Author Topic: Janwi Bohara - actress  (Read 7958 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 767
Janwi Bohara - actress
« on: June 28, 2015, 03:11:22 AM »

Janwi's movie -- "Sapana Timro Mero" is releasing soon
http://xnepali.net/movies/sapana-timro-mero-to-release-on-august-7/




अभिनेत्री जान्बी बोहरा घाइते, शल्यक्रिया गरी घाटीबाट सिसा निकालियो


अभिनेत्री जान्बी बोहरा घाइते भएकी छन् । गत शनिबार गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत स्वरुप त्रिपाल ल्याउन बाकेँको नेपालगञ्ज पुगेकी बोहोरा खानामा परेको सिसा घाटीमा अड्किदा घाइते भएकी हुन् ।

राहत संकलनका लागी नेपालगञ्ज नजिकै रहेको भारतीय नाका रुपडिया जाने क्रममा हतार हतार नचापईकनै खाना खादा सिसा घाटीमै अडकेर उनी गम्भिर घाइते भएकी हुन् ।

नेपालगञ्ज मेडिकल कलेजमा करिब ७ घण्टापछि घाटीको शल्यक्रिया गरी घाटीमा अड्केको सिसा निकालिएको उनले बताँएकी छन् ।

एक्टर नेपालसंगको कुराकानीमा अभिनेत्री बोहराले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका भूकम्पपीपीडितका लागी करिब २ सय ५० थान त्रिपाल भन्सारबाट छुटाउनका लागी हतार हतार गर्दा सो दुर्घटना भएको हो ।

अहिले अवस्था सामान्य रहेको पनि उनले बताएकी छन् । समाजसेवी तथा व्यापारी समेत रहेकी अभिनेत्री बोहोराले थुप्रै म्युजिक भिडियो र विभिन्न गीतहरुमा अभिनय गरेकी छन् भने उनीद्धारा अभिनित चलचित्र सपना तिम्रो मेरो यही जेठमा रिलिज हुदैछ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Janwi Bohara - actress
« Reply #1 on: June 28, 2015, 09:12:46 AM »
फिल्ममा अलिकति एक्स्पोज गर्नुपर्छ, पुरै नागिंने होइन : अभिनेत्री जानुवी बोहोरा

Actor Nepal March 28, 2015


कुनै बेला सडकका चोकहरुमा प्रदर्शन हुने सडक नाटकहरुबाट अभिनय क्षमता तिखार्ने धाउन्नमा रहेकी जानुवी बोहोरा टेलिसिरियल र रंगमञ्चसंगै फिल्ममा अभिनय गर्ने सपना देख्थिइन् ।

निरन्तर प्रयास र काम गर्ने इच्छाशक्ति बोकेकी उनले त्यो सपना १५ बर्ष नपुग्दै पुरा गरिन् । जेठमा रिलिज हुन लागेको चलचित्र सपना तिम्रो मेरो मा लिड रोल दिएर डेब्यु गरेकी अभिनेत्री बोहोराले यसअघि पनि विभिन्न टेलिसिरियल, रंगमञ्चमा दमदार अभिनय गरिसकेकी छन ।

बोल्नमा खप्पिस, सकारात्मक तथा समाज सेवामा विशेष दखल राख्ने अभिनेत्री बोहोरा अभिनयलाई उत्कृष्ठ रुपमा न्याय गर्न सक्छन् । अहिलेको फेसेनेवल सेक्सी र लभस्टोरी भन्दा पनि चेतना एवंम जागरुप अभिनयमा रमाउने उनको विशेषता छ । निडर तथा अभिनयको आत्मविश्वासकी धनी अभिनेत्री जानुवी बोहोरासंग एक्टर नेपालडट कमका लागी विष्णु विवेक ले गर्नुभएको अन्तरंग कुराकानी :

तपाई आफुलाई मोडल या नायिका मध्ये के भनेर चिनाउनुहुन्छ ?   
म जानुवी बोहोरा । एउटा कलाकार । विगत १५ बर्षदेखि आफ्ना सपनाहरुलाई अभिनयमार्फत पुरा गरिरहेकी छु । मोडलिङ पनि गरे । सडकनाटक, रंगमञ्चमा पनि काम गरे । अहिले फिल्ममा काम गरिरहेकी छु । समग्रमा म आफुलाई एउटा कलाकार भनेर चिनाउछु ।

