Author Topic: Karishma Manandhar - Photos and profile  (Read 106617 times)

0 Members and 1 Guest are viewing this topic.

jimmas

  • 10X
  • ***
  • Posts: 39
    • Global Sansar
Global Sansar :समाचार संसार को

sag

  • VIP
  • ******
  • Posts: 742
Re: Karishma Manandhar - Photos and profile
« Reply #91 on: November 28, 2015, 09:51:53 AM »

sag

  • VIP
  • ******
  • Posts: 742
Re: Karishma Manandhar - Photos and profile
« Reply #92 on: February 27, 2016, 04:33:42 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Karishma Manandhar - Photos and profile
« Reply #93 on: April 27, 2016, 02:28:01 PM »
करिष्माको करिष्मा

काठमाडौँ । नामसँगै त्यसको अर्थ पनि साकार पार्नेहरु थोरै हुन्छन् । नाममा केही छैन र पनि नाममा सबथोक छ ।

करिष्मा मानन्धर त्यस्तै ‘लिजेन्ड’ हुन्, जसको नामले उनको रूप, काम र संघर्षलाई ऐनाझैं छर्लंग देखाउँछ । र, जसले यही नामलाई सार्थक पार्न करिब २ दशक खर्चिइन् ।

रूप र अभिनय कलाले नेपाली नेपाली रजतपटलाई २० वर्ष आफ्नो वरिपरि घुमाउनु सबैका लागि सजिलो छैन । सजिलो हुन कि राजेश हमाल हुनुपर्छ, कि करिष्मा ।

अभिनयको ‘भूत’ सवार भएदेखि आजसम्म जसरी नेपाली चलचित्र उनको पछि लाग्यो, त्यसरी नै उनमा पनि सिने जगत् र यसको रसले जरा गाडेको छ । उमेर ढल्किँदै जाँदा दर्शकको मनबाट धुमिल हुँदै जान त सक्लिन् तर करिष्मा आफू भने यो क्षेत्रबाट कहिल्यै धुमिल हुँदिनन् । त्यसैले त डा। बाबुराम भट्टराईको ‘नयाँ शक्ति’मा क्रियाशील भइरहँदा पनि उनी चलचित्र निर्देशन गर्ने करिब–करिब अन्तिम तयारीमा छन् । उनै करिष्माले आफ्नो विगत, वर्तमान र भविष्य यसरी पोखिन् :

० ० ०

करिअर

मलाई ठ्याक्कै याद छैन कहिले चलचित्र क्षेत्रमा प्रवेश गरें । तर, ०४२ वा ०४३ साल मध्ये एक हुनुपर्छ । मेरो पहिलो चलचित्र ‘सन्तान’ हो । यसमा मेरो मुख्य रोल थिएन । नकारात्मक पात्रको मुख्य भूमिका थियो मेरो । यसर्थ म सेकेन्ड मेन रोलमा थिएँ । गौरी मल्ल मुख्य रोलमा हुनुहुन्थ्यो । नायकका रूपमा भुवन केसी र अर्जुनजंग शाही हुनुहुन्थ्यो । प्रकाश थापाको निर्देशन रहेको त्यो चलचित्र मेरा लागि निकै सफल रह्यो । ‘सन्तान’ रिलिज नहुँदै मैले अरु नयाँ दुई चलचित्रमा अभिनय गरिसकेकी थिएँ । ‘मायालु’ चलचित्र बनिसकेको थियो, चार–पाँच वटा साइन गरिसकेकी थिएँ । यसले मलाई सोलो नायिकाको रूपमा परिचित त गराएन तर भोलिकी हिरोइन यही हो भन्ने चाहिँ रिलिज भएपछि आम दर्शकसँगै निर्मातारनिर्देशकमा प¥यो । त्यो त्यसपछिका दिनमा देखियो पनि ।

शम्भु प्रधान र उद्धव पौडेलको ‘मायालु’ले मलाई सोलो नायिकामा चिनायो । यसमा भुवन केसी नायक हुनुहुन्थ्यो । उहाँ काम गर्न सजिलो नायक हो । हि इज माई ब्रदर । केसी पनि हुनुहुन्छ । सँगसँगै मेरो पारिवारिक साथी पनि । मैलेभन्दा पनि पहिलेदेखि चलचित्रमा भिज्नुभएको थियो । ‘कुसुमे रूमाल’, ‘जुनी’ लगायतका चलचित्रमा खेलिसक्नुभएको थियो । त्यसैले उहामा अनुभव थियो । मलाई सिकाइरहनुहुन्थ्यो ।

दर्शक र निर्देशकरनिर्माताले राजेश हमाल र मेरो जोडीलाई साह्रै रुचाउनुभयो । मलाई त सुरुसुरुमा त्यस्तो लाग्दैनथ्यो तर सबैले भन्दै जाँदा मैले पनि मान्न थालें । मलाई पनि लाग्न थाल्यो–राजेश र मेरो केमेस्ट्री मिल्छ । राजेश पनि काम गर्न धेरै सजिलो नायक हुन् । उनले र मैले धेरै चलचित्र ग¥र्यौं । मेरा सबैभन्दा धेरै चलचित्र उनैसँग छन् । चलचित्रमा हाम्रो जोडी मज्जाले जम्यो । भुवन केसीदेखि दिलीप रायमाझी र ‘पापी मान्छे’मा निखिल उपे्रतीसम्म मैले केमेस्ट्री मिलाउने प्रयास गरें तर दर्शकले राजेशजति अरु कसैसँग त्यति रुचाउनुभएन ।
नेपालमा हिराइनको आयु पाँचदेखि सात वर्ष भन्छन्–मैले करिब २० वर्ष काम गरें–करिब १५० चलचित्रमा । सन् २००३ मा अमेरिका नजाउन्जेलसम्म मैले निरन्तर काम गरें । २००९ मा नेपाल आएँ । यो ६ वर्षको बीचमा पनि मैले चलचित्रमा काम गरिरहें ।

