Author Topic: Rajesh Hamal - Photos and Profile  (Read 49334 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Rajesh Hamal - Photos and Profile
« Reply #20 on: February 26, 2010, 10:33:11 PM »
राजेशको सपनामा नायिकाको नाङ्गो तस्विर
सुमन गैरे, काठमाण्डौ, २०६६ फाल्गुन १४, शुक्रवार

सेक्सी निर्देशकको उपाधी पाएका निर्देशक उकेश दाहालले नेपाली चलचित्रका महानायक राजेश हमाललाई नायिकाको नाङ्गो फोटो बनाउने ड्रिम ब्वायको रूपमा चलचित्रमा उतार्ने भएका छन् । दाहालकै निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र 'किन किन ?' मा नायक हमालले सपनामा नायिकाको नाङ्गो तस्विर बनाएको देख्ने छन् ।

 

अहिले सम्म बिबाह नगरी बसेका नायक हमाललाई उमेर ढल्किसक्यो बिहे नगर्ने भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, 'तन बुढो भए पनि मन बुढो हुँदैन' । उनले दिने यो उत्तर नै यस चलचित्रको मुख्य कथाबस्तु हुने निर्देशक दाहालले फिल्मीखबर डटकमलाई जानकारी दिए । बाबु छोराको कथामा आधारित भएर निर्माण हुन लागेको यो चलचित्र युवापुस्तालाई मध्य नजर गरेर निर्माण गर्न लागेको निर्देशक दाहालको भनाई छ । नायक हमालले सपनामा नायिकालाई नाङ्गो देखे पनि दर्शकले भने चलचित्रको पर्दामा नायिकालाई नाङ्गो नै देख्ने छन् तर यस्तो दृश्य दिने नायिका भेटिएलान् त ? निर्देशक दाहाल भने यस्ती नायिका भेटिने कुरामा ढुक्क छन् ।

 

यसभन्दा अगाडी सेक्सलाइ मुख्य आधार बनाएर पुरुष बेश्याको कथामा चलचित्र 'पलपलमा' निर्माण गरेका दाहालले यो चलचित्रमा पलपलमाको भन्दा पनि बढि उत्तेजक दृश्यहरू राखिने जानकारी दिए । चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, दिलिप रायमाझी, सुमन सिंहले अभिनय गर्ने पक्का भईसकेको र चलचित्रको लागी नाङ्गो दृश्य दिन सक्ने नायिकाको खोजी भईरहेको निर्देशकले जानकारी गराए । चलचित्रमा महेश खड्काको संगित, राजेन्द्र थापा, बि आर 'मित्र' र महेश खड्काको गीत रहने छ भने गायकमा प्रमोद खरेलको नाम मात्र फाइनल गरिएको निर्देशकले जानकारी दिए ।

 

चलचित्र 'किन किन ?' को आज राजधानिको प्राईम रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ कार्य गरेर चलचित्र निर्माण गर्न लागेको घोषणा गरिएको हो । चलचित्र 'किन किन ?' को जेष्ठको पहिलो साताबाट छायाँकन शुरू गरिने निर्देशक दाहालले बताए । उनैले निर्देशन गरेको पहिलो चलचित्र 'पलपलमा' पनि जेष्ठ महिनाको अन्तिम साता राजधानि भित्रने तयारीमा छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Rajesh Hamal - Photos and Profile
« Reply #21 on: March 01, 2010, 07:26:06 AM »



दुइ राजेश मलेसियामा
साप्ताहिक समाचार

कलाकारहरूको एक झुन्ड गत साता मलेसियामा कार्यक्रम प्रस्तुत गरेर फर्किएको छ । अविवाहित नायक राजेश हमाल तथा गायक राजेश पायल राईसहितको यो जम्बो टोलीले मलेसियामा बसेका नेपालीहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गर्‍यो । 'नयाँ वर्ष २०१० को उपलक्ष्यमा जोहोरबारु र क्वालालाम्पुरमा आयोजित तीनवटा स्टेज सोमार्फत हजारौं दर्शकमाझ सांस्कृतिक प्रस्तुति सकेर फर्किएका हौं', गायक राजेशपायल राईले साप्ताहिकलाई भने- 'कार्यक्रम भव्यरूपमा सम्पन्न भयो । तीनवटै सोमा दर्शकको न्यानो माया पायौं ।' स्टेजमा ढलक्क ढल्किूदै उदाएका नायक राजेश हमाल गायक राजेश पायल राइले गाएका गीतमा कम्मर मर्काउँदै नाचेका थिए ।

