साहित्य समाजको ऐना मात्र नभई राष्ट्र, समाजलाई सहि मार्गनिदेर्शन दिने एउटा सशक्त माध्यम पनि हो ।

साहित्य जीवन हो जीवनमा ज्यान हुन्छ।त्यसो त साहित्यमा समाजको द्वन्द्वविग्रह र इतिहासको नियति र विडम्बनालाई राम्रो अभिव्यक्ति दिन सके त्यो पो साहित्य वास्ताविक साहित्य हुन्छ। यो पो कालजयी हुन्छ।लेख्दैमा साहित्य कहाँ हुन्छ र। यस्तै भन्नुहुन्थ्यो पारिजात । कुनै पनि व्यक्तिको वैयक्तिक विशेषता हुन्छ।प्रत्येक व्यक्तिको विशिष्टताले अरुलाई प्रभाव पार्ने गर्दछ।सबै व्यक्तिमा आ-आफ्नै विशिष्टताले भरिपूर्ण रहेका हुन्छन् ।तर पारिजातमा भने आफ्नो लेखनबाट अरुलाई प्रभाव पार्ने छुट्टै विशिष्टताले भरिएको थियो।

यो कुरा उनको समग्र लेखनको संगालोहरुको अध्ययन मार्फत बुझ्न सकिन्छ।साहित्य लेखन यात्रालाई सुरुवात गर्ने क्रममा थुप्रै किताबहरु अध्ययन गर्ने मेलो मेसोमा मैले सबै भन्दा बढि पारिजातकै किताब अध्ययन गरेकी छु।नेपाली साहित्यमा उहाँले दिनु भएको अमुल्य कृतिहरु नै आज हाम्रा लागि गौरवको विषय हुन आएको छ।उनी जीवन, मृत्यु पर्यन्त नेपाली साहित्यको इतिहासमा निर्भीक,निर्लोभी आथक मिहेनतकाको रुपमा परिचित हुनुहुन्छ ।

उनले आफू मात्र नभइ अरुलाई समेत साहित्य लेखनमा हौसला दिएर गइन् । अनादीकालदेखि मेरो कल्पनामा नाँचिरहेको व्यक्तित्वसँगको सम्झनाको साक्षात्कार गर्ने र उहाँको बारेमा केही शब्द कोर्ना पाउँदा आज मैले आफ्नो मन गर्विलो भएको महशुस गरेकी छु। आफूले अध्ययन र अनुभव गरेका र उहाँको बाहिनी सुकान्यसँगको भेटघाटको कुरालाई अधारित गरि आज उहाँको बारेमा केही शब्दहरु अरु साहित्य स्रष्टाहरुमाझ राख्ने कोशीस गरिरहेकी छु ।

नेपाली साहित्यको जगतमा सर्वोच्च नारी प्रतिभा र सौन्दर्यप्रति निष्ठावान, स्पष्ट, निडर र स्वाभिमानी चरित्रकी धनी पारिजात आज हाम्र सामु हुनुहुन्न।तर उहाँका कृतिहरुले हामीलाई सँधै झक्झकाइ रहन्छन् ।आफ्नो सम्पूर्ण जीवन साहित्य सिर्जनामै सर्मपित गरिन पारिजातले।यस ठाउँमा उनको जीवनको आदि र अन्त्य जोडिएको छ । विरलकोटीका साहित्य रचेर नेपाली साहित्यको भण्डार सम्पन्न गर्ने यी महन साहित्यकार पारिजातको जन्म आपा डा. के.एन वाइबा र आमा अमृत मोक्तानको कोखबाट वि.सं. १९९४ वैशाख दार्जिलिङको लिँगिया चियाकमानमा महिनामा भएको हो।

