Author Topic: साहित्यिक पत्रकारितामा नारी सहभागिता -- लक्ष्मी उप्रेती  (Read 6552 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
साहित्यिक पत्रकारितामा नारी सहभागिता
लक्ष्मी उप्रेती

कुनै पनि समाजको भौगोलिक, ऐतिहासिक तथा राजनीतिक वस्तुस्थितिको अध्ययन अनुसन्धान गर्नु तथा सत्यतथ्य जानकारी विश्वसामु प्रस्तुत गर्नका लागि सञ्चार क्षेत्रको महŒवपूर्ण भूमिका रहेको हुन्छ । एक ठाउँमा घटित घटनालाई क्षणभरमा नै विश्वसामु प्रस्तुत गरी हलचल मच्चाउने कार्य पनि सञ्चार क्षेत्रबाट नै हुन्छ । छापा सञ्चार (अखबारी), श्रव्यदृश्य सञ्चार (टेलिभिजन), श्रव्य सञ्चार (रेडियो, एफएम) आदि जस्ता अनेकौं माध्यम छन् । त्यसरी नै नयाँनयाँ प्रविधिले विश्वमा नै सञ्चार क्षेत्रको विकास दिनानुदिन तीव्र रुपले बढ्दो छ । यसमध्ये पनि छापा (अखबारी) सञ्चार त सर्वसाधारणका निम्ति पहुँचका दृष्टिले झन् भरपर्दो र महŒवपूर्ण सञ्चार माध्यमका रुपमा लिन सकिन्छ । पत्रकारिताका विभिन्न क्षेत्रमध्ये साहित्यिक पत्रकारिताको छुट्टै विशेषता छ । समाजमा घटेका घटनाहरुलाई कल्पनाशक्तिसमेत जोडेर भूतलाई प्रतिनिधित्व र भविष्यलाई मार्ग निर्देशन गरी स्थायीरुपमा प्रभाव पार्न सक्ने साहित्यिक पत्रकारिताको विकासको क्रम बढ्दो छ ।

छापामा नेपाल बाहिरबाट प्रकाशित युवाकवि मोतीराम भट्टको ‘गोरखा भारत जीवन’ (१९४८) लाई नै पहिलो नेपाली पत्रिका माने तापनि नेपालबाट प्रकाशित भने ‘सुधासागर’ (१९५५) पहिलो पत्रिका हो । ऐतिहासिक सन्दर्भलाई नियाल्दा ‘सुधासागर’को प्रकाशनपश्चात् १९५८ वैशाख २४ गते नेपालको सबैभन्दा जेठो तथा निरन्तरता दिन सफल अखबार ‘गोरखापत्र’ समाचारमूलक पत्रिकाका रुपमा आएको भए तापनि अन्य सामग्रीसँगै साहित्यिक सामाग्री पनि समावेश गरी साहित्यिक सामाग्री पत्रकारिताको विकासमा महŒवपूर्ण योगदान दिँदै आइरहेको छ । त्यसपछि नेपाली भाषा साहित्यिलाई प्राथमिकताका साथ स्थान दिएर प्रकाशन गरेका साहित्यिक पत्रिकाहरुको विकास बढ्दै गयो । निजीस्तरबाट पनि साहित्यिक पत्रकारिताको प्रयत्न प्रशस्त हुन थाल्यो । त्यही क्रममा शारदा मासिक –१९९१, उद्योग, –१९९२, उदय १९९३, साहित्य स्रोत –२००४, आँखा –२००५, पुरुषार्थ –२००६, भारती – २००६, सेवा २००८, प्रतिभा – २००९, प्रगति –२०१०, नौलो पाइला – २०१२, इन्दे्रणी– २०१३, धरती – २०१३, स्वास्नी मान्छे – २०१५, साहित्य– २०१६, नेपाली – २०१६, रुपरेखा – २०१७, रचना –२०१८, हिमानी – २०१९, सिँहनाद –२०१९, भानु–२०२०, रत्नश्री–२०२० आदि पत्रिकाहरुको प्रकाशनले साहित्यिक पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पु¥याएर इतिहास बनाएर छन् ।

नेपाल बाहिरका पहिलो नेपाली नारी पत्रकार

साहित्यिक पत्रकारितामा मात्र नभई आम पत्रकारिता क्षेत्रमा नै नारी सहभागिता एकदमै न्युन रह्यो । जसरी वि.स. १९५० मा नेपाल बाहिरबाटै नै पत्रकारिता सुरु गरियो, त्यसरी नै नेपाल बाहिर (वनारसबाट) सन् १९४० वि.सं. १९९७ सालमा सर्वहितैषी पत्रिका प्रकाशक ‘सर्वहितैषी कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले प्रकाशित पत्रिकामा पहिलो नारी सहभागिता रह्यो । सो पत्रिका सञ्कलन र प्रकाशनमा मोतीदेवीको नाम छ । त्यसैले नेपाली भाषाकी जेठी नारी पत्रकार नै मोतीदेवी हुन् भन्ने तर्क कमलमणि दीक्षितको ‘भवदीय फलानो’ नामक सञ्ग्रहभित्र ‘मोतीदवी’ शीर्षकमा पहिलो नेपाली भाषाकी नारी पत्रकार भनेर श्रीमती मोतीदेवीलाई लिएका छन् । त्यस्तै नेपाल बाहिर दार्जीलिञबाट नै ‘शिक्षा’ मासिक सन् १९४९ को नोभेम्बरमा श्री सुनकेशरी प्रधान बी.ए.बी.टी. को सहभागितामा नारी पत्रकारको रुपमा दोस्रो नारीको नाम थपिएको देखिन्छ ।
देवकुमारी थापा नेपाल आउनु पूर्व दार्जीलिञ छँदा नै देवकुमारी सिंहको नामले सन् १९५१ मा ‘हिमाल किशोर’ नामक पत्रिकाको उल्लेखनीय र सफल सम्पादनमा बालसाहित्यिक पत्रिका प्रकाशित हुन थाल्यो । नेपाली साहित्य सम्मेलन दार्जीलिञबाट निस्कने ‘दियालो’ साहित्यिक पत्रिकाको सम्पादनमा पनि देवकुमारी सिंहकै भूमिका रह्यो । पछि नेपाल आएर देवकुमारी थापाको नामले ‘एसेलु’ विराटनगर, ‘पारिजात’ विराटनगरको (नारीपृष्ठ) लगायत समय समयमा विभिन्न स्मारिकाहरु सम्पादन लगायत स्तम्भ लेखनमा सहभागिता देखाउँदै साहित्यिक पत्रकारिताका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

