Author Topic: Rajesh Hamal - Photos and Profile  (Read 49420 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: Rajesh Hamal - Photos and Profile
« Reply #10 on: November 05, 2009, 07:14:47 AM »
Rajesh Hamal's first tongue kiss:



नायक राजेश हमालको हट 'टङ्किस'ले चर्चामा रहेको चलचित्र द युगदेखि युगसम्म शुक्रबारदेखि प्रदर्शन हुँदै छ । नायक हमालको फिल्मी जीवनकै पहिलो 'हट टङ्किस' हेर्न पाइने सो चलचित्र उपत्यकाबाहिरका ३२ वटा हलमा एकैसाथ लाग्दै छ ।

विशुद्ध पारिवारिक कथावस्तु बोकेको सो चलचित्र गायक अर्जुनकुमारले निर्माण गरेका छन् । अर्जुनकुमारका साथै अरुणकुमार र कल्याण तुलाधरको समेत लगानी रहेको द युगदेखि युगसम्मलाई दीपेन्द्रकुमार पौडेलको निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, नन्दिता केसी, अनु शाह र राजाराम पौडेलको अभिनय रहेको छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Rajesh Hamal - Photos and Profile
« Reply #11 on: November 27, 2009, 12:50:21 AM »
  'माउन्टेनबाइक' ठीक होला
मंगलवार, 24 नोभेम्बर 2009 22:35 नागरिक


राइट च्वाइस मा यसपटक अभिनेता राजेश हमालसँग गरिएको वार्ता :

१. टिभी कार्यक्रम कुन मन पर्छ?
सुटिङमा धेरै ब्यस्त हुने भएकोले टेलिभिजन अगाडि हुँदा समाचार नै हेर्न हतार हुन्छ। विश्व समाचारमा बढी रुची भएकाले सीएनएन नै धेरै हेर्छु। याद हुने खालका कुनै कार्यक्रम छैनन्।


२. पढेको मध्य मन परेको पुस्तक कुन हो?
फिक्सनमा मलाई त्यति रुची छैन। बायोग्राफ्री धेरैको पढेको छु। ती मध्य जवाहरलाल नेहरु र ईन्दिरा गान्धीको अटोबायोग्राफीले मलाई प्रभावित बनायो।


३. अरूलाई नेपालको कुन ठाउँ घुम्ने सल्लाह दिनुहुन्छ?
घुम्न लायक ठाउँ नेपालमा धेरै छन्। अन्नपूर्ण पदयात्रा रोमाञ्चक गन्तव्य हुनसक्छ।


४. जीवनमा सबैभन्दा बढी खेल्नुभएको खेल कुन हो?
टेनिस र आइस हक्कीमा कुन बढी खेलेँ भन्न गाह्रो छ।


५. सबैभन्दा मन पर्ने परिकार?
सागसब्जी। खानामा हरियो चिज नभई हुँदैन। माछा पनि मन पर्छ।


६. अहिले कुन गीतले तपाईको मनलाई आनन्द दिन्छ?
गीतको 'सेलेक्सन' मूडले गर्छ। शब्दले छोएन भने म त्यस्तो गीत दोहोर्‍याएर सुन्दिन। लय र स्वर त्यसपछिका प्राथमिकता हुन्। हिन्दी गीतमा खासै रुची छैन। नेपाली र अंग्रेजी गीत धेरै छन् मलाई मनपर्ने।


७. शरीरलाई न्यानो बनाउन के पिउनुहुन्छ?
हट लेमनमा मह मिसाएर।


८. धेरैजसो कुन वेबसाइट चलाउनुहुन्छ?
वेबसाइट त्यति हेर्दिन। टेलिभिजनमै 'ब्रेकिङ न्युज' आइरहन्छ।


९. काठमाडौंमा बस्नलाई कुन एरिया ठीक हो?
मलाइ त आफ्नै घर भएको ठाउँ कपुरधारा ठीक लाग्छ। त्यहाँबाट जंगल नजिकै छ। शान्त छ। र, शहरबाट टाढा पनि छैन। यो ठाउँसँग मेरो भावनात्मक सम्बन्ध गाँसिएको छ। एक वर्षको उमेरदेखि म त्यही घरमा छु। सायद यो ठाउँबाट म बसाइ सर्न सक्दिन।


१०. कुन गाडी चलाउनु हुन्छ?
अहिले 'किया स्पोटेज' छ। तर, काठमाडौंको अवस्था हेर्दा मलाई 'माउन्टेनबाइक' ठीक होला जस्तो लाग्न थालेको छ। काठमाडौं त्यति ठूलो छैन जुन साइकल चढेर नपुगिने होस्। साइकल चढ्दा स्वास्थ्य राम्रो हुन्छ र प्रदुषण पनि हट्छ। यसो गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापनसमेत सहज हुन्छ।


११. शनिबारको बिदा कसरी बिताउनुहुन्छ?
काठमाडौंबाट अलिकति बाहिर निस्कन्छु। र, शान्त वातावरणमा आनन्दले बस्छु। विदालाई रमझमभन्दा एकान्तमा बिताउन मन लाग्छ।


१२. आफूलाई 'फिट' राख्न के गर्नुहुन्छ?
जगिङ गर्छु। साइकल चलाउँछु। व्यायामका लागि घरमै सामान छ। त्यसैले क्लव जान्न।


१३. पछिल्लो पटक मन परेको फिल्म?
ब्रड पिटले खेलेको 'क्युरियस केस अफ बेन्जामिन बटन'।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Rajesh Hamal - Photos and Profile
« Reply #12 on: November 27, 2009, 04:36:18 AM »
  राजेश हमालसँग फुटबल गफ
बिहिवार, 26 नोभेम्बर 2009 23:12 नागरिक



दीपेन्द्र लामा, काठमाडौं मंसिर १२ - सन् १९९८ को विश्वकप फुटबल सुरु हुन केही दिनअघि एक नेपाली टिभी कार्यक्रमले अभिनेता राजेश हमाललाई कुन देशले उपाधि जित्ला भन्ने प्रश्न सोधेको थियो। त्यतिबेला राजेशको जवाफ थियो, 'आफै आयोजक भएकाले र फुटबलमा प्रगति गरिरहेको हुनाले फ्रान्सले विश्वकप जित्नसक्छ।'


