Author Topic: Nai Nabhannu La 3 (नाइँ नभन्नु ल ३) April 10, 2015 release (Film Review added)  (Read 1539 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Nai Nabhannu La 3 (नाइँ नभन्नु ल ३) is releasing on April 10

FON Profile of the movie --> http://filmsofnepal.com/nepali-film-nai-nabhnnu-la-3-2015/


Premier was held on April 6
details here --> http://xnepali.net/movies/nai-nabhannu-la-3-premiered-held-rekha-appreciates-muskan-dhakal-suspiciously/



Priyanka goes to Australia for the premier  to be held on April 13
-- http://nepaliactress.com/nai-nabhannu-la-3-premier-with-priyanka-karki-in-australia-on-april-12/

Priyanka's transparent dress showing her bra outline (taken on April 9 at TIA):





« Last Edit: April 11, 2015, 04:56:50 AM by anand »

anand

  • Administrator
  • *******
  • Posts: 767
Nai Nabhannu la 3 Movie Review


Anuvab Regmi, Priyanka Karki, Aryan Sigdel, Suraj Singh Thakuri, Sanchita Luitel, Garima Panta (Special Appearance)


Director - Muskan Dhakal

- Nai Nabhannu La 3 is a musical journey of a young boy, Rhythm and his bond with her mother.
- Sanchita Luitel and Garima Panta are featured in special appearance.
- Nai Nabhannu La 3 shows the affection between a mother and her adopted son.
- Besides the adopted son, the story is also about the guy she loves and another guy that loves her madly.
- good cinematography.
- average script, yet it effectively shows the bond between mother and her son.
- The first half of the movie has a good balance between wit and story
- Second half is very emotional - a bit bit too long at places
- some unnecessary songs.

- Example of bad things
- the romance between Samyam Puri and her girlfriend has spoiled the main story.
- how can Anuvab learn playing guitar so easily?

- the climax was too predictable. In the climax  all the characters come to the same place - a classic way of ending desi movies.

Performance:
- Anuvab Regmi has done a great job. Has a bright futures
- Priyanka Karki performance is fantastic
- Aryan Sigdel did a great performance. Body language and facial expressions are great in the first half of the movie.
- All other actors were also good

Plot:
- Kusum (Priyanka Karki) is living with her adopted son, Rhythm (Anubhav Regmi).
- Prakash (Aryan Sigdel) is the best friend of Kusum and he loves her very much.
- Prakash has a beautiful daughter. His wife had died
- Sameer was a famous singer. He came out of jail. Kusum meets Sameer and she falls in love with him.
- Kusum forces Rhythm to learn guitar  to get closer to Sameer

will Prakash be able to get the girl he loved? You will learn this only on the dramatic climax of the movie.


The movie is worth watching for:
---- beautiful songs
---- witty acts of Aryan Sigdel and amazing performances of other actors.


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
विकास आचार्य ‘नाई नभन्नु ल’ का दुई संस्करणमा आफ्नो स्वादमा दर्शक रिझाउन सफल बने । तेस्रो संस्करणमा उनले निर्देशनको बागडोर मुस्कान ढकाललाई सुम्पेर आफु निर्माणमा मात्रै सीमित रहे । मुस्कानले पनि विकासको मसला-फर्मुलालाई खासै तलमाथि नगरी निरन्तरता दिएका छन् । यसैले उनी ‘जस्तो गुरु, उस्तै चेला’ बनेका छन् ।

‘नाई नभन्नु ल ३’ मा पनि कथाको केन्द्रबिन्दुमा बालक नै छन्, जसमा अनुभव रेग्मी दोहोरिएका छन् । यसपटक उनमा ज्यान लिने कुनै रोगव्याधी छैन । जन्मजात संगीतको शिल्पको गुण लिएर आएका उनी अनाथ हुन् । जसलाई एक युवतीले सहारा दिएकी छन् । फिल्म पारिवारिक र प्रेम मिलनको दुई बाटोमा अघि बढेको छ ।



