Author Topic: Sharmila Malla (Krishna Malla wife) शर्मिला मल्ल  (Read 3242 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
म कृष्ण मल्लको चौथो श्रीमती – शर्मिला मल्ल

सोमवार, भदौ १७, २०७०

शर्मिला मल्ल (अभिनेत्री)
पाल्पा, तानसेनमा जन्मनुभएकी अभिनेत्री शर्मिला मल्ल ४० को दशककी चर्चित अभिनेत्री हुन् । ‘अनायास’ नाटकबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मल्ल विज्ञापन तथा रेडियो नाटक हुँदै २०४१ सालमा निर्मित सर्वाधिक चर्चित चलचित्र ‘कान्छी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।  कान्छी चलचित्रपछि वासुदेव, के घर के डेरा, मायाप्रिती, विजय पराजय, चेलिबेटी, चिनो, संकल्प, चाहन्छु म तिमीलाई नै, नयाँ नेपाल लगायत ६०–७० वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । नायक तथा अभिनेता कृष्ण मल्लसँग विवाह गरेकी अभिनेत्री शर्मिला मल्लसँग नेपाली चलचित्र क्षेत्र, हरितालिका तिज र अन्य विषयवस्तुबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० हाल के गर्दै हुनुहुन्छ ?
निर्देशक आरबी शरद खत्रीद्वारा निर्देशित चलचित्र शिशाको भर्खर मात्र सुटिङ सकिएको छ । फिल्मबाट दुई चार दिनको लागि विश्राम लिँदैछु ।

० शिशा कस्तो खालको फिल्म हो ? यसमा अन्य कलाकारहरु को को हुनुहुन्छ ? यो फिल्ममा तपाईंको रोल कस्तो छ ?
हरेक मान्छेले प्रयोग गर्ने चीज हो शिशा । चाहे त्यो ऐनाको रुपमा होस् या फ्रेम वा चश्माको रुपमा किन नहोस् । तर त्यही शिशा फुट्यो भने अशुभ हुन्छ भनिन्छ । कोही पनि फुटेको शिशा हेर्न चाहँदैन । नारी पनि शिशा हो, जसमा सानो  मात्रै दाग लागे पनि त्यो जीवनभर मेटिदैन । फिल्ममा यही कुरा देखाउन खोजिएको छ । फिल्ममा मैले मुख्य भूमिकामा अभिनय गरेकी छु र यो फिल्मको कथावस्तु बिल्कुलै फरक छ । आजसम्म मैले कुनै पनि फिल्ममा यस्तो चरित्रमा अभिनय गरेको थिइनँ । अन्य कलाकारहरुमा अहिलेका चर्चित नायक जीवन लुइँटेल र रागिनी खड्गी हुनुहुन्छ ।

० कहिले रिलिज हुन्छ होला यो फिल्म ?
शायद दुई तीन महिनापछि दर्शकहरुले यो फिल्म हेर्न पाउनुहुनेछ ।

० फिल्मबाहेक अरु के कममा व्यस्त हुनुहुन्छ ?
अहिले महिलाहरुको महान् चाड हरितालिका तिज नजिक आइरहेको छ । जताततै तिजका गीतहरु बजिरहेका छन् । ठाउँ ठाउँमा तिजका कार्यक्रमहरुको आयोजना भइरहेको छ । एकै दिनमा तीन चार वटा कार्यक्रममा सहभागिता जनाउनुपर्ने अवस्था छ । म त तीजको कार्यक्रमले विहानदेखि बेलुकासम्म व्यस्त भएकी छु ।

० एकदिनको तीजको दर खाने कार्यक्रमलाई महिनाभरि मनाउनु उचित हो र ?
अवश्य होइन । समय क्रमसँगै एकदिन दर खाने कार्यक्रमलाई पाँच सात दिन वा एक हप्तासम्म मनाउनु नराम्रो होइन । तर महिना डेढ महिना अगाडिदेखि दर खाने कार्यक्रमहरु आयोजना गर्नु राम्रो होइन । यसले समाजमा धेरै विकृति ल्याएको छ । यस्ता कार्यक्रमहरुले तिजको महत्व घटाएको छ ।