उनको न्वाराणको नाउँ विष्णुकुमारी वाइबा, लामाले (तारारानी, छेकुडोल्मा) राखिदिएका थिए ।तर स्वायमै नै रोजेकी नाउँबाट उनी संसारभरी छरिएका नेपाली साहित्यका सचेत,तप्काहरूबीच परिचित र प्रिय बनिन् ।दार्जिलिङकै सुन्दर प्रक्रृतिको काखमा लडीबुडी खेल्दै पारिजातको बाल्यकाल बित्यो।फ्रकभरि चाँपका कोपिला बटुलेर वा उनिउँ घारीभित्र पल्टेर खुब रमाएर खेल्ने गर्दथे उनी ।प्रारम्भिक शिक्षा दार्जिलिङमै हासिल गरी २०११ सालमा नेपाल (काठमाडौं) भित्रिएकी पारिजाले पद्मकान्य विश्रामबाट एस.एल.सी र पद्मकान्य क्याम्पसबाट बीए.सम्मको अध्ययन हासिल गरिन् ।

उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, बन, जंगल चहार्ने, जंगली फूलहरू टिप्ने गर्थे। सा-साना घटनाले पनि गहिरो प्रभाव पर्दथ्र्यो ।उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्।वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष मन मन पर्दथ्र्यो।साहित्य लेखन मात्रा नभएर गायनमा पनि विशेष रूची थियो । बन्दी सहयता नियोग संस्था खोलेर असहाय बन्दीका आफन्त बन्न पुगेकी पारिजात बन्दीहरुका निर्दोष बच्चाहरुका निम्ति “बचेर बास” नामक सेवा मुलक संस्था खेली वात्सल्य दिने अभिभावक समेत बनेकी थिइन् भने अन्याय र उत्पीडनमा झेलीरहेका सबै पक्षका मानिसहरुको निम्ति लड्ने भरोसायोग्य योद्धा बनेर यिनले इतिहासलाई समेत आफ्नो मूल्याङ्कन र स्थान निर्धारण गर्न बाध्य पारिन।

उनको जीवनकालभरि नै संघर्षै संघर्ष र विभिन्न अभावहरूले भरिएको थियो ।बाल्यावस्थामै आमाको मृत्यु भएकोले मातृस्नेहबाट बञ्चित भएनी पारिजातले पिताको संरक्षणमा काठमाडौं आफ्नो अध्ययनलाई अगाडी बढाउदै गइन्, तर फेरि पनि वि.सं. २०२९ मा पिताको देहावसान भएपछि पितृस्नेहबाट पनि टाढिनु पर्यो । त्यसपछि पारिजातले जीवनमा झन संघर्ष र शारीरिक र मानसिक यातनासँग जुध्दै आफ्नो पाइलाहरूलाई अघि बढाउदै गइन् बाह्रा बर्षको कलिलो उमेरमै शरीर दुख्ने व्यथाले पीडित थिइन पारिजात फेरि बर्षको लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा हाड जोर्नीसम्बन्धी बाथ रोगबाट आक्रान्त भएर ओछ्यानमै थाला परिन ।

