Author Topic: Sequel in Nepali film industry  (Read 4064 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Sequel in Nepali film industry
« on: February 22, 2015, 12:38:47 PM »
Credit - Anand Nepal (writer in http://xnepali.net/movies)



- Himmat and Himmat 2 are two sequels of the past
- Aago and Aago 2
- Not sequel but, two version of Santan and two version of 'Chino', two versions of 'Kusume Rumal', two versions of 'Aama' were also released in Nepali film industry.


http://xnepali.net/movies/jholey-sequel-announced-new-trend-in-nepali-film-industry/

Upcoming sequel movies (and links to watch the previous sequels)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sequel in Nepali film industry
« Reply #1 on: February 22, 2015, 12:40:03 PM »
सौगातलाई समाउँदै कबड्डी कबड्डी निर्माण घोषणा
खोक्ने देखि बोक्ने सवै दोहोरिने

यहि बर्षको हिट फिल्म कबड्डीको सिक्वेल निर्माण घोषणा गरिएको छ ।

कबड्डी फिल्ममा खोक्ने देखि लिएर मैयालाई बोक्ने सम्मका सवै कलाकारहरु दोर्‍याउँदै उक्त यूनिटले कबड्डीको सिक्वेल कबड्डी कबड्डी घोषणा गरेको हो ।

रामबाबु गुरुङ्ग निर्देशित कबड्डी गाउँले परिवेशको फिल्म थियो जसलाई दर्शकले अत्याधिक रुचाएका थिए । फागुन २५ देखि सुटिङ सुरु गर्ने लक्ष्य  सहित यूनिटले फिल्म निर्माणको घोषणा आज गरेको हो ।

दिईएको जानकारी अनुसार कबड्डी कबड्डीमा दयाहाङ राईका नजिकका दोष्त सौगात मल्ल पनि मुख्य भूमिकामा हुनेछन् । प्रेम र राजनीतिको भीडन्तलाई मुख्य कथा  बनाएर कबड्डी कबड्डीको स्क्रिप्ट तयार गरिएको  यूनिटको भनाई छ ।

प्राय सवै काष्ट एण्ड क्रु दोहोरिने बताईएपनि मुख्य छायाँकार पुरुषोत्तम प्रधानको समय नमिलेपछि यो सिक्वेललाई शैलेन्द्र ध्वज कार्कीले खिच्ने छन् । कबड्डी कबड्डीमा ९५ प्रतिशत दृश्य मुस्ताङको हुने बताईएको छ ।


from - newsfilmy.com

**************




कबड्डीको सिक्वेल कबड्डी कबड्डी , के के फरक हुनेछ ?

फागुन ९ , कलिउड अपडेट ।
हिट चलचित्र कबड्डीको सिक्वेल चलचित्र कबड्डी निर्माण हुने भएको छ । यो चललचित्र फागुन २५ देखि फ्लोरमा जाने छ । करिव ९५ प्रतिशत मुस्ताङमा छायांकन हुने यो चलचित्र कबड्डीमा काजिको प्रेमले निरन्तरता पाउने छ ।


कबड्डी र कबड्डि कबड्डिमा के के फरक हुनेछ त ?

पात्र , स्थान , मायाप्रेम लडाइ झगडा , नौरीकोट गाउँ , थकालि समाज , बिरकाजि , मैया , एकोहोरो प्रेम , एकोहोरो उपेक्षा सवै उस्तै हुने छ तर भोटको राजनिति संगै शहरबाट एउटा नयाँ अनुहार गाउ प्रवेश गर्ने छ । उसको नाम हुनेछ बमकाजि । पहिलो कबड्डिमा प्रेमले सिमा नाघेको थियो भने यस पटक प्रेममा जवरजस्ति राजनिति पनि घुसेको छ । पहिले बदला लिन शहरबाट भिलेन आएको थियो भने यस पटक शहरबाट बंशभित्रै बाट भिलेन आइ पुग्दा काजिको पारो तात्ने छ । कबड्डिको सिक्वेलमा यस पटक सौगात मल्लको पनि इन्ट्रि हुने छ , बमकाजिको रुपमा ।
चलचित्रलाइ रामबाबु गुरुङले निर्देशन गर्नेछन् भने कार्यकारी निर्माता निश्चल बस्नेत हुन् । चलचित्रको कथा पटकथा संवाद रामबाबु गुरुङ र उपेन्द्र सुव्बा को रहेको छ । चलचित्रका निर्माताहरु सुनिल चन्द रौनियार र रौनक बिक्रम कँडेल हुन् । यसैगरी कबड्डि कबड्डिका सहनिर्माता ओम चन्द रौनियार र अर्जुन कार्कि हुन् । चलचित्रका गितमा रोहित शाक्यको रहने छ भने द्धन्द कुमार महर्जनले गर्ने भएका छन् ।
चलचित्रमा दयाहाङ राइ , सौगात मल्ल , निश्मा गुरुङ , बिजय बराल , बुद्धि गुरुङ , कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहने छ ।



