Author Topic: Aryan Sigdel (आर्यन सिग्देल)  (Read 5746 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 767
Aryan Sigdel (आर्यन सिग्देल)
« on: August 07, 2016, 11:40:09 PM »



२०१३ को समाचार -- बिहे हुनु पहिले अनलाइन खवरमा प्रकाशित

नायक आर्यन सिग्देल अभिनयमा जति दख्खल छन् युवतीको बिषयमा त्यती नै चर्चामा आउछन् ।
बारम्बार युवतीका कारणले चर्चामा आउने आर्यनलाई सिनेमा नगरीमा ‘प्ले ब्वाई’ भन्नेहरुको पनि कमी छैन ।

उनै आर्यन यतिबेला जोरपाटी निवासी एक युवतीको प्रेममा चुर्लुम्ब डुबेका छन् । जोरपाटी निवासी सपना भण्डारी आर्यनको प्रेमिका हुन् ।

मंगलबार काठमाण्डौमा आयोजना गरिएको आर्यन अभिनित चलचित्र ‘महशुश’को फष्टलुक कार्यक्रममा उनले प्रेमिका भण्डारीलाई पनि सँगै लिएर आएका थिए ।तर रमाइलो कुरा के छ भने, आर्यनका लागि ७० लाख बजेटमा तयार भएको चलचित्र र आफ्नो करिअर भन्दा पनि प्रेमिका नै महत्वपुर्ण रहेको स्पष्ट देखियो ।

निर्माता कल्याण घिमिरेलाई कपडा फेरेर आउँछु भन्दै महाराजगञ्ज स्थित आफ्नो कोठामा पुगेका आर्यन कार्यक्रम सकिदा सम्म पनि आएनन् । बारम्बार आफु टर्निङमा आइपुगेको बताउदै आर्यन कार्यक्रम अवधिभर देखिएनन् । आर्यन नआएपछि उपस्थित मिडियाकर्मी र निर्माणपक्ष खुशी देखिएको थिएन ।

तर सबै मिडियाकर्मी गएको ठान्दै आर्यन आफ्नी प्रेमिकाको साथमा १ घन्टा ढिलो कार्यक्रममा आइपुगेका थिए । तर आर्यन र उनकी प्रेमिका मिडियाको क्यामेरा अघि कैद भैछोडे । आर्यन आफ्नी प्रेमिकासँग निक्कै मस्तीको मुडमा कार्यक्रममा देखिएका थिए ।

सार्वजनिक कार्यक्रममा प्रेमिकालाई ल्याउनुको कारणबारे अनलाइनखबरले सोधेको प्रश्नमा आर्यनले केही बोलेनन्, टारे मात्र । तर उनकी प्रेमिकाले भने अनलाइनखबरसँग खुलेरै कुरा गरिन् । आर्यन सपनालाई ‘नानु, ‘बाबा’, ‘बाबु’ जस्ता विशेषणले बोलाउने गर्छन् ।

‘महशुश’को कार्यक्रममा पनि आर्यनले सपनालाई यस्तै शब्दहरुले सिंगारेका थिए । आर्यन र सपनाको प्रेम फेसबुक मार्फत भएको हो । उनीहरु विगत साढे २ बर्षदेखि प्रेममा छन् । आर्यनले सपनाको नामको पहिलो अक्षर ‘एस’ आफ्नो हातमा पनि कोरेका छन् ।

सपनासँग निकट हुँदै गएपछि आर्यन मिडिया र साथीभाइको नजिक खासै देखिदैनन् ।


anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Aryan Sigdel (आर्यन सिग्देल)
« Reply #1 on: August 07, 2016, 11:40:44 PM »
Marriage video





more photos of 2013

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Aryan Sigdel (आर्यन सिग्देल)
« Reply #2 on: August 15, 2016, 10:01:10 PM »
आर्यनको वास्तविक जीवनको प्रेमकथा


सपना र आर्यन एकअर्कालाई निकै माया गर्छन् र हरेक सुख दुख एकअकासँग साटफेर गर्छन् । आर्यन र सपनाको प्रेम विवाह भएको हो । आज हामी आर्यनको जन्मदिन पारेर उनीहरुको प्रेमकथा प्रस्तुत गर्दैछौँ ।