त्यसपछि क्षयारोग, दम, र अल्सरजस्ता रोगहरूबाट ग्रासित हुँदै गइन् । उपचारका क्रममा भारतका विभिन्न अस्पसतालहरू समेत चहारिन् तर पारिजातलाई रोगले भने छोडेनन् ।त्यसपछि बाहिनी सुकान्यको साहरामा आफ्नो लेखन यात्रासँगै रोगी जीवनरथलाई अघि बढाउदै गइन्।पारिजातले यसरी शारीरिक रूपले अशक्त भएर पनि साहस र आत्मबल भए समाज र राष्ट्रका लागि ठोस देन दिन सकिन्छ।भन्ने तथ्यलाई प्रमाणित गरेरै छाडिन पारिजातले।जस्तोसुकै विषम परिस्थिति र कठिनाइहरूसाग निरन्तर जुध्दै आफ्नो कार्यक्षेत्रमा अथाक रूपले लागि रहिन् । वि.सं. २०१३ सालमा “धरती” पत्रिकामा कविता प्रकाशनबाट पारिजातले आफ्नो साहित्यिक यात्रालाई सूरूवात गरेकी थिइन। पिताले डा. बनाउने सपनालाई तोडेर उनी सबैका सामु सँधैभरि साहित्यको बगैँचामा मगमगाएर फूलिरहिन ।
पारिजातले साहित्यको विभिन्न विधाहरूमा आफ्नो कलम चलाएका छन् । यसमध्ये शिरिषको फूलले पारिजालाई चर्चाको शिखरमा पुर्यायो।जीवनको अर्थहीनता, विसंगति र निराशालाई मूल विषयवस्तु बनाएर लेखिएको यो उपन्यास अन्तराष्ट्रिय स्तरको भएकोले विभिन्न भाषामा अनुवाद भइसकेको यस कृतिको अंग्रेजी अनुवाद “दब्लुमिमोसा” अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । पारिजातले महिला मुक्ति सम्बन्धि लेखहरूको संकलन “आधी आकाश” पनि प्रकाशनमा ल्याएको छ।यसका अतिरिक्त एकाङ्की (लघुनाटक) पनि उनको कलम चलेको पाइन्छ।
यसरी उनको लेखनमा विशेषः भाषा शैली अत्यन्त कलात्मक र मिठासपूर्ण रहेको पाइन्छ। उनको साहित्य लेखनमा विभिन्न आधुनिक वादहरूको प्रभाव परेको पाइन्छ ।

शोषित र पीडित जनता र समाजको यथार्थ चित्रण नै उनको साहित्यको मुल विशेषता हो । सामाजिक असमानता, विसंगती र विकृतिका विरूद्धमा उनको लेखनले विजोड गति लिएको देखिन्छ । विभिन्न पेशामा लागेकी पारिजातको सम्पूर्ण जीवन भने साहित्य सिर्जनामै वित्यो ।

(उनको विचारमा साहित्य यस्तो शक्तिशाली हतियार हो जुन बेलामौकामा बन्दुक र बम भन्दा पनि बढि विस्फोट हुन्छ।साहित्य चेतना र जागरणको आलोक हो। यथार्थ साहित्यले समाजको वास्ताविकतालाई प्रस्तुत गरि नागरिकलाई चेतना प्रदान गर्दछ र सुधातर्फ अभिप्रेरित गर्दछ ।)

यसरी उनी विभिन्न साहित्यक, संस्कृतिक, राजनीतिक, सामाजिक संघसंस्थाहरूसँग अबद्ध रहिन ।यतिमात्र नभएर राल्फा नामक साहित्यिक आन्दोलनको नेतृत्व समेत गरेकी थिएन पारिजातले। “प्रगतिशील लेखक संघ” को स्थापनामा समेत सक्रिया भूमिका खेल्दै “अखिल नेपाल महिला मञ्च” र बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष इन्द्रेणी सांस्कृतिक समाजका मानार्थ अध्यक्ष नेपाल मानवअधिकार संगठनका संस्थापक उपाध्यक्ष र त्रिभुवन विश्वविद्यालयको सभाको मनोनित सदस्य समेत रहनु भएको थियो। वि.सं. २०४६ को जनआन्दोलनमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। यसका अतिरिक्त उनी “इन्टरनेशल फेमिनिस्ट एम्नेस्टी इन्टरनेशल” जस्ता अन्तराष्ट्रिय संघसंस्थाहरूमा पनि सम्बद्ध हुनुहुन्थ्यो। यसरी देश र जनताको सेवामा सँधै समर्पित रहि रहिन पारिजात।
यसरी उनले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदान कदर स्वरूप उनलाई “मदन पुस्कार” गङ्की वसुन्धारा पुरस्कार” सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार र नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विद्वद्वृत्ति समेत प्रदान गरिएको थियो। भने विभिन्न संघसंस्थाहरूले समेत अभिनन्दन गरेका थिए ।पारिजातको जन्मथलो दार्जिलिङ भएपनि कर्मथलो नेपाललाई नै बनाएकी कर्मठ एवंम् चिन्तशिल पारिजात आजीवन अविवाहित नै रहेर प्रतिकुल परिस्थितिसँग जुध्दै निरन्तर साधनारत रहिन्।सानै उमेरदेखि नै रोगले ग्रसित पारिजात उपचारको लागि वीर अस्पतालमा भर्ना गरी उपचारको क्रममा वि.सं. २०५० साल वैशाख ५गते उनी सदा-सदाको लागि यस संसारबाट विदा भइन।तर पारिजातले हामी सबैको माझ विश्वसामु उनका अनमोल कृतिहरु छोडेर राखेका छन् ।उनको अमूल्य साहित्य सिर्जनाहरुले पारिजातलाई सँधै पारिजातको फूल मगमगाएझैं मगमगाउने छन् सुवास छरिरहने छन् ।

