Author Topic: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी  (Read 3672 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 767
२०७१ सालमा ७६ वटा नेपाली फिल्महरु सार्वजनिक प्रदर्शनमा आइसकेका छन् भने आगामी शुक्रबार प्रदर्शनमा आउने तिन वटा चलचित्रलाई जोड्दा यो साल जम्मा ७९ चलचित्र प्रदर्शनमा आउने भएको छ । अघिल्लो बर्ष एक सय भन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि यो बर्ष भने ७९ चलचित्र मात्रै प्रदर्शनमा आएका हुन् ।प्रदर्शनमा आउन बाकी तिन चलचित्र ‘नाई नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ लाई छोडेर हेर्ने हो भने यो बर्ष अहिले सम्म जम्मा ४ वटा चलचित्रलाई आफ्नो लगानी उठाएर मुनाफा कमाउन सफल भएका छन् । स्व.श्री कृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुरले नेपाली सिने ईतिहासमा नै सबै भन्दा बढी कलेक्सन गर्ने चलचित्र बन्न सकेको छ । तेस्तै रेखा थापाको चलचित्र ‘हिम्मतवाली’, छबि राज ओझाको लज्जा र हेम राज बि.सीले निर्देशन गरेको जेरीले मात्रै निर्माताको लगानी बाहेक मुनाफा समेत दिन सफल भयो ।

तेसै गरि चलचित्र ‘कवड्डी’ ,नोभेम्बर रेन , ,पुनर्जन्म ,भुल भुलैया जस्ता केहि चलचित्रले निर्माताको लगानी केहि हद सम्म सुरक्षित गरेको देखिन्छ ।यसै गरि २०७१ सालमा आएका चलचित्र केहि चलचित्र टलकजंग vs टुल्के.तथास्तु , ‘बिर्खेलाई चिन्छस्’ स्टुपिड मनले निर्माताको लगानी सुरक्षित गर्न नसके पनि यी चलचित्र बाट निर्माताले खासै ठुलो घाट नपरेको देखिन्छ ।तेसै गरि यो बर्ष सम्भावना बोकेको केहि चलचित्रहरु आवरण ,मुखौट,ताण्डब,पुन्टे परेड ,लव यु बाबा , सम्बोधन ,वन वे,सुन्तली ,माला जस्ता चलचित्रले आफ्नो लगानी त् कता हो कता पोस्टर र पोस्टर तासको माडको लगानी समेत उठाउन सकेन ।यो वर्षा प्रदर्शनमा आएको दर्शकको राम्रो प्रतिक्रिया हुदा हुदै पनि उत्सव ,स्टुपिड मन,आभाष ,अझै पनि ,अलबिदा ,माला जस्तो चलचित्र चल्न सकेन् ।

कुन कुन चलचित्र कहिले चले अनि कस्तो व्यापार गर्न सके बिस्तृतमा जानकारी :

बैशाखमा  ७ रिलिज
बैशाखा १२ मा नोभेम्बर रेन र ‘कवड्डी’ प्रदर्शनमा आएका थिए भने यी दुवै चलचित्रले आफ्नो लगानी उठाउन सफल भए भने
बैशाखा मा प्रदर्शनमा आएको माया गर ल,वर्ल्ड कप इन नेपाल, रेड मनसुन ,दमदार ,अकाल कुनै पनि चलचित्रले आफ्नो लगानी त् कहाँ हो कहाँ प्रचार प्रसारको पैसा समेत उठाउन सकेन ।

जेष्ठमा १० रिलिज
जेष्ठमा प्रदर्शनमा आएको चलचित्र आवरण, खुड्कीलो, ठुलो मान्छे , पिपल, मेरो बेष्ट फ्रेण्ड पूर्ण रुपमा असफल रहे भने चलचित्र हसियाले फाइदा नगरे पनि केहि हद सम्म निर्माताले राहत भने दियो ।
जेष्ठमा नै प्रदर्शनमा आएको चलचित्र मिस नेपाल ,जोडी ऩ़ १,लुकी लुकी असफल सिनेमा नै रहे। तेस्तै जेष्ठ३० मा प्रदर्शनमा आएको सम्भावना बोकेको चलचित्र मुखौट त् झन् पोस्टरको पैसा समेत न उठ्ने गरेर असफल भयो । जेष्ठ महिनामा मात्रै १० वटा चलचित्र प्रदर्शनमा आए पनि कुनै पनि चलचित्रले लगानी उठाउन सकेन ।

असारमा  ७ रिलिज
असारमा प्रदर्शनमा आएका सात चलचित्र मिसन फोर ट्वान्टी ,कस्तो टेन्सन ,पाठशाला ,लावारिस ,अनौठो प्रेम कथा ,चिहान , नागबेली सबै चलचित्र पूर्ण रुपमा असफल नै रहे ।
साउनमा मेरो भ्यालेन्टाइन , कोहिनुर र शिशा प्रदर्शनमा आएका थिए । मेरो भ्यालेन्टाइन र शिशा पूर्ण रुपमा असफल भयो भने स्व.श्री कृष्ण श्रेष्ठको निदनले गर्दा चलचित्र कोहिनुरले भने नेपाली बक्स अफिसमा अहिले सम्मको कलेक्सनको रेकर्ड राख्न सफल भयो ।



anand

  • Administrator
  • *******
  • Posts: 767
श्रावण मा ३ फिल्म रिलिज
साउनमा मेरो भ्यालेन्टाइन , कोहिनुर र शिशा प्रदर्शनमा आएका थिए । मेरो भ्यालेन्टाइन र शिशा पूर्ण रुपमा असफल भयो भने स्व.श्री कृष्ण श्रेष्ठको निदनले गर्दा चलचित्र कोहिनुरले भने नेपाली बक्स अफिसमा अहिले सम्मको कलेक्सनको रेकर्ड राख्न सफल भयो ।

भाद्रमा ६ फिल्म रिलिज

भाद्र महिना मा आएका चलचित्र ठुली ,ताण्डब,उत्सव ,यो कथा तिम्रो मेरो ,‘निशानी'ले खासै राम्रो व्यापार गर्न न सके पनि चलचित्र बिर्खेलाई चिन्छस्’ ले भने केहि हद सम्म निर्माताको लगानी फिर्ता गर्न सफल भएको छ ।

असोजमा २ फिल्म रिलिज
असोज महिनामा दुई वटा चलचित्र प्रदर्शनमा आएकोमा पुन्टे परेड २ दिन सम्म पनि हलमा टिक्न सकेन भने नायिका रेखा थापाले पहिलो पटक निर्देशन गरेको चलचित्र हिम्मतवालिले रेखाको लगानी मात्रै हैन उनले फाइदा समेत दिलायो ।

कार्तिकमा ६ फिल्म रिलिज
कार्तिक महिनामा प्रदर्शनमा आएको चलचित्र लज्जा र  जेरी यो बर्षको सफल चलचित्रको रुपमा रहे भने राम्रो प्रतिक्रिया पाएको स्टुपिड मनले भने सोचे जस्तो सफल हुन सकेन । तेस्तै टलकजंग vs टुल्के ठीकैको व्यापार गरे पनि चलचित्रको निर्माणमा ठुलो लगानी लागेकोले पुरै लगानी भने उठाउन सकेन ।कार्तिकमा प्रदर्शनमा आएको एउटा साथी र सरि ल ले भने दर्शकको राम्रो साथ पाउना सकेन् ।

मङ्सिरमा ७ फिल्म रिलिज
मंसिरमा प्रदर्शनमा आएका चलचित्रहरु श्री ५ अम्बरे,हमजाएगा ,मिस्टेक ,नाइके ,रंग बैजनी,कान्छी मट्याग् ट्याग्,लव यु बाबा सबै चलचित्र असफल नै रहे ।

पौषमा ७ फिल्म रिलिज
पौषमा रिलिज भए चलचित्र पनि ब्यबसाहिक रुपमा तेती सफल हुन सकेन् ।पौषमा लफंगा,बिधुवा ,माई प्रोमिश,ज़िन्दगी रॉक्स,आभाष, तथास्तु,अलबिदा गरेर सात वटा चलचित्र प्रदर्शनमा आएका थिए ।