० तपाईं त नेवार समुदायकी महिला हुनुहुन्छ । कत्तिको बस्नुहुन्छ तीजको व्रत ?
अहिले सबै जातिका महिलाहरु तीजको व्रत बस्ने गर्दछन् । म पनि व्रत बस्छु । पहिला पहिला व्रत बस्दा पानी पनि खाइँदैन थियो । तर अहिले दूध, दही, फलफूल तथा मिठाइहरु खाइन्छ । श्रीमान्ले पनि नसके व्रत नबस भन्नुहुन्छ । पोहोरसम्म व्रत बसेकको थिएँ र यो साल पनि व्रत बस्छु ।

० तपाईंको नजरमा तीजमा किन व्रत बसिएको होला ?
अविवाहित महिलाले राम्रो श्रीमान् पाउँ भनेर व्रत बस्छन् भने विवाहित महिलाले आफ्नो श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् । पौराणिक कालमा पार्वतीले भगवान् शिवलाई पति पाउँ भनेर व्रत बसेको कथन छ ।

० तीज महिलाहरुको गहना प्रदर्शन गर्ने प्रमुख चाड हो । के चाडको नाममा गहना प्रदर्शन गरिनु राम्रो हो ?
तिजमा भित्रिएको विकृतिमध्ये गहना प्रदर्शन गर्नु सबैभन्दा नराम्रो विकृति हो । आफूसँग गहना नभए छरछिमेक र साथीहरुसँग मागेर भए पनि गहना लगाएर हिँड्ने चलन छ । भीडभाडमा गहना लगाएर हिँड्दा लुटपाट हुने सम्भावना बढी हुन्छ । अहिले एक तोला सुनको मूल्य ६० हजार भन्दा बढी छ । यस्तो अवस्थामा एक तोला सुन मात्रै हरायो वा चोरी भयो भने पनि महिनौंको श्रम तथा परिश्रमको मूल्य खेर जान्छ । विदेशका सम्पन्न महिलाहरु कहिल्यै सुन लगाउँदैनन् । हाम्रो नेपालका महिलाहरुको सोचाइमा कहिले परिवर्तन आउला खै ? म त भन्छु कुनै पनि महिलाहरु जिउभरी सुन लगाएर नहिँड्नु होला ।

० तपाईं पुरानी तथा चर्चित अभिनेत्री हुनुहुन्छ । अहिले निर्माण भएका नेपाली चलचित्रहरु तपाईंलाई कस्तो लाग्छ ?
समय  परिवर्तनसँगै नेपाली चलचित्र क्षेत्रमा पनि धेरै परिवर्तनहरु आएका छन् । आधुनिक  प्रविधिहरु भित्रिएका छन् । अत्याधुनिक सुविधा सम्पन्न फिल्म हलहरु निर्माण भएका छन् । तर पनि चलचित्रको स्तर खस्किँदै गएको छ । संख्यात्मक रुपमा चलचित्र बढे पनि गुणस्तरीय चलचित्रहरु निर्माण हुन सकेका छैनन् । दर्शकहरुलाई नेपाली चलचित्रप्रति वितृष्णा जागेको छ । छाडापन भित्रिएको छ । कला र अभिनयले होइन पैसा र अंग प्रदर्शन गरेर कलाकार भएका धेरै छन् । अभिनयमा कुनै रस छैन । अहिलेका नायिकाहरु मिनिस्कर्ट लगाएर कम्मर हल्लाउन मात्र जान्दछन् ।