हलिउड, बलिउडमा ६० वर्ष क्रस गरिसकेका हिरोइनहरु मज्जाले चलिरहेका छन् । उनीहरूको माग उच्च छ । दर्शकले पनि मन पराइरहेका छन् । नेपालमा भने पाँच वर्ष पनि टिक्न गाह्रो १ २० वर्षसम्म काम गर्न पाउने त ममात्रै होला । नयाँका लागि राम्रो हो तर यो क्षेत्रमा लागेपछि भविष्य सुरक्षित त हुनुप¥यो नि १ पाँच वर्ष काम गरेर त जिन्दगी चल्दैन नि १

मलाई अमिताभ बच्चन सेतै फुले पनि मन पर्छ । बूढो भए पनि उनी नै नायक भएको चलचित्र मनपर्छ । मलाई मन पर्छ त कसको के लाग्छ रु ७० वर्ष नाघेका अमिताभलाई हिरो बनाएर कथा लेखिन्छ । त्यो राम्रो हो । जेनिफर लोपेजलाई हेरौं न १ बच्चा पाएर पनि अहिले गरिरहेकै छिन् । मुख्य भूमिकामै जमिरहेकी छन् ।

किन गएँ अमेरिका

म करिअर खोज्दै अमेरिका गएकी होइन । मैले चलचित्र राम्रोसँग गरिरहेकी थिएँ । आर्थिक रूपमा म सबल थिएँ । त्यसमा पनि विनोद ९श्रीमान्०जीको व्यवसाय थियो, मलाई गाह्रो थिएन । तर, थाकेकी थिएँ । सधैं एकोहोरो भएर एउटै काम गर्न सकिँदैन । नेपाल कत्रो नै छ र १ त्यसमा पनि काठमाडौं १ सधैं बिहान नगरकोट गयो, सुटिङ ग¥यो, बेलुकी घर फर्कियो । यसो टेलिभिजन खोल्यो– चलचित्रसम्बन्धी कार्यक्रममा १ देखि १० नम्बरमा ९ वटा त मेरै गीत बज्ने । त्यो पनि एकै खालका । जुन निर्मातारनिर्देशकसँग काम गरे पनि एकै प्रकारका चलचित्र । फरक केही थिएनन् । चलचित्रको संख्या बढे पनि विविधता थिएन । म अमेरिका जानुको मूल कारण यही हो ।

चलचित्रबाट केही समय बे्रक खोजिरहेकी थिएँ– ‘बाबु साहेब’ले जुराइदियो । यो मेरै निर्माणमा बनेको चलचित्र हो । अमेरिका जानुअघि मैले खेलेको अन्तिम चलचित्र ‘पाहुना’ हो । चलचित्रमा नयाँ कुरा भइदिएको भए त्यसले मलाई रोकिराक्थ्यो होला, जान्थिनँ होला । तर, गएँ । पैसा कमाउन होइन र चलचित्रलाई मारेर पनि होइन ।

आफ्नै चलचित्र

‘ढुकढुकी’, ‘बाबु साहेब’ र ‘फागु’ मैले होम प्रडक्सनमा बनाएका चलचित्र हुन् । हुन त विनोदजीसँग विवाह हुनेबेला ‘कस्तुरी’ चलचित्र बनेको थियो । तर, म त्यसका इन्भल्व थिइनँ । त्यसमा म नायिकाको रूपमा मात्र थिएँ ।

म आफैं पनि चलचित्र बनाउने मान्छे । अहिले पनि यसकै तयारीमा छु । स्क्रिप्टमा काम भइरहेको छ । नाम भने तय भइसकेको छैन । कलाकारको पनि टुंगो लागेको छैन । त्यसमा म भने खेल्दिनँ, निर्देशनमात्रै गर्छु– पक्का हो । म निकै लामो तयारी गरेरमात्रै चलचित्र बनाउँछु । मैले लामो अनुभवबाट सिकेको यही हो । ‘डु क्विक’ नै नेपाली चलचित्र राम्रो हुन नसक्नुको मुख्य कारण हो । छ महिना लागोस, एक वर्ष लागोस्– स्क्रिप्टमा हतार गर्दिनँ । ढिलो होस् तर राम्रो होस् भन्ने पक्षमा छु । भदौतिर वा दसैंपछि काम सुरु हुन सक्छ ।

नेपालमा वार्षिक एक सय चलचित्र बन्छन्, औसतमा पाँच वटाले नाफा कमाउँछन् । आठदेखि १० वटाले लगानी उठाउँछन्, बाँकी ८५ वटा घाटामा । अब सबैले मनन गर्नैपर्छ– यस्तो कमजोरी दोहो¥याउनु हुन्न । ‘क्विक वर्क’कै कारण नेपाली चलचित्रले यस्तो दुर्दशा भोगेको हो । मैलेचाहिँ यस्तो गल्ती गर्नेछैन ।

अफर

मलाई अहिले पनि चलचित्र खेल्ने अफर आइरहन्छन् । तर, फरक खालको भूमिकामा– आइटम गीत वा केमियो रोलमा । त्यस्तो रोल म गर्दिनँ । ‘मायाज् बार’मा गरें, त्यो फरक खालको चलचित्र थियो । इमेज नै त्यस्तो हुने हो कि भन्ने चिन्ताले छाडिदिएँ । मलाई अझै ग्ल्यामरस आइकनका रूपमा पस्किन चाहन्छन् । कति गर्ने त्यस्तो रु मलाई मेरो उमेरले पनि रुखवरपर लुकामारी गर्दै नाच्न सुहाउँदैन अब । भर्खरै बुटवलबाट नायिकाको रूपमा अफर आएको थियो । साउथ इन्डियन चलचित्रकै रिमेकजस्तो लागेर सिधै रिजेक्ट गरिदिएँ ।