नभन्दै फ्रान्सले जित्यो। बंगलादेशमा साफ च्याम्पियनसिप खेल्न जान लागेको नेपाली फुटबल टोलीलाई बिहीबार बिदाइ गरेर फर्कने बेला राजेशले त्यो घटना सम्झे, 'खेलमा स्पिरिटले ठूलो प्रभाव पार्छ, फ्रान्सेलीहरू अलि बढी स्वावलम्बी छन्। फ्रान्सको टोलीले विश्वकप र त्यसपछि युरोपियन च्याम्पियनसिप जित्नुमा यो भावनाको पनि ठूलो भूमिका हुनुपर्छ।'
उनी स्कुल पढ्ने बेलामा कुटनीतिज्ञ बुबाको पछि लागेर युरोपका धेरै देश पुगे। उनको सबैभन्दा लामो विदेश बसाइ रुसमा भएको थियो। त्यसपछि पश्चिम जर्मनी र अमेरिका। रुसमा उनले फुटबलको ठूलो त्रे्कज पाए। त्यतिबेलै फुटबलका 'फ्यान' भएका उनी रुसको चर्चित फुटबल क्लब डिनामोका नियमित दर्शक थिए।

सन् १९७० को मेक्सिको विश्वकपमा विश्वविख्यात खेलाडी पेलेले ब्राजिलबाट खेल्दा राजेश रुसमा थिए। पेलेको खेल टिभीमा लाइभ हेर्ने अवसर उनले गुमाएनन्। सन् १९७२ मा म्युनिख ओलम्पिक हुँदा उनी पश्चिम जर्मनी थिए, जसले गर्दा जर्मन टिमले खेलेको ओलम्पिक फुटबल टिभीमा प्रत्यक्ष हेर्ने अवसर उनलाई जुरेको थियो। इजरायली खेलाडीमाथि भएको आतंककारी हमला पनि उनले त्यहीँ टिभीमा हेरेका थिए।

जर्मनी र अरू देशमा छँदा उनले केही युरोपियन लिग रंगशालामै गएर समेत हेरेका छन्। अमेरिकामा चाहिँ उनले फुटबलको त्रे्कज पाएनन्। बेसबल खेलको लोकप्रियता उनले अमेरिकामै देखेका हुन्।

पेलेपछि चम्किएका अर्जेन्टिनाका खेलाडी म्याराडोनाले खेलेको सन् १९८६ को विश्वकप फुटबल भने उनले काठमाडौंमा हेरेका थिए। त्यतिबेला नेपाली युवाहरू म्याराडोनाको अन्धो समर्थक भएको उनी कहिल्यै बिर्सदैनन्। 'सायद, नेपालीकै जस्तो शारीरिक उचाइ र बनोट भएकाले म्याराडोनालाई नेपाली युवाले आइडियलको रूपमा लिएका हुन् कि?' राजेशको अनुमान हो यो।

रुसमा छँदा राजेश धेरैजसो आइस हक्की खेल्थे। लामो समयपछि उनी भारतको सिमला पुगेका थिए। त्यहाँ पनि हिउँ जमेको थियो। उनलाई रुसको बाल्यकाल याद आयो र तुरुन्त स्किइङ गरे। उनलाई लाग्यो, स्किइङ गर्नु भनेको साइकल चढ्न सिकेको जस्तै रहेछ, एकपटक सिकेपछि कहिल्यै नबिर्सने।

आफ्नो उमेरमा फुटबल कति खेल्नुभयो? 'स्कुल र कलेज पढ्दा फुटबल नखेलेको कसले छ र?,' राजेशले भने, 'देशविदेश सबैतिर खेलियो तर भयंकर रूपमा चाहिँ खेलिनँ। खेलाडी बन्छु भन्ने भावना पनि कहिल्यै पलाएन।' बेलाबखत हुने च्यारिटी म्याचमा कलाकारको टिमबाट फुटबल खेल्न भने उनी छुटाउँदैनन्। केही हप्ताअघि दशरथ रंगशालामा भएको कलाकार र पत्रकारबीचको खेलमा उनले आकर्षक प्रदर्शन गरेका थिए। खेल सकेपछि दर्शकको भीडले उनलाई आधा घन्टासम्म घेरेको थियो।

राजु शाक्यको नेतृत्वमा नेपालले खेलेका खेलहरू टिभीमा हेरे पनि पछिल्लो समयमा नेपाली फुटबलको कुनै पनि खेल उनले पूरा हेर्न पाएका छैनन्। जमानाका नामुद खेलाडी गणेश थापासँग आफ्नो राम्रो चिनाजान रहेको बताउँदै उनले स्मरण गरे, 'हामी एउटै मञ्चमा समेत उभिएका छौं।'

भारतको फुटबल कसरी सुधि्रयो त्यो नेपालका लागि अनुकरणीय हुनसक्ने उनको सुझाव छ। 'फुटबलको स्तर बढ्नलाई लामो समय लाग्छ तर खस्किनलाई कति पनि समय लाग्दैन,' उनले भने,'नेपालमा फुटबल जुन परिमाणमा खेलिन्छ र हेरिन्छ, त्यो अनुपातमा स्तर बढ्न सकेको छैन।'

धेरै वर्षअघि क्याप्टेन साबुनको विज्ञापन र 'चट्याङ' फिल्ममा उनले फुटबलरको भूमिका निर्वाह गरेका थिए। त्यसपछि क्यामेराअगाडि उनले फुटबल छोएका छैनन्। 'राजनीतिक अस्थिरता भएको वर्तमान अवस्थामा नेपाली फुटबल टोलीले बंगलादेशमा नेपालको राष्ट्रिय एकताको सन्देश दिनेछ,' आगामी वर्ष दक्षिण अफ्रिकामा हुन लागेको विश्वकपको प्रतीक्षामा रहेका उनले दाबी गरे, 'हामी पनि जित्ने टिम हौं, हामीले पनि जित्नसक्छौं भन्ने भावना बोकेर मैदानमा उत्रियो भने अहिलेको टिमले बंगलादेशमा राम्रो नतिजा ल्याउनसक्छ।'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: Rajesh Hamal - Photos and Profile
« Reply #13 on: November 29, 2009, 02:16:24 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: Rajesh Hamal - Photos and Profile
« Reply #14 on: December 14, 2009, 03:11:49 AM »
"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन।"-राजेश हमाल, नायक