नेपालभित्रका पहिलो नेपाली पत्रकार

नेपालभित्रबाट प्रकाशित भएका पत्रिकामा भने साधना प्रधान र कामाक्षादेवीहरुको सम्पादनमा ‘महिला’ (मासिक–२००९) र श्री शीलवन्ती मधुकरी, प्रमिलाको सम्पादनमा (नेपाल महिला सङ्घले) प्रकाशन गरी नेपालमा नारी पत्रकारिताको यात्रा सुरू भयो ।

प्रियम्बदा शर्मा र लक्ष्मीदेवीको प्रधान सम्पादकत्वमा ‘प्रभा’ (मासिक –२००८), पत्रिका कन्यामन्दिर हाइस्कुलको साहित्य विभागबाट एक अञ्क मात्रै प्रकाशित भए पनि साहित्यिक पत्रकारितामा नारी सहभागिता देखियो । त्यसपछि श्रीमती कुन्तिदेवीको सम्पादनमा ‘प्रतिभा –२००९’ (नेपाल महिला, सञ्घ काठमाडौँ) बाट १२ अञ्कसम्म प्रकाशित भयो । रमादेवीकै सम्पादन र प्रकाशनमा ‘जन–विकास–२०१०’ मासिक, रीता र कल्पनाको सम्पादनमा ‘भोर–२०११’ मासिक, रमादेवी पन्तको सम्पादन सहयोगमा ‘जनसाहित्य’ द्वैमासिक– २०११ माघ–फागुन, चन्द्राको सम्पादनमा ‘रञ्गमञ्च’ (मासिक–२०१४,भाद्रमा) र विजयालक्ष्मी मल्ल र लक्ष्मीदेवी चित्रकारको सहभागितामा ‘ज्ञान विकास’ मासिक –२०१५ साल जेठमा प्रकाशित गरी विविध विषयमा नारीहरुको सहभागिता बढ्न थाल्यो ।

साहित्यिक पत्रकारितामा नारीहरु

यस्तो खट्किँदो अवस्थामा ‘स्वास्नीमान्छे’ लिएर २०१५ सालमा शशिकला शर्मा उदाइन् । उनी आफँै पनि साहित्यकार र साहित्यिक परिवेशको भएकीले ‘स्वास्नीमान्छे’ लाई साहित्यिक पत्रिकाको रुपमा स्थापित गरिन् । तीन महिने ‘स्वास्नीमान्छे’ को पहिलो अञ्कमा, पहिलो वर्ष, पहिलो भेट, २०१५ साल साउन–भाद्र–असोज उल्लेख छ । त्यस्तै वार्षिक मोल २÷५० र एक प्रतिको मूल्य ७५ पैसा राखी शशिकलाले पत्रिका सञ्चालन सुरु गर्नुभयो । यसको पहिलो अञ्क पहिलो भेटमा, यस पल्टका कोसेली भनेर विषयसूचीमा साहित्यतिर कथा, कविता –३, शिक्षा र संस्कृतितिर–४, राजनीतिक–३, चिनारी–१, घरगृहस्थीका कुरा –२, यताउतिबाट –३, स्वास्नीमान्छेको चिनारी–३ र अन्तिममा प्रकाशकको तर्फबाट भनेर सङ्क्षिप्त प्रकाशकीय प्रकाशित भएको छ । पहिलो अञ्कमा ४४ पेजबाट प्रकाशन सुरू गरेको स्वास्नी मान्छेको प्रकाशन संस्था साहित्य सेवासदन काठमाडौँले २ वर्षसम्म त्रैमासिक अञ्क त्यसपछिका अञ्कहरु द्वैमासिकका रुपमा शशिकलाले छोटो समयमा आकर्षक सम्पादन गरी आफ्नो कार्यको प्रभावले लोकप्रियता हासिल गरिन् । २०१५ सालदेखि २०२५ सालसम्म नियमितरुपमा ‘स्वास्नीमान्छे’ को प्रकाशन गर्नु चानचुने कुरा थिएन । त्यसबेला नारीका लागि अनुकुल समय नहुँदानहुँदै शशिकलाको योगदानले साहित्यिक पत्रकारितामा अग्रणी नारी भएर आफ्नो स्थान ओगट्न सफल भइन् । त्यसबेलाको समाज आजको जस्तो थिएन । त्यस समयको प्रशासनले पत्रिकाको नाम ‘स्वास्नीमान्छे’ राखेकोमा सजिलै चित्त बुझाएन । विशिष्ट पाँच जना नारीहरुको सहमतिपछि मात्र हो पत्रिका ‘स्वास्नीमान्छे’ नाममा दर्ता हुनसक्यो । फेरि शशिकलाले ‘उदिय’ –२०३६ पत्रिकाको सम्पादन गर्नुभयो । उदियमान सम्पादकमण्डलमा सम्झना, सपना र स्पदन पनि रहेका छन् । २०४४÷१÷३० मा शशिकला शर्माले प्रस्तुत गरेको एक टुक्रा अभिव्यक्ति यस्तो छ – “आजका साहित्यकारहरुले आफ्नो युगअनुसार कलम चलाएकै छन् । जस्तो स्थिति आउँछ मान्छे त्यसैबाट प्रभावित भएको हुन्छ । तर, जथाभावी कोर्नु भन्दा भनेको कुरा बुझिने हुनुपर्छ । लेखकले लेखेको कुरा लेखकलाई नै सोध्दा……‘खै त्यो बेलामा के मुढ आयो ? भन्ने खालकोचाहिँ हुनु हुँदैन ।”