पारिजातको प्रकाशित कृतिहरूः-
कविता संग्रह
१)आकांक्षो
२) पारिजातका कविताहरू
३) बैंशालु वर्तमान
कथा संग्रह
१) मैले नजन्माएको छोरो
२) आदिम देश
३) सडक र प्रतिभा
४) साल्गीको बलात्कृत आासु
५) बधशाला जाँदा आउँदा
उपन्यासहरू
१) शिरीषको फुल
२) महत्ताहीन
३) बैंसाको मान्छे
४) तोरीबारी
५) बाटा र सपनाहरू
६) अन्तर्मुखी
७) उसले रोजेको बाटो
८) पर्खाल भित्र र बाहिर
९) अनिदो पहाडसागै
१०) परिभाषित आँखाहरू र बोनी
संस्मरण र निबन्धहरू
१) धुपीसल्ला र लाली गुराँसको फेदमा
२) एउटा चित्रमय सुरूवात
३) अध्ययन र संघर्ष


अन्तमा
यतिबेला उहाँलाई भौतिक रुपमा नभेटे पनि भावनात्मक रुपमा साक्षात्कार भएको अनुभव गरेंकी छु मैले।साँच्चिकै नजिकैको कृतिमता भन्दा टाढाको सहजता, सरलता, भावनात्मक निकटताको महत्व अझ बढि हुँदोरहेछ।एकमनले दुःख पनि लागेको छ मेरो सानैदेखिको पारिजातलाई भेट्ने, साहित्य लेखनको बारेमा धेरै कुराकानी गर्ने, र उहाँलाई सुम्सुम्याउँने तिब्र ईच्छा चाँहि आधुरै रह्यो।तर आज एउटा तामाङकी छोरी पारिजात विश्व साहित्यको बगैंचामा फुलिरहेको देख्दा भने हामी सबैलाई असाध्यै गर्व लाग्छ।उहाँको कृतिहरुसँगै हुँदा उहाँसँगै भए झैं लाग्छ।
तर एउटा कुरा विश्वले नेपाली साहित्यको बगैँचामा सर्वोच्च व्यक्तित्वको रुपमा महाकवी देवकोटालाई मात्र चिन्छ।के यसो गर्नु ठीक हो त ? उहाँको साहित्यनिष्ट, प्रेम,लगनशीलता र धैर्यतालाई हामीले ह्दयदेखि नै सम्मान गर्नै पर्छ।आज समय भिन्न छ।सबै ठाउँमा अत्याधुनिक स्रोत पुग्दैछन्। प्रविधिको तरंगमार्फत एउटा कम्प्युटर वा ल्यापटपको माध्यमबाट सबैका आ-आफ्नै घर-घरमा प्रेस, छापाखाना र विश्व घुमिरहेको हुन्छ। नेपाली जगतकी सर्वोच्च साहित्कार पारिजात देवकोटाकै दाँजोमा उभिएकी छिन् ।