कसरी आउनु भयो यो क्षेत्रमा  ?
मलाई शुरुदेखि अभिनयमा एकदमै रुचि थियो । सायद सपना पनि थियो । जतिबेला पनि टीभी सिरियलहरुमा आफु भएको पाउथे । शुरुमा सिन्धुपाल्चोकमा सडक नाटकमा अभिनय गरे । धेरैपटक, त्यहाबाट रंगमञ्चमा पनि काम गरे त्यसपछि सिक्दै गर्दै भनौँ यहासम्म आए ।janwi4

शुरुमा कस्तो लाग्यो मोडलिङ् अनि अभिनय क्षेत्र ?
शुरुमा मलाई अभिनयमा रुचि थियो । विद्यालयमा नाटकमा अभिनय गर्थे । विस्तारै सडकनाटकमा काम गरे । त्यसपछि रंगमञ्च हुदै मोडलिङ गरे । अहिले फिल्ममा पनि अभिनय गरिरहेकी छु ।

त्यतिबेला र अहिलेको अभिनय कत्तिको संघर्षपूर्ण छ ?
मैले धेरै गरिन् भन्नुपर्छ । त्यो भन्नाले आफ्नो लागी धेरै सघर्ष गरे । तर मलाई कसैले त्यति धेरै सहयोग ग¥यो भन्दिन । घरमा मम्मी ड्याडीको राम्रो सहयोग थियो । मलाई लाग्छ सघंर्षले म यो क्षेत्रमा आउन सफल भए ।

कोही आफन्त हुनुहुन्छ ?
नो, छैन् । मैले आपैmेले गर्दा यहासम्म आएको हो । आफन्तभन्दा पनि मेरो प्रयास मेरो इच्छाशक्तिले यहाँसम्म ल्याएको हो । आएको हो ।

पुग्नैपर्ने लक्ष्य कँहा जस्तो लाग्छ ?
सबै लक्ष्यमा हिड्छन् । सबैले सफल हुने सपना देख्छन् । अह…..हेर्दै जाऊ कहासम्म पुगिन्छ । काम गरेर देखाउने हो । यही पुग्छु भन्ने छैन् । जे होस म अभिनयमै जीन्दगी विताउछु ।janwi

अहिलेसम्म कतिवटा जति गीतहरुमा मोडलिङ् गर्नु भयो ?
१० या १५ जतिमा गरे । अलि बढी राष्ट्रिय गीतमा गरे । अन्य आधुनिक गीतहरुमा पनि गरे ।

सन्तुष्ट हुनुहुन्छ ?
छु । एकदमै अहिलेसम्म जे जति गरे सबै राम्रो गरिरहेको छु जस्तो लाग्छ ।


अहिले अफर कत्तिको आउछ मोडलिङ् अभिनयका लागी ?
मोडलिङमा आइरहेको छ । फिल्महरुमा पनि आइरहेको छ । तर मैले त्यो एसेप्ट गरेको छैन् । म समाजसेवा र विजनेस पनि गर्छु म विजी छु । त्यही भएर सकिरहेको छैन् । अफर आउनेवित्तिकै भन्दा पनि राम्रो र सबैलाई मन पर्ने गीत र फिल्ममा अभिनय गर्न चाहन्छु ।

अहिलेको मुख्य व्यस्तता ?
मैले अभिनय गरेको फिल्म सपना तिम्रो मेरो रिलिज हुदैछ जेठमा । त्यसको प्रोमोशन प्रचार प्रसारमा अनि आफ्नो विजनेशकै काममा विजी छु भनौ ।
सपना तिम्रो मेरोमा विशेष के छ……..?
त्रिकोणात्मक लभस्टोरी छ । दुईओटै कलेजका केटाहरु , मलाई मन पराउछन् ।

त्यसपछि ?
त्यसपछि त फिल्म रिलिज भएपछि हलमै गएर हेरे थाहा हुन्छ, हा..हा…हा..

