Author Topic: साहित्यिक पत्रकारिता र व्यवसायिकता - रमेशप्रसाद भट्टराई  (Read 6470 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
साहित्यिक पत्रकारिता र व्यवसायिकता
रमेशप्रसाद भट्टराई

१. विषय प्रवेश

नेपालमा साहित्यिक पत्रकारिताको प्रवेश पाएको एक शताब्दीभन्दा लामो समय बितिसक्दा पनि यसको सैद्धान्तिक र व्यवहारिक पक्षका विषयमा गम्भीर चर्चा र वहस प्रारम्भ हुन सकेको छैन । साहित्यिक पत्रकारिता विश्व विद्यालयको पाठ्यक्रमको विषय बन्न सकेन भने साहित्यका स्नातक र स्नातकोत्तर पाठ्यक्रममा पनि यसलाई महŒवका साथ प्रवेश दिइएको पाइन्न । युरोप तथा अमेरिकामा पनि यसले छुट्टै विधाका रुपमा मान्यता प्राप्त गरेको छ तर नेपालमा भने यो विधा प्रायः उपेक्षित जस्तै छ । साहित्यिक पत्रकारिता हाम्रा सन्दर्भमा रहर जस्तै भएको छ र राज्यले पनि यसलाई पत्रकारिताका सन्दर्भबाट जुन मान्यता र महŒव दिनुपर्ने हो, त्यस्तो मान्यता दिन सकेको छैन । पत्रकारिताका लागि तालिम र गोष्ठीमा समेत साहित्यिक पत्रिका र पत्रकारितलो प्रवेश पाएको देखिन्न । नेपाल प्रेस काउन्सिलले पनि अन्य पत्रकारितालाई जति महŒव दिएको छ, त्यसलाई त्यति महŒव दिएको छैन । विगत वर्षका तुलनामा यसले केही अंशमा प्रवेश पाए पनि त्यो पूर्ण छैन । निजी क्षेत्रका प्रकाशन गृहहरुले दैनिक, साप्ताहिक र मासिक पत्रिका प्रकाशन गर्ने र त्यसमा साहित्य विधालाई स्थान दिने काम गरे पनि तिनमा साहित्यिक पत्रकारिताको पेशागत र व्यवसायिक विकासभन्दा पाठकको तत्कालीन रुचि नै बढी प्रतिबिम्बन भएको छ । तिनले साहित्य प्रधान प्रकाशनमा आफ्नो चासो बढाएका छैनन् । सरकारी र अर्ध सरकारी सरहका गोरखापत्र, साझा प्रकाशन जस्ता संस्थाका साहित्यिक प्रकाशनमा निरन्तरता त छ तर तिनले पनि पूर्ण व्यावसायिक स्वरुप ग्रहण गर्न सकेका छैनन् । त्यस्ता प्रकाशनमा काम गर्ने पत्रकारको पेशागत विकासमा ती संस्था र राज्यको ध्यान पुगेको पाइन्न । नेपाल प्रज्ञा प्रतिष्ठानका पत्रिकाको प्रकाशनमा पनि नियमितता छैन । प्रकाशन हु“दा पनि सामग्रीहरुको सम्पादन त्यति सशक्त रुपमा भएको पाइन्न । निजी रुपमा प्रकाशित साहित्यिक पत्रिका मर्नु र बाच्नुको दोसाधमा रहदै आएका छन् । राज्यले ती पत्रिकाको प्रकाशन–निरन्तरता र प्रवद्र्धनमा सामान्य चासो पनि नदिएको अवस्था छ भने, कतिपय पत्रिका आफैँमा पनि पठनीय, रोचक र आकर्षक बन्न सकेका छैनन् । राज्य र निजी क्षेत्रबाट दिइने विज्ञापन र सहयोग प्राप्त गर्र्न पनि नीति, नियमको अभावमा जटिलता सिर्जना भएको छ । पत्रिका पनि किनेर पढ्ने हो र भन्ने मनोविज्ञान पनि हामीमा विकसित छ भने पाठक सर्वेक्षण र अनुसन्धान गरी कस्ता सामग्री पाठकका लागि पठनीय र रोचक हुन्छन् भन्ने कुरामा चासो नराखिएको अवस्था पनि छदैछ । साहित्यिक पत्रिकाको संस्थागत र व्यवसायिक विकास हुन नसक्दा जन्मिएका यी र यस्ता अनेकौं समस्याका बीच पनि नेपालको साहित्यिक पत्रकारिताले निरन्तरता पाएको छ । गुणस्तरीय र नया“ नया“ साहित्यिक पत्रिका निकाल्ने प्रयत्नहरु पनि भइरहेका छन् भने निरन्तरता निस्किएका साहित्यिक पत्रिकाको विकासको चासोमा प्रकाशकहरु लागेका पनि छन् । व्यक्ति विशेषका सक्रियतामा प्रकाशित साहित्यिक पत्रिकाले पनि आफ्नो गुणवक्ताप्रति चासो राखेको अवस्था छ । प्रेस काउन्सिलको बदलिँदो भूमिका पनि यसका लागि सहयोगी बन्दैछ भने साहित्यिक पत्रिकाको उर्वरता पनि उत्साहजनक छ । यस्तो परिस्थितिमा साहित्यिक पत्रिकाको व्यवसायिकताका बारेमा गरिने वहस र छलफलले साहित्यिक पत्रिकाको विकासमा सहयोग पुग्न जाने कुरामा पनि विश्वस्त हुन सक्ने अवस्था छ ।

२. साहित्यिक पत्रकारिता

साहित्यिक पत्रकारिताको चर्चा गर्दा साहित्य, पत्रकारिता र साहित्यिक पत्रकारिताको सामान्य चर्चा गर्नु पनि सान्दर्भिक हुनेछ । साहित्यिक पत्रकारितामा आउने ‘साहित्य’ शब्द सिर्जन र कर्मस“ग सम्बद्ध छ । अङ्ग्रेजीमा ‘लिटरेचर’ भनिने यस शब्दको प्राचीन रुप ल्याटिन भाषाको लितेरा हो । ‘लितेरा’ बाट ‘लितेराचुरा’ हुदै बनेको ‘लिटरेचर’ शब्दले साहित्यका कविता, नाटक, आख्यान तथा आख्यानेत्तर गद्य विधाको समग्रतालाई बुझाउ“छ । यसरी विभिन्न विधाका माध्यमबाट अभिव्यक्त हुने साहित्यले जीवनको यथार्थलाई व्यक्त गर्छ । लेखकले सिर्जना गर्ने हु“दा साहित्यको सर्जक लेखक हुन्छ र उसले वस्तु यथार्थका बारेमा पाठकलाई भाषाका माध्यमबाट कुनै न कुनै सन्देश सम्प्रेषण गर्छ । लेखक र पाठकका बीचमा रागात्मक÷भावनात्मक सम्बन्ध स्थापित गर्ने कार्यमा कलाको भूमिका महŒवपूर्ण हुन्छ । त्यसै आधारमा अन्तर्वस्तु र रुपको विशिष्ट संयोजनबाट साहित्यको जन्म हुन्छ र लेखकले प्रस्तुत गर्ने शैली, भाषिक भेद आदिका आधारमा साहित्यका विधागत भेदहरु छुट्टिएका हुन्छन् । यही ‘साहित्य’ शब्दमा ‘इक’ प्रत्यय लागेपछि ‘साहित्यिक’ शब्द बन्छ । साहित्यिक शब्दले चाहिं साहित्यका विषयमा वा साहित्य सम्बन्धी भन्ने अर्थको बोध गराउ“छ । सामान्यतः साहित्यसम्बन्धी विषय साहित्यिक हुन्छ र साहित्य स्वतः गर्ने व्यक्ति साहित्यकार हुन्छ । पत्रकारिता साहित्यभन्दा भिन्न विषय हो । सामान्य अर्थमा पत्रकारिताले समाचार सम्बन्धी कार्यलाई बुझाउ“छ । तापनि पत्रकारिता समाचारको लेखन, सङ्कलन, सम्पादन, अन्तर्वार्ता स्तम्भ लेखन, कार्टुन प्रस्तुति, चित्राङ्कन, फोटोकारिता आदिको कला हो र यस्तो कार्यमा संलग्न सबै व्यक्ति पत्रकार हुन् । यस दृष्टिबाट हेर्दा पत्रकारिता मूलतः सूचना र सूचनाको सम्प्रेषणस“ग सम्बद्ध विषय हो । पत्रकारितामा सूचनाको सङ्कलन मात्र गरिन्न, त्यसको सम्पादन पनि गरिन्छ । त्यस वाहेक त्यस्ता सूचनाहरुको अवलोकन, मूल्याङ्कन, विवेचना र प्रस्तुतिको शैली पनि पत्रकारिता अन्तर्गत समेटिने विषय हुन् । पत्रकारितालाई विधागत रुपमा पनि भिन्न भिन्न रुपमा हेर्ने गरिन्छ । सुरूमा मुद्रित रुपमा मात्र पत्रकारिता गरिन्थ्यो भने प्रविधिको विकासस“गै रेडियो, टेलिभिजन तथा इ–पत्रकारिताको पनि विकास भयो । यी विधाहरुको आयामस“गै पत्रकारिताको आयाम पनि फराकिलो हुन पुग्यो ।

