Author Topic: Namrata Shrestha - Photos and Profile  (Read 168146 times)

0 Members and 1 Guest are viewing this topic.

pradman03

  • 50x
  • ****
  • Posts: 406
Re: Namrata Shrestha - Photos and Profile
« Reply #20 on: October 12, 2009, 08:51:41 PM »
sick comment

luckykhadka

  • xNew2
  • **
  • Posts: 8
Re: Namrata Shrestha - Photos and Profile
« Reply #21 on: October 13, 2009, 10:37:01 PM »
yes !
yo lekh ati uttam ho Tikaram rai Ji, hamro samaj sex ko bare ma yeti gaharai ma cahi na puknu parni ho .21 st century
ma aayoko world yeti bela namrata lai uphelna na garnu parne ho.
namarata ko privacy relation  ma kasilai pani interfare garnu jarurat chaina. jun Lamkhutte ko chora/chori le
yo video sarvajanik garyo tyeslai kada bhanda kada karvahi hos ani hamro desh ko mahila le uni prati support
garnu parcha.sabai sanga galti huncha ra namarata le pani clip record gari bhul bhayo..
Plz don't take it nagatively what she done whoever knows about this matter.
" KASAIKO PANI JEEVAN MATHI HAMI KASAILE PANI KHELWAD NA GARUN", YO MANAVATA HO.......
Namrata we are with u ... !
Milan Gajmer(Goplee),Narayan Bhatt,Narayan khadka,Bhawinidhi Basula,Guru Prasad,suman kharel,Shiva kumar chudhary,bharat karki,vijay dhungana,and all 468 centerpoint Nepali staffs working in Jeddah.


kurakani

  • 50x
  • ****
  • Posts: 2484
Re: Namrata Shrestha - Photos and Profile
« Reply #23 on: November 04, 2009, 12:29:51 AM »
नम्रताको चलचित्रमा पुनरागमन

२०६६ कार्त्तिक १७, मंगलवार

अश्लिल भिडियो सार्वजनिक भएको दुई महिना बित्न नपाउँदै नायिका तथा मोडल नम्रता श्रेष्ठ पुन: नेपाली रजतपटमा आउने भएकी छिन् ।  दुर्व्यसनीको कुलतमा फसेकी एक महिला एकता महतको वास्तविक जीवनमा आधारित एक चलचित्रमा नम्रताले प्रमुख पात्रको रूपमा अभिनय गर्ने भएकी छिन् ।

 

एकता महत जो १४ बर्षको उमेर देखिनै लागुऔसध दुर्व्यसनीको कुलतमा फसेकी थिईन् । हाल आएर उनी एचआईभी/एड्स र लागुऔसध सम्बन्धी सचेतनामुलक एक संस्थामा आबद्व छिन् । एकताको जीवनको सचित्र घटनालाई पर्दामा उतारेर बनाउन लागिएको यस चलचित्रको निर्देशन प्रचण्ड श्रेष्ठले गर्ने भएका छन् ।

 

व्यबसायिक चलचित्रमा अभिनय गरेकी नायिका नम्रताको लागी यो भुमिका निकै 'च्यालेन्जिङ' हुनेछ । आफ्नो भुमिका 'च्यालेन्जिङ' हुने भएर नै होला नम्रता दुर्व्यसनीमा फसेकाहरूको मनोबिज्ञान, बानिव्यहोरा र जीवनशैलीसँग नजिकिन 'रिह्याब सेन्टर' मा जाने सोच बनाएकी छिन् ।

 

नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा आशालाग्दो प्रतिभाको रूपमा मानिएकी यी नायिकाको 'स्काण्डल' को कारणले भबिश्य डामाडोल हुन्छ भनेर अडकल काटिरहेको बेला नम्रताको पुनरागमनले उनका शुभचिन्तकहरूको लागि यो पक्कै पनि खुसीको खबर हुने छ तर आम दर्शकहरूले उनको यात्रालाई कति सम्म साथ दिने हुन् त्यो भबिश्यले नै बताउला ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Namrata Shrestha - Photos and Profile
« Reply #24 on: November 04, 2009, 05:53:45 AM »
good news

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Namrata Shrestha - Photos and Profile
« Reply #25 on: November 05, 2009, 07:10:45 AM »
नम्रताको सेक्स भिडियोको व्यापार
by- अच्युत कोइराला

काठमाडौँ, असोज १८/नायिका तथा मोडल नम्रता श्रेष्ठको सेक्स भिडियो अब इन्टरनेटमा व्यापारसमेत हुन थालेको छ । नायिका तथा मोडल नम्रताले यो भिडियो आफ्नो होइनसमेत भन्न नसकिरहेको अवस्थामा उनका दुईवटा भिडियोलाई अमेरिकी एउटा वेबसाइटले सनसनीखेज भिडियो भन्दै इन्टरनेटमा बेच्न थालेको छ । नम्रताकै नाउँमा खोलिएको नम्रताश्रेष्ठडटकममा भिडियोका बारेमा जानकारी दिइएको छ भने त्यहाँ क्लिक गरेपछि खुल्ने अर्कै वेबसाइटमा उनको भिडियो बेच्न थालिएको हो ।