न्यू योर्कका नेपाली कलाकारहरु र केही उत्साही नेपालीहरुको आयोजनामा डाकिएको "डिनर विथ राजेश हमाल" साँझमा जब नायक हमालले आफुसंग डिनर खान आएका नेपालीहरुलाई बिनम्रतापूर्वक स्वागत र धन्यवाद दिदै आफुले नेपालमा अपाङ्ग नेपालीहरुको सहयोगका लागि काम गर्दै आएको बताउँदै सदिच्छापूर्वक अनुदान गर्न अनुरोध गरे, केही क्ष्यण मै झन्डै ६ हजार अमेरिकि डलर संकलन भयो। पछि आयोजकहरुले युएस नेपाल अनलाइनलाई बताए- सबै खर्च कटाएर ३ हजार डलरभन्दा बेशी नायक हमालको नेपालमा अपाङ्गहरुको सहयोग अभियानका लागि प्रदान गरिनेछ।

अझ जब नायक हमालले खगेन्द्र नब जीवन केन्द्रका अपाङ्गहरुसंग आफ्नो १५ बर्ष लामो संपर्क मात्र होइन त्यहाकी एक 'मैना' नाम गरेकी अपाङ्ग (व्हिल चियरमा उनको खुट्टा भुइमासम्म पुग्दो रहेनछ) संग आफुले भाई टिका लगाएको र हरेक बर्ष आफ्नो जन्म दिन र भाई टिकामा तिनै बहिनीको हातबाट भाई टिका थाप्ने गरेको बताएपछि नेपाली दिदी बहिनीहरुले नायक हमालसंग प्रभाबित हुँदै सम्झनाको चिनो फोटो खिचाएका थिए।

हुन पनि नायक हमाल यसपाली पनि दसैं र तिहारको मुखैमा अमेरिका मै रहेका दिदि डा. रेखा हमाल (वकिल खगेन्द्र जिसी कि श्रीमती) र बहिनी दिपासंग बिदा माग्दै शनिबार नेपाल फर्किए।
 

 
डिनर साँझको अध्यरातपछि युएस नेपाल अनलाइनसंगको बिशेष भेट्वार्तामा उनले पन्क्तिकारको प्रश्न "आफ्नो कोखका दिदि-बहिनीहरुलाई अमेरिका मै छोडि नेपाल कि "एडप्टेड" बहिनीसंग भाई टिका मनाउन जान लाग्नु भएको हो?" भन्दा उनले हाँस्दै भने- "हो, त्यस्तै भई रा' छ अहिले।"

सन् १९९० देखी नेपाली चल्चित्रमा नायक कलाकारको रुपमा अभिनय यात्रामा प्रबेश गरेका नायक हमालले अहिलेसम्म २२५ वटा भन्दा बेशी चल्चित्रमा अभिनय गरेर नेपाली चलचित्र पारखीहरुको मन जित्न सफल भएका छन्।

चल्चित्रमा लागेको १९ बर्षपछि अहिले पनि उनी उत्तिकै ब्यस्त नायकहरुको लहरमा अघी नै छन्, उनले भने-" म अहिले पनि ब्यस्त नै छु, बर्षको १० / १२ वटा चलचित्रमा अभिनय गर्दै आएको छु।"
 
 
झन्डै २ महिने बसाइमा अमेरिकाका बिभिन्न स्थानका नेपालीहरुसंग भेट्घाट र कार्यक्रम गरेर नेपाल फर्किन लागेका नायक हमालले बिदेशमा रहेका नेपालीहरुका बारेमा भने- "तपाइहरु जहाँ बसेता पनि हाम्रो माया, स्नेहा अझ गहिरिदै जावोस्, अझ बलियो हुँदै जावोस्।"

केही स्वेच्छाले बिदेश आएपनि धेरै नेपालीहरु देशको दुरावस्थाका कारण बिदेशमा आउनु वाध्य हुनु परेको यथार्थ उल्लेख गर्दै नायक हमालले भने- "देशले जायज रोजगार र सुरक्षा दिन नसक्दा चाहदा नचाहदै पनि मजबुरीले बिदेश आउनु परेको छ। तर जहाँ रहे पनि नेपालीहरु एक जुट भएर बस्नुहोस्। नेपालीत्वको भावना हुनु अत्यन्त जरुरी छ।"

उनले एक प्रसंगमा नेपाली मिडिया पनि सकृय हुनु जरुरी छ भन्दै अगाडि भने- "किन कि मिडिया ससक्त भएको खन्डमा समाज पनि ससक्त हुन्छ। समाज (कम्युनिटी) ले पनि सानो ठुलो सबै मिडियालाई टेवा दिनु जरुरी छ।"
 
 
बिगत तीन बर्षदेखी नेपाल सरकारको लागू पदार्थ दुर्बेसनी बिरुद्ध अभियान (Anit-Drung Movement) सम्बन्धी सदभावना राजदूत (Goodwill Ambassador) को रुपमा काम गर्दै आएका नायक हमाल अहिले रोटरी क्लबको तर्फबाट अपाङ्गहरुलाई समाजले हेर्ने दृष्‍टिकोणमा सकारात्मक धारणा ल्याउन जनचेतना जगाउने अभियानमा लागि परेका छन्।

युएस नेपाल अनालाइनले सोधेको "नयाँ नेपाल तपाईंको बिचारमा कस्तो हुनु पर्छ ?" भन्ने प्रश्नको जवाफ नायक हमालले बडो पेचिलो गरी दिए-