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sequel in Nepali film industry
« Reply #2 on: February 24, 2015, 12:54:42 AM »
`बाटो मुनिको फूल २` शुरू


चर्चित फिल्म `बाटो मुनिको फूल`को सिक्वेलको छायांकन शुरू गरिएको छ । झापाका विभिन्न रमणिय स्थानमा यो फिल्मको छायांकन गरिनेछ । ९० प्रतिशत छायांकन झापामै गरेर यसको यूनिट काठमाण्डौ फर्कनेछ ।
 
फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । फिल्मको निर्माण यश कुमारले गर्न लागेका हुन् । यो फिल्ममा बाबु बोगटी, यश कुमार, दिलिप रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मी, रिमा विश्वकर्मा, गणेश उप्रेती, सुभद्रा अधिकारी, टिका पहाडी लगायतका कलाकारको अभिनय रहनेछ ।
 
फिल्ममा मानकृष्ण नकर्मीको छायांकन, यश कुमार र बाबु बोगटीको संगीत, चन्द्र पन्तको द्धन्द्ध, गोविन्द प्रभातको नृत्य रहने छ । 'बाटो मुनिको फूल २'मा पहिलो फिल्ममा नखुलेका बिषयलाई उठान गरिने यश कुमारले जानकारी दिए ।



anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Sequel in Nepali film industry
« Reply #3 on: March 24, 2015, 01:21:09 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sequel in Nepali film industry
« Reply #4 on: December 21, 2015, 08:20:32 AM »
फिल्म : कबड्डी कबड्डी
निर्देशक : रामबाबु गुरुङ
कलाकार : दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, उपेन्द्र सुब्बा, शिशिर बाङदेल, पुष्कर गुरुङ, कविता आले, पशुपति राई, अरुणा कार्की, कमलमणी नेपाल आदी ।
सेतोपर्दा टिम
भनिन्छ, युद्ध र प्रेममा हरेक कुरा जायज हुन्छ । विरकाजीले मैयाँलाई कति प्रेम गर्छ, ‘कबड्डी’ मा हेरिसकेका दर्शकका लागि त्यसको सिक्वेल ‘कबड्डी कबड्डी’ मा उसले बिहे गर्ला ? वा फेरि शहरिया केटो आएर भाँजो हाल्ला ? ‘कबड्डी कबड्डी’ को कथानक रोचकता यसैको सेरोफेरोमा घुमेको छ ।
‘कबड्डी’ शहरिया दर्शकका लागि ‘सरप्राइज प्याकेज’ का रुपमा आइदियो । पटकथामा रहेका केही कमजोरीका बाबजुद पनि फिल्मको स्वादलाई अर्गानिक मानिदिए दर्शकले । खुराक नै स्वास्थ्यकर भयो भने कहिलेकाहीं पकाईको कमजोरी गौण रहन्छ भन्ने ‘कबड्डी’ ले सिद्ध गरिदियो ।
मुस्ताङको नौरीकोटको हिमाली परिवेश र त्यहाँको थकाली समुदाय धेरै दर्शकका लागि ताजा लागेको थियो । मामा चेला र फुपु चेलीबीच बिहे गर्ने थकाली परम्पराभित्र काजीले मामाकी छोरी मैयाँलाई देखाएको झोडी माया थप रुचीकर बन्यो ।
‘कबड्डी’ को सिक्वेलले दर्शक तान्नु जति सजिलो थियो, उस्तै चुनौती सकारात्मक प्रतिक्रिया निकाल्नुमा थियो निर्देशक रामबाबुका लागि । ‘कबड्डी कबड्डी’ ‘सरप्राइज प्याकेज’ भन्दा बढि ‘कन्भिन्सिङ प्याकेज’ हुनु र बनाउनु पर्ने थियो । यसमा पटकथाकार समेत रहेका रामबाबु चुकेनन् । ‘कबड्डी कबड्डी’ आईपुग्दा उनी धेरै परिपक्व देखिएका छन् ।
‘मनी एट्रयाक मनी’ भन्ने बुझेको काजी मैयाँसँगको माया पनि सोझै पाराले सोच्छ । भन्छ, ‘लभ एट्रयाक लभ । त्यो मनले यो मनको कुरो एकदिन कसो नबुझ्ला र ?’ तर काजीको लभको स्क्रिप्ट यति जटिल बनेर आईदिन्छ, जब बमकाजीले इन्ट्री मार्छ । मैयाँ काजीकै जस्तै बमकाजीकी पनि हकदार सोल्टि त हुन् नै, बिहेकै लागि पनि ताक्छ । ‘कबड्डी कबड्डी’ को चुरो कुरा यसैमा छ । उपकथा बनेर देखिने संसदिय चुनाव काजीको प्रेम जाँच्ने कसी बन्छ ।

kabaddi kabaddi review

काजीको प्रेममा बमकाजीको राजनीति त घुसेकै थियो । अब चुनावले राजनीतिमा प्रेम पनि घुसेपछि काजीको धर्मसंकट बढ्छ । एकातर्फ ठूलाबा, अर्कातर्फ मामा उम्मेदवार । ठूलाबातर्फ पार्टीको सैद्धान्तिक समानता, मामातर्फ मैयाँको तूरुप । काजीले सिद्धान्त छोड्ने वा मैयाँ ? प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ । काजीले मैयाँ रोज्छ । तर नैरीकोटको कच्ची बाटो अफ्ठ्यारो मात्रै छैन, बांगोटिंगो पनि छ ।

