Author Topic: New Nepali Movies * News *  (Read 17453 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: New Nepali Movies * News *
« Reply #10 on: March 07, 2015, 12:06:54 PM »
अहिले सम्म फिल्म हलमा रिलिज नै नगरी इन्टरनेटमा रिलिज गरिएको पहिलो नेपाली फिचर फिल्म "राघव" हो ... राजबल्लभ कोइरालाले बनाएको यो फिल्मले नेपाली सिने क्षेत्रमा र सरकारी दमनको राम्रो जवाफ दिएको छ // अब आएर सरकारले फिल्म क्षेत्रलाई कन्ट्रोल गर्न सक्दैन भन्ने यो उदाहारण मात्र हो ...

'झिग्राना' ले सेन्सर वोर्डले हटाउनु भनेको सिन लाई युट्युबमा रिलिज गरेर वोर्डलाई पंगु बनाएर मेसेज दिएको मात्र हो ... राम्रो फिल्म बनायो भने, अब सेन्सर वोर्ड बाट पास गर्नु कुनै आबश्यकता नै रहदैन ...

"राघव" हेर्नुहोस :

http://xnepali.net/movies/nepali-movie-raghav/

anand

  • Administrator
  • *******
  • Posts: 767
Hawaldar Suntali lyricist accused of child rape
« Reply #11 on: March 12, 2015, 08:45:23 AM »
http://xnepali.net/movies/hawaldar-suntali-song-writer-dinesh-subedi-accused-of-child-rape/

हवल्दार सुन्तलीका गीतकारले बालिका बलात्कार गरे

रिलिजको तयारीमा रहेको छवि ओझाको फिल्म हवल्दार सुन्तलीको गीत ‘तिमी १९ इयरकी व्युटी..म ह्यान्डसम २१ को' गीतका गीतकार दिनेश सुवेदीलाई ९ बर्षकी बालिका बलात्कार गरेको अभियोग लागेको छ।
 
शिक्षक पेसामा पनि आवद्ध सुवेदीलाई मकवानपुरको दामन पालुङमा रहेको सेती गणेश माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्ने विद्यार्थी बलात्कार गरेको भन्दै गाउँलेले कालोमोसो दलेर यातना दिएका थिए। बलात्कारका घटना बढेको भन्दै फाँसीको सजायको माग गर्दै देशभर प्रदर्शन भइरहेका बेला सुवेदीले अध्यापन गराउने उक्त विद्यालयकी एक छात्रालाई बलात्कार गरेको भन्दै गाउँलेले यातना दिएका थिए।
 
सुवेदीलाई आक्रमण गर्दा प्रहरीले रोक्ने प्रयास गरेका थिए। तर, आक्रोशित गाउँलेका अगाडी प्रहरीको पनि केही सीप नलागेको प्रत्यक्षदर्शीले बताए। यसैबीचमा आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर समेत गर्नुपरेको मकवानपुर प्रहरीले जनाएको छ।
 
बलात्कारको आरोप लागेका दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाएको पीडित बालिकाले बताएकी छन्। तर बालिकाको परिवारले घटना थाहा पाएपछि बुधबार साँझ सवै कुरा सार्वजनिक भएको थियो।
 
बलात्कारको अभियोग लागेका सुवेदीले स्थापित हुँदै गरेका नयाँ संगीतकार टंक बुढाथोेकीका संगीत रहने गीतमा शब्द कोरेका थिए। उनी गीतकार रहेको करन क्रेजीको जन्जिर फिल्मको आईटम गीत, ‘एउटा साथीको भटभट', रेखा थापाको हिम्मतवालीको ‘मलाई पागल बनाउँने' र अहिले हवल्दार सुन्तलीको गीत लेखेका थिए।


anand

  • Administrator
  • *******
  • Posts: 767
Re: New Nepali Movies * News *
« Reply #12 on: March 13, 2015, 01:27:14 AM »
नाईं नभन्नू ल ३ ट्रेलर
***
मुटु दुईवटा हुँदैन एउटा थियो तिमीलाई दिएँ