"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन। त्यतीले नयाँ नेपाल निर्माण हुँदैन। नयाँ नेपाल त प्रत्क्ष्य रुपमा आम नेपालीले नयाँपन महसुस गरे भने बल्ल नयाँ नेपाल बनेको ठहर्छ। खाली नेताहरुको भाषण र आश्वासनले जनतालाई हामी नयाँ नेपाल बनाउदैछौ भन्दैमा नयाँ नेपाल बन्दैन। नयाँ नेपालका लागि आम जनजीवनमा नयापन र सुधार आउनु पर्‍यो। ओभर नाइटमा ठुलो फड्को नमारे पनि कम्सेकम एक खुड्का अगाडि बढेको छ भन्ने देखिनु पर्‍यो समाजमा। पहिलेकोभन्दा राम्रो रोजगार हुनु पर्‍यो। पहिलेकोभन्दा आर्थिक अवस्था राम्रो हुनु पर्‍यो। त्यस्तै पहिलेकोभन्दा स्वास्थ्य उपचार, शिक्षा सर्ब सुलभ उपलब्ध हुनु पर्‍यो। यि कुराहरु जबसम्म ग्रासरुटका नेपाली जनताले महसुस गर्दैनन् तबसम्म नयाँ नेपाल हुँदैन। त्यस कारण अहिले म भन्न सक्दिन कि नयाँ नेपाल छ भनेर।"

"त्यसो भए तपाईं जस्तो राम्रो बिचार र दिल भएको रोल मोडेल नायक राजनीतिमा प्रबेश गरेर केही परिवर्तन ल्याउने योजना छ कि?" युएस नेपाल अनलाइनको यो सोधाईको जवाफ दिदै नायक हमालले वार्तालापको बिट यसरी मारे- "एउट ब्यक्ती पोलिटिक्समा लाग्ने बित्तिकै ड्रास्टिक चेन्ज भईहाल्छ भन्न मिल्दैन। म अहिले एक चल्चित्रकर्मी हुँ। मैले अहिले जती चलचित्रमा सेवा गर्न सक्छु त्यती अहिले राजनीतिमा लाग्ने बित्तिकै ठुलो सुधार होला भन्न सकिन्न। मेरो अहिलेको भित्री इच्छा त चलचित्रप्रति सेवा गर्ने नै हो। तर पछि गएर भन्न सकिदैन, भबिश्यमा के हुन्छ हेरौं।"
 
बिहानको दुई बज्न लाग्दा पनि नायक हमालले उत्तिकै उत्साहकासाथ नयाँ नेपाल र नेपालीको एकताकोबारे निक्कै गम्भिर चर्चा गरिरहे। उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि नायक हमाल पर्दाका मात्र 'हिरो' होइनन् बल्की नेपाल आमाका एक सच्चा धर्तीपुत्र पनि हुन्। उनको सदिच्क्षा र सत्कर्महरु पुरा होउन्।
 
-Pradeep Thapa Magar in New York.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Re: Rajesh Hamal - Photos and Profile
« Reply #15 on: December 17, 2009, 03:01:56 AM »




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Rajesh Hamal - Photos and Profile
« Reply #16 on: December 17, 2009, 02:03:56 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Rajesh Hamal - Photos and Profile
« Reply #17 on: January 26, 2010, 12:39:25 AM »

kurakani

  • 50x
  • ****
  • Posts: 2483
Rajesh Hamal - Photos and Profile
« Reply #18 on: February 03, 2010, 11:54:40 AM »
सबै दलले आफ्नो ट्याक छोडेका छन् : राजेश हमाल

राजेश हमाल विगत १५ वर्षदेखि नेपाली चलचित्र उद्योगमा एकछत्र राज गर्ने नायक हुन् । उनी नेपाली चलचित्र हेर्ने वर्गमा मात्र लोकपि्य छैनन्, नेपाली चलचित्र नहेर्ने वर्गमाझ पनि उनी उत्तिकै लोकपि्रय छन् र यसको एउटैमात्र कारण हो- उनको समाजप्रति हेर्ने दृष्टिकोण र बृहत ज्ञान । उनी बौद्धिक नायकका रुपमा पनि चिनिन्थे र अहिलेचाहिँ समाजसेवामा रुचि राख्ने नायकका रुपमा पनि विस्तारै ख्याति बटुल्दैछन् । उनी अहिले लागुपदार्थ दुव्यर्सनविरुद्धको अभियानदेखि लिएर अपाङ्गता भएकाहरुलाई सहयोग गर्ने अभियानसम्म जोडिएका छन् । उनी अहिले वर्षमा १२ वटा चलचित्र खेलेर फुर्सदको समयमा यस्ता अभियानमा भाग लिइरहेका छन् । अहिलेको राजनीतिक गतिरोध, नेपाली चलचित्र उद्योगको अवस्था र समाजसेवा मोहका विषयमा नेपालीपत्रका लागि अच्युत कोइराला र जनक तिमिल्सिनाले गरेको कुराकानी-