माघमा ७ फिल्म रिलिज
माघमा रिलिज भएका ७ वटा चलचित्र पनि पूर्ण रुपमा असफल नै रहे ।हेम राज बि.सीले निर्देशन गरेको सम्भावना बोकेको भनिएको चलचित्र सम्बोधनले त् पोस्टर टास्ने माडको पैसा सम्म उतौना सकेन ।आगो-२,टाईगर,लोग्ने मान्छे,सुनपानी,रथ ,ईस्केप ,माघमा रिलिज भएर असफल भएका चलचित्र हुन् ।

फाल्गुणमा १० फिल्म रिलिज
फागुनको पहिलो हप्ता प्रदर्शनमा आएको चलचित्र वान वे र सुन्तली यो बर्षको ठुलो असफल चलचित्रमा पर्छन भने फागुन प्रदर्शनमा आएको इच्छा,मिशन पैसा २,अझै पनी,भिमदत्त,झिंगना ,किल्ला .जोशले पनि खासै राम्रो ब्यबसाय गर्न सकेन भने यहि महिना प्रदर्शनमा आएको चलचित्र पुनर्जन्मले भने निर्माताले केहि राहत दिएको छ ।

चैत्र मा ७ फिल्म रिलिज
चैत्रको पहिलो हप्ता रिलिज भएको माला सुपर फ्लप भयो भने षड्डंग र तनाबको पनि उस्तै अबस्थ रहेको छ ।चैत्रमा रिलिज भएको भूल भुलैयाले निर्मातालाई केहि राहत  दिएको छ ।
‘नाई नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ अन्तिम हप्ता रिलिज हुने छन्


anand

  • Administrator
  • *******
  • Posts: 767


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364

निर्देशक कमजोर

यज्ञश


काठमाडौ, चैत्र २८ - पछिल्ला केही वर्षमा फिल्म बजारमा एउटा भनाइ निकै सुन्न थालिएको छ- डिजिटल प्रविधि आएपछि 'जो पायो त्यहीले फिल्म बनाएर ध्वस्तै पारे ।' कहिले चलचित्र विकास बोर्ड, कहिले सेन्सर बोर्ड त कहिले कुनै फिल्मी संघसंस्थाका नाममा यस्ता चिन्ताहरू व्यक्त भइरहन्छन् । यसैले जाँच लिएर मात्रै फिल्म बनाउन दिने, कति पैसा धरौटी राख्नेलाई मात्र फिल्म बनाउन दिने वा संघ संस्थाको सिफारिसमा मात्रै फिल्म बनाउन दिने भन्ने गाइँगुइँ पनि सुनिन्छ ।

जसले पनि फिल्म बनाउँदा बजार बिगि्रयो भन्ने चिन्ता यो वर्ष पनि निकै सुनियो । आँकडाले पनि देखायो, एक हातका औंलामा गन्न सकिने फिल्मले मात्रै लगानी उठाए । के यो दोष नयाँ पुस्ताका फिल्ममेकर र डिजिटल क्यामेराको नै हो त ?

नेपाली फिल्ममा 'डिजिटल क्रान्ति' भएपछि फिल्मको संख्या अवश्य बढेको छ । वर्षमा ५० वटा फिल्मबाट १०० वटामा बढोत्तरी भएको छ । रमाइलो कुराचाहिँ के छ भने फिल्मको संख्या दोब्बर भए असफल फिल्मको प्रतिशतचाहिँ खासै बढेको छैन । पहिले पनि हरेक वर्ष करिब ९० प्रतिशत फिल्म असफल नै हुन्थे, अहिले पनि त्यो दर कायम छ । फरकचाहिँ केमा आएको छ भने पहिले सफलताको ग्यारेन्टी मानिने हिरोले अभिनय गरेको वा निर्माता निर्देशकले बनाएको फिल्म पनि अहिले फ्लप भएका छन् । अहिले कसैले सफलताको ग्यारेन्टी गर्न सक्दैन । न त राजेश हमालको नामले फिल्म चल्छ, न त तुलसी घिमिरेकै नाममा फिल्म बिक्छ ।

यो अवस्था डिजिटल प्रविधिले मात्रै ल्याएको होइन । दर्शकको मनोविज्ञान र रुचिमा आएको परिवर्तन यसको मुख्य कारण हो । डिजिटल प्रविधि वा नयाँ पुस्ताका फिल्ममेकरले ल्याएको सबभन्दा ठूलो परिवर्तनचाहिँ प्राविधिक रूपमा प्रयोग र विषयमा विविधता हो । आजभन्दा दस वर्षपहिले 'साँघुरो' जस्तो विषयमा फिल्म बन्ने कल्पना गर्न गाह्रो थियो । नवीन सुब्बाको 'नुमाफुङ' र छिरिङरितार शेर्पाको 'मुकुन्डो' जस्ता केही फिल्म मात्र थिए, जसले चलिआएको ढर्रालाई तोडेका थिए । र, त्यो चलिआएको ढर्राचाहिँ प्रकारान्तरले बलिउड नै थियो । नेपाली फिल्मको मूलधारको काम बलिउडले निर्माण गरेका फिल्मको पुनर्निर्माण नै थियो । यसलाई तोड्ने काम नयाँ पुस्ताका फिल्ममेकरले गरेका हुन् ।

नेपाली फिल्मको विषय र स्वादमा विविधताको खोजी भइरहेको छ । मुस्ताङको 'काजी' देखि कास्कीको 'टलकजंग' जस्ता पात्र पर्दामा आइरहेका छन् । सुकुम्बासी बस्तीको एउटा नवविवाहित जोडी होस् वा सेनाको यातनागृहमा आँखामा पट्टी बाँधेर बसेको शिक्षक, नेपाली फिल्मले समाजका वास्तविक पात्रहरूलाई ध्यान दिन थालेको छ । हरेक फिल्ममा उस्तै लाग्ने हिरो र भिलेनको द्वन्द्वबाट हाम्रो फिल्म बाहिर निस्किइरहेको छ । फिल्म बिस्तारै हिरोबाट पात्रतिर गइरहेको छ । मसलाबाट कथातिर गइरहेको छ । दर्शकका लागि यो खुसीको कुरा हो ।

बक्स अफिस दर्शकको चिन्ताको विषय होइन । फिल्म निर्माणमा हात हाल्नुअघि यो विधा र विद्याका बारे ज्ञान लिएर नआउनु निर्माता/निर्देशकको कमजोरी हो, दर्शकको होइन । पौडी खेल्न नजानी कोही पानीमा हाम्फाल्छ र डुब्छ भने त्यो पानीको दोष होइन ।

अहिलेको नेपाली फिल्म उद्योग एउटा फिल्ममात्रै बनाउने निर्माताहरूको बलमा टिकेको छ । कुनै नयाँ मानिस कारणबस फिल्म निर्माणमा आइपुग्छ र एउटा फिल्म डुबेपछि फर्केर फेरि आउँदैन । थोरैमात्र निर्माता छन्, जसले दोहोर्‍याएर फिल्म बनाइरहेका छन् । गोपीकृष्ण, क्यूएफएक्स र पपकर्नजस्ता वितरकहरूको समूहले केही निर्मातालाई धानिरहेको छ ।

फिल्म विधाको अलिअलि भए पनि पढाइ गरेर आएको युवा पुस्ताको जोसलाई डिजिटल प्रविधिले साथ दियो । यो प्रविधिमा काम गर्न सजिलो थियो । जान्नेका लागि बजेट पनि घट्थ्यो । यसले गर्दा नयाँ मानिसहरू फिल्म बनाउन सक्ने भए । यस वर्षको सबभन्दा बढी चर्चा पाएका फिल्म 'कबड्डी' र 'टलकजंग भर्सेज टुल्के' का निर्देशकहरू रामबाबु गुरुङ र निश्चल बस्नेतलाई हेर्ने हो भने धेरै कुरा स्पष्ट हुन्छ । 'जेरी'का निर्देशक हेमराज बिसीको पनि कथा करिब यस्तै छ । सायद पुरानै 'फम्र्याट' को फिल्म उद्योग कायम रहेको भए यी कुनै फिल्म बन्ने थिएनन् होला । यी कुनै निर्देशक बन्ने थिएनन् होला । किनभने फिल्म उद्योगको हिसाबले यी सबै 'आउटसाइडर' हुन् । 

त्यसो भए के फिल्मको बजार बिग्रएकै हो त ? वा बजार बिगि्रएर क-कसलाई के घाटा हुन्छ ?

