Author Topic: Na Birse Timilai Na Paye Timilai  (Read 1228 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 767
Na Birse Timilai Na Paye Timilai
« on: June 19, 2015, 10:30:15 AM »
Sorry फिल्म छैन -- पछि यहा हुन सक्छ --> http://xnepali.net/movies/nepali-movie-na-birse-timilai-na-paye-timilai/


‘न बिर्सें तिमीलाई न पाए“ तिमीलाई’

सुशील पौडेल

काठमाडौं– ‘दुई जना मध्ये एकले मात्रै कम माया गरेको थाहा पाए“ भने घा“टी थिचेर मारिदिन्छु ।’ फिल्म ‘न बिर्सें तिमीलाई न पाए“ तिमीलाई’मा दुई साथीहरु शिशिर र शरदप्रति ऋतुले आफ्नी दिदीस“ग पोखेको यहीं मायाभावमा फिल्म बगेको छ ।

तीन घनिष्ट साथीहरुको आत्मीय सम्बन्धबाट शुरु हुने योगेश घिमिरे निर्देशित फिल्ममा नायक विराज भट्ट, बाबु बोगटी र नायिका झरना थापा एकअर्काका अति मिल्ने साथी हुन् । तर विपरीत लिङ्गीबीच साथित्व धेरै दिन रहन सक्दैन भन्ने आशयमा ऋतुकी दिदी (प्रज्ञा जोशी)ले कोही एकलाई जीवनसाथीको रुपमा रोज्न आग्रह गर्छे । तर बहिनी ‘साथीस“ग त सुखदुःख बा“ड्नुपर्छ, शरिर होईन’ भन्ने तर्क अघि सार्छे । सुरज सुब्बा ‘नाल्बो’ लिखित कथा÷पटकथाले त्यसपछि पात्रमा विभिन्न आरोह अवरोह निम्त्याउ“छ ।

शरद (बाबु) पेशाले डाक्टर र शिशिर (विराज) ठूलै व्यापारी भएपनि उनीहरु प्रायः डान्सर साथी ऋतु (झरना)स“ग उपलब्ध भईरहन्छन् । नामुद नृत्यांगाना बनाउन शिशिरले ऋतुका हरेक नृत्य कार्यक्रम संचाालनका लागि शिशिर जतिसुकै आर्थिक सहयोग गर्न पनि तयार हुन्छ । उ साथीको जन्मदिनमा कार उपहार दिन सक्ने माया दर्शाउ“छ । त्यसो त ऋतु मायालाई महंगो उपहारमा दा“ज्न चााह“दिन । तर शरद आफ्नो फिल्म हेर्न जाने प्रस्ताव ऋतुले सोही महंगो उपहारका कारण लत्याएको ठान्दै खिन्न बन्छ ।

प्रज्ञा फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘न बिर्सें तिमीलाई न पाए“ तिमीलाई’का तीन पात्रबीचको तनाबको कारण भने विवाह प्रस्ताव बन्न पुग्छ । आफ्नो मन परेको साथीलाई अर्कैले हड्प्ने पो हो की भन्ने मानसिकताले शरदले ऋतुलाई अनायाश विवाह प्रस्ताव राख्छ । तर आफ्नो मान्यतामा अडिग ऋतुले बरु उसको साथ छोडिदिन्छे, प्रस्ताव स्वीकार्दिन । शरदले फ्रेण्डशिपलाई गलत अर्थमा बुझेको भन्दै घृणा गर्न थालेकी ऋतु त्यसपछि भने शिशिरलाई साथी मात्र नभई ‘सबथोक’ भएको बताउ“छे । यही घटनाले शरद र शिशिरको सम्बन्धमा पनि चिसो आउ“छ ।

तर भलै शिशिरले पनि उनलाई सार्वजनिक रुपमा गर्लफ्रेण्ड बताईदिएपछि ऊ स“गको सम्बन्ध पनि तोड्छे । यसै बेला ऋतुलाई एक समस्या आईपर्छ जसले उसको जीवनमै उथुलपुथुल ल्याईदिन्छ । खुट्टामा देखिएको क्यान्सरका कारण उसको अपरेशनको जिम्मा शरदलाई नै आउ“छ । तर केही खलपात्रको चलखेलका कारण ऋतुले आफ्नो देब्रे खुट्टा गुमाउनु पर्छ । तर यसको दोष डाक्टरलाई जान्छ र साथीहरुको सम्बन्धमा जटिल अवस्था थपिंदै जान्छ । तर शीर्षक अनुसार फिल्म वियोगमा भने टुगिंदैन ।

विपिन किरणको शब्द, महेश खड्काको संगीतमा अञ्जु पन्तले गाएको चर्चित गजलकै हरफबाट फिल्मको शीर्षक राखिएको फिल्मको सांगितीक पक्ष राम्रो छ । कोरियोग्राफर गोविन्द राईले गीतमा कलाकारबीच राम्रो तालमेल मिलाएका छन् । तर शीर्ष गीत ‘न बिर्सें तिमीलाई...’ भावना विपरीत बार डान्स जस्तो बन्न पुगेको छ । फिल्ममा मुख्य भुमिकामा देखिएका कलाकारको अभिनय नराम्रो लाग्दैन । अझ रोमको नकारात्मक चरित्रमा देखिएका कमलकृष्ण पौडेलको अभिनय तारिफयोग्य छ । तर अत्यन्त आत्मीय सम्बन्ध भनिएका साथीमा तुलनात्मक रुपले सानो घटनाले नै विश्वासको संकट देखिंदा दर्शक केही दृश्यमा सन्तुष्ट नहुन सक्छन् । परिवारका सदस्य बसेर हेर्दा अप्ठ्यारो नपर्ने फिल्म रेटिंगमा मध्यम देखिन्छ ।