अहिले संविधान बन्ने क्रममा छ, तपाईँको विचारमा अपाङ्गताअनुकूल र सिने क्षेत्रअनुकूलको कस्तो संविधान बन्नुपर्छ भन्ने लाग्छ ?
हेर्नुस्, संविधानसभा हाम्रो ज्यादै पुरानो मागमध्ये एउटा हो । जब नेपालमा २००७ सालमा प्रजातन्त्र आयो, नेपाली काङ्ग्रेसले संविधानसभाको माग गरेको थियो । त्यसपछि बीचबीचमा यी कुरा उठ्दै र सेलाउँदै आए । परिवेश र देशअनुकूलको संविधान बन्नुपर्‍यो भन्ने आवाज rajesh_hamal2_1000उठिरहेको छ । अब अहिले मौका आइरहेको छ आफ्नै अनुकूलको संविधान बनाउने । यतिबेलै विभिन्न समूह र वर्गले आफ्नो अनुकूलको पनि संविधान बन्नुपर्‍यो भनेर आन्दोलन गरिरहेका छन् । उनीहरुको कुरा सही छ किनभने संविधान बनिसकेपछि फेरि अर्को पाँच वा दश वर्षभित्र आन्दोलन गरेर अर्को संविधान बनाउनु नपरोस् । सीमान्तकृत जनताका आवाज पनि समेटिनुपर्‍यो भन्ने आवाज उठिरहेको छ । यो संविधान बन्दा कुनै पनि समूह, जाति वा वर्ग उपेक्षित हुन चाहँदैन । यस्तो संविधान लेखिनुपर्‍यो, जसले गर्दा सयौँ वर्षसम्मका लागि आन्दोलन गर्नु नपरोस् । हामीले कैयौँ यस्ता देश देखेका छौँ, जसको संविधान दुई सय, तीन सय वर्ष पुरानो भइसक्यो । अनि हामीचाहिँ हरेक २५ वा १५ वा १० वर्षपछि संविधानकै लागि झगडा गरिरहेका छौँ । यो दुःखको कुरा हो कि एक्काइसौँ शताब्दीमा आएर हामी संविधान बनाउनकै लागि मात्र पनि आन्दोलन गरिरहेका छौँ । यसबाट थाहा हुन्छ- हामी संसारमा कति पछाडि छौँ । यस्तो अवस्थामा राजनीतिक दलहरुसँग हाम्रो असन्तुष्टि छ । त्यो मेरोमात्र होइन, सारा जनताको असन्तुष्टि हो किनभने बृहत शान्तिसम्झौता, गणतन्त्र घोषणापछि अब महत्वपूर्ण कुरा संविधान बनाउने हो । यतिबेला सानातिना कुराहरुमा अल्मलिएर, झगडा गरेर समय बर्बाद गर्ने अवस्था नै छैन । पहिला त संविधान बनाउँ, त्यसपछि चुनावमा कसले जित्ने, कसले सरकार बनाउने, देशलाई कसरी विकास गराउने भन्ने कुरा त छँदैछ नि ! तर, मूलभूत कानुन बनाउन एकजुट भएर लाग्नुपर्ने हो ।

संविधान बनाउने कुरामा तीन पार्टीको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?
जबसम्म हासिल गरेका मुद्दा संस्थागत हुँदैनन् र संविधान लेखन, शान्तिप्रक्रिया तथा गणतन्त्र घोषणा कार्यान्वयन हुँदैनन्, तबसम्म सहमतिको राजनीति गर्ने भन्ने कुरा थियो । तर, सहमतिको राजनीति तोडियो र बहुमतको राजनीतिको बोलवाला भयो । पाएका उपलब्धिहरु संस्थागत गर्ने भन्ने कुरा गौण र अन्य झिनामसिना कुराहरु प्राथमिक हुँदैगए । त्यसैकारण मेरो नजरमा भन्नुहुन्छ भने के काङ्ग्रेस, के एमाले वा के माओवादी- सबैले आफ्नो ट्रयाक छाडेका छन् । काङ्ग्रेसले माओवादीलाई साथ दिएर संविधान बनाउनुपर्ने थियो तर साथ दिएन । अब अहिले आएर माओवादीले सरकार छाडेपछि पनि अहिलेको सरकारलाई सघाएर संविधान बनाउनेलगायतका कुराहरुमा प्राथमिकता दिनुपर्ने थियो । एकातिर सरकारमा भएका बेला माओवादीलाई सहयोग नगरिएको कुरा र सरकारबाट बाहिरिएपछि माओवादीले अरुलाई सहयोग नगरेको कुरा, यसो हेर्दा उति राम्रो राजनीति भइरहेको छ भन्ने लाग्दैन ।

एमालेको भूमिकाचाहिँ तपाईँले कस्तो देख्नुभएको छ ?
अब एमालेचाहिँ आलुजस्तो देखिन्छ किनभने सबैसँग मिल्ने खुबी छ यसमा । प|mाई गरेर खाए पनि हुने, अरु तरकारीमा मिलाए पनि हुने, आलु नै मात्र बनाएर वा उसिनेर खाए पनि हुने वा अचार बनाए पनि हुने । कहिलेकाहीँ यस्तो पार्टीको भूमिका ऐतिहासिक हुन्छ । उल्झनमा यिनको भूमिका ठूलो हुन्छ । अनि कहिलेकाहीँ यिनले डुबाउँछन् पनि । त्यसैले एमाले अहिलेको समयमा ज्यादै महत्वपूर्ण पार्टी हो । तर, नेताहरुले कसरी मिलाएर लैजानसक्छन्, त्यसमा भर पर्छ । मेरो विचारमा जति सशक्त हुनुपथ्र्यो, त्यसोचाहिँ हुन सकेन ।

माओवादीले एउटा ऐतिहासिक अवसर गुमाएजस्तो लाग्दैन ?
कुनै पनि देशको परिवर्तनका बेला नयाँ अनुहारप्रति ठूलो आशा हुनेगर्छ । माओवादीप्रति सबैको त्यही आशा थियो तर आशाअनुरुप माओवादी नेताहरुलाई काम गर्ने अवसर मिलेन वा सकेनन् पनि । यस्ता कुराले जनतामा निराशा छाएको छ । माओवादी नेतृत्व देशको मसिहा हुने राम्रो अवसरबाट वञ्चित भएको छ । कुनै पनि देशको इतिहास लेख्ने बेलामा यस्तो क्रिटिकल अवस्थामा नेतृत्वले पुर्‍याएको बुद्धिले महान् अवसर सिर्जना हुने हो पछि गएर । महान व्यक्ति बनिने पनि हो । १९४७ मा अङ्ग्रेज धपाउँदा भारतले महात्मा गान्धी र जवाहरलाल नेहरु पायो । दक्षिण अपि|mकाको रङ्गभेदी आन्दोलनले नेलसन मण्डेलाजस्तो राष्ट्रिय नेता पायो । अहिले त्यो अवसर थियो, जसले नेपालमा महान नेताको जन्म गराउनसकोस् । मलाई लाग्छ- नेपालीले त्यो अवसर गुमाइरहेका छन् । हाम्रा नेता पनि सम्पूर्ण नेपालीका नेता हुनुभन्दा पनि पार्टी र कार्यकर्ताका नेता हुनुमा सुख देखेजस्तो लाग्छ ।
अहिलेको समयमा धेरैले सोच्दा हुन्, जनतालाई खाना, नाना र छाना भए पुग्छ । म त्यो मान्दिनँ । यो २१ औँ शताब्दी हो र यतिबेलाको मान्छे अलि फरक छ । उसको गोजीमा उसले थोरबहुत पैसा भएन भने ऊ छट्पटिन्छ । उसलाई खाना, नाना र छानाले मात्र बाँध्न सक्तैन । यो समय अर्थको समय, पैसाले जितेको समय हो । गोजीमा थोरबहुत पैसाले धेरै कुराको स्थायित्वको ग्यारेन्टि दिन्छ । र, त्यो भयो भने हाम्रो चलचित्र उद्योग पनि चल्छ किनभने जनताले खान पाए तर खर्च गर्ने पैसा पाएनन् भने हाम्रो उद्योग कसरी चल्छ ?