प्राविधिक पक्षमा ‘कबड्डी कबड्डी’ अघिल्लो भन्दा परिस्कृत छ । हिमालको काखमा रहेको गाउँमा खिचिएको फिल्मका दृश्य जस्ताको तस्तै टपक्क टिप्न सफल छन्, छायांकार शैलेन्द्रध्वज कार्की । कथा र चरित्रको मुडको व्याकरणमा खिच्न रुचाउने शैलेन्द्रले धेरै हदसम्म दृश्यलाई न्याय गरेका छन् । पृष्ठभुमि संगीत पनि मुड अनुरुप फिट छ । संवाद छरिता र चोटिला छन् । कमेडी पन्चमा संवाद सबल देखिन्छ ।

अभिनयमा दयाहाङ बेजोड लाग्छन् । प्रेम र तिरस्कारको मझदारबाट गुज्रेको काजी, घर छोडेर मावली राजनीतिको परिबन्दमा परेको बिरकाजी अनि शहरीया ठाँटमा फुर्तिसाथ गाउँ घुसेको बमकाजीसँग प्रेमका खातीर पैंठेजोरीमा बारम्बार हार्ने आशिक प्रेमी, सबै चरित्र र परिस्थितीको मुडमा चुर्लुम्म भिजेका छन्, दयाहाङ । संवाद थोरै तर अनुहार अभिव्यक्ति बढि दिने मैयाँको चरित्रमा रिश्मा गुरुङले सुगन्ध थपेकी छन् । बिके र छन्त्यालको चरित्रमा यसपाली पनि बिजय बराल र बुद्धि तामाङले दर्शक हसाँउने जिम्मा राम्रैसँग पुरा गरेका छन् ।

तर, काजीको प्रेममा बम बनेर फुट्न सकेको छैन बमकाजी । शहरदेखि गाउँ जानु र मैयाँ पाउनका लागि काजीसँग ज्यानकै बाजी लगाएर भिडन्तमा उत्रनुमा बमकाजीका लागि ठूलो तर्क छैन । पटकथा बमकाजीप्रति असहिष्णु लाग्छ । र, सँगसँगै मैयाँ नौलो र अजिब बमकाजीप्रति आशक्ति देखाउनु पछाडी पर्याप्त कारण छोड्न चुकेको छ, फिल्म । केवल सौगातलाई उक्त चरित्रमा देखाएर मात्रै मैयाँको ऊप्रतिको प्रेम आशक्ति र काजीसँगको टसलको सहज अनुमान लगाउन दर्शकलाई बाध्य पारिएको छ । बमकाजीको शहरको विगतले दर्शकमा खासै ऊप्रति सहानुभुती जाग्दैन जति पटकथाले खोजेको छ ।

सहायक चरित्रहरुले यसपटक पूर्ण उपकथा पाएका छन् । पत्निलाई सन्तान सुख दिलाउन नसकेको ‘नामर्द’ छन्त्यालको विवशता, झाँक्रीको बठ्याई, शहरबाट आएकी सुकोमल नायिका निर्जलासँगको बिकेको अपुरो प्रेम जस्ता प्लटहरु ‘कबड्डी कबड्डी’ मा चटनीका रुपमा आएका छन्, ट्वाक्क । काजी र बमकाजीबीचको मुख्य द्वन्द्व जबरजस्त हुन नसक्नुको फाइदा सहायक पात्रले भरपुर उठाएका छन् । जसले गर्दा फिल्मको मध्यभागमा पुगेपछि दर्शकलाई फिल्मको गति केही सुस्त लाग्न सक्छ । काजी र बमकाजीबीच मनोवैज्ञानिक द्वन्द्वमा फितलो बनेको पटकथाले दर्शकमा भौतिक द्वन्द्व ठोसेको छ । अर्गानिक स्वादको ओकालत गर्ने ल्याकत राख्ने ‘कबड्डी कबड्डी’ ले सुत्रबद्ध फिल्मकै शैलीमा सनातन द्वन्द्व दृश्यलाई अँगाल्नुले हजम गर्न केही गाह्रो पर्छ । फाइटलाई पनि कमेडी बनाउने प्रयास फितलो लाग्छ । त्यसैगरी सिक्वेलले ‘कबड्डी’ मा छन्त्याल र बिकेले विदेश जान देखेको सपनाबारेमा सम्बोधन गर्न चुकेको छ । यसपटक दुवै पात्र अस्वभाविक रुपमा त्यसमा मौन बनाइएका छन् ।

timemaster

  • RamDai
  • 50x
  • ****
  • Posts: 543
Re: Sequel in Nepali film industry
« Reply #5 on: February 20, 2016, 05:43:54 AM »
????