अहिले लिड रोलमा त्यति अफर आउँदैन । मेरो उमेर घर्किसकेको छ । हेर्दा उमेर धेरै जस्तो नलाग्ला । बीचमा मलाई देख्नुभएन होला । तर, करिष्मा मानन्धरको छाप अझै पनि उस्तै रहेछ ।

प्रविधि

म २००९ मा नेपाल फर्किएपछि नयाँ र फरक खालका चलचित्र बन्न थाले । शायद प्रविधिमा आएको विकास र प्रयोगले पनि होला । परिवर्तनका रंग देखिन थालेका छन् । बीच–बीचमा म नेपाल आउँथे, प्रविधि पुरानै हुन्थ्यो ।

राम्रा कलाकार नभएर नराम्रा चलचित्र बनेका हुन् भन्नेमा म कहिल्यै पनि भइनँ । मनीषा कोइराला नेपाली कलाकार हो । उहाँ बलिउडमा गएर स्टार हुनु भयो ।
चलचित्र भनेको प्रविधि हो । टिम हो । त्योभन्दा पनि पहिले त स्क्रिप्ट वा कथा हो । कथालाई सिलसिलेबार भन्न सक्ने खुबी हो । नेपाली चलचित्र पनि राम्रा भए चल्ने रहेछन् । ‘कबड्डी’को सिक्वेल बन्यो । खिचेको त ब्लक टु ब्लक नै हो । ‘कबड्डी’ हाम्रै कथा हो । बेजोडको प्रविधि, क्यामरा प्रयोग गरिएको पनि होइन । ‘पशुपतिप्रसाद’ पनि त्यस्तै हो । चल्यो ।

गर्न सक्ने हो भने सकिँदो रहेछ नि त १ तर, एक–दुई जनाले मात्रै राम्रो बनाएर हुँदैन, कम्तीमा ५० प्रतिशत राम्रो बन्नुप¥यो । मलाई अहिलेको पुस्ताप्रति धेरै विश्वास छ । यसले धेरै सम्भावना देखाएको छ । परिणाम पनि राम्रो आएको छ ।

पलायन किन रु

नेपाली कलाकार पलायन हुनुको मुख्य कारण त यहाँ भविष्य नदेखेरै हो । मान्छे आफ्नै क्षेत्रमा जमेर आफ्नै खुट्टामा उभिन चाहन्छ । त्यो भएन भने विकल्प खोज्छ । र, खोज्नु पनि पर्छ । उमेरमा २–४ वटा चलचित्र गरेर जिन्दगीभरिलाई पुग्दैन । चलचित्रमा १० जना नयाँ अनुहार आउँदा मुस्किलले २ जना चल्ने हो । बाँकी ८ जनाको सपना पूरा हुँदैन । त्यसपछि उनीहरुले आफ्नो भविष्य जेमा सुरक्षित देख्छन्, त्यतै लाग्छन् । विदेश जानु धेरैमध्येको एउटा विकल्प हो । कसैको आफ्नै व्यक्तिगत कारण होला, कसैको पारिवारिक । कतिपय पढाइका लागि जान्छन्, कोही पैसामात्रै कमाउन ।

मेरो कथा फरक थियो ।

अहिले चलचित्रमा आउनेहरु धेरै व्यावासिक छन्, समर्पित छन् । चलचित्रबारे पढेर आउनेहरु धेरै छन् । सोखको रूपमा मात्रै छिर्नेहरु आफैं हराएर गएका पनि छन् । जीवनको लक्ष्य नै चलचित्र भएन भने सोखले केही गर्दैन, मान्छे पत्ताएर जान्छ । काठमाडौंको चार जग्गा बेचेर चलचित्र बनाउँछु भन्ने पनि बग्रेल्ती छन् ।

हामीलाई सबैभन्दा ठूलो चुनौती यिनै पात्र हुन् । पैसा र सोख छर्न आउनेहरु न आफू जम्न सक्छन्, न अरुलाई अगाडि बढाउन नै । दर्शकहरु स्मार्ट भइसके । को व्यावसायिक हो र को रहर पूरा गर्न झुल्किएको छ भन्ने उनीहरु छिनमै थाहा पाउँछन् । चलचित्र स्वतन्त्र बिजनेस हो भन्दैमा नबुझी पैसा लगानी गर्नेहरुको भागमा पछुतोबाहेक केही पर्दैन ।

भारतमै हेरौं न । त्यहाँ सयौं, हजारौंबाट एउटा छानिन्छन् । असंख्य अनुहारमध्ये ब्रेक पाउने एउटा हुन्छ । नेपालमा त्यस्तो छैन । निश्चित क्राइट एरिया भयो भने हामी पनि त्यस्तै उम्दा गर्न सक्छौं । तर, यो बनाउने पनि हामी आफैंले हो । राज्यको मुख ताक्ने होइन ।

नेपालमा विदेशी चलचित्र चलेको देखेर चकित पर्छु । म आफैं पनि हेर्छु । मैले हेर्नु र आमदर्शकले हेर्नुका आँखा फरक हुन् । नेपाली चलचित्र भनेपछि आँखीभौं खुम्चाउने प्रवृत्ति व्याप्त छ । हामी नेपाली सिनेमालाई स्वीकार्न मानसिक रूपमा तयारै भएनौं । नराम्रो छ भने यसै फ्ल्प भइहाल्छ तर हेर्नु त प¥यो नि १