त्यसपछि २०२६ सालमा समसामयिक साहित्यिक सञ्कलन भनेर ‘सिउँडी’ले छुट्टै प्रकारको प्रभाव जमायो । २०२६ साल भदौदेखि भुवन कोइरालाको सम्पादनमा ‘सिउँडी’ पत्रिकाको प्रकाशन प्रारम्भ भयो । रु १.५० पैसा मूल्य राखेर प्रकाशन सुरु भएको ‘सिउँडी’ को आयु छोटो नै रहे पनि यसको सम्पादन, सञ्कलन र लेखनको स्तरीयताले महŒवपूर्ण स्थान ओगट्न सफल भयो । ‘सिउँडी’ को जम्माजम्मी ६ अञ्क मात्र अर्थात् २०२६ साल भदौदेखि भुवन कोइराला समेतको (संयुक्त) सम्पादनबाट सुरु भएको ‘सिउँडी’ २०२८ साल असोजसम्म आइपुग्दा भुवन ढुञ्गानाको नामबाट एकल सम्पादनमा प्रकाशन भयो । यसमा पहिलो अञ्कको आवरण चित्र मनुबाबु मिश्रको थियो भने अन्य अञ्कका आवरणसमेत भुवन ढुञ्गानाकै रहेको थियो । यसमा पहिलो अञ्कमा प्रकाशकीय मन्तव्यसमेत ७२ पेजमा ११ जना लेखक समावेश थिए । दोस्रो अञ्कमा मोहन कोइरालाको कथासमेत गरेर ७० पेजमा ९ जना, तेस्रोमा ८४ पेजमा ११ जना, चौथोमा ११६ पेजमा १४ जना र पाँचौमा ५० पेज ८ जना, छैठौं अञ्क ५० पेजमा ६ जनाको सृजना सञ्कलन गरी सफलताका साथ भुवन ढुञ्गानासमेतको सम्पादनमा निस्किएको यो पत्रिकाले पनि नेपाली भाषा, साहित्यको क्षेत्रमा निकै नै लोकप्रियता हासिल गरेको थियो । यस पत्रिकाको हरेक अञ्कमा भुवन ढुञ्गानाको छुट्टै स्तम्भले पनि विशेषस्थान ओगट्न सफल भएको थियो । ‘सिउँडी’ सम्पादन र प्रकाशनका प्रसञ्गबारे भुवन भन्छिन् – “त्यसबेला यो पत्रिका सम्पादन गरेर तयार गरेपछि एक पटक अञ्चलाधीश कार्यालयमा सेन्सर गराउनु पर्दथ्यो अनि मात्र प्रकाशन गर्न पाइने समय थियो ।’

साहित्यिक पत्रकारिताको क्षेत्रमा अर्को विशिष्ट नाम हो कुन्ता शर्मा । उनले २०३० सालदेखि ‘सञ्कल्प’ द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन कार्यमा संलग्न भई साहित्यिक पत्रकारितामा आफ्नो परिचय स्थापित गर्न सफल भएकी छन् । उनले यो पत्रिका निकै समयसम्म नियमित रुपमा केही समयको अन्तरालमा भए पनि ६८ अञ्कसम्म निस्कियो । सुनसरीमा दर्ता भई मोफसलबाट प्रकाशित हुने ‘सञ्कल्प’ लगायत ‘छायाँ’ को केही अञ्कसमेत सम्पादन गरी साहित्यिक पत्रकारिता क्षेत्रमा कुन्ता शर्माले योगदान दिँदै आएकी छन् ।

पीताम्बरा पियूषको सम्पादनमा नेपालगञ्जबाट २०३२ सालदेखि ‘साहित्यिक सृजना’ त्रैमासिक २०३४ सालसम्म ६ अञ्क प्रकाशित भई बन्द भयो । अन्जुकुमारी सिंह–‘नाकवेली’–२०३६ विराटनगरबाट केही अङ्क श्रीमती मिठ्ठाइदेवी विश्वकर्मा, सञ्जीवनी– २०३६, काठमाडौँ, चमेली शाक्य–‘सरोज’ २०२२ बाग्लुञ, श्रीमती शकुन्तला थापा – ‘आर्यतारा’–२०३६, सुश्री दुर्गा पोखरेल ‘प्रताप’ –२०२७, ‘मानस’–२०३५, ‘पञ्चतन्त्र’ २०३१ वीरगञ्ज, आँशुलक्ष्मी श्रेष्ठ– ‘हिमाल’– २०२४ गण्डकी अञ्चल पोखरा, छत्रकुमारी गुरुञ–‘बहिनी’ २०३९, सुशीला ‘आकृति’–२०२८ काठमाडौँ, सुमति वैद्य ‘शान्ति भूमि’– २०३५ काठमाडौँ, प्रमिला प्याकुरेल ‘खर्पन’, सुश्री लक्ष्मी र राणा ‘सङ्गीत सरिता’–२०२९, गीता पन्थ ‘गजलसागर’–२०६०, ‘शब्ददुत’–२०६१ बुटवल, सुश्री पद्मासन शाक्य– ‘स्वर्णद्वार २०३१’ भक्तपुर प्रकाशित भए ।