कस्तो छ अपेक्षा फिल्मबाट ?
मैले डुब्यु गरेको फिल्म हो । राम्रो छ । एउटा सकारात्मक शिक्षा दिने फिल्म हो । शुशान्त कार्की , सबिन श्रेष्ठ हुनुहुन्छ । नायकमा जे होस पछिल्लो समयको राम्रो फिल्म हो । आशा त दर्शकले हेरेर राम्रो प्रतिक्रिया दिनेछन् ।2

फिल्मी करियरमा संघर्ष कत्तिको छ ?
एकदमै छ । अरु फिल्डमा जस्तो हुदैन । सबैभन्दा बढी हुन्छ । कहिलेकाही त रातभरी पनि स्ट्रगल गर्नुपर्छ ।

बलिउड नायिका को मन पर्छ ?
विद्या बालन । उहाको एक्टिङ पावरफुल लाग्छ ।

अनि नेपाली सेक्सी नायिका ?
रेखा थापा लाग्छ । उहाँको पनि सेक्सी एक्टिङ नै मन पर्छ ।

नायकमा ?
सबिन श्रेष्ठ, सबिनको फिगर राम्रो लाग्छ ।

नेपाली फिल्मी क्षेत्रमा च्यालेञ्ज कत्तिको छ जस्तो लाग्छ ?
शुरुमा त मध्यमबर्गीय परिवारबाट आएकी छोरी हुँ । च्यालेञ्ज स्वीकार गरेरै यहाँसम्म आएकी हुँ । छ फिल्म क्षेत्रमा च्यालेञ्ज छ । म सबैको नजरमा राम्रो गर्न चाहन्छु । सबैले परिवारका साथमा फिल्म हेर्ने वातावरण हुन खालका फिल्म खेल्छु । भल्गर, बेड सिन भएको मात्रै गर्दिन ।

अनि यो क्षेत्रमा आउनेहरुलाई सुझाव ?
ह्वातै म गर्छु भनेर नआइहाल्नुस भन्छु । बुझेर आफुलाई सबै कुरामा फिट राखेर मात्रै आउनुस भन्छु । अनि आत्मविश्वासलाई पनि दह्रो पारेर मात्रै यस क्षेत्रको बारेमा सोच्नुस भन्छु ।

ब्यायफ्रेन्ड छ ?
छैन् ।

भनेपछि खोजीमा  ?
हा..हा…हा. ……..काममा छु । विजी हुन्छु । टाइम नै हुदैन् । सो अहिले नबनाएको

अन्तिममा ?

अन्तिममा, मेरो डेब्यु फिल्म आउदैछ । सबैले हेरिदिनुहोला । जे जस्तो छ त्यस्तै प्रतिक्रिया दिनुहोला । आगामी दिनमा म आफ्नो अभिनयलाई सुधार गरेर लान्छु । अनि यहाँसम्म पु¥याउन सहयोग गर्ने डबली थेयटरका सञ्चालक पुष्कर गुरुङप्रति लगायत सबैमा आभारी छु ।

from - actornepal.com

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Janwi Bohara - actress
« Reply #2 on: August 08, 2015, 03:18:10 PM »
अभिनय, नाँच्न, गाउँन पाइन भने डिप्रेसन हुन्छ– जान्वी बोहरा


सिन्धुपाल्चोक टेकानपुर गाविसमा बुवा रामशरण बोहरा र आमा सिता बोहराको कोखबाट आज भन्दा २४ वर्ष पहिले यस धर्तीमा जन्मीएकी जान्वी बोहरा अहिले नेपाली सिने नगरिमा आफुलाई सफल कलाकार बनाउने अभियानमा लागेकी छन् । सानै देखि टिभि तथा चलचित्रमा अरुले गरेको अभिनय तथा नृत्यलाई हुबहु गरेर आफ्ना बुवाआमा र साथीभाई देखाउने उनै जान्वी आज टेलिभिजनको पर्दामा देखिन थालेकी छन् । एक दर्जनको हाराहरीमा म्युजिक भिडियोमा अभिनय गरेकी छन् । भने त्यतिकै हाराहारीमा टेलिसिरियलमा पनि अभिनय गरेकी छन् ।