सबभन्दा पहिलो कुरा त नेपालमा फिल्मको बजार बिगि्रएको छैन । यसको उदाहरण नेपाली फिल्म 'कोहिनूर' र हिन्दी फिल्म 'पीके' ले गरेको व्यापारलाई मान्न सकिन्छ । सामान्यतया हिट फिल्मले २ करोडको कारोबार गर्ने बजारमा यो वर्ष यी दुई फिल्मले १० करोडभन्दा बढीको व्यापार गरे । यसले देखाउँछ, नेपालमा फिल्मको बजार बढिरहेको छ, घटेको छैन । कमी छ त खालि दर्शकलाई हलसम्म तान्न सक्ने फिल्मको । धेरै फिल्म बनाएर दर्शक हलमा नआएका भन्ने तर्कमा यसकारण दम छैन, किनभने दर्शकले फिल्म छानेर मात्र हेर्छन् । संख्या थोरै हुँदा चाहिँ आँखा चिम्लेर हलमा आउने ग्यारेन्टी हुँदैन । यसैले यो दोष बजारको होइन, फिल्म वा फिल्मकर्मीको हो । किनभने, मान्छेलाई हलसम्म आउने उपयुक्त कारण भयो भने दर्शकको कमी त होइन रहेछ ! दर्शकलाई हलसम्म ल्याउने काम त फिल्ममेकरको हो ।

दोस्रो कुरा पछिल्ला वर्षमा नेपालमा मल्टिप्लेक्सको संख्या बढिरहेको छ । मल्टिप्लेक्सले उठाउने टिकट दरको हिसाब गर्दा फिल्मले पैसा कमाउने अब पहिलेजस्तो महिनौं चल्नु पर्दैन । थोरै दर्शकबाट धेरै पैसा उठ्न सक्छ । बरु, यो बजारमा विदेशी फिल्मले बढी कमाइ गरेको तर्फचाहिँ ध्यान दिनु उपयुक्त होला । फिल्म निर्देशक एवं प्रदर्शक भास्ष्कर ढुंगानाले भनेजस्तो 'हामीले विस्तार गरेको बजार र बनाएर राम्रा हलमा हिन्दी फिल्म मात्रै चल्ने अवस्था' आउन सक्छ । आफ्नो बजार

आफ्नै नियन्त्रणमा राख्नका लागि बाहिरी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरका फिल्म निर्माण गर्नु हाम्रा फिल्ममेकरको चुनौती हो । यो चुनौती नयाँ पुस्तालाई अझै बढी हो ।

फिल्मको स्तर बढाउन के गर्नुपर्छ भन्ने विषयमा चाहिँ पछिल्लो दशकमा धेरै मसी खर्च गरिइसकिएको छ । मौलिक विषय र कलात्मक प्रस्तुति भन्ने कुरा पनि अब एक किसिमको सूत्रजस्तै भइसकेका छन्, जुन सूत्रको प्रयोग प्राय: कसैले गर्दैन तैपनि कक्ष्ाामा पढाइरहिन्छ । यसमा थप कुराचाहिँ नेपाली फिल्मको साँच्चिकै स्तरोन्नतिका लागि निर्देशकहरूको स्तरोन्नोति हुनु आवश्यक छ । धेरैले भनेको सुनिन्छ, नेपाली फिल्मको कथा वा कथा लेखक गतिला नभएर फिल्म राम्रा भएनन् । योचाहिँ रोगको सहायक कारण  मात्र हो, मुख्य होइन । मुख्य कारण हो- निर्देशक ।

फिल्म राम्रो हुन गतिलो लेखक, कलाकार वा प्रविधि भए राम्रो तर निर्देशकचाहिँ गतिलै चाहिन्छ । यसैले फिल्मलाई निर्देशकको विधा भनिएको हो । निकै राम्रो फिल्म बनाएर खासै नचलेका उदाहरण निकै कम छन्, जति झुर फिल्म चलेका उदाहरण होलान् ! यसैले व्यापारका आँकडा देखेर मात्रै तर्सिनु जरुरी छैन । एउटा कला विधाका रूपमा नेपाली फिल्मको विस्तार भइरहेको छ कि छैन ? यसमा नवीनताको खोजी भइरहेको छ कि छैन ? भन्ने प्रश्नचाहिँ महत्त्वपूर्ण हो । यदि यो काम भइरहेको छ भने बजार पनि बढ्दै जानेछ । होइन भने त बनाएका जति सबै फिल्मलाई हिट बनाइदिने जिम्मा दर्शकले लिएका छन् र ?

बजार बढाउन वा फिल्मको स्तर बढाउन नीतिगत तहमा गरिनुपर्ने काम पनि छन् । लगानी बढाउने पाटो पनि छ । तैपनि, सबभन्दा महत्त्वपूर्णचाहिँ निर्देशक र उसको विचार नै हो । नेपाली फिल्मको साँच्चिकै उद्धार गर्ने हो भने अहिलेका लागि केही थान सक्षम निर्देशकहरू आवश्यक छन् । यो आवश्यकता अहिले भएकै युवाबाट केही र नयाँबाट केही मात्रामा पूरा हुन सक्छ । युवा पुस्ताको चुनौती र जिम्मेवारी यही हो । निर्देशकको काम हलमा आएका दर्शकको संख्या गन्ने होइन, हलभित्र प्रवेश गरिसकेका दर्शकलाई सन्तुष्ट बनाउने हो ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364

८३ मा जम्मा ४ हिट

    २०७१ मा नेपाली फिल्म

सुशील पौडेल


काठमाडौ, चैत्र २८ - दुई चार वर्षयता फिल्मको वर्ष समीक्षाको एउटै निचोड निस्किने गरेको छ- फिल्मको अवस्था नाजुक छ । यो वर्ष पनि करिब त्यस्तै नतिजा निस्कियो ।

२०७१ वैशाख १२ देखि चैत २७ सम्ममा जम्माजम्मी ८३ नेपाली फिल्म प्रदर्शनमा आए । यीमध्ये केही थोरैले सफलताको स्वाद चाखे । अधिकांशले चाहिँ फिल्म उद्योगलाई अझै 'नाजुक' बनाएर गए ।

वैशाखको दोस्रो साता 'कबड्डी' र 'नोभेम्बर रेन' ले वर्षको खाता खोले । भनिन्छ, बिहानीले दिनको संकेत गर्छ । यी दुवै फिल्मको ओपनिङ साझेदारी राम्रो रह्यो । ग्रामीण कथा बोकेको 'कबड्डी' ले विशेषत: सहरिया दर्शकलाई रिझायो । मुस्ताङको थकाली समुदायको कथालाई टिपिएको कबड्डीले केवल दर्शकलाई हिमाली संस्कृति मात्रै पस्केन, लेखक र निर्देशक दुवैमा सम्भावना बोकेका रामबाबु गुरुङलाई पनि चिनायो । र, दयाहाङ राईलाई नेपाली फिल्मको बिकाउ स्टारका रूपमा पनि स्थापित गरायो ।

जसरी फिल्म 'लुट' बाट हाकु काले, गोफ्लेजस्ता चरित्र स्थापित भए त्यसैगरी 'टलकजंग भर्सेज टुल्के' बाट टुल्के बनेर उदाए, खगेन्द्र लामिछाने । लामो समय रंगमञ्चमा खारिएर फिल्ममा आएका खगेन्द्रले मुख्य भूमिका भएको दोस्रो फिल्ममै चल्तीका नायक नायिकाको स्टारडमको पर्खालमा डोजर चलाए । एउटै फिल्मबाट चर्चाको छलाङ मार्न न उनले भिलेनसँग फाइट खेल्नुपर्‍यो न त फूलबारीमा नायिकाको पछिपछि नाच्दै हिँड्नैपर्‍यो । हाकु काले र गोफ्ले जन्माउने निर्देशक निश्चलले नै यसको पनि जस पाए किनभने, 'टुल्के' का पनि निर्देशक उनै निश्चल थिए ।