डा. सुशीला भण्डारी र कालिका ढकालको संयुक्त सम्पादनमा विराटनगरबाट २०३४ सालदेखि २०३५ सालसम्म ‘प्रतिष्ठा’ साहित्यि त्रैमासिक ३ अङ्क प्रकाशनमा आयो । त्यस्तै २०१७ सालमा अर्कैका सम्पादनमा प्रकाशित भएर रोकिएको ‘सोझो बाटो’ २०६० सालदेखि फेरि डा. सुशीला भण्डारीको सम्पादनमा ३ अञ्क प्रकाशित भयो । भागीरथी श्रेष्ठले ‘कस्तुरी’–२०२४, ‘पाल्पादर्पण’, ‘रुरु–२०२३’ आदि सम्पादन गरी साहित्यिक पत्रकारितामा सहभागिता रहेको छ । तोया गुरुञले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने कविता प्रधान पत्रिका ‘कविता’को २०५६ सालदेखि २०६१ सालसम्मका अञ्कहरु कुशलतापूर्वक सम्पादन गरिन् । डा. सञ्गीता रायमाझी र विन्दु सुवेदीको सम्पादनमा ‘एक्रस’ त्रैमासिक –२०५४ हालसम्म २४ अञ्कसम्म नियमित प्रकाशित भयो । अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशित हुने ‘एक्रस’ अङ्गे्रजीतिर डा.सङ्गीता रायमाझी र नेपालीतिर विन्दु सुवेदीको कुशलतापूर्वक सम्पादनले राम्रो सम्भावना बोकेको भएतापनि २४ अङ्कभन्दा अघि बढ्न सकेन ।

इन्दिरा प्रसाईको सम्पादित ‘कथाक्रम’ (विराटनगर) कथाप्रधान पत्रिका प्रकाशित गरी ४० को दशकमा अत्यन्तै लोकप्रियता कमाएको थियो । यस्तो पत्रिकालाई पनि इन्दिरा प्रसाइले निरन्तरता दिन सकिनन् । तर, इन्दिरा प्रसाईको अन्य थुप्रै साहित्यिक पत्रपत्रिकाहरु सम्पादन तथा लेखन कार्यमा सक्रियता रही यस क्षेत्रमा आफ्नो पहिचान बनाएकी छन् । लक्ष्मी उप्रेतीको सम्पादनमा निस्कने ‘वनिता’ त्रैमासिक –२०५६ विराटनगर पनि नियमितरुपमा प्रकाशित भइरहेको छ । यस्तै लक्ष्मी उपे्रतीको सम्पादनमा ‘लाइनेस’ स्मारिका विराटनगर–२०५१, भानु मोरञ प्रतिबिम्ब–२०५७, केन्द्रीय नारी उद्यमी स्मारिका–२०५८ प्रकाशित भए । सावित्री श्रेष्ठको सम्पादनमा २६ पूर्णाङ्कसम्म ‘अक्षरलोक’ पत्रिका प्रकाशित भएको छ । जमुना शर्मा वर्षा, रेणुका थापाको संयुक्त सम्पादनमा धौलागिरी अञ्चल वागलुञबाट नै प्रकाशित हुने ‘धवलप्रभात’ राष्ट्रिय मासिकको ३६ अञ्क प्रकाशित भइसकेको छ । गंगा सुवेदीले लाइन्स क्लब कोशी स्मारिका लगायत विभिन्न सङ्घसंस्थाका स्मारिका सम्पादन गरी साहित्यिक पत्रकारिताको क्षेत्रमा कलम चलाएकी छन् ।

हिरण्यकुमारी पाठकद्वारा सम्पादित ‘नारी’–२०४८ साहित्यिक पत्रिकाले पनि आफ्नो स्थान बनाएको छ । डा. गार्गी शर्माले ‘नेपाली साहित्य वाटिका’ – २०५० सम्पादन गर्नुका साथै विभिन्न पत्रपत्रिकामा कलम चलाई साहित्यिक पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएकी छन् । गोमा, गार्गी, देवी, प्रमिला उपाध्याय, शशी रिमालको सहभागितामा ‘युगश्री’– २०४४, श्रीमती गोमा उपाध्याय, श्रीमती सुशीला भट्ट, श्रीमती वेटीदेवी बज्राचार्य, श्रीमती पद्यावती सिंह, देवी शर्मा र गार्गीको सहभागितामा ‘कर्मिका’–२०४१ र रमा शर्माले पनि ‘राष्ट्रभाषा’ – २०४८ वार्षिकको सम्पादन गर्दै आएका छन् । शारदा अधिकारीले ‘प्रभात’, ‘नमुना शिक्षक’ को एकल सम्पादन र ‘कस्तुरी’, ‘नेपाली वाञ्मय’, –२०५४ ‘बालसाहित्य’ वार्षिकमा संयुक्त सम्पादन गर्नुका साथै ‘गरिमा’ मासिकको सम्पादक मण्डलमा आपूmलाई स्थापित गरेकी छन् । शारदा शर्माको सम्पादनमा ‘संवत्सर’ र ‘नियोजन डाइजेष्ट’ तथा श्रीमती इन्दिरा श्रेष्ठ, श्रीमती रञ्जना पोखरेल सम्पादक मण्डलमा रहेका छन् । झापाबाट ४० को दशकमा चन्द्रकला आचलद्वारा सम्पादित ‘कल्पवृक्ष’ का साथै धनकुमारी थापाको सम्पादनमा ‘फूलबारी’ को केही अङ्क प्रकाशित छन् । पद्यकन्या क्याम्पसको विद्यार्थी युनियनबाट ‘दिपशिखा’ २०४० सालदेखि नियमितरुपमा प्रकाशित भइरहेको छ ।

