Author Topic: Jokes in Nepali -  (Read 184229 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Love letters of different professionals (in Nepali)
« Reply #10 on: May 16, 2009, 11:50:06 PM »
कम्प्युटर को प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Love letters of different professionals (in Nepali)
« Reply #11 on: May 16, 2009, 11:50:15 PM »

ड्राइभरको लवलेटर
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर Ps,
बि.च.रा.४३२३

KiNgMaKeR

  • Global Moderator
  • ******
  • Posts: 3183
  • be the ONE like no ONE
Re: Love letters of different professionals (in Nepali)
« Reply #12 on: May 18, 2009, 07:38:14 AM »
wa wa wa wa dammi cha bro yarr hah hha hha

हामी नेपाली हाम्रो Xनेपाली

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #13 on: July 18, 2009, 05:53:17 AM »
मुन्द्रे: यार म बच्चाबेलामा २० तल्लाबाट खसेको थिए।।

रुपक: अनि बाच्यौ की मर्यौ?

मुन्द्रे: थाहा नै भएन यार धेरै पुरानो कुरा हो....

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #14 on: July 18, 2009, 05:54:25 AM »
एक पुलिसको घरमा चोर आएछ

पुलिसको स्वास्नीले पुलिसलाई उठाउन खोजिछे

पुलिस रिसाउदै भनेछ: सुत्न देउ,म अहिले डुयुटीमा छैन

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #15 on: July 18, 2009, 05:55:24 AM »
एक आर्मीको पार्टीमा पार्टी सके पछि सैनिक हरु बियर खल्तिमा लुकाउदै रहेछन।

यो कुरा मेजरले देखेछ र रिसाउदै भनेछ: यो के गरेको

सैनिक: तपाईले नै सिकाउनु भएको जसलाई हामी मार्न सक्दैन त्यसलाई बन्दी बनाउदै छौ

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #16 on: July 18, 2009, 05:55:45 AM »
(मुन्द्रे र उसको साथी डुङ्गामा गहिरहेका थिए अचानक डुङ्गामा प्वाल पर्यो)

मुन्द्रे: अर्को प्वाल पनि पारिदेऊ।

साथी: किन?

मुन्द्रे: एउटाबाट आउँछ र अर्कोबाट जान्छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #17 on: July 18, 2009, 05:56:12 AM »
प्रन्सिपल:ल राम भन त फस्ट एड भनेको के हो?

राम:ठुलो स्वर मा ,पहिलो बिज्ञापन सर

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #18 on: July 18, 2009, 05:57:21 AM »
केटी: हप्तामा तिमी कति चोटि दारी काट्छौं?
केटा: हप्तामा होइन म त दिनमा नै चालिस पटक दारी काट्छु।
केटी: के तिमी पागल हो?
केटा: होइन,

---------

-------------

हजाम हुँ।।।।।।।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #19 on: July 18, 2009, 05:57:45 AM »
(मान्छे मारेको केशमा मुन्द्रेलाई अदालतमा लगियो)
जज: यस मुन्द्रेको दुईटै कान काटि देऊ।
मुन्द्रे: नाई म अन्धा हुन्छु।
जज: मुर्ख कान काटेर कसरी अन्धा होइन्छ।
मुन्द्रे: चस्मा कहाँ लगाउने र?