साउन तेस्रो साता फिल्म उद्योगले सुखद र दु:खद खबर एकसाथ आत्मसात् गर्‍यो । दु:खद कुरा, अभिनेता श्रीकृष्ण श्रेष्ठको देहान्त भयो । स्वदेशमा आफू अभिनीत फिल्म 'कोहिनूर' रिलिज भएकै भोलिपल्ट साँझ साउन २४ मा श्रीकृष्णको भारतमा उपचारका क्रममा निधन भयो । उनले अभिनेत्री स्वेता खड्कासँग विवाह गरेको एक महिनामात्र भएको थियो । रिलिजको दुई दिन खासै नचलेको फिल्म हेर्न तेस्रो दिन दर्शकको अनपेक्षित भीड लाग्यो । भीड हलदेखि मलामीसम्म उत्तिकै रह्यो । राष्ट्रिय सम्मानका साथ श्रीकृष्णको अन्त्येष्टि गरियो । फिल्मले नेपालभित्रै झन्डै १० करोड बराबरको व्यापार गरेर खुम्चिँदै गइरहेको स्वदेशी फिल्मको बजारको फैलिनसक्ने आकार देखाइदियो ।

यसै वर्ष निर्देशक आलोक नेम्वांगले आत्महत्या गरे । आलोकले निर्देशन गरेको अन्तिम फिल्म 'अझै पनि' हालै रिलिज भयो । तर, यसले खासै सफलता पाउन सकेन ।

वर्षको मध्यतिर अर्थात् कात्तिक २८ मा एउटा फिल्म प्रदर्शनमा आयो, 'जेरी' । यसअघि यसै फिल्मका निर्देशक हेमराज बीसी र मुख्य अभिनेता अनमोल केसी रहेको फिल्म 'होस्टेल' ले किशोर दर्शकहरूलाई हलमा तानेको थियो । 'जेरी' मा त्यो दोहोरियो । अनमोल र आना शर्मा अभिनीत फिल्म हेर्न केटाकेटी स्कुल, कलेज नै बंक गरेर हलमा पुगे । युनिर्फममै हल पुगेपछि दर्शक फिल्म पूरा हेर्न नपाउँदै पुलिस चौकी लगिए । उक्त घटनाले पनि फिल्मको व्यापारमा कमी ल्याएन । मुस्ताङका उजाड बगर र पहाडका दृश्यले भरिएको 'जेरी' लाई युवा दर्शकले गुलियो मानेर हेरिदिए ।

बीचमा रेखा थापाले निर्देशन र अभिनय गरेको फिल्म 'हिम्मतवाली' तथा उनका पूर्वपति छविराज ओझाले निर्माण गरेको नवल नेपालको 'लज्जा' ले पनि ठीकठाकै व्यापार गरे । तर त्यसपछिका बाँकी आधा वर्ष फिल्म उद्योगका लागि बिर्सनलायक नै रह्यो । मुखौटा, नागबेली, ताण्डव, श्री ५ अम्बरे, रंग बैजनी, लभ यू बाबा, सोल सिस्टर, सम्बोधन, वान वेजस्ता फिल्म विविध कारणले रिलिजअघि जति चर्चामा रहे, पछि पत्तासाफ भए । बिहानीले दिनको संकेत गर्छ भन्ने मान्यता फेल खायो । सुरुवाती खाता राम्रो खोलेको वर्षको मध्यक्रममा आएका फिल्मले निराशाजनक प्रदर्शन गरे । रिलिजको दिन नै दर्शक नआएर हल सो रद्द गर्नुपरेको घटना सम्भवत: पहिलोपटक वर्ष २०७१ ले नै भोग्यो । करोड रुपैयाँ लागतमा बनेको भनिएका फिल्मबाट निर्माताले देशभर पाँच लाखभन्दा कम रकम हात पारे ।

वर्ष २०७१ मा निर्माताका खल्ती त रित्तिए नै, निर्देशक पनि कमजोर देखिए । न १२ वर्षपछि फिल्म 'रंग बैजनी' बाट कमब्याक गरेका शम्भु प्रधानको सोचले दर्शक तान्न सक्यो न सुरज सुब्बा नाल्बोको नै केही जोर चल्यो । यसै वर्ष सौगात विष्टले सबभन्दा कान्छो निर्देशकको कीर्तिमान पनि बनाए । वर्ष २०७१ मा नवनिर्देशकको ओइरो नै लाग्यो । सुटिङस्थलबाटै निर्देशकलाई हटाएर रेखा थापा आफैं निर्देशक बनिन् ।

यस वर्ष फिल्म नीति भने जारी भयो ।  गत वर्ष नै चलचित्र विकास बोर्डले ल्याउन लागेको फिल्म तथा हल वर्गीकरण र पारदर्शी बक्सअफिस प्रणालीको कदममा परेको मुद्दालाई सर्वोच्च अदालतले खारेज गरिदियो । उक्त खारेजीले पुन: एकपटक सिर्जनाको वर्गीकरण हुन सक्छ वा सक्दैन भन्ने बहसलाई ब्युँझाइदिएको छ । वर्ष २०७२ सम्भवत: नीतिगत बहसमा केन्दि्रत हुने देखिन्छ । वर्ष २०७१ मा फिल्म मात्रै नभई फिल्म सम्बद्ध संघसंस्था पनि मृतप्राय: रहे । निर्देशक समाज, निर्माता सघ, चलचित्र संघलगायतले खासै केही काम गर्न सकेनन् । विकास बोर्डले त झन् महिना दिनदेखि नै नेतृत्व पाउन सकेको छैन ।

रिलिज भएका ८३ फिल्ममध्ये यो साता रिलिज भएका तीन 'फिल्म नाई नभन्नु ल ३', 'हवल्दार सुन्तली' र 'सेतो बाघ' को नतिजा आउन बाँकी नै छ । यिनलाई छोडेर भन्ने हो भने यो वर्ष ४ फिल्म (कबड्डी, कोहिनूर, टलकजंग भर्सेज टुल्के र जेरी) हिट र ३ फिल्म (हिम्मतवाली, लज्जा र नोभेम्बर रेन) ले लगानी उठाए । बाँकी ७६ ले आ-आफ्नो गच्छेअनुसार घाटा खाए !

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
वर्ष समिक्षा २०७१ | सिनेमाको बिरामी वर्ष
विष्णु शर्मा, मेरोसिनेमा

 

कूल रिलिज : ८१
कूल लगानी : ४० करोड
लगानी रिकभर : ७ (कोहिनुर, जेरी, हिम्मतवाली, लज्जा, कबड्डी, नोभेम्बर रेइन र नाइँ नभन्नु ल २)
लगानी रिकभर प्रतिशत : ७ प्रतिशत
घाटा : ९३ प्रतिशत
विदेशी फिल्म रिलिज : ४७ (लगानी रिकभर ८)



गणित हेर्दा लाग्छ, इतिहासकै खराब बिन्दुमाथि उभिएर नेपाली फिल्म भविष्य खोज्दैछ । भित्तोमा वर्ष ०७२ को क्यालेन्डर त टांगियो तर, फिल्म दशक पछाडिकै मनोविज्ञानमा अलमलिँदो छ । टाइटानिक जहाजजस्तै डुबेको वर्ष ०७१ लाई एक वाक्यमा ‘बिरामी’ वर्ष भन्न सकिन्छ । यो वर्षसँग कुनै ऊर्जा, चिन्तन, धुकधुकी र अठोट महसुस भएन । बरु, यो वर्ष ‘रोग’ र ‘मृत्यु’को वर्ष बन्यो ।

रिलिज ८१ फिल्ममध्ये ९३ प्रतिशत डुबे । यो डुबान २० करोड आयतनको फिल्म बजारमा पहाड खस्नुजस्तै हो । ५० फिल्मले ५ लाख ग्रस पनि उठाएनन् । २५ फिल्मले औषत २० लाख ग्रस कमाए । कोहिनुरले सर्वाधिक ३.५० करोड सेयर कमायो । बलिउडको ‘पिके’ र हलिउडको ‘फ्युरियस ७’ नेपाली बक्सअफिसमा पैसा छाप्ने मेसिन बने । फिल्म अर्थतन्त्रको सूचक वास्तवमै ऋणात्मक रह्यो ।