पद्मावती सिंहद्वारा ‘नियोजन’ र ‘गुञ्जन’ सम्पादन भएको छ । पद्मावती सिंह लगायत उषा शेरचन र डा. ज्ञानु पाण्डेद्वारा ‘गुञ्जन’–२०६० काठमाडौँमा प्रकाशित पत्रिकाले नारी साहित्यकारको इतिहास खोतल्ने प्रयत्न गरिएको छ भने गुञ्जन २०५५ देखि २०६० सम्म–४ अञ्क प्रकाशित भएको छ । बालिका गिरीको सम्पादनमा नियमित प्रकाशित हुने ‘दोभान’–२०५७ को साहित्यिक पत्रकारितामा राम्रो स्थान रहेको छ । सामरिका श्रेष्ठको सम्पादनमा ‘श्रेष्ठता’ द्वैमासिक ६ अञ्क प्रकाशित भएका छन् । मिना सुवेदीद्वारा ‘नारी उद्घोष’ –२०५७, अध्यात्म्–२०५५ सम्पादन गर्नुका साथै ‘कौशिकी’ त्रैमासिकको सम्पादन मण्डलमा रहेकी छन् । गौरा रिजालको प्रधान सम्पादकत्वमा ‘साहित्य सन्ध्या’–२०५९, सरिता ढकालको सम्पादकत्वमा ‘कोपिला’–२०१७ सामायिक साहित्य सञ्कलन इन्दु नेपाल –‘नयाँ सृजना’–२०३६, सुश्री रञ्जना शर्माको –‘सुनगाभा’ मासिक–२०२७, श्रीमती पम्फा राईको सम्पादनमा –साझा– २०२६ (साझा केन्द्रीय कार्यालय), मोमिलाको सम्पादकत्वमा ‘नोबेल साहित्य वार्षिकी –२०५९, ‘कलाश्री’ साहित्य वार्षिकी –२०६२, धधध।लभउबष्पिबबिकबजष्तथब।अयm –२०६१ ‘कलाचक्र’, कविताञ्क –२०६२ को सम्पादन भएका छन् । सन्ध्या पहाडीद्वारा ने.प्र.प्र.द्वारा प्रकाशित प्रज्ञा गतिविधि त्रैमासिक ६ वर्षदेखि सम्पादन गर्नका साथै कविताप्रधान पत्रिकामा हालदेखि कार्यकारिणी सम्पादकको रुपमा काम गर्नुको साथै नेपाल टेलिभिजनको साहित्यिक कार्यक्रम ‘अभिव्यक्ति’ सञ्चालन गर्दै आएकी छिन् । श्रेष्ठप्रिया पत्थरको सम्पादनमा ‘अँकुर’ साहित्यिक सञ्गालो तथा ‘गजल प्रवाह’ अर्धवार्षिक धनगढीबाट प्रकाशित भएको छ भने स्तम्भ लेखनमा पनि सहभागिता रहेको छ ।

निलम कार्की नीहारिकाले तेह्रौँ साहित्यिक वन महोत्सव ‘जमर्को’–२०५४ का साथै खोजतलास, सीमाङ्कन साप्ताहिकमा स्तम्भ लेखिन् । गीता कार्कीले स्पेसटाइपमा १ वर्ष र सत्याग्रह साप्ताहिकमा ६ महिनासम्म नियमित स्तम्भ, चौधौं साहित्यिक वन महोत्सवको सम्पादन गरी यस क्षेत्रमा योगदान दिएका छन् । मेरिना स्मृतिको सम्पादनमा ‘कलश’–२०५७, ‘शुभचिन्तन’– २०५४, ‘शुभकामना’–२०५४, मञ्जु शर्माको सम्पादकत्वमा –परिप्रेक्ष्य २०३८ र शोभा कटुवालको ‘नारी’ २०३९ प्रकाशित छन् ।