तर किन जुन सुकै क्षेत्र र तहमा तामाङ र अन्य जातिका बारेमा हेर्ने दृष्टिकोण भने सँधै भिन्न र फरक नै रहेका हुन्छन् ।यतिखेर सहआस्तित्वको समय छ ।यसप्रति सबैलाई बोध गराउनु आवश्य छ।प्रविधि निष्पक्ष हुन्छ यसले सबैलाई समान व्यवहार गर्छ। देशविदेशका फरक-फरक अनुहार र भिन्न -भिन्न बोलीहरुले पढेका पारिजातलाई यतिखेर नेपाली साहित्य संघ संगठनहरुले जसरी देवकोटाको सप्ताहव्यापी रूपमा जन्मजयन्ती हर्षोल्साका साथ मनाउँछन् त्यतिकै रुपमा पारिजातको जन्म जयन्ती वाषिर्की पनि मनाउनु आवश्यक छ।

यदि होइन भने त्यो चाँहि नेपाली साहित्यप्रतिको ठूलो अपमान हुनेछ। जनताको ओंठमा मुस्कान र अनुहारमा विश्वास जन्माउन सक्ने पारिजात आज मात्र नभइ भोलिका पींढीका निम्ति पनि जीवनदायी प्रेरणाको स्रोतका रुपमा दरिनेछन्।भन्नेमा हामी ढुक्क छौं ।

त्यसैले अब यतिखेर राष्ट्रले मात्र नभई नेपाली साहित्य, आदिवासी जनजाति र तामाङ संघसंगठनहरुले पारिजातको प्रतिभाको सहि मूल्याङ्कन उचित सम्मान गरिनुपर्छ ।भन्दै यिनै शब्दहरु सहित श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

साभार :- तामाङ सामाज डट कम
लेखिका तामाङ सामाज डट कमका संवाददाता हुनुहुन्छ ।

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Parijat (पारिजात)
« Reply #8 on: March 28, 2017, 12:47:39 AM »
पारिजातको जीवनकथा
- नरेन्द्रराज प्रसाई

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।

पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् ।

पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।

पारिजातको बाल्यकाल कठ्याङ्ग्रिएर नै बित्यो । सानैदेखि उनी बिरामी भइरहन्थिन् । त्यसै बेलादेखि उनको शरीर कुँजिनेक्रम सुरु भएको थियो । पारिजात तेह्र वर्षी छँदा उनलाई हाडजोर्नी दुख्ने रोगले आक्रमण गरेको थियो । त्यही दुखाइ नै उनको जीवनभरिको साथी बन्न गयो । त्यसले उनलाई हरेक पल दुक्ख मात्र दिइरहृयो ।

पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन् । त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकलकाँटे पनि थिइन् । उनको वैयक्तिक चरित्रले उनलाई काव्ययात्रामा डोर्‍याएको थियो । सानैदेखि उनलाई आफ्नो घरगाउँका पाखा, पर्वत र जङ्गलमा डुलूँडुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा सुतूँसुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँनाचूँ लाग्थ्यो । पारिजात बाहिर गएको बेला सधैँजसो बनपाखाबाट फूल टिपेर ल्याउँथिन् र घरमा सजाउने गर्थिन् । फूल उनको मन पर्ने विषय मानिन्थ्यो ।

बाल्यकालमा नै पारिजातले आफ्नी आमा गुमाएकी थिइन् । त्यसैले घरका कामधन्दाहरू पनि पारिजातमा नै अटाउनुपथ्र्यो । त्यस बेला यिनले यस भूगोलको निर्देशक आफैंलाई ठान्ने गर्थिन् र उनी जे मनमा लाग्यो त्यही गर्ने गर्थिन् ।

पारिजातले छ कक्षा पढ्न थालेदेखि नै धीत मर्ने गरी चुरोट तान्ने गर्थिन् । चुरोटमा राम्ररी बानी परेपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । वास्तवमा बिहानबेलुकाको भात खाइसकेपछि धुवाँको हरर तलतल लागेको यी थाहा पाउँथिन् ।