नेपाली सिनेमाको ‘इन्टिलेक्चुअल फेइलर’ के हो ? कमजोरी कहाँ भए ? वर्षको गम्भिर सिंहावलोकन मार्फत खोट पहिचान गर्नु जरुरी हुन्छ । समस्याबाट भाग्ने उत्तम उपाय समस्या समाधान गर्नु हो । बजार, ब्याकरण, शैली, सोच कुन प्रधान समस्या हो ? यस समिक्षाको उद्देश्य त्यो ‘बौद्धिक असफलता’को विमर्शमा केन्द्रित हुनेछ जसले वर्ष ०७२ लाई त्यो धम्कीबाट जोगाउन सक्छ ।

सिर्जनशिल उत्पादन भएनन् बितेको वर्ष । जति बने, जतिले पैसा कमाए, ती फिल्मको दर्शन इस्केपसिज्म (पलायनवाद) थियो । एकाधलाई अपवाद मान्ने हो भने अधिकांशको केन्द्रिय द्धन्द्ध रोग, बिरामी एवं पलायनता थियो । ८ करोड ग्रस कमाएको ‘कोहिनुर’ सफलता श्रीकृष्ण मृत्युले भयो । ‘जेरी’, ‘नोभेम्बर रेइन’ र ‘नाइँ नभन्नु ल २’ (मुटुको रोग), लज्जा (मनोरोग), हिम्मतवाली (अपांगता)माथि बने । केन्द्रिय पात्र नै बिरामी र मर्ने भएपछि सिर्जनशिलता पस्कने निर्देशकीय दायित्व बेकार हुन्छ ।

एउटा पनि बलियो ब्याकरणका फिल्म रिलिज भएनन् । ग्रामर र फर्मुलाको दोसाँधमा अल्झियो वर्ष । सूत्र अस्वीकार गर्ने बहानामा हामीले व्याकरण रिजेक्ट गरिरहेका छौं । ‘इन्टिलेक्चुअल फेइलर’ यही हो । यथार्थ खोज्नुभन्दा दोषारोपण चुलियो । सिर्जनशिल प्रयोग नहुँदा यथार्थ आउन सकेन । फलस्वरुप अत्यन्त धेरै ‘इस्केपसिज्म’ फिल्म ओइरिए । यस्ता फिल्मको दीर्घकालिन असर समाज र देशलाई पछिसम्म पर्नेछ ।

हामी मेकिङ र सोचको अवधारणामा निकै पछि छौं । नब्बे दशकको बलिउडी र दशकअघिका राजेश हमाल तथा दयाराम दाहाल मार्कामै अल्झियौं । यसले विषयवस्तुमा समकालिनता दर्शाएन । नयाँ पुस्ताका फिल्ममा पनि यो तत्व भेटिएन । चरित्र र सोचको आधारमा ‘जेरी’ र ‘कबड्डी’ यथास्थिती फिल्म थिए । यी फिल्मको स्वाद हामीले दशकअघि नै चाखिसकेका छौं । दुबै फिल्मले पैसा कमाए पनि जुठा फिल्म थिए । समकालिनता नहुँदा सिर्जना र समाजसँग साइनो नहुनु स्वभाविक हो ।

नियो नोइर, थ्रीलर, स्पोर्ट्स, सस्पेन्स जानरामाथि प्रयोग भए । ठिटाले यी जानरामा कथा भन्ने प्रयत्न गरे । सुखद अवश्य हो तर, आधारभूत सिनेम्याटिक तत्व नहुँदा सबै फिल्म पत्तासाफ रहे । ‘माला’, ‘षडङ्ग’, ‘झिग्राना’, ‘वल्र्डकप इन नेपाल’ केही उदाहरण हुन् । असफल प्रयत्नभित्रै सफलता लुक्ने हो । नयाँ पुस्ताले दर्शकसँग अन्तक्रिया प्रयास त गरे तर, जानरालाई बलियो ढंगले प्रस्तुत गर्न सकेनन् । उनीहरुले वस्तुभन्दा वस्तुको आवरण श्रृंगारमा जोड दिए । आख्यान संरचनामा इमान्दार नहुँदा कथित पुराना फिल्म निर्माताले नयाँपुस्तालाई गाली गर्न थाले ।

‘राजनीति कन्सस’ सिनेमा बनेनन् । ‘सम्बोधन’ र ‘टलकजंग भर्सेस टुल्के’ त बने तर, दुबैमा तत्व भेटिएन फलस्वरुप बक्सअफिसमा फ्लप रहे । मूलधारका फिल्म चर्चा गर्दा सिर्जनाशिलताको हत्या गर्भमै भयो । यद्यपी, समाजबाट पाखा लगाइएका सीमान्त पात्र अगाडि आए । बेकम्मा भनिएका टुल्के, बिर्खे, तोरी लाहुरे पर्दामा देखिए । समाजमा चलेको पहिचान र सवाल्र्टन आन्दोलनको सशक्त विम्व हो यो । किनभने पात्र देशकाल र समाजको गतिका सूचक हुन् ।

समाजमा महिला उपस्थिती जसरी प्रभावशाली बन्दैछ, त्यसको बाछिटा पर्दामा पोखियो । महिला प्रोटागोनिस्ट सिनेमा धमाधम रिलिज भए र बन्दैछन् । अर्कोतर्फ नेपाली सिनेमाले अनमोल केसीलाई ‘अपिलिङ क्यारेक्टर’को रुपमा पायो, तर उनमा स्टारडम बनिसकेको छैन । सोसल र समकालिन पात्र पर्दामा आउन नसक्दा त्यसले स्टारडम निर्माणमा अवरोध गरिदियो । किनभने राजेश हमालको फिल्मी जग निर्माण यस्तै ‘रिलेभेन्ट’ तत्वबाट भएको हो । व्यापक सामाजिक पुनर्गठन र दर्शकीय अपनत्वले स्टारडम बनाउने हो ।

बितेको वर्ष दर्शकीय मनोविज्ञान अलमलिएको देखिन्छ । दर्शक र सिनेमाबीच अन्तक्रिया हुन नसक्नु यो अन्यौलको कारक हो । संविधान सभाको राष्ट्रिय निराशापन कुनै कोणबाट फिल्मसँग गाँसिएको छ । यसकारण दर्शकले नेपाली फिल्मलाई लिएर दुई किसिमका अवधारणा बनाउन थालेका छन् । पहिलो –अतिरञ्जना र दोस्रो–अस्पष्टता । कथा भन्ने शैलीमा देखिएको निर्देशकीय कमजोरीले दर्शकलाई भ्रमित तुल्याएको छ । अन्यौल सोचको उपज अन्यौल नै हुन्छ ।

बितेको वर्ष ‘टेक्निकल भ्यालु’ स्टार बने । निर्देशकले पाउन नसकेको वाहीवाही फिल्मका संवाद र क्यामेराले पाए । ‘जेरी’, ‘माला’ र ‘हँसिया’को क्यामेरा स्टार बन्यो, ‘कबड्डी’ डायलग स्टार बन्यो । केही फिल्ममा लेखक स्टार बने । फिल्मको प्राविधिक पक्षमा देखिएको सबलता हो यो ।

आशावादी वर्ष : २०७२
दर्शक ‘पर्ख र हेर’ मुडमा छन् । अझै दुईतीन वर्ष आत्तिनुपर्ने कारण छैन । विगत तीन–चार वर्षमा देखिएको सिनेम्याटिक रिक्ततालाई नयाँवर्षले पूर्ति गर्नसक्छ । यसो भन्नुको अर्थ, वर्ष ०७२ ले बलियो ब्याकरण भएका केही सिनेमा पाउन सक्छ । यथास्थिती सिनेमा पनि रिलिज पनि हुनेछन् । तर, नयाँवर्षमा आशा गर्ने ठाउँ थुप्रै छन् ।

चारपाँच केही सिनेमा रिलिज हुनेछन् जसले ‘सिनेम्याटिक संचार’लाई सशक्त तुल्याउन सक्छन् । फिल्मको नेपाली ब्याकरण ती सिनेमाबाट अपेक्षा राखिएको छ । ती हुन् –दोख, छायाँ, कालोपोथी, त्यान्द्रो । तर, खुल्न नसकेको फिल्म बजार भने नयाँवर्षमा पनि प्रश्न वाचक नै हुनेछ ।