नत्र अवस्था यही रह्यो भने कलाकार पनि झोला बोकेर परदेश जानुको विकल्प रहनेछैन ।

आत्मवृतान्तको तयारी

मेरो आत्मवृतान्त निस्किँदैछ । धेरैले सुझाएपछि म यो निर्णयमा पुगेकी हुँ । लामो समय चलचित्र क्षेत्रमा बिताएको नाताले मसँग पनि केही भन्नुपर्ने कथा छन् । केही तीता, केही मीठा अनुभूति छन् । अरुले पनि थाहा पाउँदा राम्रै हुन्छ । मेरो आत्मवृतान्त ‘घोस्ट राइटिङ’ भन्ने कम्पनीले लेखिरहेको छ ।

९घोस्ट राइटिङले दुर्गालाल श्रेष्ठ, रामहरि श्रेष्ठलगायत व्यक्तिको बायोग्राफी प्रकाशित गरेको छ ।०

कलाकार नभएको भए रु

कलाकार नभएको भए डिजाइनर हुन्थें । डिजाइनिङ मेरो प्यासन पनि हो । अमेरिका गएपछि मभित्रको कलाकारितासँगै डिजाइनरको क्षमता पनि आँकलन गरें । म बुन्छु जबकि मैले कुनै तालिम नै लिएकी छैन । बार टेन्डरको काम गर्न सक्छु । नेलपोलिसको साजसज्जा, ब्युटिसियनको तालिम लिएकी छु । राम्रो ट्याटु पनि बनाउँछु ।

म जे पनि गर्न सक्छु । तर, अहिलेसम्म कुनै व्यवसाय भने खोलेकी छैन । म अहिले पूरै परनिर्भरजस्तै छु । विनोदको व्यवसाय छ, त्यहीँबाट चल्छु । म सन्तोषी महिला हुँ । धेरै खर्च गर्दिनँ । चलचित्रै नै मुख्य आयस्रोत हो । यद्यपि अहिले त्यति धेरै चलचित्र गरेकी छैन । विनोदले आफैं बुझेर बाहिर हिँड्ने बेला पकेट खर्च दिन्छ । सपिङमा हो धेरै खर्च हुने तर म पैसा छ भने गर्छु, नभए गर्दिनँ ।
अहिले म निकै प्रोफेसनल भइसकें । म रिबन काट्न जाँदा पैसा लिन्छु । करिष्मा फाउन्डेसनले सबै डिलिङ गर्छ । मेरो कारणले कसैलाई व्यावसायिक रूपमा फाइदा पुग्छ भने मैले पनि केही पाउनुपर्छ । तर, अपांग, अशक्त, सडक बालबालिकाका लागि काम गर्ने संस्थाले बोलाए भने पैसा लिन्नँ ।

र, नयाँ शक्ति

भूमिगत भएर सार्वजनिक भएपछि पहिलोपटक मैले डा। बाबुराम भट्टराईलाई भेटेकी हुँ । त्यसबेला मेरो चलचित्र ‘बाबुसाहेब’ चलिरहेको थियो । हिन्दी चलचित्र चल्न नदिने भनेर हल बन्द गरिएका थिए । माओवादीले ढुंगामुढा गरे । मलाई खुब रिस उठ्यो । म आक्रोशित भएकी थिएँ । उहाँलाई भेटेर गुनासो गरौं भन्ने लागे पनि भेटिनँ ।

अमेरिकाबाट फर्किएपछि एकदिन हिसिला यमिले मलाई एउटा ब्युटीपार्लर उद्घाटनमा गइदिन आग्रह गर्नुभयो । त्यसभन्दा अघि विभिन्न समारोहमा भेट भइरहन्थ्यो ।

एकपटक ‘दृष्टि’ साप्ताहिकले केही हिरोइनबारे नराम्रो खबर छाप्यो । त्यतिबेला विनोदसँग मेरो विवाह भएको थिएन । त्यो पत्रिका हिसिलाजीको भन्ने थाहा पाएपछि मैले उहाँलाई भेट्ने निर्णय गरे । त्यसले मलाई तनाव दिइरहेको थियो । मैले विनोदलाई लिएर उहाँको घर गएँ । मखन गल्लीको भित्र एउटा भुईंतले घरमा हिसिलाजी साइकल चढेर आउनुभयो । मैले त्यो न्युज स्टोरीको प्रतिवाद गरें । बिनाआधार लेखिएको समाचारको खण्डन गरें । उहाँले पत्रिकाको कार्यालयमै लगेर समाचार लेख्ने मान्छेलाई सोध्नुभयो । उसले ‘सुनेको भरमा लेखेको’ भनेपछि हिसिलाजीले गाली गर्नुभयो । पत्रिकाले अर्को अंकमा माफी माग्यो । सायद हिसिलाजीलाई यो कुरा याद छैन होला । मैले आजसम्म कसैलाई भनेको पनि छैन ।

पहिलोपटक डा। बाबुराम भट्टराईलाई हिसिलाजीले नै सन् २००९ मा परिचय गराइदिनुभयो । पछि एउटा चलचित्रसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा पनि भेट भयो । उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो, राजेश हमाल पनि थिए । मैले १५ पेज पनि पढ्न सकेको थिइनँ, उहाँले त्यो पुस्तकको कुन पेजको कुन हरफमा के छ भन्नेसम्म फरर भन्नुभयो । त्यसदिन मैले थाहा पाएँ–उहाँ कति अध्ययनशील हुनुहुँदो रहेछ । त्यसबाट पनि उहाँप्रति प्रभावित भएँ ।