० तपाईंले अभिनेता कृष्ण मल्लसँग विवाह गर्नुभयो । कत्ति सालमा भयो तपाईंहरुको विवाह ?
२०४१ सालमा चलचित्र कान्छीमा अभिनय गरिसकेपछि हामीले विवाह गरेका छौं । हाल हाम्रो एउटा छोरा छ ।

० छोरालाई आफूजस्तै कलाकार बनाउन चाहनुहुन्छ कि अरु कुनै पेशा गरोस् जस्तो लाग्छ ?
हामीले चाहेर मात्र हुँदैन । उसको पनि रुचि हुनुप¥यो । उसले फिल्म खेल्न भन्दा फिल्म निर्देशन गर्न बढी रुची देखाएको छ ।

० तपाईंले सानै उमेरमा अभिनेता कृष्ण मल्लसँग दोस्रो विवाह गर्नुभयो किन ?
शायद धेरै दर्शकहरुलाई यो कुरा थाहा नहुन सक्छ कि म कृष्ण मल्लकी चौथी श्रीमती हुँ । मभन्दा अगाडि उहाँले तीनवटा विवाह गरिसक्नुभएको छ । उहाँको पहिलो विवाह स्कुल पढ्दा सानै उमेरमा भएको रहेछ । दोस्रो विवाह बाहुनकी छोरीसँग प्रेम विवाह गर्नुभएको रहेछ । तेस्रो विवाह नाटकमा अभिनय गर्ने क्रममा सँगै बस्दा र हिँड्दा भएको रहेछ । चौथो श्रीमतीको रुपमा मेरो उहाँसँग विवाह भएको हो । भगवान्को कृपाले उहाँको पाँचौं विवाह हुन पाएन र म नै उहाँको अन्तिम श्रीमती हुँ ।

० कृष्ण मल्लजीको पहिल्यै विवाह भइसकेको कुरा तपाईंलाई थाहा थियो कि थिएन ?
मलाई उहाँको विवाह भइसकेको कुरा थाहा थिएन । उहाँ रेडियो नेपालमा नाटक खेल्नुहुन्थ्यो । मलाई उहाँको स्वर साहैै्र मनपथ्र्यो म उहाँको प्रशंसक पनि हुँ । एकैपटक उहाँले मसँग विवाहको प्रस्ताव राख्नुभयो । म त छक्क परेँ ।  मेरा उमेर पनि पुगेको थिएन । एकदिन उहाँले ट्याक्सीमा राखेर मलाई पशुपतिनाथ लैजानुभयो र आज विवाह गरौं भन्नुभयो । म त बोल्न पनि सकिनँ र गुह्येश्वरी मन्दिरमा गएर उहाँले मेरो सिउँदोमा सिन्दुर हाल्नुभयो । त्यसपछि हामी आ आफ्नो घरतिर लाग्यौं । विहा भएको एक वर्षसम्म हामी छुट्टाछुट्टै बस्यौं । परिवारलाई हाम्रो विवाह भएको थाहा थिएन ।

० परिवारले कहिले थाहा पायो तपाईंहरुको विवाहको बारेमा ?
हाम्रो विवाह भएको दुई वर्षपछि मात्र परिवारलाई थाहा भयो भने उहाँको पहिल्यै विवाह भएको कुरा छोरा जन्मेको एक वर्षपछि मात्र थाहा पाएको हुँ ।

० कृष्ण मल्लीजीको पहिल्यै विवाह भएको कुरा थाहा पाउँदा तपाईंलाई कस्तो लाग्यो ?
पहिले त धेरै दुःख लाग्यो । तर पछि उहाँले मलाई सम्झाई बुझाई गरेपछि मेरो भाग्य नै यस्तै रहेछ भनेर चित्त बुझाएँ ।