साहित्यिक पत्रकारिता चाहिँ साहित्य र पत्रकारितालाई संयोजन गर्ने विषय हो । नेपाली भाषामा साहित्यिक पत्रकारितालाई परिभाषित गरिएका सामग्रीको अभाव नै रहेको देखिन्छ । त्यसो त नेपालमा साहित्यिक पत्रकार भन्नाले साहित्यिक पत्रिकाका सम्पादक र सम्पादन समूहलाई मात्र बुझ्ने परम्परा पनि छ । त्यस परम्परालाई सीमित र सङ्कुचित अर्थका रुपमा मात्र लिइन्छ । साहित्यिक पत्रकारिता साहित्यसम्बन्धी पत्रकारिता हो । अर्थात् जसले साहित्यसम्बन्धी पत्रकारिता गर्छ त्यसलाई साहित्यिक पत्रकार भनिन्छ र त्यस्तो पत्रकारितालाई साहित्यिक पत्रकारिता भनिन्छ । त्यसो त साहित्य र पत्रकारितामा समानता पनि नभएको होइन । दुवैमा भाषाको प्रयोग हुन्छ र त्यस्तो भाषा पाठकलाई तान्ने प्रकारको हुनु पनि जरुरी हुन्छ । पत्रकारिता र साहित्यक दुवैले मानव अनुभवलाई टिप्दछन् र यथार्थको वर्णन गर्दछन् । दुवैमा कुनै न कुनै रुपमा मनुष्यको कथालाई प्रस्तुत गर्ने कौशल हुन्छ र मानवीय मनोविज्ञान तथा मनस्थितिको चित्रण गर्ने प्रवृत्ति हुन्छ । यति भएर पनि पत्रकारिताको प्रभाव ज्यादा जसो अस्थायी हुन्छ । पत्रकारिताको मूल्य विशिष्ट हुन्छ र स्थान विशेष तथा समय विशेषमा केन्द्रित रहन्छ भने साहित्यको मूल्य तुलनात्मक रुपमा सार्वभौमिक र सार्वजनिक हुन्छ ।

पत्रकारिताको विकासस“गै साहित्य र पत्रकारिता भेद गर्नै नसकिने अवस्थामा पुगेको छ भन्ने धारणा राख्ने विद्वानहरु पनि छन् । कार्डेटले भनेका छन्– आजकल साहित्य र पत्रकारिताका बीच यति एकत्व भएको छ, जसले गर्दा साहित्य के हो र पत्रकारिता के हो भन्ने कुरा छुट्याउन नै कठिन छ । पाठकले दैनिक पत्रिका र अन्य पत्रिकाहरुमा पनि समकालिन साहित्यकारका रचना मात्र नभई अन्तर्वार्ता र प्रतिवेदन समेत पढ्ने अवसर प्राप्त गर्दछन् । यस्तो पत्रकारिता गुण र कार्यका दृष्टिले पनि माथि रहेको छ । यसले आख्यान, नाटक र अन्य विधाहरु पुस्तकमा पढे जत्तिकै गरी स्वाद पस्कने क्षमता राख्छन् ।

पाठकको स्वाद र रुचिका लागि दैनिक र मासिक पत्रपत्रिकामा प्रकाशित हुने साहित्यिक सामग्रीका आधारमा पत्रकारिता र साहित्यलाई छुट्याउन सकिन्न भनिए पनि साहित्यिक पत्रकारिता र पत्रकारितामा ठूलो भिन्नता रहेको छ । साहित्यिक पत्रकारिता पत्रकारिताको विधागत भेद हो । यसमा पत्रकारितामा जस्तो समाचार वा सूचना मात्र हु“दैन, यसमा त कथा, कविता, नाटक, निबन्ध, अन्तर्वार्ता, जीवन वार्ता, संस्मरण यात्रा वर्णन जस्ता विविध विधा समेटिएको हुन्छ । यसले साहित्य विशेषको मात्र पत्रकारिता गर्दछ र यसमा सम्प्रेषित सूचना, सम्पादकीय लगायत सामग्रीहरु साहित्यस“ग मात्र सम्बद्ध हुन्छन् । यसको लक्ष्य आम पाठक नभएर साहित्यिक पाठक हुन्छ । यसको सम्पादन कौशलमा सिर्जनात्मक क्षमताको आवश्यकता पर्दछ । साहित्यको विधागत ज्ञान, त्यसको सम्पादन, कौशल तथा अन्य सिर्जनात्मक ज्ञानबाट मात्र साहित्यिक पत्रकारिताको उचाइ प्राप्त गर्दछ । साहित्यिक पत्रकारमा पत्रकारिताको ज्ञान र सीप त चाहिन्छ नै साहित्यको समेत आधारभूत ज्ञान आवश्यक हुन्छ । विचारधाराले डो¥याएको आधुनिक विश्वमा साहित्यिक पत्रकार विचारधारात्मक रुपमा सचेत, सङ्ज्ञात्मक क्षमताले युक्त तथा साहित्यको सिर्जनात्मक कला तथा सीपले समेत सम्पन्न हुनुपर्छ भन्ने भनाइ विद्वानहरुको छ । सम्पादन कलाको ज्ञान उसको केन्द्रीय पक्ष हो भने समूहमा काम गर्ने क्षमता, साजसज्जाको उपयुक्तताका लागि आवश्यक सौन्दर्य पक्षको ज्ञान पनि साहित्यिक पत्रकारिताको महŒवपूर्ण पक्ष हो । यसका लागि साहित्यिक पत्रकारलाई साहित्यिक पत्रपत्रिकाको सम्पादनसम्बन्धी तालिम वा पाठ्यक्रमको आवश्यकता पर्दछ । साहित्यिक पत्रकार जति बढी सक्षम र सङ्ज्ञात्मक क्षमताले सम्पन्न हुन्छ त्यति नै मात्रा साहित्यिक पत्रकारिता पनि सक्षम बन्दछ ।

नेपालमा साहित्यिक पत्रकारिता सम्पादनमा मात्र सीमित रहे पनि पाश्चात्य जगत्मा चाहिँ साहित्यिक पत्रकारिता अन्तर्गत लेखकलाई पनि समावेश गर्ने परम्परा छ । पत्रपत्रिकाका नियमित लेखक यस अन्तर्गत पर्ने गर्दछन् । पत्रपत्रिकामा लेख्ने, आख्यानकार, संस्मरण लेखक, स्तम्भकार, अन्तर्वार्ता लिने व्यक्ति, प्रतिवेदक लगायत सबैलाई साहित्यिक पत्रकारिता अन्तर्गत समेट्ने तथा तिनलाई आख्यान र आख्यानेत्तर गद्य विधाको सिर्जना सम्बन्धी तालिम दिई राम्रा साहित्यिक पत्रकार तयार पार्ने परम्परा पश्चिमा साहित्यिक पत्रकारितामा पाइन्छ ।