बर्षको सर्वाधिक प्रतिक्षित  फिल्म नाईँ नभन्नू ल ३ को ट्रेलर रिलिज भएको छ

चैत्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँने यस फिल्मको ट्रेलरमा अनुभव रेग्मीका डाईलगलाई मुख्य हाईलाईट गरिएको छ ।
त्यस अलवा प्रियंका कार्की र संयम पुरीको पनि डाईलग छन् जसले तपाईको मनलाई कहि कतै नछोला भन्न सकिन्न ।

अन्य दुई ठूला मेकरका फिल्म हवल्दार सुन्तली र सेतो बाघसंगै मैदानमा उत्रिने यस फिल्मको ट्रेलरमा आर्यन सिग्देल बाहेक   संचिता लुइँटेल, सुरज सिंह ठकुरी र  आश्मा डिसीका डाईलग भने समावेश छैन।



anand

  • Administrator
  • *******
  • Posts: 767
Re: New Nepali Movies * News *
« Reply #13 on: March 13, 2015, 10:52:45 PM »
आज रिलिज भएका फिल्महरू -- "किल्ला" र "जोश" 
- दुबै एक्सन फिल्म हुन
- दुबैमा प्रिया रिजाल ले आइटम डान्स गरेकी छिन
- दुबै फिल्म काठमाण्डौं बाहिर शुटिंग भएका हुन -- किल्ला - झापामा भने जोश चितवन र नवलपरासी मा शुटिंग भएका हुन


फिल्महरूको बारेमा पढ्न --> http://xnepali.net/movies/friday-release-killa-and-josh-2/




बिस्तृत विवरण :
http://filmsofnepal.com मा पनि छ

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: New Nepali Movies * News *
« Reply #14 on: March 16, 2015, 02:57:38 AM »
Jharana's marriage


anand

  • Administrator
  • *******
  • Posts: 767
Re: New Nepali Movies * News *
« Reply #15 on: March 16, 2015, 02:34:25 PM »
हवल्दार सुन्तली ढिकी च्यायू गीत रिलिज
यहि कारण हुनेछ 'नाईँ नभन्नू ल ३' लाई चुनौती

चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म हवल्दार सुन्तलीको नयाँ गीत रिलिज भएको छ ।

यस अघि दुई गीत रिलिज गरिसकेका निर्माता छवि ओझाले बाल स्टोरीमा आधारित रहेको अर्को गीतलाई सार्वजनिक गर्दै नाईँ नभन्नू ल ३ टिमलाई चुनौति दिने प्रयाश गरेका छन् ।

चैत्र २७ मा नाईँ नभन्नू ल ३ का साथ रिलिज हुने यस फिल्ममा पनि बाल कथा समावेश हुनु नाईँ नभन्नू ल ३ का लागि प्रमुख चुनौति हो भन्ने हाम्रो समीक्षा छ  ।  किन कि नाईँ नभन्नू ल सिरिज अनुभव रेग्मी माथि केन्द्रित  फिल्म हो ।

ठूलो प्रतिष्र्धा निश्चित रहेको यी दुई फिल्मको ब्यापारिक रिजल्ट के होला त्यो भने चैत्र २७ ले देखाउँला तर नाईँ नभन्नू ल ३ लाई चुनौति दिने हवल्दार सुन्तली को ढिकीच्यायू गीत यस्तो बनेको  छ हेर्नुस् ।





आर्यन सिग्देल लिड रोलमा रहेको फिल्म आवेगको टिमलाई सुर्दशन थापाको चंखे शंखे पंखे टिमले हराईदिएको छ ।


बक्स अफिश पत्रिकाको आयोजनामा भएको फुटबल म्याचमा २ -१ गोल अन्तरले हराउँदै सुर्दशन थापाको टिमले म्याच जितेको हो ।

आर्यन र सुर्दशन कुनै समयका निकै मिल्ने साथी हुन तर फुटवलको मैदानमा भने यी दुईको मुठभेट हुन सकेन ।


खुट्टाको शल्यक्रिया गरिएको कारण आर्यन मैदानमा उत्रिन नसक्दा आर्यनका निर्देशक बसन्त निरौला अभिनेत्री पवित्रा आचार्य संगीतकार टंक बुढाथोकी सहित  प्राविधिक टिमले गेम खेलेको थियो  ।  यस्तै चंखेको टिमबाट निर्देशक एवं अभिनेता सुर्दशन थापा, हिरोइन पूजा शर्मा, कलाकार प्रेम पुरी, निर्माता सन्तोष सेन सहित अन्य प्राविधिकहरु थिए ।