चकलेटी नायक आर्यन सिग्देल धेरै जसो लभ स्टोरी फिल्महरुमै देखिन्छन् । एक्सन, कमेडी भन्दा बढी दर्शकले उनको लभ स्टोरी नै हेर्न रुचाउँछन् । उनले थुप्रै नायिकासँग पर्दामा माया प्रिति र रोमान्स गरेका छन् । आर्यन वास्तविक जीवनमा पनि रोमान्टीक छन् । उनी कसैको प्रेममा चुर्लुम्म डुबेका छन् । त्यो प्रेमलाई उनले अहिले विवाहको रुप दिएको पनि दुई बर्ष भईसकेको छ ।

किस्मत सिनेमाबाट आर्यन सिने क्षेत्रमा उदाएका हुन् । किस्मत ले आर्यनको किस्मत पनि चम्कायो । उनलाई दर्शकले रुचाए । निर्देशक निर्माताले पत्याए । एक पछि अर्को फिल्म उनको हात पर्दै गए । हेर्दा चिटिक्क र क्युट छन् आर्यन । यस हिसाबले उनका फ्यान पनि थुप्रै छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनको प्रेम कथा शुरु भएको थियो – कुनै फिल्मको कथा जसरी । त्यो प्रेम कथा पार्टी प्यालेसमा भएको जमघटसँगै टुंगीयो । फेसबुकमा मस्त थिए आर्यन । यसै क्रममा एक दिन उनको इनबक्समा एउटा म्यासेज आयो – तपाईँ रियल आर्यन हो ? फ्यान फलोवर बढ्दै गर्दा उनका नक्कली एकाउण्टहरु पनि थिए । त्यसैले आफ्नो फ्यान झुक्कीएको महसुस गर्दै रियल आर्यन भएको जवाफ फर्काए ।

त्यो म्यासेज पठाउने मान्छे थिईन् सपना भण्डारी । सपना आर्यनलाई निकै मन पराउँथिन् । आर्यनको फ्यान थिइन् । आर्यनलाई उनको कुरा गर्ने शैली मन पर्यो । नजाँनिदो पाराले सपनासँग कुरा गर्दा आनन्दको महसुस गर्न थाले । फेसबुकमै सपनालाई हेर्ने गर्थे । कुरा बाक्लिंदै गयो । मन खोलाखोल भयो । आर्यनले सपनालाई झनै मनपराउन थाले । उनले मन थाम्न सकेनन् । फिल्म शैलीमा नै फेसबुकबाट मायाको पोको सपना सामु खोले । मायाको त्यी शब्दहरु सपनालाई अमुल्य लागे । उनले सँगालेर राखिन् । उनीहरुले तीन वर्षसम्म फेसबुकमै मात्र कुरा गरे । एक अर्कालाई बुझे । त्यसपछि मात्र एकअर्कालाई भेटेर सम्बन्धलाई अझै निकट बनाए ।

भेटघाट पछि आर्यन सपनाको प्रेमको अर्को चरण शुरु भयो । सपनाले आर्यनको बहिनीसँग चिनजान बढाइन् । आर्यनसम्म पुग्ने बलियो लहरो बनेकी थिइन् आर्यनकी बहिनी । दुई जनाको सम्बन्ध परिवारलाई थाहा भयो । उनीहरुको सम्बन्ध झन् बलियो बन्यो । पहिलो भेट भएको साढे दुई वर्ष बित्यो । अब धेरै कुर्न सकिन्छ जस्तो लागेन दुबैलाई । त्यसैले उनीहरुले विवाह गर्ने निधो गरे । प्रेमलाई सार्थक बनाउने निर्णयमा पुगे । २०७१ साल बैशाख ६ गते उनीहरुले लगनगाँठो कसे । हाल उनीहरु एकअर्काको साथमा रमाईरहेका छन् ।

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Aryan Sigdel (आर्यन सिग्देल)
« Reply #3 on: December 06, 2017, 05:36:33 AM »