३. व्यवसायिकता

व्यवसाय, व्यावसायिकता र व्यवसायीकरण शब्द एक आपसमा सम्बन्धित छन् । व्यवसाय मानिसले आर्जन गरेको ज्ञानका आधारमा उसले गर्ने पेसा हो । यो जीविको पार्जनको माध्यम पनि हो । आफ्नो दक्षता अनुसारको काममा रमाएर मानिसले व्यवसाय सञ्चालन गर्दछ । कुनै मानिस पूर्ण रुपमा आफ्नो व्यवसायमा लाग्छ भने कुनै मानिस आंशिक रुपमा अन्य व्यवसायमा पनि लाग्दछ । उदाहरणका लागि कुनै मानिस विश्वविद्यालयमा पढाउँछ र साहित्यिक पत्रिकाको सम्पादन पनि गर्छ भने प्राध्यापन उसको मूल व्यवसाय (पेसा) हो भने साहित्यिक पत्रकारिता उसको आंशिक कार्य हो । व्यवसायको प्रकृति देश, जीवनस्तर, शैक्षिक अवस्था, अर्थतन्त्र र राजनीतिक विचारधाराका आधारमा भिन्न हुन्छ । नेपालमा प्राध्यापन जीवन यापनको आधार त बन्छ तर सुखद् जीवनको माध्यम बन्दैन । त्यसैले प्राध्यापक अन्य कामको खोजीमा लाग्छ । राज्यले प्राध्यापनमा नै लाग्ने र त्यसैबाट प्राज्ञिक र आर्थिक उन्नति गर्ने वातावरण पनि प्रदान गर्दैन भने विकल्प खोज्नु उसको बाध्यता जस्तै हो ।

व्यावसायिकता व्यवसायभन्दा विस्तृत अर्थ बोकेको शब्द हो । यसले व्यक्तिको दक्षता वा सक्षमताको बोध गराउ“छ । कुनै व्यक्ति कति व्यावसायिक छ भन्ने कुरा उसले आर्जन गर्ने ज्ञान, सीप र अभिवृत्तिमा भर पर्दछ । व्यवसायिक मान्छे आत्म निर्भर हुन्छ र उसको ज्ञान समाज र राष्ट्रमा बिक्दछ । यस्तो व्यवसायिकता पनि विचारधारात्मक हुन्छ । पूँजीवादी अवधारणामा व्यवसायिकतालाई आर्थिक आधारमा नापिन्छ । अहिलेको ज्ञान अर्थतन्त्रले त व्यावसायिकतालाई पैसामा साटफेर गर्न सकिने बुद्धिका रुपमा परिभाषित गर्दछ । वास्तविक अर्थमा व्यावसायिकता यत्तिमा मात्र सीमित हुन्न । एउटा राम्रो डाक्टर हुनु भनेको पैसा कमाउनु मात्र होइन । राम्रो सेवा दिनु पनि हो । सम्पादनको कलामा अधावधिक हुने सम्पादक व्यावसायिक त हो नै तर उसले पाठकलाई पनि सुन्दर विचार पस्कन सक्नु पर्दछ । यही आधारमा मिकाएल एराउटले व्यवसायिकतालाई विचारधाराका रुपमा अथ्र्याएका छन् । उनका विचारमा व्यावसायिकता ज्ञान र सीप हो र आर्थिक उपार्जनको आधार पनि हो । त्यसका साथै यो सामाजिक इज्ज्त र प्रतिष्ठा पनि हो । व्यावसायिकता ज्ञान र सीप मात्र नभएर त्यसको प्रयोग पनि हो । ज्ञानको प्रयोगका सन्दर्भमा एउटा साहित्यिक पत्रकारले ज्ञान मात्र आर्जन गरेर पुग्दैन । उसले त्यस ज्ञानलाई प्रयोग गर्ने वातावरण पनि प्राप्त गर्नु पर्दछ । ज्ञान प्रयोग गर्ने सन्दर्भ नपाई उ व्यावसायिक बन्न सक्दैन र उसको व्यावसयिकता स्थापित हुन पनि सक्दैन । व्यावसायिकतालाई सम्पादनका सन्दर्भमा प्रयोग गरेर नै उसले अझ नयाँ र व्यवहारिक ज्ञानको विकास गर्दछ र पूर्ण व्यावसायिक बन्दछ । व्यावसायिकता व्यक्तिको निपुर्णता भए पनि यसमा सामाजिक नियन्त्रण र समूह स्वार्थ प्रतिबिम्बन हुन नसक्दा वास्तविक व्यवसायिकता प्रतिबिम्बन हुन सक्दैन भन्ने धारणा एउटाको छ । त्यसैले व्यावसायिकता जहिले पनि असक्षमता, उपेक्षा र शोषणका विरूद्ध हुन्छ । एउटाले यसका लागि डाक्टरको उदाहरण प्रस्तुत गरेका छन् । विरामीप्रति उपेक्षा वेवास्ता र शोषण गर्ने डाक्टर व्यावसायिक होइन भन्दै उनले व्यावसायिकताको विकासमा विशष्टि निपुर्णता, नैतिक मूल्य, स्पष्टता, शोषणहीनता आवश्यक पर्ने बताएका छन् । निरन्तरको अध्ययन, सिद्धान्तको र व्यवहारको संयोजन, हार्दिकता र सिक्न सक्ने गुण, लोकतान्त्रिक आचरण, रुचि, आन्तरिक र बाह्य परिवेश, रुपान्तरण क्षमता, आदिबाट नै व्यक्तिमा व्यावसायिकताको विकास सम्भव हुन्छ ।

व्यावसायीकरण चाहिँ व्यावसायिकताको व्यवस्थापकीय पक्ष हो । वयवसायिक हुनका लागि चाहिने वातावरण, सुविधा, उसले प्राप्त गर्ने सामाजिक प्रतिष्ठा, सरकारी दायित्व आदिले व्यवसायीकरणको प्रकृयालाई मार्ग निर्देश गरेको हून्छ । साहित्यिक पत्रकारितामा व्यवस्थापक वा राज्यको अति नियन्त्रण वा अति खुकुलोपन भएमा व्यवसायीकरण सम्भव छैन । त्यस्तै संस्थागत प्रयत्न वा चासो नहु“दा पनि व्यवसायीकरणले मूर्त रुप लिन सक्दैन । व्यावसायीकरण चाहिँ भन्ने तर उपयुक्त वातावरण चाहिँ प्रदान नगर्ने संस्था वा सरकारले व्यवसायीकरणको विकास गर्न सक्दैनन् ।


sag

  • VIP
  • ******
  • Posts: 742
४. साहित्यिक पत्रकारिता र व्यावसायिकता

४.१ समस्याहरु

नेपालमा साहित्यिक पत्रकारिताको प्रारम्भ र विकासमा निजी प्रयासकै प्रधानता रहेको पाइन्छ । संस्थागत साहित्यिक पत्रपत्रिकाको रुपमा भने ‘मधुपर्क’ २०२५ र गरिमा २०३९ आदिको नाम आउ“छ । साहित्यिक पत्रपत्रिकाको प्रकाशन र यसको निरन्तरतामा पर्याप्त कठिनाइ र जटिलता देखा पर्नुमा यस्ता पत्रिकाप्रतिको सरकारी उदासिनता नै मूल पक्षका रुपमा देखा पर्छ । त्यसले गर्दा साहित्यिक पत्रिका प्रकाशन हुने र बन्द हुने क्रम निरन्तर चलिरहेकै छ । निरन्तरता पाएका साहित्यिक पत्रिकाले पनि जेनतेन आफ्नो अस्तित्व कायम राखेको अवस्था छ । साहित्यिक पत्रिकाको प्रकाशनका लागि चाहिने व्यवस्थापकीय, प्राज्ञिक र सम्पादन कौशलको अभावमा कतिपय साहित्यिक पत्रिका प्रकाशन भएर पनि बन्द भएका छन् भने आर्थिक कारणले पनि यस्ता पत्रिका प्रकाशनमा समस्या देखा परेको छ । यस आधारमा हेर्दा नेपालमा साहित्यिक पत्रिका र पत्रकारिताको व्यावसायिक विकास नगन्य प्रायः रहेको छ । नेपालमा साहित्यिक पत्रकारिताको व्यवसायिक विकास नहुनुमा निम्न समस्याहरु मुख्य रुपमा रहेका छन् ः