जान्वीको पहिलो अभिनय गरेको चलचित्र सपना तिम्रो मेरो यहि साउन २२ गतेबाट नेपाल भर पर्दशनको तयारीमा छ ।

स्कुल पढ्दा खेरी नै सडक नाटकबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेकी जान्वीले सडक नाटकको शिलसिलामा देशका ५० भन्दा बढि जिल्लाको भम्रण गरेकी छन् । विभिन्न संघसस्ंथाको सहयोगमा खेलेका नाटकबाट उनले राम्रै आम्दानी समेत गरेकी छन् । स्कुलमा हुने कार्यक्रममा उनले आफ्नो कला देखाएर पुरस्कार समेत जितेकी छन् । जिल्लामा हुने अन्य कार्यक्रममा सहभागी भएर उनले प्रथम तथा द्धितियको पुरस्कार पाएका बताइन् ।

श्री कालिका उच्च माध्यामिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेकी जान्वी बोहराले बुवाको जागिरको शिलशिलामा बुबासंगै जानुपर्ने भएपछि धेरै विद्यालय परिवर्तन गरिन् । अन्त्यमा उनले श्री सेतिदेवी उच्च माध्यामिक विद्यालयबाट एसएलसी र प्लस टुको अध्ययन सकिन् । चौतारा बहुमुखि क्याम्पसबाट स्नातकसम्मको अध्ययन गरेकी छन् ।

अभिनय आफ्नो रुचीको क्षेत्र भएकोले यसबाट आफु खुसी रहेको बताइन् । मैले अन्य क्षेत्रमा जति काम र पैसा कमाए तर सन्तुष्ट हुन सकिन तर अभिनय गर्दा आफुलाई सन्तुष्टि मिल्ने उनले सुनाइन । यदि अभिनय, नाँच्न, गाउन पाइन भने डिप्रेसन हुने उनले बताएन् । कलाकारिता केहि गर्न लक्ष्यको साथ आएको उनले हामीसंगको कुराकानी सुनाइन् आफु सिन्धुपाल्चोक टेकानपुरको मात्र नभई देश कै छोरी बन्न चाहान्छु । छोरीले पनि केहि गर्न सक्छन् र त्यो म गरेर देखाउछु उनि आत्मविश्वासका साथ भन्छिन् । आफुले कलाकारितामा लागेर नाम तथा मानसम्मान इच्जत कमाएका साथै आज आफुलाई धेरैले चिनेको बताइन, सायद म कुनै अफिसमा जागिर खाएको हुन्थे भने मलाई सिमित व्यक्तिले मात्र चिन्थे होला तर आज धेरैले चिन्नु हुन्छ हुनत अझै मै धेरै गर्न बाँकी छ उनि भन्छिन् ।

कलाकारिता क्षेत्रमा आउनमा ड्याडि ममि र प्लस टु पढ्दा नानुमैया थापा , पुस्कर गुरुङ र चलचित्रमा ऋषिराज आर्चायको सहयोगलाई उनि कहिले भुल्दिनन् । उनि बाचँुन जेल कलाकारिता नछोड्ने अठोट उनमा छ । जबसम्म म यो क्षेत्रमा काम गर्न सक्छु समय र सबैले साथ दिएसम्म निरन्तर लाग्छु ८० वर्षको हुदाँसम्म पनि यहि क्षेत्रमा लाग्छु । जब आफु अभिनयमा फिट हुन्न तब निर्माणमा लाग्छु तर यो क्षेत्रबाट टाडाँ नहुने बताइन् । हामीले यो क्षेत्रबाट धेरै पलायन भएका छन् तपाई पनि पलाएन हुने होइन भन्ने प्रश्नमा उनि भन्छिन्