वर्षौं बिते ।

म कामविशेषले मलेसियामा थिएँ । मम्मीले फोन गरेर बाबुराम भट्टराई प्रधानमन्त्री भएको सुनाउनुभयो । म निकै खुसी भएँ । त्यहीँ फूल किनें । नेपाल आएपछि छोरी कवितालाई लिएर प्रधानमन्त्री क्वार्टर गएँ र उहाँलाई त्यही फूल दिएँ । जाँदाजाँदै उहाँलाई भनें, “डु समथिङ फर नेसन १”

बाबुरामकै पालामा काठमाडौंले चौडा बाटा पायो । त्यतिबेला लाजिम्पाटको हाम्रो ३ आना जग्गा गयो । विनोद आत्तिएर विरोध गरिरहेको थियो । मैले उसलाई सम्झाएँ । देशका लागि बाटाघाटा बन्दा हामीले साथ दिनुपर्छ भनें । उसले पनि सघायो ।

र, फेरि केही वर्ष बिते ।

सबैलाई समेटेर देशका लागि राम्रो गर्ने र आर्थिक विकासमा केन्द्रित हुने दल नभएको भन्दै उहाँले नयाँ दल खोल्न छलफल थाल्नुभयो । कलाकारहरुसँग पनि ३–४ पटक छलफल गर्नुभयो । नयाँरपुराना सबै कलाकार हुनुहुन्थ्यो । देश बनाउने उहाँको भिजन मलाई मन प¥यो । त्यही भएर म ‘नयाँ शक्ति’मा प्रवेश गरें । मसँगै सरोज खनाल, अशोक शर्मा पनि आउनुभयो ।

‘नयाँ शक्ति’ले केही गर्छ भन्ने आशाले नै म गएकी हुँ । मैले नयाँ–नयाँ कुरा सिकिरहेकी छु । गाउँ–गाउँका मान्छेसँग भेटघाट भइरहेको छ । उहाँहरुले गरेको दुःख सुनेर म छक्क पर्छु बेलाबेला । हाम्रो पार्टी समावेशी छ । यो आगामी दिनले थप पुष्टि गर्नेछ । कतिले कलाकारको कुनै दल, भाषा, जाति रंग हुँदैन भनेर टिप्पणी गरिरहेका छन् । म सुनिरहन्छु । यसले मलाई फरक पार्दैन । भारतलगायत सार्ककै अन्य देशमा पनि कलाकारहरू राजनीतिमा छन् । हरेक व्यक्तिको कतै न कतै झुकाव त हुन्छ नै ।

म सांसद्, मन्त्री हुन्छु भनेर ‘नयाँ शक्ति’मा लागेको होइन । मन्त्री बन्ने महत्वाकांक्षा छैन पनि । काम गर्न पद चाहिन्छ तर म नै जानुपर्छ भन्ने छैन । जो पुगे पनि राम्रो काम हुनुपर्छ । म अहिले अन्तरिम परिषद्मा छु । भोलि पार्टीले दिने जिम्मेवारी पूरा गर्न म तयार र सक्षम छु । पार्टीले विश्वास गरेर टिकट दिन्छ भने म संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्न तयार पनि छु । त्यो आँट मसँग छ । सबैका लागि काम गर्ने पार्टीका रूपमा ‘नयाँ शक्ति’ स्थापित हुनेछ भन्ने मेरो विश्वास छ । राजनीतिक दलहरूले सधैं ‘युज एन्ड थ्रो’ गरिरहेका छन्, ‘नयाँ शक्ति’ले यसो गर्नेछैन ।

-बाह्रखरी

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Karishma Manandhar - Photos and profile
« Reply #94 on: June 27, 2016, 01:47:21 PM »
के-के मनपर्छ करिश्मालाई ?

आफ्नै देशको पोखरा । प्रकृतिप्रेमी भएर पनि होला, पोखराले धेरै तानेको । वर्षको दुई/तीन पटक त पुगेकै हुन्छु ।

परिकार
खानामा अलिक सोखिन नै छु । सी फुड विशेष मन पर्छ । बैंककमा यसको भेराइटी पाइन्छ । त्यहाँ पुगेको बेला जमेर स्वाद फेर्छु ।

पेयपदार्थ
हार्ड ड्रिंक्स गर्दिनँ, बियरचाहिँ पिउँछु । सोडायुक्त पेयपदार्थहरूबाट चाहिँ सकेसम्म टाढै भाग्छु । स्वाथ्यका दृष्टिले त्यति राम्रो मानिँदैन ।


साहित्यिक पुस्तक
साहित्य खासै पढ्दिनँ । पुराना साहित्यकारका केही कृति पढेकी छु । बीपीका उपन्यास र कथाहरू ।

लेखक
बीपीसँगै डायमनशमशेर मनपर्ने लेखक हुन् । डायमनको लेखनमा एउटा कालखण्डको इतिहास झल्केको पाउँछु । कल्पनामा डुबेर यथार्थ लुकाउने खालका लेखकहरू त्यति मन पर्दैन ।

फिल्म
ठ्याक्कै भन्न सक्दिनँ । रोमान्टिक लभ स्टोरी भएका फिल्महरू बढी मन पराउँछु ।

अभिनेता–अभिनेत्री
नामै नलिऊँ । नेपालका सबै कलाकार मन पर्छ । उहाँहरूको काम र क्षमता हेरेर मन पराउने हो । काम गर्ने शैली व्यक्ति विशेषमा भरपर्ने हुँदा कलाकार छु्ट्याउन गाह्रो छ ।

बलिउडमा चाहिँ
अभिनेत्री रेखा एभरग्रिन लाग्छ । नेपालमा हरिवंश आचार्य भर्सटायल एक्टर हुन् ।