(क) सङ्गठित र संस्थागत प्रयास हुन नसक्नु ः

साहित्यिक पत्रिकाको उत्पादनमा सङ्गठित र संस्थागत प्रयास पहिलो सर्तका रुपमा रहन्छ । नेपालमा साहित्यिक पत्रकारिता फस्टाउन नसक्नुमा व्यक्ति विशेषको मात्र योगदान रहनु पनि एउटा कारण हो । काठमाडौँ र काठमाडौँ बाहिरबाट प्रकाशित हुने साहित्यिक पत्रिका प्रायः एक दुई जनाको प्रयासबाट मात्र अघि बढेका छन् । यस्तो हु“दा व्यवस्थापकीय पक्ष लेख रचना सङ्कलन, सम्पादन बजार लगायतका क्षेत्रमा योजनाबद्ध काम हुन सक्दैन । साहित्यिक पत्रकारिता सिर्जन कर्मस“ग समेत सम्बद्ध हुने हु“दा यसका सम्पादकको मूल काम रचनाको सम्पादन हुनु पर्ने हो । नेपालको साहित्यिक पत्रकारितामा यस कुराको अभाव छ । प्रायः पत्रिकाका प्रकाशक र सम्पादक एकै व्यक्ति हुन्छन् । स्रष्टाले सिर्जना गरेको लेखा रचना सम्पादन गर्ने फुर्सद हुन्न भने कतिपय सम्पादकमा त्यस्तो क्षमता पनि रहन्न । यस्तो अवस्था अन्त्य गर्न साहित्यिक पत्रकारितामा सङ्गठित र संस्थागत प्रयत्न हुनुपर्दछ । संस्थागत नेपालका साहित्यिक पत्रिकामा समेत यस्तो समस्या छ ।

सङ्गठित प्रयास भनेको पत्रिकालाई संस्थागत बनाउने प्रयत्न हो । त्यसका लागि समूह कार्यको आवश्यकता पर्दछ । समूह कार्य हु“दा सबैमा कामको जिम्मेवारी बा“डफा“ड हुन्छ र दक्षता अनुसारको काम विवरण गर्ने अवसर पनि रहन्छ । विषयवस्तु, भाषा आदिको सम्पादन, लेख रचनाको सङ्कलन, साजसज्जा र चित्रकारित, डिजाइन आदि सबै कार्यमा दक्ष जनशक्ति प्रयोग गरी स्तरीय साहित्यिक पत्रिकाको प्रकाशन गर्न सके साहित्यिक पत्रकारिताले व्यवसायिकता प्राप्त गर्छ र यसबाट पाठक पनि बढ्न जाने हुन्छ । व्यक्तिगत रुपमा प्रकाशक÷प्रकाशन गृहहरुले त यो काम गर्न सकेका छैनन् नै संस्थागत भनिएका प्रकाशन गृहहरुमा समेत पत्रिका प्रकाशनका लागि सम्पादक नै चारैतिर दौडनु पर्ने अवस्था आउन सक्छ । साहित्यप्रति व्यवस्थापकको पनि सकारात्मक सोच पाइन्न । पत्रकारिता भनेको समाचारमूलक पत्रिका मात्र हो भन्ने सोच व्यवस्थापनमा पाइन्छ । साहित्यिक पत्रकारिता र यसको महŒव स्थापित हुन नसक्दा यसले संस्थागत रुप प्राप्त गर्न सकेको छैन ।

(ख) नीतिगत अवस्था

साहित्यिक पत्रकारिताका बारेमा सरकारी नीति अझसम्म पनि स्पष्ट हुन सकेको पाइन्न । प्रेस काउन्सिल र सूचना विभाग जस्ता सरकारी निकायहरुको जोड पत्रकारिताको मूल विधामा नै रहेको छ । प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताको प्रतिनिधित्व र उपस्थिति पनि नाम मात्रको रहेको छ । साहित्यिक पत्रिका र पत्रकारिताको प्रवद्र्धनका लागि राजनीतिक प्रतिबद्धता पनि व्यक्त भएको पाइन्न । समग्र साहित्य क्षेत्र नै राज्यबाट उपेक्षित जस्तै बनेको अवस्थामा साहित्यिक पत्रकारिता पनि राजनीतिक क्षेत्रबाट उपेक्षित प्रायः छ । खेलकुदमा छुट्याइए पनि रकम समग्र सांस्कृतिक क्षेत्रमा नहुनुले पनि राज्य साहित्य र साहित्यिक पत्रकारिताका क्षेत्रमा उदासिन रहेको प्रष्ट हुन्छ । राज्य साहित्य र साहित्यिक पत्रकातिराको विकासमा उदासिन भएकै कारण साहित्यिक पत्रकारिताले पाठ्यक्रम, पाठ्यपुस्तक, तालिम आदिमा प्रवेश पाएको छैन । मिडिया हाउसहरु पनि व्यवस्थित किसिमको साहित्यिक पत्रकारिताका पक्षमा छैनन् । रेडियो, टेलिभिजन, दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकामा साहित्यको प्रवेश पहु“चका साथ हुन सकेको पाइन्न । साहित्यिक समाचारलाई प्राथमिकतामा पार्न पनि मन्त्री र राजनीतिक नेताहरुको उपस्थिति अनिवार्य जस्तै भएको छ । पछिल्लो समयमा यसमा आंशिक सुधार जस्तो देखिए पनि नीतिगत रुपमा संशोधन नभई साहित्यिक पत्रकारिताको व्यवसायिक विकास हुन नसक्ने कुरा स्पष्ट छ ।

(ग) दक्षताको अभाव

साहित्यिक पत्रकारिताको व्यावसायिकताको लागि दक्षता पनि महŒवपूर्ण पक्षका रुपमा रहेको हुन्छ । व्यावसायिक विकासका दुई किसिमको दक्षता आवश्यक पर्छ ः पेशागत दक्षता र वैयक्तिक दक्षता । व्यावसायिक दक्षता अन्तर्गत विशेषज्ञतासम्बन्धी ज्ञान, सूचनाको ज्ञान, आलोचनात्मक र मूल्याङ्कनको क्षमता, विषयगत ज्ञान, विधाको सिर्जना र सिर्जनात्मक लेखन सम्बन्धी ज्ञान, उपयुक्त सम्पादन कौशल र बोध, व्यवस्थापकीय कौशल, साहित्यिक पत्रकारिताको वैश्विक ज्ञान, वैश्विक ज्ञानलाई स्थानीयकरण गर्ने सीप, इ–पत्रकारिता, दृश्य र श्रव्य पत्रकारिता तथा त्यस सम्बन्धी ज्ञान र सीप, पठन सर्वेक्षण र अनुसन्धानको ज्ञानका आधारमा पाठकको आवश्यकता र रुचिको पहिचान क्षमता, लेखन र लेखन सीप, समस्या समाधानको सीप, शैक्षिक क्षमता, प्रकाशन सम्बन्धी ज्ञान लगायतका विषयहरु पर्दछन् । साहित्यिक पत्रकारितामा प्रवेश गर्ने पत्रकारमा न्यूनतम व्यावसायिक सक्षमता आवश्यक नै हुन्छ । वैयक्तिक दक्षता अन्तर्गत चाहिं पेसाप्रतिको निष्ठा र समर्पण, समूहमा काम गर्ने क्षमता, नेतृत्व प्रदान गर्ने क्षमता, उपयुक्त वातावरणको निर्माण तथा वैयक्तिक सीप, अवसरको खोजी गर्ने कौशल लचकता तथा सकारात्मक सोच, परिवर्तनलाई आत्मसात् गर्न सक्ने सीप जस्ता विषयहरु पर्दछन् ।