नाममा सिक्वेल जस्तो लागे पनि ‘नाई नभन्नु ल ३’का पात्र र कथाले त्यसको खास पुष्टि गर्दैनन् । ‘नाई नभन्नु ल ३’ चरित्र परिचयमा तयार पारिएको फिल्म हो । यसमा निकै गहकिलो विषय छैन । यो मल्टिस्टारर फिल्ममा चरित्रको भने भीडै जम्मा पारिएको छ । माथि नै भनिएजस्तो मनोरञ्जन-मसलाको स्वादमा ज्रि्रो फड्कार्ने दर्शकका लागि यो फिल्म रोचक लाग्न सक्छ । हास्य र भावुक बनाउने ‘पन्च’हरु तिनै दर्शकलाई केन्द्रित गरी बुनिएका छन् । यसमा धेरै तर्क खोज्न थालियो भने चाहिँ फिल्मको स्वादप्रति अन्याय हुन जाला †

‘नाई नभन्नु ल ३’ मा यसपटक विकासका ब्रान्ड हिराेजस्तै भइसकेका जीवन लुइंटेल छैनन्, उनको ठाउँमा आर्यन सिग्देल छन् । यसमा आर्यनलाई दर्शकले रोमान्टिक लभरब्वायका रुपमा फिल्ममा देख्न सक्नेछन् । फिल्म आर्यनसँगै सुरजसिंह ठकुरी, प्रियंका कार्की र अनुभवकै चरित्र वरिपरी घुम्छ । संगीतकारका रुपमा देखिएका सुरजसिंह जन्मकैद भुक्तान गरी जीवनलाई पूर्ववत् अवस्थामा ल्याउन खोजिरहेको एक पात्रको भुमिका छन् भने प्रियंका एक टुहुरो बालकका लागि बाबुको घर छोडेर बसेकी छिन् । फिल्मका सबै पात्र आफ‍नो लक्ष्यमा संर्घषरत छन् । सबैका उपकथाहरु कसरी अनुभवको मुलकथामा आएर जोडिन्छन्, ‘नाई नभन्नु ल ३’ ले बताएको छ ।

यसअघिका श्रृखंला जस्तै सांगीतिक बनाउन खोजिएको ‘नाई नभन्नु ल ३’ भने कुनै ठाउँमा ‘लाउड’ सुनिन सक्छ । ‘नाई नभन्नु ल २’ कै तहमा संगीत र यसको प्रयोगले दर्शकलाई भावनात्मक बनाउन सकेको छैन । तर यसपटक प्रयोग गरिएको कमेडीले भने फिल्मको ट्रेडमार्क नै भएको रोनाधोनामा सन्तुलन कायम गर्ने प्रयास गरेको छ ।

anand

  • Administrator
  • *******
  • Posts: 767

नाईं नभन्नु ल ३ समीक्षा : अलमलिएको कथा

    रेटिङ : २.५/५



गोकर्ण गौतम


उपकथाको सही संयोजनले फिल्मको मुल कथालाई सशक्त र जीवन्त बनाउँछ । सहायक कथा जति जोटिला हुन्छन्, मुल कथाको वजन त्यति नै बढ्छ तर सहायक कथा अनावश्यक रुपमा हावी भयो भने फिल्मको बहाव बिग्रन्छ, मुल कथा ओझेलमा पर्छ । फिल्म पुरा हेरिसक्दा पनि निर्देशकले भनेको कथा भेउ पाउन मुस्किल हुन्छ । नाईं नभन्नु ल ३ यही कोटीमा पर्ने फिल्म हो । झिना-मसिना कथालाई बढी स्पेश दिदा फिल्मको चुरो कुरो धरमराएको छ ।

नाईं नभन्नु ल २ मा पनि यो समस्या थियो, यसमा पटक अझ बढेको छ । यद्यपी नामबाहेक कथागत रुपमा अघिल्लो फिल्मसँग यसको कुनै सम्बन्ध छैन । निर्देशक पनि नयाँ हुन् । विकास आचार्यले निर्देशनको जिम्मेवारी मुस्कान ढकाललाई दिएका छन्, पटकथा र निर्माण भने विकासकै हो । बच्चामै केन्दि्रत भएपनि अघिल्लो फिल्मजस्तो बच्चाको इमोशनलाई अतिरञ्जित गरिएको छैन ।

