Author Topic: नेपालमा नायीकाहरुको खडेरी  (Read 1253 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
नेपालमा नायीकाहरुको खडेरी


काठमाण्डौं २१, असार । नेपालमा चर्चित नायीकाको नाम लिनेहो भने रेखा थापा, केकी अधिकारी, निशा अधिकारी, अशिष्मा नकर्मी, निता ढुंगाना, नन्दिता केसी, सुमिन घिमीरे र यस्तै केही नायीकाहरुको नाम लिईन्छ ।

अन्य नायीकाको तुलनामा अलिकति माथी पुगेका यी र यस्ता खालका अधिकासं नायीकाहरु यतिवेला कोही विदेशमा छन्, कोही घरजम गरेर गुमनाम छन ।
खासमा नेपालमा अहिले रहेका नायिकाहरुलाई गन्ने हो भने औलामा अटाउन सक्ने मात्रै छन् । यसको मुख्य कारण, भूकम्पपछि धेरै नायिका विभिन्न कार्यक्रमका लागि भन्दै विदेश हानिएका हुन ।

नायिका रेखा थापा अमेरिका पुगेको केही महिना भैसक्यो । हुनत, रेखाले अमेरिकामा नै व्यवसाय सुरु गरेका हल्लाहरु नचलेका पनि होइनन् । तर, पछिल्ला गतिविधी हेर्दा रेखा नेपालमा भन्दा अमेरिकामा नै धेरै बस्न थालेको देखिन्छ ।

नायिका नन्दिता केसी पनि केही दिन अगाडि अमेरिकामा आयोजना हुने कार्यक्रमका लागि त्यहाँ पुगेकी छिन् । उनी करिब ३ महिनापछि नेपाल फर्कने बताउँछिन् । नन्दितापछि अब केही दिनमै नायिका केकी अधिकारी पनि अमेरिका उड्दैछिन् । केकीलाई पनि २ महिना नेपाली चलचित्र क्षेत्रमा देखिने छैन ।

नायिका अशिष्मा नकर्मी अहिले यूरोपमा आयोजना भैरहेको भूकम्प पीडितको कार्यक्रमका लागि त्यहाँ छिन् । उनी अझै एक महिना यूरोपमा नै रहनेछिन् । नायिका निशा अधिकारी पनि अमेरिका पुगेकी छिन् । उनी नेपाल फर्कने या नर्फकने बिषय अझै अन्यौल छ ।

नायिका मलिना जोशी पनि केही समययता अमेरिकामा नै छिन् । नायिका अरुणिमा लम्साल पनि ग्रिनकार्ड लिएर अमेरिका हानिएकी छिन् । बिहे गरेपछि चलचित्र क्षेत्रमा खासै नचम्किएकी उनी करिअर ओरालो लागेपछि विदेश यात्रालाई नै गन्तव्य बनाइन् ।

नायिका सुमिना घिमिरे बिबाहपछि गुमनाम जस्तै बनेकी छिन् । चलचित्र क्षेत्रबाट बिदा लिदै सुमिनाले बिहे गरिन् । नायिका हर्षिका श्रेष्ठले पनि केही समय अगाडि बिहे गरिन् । उनी पनि बिहे गरेर श्रीमानसँगै विदेशमा छिन् ।

चल्तीका नायिकाहरु विदेशमा रहनु र केहीले बिहे गरेर चलचित्र क्षेत्र छाडेपछि अहिले नायिकाको संख्या मात्र कम होइन अभाव नै देखिन थालेको छ । हुनत, यो क्षेत्रमा नयाँ नयाँ नायिकाहरु आएपनि उनीहरुले चलचित्रमा कुनै स्थान बनाउन सकेका छैनन् ।nisha adhikari

यसैले पनि होला, निर्माताको रोजाइमा एउटै नायिका बारम्बार पर्ने गरेका छन् । धेरै नायिका त नेपाली चलचित्र क्षेत्र छाडेर विदेशमा छन् ।

यदि यहि मौकामा चौका हान्दै नेपाली चलचित्र क्षेत्रमा कोही अव्वल नायीका आउँछ भने राम्रो स्थान वनाउन सक्ने फिल्मी पण्डितहरुले अनुमान गरेका छन । हेरौं यि कति नायीका स्वदेश फर्कने हुन कति विदेशमै गुमनाम हुने हुन । त्यसो त यसअघि पनि धेरै नायीकाहरु विदेशमै गुमनाम भएका पाईएको छ ।
अव समयले वताउने छ कलाकारको ट्याग लगाए विदेश हानिएका कति नायीकाहरु उतै मस्त र व्यस्त वन्ने हुन ।