नेपालको साहित्यिक पत्रकारिताको व्यावसायिक विकास नहुनुमा दक्षतायुक्त जनशक्ति प्राप्त गर्न नसक्नु पनि हो । सिर्जना र पत्रकारिता भिन्न कुरा हुन् । राम्रो सर्जक पत्रकार नहुन पनि सक्छ भने पत्रकार सर्जक नै हुन्छ भन्ने पनि छैन । यी दुवै गुण भएका व्यावसायिक पत्रकार नेपालको प्राज्ञिक क्षेत्रले जन्माउन सकेको छैन । अनुभव गरेर सिक्ने क्रममा केही पत्रिका र सम्पादकहरुको कुशलता देखिए पनि पेशागत दक्षतायुक्त व्यक्ति यस क्षेत्रमा पाउन कठिन छ । साहित्यिक पत्रकार हुन उसमा चाहिने न्यूनतम सक्षमता कति हुन्छन् । हुनुपर्छ भन्ने आधार निर्माण गरिएको छैन । विश्व विद्यालयको डिग्रीलाई मात्र आधार मान्दा त्यहा“ साहित्यिक पत्रकारिताका विषयमा कुनै ज्ञान र सीप दिन सकिएको पाइन्न । सिर्जनात्मक लेखन पाठ्यक्रम पनि त्यति व्यवहारिक नरहेको भन्ने गुनासो सुनिने गरिन्छ । सिद्धान्तलाई व्यवहारस“ग जोड्न नसक्दा सिर्जना र सिद्धान्त भिन्न कुरा पो हुन् कि भन्ने अवस्था छ । यस्तो अवस्थामा दक्ष साहित्यिक पत्रकार नेपालको साहित्यिक पत्रकारिताले प्राप्त गर्न गाह्रो छ । यस क्षेत्रमा प्रवेश गरेका अधिकांश साहित्यिक पत्रकारले पत्रिका सञ्चालनका क्रममा नै न्यूनतम दक्षता प्राप्त गरेका छन् भने साहित्यिक पत्रकारितामा भनेको सर्जकले दिएको रचना प्रकाशन गर्नु मात्र हो भन्ने भ्रम पनि कतिपय पत्रकारमा छ । विश्वका र नेपालकै पनि चर्चित साहित्यकार जन्माउने काम साहित्यिक पत्रिकाले गरेका सन्दर्भमा लेखकलाई प्रशिक्षित गर्ने कला विकास पनि साहित्यिक पत्रकारहरुमा हुनुपर्दछ । यस बाहेक अन्तर्वार्ता, लेखकीय अनुभवको प्रस्तुति, स्तम्भ लेखन र सम्पादकीय लेखनका दृष्टिले पनि हाम्रा साहित्यिक पत्रिकाको व्यावसायिक विकास उचाइमा पुग्न सकेको छैन । विश्वको ज्ञान र विधागत विस्तार र विकासका कारण साहित्य, सिर्जना तथा साहित्यिक पत्रकारिताको विकासको अधावधिक ज्ञानका लागि पनि साहित्यिक पत्रकार दक्ष बन्नु पर्ने अवस्था छ । पेशागत दक्षता बाहेक वैयक्तिक र अन्तर वैयक्तिक सीपहरुको विकासमा पनि साहित्यिक पत्रकारिता र पत्रकारको ध्यान जानुपर्छ । पेसाप्रतिको निष्ठा र प्रतिबद्धता, त्यसको निरन्तरता, समूहका काम गर्ने क्षमता तथा साहित्यिक पत्रकारिता प्रतिको सकारात्मक सोच समेतलाई बोध गर्ने दक्ष व्यक्तिको अभावमा एक्काइसौँ शताव्दीको साहित्यिक पत्रकारिताले व्यावसायिक स्वरुप प्राप्त गर्न सक्दैन ।

पेशागत दक्षताको कुरा गर्दा नेपाली अनुभव पनि अगाडि आउ“छ । नेपालका ‘रचना’ ‘अभिव्यक्ति’ ‘जनमत’ ‘जुही’ ‘उन्नयन’ जस्ता साहित्यिक पत्रिका व्यक्तिगत अनुभव र निष्ठाले बा“चेका पत्रिका हुन् निरन्तरता यिनको प्राप्ति हो र नयाँ सिर्जना र सर्जकका लागि उपयुक्त वातावरण प्रदान गर्न तथा आफ्नो पनका कारण यी पत्रिकाहरु चल्दै छन् । त्यसै गरी ‘कलम’ ‘वेदना’ झिसमिसे’ जस्ता पत्रिका सङ्गठित प्रयासका उपज हुन र सङ्गठन यिनको शक्ति हो । दुवै थरिमा आफ्ना विचारधारा छन् र वैचारिक प्रतिबद्धता छन् । यत्ति भएर पनि नेपाली पाठकलाई प्रभावित पार्ने र पठनीय सामग्री उत्पादन गर्ने अवस्था सिर्जना गर्न यिनलाई कसरी राम्रो र झन् राम्रो पार्ने भन्ने कुराका लागि दक्ष नया“ पुस्ता प्राप्त गर्न सके र अहिलेका सम्पादकले व्यवस्थापकीय भूमिका प्रदान गर्न सके गुणवत्ता बढाउन सकिन्छ । भर्खरै प्रकाशनमा आएका ‘भृकुटी’ ‘शब्द यात्रा’ जस्ता साहित्यिक पत्रिकाहरुले गुणवत्ता खोजे पनि पहु“चका दृष्टिले आम पाठकभन्दा टाढा रहेको भन्ने जनगुनासो पनि छ । यसरी व्यवसायिकताका नाममा पहु“चभन्दा पर र पत्रकारिताका नाममा सेवा मात्र गरिरहने अवस्थाको अन्त्यका लागि सक्षमता र दक्षतायुक्त साहित्यिक पत्रकारिता आवश्यक भइसकेको छ ।

दक्षतास“ग जोडिएको अर्को विशेष पक्ष रचनाको छनोट पनि र सम्पादन पनि हो । साहित्यिक पत्रिकामा पठाइएका सबै रचना छाप्न योग्य हुन्छन् भन्ने कुरा सत्य होइन । सिकारु लेखकलाई प्रोत्साहन गर्न रचनाको सम्पादन परिमार्जन आवश्यक हुन्छ । सम्पादन र परिमार्जन पछि पनि रचना स्तरीय बन्न नसके त्यसलाई अस्वीकृत गर्न पनि सक्नुपर्ने हून्छ । विकसित र व्यावसायिक साहित्यिक पत्रकारिता भएका देशहरुमा प्रकाशन गृहले त्यस्ता रचनाको पुनर्लेखन र परिमार्जनका लागि सम्पादकहरुको व्यवस्था गरेको हुन्छ र तिनले रचनाको अन्तर्वस्तु, रुप तथा भाषाको समेत सम्पादन गर्ने क्षमता राख्दछन् । नेपालमा सम्पादकले सर्जकका रचना छुन पाउ“दैन भन्ने सोच पनि छ भने स्थान अभावका नाममा रचनाको सार भा“चभु“च र काटकुट पारी रचनालाई अङ्गभङ्ग बनाउने सम्पादक पनि छन् । यी दुवै पक्षमा सुधार गरेर साहित्यिक पत्रिकाको व्यावसायिकताको विकास गर्नु पर्ने चुनौति पनि हाम्रा सामु छदैछ ।