गीत
दु:ख र रुन्चेगीत प्राय: मन पर्दैन । ऊर्जाशील भाव बोकेका सिर्जना बढी सुन्छु । जसले काममा थप ऊर्जा दिलाओस् । नारायणगोपालका रोमान्टिक गीत मात्रै सुन्ने गर्छु । ‘फूल फुलेको मौसममा…’, ‘तिमीलाई म…’ जस्ता ।

गायक–गायिका
किशोर कुमार र लता मंगेश्कर । चाँदनी शाहका शब्द झनै कालजयी छन् । नयाँ पुस्तामा राजेशपायल राई र अञ्जु पन्तको स्वरले तान्छ ।


ग्याजेट
एप्पलका ग्याजेटहरू इजी लाग्छन् । अहिले भने सामसुङ ट्राई गर्दै छु ।
कान्तिपुर दैनिकबाट साभार

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Karishma Manandhar - Photos and profile
« Reply #95 on: February 06, 2017, 01:06:12 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Karishma Manandhar - Photos and profile
« Reply #96 on: February 09, 2017, 05:24:58 AM »
पोजेटिभ र सत्यलाई मार्ग दर्शन गर्ने मान्छे झुट वोल्दैन :- करिश्मा मानन्धर

जेष्ठ १८, २०७३

२०४३ साल बाट आफ्नो पाइला चलचित्र क्षेत्रमा चालेकी करिश्मा मान्धरको आजभोली चर्चा नयाँ शक्तीतिर पनि चल्ने गरेको छ । पहिलो चलचित्र सन्तान बाट दोस्रो तेस्रो हुँदै लगभग २०० सय को हाराहारी मा अभिनय गरीसकेकी उनी आमा कोमल केसी र बुवा क्षेत्र बहादुर केसी कि दुई बहिनी मध्ये जेठी छोरी हुन करिश्मा मान्धर । जुन नाम र इज्जत छ यो क्षेत्र मा उनले आफ्नै मेहनत र परिश्रमले कमाएकी हुन। करिश्मा ले आफ्नी छोरी कविता लाई पनि यहि क्षेत्र मा ल्याउने कुरा बताइन। चलचित्र मा काम गर्दा गर्दै आफुले निर्माण गरेको चलचित्रले सोचे जति ब्यापार न गरे पछि उनी अमेरिका गइन। पछि नेपाल मै आइन केही चलचित्र मा काम गरीन भने लगानी पनि गरिन। आज उनीसँग चलचित्र क्षेत्र र उनको व्यक्तीगत कुराकानी लगायतमा रहेर कुराकानी गरिएको छ । यसै सन्दर्भमा सदावहार नायीका करिश्मा मानन्धरसँग रंगपोष्टकर्मी राजीव भुषालले गरेको कुराकानीको सम्पादित अंश । सं.


अझ पनि सुन्दर हुनुहुन्छ, आफुलाई कसरी मेन्टन गर्नु हुन्छ ?

सबभन्दा पहिला त मान्छेले आफै अनुभव गर्नु पर्यो कि म आफै सुन्दर छु भनेर। भगवान ले तपाई लाई सबै कुरा मिलाएर नै पठाएका हुन्छ्न, तर पनि तपाईं आफै ले आफैलाइ म सुन्दर छैन भनेर भन्नू भयो भने जब तपाईको मन नै सुन्दर हुदैन भने तपाईं लाई कसरी अनुभव हुन्छ कि म सुन्दर छु भनेर। यो भयो भित्री कुरा अनि आफू बाहिरी रुपमा राम्रो देखिन त एक्साइज गर्नु पर्यो खान पिन मा ध्यान दिनु पर्यो, अहिले तपाई सग कुरा गर्दा पनि म क्लब मै छु।

कलाकार देशको होकी पार्टी को ?

कलाकार देश को पनि हो अनि पार्टी को पनि हो। कलाकार भनेको पनि मान्छे हो पहिला। समाज मा बस्ने प्राणि हो, कलाकारिता उस्को पेशा हो। पेशा एस्तो खालको हो जो हरेक खालको जनमानसमा आफ्नो लागि बेग्लै ठाउ बनाएको हुन्छ। समाज मा उस्को पनि अधिकार हुन्छ।

नेता बढी झुठ बोल्छ्न कि अभिनेता ?

करिश्मा मान्धर चाहिँ झुठ बोल्दैन त्यति मलाई थाहा छ। चाहे त्यो नेता होस वा अभिनेता। जो पोजेटिभ र सत्य लाई मार्ग दर्शन गर्छ उ सायद झुठ बोल्दैन।

पुरुष को तुलनामा महिलालाई चलचित्रमा निरन्तर लाग्न कत्ति को गार्हो हुन्छ ?

मलाई चाहिँ गार्हो छैन, म शहरीया महिला मा जो पर्छु। त्यसैले गर्दा तेति गार्हो चाहिँ भएन मलाई। हुन सक्छ अहिले पनि ग्रामीण भेग का महिला हरु लाई गार्हो छ, चलचित्र क्षेत्र मा नभएर महिला लाई हरेक क्षेत्र मा काम गर्ने गार्हो छ। मलाई चाहिँ खासै फरक पर्देन, किनकि मलाई आफ्नो अघिकार, आफ्नो पोजिशन, आफ्नो कर्तव्य सबै थाहा छ।

चलचित्र मा तपाईंको आत्माले चाहेको भुमिका गर्ने पाउनु भयो त ?