‘ यदि म पलायन हुने थिए भने यो क्षेत्रमा आउने नै थिइन म पढ्नमा राम्रो थिए विद्यार्थी भिसामा जान सक्थे । त्यति मात्र होइन मेरा आफन्त अमेरिका, अष्ट्रेलियामा छन् उहाँहरुको सहयोगमा जान सक्थे । अझ राम्रा पढेकाहरु पनि माग्न आएका थिए उहाँको श्रीमति भएर पनि जान सक्थे तर मलाई जान मन छैन् । यहि केहि गर्नु छ । अझै यो क्षेत्रमा केहि गरे पछिमात्र बिवाह गर्ने र चार पाँच वर्ष बिवाह नगर्ने बताइन्् । अहिले प्रेममा नरहेको र आफ्नो करियरमा ध्यान केन्द्रित गरेको छु उनि भन्छिन् ।

आफ्नो सपना पुरा गर्न लागेको छु उनले धेरै सपना देखेको बताइन् । कस्तो केटा मन पर्छ भन्ने हाम्रो प्रश्नमा उनि आफु रिसाउदाँ पनि फकाउने, आफु र आफ्नो परिवारलाई बुझ्ने , शालिन भद्र र पढेको केटा उनलाई मन पर्छ ।

एकलै हुदाँ गित गाउन अनि युट्युवमा अरुको कामबाट राम्रा कुराहरु सिक्नु उनको रुचि हो । सामान्य दालभात तरकारी अनि चिक्केन पकाउन आउने र खानामा भने गुन्ध्रुक र ढिडो मन पर्ने बताइन । नेपालको जोमसोम र लुक्लामा उनलाई धुम्न जान मन रहेको सुनाइन् । आर्यन सिक्देलसंग उनलाई काम गर्न रहर छ । नेपाली सिनेमाका सबै नायिका उनलाई मन पर्ने बताइन् । आफु कलाकार भएको हुदाँ समयले साथ दिएसम्म अभिनयसंग सम्बन्धीत सबै क्षेत्रमा काम गर्ने उनको इच्छा छ ।


महिनामा १५/२० हजार मेकअपमा खर्च हुन्छ । आफु अभिनय बाहेक अन्य क्षेत्रमा समेत बिजनेस गरेको र त्यहाँको आम्दानीले आफ्नो खर्च पुगेको बताइन् । बिवहा पछिको शारिरिक सम्बन्ध राम्रो हुने उनको तर्क छ । युवापुस्ताले आफ्ना बुवाआमासंग हिड्दा लगाउन मिल्ने सम्मको ड्रेसअफ आफुले गर्ने जान्वी बोहराको प्रण छ । आफुले अभिनय गरेको पहिलो चलचित्र ‘ सपना तिम्रो मेरो यहि साउन २२ गतेबाट प्रर्दशनमा आउन लागेको र यो चलचित्र हेरेर सल्लाह दिन उनि सबैलाई अनुरोध गर्दछिन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Janwi Bohara - actress
« Reply #3 on: August 08, 2015, 03:19:50 PM »

sag

  • VIP
  • ******
  • Posts: 742
Re: Janwi Bohara - actress
« Reply #4 on: August 11, 2015, 02:38:09 PM »
beautiful


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Janwi Bohara - actress
« Reply #5 on: November 17, 2017, 05:58:47 AM »
 ;D

Winter fashion of Janwi

samir211

  • 50x
  • ****
  • Posts: 297
Re: Janwi Bohara - actress
« Reply #6 on: November 17, 2017, 08:56:27 PM »

samir211

  • 50x
  • ****
  • Posts: 297
Re: Janwi Bohara - actress
« Reply #7 on: November 17, 2017, 09:09:57 PM »

samir211

  • 50x
  • ****
  • Posts: 297
Re: Janwi Bohara - actress
« Reply #8 on: November 17, 2017, 09:13:47 PM »

samir211

  • 50x
  • ****
  • Posts: 297
Re: Janwi Bohara - actress
« Reply #9 on: November 17, 2017, 09:16:48 PM »
 दुई नायिकाका बिच हट केक जस्तो देखिएकी थिइन् जान्वी बोहोरा ।


« Last Edit: November 17, 2017, 10:11:42 PM by tundikhel »