(घ) पाठक सर्वेक्षणको अभाव

साहित्यिक पत्रिकाको विकास पाठक विना असम्भव छ । नेपालमा पठन संस्कृतिको विकासमा राज्यस्तरबाट ज्यादै कम मात्र कार्य भएको छ । पठन संस्कृतिको विकास गर्न खुलेका सामुदायिक पुस्तकालय पनि जनशक्ति र संरक्षणको अभावमा टाक्सिएका छन् । तिनीहरुस“ग क्रय सामथ्र्य छैन । ज्ञानको विकासस“गै समाजमा नया“ स्वाद र अनुभव बोकेका पाठकहरुको विकास भएको छ । राम्रा रचना र रोचक सामग्रीप्रति तिनको रुचि पनि छ । तिनको स्वादमा परिवर्तन आएको छ भने विविधताको खोजी पनि बढ्दो छ । नया“ अनुभव, ज्ञान र रुचिका कारण तिनको पठन क्षेत्र फराकिलो बनेको छ । साहित्यका नयाँ पक्ष, सिनेमा, सांस्कृतिक विविधतासहितका सिर्जनात्मक सामग्रीको प्रस्तुति भाषा तथा जीवन वार्ताको नयाँपन, नया“ विधाहरुको छनौट र स्तरीकरण जस्ता कुरामा पाठकको ध्यान जान थालेको छ । नेपाली समाजको बनोट तथा आवश्यकता अनुसारका कस्ता सामग्री प्रकाशन गर्न सके व्यावसायिकताका साथ साथै पत्रिकाको बजार पनि बढ्छ भन्ने कुरामा हामी सचेततापूर्वक लाग्न सकेका छैनौँ भने पाठक मनोविज्ञानलाई पनि संशोधन गर्न सकेका छैनौँ । यसका लागि साहित्यिक पत्रकारिताका क्षेत्रबाट पाठकहरुको सर्वेक्षण वा अनुसन्धान हुनु जरूरी छ । विभिन्न प्रकृतिका प्रश्नावलीको निर्माण गरी ती प्रश्नका उत्तरहरुको विश्लेषणात्मक आधारमा पाठक रुचि पहिचान गर्न र त्यस अनुसारको सामग्री र स्तम्भ दिन सके साहित्यिक पत्रिकाको व्यावसायिकता बढ्छ । यसले पत्रकारिताको गुणस्तरको विकास हुन्छ र साहित्यिक पत्रकारिताको पनि बजार प्राप्त गर्ने अवसर सिर्जना हुन्छ ।

ङ. आर्थिक समस्या

साहित्यिक पत्रकारिताको व्यावसायिक विकासका लागि आर्थिक पक्ष पनि मुख्य रुपमा आउ“छ । नेपालमा साहित्यिक पत्रकारिताको व्यावसायिक विकास नहुनुको एउटा कारण आर्थिक कारण पनि हो । साहित्यिक पत्रपत्रिकाको बिक्रीबाट यसलाई धान्ने खर्च उठ्दैन भने राज्यले पनि यसको विकासका लागि भरपर्दो सहयोग गरेको अवस्था छैन । राज्यका विभिन्न खाले लोककल्याणकारी विज्ञापन प्राप्त गर्न पनि साहित्यिक पत्रिकालाई कठिन छ भने निजी क्षेत्रका विज्ञापनहरुले पनि अन्य पत्रिकामा नै प्राथमिकता पाउ“छन् । संस्थागत रुपमा प्रकाशित साहित्यिक पत्रिकाले समेत आफ्नो खर्च आफैँ धान्न नसकेको अवस्था छ । ठूला ठूला मिडिया हाउसहरु त छन् तर तिनले नाफामुखी पत्रकारिता गर्ने हु“दा साहित्यक पत्रिकामा लगानी गर्ने चाहना राख्दैनन् । त्यही कारण नेपालमा साहित्यिक पत्रकारिता व्यवसाय नभएर सेवा बन्न पुगेको छ । आफ्नो घरखेत बेचेर वा तलव कटाएर साहित्यिक पत्रकारिता गर्न बाध्य समाजमा साहित्यिक पत्रकारिताको व्यावसायिक विकास कसरी सम्भव होला र ?

आर्थिक समस्याको अर्को पक्ष यसमा काम गर्ने पत्रकारहरुको पनि छ । संस्थागत रुपमा काम गर्ने साहित्यिक पत्रकारले त मासिक तलवमा काम गर्दछन् तर निजीस्तरमा काम गर्ने पत्रकार विना पारिश्रमिक काम गर्न बाध्य छ । साहित्यिक पत्रकारिता पनि उद्योगका रुपमा विकसित हुनसक्छ भन्ने मान्यता विकसित हुन नसक्दा र नेपालको साहित्यिक बजार सीमित र सङ्कुचित रहेको हु“दा पनि साहित्यिक पत्रिकामा लगानी गर्ने रुचि राखेको पाइन्छ । साहित्यिक लेखक पनि विना पारिश्रमिक लेख रचना दिन बाध्य छ । परिश्रमको मूल्य नपाइने भएपछि साहित्यिक पत्रिकामा नभएर दैनिक पत्रिकामा लेख्ने प्रवृत्ति बढ्दो छ । संस्थागत रुपमा प्रकाशित पत्रिकाले पनि उचित पारिश्रमिक दिन सकेका छैनन् । अहिले निजी क्षेत्रबाट प्रकाशित ‘भृकुटी’ ‘शब्दयात्रा’ जस्ता पत्रिकाले पारिश्रमिकको व्यवस्था गरे पनि कति दिगो बन्ने हो त्यो भने हेर्न बा“की नै छ ।

(च) बजार व्यवस्थापनमा समस्या

बजार भएर पनि बजारको व्यवस्थापन गर्न नसक्नु नेपालको साहित्यिक पत्रकारिताको अर्को समस्या हो । बजारका लागि वितरण र विज्ञापनको व्यवस्था आवश्यक र अनिवार्य सर्त हुन् । सङ्गठित पत्रकारिताको अभावमा नेपालको साहित्यिक पत्रकारिता कतिपय अवस्थामा त झोलामा मात्र सीमित छ । साहित्यिक पत्रिका बिक्रीको राष्ट्रव्यापी सञ्जाल बन्न सकेको छैन । यसलाई नेपाली भाषा भाषीको अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिएको छैन । साहित्यिक पत्रिका पनि किनेर पढ्ने हो र भन्ने नेपाली मानसिकतालाई बदल्न पनि सकिएको छैन । यस्तो अवस्थामा पत्रिकाको गुणस्तरस“गै यसको बजारलाई व्यवस्थित, व्यापक, सञ्जालयुक्त बनाउनु जरुरी छ । यसको वितरणलाई व्यवस्थित गर्नका लागि योजना, निर्माण, बजार सर्वेक्षण, विज्ञापन विनिमय कार्यक्रम, कम लागतमा विज्ञापन प्रसारणका लागि दबाब र आग्रह जस्ता कुरामा व्यस्थित ढङ्गले लाग्नै पर्ने भएको छ । स्तरीय साहित्यिक पत्रिका बजारमा बिक्री त हुन्छ तर त्यसका लागि बजारको उचित व्यवस्थापनमा सचेत हुनैपर्छ ।