पारिजातका बाबुको आफ्नी छोरीलाई डाक्टर पढाउने इच्छा थियो । तर पारिजातको भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्नमा नै मन थियो । त्यसैले उनले आफ्ना बाबुका योजनामा आफ्नो एक रत्ती मन दिएकी थिइनन् । उनी आफ्नो जीवनलाई स्वतन्त्र छाड्न प्रकृतिसँग अनुमति माग्थिन् । त्यसैले उनी कहिल्यै पनि अर्काको वशमा परिनन् ।

पारिजात दशौं कक्षासम्म दार्जिलिङमा नै पढेर काठमाडौं प्रवेश गरिन् । काठमाडौंमा यिनी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन् ।

पारिजातले पद्मकन्या विद्याश्रमबाट एसएलसी पास गरिन् । यिनले आईए र बीए पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा पनि यिनले धेरै नै चुरोट तानिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । त्यहीँ पढेताका उनले गोविन्दबहादुर मल्ल गोठालेको 'युगको शिकार' नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन्; त्यस नाटकमा यिनको जोडा चित्तरञ्जन नेपाली थिए । अनि त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए ।

पारिजात स्नातक उत्तीर्ण भएपछि वासुदेव लुइँटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन् । त्यस बेला पारिजात त्यस स्कुलको नवौँ र दशौँ कक्षामा खास गरेर नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन् । त्यस बेला स्कुलमा गाइने प्रार्थनागीत पनि यिनैले लेखेकी थिइन्।स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै यी साहित्यसृजनामा पनि समर्पित थिइन्।पारिजातलाई साहित्यरचनामा प्रेरित गर्नेमध्ये अग्रपङ्क्तिमा चित्तरञ्जन नेपाली थिए ।

मदन मेमोरियल स्कुलमा पढाउँदापढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन् । यसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथको बिमारले कुँजिइन् । त्यसैताका उनले खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गरिन् । त्यही पीडामा रन्थनिएका बेला उनले एउटा उपन्यास पनि लेखिन् । उनको त्यस कृतिको नाउँ 'शिरीषको फूल' रहृयो । वास्तवमा त्यस किताबलाई उनले 'ढिला विष' लगायत एघारवटा शिर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यसैले त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नाउँ 'शिरीषको फूल' राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।

'शिरीषको फूल' लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो । त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन् । एउटा बैँसालु जीवनको भोग गरिरहेकै बेला उनी कुँजिने रोगबाट ग्रसित भइन् । त्यसपछि यिनले धूमपानका अतिरिक्त रक्सीको सेवनमा पनि आफूलाई डुबाउन थालिन् ।
शारीरिक रूपमा दुर्बल, अशक्त र अक्षम भए तापनि मानसिक रूपमा पारिजात सशक्त थिइन् । उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनीप्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो । बैंसका बेलामा त यी सुगन्धित गुलाफ नै थिइन्।ईश्वर बरालका अनुसार भन्ने हो भने "बैंसमा पारिजातको रूप, शरीर र बोली तीनै थोकले युवाहरू मोहित हुन्थे ।" त्यसैले धेरै युवाहरू उनका छेउ पुग्न धुरिन्थे ।

पारिजात प्रेमी स्वभावकी थिइन् । धेरैले पारिजात र शङ्कर लामिछानेका बीचमा पनि प्रेम रहेको शङ्का गरे । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले भनेका थिए "शङ्कर लामिछाने पारिजातका भान्से मात्र थिए; प्रेम गर्ने अरू नै थिए ।" पारिजात सेक्सका मामलामा पनि त्यति टाढा थिइनन् । सेक्सका बारे उनी निर्धक्क भन्न र लेख्न पनि चुक्तिनथिन् र पछिसम्म उनले भनिरहिन् "मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि छ मसँग ।"

चौध वर्षपुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन् । उनी सुन्दरी भएकै नाताले काठमाडौंमा पनि प्रायः साहित्यकारहरू उनका पछि लागिरहन्थे । त्यति बेला खास गरेर यौनपिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो । वास्तवमा त्यस घडी आफ्नो नारीत्व जोगाउन उनी असफलै पनि थिइन् । किशोरावस्थामा नै दार्जिलिङबाट स्वच्छ तन लिएर काठमाडौंमा पसेकी पारिजातले भनेकी पनि थिइन् "म दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिएँ, म कुनै करप्टेड केटी थिइन ।"

पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम पनि लेखिन्, प्रकृति पनि लेखिन् र जीवन र जगत् पनि लेखिन् । लेख्तालेख्तै यिनले जम्माजम्मी तेईस पुस्तक लेखिन् ।

पारिजातका जेजति साहित्यिक सृजना भए तापनि उनी 'शिरीषको फूल' ले नै बाँचेकी छिन् । उनका अन्य कृतिहरू आआफ्नै ठाउँमा स्थापित भए तापनि पारिजातलाई 'शिरीषको फूल'ले मात्रै अघि सारेको छ । तर उनले कुनै बेला भनेकी थिइन् "मेरो शिरीषको फूल च्यातिदिनू ।" वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले 'शिरीषको फूल'लाई 'कागजको फूल' लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन् । मदन पुरस्कारसमेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासका रूपमा स्वीकार्दै जान थालेकी थिइन् ।

पारिजातको जीवनको दुर्भाग्य उनको शरीर र घरको दयनीय आर्थिक अवस्था नै थियो । आर्थिक अवस्था ब्रि्रेका कारणले पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेम पनि बेचेकी थिइन् । पारिजात बिरामी भएर थला पर्दा ठाउँठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो । जिल्लाजिल्लामा यिनको सहयोगार्थ थैली भेला पारिन्थ्यो । तर यिनका नाउँमा जेजति पैसा उठाइए तापनि यिनले कहीँबाट पनि कुनै पनि प्रकारका चन्दा र आर्थिक सहयोग लिइनन् ।

पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे । पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अङ्कमाल गर्‍यो । त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी, राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो।

पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा पसिन् । उनी नेपाल मानवअधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन् । उनी प्रगतिशील लेखक सङ्घकी सदस्य पनि भइन् । उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष थिइन् । उनी मार्क्सवादी विचारमा बगेकी स्रष्टा थिइन् ।

पारिजात नेपाली भाषासाहित्यको सेवा गरेबापत उनी २०२२ सालमा मदन पुरस्कारबाट सम्मानित भइन् । साथै यिनले गंकी वसुन्धरा पुरस्कार र र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन् । त्यतिमात्रै होइन यिनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट विद्वद्वृत्ति प्राप्त गरेकी थिइन् । उनी त्रिभुवन विश्वविद्यालय सभाको सदस्यमा मनोनीत भइन् । त्यसै गरी उनलाई नेपाल तामाङ घेदुङ सङ्घ र 'जनमत' साहित्यिक मासिकबाट अभिनन्दन गरिएको थियो । उनको शेषपछि उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा ल्यायो । त्यसै गरी ठाउँठाउँमा पारिजातका सालिक बन्न थाले । त्रिमूर्ति निकेतनले प्रेमराजेश्वरी थापा, गोमा र पारिजातलाई एकै ठाउँमा जोडेर पारिजातको पूर्णकदको सालिक निर्माण गर्ने पहल गरेको छ । उनका नाउँमा शिक्षण संस्था खुलेका छन् । उनका नाउँलाई शिर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए।

पारिजातको इहलीला २०५० साल वैशाख ५ गते एकाबिहानै समाप्त भएको थियो । पारिजातको स्वर्गारोहणले एकपटक नेपाल नै हल्लियो । नेपाली साहित्यकी सुगन्धको विर्सजनले नेपाली भाषासाहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो । त्यसपछि पारिजात एउटा राजनैतिक खेमाकी सम्पत्ति मात्र नभई समस्त नेपाली भाषासाहित्यकी र्सार्वजनिक सम्पत्ति बनिन् । उनका कृतिले नै उनी पाठकका भावनामा विराजमान भइन्