२०४६ सालपछिको राजनीतिलाई सङ्क्षिप्तमा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
एक शब्दमा भन्ने हो भने त भयङ्कर असफल छन् नेताहरु । परिवर्तनका बेला जनताले जुन एकता देखाउँछ, त्यो खड्गो पार गरिसक्दा उपलब्धिहरु फेरि चिप्लिन लागेका देखिन्छन् । तापनि नेपाली जनता पटक-पटक एकजुट भएका छन्, बेटर लाइफको सपनामा ।

नेपालको संविधान कस्तो बनिनुपर्छ ?
संसारमा विभिन्न मोडल छन् । अमेरिकी संविधान प्रजातान्त्रिक छ । युरोपेली संविधान समाजवादी देखिन्छ तर हामीले कस्तो संविधान बनाउने भन्ने कुराचाहिँ अरुको नक्कल गरेर हुँदैन । हाम्रो वरिपरि, हाम्रो वास्तविक धरातल, हाम्रो आर्थिक स्तर, शैक्षिक स्तर आदिले हाम्रो संविधानलाई व्यापक असर पार्छन् । त्यसैले, हामीलाई सुहाउँदो संविधान बनाइनुपर्छ भन्ने नै मलाई लाग्छ । जबसम्म गरिक समुदायलाई हकअधिकार र अपच्र्युनिटी दिइँदैन, तबसम्म हाम्रो देशमा स्थिरता हुँदैन । वास्तविकता के हो भने व्यक्तिगतरुपमा हामी धनी हौँला तर बाहिरी संसारका लागि हामी ज्यादै गरिब देशका जनता हौँ । हाम्रो यो इमेज भत्काउन जरोबाट नै समस्या समाधान हुनु आवश्यक छ ।

तपाईँ हालै ठकुरीहरुको भेलामा जानुभएको थियो, ठकुरीको समूह चाहिन्छ ?
हेर्नुस्, पहिला हामी नेपाली हौँ । जातीय वा क्षेत्रीय स्वतन्त्रतामात्र भएर हुँदैन । व्यक्तिगत स्वतन्त्रता पनि उत्तिकै महत्वपूर्ण हो । नेपालीपनलाई सहयोग पुर्‍याउन ती सङ्घसंस्थाको आवश्यक छ नकि नेपालीपनलाई टुक्र्याउन । भूमण्डलीकरणको बेलामा हामीले साना कुरामा अल्भिmरहनु हुँदैन । हामी हाम्रो अधिकार खोजाँै तर समग्रमा देशलाई अघि बढाउने कुरा पनि गरौँ । राज्यको पुनर्संरचना हुनुपर्छ तर देश टुक्र्याउने हिसाबले होइन ।

सङ्घीयतालाई लिएर तपाईँको धारणा के हो त उसोभए ?
सङ्घीयता आफैमा नराम्रो होइन तर कुन आधारमा जाने ? जातीय ? क्षेत्रीय ? प्राकृतिक स्रोत ? अथवा के ? हामीले उपयुक्त मोडल छनोट गर्‍यौँ भने त देश बन्न कत्ति पनि समय लाग्दैन । सङ्घीयतामा एउटा राम्रो कुरा के छ भने- घरका चारजना सदस्यहरु सबैले काम गरे र पाएको फाइदा सबैले बाँडे भने घर बलियो हुन्छ । एउटा प्रान्त बलियो हुनेवित्तिकै मलाई घर नै चाहिँदैन म छुट्टै बस्छु भन्न थाल्यो भने त्यो राम्रो हुँदैन । समग्र विकास हुने किसिमले प्रान्त छुट्याउने र एकअर्काका सहयोगी हुने किसिमको सङ्घीयता हुनुपर्छ । अब, कतिवटा र कसरी प्रान्त छुट्याउने भन्ने कुरामा मेरो धारणा के छ भने- मानौँ तपाईँ एउटा बिहेभोजमा हुनुहुन्छ । १० जनाले त्यो बिहेभोजका १० वटा परिकारमध्ये एकएक वटा उठाएर लगे, अब उनीहरुले त्यो पूरा भोजको मजा लिन सक्छन् ? त्यस्तै, कुनै राष्ट्रलाई पनि विभाजन गर्दा कुनै एउटा भाग तैँले चलाउने र अर्को भाग मैले चलाउने भनेर हुँदैन । त्यो क्षेत्रको समग्र विकासका लागि सबै भाग मिल्नुपर्छ । परिकारको स्वाद लिनका लागि सबैले सबै चिज मिलाएर खायो भने भोजको असली मजा आएजस्तै राष्ट्रलाई पनि भाग लगाउँदा सबै रिसोर्सेजहरु पाउने तरिकाले गर्नुपर्छ भन्ने लाग्छ ।

नेपालको भारतमुखी राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
हरेक राष्ट्रको पृष्ठभूमि आ-आफ्नो हुन्छ । हामी जुनस्तरमा छौँ, भौगोलिक, राजनीतिक, विकास आदिको हिसाबले अर्को २५ वर्षमा सुपरपावर बन्छौँ भनेर सोच्न सक्तैनौँ । दुई राष्ट्रको बीचमा रहेको राष्ट्र हो नेपाल । राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता झेलिरहेको हुनाले अरु राष्ट्रको सहयोग त चाहिन्छ नै । यो हाम्रो वास्तविकता हो । त्यसैले हामी महान हौँ, तराईमा खेत खनेर सुन फलाउँछौँ, हामीजस्तो वीर कोही छैन, सगरमाथाभन्दा ठूलो छाति छ भन्नु त ठीक हो तर त्यसैमा अडिनु मूर्खता हो । हामी चीन र भारतमुखी हुनैपर्छ, यो वास्तविकता हो ।