(छ) विषय विश्लेषण र समीक्षाको अभाव

बजारमा साहित्यिक पत्रिकाको निरन्तरता बढे पनि त्यसको अन्तर्वस्तुको विश्लेषण र समीक्षा गर्ने प्रणालीको विकास हुन सकेको छैन । पत्रिका निस्केपछि त्यसका विषयको विश्लेषण गर्ने गर्यो भने सम्पादकलाई पत्रिकाका बारेमा रचनात्मक सुझाव प्राप्त हुन्छ भने समीक्षाले पत्रिकाका बारेमा पाठकलाई सूचना र ज्ञान प्राप्त हुन्छ । समग्र मिडियाकै अन्तर्वस्तुका विषयमा छलफल नभएको वर्तमान अवस्थामा साहित्यिक अन्तर्वस्तुको विश्लेषण निकै टाढाको विषय बन्न पुगेको छ । कस्ता रचना प्रकाशित भए, सम्पादकीय कस्तो छ, स्तम्भहरु कस्ता छन्, पाठकलाई रूचि वृद्धि गर्न अरु के गर्नुपर्छ भन्ने कुराको पहिचानका लागि अन्तर्वस्तुको विश्लेषण गर्ने गराउने परम्परा बसालेर साहित्यिक पत्रकारिताको व्यावसायिकतामा वृद्धि गराउन सकिन्छ । त्यस बाहेक दैनिक पत्रिका, टेलिभिजन, रेडियो आदिमा समेत साहित्यिक पत्रिका, पत्रकारिता आदिका विषयमा छलफल, बसह, अन्तक्र्रिया र समीक्षा प्रसारण गर्ने वा गराउने कुरामा सचेत गराएर वा दवाव दिएर पनि साहित्यिक पत्रकारिताको विकासका लागि कार्य गराउनु पर्ने देखिन्छ ।

(ज) पाठ्यक्रम, तालिम र पाठ्यपुस्तक

देशका पत्रकारिता पढाइ हुने विश्वविद्यालयका विभिन्न तहमा अनिवार्य रुपमा साहित्यिक पत्रकारिता विधालाई पनि समावेश गरिनु पर्दछ । नेपाली पत्रकारिताको पाठ्यक्रममा साहित्यिक पत्रकारिता उपेक्षित हुनुले पनि साहित्यिक पत्रकारिताले व्यावसायिकता पाउन नसकेको हो । फिचर लेखनदेखि समाचार लेखनसम्मको कला साहित्यिक कला पनि हो । रिपोर्ताज र अनुभव वर्णन सिर्जनाकै महŒवपूर्ण पक्ष हुन् र त्यो साहित्यि पनि हो । रिपोर्ताज र अनुभव वर्णन सिर्जनाकै महŒवपूर्ण पक्ष हुन् र त्यो साहित्य पनि हो । एउटा लेखक आख्यानेत्तर सिर्जनाका लागि पनि कति सचेत हुनुपर्छ जस्ता कुराको शिक्षणका लागि पनि साहित्यिक पत्रकारिता पाठ्यक्रम अनिवार्य पक्ष बन्नै पर्दछ । त्यसै गरी सरकारी र गैर सरकारी संस्था, पत्रकार महासङ्घ र अन्य सङ्घहरु, नेपाल प्रेस काउन्सिल लगायतले साहित्यिक पत्रकारिताका विषयमा तालिम दिने वा दिन लगाउने कार्य गर्नु पर्दछ । राम्रा सर्जक र पत्रकारको सहभागितामा साहित्यिक पत्रकारिताका पुस्तकहरुको प्रकाशन पनि हुनुपर्दछ । नेपालमा यस क्षेत्रमा ठोस काम हुन नसक्दा पनि साहित्यिक पत्रकारिताको व्यावसायिकतामा समस्या उत्पन्न भएको छ ।

(झ) प्रतिनिधित्वको व्यवस्था

नेपालमा साहित्यिक पत्रकारिताले विभिन्न सरकारी निकायहरुमा हस्तक्षेप बढाउन सकेको छैन । प्रेस काउन्सिल लगायतका संस्थामा साहित्यिक पत्रकाको उचित प्रतिनिधित्व आवश्यक छ भने देशका वरिष्ठ साहित्यिक पत्रकारलाई प्रज्ञा प्रतिष्ठान लगायतका संस्थामा समेत प्रतिनिधित्व नगराइएको अवस्था छ । त्यसले गर्दा साहित्यको विकासमा योगदान दिने साहित्यिक पत्रकार र पत्रकारिता उपेक्षित बनेको छ । त्यही कारण राज्यका विभिन्न सम्बद्ध निकायमा साहित्यिक पत्रकारको अनिवार्य उपस्थितिको व्यवस्था नहुन्जेल पनि साहित्यिक पत्रकारिताले पूर्ण व्यावसायिक विकास गर्न नसक्ने देखिन्छ ।

(ञ) विचारधारात्मक समस्या

नेपालमा साहित्यिक पत्रकारिताको विकास नहुनुमा राजनीतिक र विचारधारात्मक समस्या पनि कारणका रुपमा रहेको छ । २००७ सालदेखि नै नेपाली राजनीतिमा एउटा विचारलाई निषेध गर्ने प्रवृत्ति रह्यो भने पञ्चायती निरङ्कुश कालमा लोकतान्त्रिक र जनपक्षीय विचार र चिन्तनलाई दबाउने कार्य भयो । जसले गर्दा स्वतन्त्र पत्रकारिताले फस्टाउने मौका पाएन । २०४७ सालपछि पनि विचारधाराको निषेधको एउटा प्रवृत्ति कायम रह्यो । २०६२÷६३ को आन्दोलनमा स्रष्टाहरुले वैचारिक समावेशीकरणलाई पनि एउटा मुद्दाका रुपमा उठाए भने गणतन्त्रको वर्तमान युगमा चाहिं विचारहरु निषेधित नहुने कुरामा निश्चिन्त हुन सकिएला । जसले व्यावसायिक साहित्यिक पत्रकारिताले फस्टाउने वातावरण प्राप्त गर्न सक्नेछ ।
साहित्यिक पत्रकारितामा विचारधारा हुन्छ कि हुन्न भन्ने प्रश्न पनि अहिलेको महŒवपूर्ण प्रश्न हो । वर्गीय समाजमा विचार पनि वर्गीय हुन्छ र त्यही अनुसार दृष्टिकोणको पनि निर्माण हुन्छ । यस आधारमा हेर्दा साहित्यिक पत्रकारिता विचारधारात्मक हुन्छ । अर्कोतिर साहित्यिक पत्रकारिताको विचारधारा साहित्यिक पत्रकारिताको गुणवत्ता र स्वतन्त्रताको खोजी हो भन्ने मत पनि छ । विचारधारात्मक पत्रकारिताले नेपालको विचारधारात्मक पत्रकारिताको धारालाई विकास गरेको तथ्यलाई भने नकार्न सकिन्न । नेपाली साहित्यिक पत्रकारितामा रहेको विचारधारात्मक निषेध पनि लामो समयसम्म यसको व्यावसायिकताको बाधकका रुपमा रहेको देखिन्छ ।


sag

  • VIP
  • ******
  • Posts: 742
४.२ समस्या समाधानका उपायहरु

यस कार्यपत्रमा साहित्यिक पत्रकारिताको व्यावसायिक विकासका केही समस्याको उठान गरियो । आखिर समस्या नै त्यस्तो विषय हो जसले समाधान पनि लिएर आउ“छ । माथि चर्चा गरिए झैँ नेपालको साहित्यिक पत्रकारिताको व्यावसायिकताका समस्या मात्र छैनन्, यसका राम्रा संभावना पनि छन् । साहित्यिक पत्रकारिताको विकास गर्नकै लागि नेपाल साहित्यिक पत्रकार सङ्घ जन्मेको छ भने यसले राज्यलाई दबाब दिने काम पनि गर्दैछ । साहित्यिक पत्रकारिताको विकासमा समर्पित अनुभवी पुस्ता र नया“ पुस्ताको सहकार्य र एकताले नेपालको साहित्यिक पत्रकारिताको व्यावसायिकतामा बल पुगेछ भने यो पेशा मर्यादित बन्न जाने क्रम पनि बढ्दो छ । माथिका समस्याहरुको समाधान गर्न सके नेपालको साहित्यिक पत्रकारिता व्यावसायिक रुपमा सक्षम र गुणस्तरका दृष्टिले उत्कृष्ट बन्न सक्छ । त्यसका लागि सामूहिक र सङ्गठित प्रयत्नको खा“चो भने छदैछ । समस्या उठानकै क्रममा समाधानको सङ्केत गरिए तापनि समाधानका मुख्य वु“दाहरुलाई यहा“ सङ्क्षेपमा प्रस्तुत गरिएको छ ।