आवेग र चंखे शंखे पंखे आउँने बर्ष रिलिज हुने फिल्महरु हुन ।  ‘रिलिज हुन लागेका फिल्महरुको प्रत्यक्ष प्रोमोश्न होस भनेर हामीले यस पटक पनि बक्स अफिश फिल्म प्रोमोश्न कपको आयोजना गरेका हौ ।’  आयोजक प्रमुख आरके सुबेदीले जनाएका छन् ।

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: New Nepali Movies * News *
« Reply #16 on: March 17, 2015, 10:56:42 PM »
अष्ट्रेलियामा बिक्यो ‘वडा नं ६’


फिल्म ‘वडा नं ६’ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । कार्यक्रम लागि हाल अष्ट्रेलियामा रहेका निर्माताद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले एनआरएन इभेन्ट्सका खिलेन्द्र तिमल्सिनासँग आफ्नो फिल्मलाई त्यहाँ प्रदर्शन गर्ने दुई पक्षिय सम्झौता गरेका हुन् ।

निर्मात्री दिपाश्री निरौलाले १५ लाख नेपाली रुपैयाँमा फिल्म ‘वडा नं ६’ को अष्ट्रेलिया प्रदर्शन अधिकार सम्झौता भएको दाबी गरिन् । पोष्ट प्रोडक्सनमा रहेको आफ्नो फिल्मको अन्य मुलुकमा पनि प्रदर्शन अधिकारी बिक्री गर्ने बारे कुरा भैरहेको दिपाले बताइन् । दिपक, दिपा र निर्मल शर्माले संयुक्त रुपमा निर्माण गरेको दोश्रो फिल्म ‘वडा नं ६’ लाई नेपालको एफडि कम्पनीले मोफसलका लागि रु.३५ लाख न्यूनतम मूल्यमा वितरणको जिम्मा लिएको छ । यो टिमले पहिलो पटक निर्माण गरेको फिल्म ‘६ एकान ६’ व्यापारिक रुपमा सफल भएको थियो ।

उज्जवल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ मा कथाकार समेत रहेका निर्माता गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, प्रियंका कार्की, निर शाह, अनुराग मानसिंह कुँवर लगायतको अभिनय रहेको छ । अभिमन्यू निरवीको लेखन रहेको फिल्म द्धन्द्धकालिन परिघटनामा आधारित छ ।   

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: New Nepali Movies * News *
« Reply #17 on: March 20, 2015, 10:57:02 AM »
SAD news

cinematographer Purushottam Pradhan's wife died
http://xnepali.net/movies/rip-anu-shrestha-wife-of-purushottam-pradhan-died/

She had given birth to a daughter 24 days ago.




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: New Nepali Movies * News *
« Reply #18 on: March 23, 2015, 10:16:04 PM »
ठमेल डटकमको फष्टलुक पोष्टर



गोपीकृष्ण मुभिज प्रा.ली.को ब्यानरमा बनेको चलचित्र ठमेल डटकमको फष्टलुक पोष्टर रिलिज गरिएको छ । पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेललाई फिचर गरिएको छ । पोष्टर हेर्दा चलचित्र एक्सन सिनेमा हो भनी अनुमान लगाउन सकिन्छ ।


राजकुमार शर्माको निर्देशन रहने यस चलचित्रमा ठमेलको परिवेशलाई प्रस्तुत गरिनेछ । चलचित्रमा तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स र द्वन्द्वको कुराहरु हेर्न पाईनेछ । चलचित्रमा एन. बि. महर्जनको द्वन्द्व, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत रहनेछ । चलचित्रका गीतमा दयाराम पाण्डले शब्द भरेका छने भने राजेश पायल राई, माण्डवी त्रिपाठी, प्रल्हाद तिमिल्सिना र अनिल सिंहको आवाज रहेको छ ।

निकीता पौडेल, निरज पौडेल, निरक पौडेलको निर्माण गरेको यस सिनेमामा ब्रजेश खनालको पटकथा सम्वाद, राजु विक्रम थापाको छायाँकन अनि कविराज गहतराज र गोविन्द राईको नृत्य रहने छ ।