Author Topic: Hawaldar Suntali (हवल्दार सुन्तली) - Release (April 10, 2015)  (Read 2017 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 767
Stolen Songs

अभिनेत्री शिल्पा पोखरेलले बारुली कम्मर मर्काएका दुइटा गीत अचेल सञ्चारमाध्यममा खूब बज्छन्। सीधासादा दृष्टिले हेर्ने र सुन्नेले यी दुई गीतमा एउटा समानता देख्लान्। त्यो हो– शिल्पा नाच्नु। अलि धेरै जानकारी राख्नेले एउटै फिल्मका गीत हुन् भन्ठाने होलान्। तर, यी दुइटा गीतमा धेरै समानता छन्। सबैभन्दा उल्लेख्य समानता चोरी हो।

ध्यान दिएर हेर्ने र सुन्ने हो भने छुट्टाछुट्टै घरबाट इँटा, सिमेन्ट र रड चोरेर बनाएको नयाँ घरजस्तो लाग्छन्। साउथ इन्डियन संगीतबाट यसको निर्माण टिम 'ओतप्रोत' छ भनेर स्रोतालाई संकेत गर्नै पर्दैन। सबैभन्दा धेरै प्रभावित त हिन्दी फिल्म 'गुन्डे'को गीत 'तु ने मारी इन्ट्रिया रे, दिलमे बजी घन्टिया रे'बाट रहेछ। यो एउटा गीतबाट दुइटा गीतका लागि हुने थिम चोरिएका छन्, एउटामा संगीत र अर्काेमा शब्द। गीत 'डोला डोला हातमा' म्युजिक एरेन्ज गर्दा यसको बेस थिम (टुङ टुङ ... घन्टी बजाइएको ) समावेश गरिएको छ। अर्काेमा त गीतकारले 'घन्टी बज्यो मनको' भनेर 'दिलमा बजी घन्टिया'को थिम उतारेका छन्। नेपाली फिल्मका अनुभवी निर्माता छविराज ओझाको फिल्म 'हवल्दार सुन्तली'को प्रसंग हो यो। गीतको दृश्य सामग्रीको त झन् बिजोग छ। दक्षिण भारतीय विभिन्न फिल्ममा समावेश हुने डान्सका स्टेप र कोरियोग्राफी हुबहु नक्कल गरिएका छन्। आफ्ना फिल्म हेर्न छाडेर दर्शकले आफूमाथि अन्याय गरेको भनेर नथाक्ने नेपाली फिल्मकर्मीले 'दिल मे बजी घन्टिया'को थिम चोरेर होइन, आफ्नै दिमागको घन्टी पो टाठो बनाउनुपर्छ भन्ने कहिले बुझ्लान्?




« Last Edit: April 03, 2015, 07:09:51 AM by anand »

anand

  • Administrator
  • *******
  • Posts: 767

anand

  • Administrator
  • *******
  • Posts: 767
प्रचारको काइदा ...
http://xnepali.net/movies/chhabi-says-shilpa-pokharel-will-forget-him-after-hawaldar-suntali/

Shilpa will forget him after the movie re ......... movie is that good !!

anand

  • Administrator
  • *******
  • Posts: 767
हावादार सुन्तली --



सुन्तलीलार्इ नभेटी कसरी बनिन् शिल्पा ‘हवल्दार सुन्तली’ ?

चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हवल्दार सुन्तली’का निर्देशक ऋषि लामिछाने र यसकी मुख्य नायिका शिल्पा पोख्रेलविच एक बिषयलाई लिएर असन्तुष्टी देखिएको छ ।

यो असन्तुष्टीको बिषय हो, चलचित्रमा समावेश एक पात्रको । यो चलचित्र हवल्दार सुन्तली धामीको जिवनीमा आधारित रहेर तयार पारिएको छ । आफ्नै सहकर्मीर्हरुबाट बलात्कृत भएकी सुन्तली धामीको घटनालाई छोएर चलचित्र निर्माण गरिएको छ । नायिका शिल्पा पोख्रेलले सुन्तली धामीकै भूमिका निर्वाह गरेकी छिन् ।

shilpa-and-risi

अनलाइनखबरसँग कुरा गर्दै नायिका शिल्पा पोख्रेलले आफू सुन्तली धामीको भूमिकामा देखिएतापनि उनलाई नभेटेको बताइन् । जुन व्यक्तिको भूमिका तपाई गर्दै हुनुहुन्छ, उहाँलाई नभेटी तपाइले कसरी उनलाई न्याय गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा शिल्पाले भनिन्-‘मैले निर्देशकसँग सुन्तली धामीलाई भेट्छु भनेकी थिएँ ।

तर, निर्देशकले कहिले समय भएन न त कहिले के भनेर भेटाउनु भएन ।’ निर्देशक लामिछानेले सेटमै आएर आफूलाई सुन्तलीको लवज र बोलाइको बारेमा बताएको र आफूले अभिनय गरेको शिल्पाले अनलाइनखबरसँग खोलिन् ।

तर, यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्देशक लामिछानेले शिल्पालाई भेटाउनु आवश्यक नभएकाले नभेटाएको बताए । उनले भने-‘हामीले सुन्तली धामीको बायोग्राफीमा चलचित्र बनाएका होइनौ । उनको जिवनमा घटेको एउटा घटनालाई चलचित्रमा उठान मात्र गरेका हौं । जसका कारण पनि शिल्पालाई सुन्तली धामीसँग भेटाउनु आवश्यक थिएन ।’