० नेपालमा कयौं सेलिब्रेटीहरुको वैवाहिक जीवन टुटेको छ । तर तपाईं चाहिँ अहिलेसम्म पनि कृष्ण मल्लको चौथो श्रीमती भएर बसिरहनुभएको छ । यसको रहस्य के हो ?
म चौथो भएपनि कृष्ण मल्लको श्रीमती हुँ । एउटा श्रीमान्बाट श्रीमतीले पाउने सम्पूर्ण माया मैले पाएकी छु । यसमा मलाई खुसी लागेको छ । हामीबीच माया प्रेम तथा आत्मविश्वास छ । कृष्ण मल्ल बाहेक अरु कोही श्रीमान् भएको भए मेरो फिल्मी जीवन यहाँसम्म आइपुग्दैन थियो होला ।

० हाल तपाईं कहाँ बस्नुहुन्छ ?
काठमाडौं रातोपुलमा श्रीमान्सँग बस्छु भने कहिलेकाहीँ डिल्लीबजारमा मुमासँग बस्छु ।

० सुटिङको क्रममा कुनै दुःखद वा रमाइलो घटना घटेको छ कि ?
कान्छी फिल्मको सुटिङ हुने क्रममा एउटा रेष्टुरेन्टमा गीतको छायांकन भइरहेको थियो । पहिलो दिनमा गीतको छायांकन पूरा भएन र दोस्रो दिन दिउँसो चार बजेदेखि गीतको छायांकन हुने कार्यक्रम थियो । म बच्चा नै थिएँ । मैले सोचेको थिइन मेरो अनुपस्थितिले छायांकन प्रभावित हुन्छ भन्ने कुरा । म त चार पाँच बजे सुटिङमा जाने त हो नि अहिले के हतार छ र भनेर कुमारी हलमा जुनी फिल्म हेर्न गएँ ३–५ को शो । फिल्म हेरिसकेपछि म छ बजे फिल्मको सुटिङमा गएँ । म सुटिङमा पुग्दा निर्माता निर्देशक, क्यामरामेन सबैजना मलाई नै कुरेर बस्नुभएको रहेछ । मलाई देख्नेबित्तिकै निर्देशकले गाली गर्नुभयो ‘एउटा फिल्ममा खेल्न नपाउँदै तिमी आफूलाई चर्चित हिरोइन भन्ठान्छौ कि क्या हो ? तिमीलाई हामीले कुरेर बसेको ३ घण्टा भइसक्यो । के हो तिम्रो चाला ? म तिमीसँग काम गर्न सक्दिनँ ।’ निर्देशकको कुरा सुनेपछि म त वाथरुमभित्र गएर दुई घण्टा रोएर बसेँ । मेरो कृयाकलाप देखेर निर्देशकले यसलाई गाली गरेर हुँदो रहेनछ भनेर मलाई फकाउँदै सिकाउँदै फिल्मको सुटिङ सक्नुभयो । यो मेरो जीवनकै अविष्मरणीय घटना हो ।

० जीवनमा सबैभन्दा बढी खुसी कुन दिन हुनुभयो ?
छोरा पाएको दिन म सबैभन्दा खुसी भएको थिएँ ।

० पछिल्लो समय हेर्नुभएको नेपाली चलचित्र ?
लुट ।

० गीत संगीत कत्तिको सुन्नुहुन्छ ? मनपर्ने गीत कुन हो ?

प्रायः गीत सुनिरहन्छु । मलाई मनपर्ने गीत स्व. नारायणगोपालले गाउनुभएको ‘यो सम्झिने मन छ ..’ हो ।
० मनपर्ने फिल्म ?
कान्छी र चिनो ।

dave123kid

  • 50x
  • ****
  • Posts: 91
Re: Sharmila Malla (Krishna Malla wife) शर्मिला मल्ल
« Reply #1 on: January 19, 2017, 02:53:14 PM »
who's krishma malla?

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sharmila Malla (Krishna Malla wife) शर्मिला मल्ल
« Reply #2 on: January 19, 2017, 03:10:55 PM »
Attached photo

Krishna Malla
Sharmila Malla and their son.

who's krishma malla?