देशजस्तै सिनेमामा पनि परिवर्तन चाँडै भएको छ तर, परिवर्तन स्थायी हुन सकेको छैन । परिवर्तनलाई संस्थागत गर्नु वर्ष ०७२ को चुनौति हुनेछ । अल्टरनेटिभ र मेनस्ट्रिम फिल्मको दूरी साँघुरिने क्रम नयाँवर्षमा निरन्तर हुनसक्छ । आउने वर्ष पनि मूलधार कसले लिने भन्नेमा नयाँ र पुराना मेकरबीच द्धन्द्ध हुनेछ । यस्तो द्धन्द्ध सोच र बजारको स्वरुपमा देखापर्नेछ ।

नेपाली सिनेमा पछिल्लो समय बलिउड र हलिउड पात्र मूल्यबाट युरोपेली मोडलतर्फ जाँदैछ । दोख, छायाँ, कालोपोथी, त्यान्द्रोसहितका सिनेमाको संरचना युरोपेली हुनेछ । नेपाली कथा भन्ने शैली र संरचनामा देखिएको रुपान्तरणको गहन मूल्य छ । हलिउड र बलिउड मनोविज्ञान विच्छेदतर्फको यो सुखद अवसर हो । किनभने, भारतीय र अमेरिकी फिल्म उद्योगको संरचनागत प्रभुत्वले नेपाली सिनेमा निर्मातालाई सिर्जनाशिल हुन अवरोध जारी राखेको थियो । युरोपेली मोडलतर्फको संक्रमणको अर्थ पर्दामा स्टारभन्दा पात्र सशक्त हुनु हो ।

वर्ष ०७२ मा सुखद प्रयत्न चाहिँ हुनेछन् । हामीले किन सिनेमाको अन्तराष्ट्रिय व्याकरणलाई गम्भिरताको साथ लिएका छैनौं भन्ने कुरालाई भने सबैले मनन गर्नु जरुरी देखिएको छ । सबैलाई नयाँवर्षको शुभकामना !

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
बर्षका उत्कृष्ट ५ नेपाली नायिका, प्रियंका नम्बर वान

नेपाली चलचित्रका लागि बर्ष २०७१ सुखद बन्न नसके पनि निराशाजनक पनि बनेन । बर्षको अन्त्यमा प्रदर्शनमा आएका दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘हवल्दार सुन्तली’को व्यापारले चलचित्रकर्मीमा आशा जगाइदियो ।

जसले बर्षमा एउटा पनि सफल चलचित्र दिन नसकेका कलाकारहरुलाई पनि केही राहत पुर्‍याइदियो । अर्कोतिर, चलचित्र क्षेत्रमा फेरि एकपटक दर्शक हलसम्म आउँछन् है भन्ने बातावरण तयार भएको छ ।
यो बर्ष प्रदर्शनमा आएका करिब ८५ चलचित्र मध्ये १० वटा चलचित्र सफल भए ।

तर, नायिकाहरुको हकमा हेर्ने हो भने, उनीहरु विभिन्न कारणले चर्चामा रहे । चलचित्रको व्यापार कमजोर हुने नायिकाको अभिनयले तारिफ पायो त, व्यापार राम्रो हुने नायिकाको अभिनय खासै चम्किएन । हामीले विभिन्न आधारमा यो बर्षमा ५ उत्कृष्ट नायिकाको सूची तयार पारेका छौ ।

चलचित्रको व्यापार, कलाकारको व्यस्तता, बर्षभरी विभिन्न संचारमाध्यममा आएका कभरेज, अनलाइनखबरका पाठकले दिएको प्रतिक्रिया आदिलाई आधार मानेर यो सूची तयार गरिएको हो ।


१. प्रियंका कार्की : यो बर्ष नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त बनिन्, नायिका प्रियंका कार्की । यो बर्ष उनले राम्रा ब्यानरका चलचित्रमा काम गरिन्, जुन अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । यो बर्ष प्रियंकाले अभिनय गरेको एउटा मात्र चलचित्र चल्यो, ‘नाई नभन्नु ल ३’ ।

यी बाहेक उनले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड’, ‘आवरण’, ‘पुन्टे परेड'(विशेष भूमिका), श्री ५ अम्बरे(आइटम गीत), मिसन पैसा २ (आइटम गीत), ‘सुन्तली’, ‘माला’, ‘षडङ्ग’ चलचित्र असफल बने । तर, ‘सुन्तली’ र ‘माला’मा प्रियंकाको अभिनयको खुबै तारिफ भयो । यस्तै, प्रियंका कार्की यो बर्ष राम्रो आइटम गर्लको रुपमा पनि परिचित भइन् ।

संचारमाध्यममा प्रियंका बर्षभरि नै छाइरहिन् । अन्तरराष्ट्रिय कार्यक्रमदेखि नेपालमा आयोजना गरिने कार्यक्रममा उनको माग बढ्यो । विज्ञापन बजारमा पनि प्रियंकाको माग अन्य नायिकाको तुलानामा धेरै देखियो । यस्तै, फेसबुकमा उनलाई पछ्याउनेको संख्या पनि यसै बर्ष लाख नाघ्यो । देश तथा विदेशमा आयोजना भएका विभिन्न अवार्डमा पनि प्रियंकाको हात खाली भएन । यही आधारमा हामीले पि्रयंकालाई यो बर्षकी नम्बर एक नायिका ठहर गरेका छौं ।



२. रेखा थापा : रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक सुपरस्टार हुन् । यो बर्ष आफ्नो र बाहिरी ब्यानर गरेर ३ वटा चलचित्रमा काम गरिन् । जसमध्ये, उनकै ब्यानरको मात्र चलचित्र ‘हिम्मतवाली’ले व्यापार राम्रो गर्‍यो ।

‘तथास्तु र दमदार’को व्यापार औषत देखियो । रेखालाई हेर्न दर्शक हलसम्म ओइरिए तर, रेखाको कामको प्रशंसा भने खासै सुनिएन । अभिनय भन्दा पनि अन्य कारण उनी बर्षभर चर्चामा रहिन् । स्क्याण्डल र अभिब्यक्तिका कारण रेखा बर्षभरि नै संचारमाध्यममा छाइन् ।

यो बर्षबाट नै रेखा थापा आफै निर्देशक बनिन् । फेसबुक लाइक पेजका आधारमा रेखा थापा नेपालकै सर्वाधिक चर्चित सेलिब्रेटी मानिन्छिन् । उनको पेजमा करिव १३ लाख फ्यानले लाइक गरेका छन् । रेखाले बलात्कारको शिकार बनेका दुई पूजालाई भेटेर चलचित्रमा अभिनय गराउने घोषणा गरिन् भने सामाजिक कार्यमा पनि उनी अगाडि देखिइन् ।





३. केकी अधिकारी : केकी अधिकारी नेपाली चलचित्र र म्यूजिक भिडियोमा जमेकी नायिका हुन् । उनले अभिनय गरेका ५ चलचित्र यो बर्ष प्रदर्शनमा आए ।

तर, ५ वटै चलचित्रको व्यापार चित्तवुझ्दो छैन् । केकी अधिकारीको चलचित्रले व्यापार नगरे पनि उनको कामलाई भने रुचाइयो । केकीले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड, माई प्रमिस, ठूलो मान्छे, श्री ५ अम्बरे र पूनर्जन्म यो बर्ष प्रदर्शनमा आएका चलचित्र हुन् । जसमध्ये ‘पूनर्जन्म’ले मुश्किलले  लगानी उठाउनु बाहेक अरुले हावा खाए ।

केकी अधिकारी यो बर्ष सोसल मिडियामा चर्चित रहिन् । उनलाई यूवापुस्ताले आइडलको रुपमा पनि लिन्छन् । केकी अधिकारीले सामाजिक संजालमा लेख्ने स्टाटस र उनका फ्यानले दिने प्रतिक्रिया गजबकै छन् । चलचित्रको व्यापार असफल भए पनि केकीले नयाँ नयाँ काम पाइरहेकी छिन् ।