प्रायः साहित्यिक पत्रिकाहरु नियमित हुन सकेका छैनन् । जसमध्ये आशा सिंह (शाह) ले ‘युगबोध’ र ‘सिम्रिक’ साप्ताहिकका साथै अन्य केहीको सम्पादन, प्रमिला उपाध्यायले – ‘नेपाल’ द्वैमासिक – २०२५, ‘दर्पण’ मासिकका केही अङ्क सम्पादन, अनिता तुलाधरले ‘जुरेली’ त्रैमासिकका केही अङ्क, सीता पाण्डे ‘प्रवेश’ त्रैमासिक, सुषमा आचार्यद्वारा ‘माछापुच्छ्रे, प्रतिमा विवश राई – ‘सुनसरी स्मारिका’, धरानबाट नै प्रकाशित हुने ‘मिस्र’ टाइममा सहभागिता देखिन्छ । पोखराबाट तारा काफ्लेको सम्पादनमा ‘सिउँडी’–२०५८ को ५ अंञ्क प्रकाशित भएको छ । पूर्ववर्ती शेरचन – ‘दीपशिखा’ त्रैमासिक, सुश्री कृष्णा पौडेलको साहित्यक त्रैमासिक – मधुश्री–२०६१, श्रीमती रमा कर्णगीत नारी समुदाय–२०६०, देविका, –‘उत्साह’, राधा शर्मा आचार्यको ‘कर्मक्षेत्र’, गायत्री विष्ट ‘शब्दपथ’ रजनी थापा, ‘साहित्य सागर’ होमकुमारीको सहभागितामा – ‘पलाँस’ – २०६०, शोभा जोशी ‘बालतारा’, सुश्री तारा प्रजापति – ‘प्रक्षेपण’, शोभा श्रेष्ठ –‘हाम्रो अभियान’, राधा बुढाथोकी मगरको, ‘नवप्रतिभा’, रोशनी थापाको–‘द हिमालय भ्वाइस’, ‘बमकुमारी बुढामगरको –‘कोञ्जा मारुम’, कमला पराजुलीको ‘अपेक्षा’, सुजाता श्रेष्ठ ‘समुन्द्र पारि’, सरिता अर्यालको – ‘सुखी संसार’ कविता आरसीको –‘सिद्ध पाइला’– २०६१ ‘समचेतना’ मासिक, अस्मिता भण्डारी, सरस्वती खनाल र अजिता राई, ‘मानचित्र’–२०६१, श्रीमती उर्मिला श्रेष्ठ ‘श्रद्धा सुमन’–२०५६, श्रीमती अम्बिका पौडेल ‘गौरावाणी’ द्वैमासिक र ‘प्रतिभा’ अर्धवार्षिक झापा, विमला कार्की, शोभा कटुवालको – ‘नारी’ नारी प्रधान त्रैमासिक – २०३८, पूर्णकुमारी बुढाथोकीको, ‘शिशिर वसन्त–२०६१, सविता शर्माको ‘समयधारा’– २०३५ समण्डल, श्रीमती लक्ष्मीप्रभा स्थापित, श्रीमती मन शर्मा –‘जन प्रभात –२०३३, श्रीमती शुभलक्ष्मी राईको– ‘सिरिजङ्गा’– २०५१, भारती सिलवाल गिरीसहित सुमित्रा प्रधान, दीव्या शाही, सरिता दीक्षित, शान्ता कुँवर, वेञ्जु शर्मा, –नेपाल महिला सङ्घ स्मारिका –२०४९, श्रीमती ज्योति भण्डारीको – सरगम – २०५१, सुर्यकुमारी प्रधान, ‘सञ्कलन’– २०२७, सीता न्यौपाने ‘अधिकारी’–‘काँचुली’–२०५१, रोशनी, रजनी, दीपाको –‘पुकार’ द्वैमासिक–२०३७, श्रीमती तारादेवी भट्ट, सुश्री वीणा पन्तको –‘वीणा’ –२०३०, अन्जना देवीको – ‘जम्को’–२०२७ मासिक, श्रीमती आशा राणा, मीरा राणा, स्नेहप्रभा अर्याल, जया शाह, यूँहजुर थापा, इन्दिरा मल्ल, हरिप्रिया अर्यालको –‘सेवा सुवन –२०४५, सुशिला पन्थको –‘रत्न’ २०४३, श्रीमती गञ्गा जोशीको –‘उषा’ २०२०, रमा उपाध्यायको –‘फेवा’–२०३०, त्रैमासिक श्रीमती श्यामली देवीको ‘चन्द्रोदय’–२०३७ (राजविराज), विद्यालक्ष्मी श्रेष्ठको – ‘कर्मठ’–२०३७, सुश्री मिठ्ठु पाण्डेको ‘झारेली’ २०३९, रमा खरेलको ‘रैबारे’ त्रैमासिक –२०३७, सुश्री प्रमिला थापामगरको – ‘सिरिजञ्गा’–२०५०, सुश्री रञ्जना शर्माको –‘सुनगाभा’–२०२६, सुश्री विजया बरालको –‘सिर्जना’–२०१७ मेनुका कुमारीको –‘फूलबारी’–२०१७, गीता थापाको – ‘नयाँ गोरेटो’–२०२७ (भरतपुर), जसोदा प्रधानको ‘समचेतना’ २०३४ र विद्यार्थी (इलाम), सावित्री मल्लको ‘प्रतिष्ठा’ द्वैमासिक, रेणुका भट्टराईको ‘जनप्रहार’ साप्ताहिक, सरस्वती खड्काको ‘रौतहट टाइम’, प्रभा भट्टराईको –‘नेपाली वाञ्मय’ –२०५४ र ‘भानुदर्शन’–२०६१, पारिजातको –उत्साह, प्रमिला गिरीको –गाग्री, चन्द्रा ठकुरीको –मिर्मिरे, सीतामैंया सिँह थापाको –हाम्रो सम्पदा २०५७, ज्योती प्याकुरेलको –विधुषी २०५३ को साहित्यिक पत्रकारितामा सहभागिता भएको पाइन्छ ।