तपाईँ प्रमुख तीन राजनीतिक दलका नेताहरुलाई सफलताका आधारमा कति प्रतिशत अङ्क दिनुहुन्छ ?
देशलाई गणतन्त्रमा ल्याउन, एउटा पार्टी युद्धमा गएका क्षणमा शान्तिप्रति प्रतिबद्ध तुल्याउन र संविधानसभामा ल्याउन उहाँहरुको उच्च मूल्याङ्कन हुनेछ । तर, फेरि अहिले जुन अन्योल छाएको छ, यी सबैका लागि उहाँहरुको मूल्याङ्कन होइन, अवमूल्यन हुनेछ । के अब हामी फेरि टाउको फुटाउन सडकमा जानु ? अब सन्तुलित जीवन जिउने हाम्रो अधिकार खै त ? हजुरबुवा पुस्ता पनि प्रजातन्त्रका लागि लडे, बुवा पुस्ता पनि पञ्चायतविरुद्ध लडे, छोरा पुस्ता लोकतन्त्रका लागि लडे र अब नाति पुस्ता पनि फेरि सङ्घर्षमा जानुपर्ने स्थिति उनीहरुकै कारण देखिएको छ । उन्नति हामीले कहिले देख्ने ? त्यसैले उहाँहरुले अङ्क गुमाउनुभएको छ ।

सङ्घीयतामा जाँदा नेपाली फिल्म उद्योगको अवस्था के होला त ?
हेर्नुस्, नेपाल सङ्घीयतामा जाँदा नेपाली फिल्मको महत्व अझ बढ्छ । सबैले आफ्नो जाति, धर्म र समुदायमा मात्र ध्यान दिइरहेका बेला नेपालीपनलाई जोगाउने भनेको नेपाली चलचित्र नै हो । नेपाली चलचित्रले नै समग्रमा मेचीदेखि महाकालीसम्म जोड्ने काम गर्छ । भनेपछि, भविष्यमा मैले ठूलो भूमिका देखिरहेको छु । जस्तो, भारतमा हेर्नुस्- हरेक प्रान्तमा आफ्नै भाषाका फिल्म उद्योग छन् तर हिन्दी फिल्मले पूरै भारतलाई कसरी जोडिरहेको छ ! अमेरिकालाई हेर्नुस्- हलिउडले पूरै देशलाई कसरी प्रतिनिधित्व गरिरहेको छ ! त्यस्तै, नेपाली चलचित्रले पनि नेपाल चिनाउने, जोड्ने भूमिका खेल्नुपर्छ र त्यो सकेन भने उद्योग धराशयी हुन्छ ।

तर, अहिले त डिजिटल रिभोल्युसनले गर्दा स्थानीय चलचित्र, स्थानीय बजारको महत्व बढिरहेको छ नि ?

स्थानीय भाषा मौलाउनु राम्रो पक्ष हो तर यसले मूल भाषाको फिल्मलाई जरैदेखि उखेल्नुचाहिँ अर्को कुरा भयो । अब अहिले क्युब र युएफओजस्ता संस्थाले सुरु गरेका डिजिटल प्रोजेक्सनले स्थानीयस्तरमा बनेका फिल्मलाई कुनै सहयोग गरेका छैनन्, न त नेपाली फिल्मलाई नै यसले सहयोग गरेको छ । बरु यसले त नेपाली फिल्मको बजारलाई समेत चोरिसकेको छ । हामीले हिजो सोचेका थियौँ- जुनसुकै भाषाको फिल्मलाई पनि प्रतिस्पर्धा गर्ने र प्रदर्शन गर्ने अवसर दिइनुपर्छ, छनोटको अवसर दिइनुपर्छ । तर, यहाँ त हाम्रो अस्तित्व नै मेटिएलाझैँ भएको छ किनभने जहाँ डिजिटल प्रोजेक्सनका लागि बाटो खोलिएको थियो, साना ठाउँमा समेत हिन्दी फिल्म लाग्न थाले । नेपाली फिल्मले पालो पाउनै छाडिसके । अब हामीले यस्ताका विरुद्धमा सङ्घर्ष गर्ने दिन चाँडै आउँदैछ ।

अहिले नेपाली दर्शकहरु नेपाली चलचित्र छाडेर विदेशी फिल्म हेर्ने अवस्था बढ्दो छ । यस्तो अवस्थामा भोलिका दिनमा नेपाली फिल्म उद्योग धराशयी हुने संभावना नजिकिएको छैन र ?
म यसमा नकारात्मक छैन । हिजोका दिनमा पञ्जाब, युपी वा बिहारका दर्शकका लागि हिन्दी फिल्म बन्थे । हिन्दी फिल्मका हिरो जहिले पनि बेरोजगार हुन्थे, उसकी आमा औषधि खान नपाएर मर्थी... आदि मसला फिल्म बन्थे । तर, अहिले स्थिति फरक छ । त्यहाँ फिल्मको विषय फरक भइरहेको छ । कारण के त भन्दा दर्शकसँग पैसा हुन थाल्यो र उनीहरुले मनपर्ने फिल्मका लागि १० रुपैयाँबाट एकैचोटि २ सय रुपैयाँ खर्च गर्नसक्ने हैसियत बनाए । यसको मूल कारण देशको प्रगति हो । यसैगरी, हाम्रो देशको आर्थिक स्थितिमा सुधार हुँदै आयो भने दर्शकले बढी पैसा खर्च गर्न सक्लान् र फिल्मको बजेट पनि ठूलो होला र फिल्म पन&#

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15161
Rajesh Hamal - Photos and Profile
« Reply #19 on: February 23, 2010, 11:34:12 PM »