प्रायः स्क्याण्डलबाट बाहिर रहने यी नायिका यो बर्ष सामाजिक संजालमा जिम्मेवार अभिब्यक्ति दिएर आफुलाई सामाजिकरुपमा सबल बनाइन् । केकी यो बर्ष ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा उत्कृष्ट नायिकाको रुपमा पुरस्कृत भइन् ।



४. नम्रता श्रेष्ठ : नम्रता श्रेष्ठका लागि बर्ष २०७१ सामान्य रह्यो । उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ बर्षको सुरुवातमै सफल बन्यो । जसका कारण पनि नम्रतालाई दर्शकले लभस्टोरी चलचित्रमा रुचाए । तर, उनले बिचमा केही बाटो बिगारिन् । यसैले उनले अभिनय गरेका ‘ताण्डव’, ‘सोल सिस्टर’ र ‘संवोधन’ असफल बने ।

चलचित्रको व्यापारका हिसाबले नम्रताका लागि सामान्य रहे पनि उनी यो बर्ष निर्मात्री बनिन् र नयाँ परिचय दिइन् । आउँदो बर्ष नम्रताको हातमा केही त्यस्ता चलचित्र छन्, जसले उनलाई फेरि एकपटक खुशी दिनसक्छ । यो बर्ष नम्रता र ‘ताण्डव’का कलाकार आशिष राना ‘लाहुरे’को प्रेमले चर्चा पायो ।

अर्कोतिर प्रेमी प्रेम घलेसँग छुटेका र जोडिएका समाचारले पनि उनलाई चर्चामा ल्याइदियो । नम्रता श्रेष्ठ ब्रान्ड बजारमा पनि आफूलाई स्थापित गराएकी नायिका हुन् । ब्राण्ड इन्डोर्समेन्टमा पनि नम्रता अब्बल छिन् ।



५. नीता ढुंगाना : यो बर्ष नीता ढुंगानाको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो । ‘भुल भूलैया’को व्यापारले नायिका ढुंगानालाई खुशी दियो ।

यी बाहेक नीता यो बर्ष आधा दर्जन चलचित्रमा अभिनय गर्न व्यस्त बनिन् । प्रेमी आमेष भण्डारीसँगको अफेयरलाई आफैले सार्वजनिक गरिदिएपछि उनी मिडियामा छाइन् । थुप्रै ठाउँमा उनले प्रेमीसँग फोटोससन र अन्तरवार्ता गरिन् ।

नीताले अभिनय गरेका केही आशातित चलचित्र अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । अभिनय र नृत्यका हिसाबले पनि नीता ढुंगानाको कामको तारिफ भएको पाइन्छ । बर्षभरि विभिन्न कारणले चर्चामा रहेकी नीतालाई संचारमाध्यममा पनि राम्रै प्रभाव भएकी नायिकाको रुपमा चिनिन्छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
बि.स. २०७१ ले भोलिदेखि हामीबाट बिदा लिँदैछ । नयाँ बर्ष २०७२ को आगमनको उमंगसँगै हामीले वित्दै गरेको बर्षमा नेपाली चलचित्र उद्योग कस्तो रह्यो भन्ने समिक्षा गर्दै छौं ।

बर्ष ७१ नेपाली चलचित्रका लागि सुनौलो बन्न सकेन् । प्रतिशतको आधारमा हेर्ने हो भने ९० प्रतिशत चलचित्र पूर्ण रुपमा असफल भए । तर, पनि निर्माताहरुले लगानी गर्न छाडेनन् । कलाकार व्यस्त भैराखे ।
यो बर्ष केही फिल्मी नायकहरुलाई निकै फलिफाप भयो । फिल्मले लगानी उठाउन नसके पनि उनीहरुले काम पाइराखे, राम्रै आम्दनी गरे र बर्षभरी चर्चामा रहे ।

हामीले कलाकारको काम, बक्स अफिस कलेक्सन, मिडिया कभरेज, अभिनय र चलचित्र क्षेत्रमा पारेको प्रभावलाई आधार मानेर सफल ५ जना अभिनेताको सूची तयार पारेका छौं ।


१. आर्यन सिग्देल : बर्ष २०७१ मा सर्वाधिक गाली र ताली पाउने नायक हुन्, आर्यन सिग्देल । चलचित्र सफलता र असफलताले आर्यनलाई चर्चामा ल्याइदियो । बर्षको सुरुवातमै प्रेमिका सपना भण्डारीसँग बिहे गरेपछि आर्यनको भाग्य चम्केजस्तै भयो ।

उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ले बक्स अफिसमा राम्रो कमाई गर्‍यो । अर्को फिल्म ‘लज्जा’ पनि अपेक्षाकृत राम्रै चलेपछि उनलाई फिल्म लिन चाहने निर्माता-निर्देशकको लाइन बढ्न थाल्यो । उनले एक्सन गरेका दुई चलचित्र ‘नाईके र ‘अलबिदा’ असफल भएपनि उनलाई केही परक परेन ।

चलचित्र ‘माला’ पनि ब्यबसायिक रुपमा असफल रह्यो । अर्को फिल्म ‘पूनर्जन्म’ले लगानी उठाउन मात्र सक्यो । आर्यन सिग्देललाई निर्देशक विकास आचार्यले पत्याए र ‘नाई नभन्नु ल ३’ मा खेलाए । यो चलचित्रले २ दिनमा बम्पर ब्यापार गरेपछि आर्यन सिग्देलको भाग्य यो बर्ष चम्कियो ।

व्यापारिक रुपमा आर्यनका लागि यो बर्ष खराब रहेन भन्न सकिन्छ । संचारमाध्यममा आर्यनका खबरहरु प्रकाशन भैरहे । टेलिभिजन, पत्रिका, अनलाइनमा आर्यनका आलोचना र प्रशंसा गरिएका थुप्रै समाचार छापिए । निर्माताका लागि आर्यन नेपाली चलचित्रको एक मात्र नायकको रुपमा देखिए । ‘चलेपनि आर्यन, नचलेपनि आर्यन’ को अवस्था आयो ।

खुट्टाको अप्रेशनपछि आर्यन केही समय बेड रेस्टमा बसे, तर निर्माताले उनलाई १ बर्षसम्म कुर्न तयार भए । आर्यनको बढ्दो लोकप्रियताका आधारमा उनलाई हामीले यो बर्षको नम्बर १ नायकको स्थानमा राखेका छौं ।


२. दयाहाङ राई : नायक भन्दा पनि अभिनेताको रुपमा चर्चित कलाकार दयाहाङ राइलाई दर्शकले बर्षको सुरुवातमै साथ दिए । उनले अभिनय गरेको चलचित्र ‘कबड्डी’ मल्टिप्लेक्समा खुबै चल्यो । सिंगल थिएटरदेखि मल्टिप्लेक्ससम्म रुचाइने कलाकार बने दया ।

यो बर्ष दयाले अभिनय गरेका ‘नागबेली’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘सम्बोधन’ सफल हुन सकेनन् । तर, पनि दयाहाङलाई कामले पछ्याइरहयो । यो बर्ष दयाहाङको हातमा प्रशस्त चलचित्र आए, जुन आउँदो बर्ष प्रदर्शनमा आउनेछन् । नेपाली चलचित्र क्षेत्रमा दयाहाङलाई दमदार अभिनय गर्ने कलाकारको रुपमा लिइन्छ ।




३. जीवन लुइँटेल : गत बर्ष र यो बर्ष पनि जीवन लुइँटेल अभिनित चलचित्रले बक्स अफिसमा धुम मच्चाउन सकेनन् ।

बर्षको अन्त्यमा प्रदर्शनमा आएको चलचित्र ‘भुल भूलैया’को सुखद ओपनिङले जीवनलाई राहत दियो । उनले अभिनय गरेका चलचित्रहरु ‘शिशा’, ‘ठूली’, ‘स्टूपिड मन’ले व्यापारिक सफलता हाँसिल गर्न सकेनन् । तर, जीवनको माग चलचित्र क्षेत्रमा घटेको छैन ।