फिल्ममा मुख्य चार कलाकार छन् । बाबु विनाको बालक रिदम (अनुभव रेग्मी), परिवारबाट टाढिएर एक्लै छोरालाई हुर्कारहेकी कुसुम (प्रियंका कार्कीं), भर्खरै जेलबाट निस्किएको गायक समिर (सुरजसिंह ठकुरी) अनि श्रीमतीको मृत्युपश्चात एक्लै छोरीलाई हुर्कारहेको प्रकाश (आर्यन सिग्देल) । फिल्मको कथा यी चार पात्रको वरपर घुमेको छ । सँगै समिरकी पत्नी शान्तिवृत्ति (सञ्चिता लुईंटेल), अभिभावकविहीन गायक संयम (संयम पुरी), उसकी प्रेमीका आश्मा (आश्मा डिसी), प्रकाशकी छोरी दिक्षा (सफला भट्टराई) अनि कुसुमका बाबु बसन्त भट्टले पनि धेरेथोर ठाउँ ओगटेका छन् । यति धेरै पात्र र उनीहरुका आ-आफ्नै पृष्ठभूमि देखाउँदा नै धेरै दृश्य खर्च गरिएको छ । फ्ल्यासब्याक धेरै भएकाले कथा बुझ्न मुस्किल हुन्छ ।

एक सिनमा देखिएका कलाकारको पनि मुल कथासँग प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध हुनुपर्छ । ताकी त्यो पात्रको महत्वबोध होस् । हिन्दी फिल्म लाईफ इन मेट्रो धेरै कलाकारको सुन्दर संयोजन गरिएको उत्कृष्ट नमूना हो तर पटकथाकारले नाईं नभन्नु ल ३ लाई उक्त फिल्मसँग दाँज्न योग्य बनाएका छैनन् । अनावश्यक पात्रहरुले गर्दा फिल्मलाई बोझिलो बनाएको छ । संयम र आश्मा फिल्ममा जर्बजस्ती घुसाइएका पात्र हुन् । सञ्चिताको भूमिका पनि त्यति प्रकावकारी छैन । बरु अनुभव, पि्रयंका र सुरजको सम्बन्धलाई अझ प्रभावकारी र मर्मस्पर्शी ढंगबाट देखाउन सकिन्थ्यो ।

पि्रयदर्शनको शैलीमा सबै पात्रलाई एकै ठाउँमा जम्मा पारिएको क्लाइमेक्स अत्यन्त बनावटी लाग्छ । कथाप्रति निर्देशकको आत्मविश्वास नभएको परिणाम हो यो । आशुँ त नाई नभन्नु ल कै ट्रेडमार्क भइहाल्यो । यसमा पनि दोहोरिएको छ । तर मध्यान्तर अगाडी आर्यनले निकै हसाउँछन् ।

कथा र पात्रको संरचनामा फिल्म चुकेको भएपनि शैलीगत हिसाबमा मुस्कानले प्रसंशनीय काम गरेका छन् । पात्र धेरै भएपनि छरितो प्रस्तुतीले फिल्मलाई पट्टयार लादो हुनबाट जोगाएको छ । पटकथाको तहभन्दा उनको निर्देशकीय शिल्प केही माथि छ भन्न हिच्किचाउनु पर्दैन् । खिच्ने शैली र पृष्ठभूमि संगीतजस्ता प्राविधिक पक्षमा पनि फिल्म अब्बल छ ।

कलाकारको जीवन्त अभिनय फिल्मको अर्को सकारात्मक पाटो हो । अघिल्लो सिक्वेलमा प्रेममा परेका बालक अनुभव यो फिल्ममा अाइपुग्दा प्रेम गर्न सिकाउने भएका छन्, त्यो पनि अरुलाई हैन, आफ्नै आमालाई । चुलबुले प्लस गम्भीर दुवै भूमिकामा उनी फिट छन् । पि्रयंका, सुरज, आर्यनलगाएतका कलाकारले भूमिका सुहाउँदो अभिनय गरेका छन् ।

फर्मुला फिल्ममा चाहिने हाँसो, रोदन, संगीत र फाइट सबै तत्व यसमा छ । टाइम पासका लागि कामचलाउ भएपनि यो सम्झनालायक फिल्म होइन् । नयाँपन नखोज्ने र पुरानै कथालाई हल्का रंगरोगन गर्दा चित्त बुझाउने सामध्र्य छ भने यो फिल्मले निराश पार्दैन ।

 

प्रकाशित मिति: २०७१ चैत्र ३०