निर्देशकले सुन्लती धामीसँग नभेटाएकोमा नायिका शिल्पा पोख्रेल केही असन्तुष्ट देखिएको प्रष्ट छ । यसको प्रभाव चलचित्रमा पर्छ या पर्दैन भोली ‘हवल्दार सुन्तली’ प्रदर्शनमा आएपछि मात्र थाहा होला । छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Review

‘हवल्दार सुन्तली’ निर्देशक ऋषि लामिछानेका कारणभन्दा निर्माता छवीराज ओझाका कारण बुझ्नु उपयुक्त हुन्छ । छवीले नायिका रेखा थापालाई लिएर पहिले बनाएका फिल्म हुन् वा अहिले शिल्पा पोखरेललाई लिएर बनाएका फिल्म, शैली उही हो । त्यसैगरी उनले नयाँ निर्देशकलाई लिएर बनाउन् वा अनुभवी निर्देशकलाई लिउन्, छवी चर्को मसलाको खोजीमा रहने दर्शकमा फिल्म केन्द्रित गरेर बनाउँछन् । ‘हवल्दार सुन्तली’ छवीराजको प्याट्रनको फिल्मको सिलसिला हो ।

hawaldar-suntali-interview-rishi-lamichhane

फिल्ममा शिल्पा पोखरेलको दोहोरो भुमिका छ । एक उनी अनाथ बालबालिकाको साहारा बनेकी निशाको चरित्रमा छिन्, जो बालबालिकाका लागि खर्च जुटाउन शहरमा चोरी गर्छिन् । अर्की छिन्, हवल्दार सुन्तली । उक्त चरित्रले भने केही अघि प्रहरी फोर्स भित्रको सुन्तली धामी बलात्कार घटनाको सम्झना दिलाउँछ । प्रहरी हवल्दार धामी आफ्नै प्रहरी अधिकृतबाट सामुहिक बलात्कारमा परेकी थिइन् । नारी पात्रलाई केन्द्रमा राखेर महिला शसक्तिकरणका पक्षमा तयार पारिएको फिल्म एक्सनप्रधान खुराक रुचाउनेका लागि उपयुक्त छ । लामा लामा फाइटमा सिट्टी बजाउने र ‘त्रि्रा डोला डोला हातमा मेहन्दी भरिछौ…’ जस्ता शब्द रचनाका गीतमा नाच्न तम्सिने दर्शकले भने फिल्म नछुटाउँदा वेश हुन्छ । फिल्ममा शिल्पासँगै सवीन श्रेष्ठ र किशोर खतिवडाको एक्सन पनि त्यस्ता दर्शकका लागि उत्तिकै रुचिकर लाग्नेछ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Review:

Features -->
Shilpa Pokhrel, Kishor Khatiwoda, Sabin Shrestha, Suleman Shankar (Ikku), Deshbhakta Khanal, Sarita Lamichhane(Special Appearance)
Director: Rishi Lamichane

‘Hawaldar Suntali’ is a journey of female police constable, Suntali who was sexually violated by her senior officers. After Lajja, this is another Chhabiraj Production featuring Shilpa Pokhrel in the lead role. The movie made on the real story of police officer Suntali Dhami. Directed by famous director Rishi Lamichhane, it also features Kishor Khatiwoda and Sabin Shrestha.

Police constable Dhami had filed a case against her six colleagues accusing them of gang raping her on the day of Vijaya Dashami on September 27, 2009. They were arrested on October 7, 2009 and a case of rape was filed against three of them, now convicted, on November 2, 2009 after being suspended a day earlier. Three other accused Sub-Inspector Dan Singh Bhandari, head constable Biradutta Badu and constable Naribhan Mahatara were released on November 1 saying they were innocent. Single Bench of District Court Judge Prakash Kharel convicted head constables Birendra Bam and Karbir Thalal and constable Jagadish Pandey. Bam has been sentenced to six years in jail and fined Rs 100,000 while Thalal and Pandey have been sentenced to three years in jail. Based on this event, ‘Hawaldar Suntali’ attempts to portray a similar story of sexual violence against female police officers by their senior officers.

‘Hawaldar Suntali’ is an action packed movie with a good script, but the presentation isn’t quite gratifying. However, I do appreciate the maker’s attempt to choose a matter that presents the immorality within those who have taken vows to protect the society. It’s a very sensitive matter, but they failed to produce enough spark out of it. Also a lot of events in the movie don’t make any sense. For instance, when Nisha talks with dying Suntali in a hospital, I had no idea where that diary popped out from. Suntali was in her sari and it was clear that she was not holding it when she was harmed. At the climax, when the Superintendent of Police (S.P) ran away from court, nobody body was there to take him under control. Only Suntali had to chase him? That didn’t look much obvious.

The songs are very well choreographed and some way it did help in advancing the story. Editing was flawed. It was visible when Suntali was killed by ‘Khukuri’ was blood was to spread out of her stomach. All the flaws aside, the performance of each actor was good. Silpa Pokhrel in particular was incredibly confident in the double role of a bold orphan girl and a police officer.

Plot:
Nisha (Shilpa Pokhrel) is a grown-up orphan girl who has taken responsibility of looking after few orphan children. To look after those children, she is involved in many robberies and pickpocket. She is cunning and strong. Suntali is junior police officer and is also a duplicate of Nisha. When Suntali is raped by her senior officers, her fiancée Bhim attempts to punish them but instead he was murdered. So, Suntali takes a vow to punish them. But as she reaches Kathmandu, she was murdered. Before she died, Suntali finds Nisha and asks her for help. Knowing all the story of Suntali, Nisha promises to take revenge for her.

Watch or Not?
‘Hawaldar Suntali’ has some eye popping action and wonderful songs. Also the script is not bad. But as I mentioned earlier, this is not one of those flawless movie. So, all I can say is watch at your own risk.

from nfilmsreview.com