पुष्पा भुसालको ‘चिनारी’– २०६१ अर्घाखाँची, मञ्जु मिश्रको, ‘सिन्धु प्रवाह’–२०५३, मायामितु न्यौपानेको ‘दक्षिणा’–२०६१, शोभा श्रेष्ठ र सीता शर्माको, ‘साहित्य कोसेली’–२०५६ मेनका पोखरेल र सीता भट्टराईको ‘अभिनव–२०५८, सृजना अर्याल, शोभा अधिकारी, ज्ञानु शर्मा र सर्मिला घलेको –नारी लेखक मञ्च चितवन द्वैमासिक ‘बुलेटिन’– २०६१, ज्ञानकुमारी पुन ‘सहस्राब्दी’–२०६०, सुनिता खड्का ‘सहारा’ राष्ट्रिय मासिक – २०६१, हिरादेवी ‘युवा सायरी’–२०६०, सीतामैयासिंह थापाको ‘हाम्रो सम्पादन’–२०५७, नमिता चपाइँको साहित्यिक कोसेली लक्ष्मी क्षेत्रीको –‘बसुन्धरा’ –२०५६ द्वैमासिक, ‘मोती’ स्मारिका (विराटनगर) –निर्मला भट्टराई, भारती श्रेष्ठ तथा सृजना दुवालको – ‘जनमत’–२०४० (काभ्रे), रुपा झाको –‘पल्लव’ राजविराज)– मिश्र बैजयन्तीको – ‘दुवो २०५५ (झापा), रीता खत्रीको –‘सभ्यता’ –२०६१, (विराटनगर), रोशनी कार्कीको, –‘सिन्धु आवाज’ (सिन्धुपाल्चोक), कुञ्जिनी २०४७, प्रभा बराल (तिवारी) र रेनुका थापाको ‘साहित्यकुञ्ज’ जयन्ता पोखरेलको – ‘लघु आयाम’ २०५७ (भोजपुर) को साहित्यिक पत्रिका प्रकाशनमा सहभागिता देखिन्छ । माथि उल्लेखित भएका कुनै पत्रिकाहरु साहित्यप्रधान नभएर पनि साहित्यिक सामग्रीहरुलाई प्रशस्त स्थान दिएर प्रकाशित भएका पनि छन् ।

त्यस्तै ‘हवाई’ पत्रिकाको सम्पादनतिर पनि नारीले सहभागिता जनाउँदै आएका छन् । कविता क्यालेन्डरहरुको सम्पादनमा पनि नारीहरुको सहभागिता पाइन्छ । कविता क्यालेन्डरमा नम्रता गुरागाई र भावना पौडेलको नाम साहित्यिक क्यालेन्डरको प्रचलन सुरू हुँदै पाइन्थ्यो भने मुक्तकप्रधान भित्ते पात्रोमा रेनुका भट्ट सहभागी छन् ।’ ‘गुलाफ’ गोजीपात्रोमा– बेटी बज्राचार्य रहेकी छन् ।

sag

  • VIP
  • ******
  • Posts: 742

बालसाहित्यिक पत्रकारितामा नारी

बालसाहित्यका क्षेत्रमा निकै नै पत्रिकाहरु सम्पादन र संयोजन गरी प्रकाशन भइरहेका छन् । तर नारीद्वारा नै सम्पादन÷प्रकाशन भएका बालसाहित्यिक पत्रिकामा २०४५ सालदेखि प्रकाशित ‘चिचिला’ नामक बाल पत्रिकालाई लिनुपर्दछ । भुवनेश्वरी सत्यालले यस पत्रिकाको १९० अङ्कसम्म निजी स्तरबाट नियमित प्रकाशनमा ल्याइरहेकी छन् । यसै पत्रिकामा गीता भण्डारी र शिला पन्तको पनि सहभागिता छ । त्यस्तै भुवनेश्वरी सत्याल तथा श्रीमती पद्मा मल्लले बालमन्दिरबाट प्रकाशित हुने ‘बालक’– २०२२ को केही अञ्क पनि सम्पादन गरेका छन् । कमला ओली र समीक्षा दाहालको सहभागितामा ‘बालतृष्णा’–२०५७ र ‘बाल प्रयास’– २०६१, (त्रैमासिक बालपत्रिका) गीता त्रिपाठीका ‘बालकमुजुरा–२०६२’ (मासिक), ऋचा भट्टराई श्रुति कडरिया बालक, प्रमिला श्रेष्ठ, प्रयासमा ‘बाल प्रयास –२०६१’, गीता त्रिपाठीको ‘बालक’, ‘मुजुरा’ मासिक– २०६२, तेजकुमारी तिवारीको ‘अपाञ्ग शसक्तीकरण’–२०६१, भेषकुमारी नेपाली, दीपिका हमाल, पिङ्की विजयानन्दको –‘बालसंसार’ ‘प्लान’ लगायत अन्य थुप्रैको सहभागितामा बालपत्रिकाहरु प्रकाशित भइरहेको छन् ।

साहित्यिक पत्रकारिता र स्तम्भ लेखनमा नारी

स्वतन्त्ररुपमा कलम चलाउने नारी स्तम्भकारको यस क्षेत्रमा अहं भूमिका रहेको छ । सुधा त्रिपाठीले केही समय ‘पौरव’ मासिक, ‘रश्मी’– २०४० को सम्पादन गरे तापनि उनलाई साहित्यिक पत्रकारिता स्तम्भ लेखनका क्षेत्रमा प्रसिद्धि छ । त्यस्तै सुलोचना मानन्धरको पनि यस क्षेत्रमा विशिष्टता रहेको छ । कोमल वलीले पनि केही समय स्तम्भ लेखनमा आफ्नो कलम चलाइन् ।
राधिका राय (झापा), लीला सुब्बा (धरान), सुस्मिता नेपाल, मञ्जुश्री थापा, डा. बानीरा गिरी, लीला लुईटेल पनि यस क्षेत्रमा आफ्नो स्थान ओगट्न सफल छन् । त्यस्तै, झमककुमारी घिमिरे, (धनकुटा) ले पनि नियमित स्तम्भ लेखनले यस क्षेत्रमा प्रभावकारी भूमिका खेलेकी छिन् । डा. अरुणा उप्रेतीको कलमले पनि यस क्षेत्रमा महŒवपूर्ण स्थान लिएको छ । गायत्री श्रेष्ठ चितवन, सावित्री मल्ल, मञ्जु काँचुली, तथा पछिल्लो समयमा आएर विमला तुम्खेवाको स्तम्भ तथा स्वतन्त्र लेखन पनि राम्रै छ ।