  राष्ट्रपतिसँग एक पोज
मंगलवार, 23 फेब्रुअरी 2010 13:58 नागरिक

सन्तोष रिमाल, काठमाडौं, फागुन ११- कलाकार दीपकराज गिरीसँग फोटो खिचाउन उनका फ्यानहरू निकै झुमिन्छन्। धेरैको भित्ताका शोभा बनेका छन् उनी। तर, यी कलाकारको बैठक कोठामा सजिएको छ, राष्ट्रपति रामवरण यादवको फोटो। हास्यकलाकारको डफ्फामा राष्ट्रपति उभिएको फोटो दीपकको मात्र होइन अरू कलाकारको भित्तामा समेत झुन्डिएको छ।

संविधान निर्माणमा ढिलाइ, जातीय राजनीति र साम्प्रदायिक सद्भाव बिथोलिएको विषयमा कुरा गर्न राष्ट्रपति भवन पुगेका कलाकार त्यो भेटलाई स्मरणीय बनाउन चुकेनन्। 'कांग्रेस नेता रामवरण यादवसँग मेरो यसअघि पनि धेरै भेट भएको थियो। त्यतिबेला उनीसँग फोटो खिचाइहालौं भन्ने लागेन। अहिले त्यो ग्ल्यामर उनको पदले पैदा गरायो,' दीपकले भने,ख 'मलाई त्यो फोटो ऐतिहासिक लाग्छ। गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिसँग बसेर खिचिएकोले। त्यो मेरो कोठाको शोभामात्र बनेको छैन। मेरो शानको विषय समेत हो।'

निवास र कार्यालयमा गरी भेटघाटका मात्र दैनिक तीन/चार कार्यक्रम हुन्छ राष्ट्रपतिको। छुट्टिने बेलामा धेरैको उस्तै खालको धोको हुन्छ, 'राष्ट्रपतिसँग एक पोज!' त्यसपछि सुरु हुन्छ राष्ट्रपतिका फोटोग्राफर किरण पन्थीको 'क्लिक... क्लिक...' क्यामेरा बोकेर आएकाले उनलाई खिचिदिन आग्रह गर्छन्। नल्याएकाले फोटो पाउन अनुरोध गर्छन्।

राजधानीबाहिरबाट विभिन्न भ्रमणको सिलसिलामा आएकाहरू सकेसम्म राष्ट्रपतिसँग फोटो खिचेर जाने गरेको किरणले बताए। 'उनीहरू फोटो खिचाएपछि पनि एक दिन कुर्छन्। र, ठुलो साइजको फोटो प्रिन्ट गर्न लगाएर लैजान्छन्,' फोटोग्राफर पन्थीले बताए, 'राष्ट्रपतिसँगको फोटो पाउन विदेशीहरू पनि निकै प्रयास गर्छन्। हतारमा रहेकाले इमेल गरिदिन आग्रह गर्छन्।'

किरणको क्यामेराले राष्ट्रपतिसँग थुप्रै सेलिब्रिटीलाई कैद गरेको छ। आफ्नो फ्रेममा को-को परे सबै सम्झना त उनलाई पनि छैन। तर, बलिउड अभिनेता गोविन्दादेखि नेपालका सुपरस्टार राजेश हमालसम्म आफ्नो क्यामेरामा उतार्दाको क्षण उनी भुल्न सक्दैनन्। अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायक अमृत गुरुङ, गायिका आनी छोइङ डोल्माआदिसँगको सेसन उनको अर्काइभमा सुरक्षित छ। देशका चर्चित व्यक्तिले राष्ट्रपतिसँग फोटो खिचाएपछि 'ठूलो पारेर दिनुस्' भन्दा किरण 'नाइँ' भन्न सक्दैनन्। 'फोटो खिचाएपछि कतिखेर पाउँ भन्ने हतारो सबैमा हुँदो रहेछ। मेरो धेरै समय त फोटो दिँदैमा बित्छ,' उनले भने।

बिहान आठदेखि साढे नौको समय सर्वसाधारणका लागि छुट्याएका छन् राष्ट्रपतिले। गृह जिल्लाका जनता धेरै हुन्छन्। तर, भेटघाटमा उनीहरूको पलो पछि आउँछ। 'अरू क्षेत्रका जनतासँग पहिला। आफ्नो क्षेत्रकासँगको भेटघाट अन्तिममा,' राष्ट्रपति स्वयंले बनाइदिएको नियम हो यो। फोटो खिच्ने मात्र उदेश्य लिएर आएकाहरूको निम्ति पनि राष्ट्रपतिको ढोका खुला छ। 'फोटो खिच्न आएकालाई खाली मुख फर्काउने गरेको छैन,' किरणले राष्ट्रपति निवासको चलन सुनाए, 'चिया, लड्डु र दही चिउरा ख्वाएर पठाउने गरिन्छ।'

नातेदारमात्र होइन सामान्य चिनजान भएकाहरू पनि राष्ट्रपतिकहाँ विभिन्न निम्तो लिएर पुग्छन्। त्यो निम्तो स्वीकार्ने अवस्थामा हुँदैनन् उनी। तर, निराश पर्दैनन् राष्ट्रपति। 'म त उपस्थित हुन सक्दिन। बिहे सकिएपछि दुलाहादुलही आउनुस्। लड्डु खानुस्। फोटो खिचाउनुस् र जानुस्,' राष्ट्रपतिको यस्तो भनाइ पटकपटक सुनेका छन् किरणले।

राष्ट्रपति फोटोको बारेमा खासै चासो देखाउँदैनन्। 'तर, कहिले काहिं नसोचेको फोटोमा वहाँको ध्यान जान्छ,' किरणले एउटा घटना सुनाए,' धनुषाबाट एउटा समूह भेटघाटका लागि आएका थिए। फोटो खिचेपनि मैले चाहिंदैन होला भनेर व्यवस्थित गरेको थिईन। तर, राष्ट्रपतिबाट तिनै पगरीवालसँगको फोटो ठुलो पारेर झुन्ड्याउनु भन्ने आदेश आयो।' तस्विरहरु : किरण पन्थी