बेबिलोन-एक्सडटकमको प्रथमपृष्ठमै उनको तश्वीर र भिडियोलाई उपयोग गर्दै भनिएको छ- यो भिडियो नेपालकै ख्यातिप्राप्त मोडलमध्ये एक नम्रता श्रेष्ठको हो । सानो संसारकी २३ वर्षीया नायिका वेभ र भोउ म्यागेजिनको कभरमा समेत छापिएकी छन् ।

उनका बारेमा गलत सूचना दिँदै वेबसाइटले लेखेको छ- उनी विवाहित हुन् तर यो सेक्स भिडियो उनको श्रीमान्‌सँग गरिएको राशलीलाचाहिँ होइन । नम्रताले आधिकारिकरुपमा यो भिडियो आफ्नो हो भनेकी त छैनन् तर उनका थुप्रै स्रोतहरुबाट यो उनकै भिडियो हो भन्ने थाहा भइसकेको छ ।

र, उक्त कथनभन्दा अघिका वाक्यहरु लेख्न लायक छैनन् किनभने उक्त अश्लील वेबसाइट भएका कारण त्यहाँ त्यस्तै अश्लील शब्दहरु लेखिएका छन् । उनको भिडियो हेर्नका लागि एक अमेरिकी डलर तिरे पुग्छ ।

यो भिडियो इन्टरनेटमा छरिएपछि दशैँभर कुनै पनि सार्वजनिक स्थानमा नदेखिएकी नायिका नम्रताका लागि ठूलो र अप्रत्यासित घात हुन पुगेको छ । डीजे तान्त्रिकसँग यौनरत अवस्थामा खिचिएको भनिएको यस भिडियोका बारेमा आफूले पत्रकार सम्मेलन गर्ने भने तापनि नम्रताले कुनै सम्मेलन गरिनन् ।

उनका नजिकका साथी र नातेदारहरुले आफूले चिनेजानेका पत्रकारहरुलाई यस बारेमा उति धेरै नउछाल्न अनुरोध गरिरहेको अवस्थामा यो भिडियोको इन्टरनेटमा व्यापारसमेत हुन थालेको हो । नम्रताको वेबसाइट र उनको भिडियो बेच्न प्रयोग गरिएको वेबसाइट दुवै अमेरिकामा रजिष्टर गरिएका हुन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Namrata Shrestha - Photos and Profile
« Reply #26 on: January 31, 2010, 01:14:53 AM »

thedevilway

  • NewX
  • *
  • Posts: 1
Re: Namrata Shrestha - Photos and Profile
« Reply #27 on: January 31, 2010, 12:38:56 PM »
guys when paris hilton has a porn video she is more popular and even she is interview by larry king live which is one of the most popular show in cnn,and namrata is a big celebrity in nepal.........................

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Namrata Shrestha - Photos and Profile
« Reply #28 on: January 31, 2010, 02:10:39 PM »
Latest interview :

http://blog.xnepali.com/namrata-shresthas-latest-interview/


guys when paris hilton has a porn video she is more popular and even she is interview by larry king live which is one of the most popular show in cnn,and namrata is a big celebrity in nepal.........................


Pooja Lama reacted too fast ........... too bad for her

:D
:D

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Namrata Shrestha - Photos and Profile
« Reply #29 on: February 25, 2010, 10:43:27 AM »
नम्रता-माल्भिका क्रिकेटमा

कान्तिपुर संवाद्‍दाता


पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल मल्भिका सुब्बा र नायिका नम्रता श्रेष्ठ । तस्विरःविकास रौनियार
काठमाडौ, फाल्गुन १३ -
राजधानीमा चलिरहेको विश्व क्रिकेट लिग डिभिजन ५ मा नेपाली क्रिकेट टिमले राम्रो प्रदर्शन गरिरहेका बेला राजेश हमाल, निखिल उप्रेती, अशोक शर्मा, रेखा थापा लगायत नेपाली सिनेस्टारले पनि अब क्रिकेट खेल्ने भएका छन् । फिल्मस्टार टिमको तर्फबाट खेल्न लागेका उनीहरू पदकका लागि भने प्रतिस्पर्धा गर्न लागेका होइनन् ।

सांगि्रला क्रिकेट एकेडेमीले कुरिनटारमा चैत १३ देखि गर्न लागेको 'बिच क्रिकेट फेस्टिभल' मा क्रिकेट र खेल पर्यटनको विकासका लागि उनीहरू खेल्न लागेका हुन् । नरम बलले बालुवामा खेलिने पाँच ओभरको उक्त खेलमा प्रत्येक टिममा पाँच खेलाडी रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बिच क्रिकेट फेस्टिभलकी सद्भावना राजदूत नम्रता श्रेष्ठ, मोडल माल्भिका सुब्बा र सभासद् गगन थापा सहयोगी रहेको क्रिकेट महोत्सवमा पर्यटन र संरक्षणको क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संस्था सहभागी हुने बताइएको छ । महोत्सव दुई दिन एक रातको गरी तीन चरणमा चल्नेछ । क्यारेवियन पुल पार्टीसहित डिजे संगीत रहने महोत्सव वैशाख ४ मा सकिनेछ ।