(क) साहित्यिक पत्रकारिताको व्यावसायिक विकासमा संस्थागत र सङ्गठित प्रयासका लागि आवश्यक गृहकार्य गरी त्यसका लागि आवश्यक दक्ष जनशक्ति निर्माणमा योजनाबद्ध कार्यको थालनी हुनुपर्दछ । नेपाल साहित्यिक पत्रकार सङ्घ, लगायत पत्रकारिता विभाग तथा अन्य संस्थाहरुलाई समेत सहभागी गराई यसको संस्थागत विकासका लागि अध्ययन, अनुसन्धान तथा कार्य योजना निर्माण गरी त्यसको कार्यान्वयन समेत हुनुपर्दछ ।

(ख) साहित्यिक पत्रकारिताको विकासका लागि राजनीतिक प्रतिबद्धता आउनु पर्दछ । राजनीतिक प्रतिबद्धताकै आधारमा यसको व्यावसायिक विकासका लागि नीति निर्माण गरी त्यसको कार्यान्वयन हुनुपर्दछ ।

(ग) साहित्यिक पत्रकार र पत्रकारिताका लागि चाहिने आवश्यक सक्षमताको पहिचान गरी ती सक्षमता प्राप्त गर्न सक्ने दक्ष साहित्यिक पत्रकार उत्पादन गर्ने र तिनलाई कामको अवसर पनि प्रदान गर्ने गरी साहित्यिक पत्रकारिताको दक्षता अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनु पर्दछ ।

(घ) साहित्यिक पत्रकार र पत्रकारिताका लागि चाहिने आवश्यक सक्षमताको पहिचान गरी ती सक्षमता प्राप्त गर्न सक्ने दक्ष साहित्यिक पत्रकार उत्पादन गर्ने र तिनलाई कामको अवसर पनि प्रदान गर्ने गरी साहित्यिक पत्रकारिताको दक्षता अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनु पर्दछ ।

(ङ) पाठक सर्वेक्षण र पहिचानका लागि आवश्यक कार्य गर्न राज्यको सहयोग आवश्यक छ । पठन सचेतना अभिवृद्धि गर्न राज्यका तर्फबाट राष्ट्रिय पुस्तक तथा साहित्यिक पत्रिका सम्बन्धी नीति निर्माण गर्ने, राष्ट्रिय पुस्तक परिषद् गठन गर्ने तथा पठनलाई जीवन शैलीका रुपमा विकास गर्न सचेतनामूलक अभियान तथा पठन अनिवार्यताको विकास गरिनु पर्दछ ।

(च) साहित्यिक पत्रिकालाई दिइने आर्थिक सहयोग वृद्धि हुनुपर्छ, साहित्यिक पत्रिकाले राज्यका लोक कल्याणकाी विज्ञापन सहज रुपमा प्राप्त गर्नु पर्दछ । साहित्यिक पत्रिकाको बजार प्रवद्र्धन तथा प्रचार–प्रसारका लागि विज्ञापन खर्चमा विशेष सहुलियत प्रदान गरिनुपर्दछ ।

(छ) साहित्यिक पत्रिकाको बजार विस्तार गरी यसको बजारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा फराकिलो पारिनु पर्दछ ।

(ज) साहित्यिक पत्रिका स्तरीय र गुणवत्तायुक्त होस् भन्ने कुरामा विशेष ध्यान पु¥याउ“दै पाठकको रुचि र आवश्यकता अनुसारका नया ज्ञान, रचना तथा सामग्रीगत विविधतामा विशेष ध्यान पु¥याउनु पर्दछ ।

(झ) साहित्यिक पत्रकारितालाई पत्रकारिताको आवश्यक र अनिवार्य उपविधाका रुपमा स्वीकार गरी पाठ्यक्रममा यसलाई समावेश गरिनु पर्दछ ।

(ञ) साहित्यिक पत्रकारिता तथा सिर्जनसम्बन्धी गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गरी पत्रकारहरुको व्यावसायिक कौशलको विकासमा विशेष ध्यान पु¥याइनु पर्दछ ।

(ट) साहित्यिक पत्रकारितासम्बन्धी पुस्तक तथा पाठ्यपुस्तकको प्रकाशन गरी यसलाई ज्ञान र सीपको एउटा पक्षका रुपमा प्रस्तुत गरिनु पर्दछु ।

(ठ) प्रेस काउन्सिलमा साहित्यिक पत्रकारिताको प्रतिनिधित्व बढाइनु पर्दछ भने नेपाल प्रज्ञा प्रतिष्ठानमा अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिनु पर्दछ ।

(ड) साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्ने पत्रकारहरुको पेशागत सुरक्षा तथा न्यूनतम पारिश्रमिक निर्धारण गरी यसलाई व्यावसायिक र व्यवस्थापकीय रुप प्रदान गर्ने कार्यमा विशेष पहल गरिनु पर्दछ ।

(ढ) देशभरिका निजी तथा सामुदायिक पुस्तकालयको विकास गर्ने तथा पुस्तकालय सञ्जाल निर्माण गरी एक एक प्रति साहित्यिक पत्रिका किन्ने व्यवस्था मिलाइनु पर्दछ ।

५. निष्कर्ष:

नेपालमा साहित्यिक पत्रकारिताको व्यावसायिक विकास नहुनुको मुख्य कारण त पत्रकारिताबाट आर्थिक एवं सामाजिक उन्नति हुन नसक्नु नै हो । साहित्यिक पत्रकारिता राज्यबाट उपेक्षित प्रायः हुनाले पनि यसले निरन्तरता प्राप्त भए पनि गति लिन नसकेको अवस्था हो । यस्तो स्थितिमा साहित्यिक पत्रकारिताको व्यावसायिक पक्षको विकास गरी यसलाई नै पेसा बनाउने वातावरण निर्माणका लागि साहित्यिक पत्रकारहरुकै भूमिका महŒवपूर्ण हुन्छ । नेपालका साहित्यिक पत्रकारहरुको सङ्गठित संस्था नेपाल साहित्यिक पत्रकार सङ्घको भूमिका यसका लागि महŒवपूर्ण रहेको छ । सङ्गठनको बलबाट नै शक्ति प्राप्त हुन्छ र योजनाबद्ध कार्यले नै व्यावसायिक दक्षता पनि प्राप्त गर्न सकिन्छ । साहित्यिक पत्रकारिता संसारमा पाठकका बीच लोकप्रिय छ भने पाठकहरु पनि यसप्रति आकर्षित छन् । नेपालमा साहित्यिक पत्रकारिताको विकासमा समर्पित पत्रकारहरुको सङ्ख्या पनि ठूलै छ । यसलाई अझ विकास गर्न यसको व्यवसायिकताको विकास गर्नु जरुरी छ । यस कामका लागि साहित्यिक पत्रकार नै लाग्नु पर्छ र राज्यलाई दबाब दिनु परे त्यसका लागि पनि तयार हुनुपर्छ । हाम्रो विकास हाम्रै बलमा हुने हु“दा यसको व्यावसायिक विकासमा जुट्नु अब हामी सबैको कर्तव्य र दायित्व भएको छ ।