अ.. एस्तो हुन्छ चलचित्र को पर्दा मा देखिने प्राय हाम्रै समाज को घटना नै हुन्छ। एस्तो खालको अभिनय गर्ने पाउ भनेर खासै सोचिन, कारण मैले विभिन्न खालको भुमिका गर्ने पाए। नाटकीय प्रकार को भुमिका मलाई मन पर्देन। यथार्थ वादी भुमिका मन पर्छ। चलचित्र भनेको समाज को मार्ग दर्शन देखाउन सक्ने माध्यम बन्नु पर्छ।

छोरी लाई चलचित्र क्षेत्रमा ल्याउने भन्नू भएको छ, छोरी को इच्छा भएर होकी अन्य कलाकार ले ल्याए म पनि ल्याउनु पर्छ भनेर हो ?

किनकी कविता ‘छोरि’ मा सानै देखि को रहर र इच्छा हो। उस्को खेल नै सुटिङ भयो सानै देखि क्यामरा सग खेल्न रुचाउथी, उ कहिल्यै भाडा कुटि खेलिन। अहिले आएर मलाई सोधिरहन्छे ममी युथ र समाज को लागि चलचित्र बनाउन पाए कस्तो हुन्छ भनेररु उस्को सोच नै चलचित्र प्रती छ मैले जबर्जस्ति धकलेर ल्याउने पनि होइन। मेरो चाहना पनि बरु अरु नै क्षेत्र मा लागोस भन्ने छ। तर उस्को बच्चा देखि को आनि बानी र उस्को कुरा लाई पनि म नाइ भन्न सकिराको छैन।

तपाई ले निर्माण गरेका चलचित्र असफल भए के कारण ले गर्दा असफल भए त्यो त तपाईं लाई थाहा होला, फेरि छोरी लाई लिएर बनाउदा रिक्स हुदैन ?

मैले निर्माण गरेको होइन लगानी मात्र गरेको चलचित्र हो। त्यसमा मेरो सोच, भिजन, र आइडिया थिएन। मैले पैसा मात्र लगाएकी थिए। भिजन सोच लगाएकी थिएन। अब मैले बनाउने चलचित्र मा सोच बिचार र भिजन हुन्छ। त्यति गर्दा पनि चलचित्र चलेन भने दर्शक हरु ले मलाई भन्न मिल्छ। मैले बनाउने चलचित्र मा कबिता नै हुन्छे भन्ने छैन जो कोहि पनि हुन सक्छ। यदि कविता ले चाहे मात्र उ हुने हो।

तपाई को बिचार मा अभिनय के हो ?

वास्तविक जन जीवन मा देखिने पाटो हरु को नक्कल गरेर सहि रुप दिएर चलचित्र को पर्दा मा आफुलाई सक्षम बनाउन सक्नु नै अभिनय हो।

तपाई लाई के कुरा मा पछुतो लाग्छ ?

मलाई केही कुरामा पनि पछुतो लाग्दैन। किनकि म भाग्यमानी नारी मान्छु आफुलाइ यत्ती सानो देश मा जन्मेर हुर्केर अनि बसेर पनि जुन मेरो लगन शिलता र क्षमता ले जुन स्थान जुन पोजिशन पाएकी छु म त्यस मा घमण्ड पनि गर्छु र गर्व पनि गर्छु, र खुशी पनि छु।

अहिले सम्म केही चोरी गर्नु भएको छ कि छैन ?

म दस बर्ष जति को हुदा मम्मी को १०० रुपैया निकालेकि थिए, र दिउस भरी र सुत्दा समेत त्यो पैसा मुठ्ठी मै राखेर सुतेछु राती सपना मै मम्मी लाई भनेको पनि रहिछु पछि मम्मी ले त्यो पैसा लिनु भयो।

पर्दामा त राजेश हमाल को हिरोईन भएर धेरै देखिनु भयो, पर्दा पछाडी पनि राजेश कै हिरोईन बन्छु भन्ने लागेन?

पर्दा मा जुन इमेज छ हाम्रो त्यही हिसाबले सोच्नु भएको होला। तर यथार्थ मा म राजेश हमाल लाई सम्मान गर्छु यो कुरा त म दुर दुर सम्म पनि सोच्न सक्दिन।
अन्तमा करिश्मा मान्धर कस्तो खालको मान्छे होला ?

आफ्नो देश लाई माया गर्ने। पुरुष मात्र होइन महिला लाई पनि पुरुष सरह हरेक क्षेत्र मा बराबर होस भन्ने सोच राख्ने । र ममा जे छ तेहि देखाउछु जे छैन म त्यो देखाउन सक्दिन।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Karishma Manandhar - Photos and profile
« Reply #97 on: February 09, 2017, 05:27:07 AM »
नायीका करिश्मा मानन्धरलाई २९ प्रश्न
शुक्र, बैशाख २४, २०७३

१) नेपालमा भिजन भएको नेता भनेर तपाई कसलाई भन्नुहुन्छ ? उत्तर — मेरो बिचारमा बाबुराम भट्टराई नेपालको भिजन भएको नेतामा पर्नुहुन्छ ।

२) के कुराले सौखिन बनाउछ खानेकुरा,लाउने कुरा ? उत्तर — मलाई राम्रो राम्रो पहिरन लगाउने सौख छ ।

३) देशको कार्यकारी अधिकार कसमा निहित छ होला ? उत्तर — अहिले यो चै मलाई थाहा छैन । मैले भन्न सक्ने अबस्था छैन ।

४) तपाईलाई राजेश हमालको जोडीमा दर्शकहरुले किन रुचाउछन ? उत्तर — धेरै चलचित्रमा हामी संगै राम्रो काममा देखिएकाले होला ।

५) तपाईलाई के देखी डर लाग्छ ? उत्तर — आफान्तहरु संग छुट्टिनुपर्ला कि भन्ने कुराबाट डर लाग्छ ।