त्यस्तै अन्य विषयसँगै साहित्यिक विषयमा पनि कलम चलाउने मीठाईदेवी, कमला न्यौपाने, मुक्ता नामकी विष्णुदेवी श्रेष्ठ, सञ्जीता रावल, गोमा देवकोटा, लक्ष्मीदेवी अर्याल, अष्टलक्ष्मी शाक्य, कुमकुम शर्मा, मिथिला देवकोटा, प्रजिता देवकोटा, अनिता राई, शर्मिला खड्का, बाबा बस्नेत, शकुन्तला जोशी, आचार्य प्रभा, सीता आस्था सरिता उप्रेती, पार्वती पोमो, लीला अनमोल, इन्दिरा अधिकारी ‘इन्दु’, कोपिला ढकाल, पूजा लुइँटेल, विमला चिमोरिया, विनु, पोखरेल, मीरा सिलवाल, गीता पन्थ, सञ्गीता गुरुञ, सञ्गीता स्वेच्छा, शशी थापा ‘सुब्बा’, शारदा सुब्बा, अलका अधिकारी, समुन्द्रा शर्मा, सुजाता, सुभद्रा पन्त, अंगुरबाबा जोशी, शान्ता मानवीकी साथै विभिन्न ठाउँबाट स्वतन्त्ररुपमा साहित्यिक पत्रकारितामा कलम चलाउने नारीहरुमा – मन्दिरा कोइराला, मधु राई, सीमा आभाष, मञ्जु शर्मा (विराटनगर), सुमित्रा वाङ्गदेल ‘चेली’, विनु पोखरेल, अञ्जना न्यौपाने, सरस्वती ढकाल, भवानी क्षेत्री (झापा), डा. आशा सिन्हा, सरस्वती चौधरी, रुपा झा, विजेता चौधरी, सङ्गीता अधिकारी (जनकपुर), उषा हमाल (सल्यान), नर्वदा शर्मा (नेपालगञ्ज), इन्दिरा शाह (जाजरकोट), वसन्ती शाही (जुम्ला), मीना ठाकुर, बच्ची मिश्र, साधना झा (राजविराज), शुशिला अधिकारी (मलञ्गवा), राधिका सिवाकोटी (हरिऔन) आदि । गीता सापकोटा (इलाम), ऋचा लुइँटेल (धनगढी), अञ्जना ताम्ली (धनकुटा), मेनुका कान्दु (ताप्लेजुङ्ग), शान्ता मावोहाञ (पाँचथर), कविता राई (भोजपुर), मिनकुमारी लिम्बु – (तेह्रथुम), शशी नेमाङ्ग (इलाम) लगायत अन्यले पनि साहित्यिक पत्रकारितामा धेरथोर हात चलाएका छन् ।

साहित्यका विभिन्न विधाको उत्थानका लागि नेपाली तथा नेपाल भाषाका साथै अन्य भाषासमेत कलम चलाउने विन्दिया प्रधान, पूर्णशोभा चित्रकार, प्रतिसरा सायमी, शशिकला मानन्धर, रजनीमिला महर्जन, रीता महर्जन, ईश्वरीमैयाँ श्रेष्ठले निरन्तरता दिएका छन् । सिल्भिया राजोपाध्यायको सम्पादन सहयोगमा अङ्ग्रेजी भाषाको ‘वेब म्यागजीन’ सुश्री अञ्जलीकुमारी चौधरी रहेको – ‘हौली’– २०५० थारु साहित्यिक पत्रिका ‘सञ्कल्प’ प्रकाशित भएको छ । प्रा.डा. उषा ठाकुर, सजिता बर्मा र प्रमिला उप्रेती, मञ्चला झाको संयुक्त सम्पादनमा नियमित रुपमा नेपालबाट प्रकाशित हिमालिनी नामक हिन्दी पत्रिका निस्केको छ । स्तरीय हिन्दी भाषाको पत्रिकाको रुपमा यसलाई लिइन्छ ।

निष्कर्ष ः

हिजो नारीहरु सञ्चार माध्यमका निस्क्रिय उपभोक्ता तथा विज्ञापन प्रायोजनका साधन मात्र थिए भने आज केही मात्रमा सञ्चार माध्यमका उपभोगकर्ता हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । नारीहरु आफ्नो आवश्यकता र इच्छा पूरा गर्न आफ्ना लागि आफैले सञ्चार क्षेत्रमा आकर्षित हुनु पनि यस क्षेत्रको विकास हुनु हो । यही माध्यमबाट यसले जाँगर चलाउँछ, वर्गहित, नारीको विकास र समानताका साथ सबलतातिर अग्रसरता गराउने अवसर प्राप्त गर्दछ ।

विगतका केही वर्ष यता सञ्चार क्षेत्रमा पर्याप्तरुपमा नारी सहभागिता बढेको छ । तर त्यहाँ चुनौतीको सामना गर्दै पनि सञ्चारका विभिन्न क्षेत्रमा नारी आकर्षित भएझैँ साहित्यिक क्षेत्रमा पनि प्रशस्त नारी सहभागिता जुट्नु भनेको लैङ्गिक समानताको राम्रो सम्भावना हो । बेइजिङ नारी सम्मेलनले ठम्याएका नारीका १२ वटा सर्वाधिक चासोका क्षेत्रहरुमध्ये सञ्चार क्षेत्रलाई पनि प्रमुख विषय माने अनुरुप आज केही उपलब्धि हासिल भएको देखिन्छ ।