यो बर्ष उनी २ पटक अमेरिका पुगे । अमेरिकाका विभिन्न शहरमा जीवन अभिनित ३ चलचित्र प्रदर्शनमा आए, जुन यसअघि कुनै नायकको आएका थिएनन् । चलचित्र खासै नचले पनि जीवनको व्यस्तता कम भएन । उनी अर्को बर्ष पनि नेपाली चलचित्रको बजारमा छाउने देखिन्छ ।

संचारमाध्यममा पनि जीवन छाइरहे । कहिले अमेरिका यात्रा र ग्रिनकार्ड अप्लाईको प्रसंग, कहिले एप्समार्फत जोडिएको फ्यानसँगको सम्बन्ध त कहिले सामाजिक संजालमा उनको सक्रियता । सधैजसो उनले संचारमाध्यमको ध्यान तान्न सफल भए ।




४. अनमोल केसी : नायक भुवन केसीका छोरा अनमोल केसीलाई नेपाली चलचित्रमा उदाउँदो सुपरस्टारको रुपमा हेरिएको छ । गतबर्ष चलचित्र ‘होस्टेल’ सफल भएपछि अनमोलको उचाई बढेको हो । यो बर्ष चल्ने कम चलचित्रको सूचीमा अनमोलको ‘जेरी’ अगाडि आउँछ ।

यो बर्ष उनको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो, जसलाई हेर्न दर्शक हलमा ओइरिए । अनमोलको फ्यान पेजमा फलोअरको संख्या ह्वात्तै बढेको छ । अनमोल नेपाली नायकहरुमा सवैभन्दा धेरै फेसबुकमा फ्यान भएका कलाकार हुन् । यो बर्ष उनी र ‘जेरी’ नायिका आना शर्माको प्रेम प्रसंगले पनि चर्चा पायो ।

उनले कुन चलचित्र साइन गर्छन र कुनबाट ब्याक हुन्छन जस्ता सानातिना खवरले पनि पाठकको ध्यान तान्ने गरेको छ । अनलाइनखरमा अनमोलबारे प्रकाशित सवैजसो समाचार लोकप्रिय बने । पाठकको यही क्रेजका कारण अनमोल नेपाली चलचित्र क्षेत्रका नयाँ सुपरस्टार हुन् ।



५. सौगात मल्ल : सौगात मल्ल अभिनयका हिसावले नेपाली फिल्म उद्योगमा निकै वजनदार नाम बनिसक्यो । उनले जति पनि चलचित्रमा काम गर्छन, जुन जुन भूमिका गर्छन, ती सवै समकालिन नेपाली समाजमा राम्रैसँग स्थापित भइदिन्छन् ।

यो बर्ष उनले ‘मुखौटा’, ‘श्री ५ अम्बरे’ र ‘षडङ्ग’ बक्स अफिसमा सर्वाधिक असफल चलचित्र हुन् । तर, यी ३ वटै चलचित्रमा उनले गरेको कामको खुबै चर्चा भयो, अर्थात फिल्म असफल भए पनि सौगात सधै सफल रहे । चलचित्र ‘षडङ्ग’बाट सौगातले ‘कालु’ नामक पात्र जन्माएका छन् । नेपाली चलचित्रमा पात्रमा भिजेर अभिनय गर्ने कलाकार सौगात जस्तो सायदै अरु होलान् ।

संचारमाध्यममा आउन नचाहने सौगात यो बर्ष पनि पछि परे । लो प्रोफाइलमा रहेर उन्नत अभिनय गर्ने भएपनि उनी संचारमाध्यम, सामाजिक संजाल र फ्यानसँगको अन्तरक्रियामा पछि परेका कारण हामीले उनलाई पाँचौं स्थानमा राख्यौं ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
शिल्पादेखि छुल्ठिमसम्म, यी हुन् यो बर्ष भित्रिएका आशा लाग्दा नव-नायिका


नेपाली चलचित्रमा पुराना नायिकाहरुको घम्साघम्सी त आफ्नो ठाउँमा छ नै । नयाँ नायिकाहरुको प्रवेशले पनि यो बर्ष सर्वाधिक चर्चा पायो । यो बर्ष नेपाली चलचित्रले आशा लाग्दा केही अनुहार पाएको छ, जसले आगामी दिनमा यो चलचित्रलाई धनी बनाउन सक्छन् । तिनै आशातित केही नायिकाको आउनुहोस् चर्चा गरौ ।

म्यूजिक भिडियोमा सर्वाधिक सफलता पाएपछि चलचित्र ‘लज्जा’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका हुन्, शिल्पा पोख्रेल । निर्माता छविराज ओझाको छविराज प्रोडक्शनबाट भित्रिएकाले पनि शिल्पाका लागि यो बर्ष सफलताले चुम्यो ।

यो बर्ष शिल्पाले अभिनय गरेका २ चलचित्र प्रदर्शनमा आए । जसमा ‘लज्जा र हवल्दार सुन्तली’ पर्छन् । दुबै चलचित्रको व्यापारले शिल्पा पोख्रेललाई यो बर्षकी सर्वाधिक सफल नव-नायिकाको स्थानमा राखिदिएको छ । दुबै चलचित्रले बम्पर ब्यापार गरेका छन् । जसका कारण पनि आउँदो बर्ष शिल्पा पोख्रेलबाट चलचित्र क्षेत्रले ठूलो आशा राख्न सक्छ ।



नायिका छुल्ठिम गुरुङ

चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि नव-नायिका छुल्ठिम गुरुङले सबैको तारिफ पाइन् । उनले निर्वाहा गरेको ‘डल्ली’ भूमिकाले चलचित्रको व्यापारमा नै फेरबदल ल्याइदियो । हुनत, यसपछि छुल्ठिमले चलचित्रमा काम नगर्ने बताउँदै आएकी छिन् ।



नायिका आना शर्मा ।

तर, उनीबाट दर्शकले चलचित्रमा ठूलो आशा राख्न सक्छन् । चलचित्र ‘जेरी’बाट चलचित्र क्षेत्रमा भित्रिइन्, नयाँ अनुहार आना शर्मा । आनाले नायक अनमोल केसीसँग मिलेर निर्वाहा गरेको भूमिकाले तारिफ मात्र पाएन, चलचित्र पनि हिट भयो । यसकारण पनि आना शर्मालाई नेपाली चलचित्रमा नयाँ जेनेरेशनको नायिकाको रुपमा हेर्न थालिएको छ । आना अनमोल केसीसँगको प्रेम सम्बन्धले पनि यो बर्ष चर्चामा रहिन् ।




नायिका आश्मा डीसी

‘आभाष’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन् आश्मा डीसी । यो चलचित्रले व्यापारिक रुपमा त कुनै कमाल मच्चाएन, तर आश्माको कामको तारिफ भयो । आश्माले यसपछि अर्को चलचित्रमा काम गरिन्, ‘नाई नभन्नु ल ३’ । यो चलचित्रमा उनले छोटो तर महत्वपूर्ण भूमिका निर्वाहा गरेकी छिन् । टेलिभिजनमा कार्यक्रम चलाउँदै नायिका बनेकी आश्माले पनि छोटो समयमा नै आफूलाई दरिलो रुपमा उपस्थित गराएकी छिन् ।




नायिका अकेषा बिष्ट

यो बर्ष नै चलचित्रमा भित्रिएकी अर्की कलाकार हुन्, अकेषा बिष्ट । अकेषाले अभिनय गरेको चलचित्र ‘जिन्दगी रक्स’ले व्यापारिक रुपमा त खासै कमाल मच्चाएन, तर अकेषालाई नेपाली चलचित्रमा आशालाग्दी नायिकाको रुपमा हेरिएको छ । हुनत, उनले अब चलचित्रमा काम नगर्ने बताउँदै आएकी पनि छन् । तर, म्यूजिक भिडियोमा चम्किएकी अकेषाका लागि चलचित्र क्षेत्र पनि सुनौलो बन्न सक्छ ।

हुनत, यी बाहेक अन्य केही नयाँ महिला अनुहार पनि छन् जसले चलचित्रमा भविष्य बनाउने सोचका साथ अगाडि बढेका छन् । तर, माथि उल्लेखित ५ नायिकाले चलचित्र क्षेत्रमा आगामी बर्ष हलचल पैदा गर्न सक्ने देखिन्छ ।