६) बिनोदाईलाई घरमा बोलाउदा के सम्बोदन गर्नुहुन्छ ? उत्तर — बिनो भनेर बोलाउछु ।

७) कलाकारितामा यहा सम्म आईपुग्दा क्रेडिट कसलाई दिनुहुन्छ ? उत्तर — ईटैईटट्टाको थुप्रो जस्तो हजारौ ब्यक्तीहरु छन जस्ले मलाई यहॉसम्म आउन सहयोग गर्नु भो ।

८) बाटोमा हिड्दा मान्छेलाई किन ठेस लाग्छ ? उत्तर — आकाशमा हेरेर हिडने बानीले गर्दा ।

९) पुस्तकहरु कतिको पढीन्छ ? उत्तर — आजकाल पढन् थालेको छु ।

१०) उमेर ढल्केपनि तपाई सुदरता ढल्केको छैन उस्तै हुनुको कारण ? उत्तर — हरेक उमेरको ब्युटी हुन्छ त्यो उमेर चिन्न सक्नु पर्यो र ईन्जोए गर्नु पर्यो ।

 ११) चलचित्र क्षेत्रमा नआएको भए के गर्नु हुन्थीयो ? उत्तर — म यो सोच्न सक्दिन । म कलाकारीताकै लागी जन्मेको हु ।

१२) दिनमा कत्तिपटक मेकअफ गर्नुहुन्छ ? उत्तर — बाहिर जानेबेला मेकअप गर्छु ।

१३) फिल्मी क्षेत्रमा कसैसग काम गर्न पाएहुनथीयो भन्ने छ र ? उत्तर — छ ,मलाई हरिबशं दाई संग काम गर्ने ईच्छा छ । उहासंग काम गर्ने अबसर जुरेन ।


१४) दिनमा कतिपटक ऐना हेर्नुहुन्छ ? उत्तर —धेरै पटक,एैना नभएको भए त म बाच्न सकिदन होला ।

१५) दिनमा कतिपटक फेसबुक खोल्नुहुन्छ ? उत्तर —बिहान र बेलुका एकएक पटक हेर्ने गर्छु ।

१६) कति भाषाको ज्ञाता हुनुहुन्छ ? उत्तर — मेरो पढाई होईन ,धेरै भाषाको ज्ञाता छैन । अग्रेजी आउछ छिमेकी राष्टको भाषा आउछ ।

१७) नेपालमा हाल उप प्रधानमन्त्रिहरुको संख्या ? उत्तर — मैले त्यतातिर ध्यान दिनै छाडी सके । मे बि छ जना ।

१८) त्यो जवानामा सिनेमा खेलेपछि मनपराउनेहरुको भिड धेरै भयो होला नि ? उत्तर — धेरै, मनपराउनेहरुको भिड अहिले पनि कमि छैन ।

१९) काम गरेको पारिश्रमिक लिन बाकी होला नि के छ ? उत्तर — मलाई धोकै दिएर पारीश्रमिक बॉकी राख्ने नदिनेहरु कोही भएनन ।

२०) मन पर्ने साहित्यकारअअनि कृती ? उत्तर —बिपिको कृतीहरु पढ्छु मलाई उहॉ मन पर्छ ।

२१) चलचित्र क्षेत्रको कुनै पनि नेतृत्व पोष्टमा हुनुहुन्न किन ? उत्तर — मलाई ग्लार्यमर्सको पुतली डल मात्र देखेकाछन म भित्रको क्षमतालाई देख्न नसकेर होला । तर म त्यतातिर आसक्त पनि छैन ।

२२) चिठीपत्रहरु कत्तिको आउछ ? उत्तर — पहिला पहिला त चिठी ल्याउनेलाई पनि दशैको भत्ता दिन्थे आज भोली चै सामाजिक संजालले गर्दा घटेको छ ।

२३) नेपालमै भ्याईनभ्याई नायिका तपाई अमेरीका किन जानु भयो ? उत्तर —फिल्म उधोगबाटै ब्रेक चाहेको थिए मैले । किन भने एउटै काम गर्दा गर्दा अलि हया¨ पनि भएको जस्तो भएको थियो मलाई । गुणत्मक हिसाबले नतिजा दिन नसकेको हो कि जस्तो पनि लाग्यो ।

२४) सुरुमा सदाबहार नायिका भन्दा कस्तो लाग्यो ? उत्तर —ईभर ग्रिन सधै ग्रिन हुन्न बरु मलाई सधै टिकीरहने अर्को कुनै नाम दिनुस भनेको थिए । टाईटल भनेको सम्मान हो म खुसी छु ।

२५) अमेरीका बाट फर्केपछि नेपाली सिनेमामा काम गर्ने के तालमेल मिलेन ? उत्तर — अफरहरु त आएको हो तर मैले सटिक गत्तिलो खाले भुमिका पॉउन सकिन यो भन्नुपर्छ कि म संग रोलको तालमेल मिल्न सकेन ।

२६) मिडियाबाट कता कता भाग्न खोजे जस्तो लाग्यो नि ? उत्तर — म मिडियाबाट जति भाग्न खोजेपनि मिडियाले मलाई छोडेनन । म सुतेरै घरमा बसिरहदा पनि तयो समाचारमा आईरहन्छ किन हो थाहा छैन ।

२७) पत्रिकामा पहिलो समाचार के पढनुहुन्छ ? उत्तर —पत्रिकामा पहिला सुरुमा रासीफल पढछु ।

२८) तपाईको बिश्वासिलो ब्यक्ति ? उत्तर — सागर गुरु हुनुहुन्छ उहा संग सर सल्लाहा मान्छु ।

२९) तपाई आध्यामिक ब्यक्री हो ? उत्तर — म अन्धबिश्वासी चै होईन म आध्यात्मिक छु । यसमा मलाई आन्नद लाग्छ