यो हात साथीहरूका लागि सलाम हो भने दुस्मनहरूका लागि फलाम हो, शंकर हुँ म शंकरजस्ता चर्चित फिल्मी डायलग प्रस्तुत गरेका हमाल स्टेजमा देखिनेबित्तिकै दर्शकको वाहवाही पाइहाल्थे । उनले नृत्य पनि प्रस्तुत गरेका थिए । गायक राइले साप्ताहिकको टिसर्ट पहिरेर प्रत्येक कन्सर्टमा दर्शन नमस्तेलगायत आफ्ना एक दर्जन लोकपि्रय गीत प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ मलेसिया तथा प्रवासी तामाङ एकता समाजको आयोजनामा भएका ती स्टेज कार्यक्रमहरूमा नायिका अरुणिमा लम्सालले ग्लामरस नृत्य प्रस्तुत गरेकी थिइन् । यस्तै हास्यकलाकारद्वय गोपाल नेपाल फिस्टे र अंशु महर्जनले हास्यप्रस्तुति पेस गरेका थिए । कार्यक्रममा चर्चित लोकगायक राजु परियार, गायिका इन्दिरा लामा, योगिता मोक्तान, पार्वती जिसी आदिले आफ्ना लोकपि्रय गीत प्रस्तुत गरेर सांगीतिक मनोरञ्जन प्रदान गरे ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Rajesh Hamal - Photos and Profile
« Reply #22 on: March 19, 2010, 01:25:06 PM »
सबैभन्दा सुन्दर आमा र सेक्सी झरना
19/03/2010 04:47:00 दीपक सापकोटा


राजेश हमाल

 

 

अभिनेता

आफैँलाई म कति सुन्दर छु भनेर मूल्यांकन गर्न सहज छैन । त्यही पनि अरू सबैजस्तै म पनि आफ्नो रूपदेखि सन्तुष्ट छु । हरेक मान्छेमा केही न केही सुन्दरता हुन्छ । खासगरी शारीरिक सौन्दर्यभन्दा मान्छेमा अन्तर्निहित सौन्दर्य महत्त्वपूर्ण हो भन्ने कुरा तर्कपूर्ण लाग्छ मलाई ।

एकताका मान्छे फिल्मको हिरो भन्नेबित्तिकै 'चक्लेटी' अनुहार भएको भन्ने सोच्थे । यो मान्यता बिस्तारै बदलिँदै आयो । पर्दामा उदाउने मान्छे साह्रै चिटिक्क, सफा लुगा लगाएको र हेर्दा अरूभन्दा धेरै 'स्मार्ट' हुनुपर्छ भन्ने मान्यता सायद सौन्दर्यप्रतिको धारणामा आएको परिवर्तनका कारण बदलिँदै छ । अहिले फिल्मकारले पनि यही बुझ्न थालेका छन् । फिल्ममा खेल्ने मान्छेको विशेषतामा अरू पनि हुनुपर्छ, अन्तर्निहित विशेषताले मान्छे हिरो बन्ने हो भन्ने कुरा स्थापित हुँदै छ अहिले । चलचित्र हेर्ने विधा भएकाले आवरणीय सौन्दर्यलाई पनि नकार्न सकिँदैन । तर, हिरो बन्ने उसको क्षमताले नै हो ।

मेरो नजरमा नेपालका सबै हिरो/हिरोइन सुन्दर छन् । मान्छे सुन्दर हुन उसको आचरण र बोली-व्यवहार नै ठूलो कुरा हो ।

सौन्दर्यका विषयमा सबैको एउटै धारणा नहुन सक्छ । यो त हेर्ने मान्छेको आँखामा भर पर्ने कुरा हो भन्ने लाग्छ । सानोमा सोच्थेँ, संसारको सबैभन्दा सुन्दर कुरा केटी हो । उमेर परिवर्तनसँगै सौन्दर्यबारेमा मेरो धारणा बदलिँदै आयो । अहिले लाग्न थालेको छ- संसारमा सबैभन्दा सुन्दर कुरा केही छ भने त्यो आमा हो । र, मान्छेको मन पनि ।

सुन्दरताका विषयमा विविधि बिम्व सुनिन्छन्, पढिन्छन् । खासगरी साहित्यकारले आफ्ना रचनामा यो विविधता देखाउँछन् । विम्ब सापेक्ष रूपमा आउँछन् ।

मलाई सोध्ने गरिन्छ, युवती सौन्दर्यका प्रतीक हुन् कि होइनन् ? युवतीलाई सुन्दरताको विम्ब मान्ने कुराप्रति म सहमत छु, किनभने म पुरुष हुँ । कतिपय युवती साँच्चै राम्रा हुन्छन् । हामी युवतीको बाहिरी आवरणका कारण आकषिर्त हुन्छौँ, तर उसमा अन्तर्निहित विशेषता के हो जान्दैनौँ । यदि मनमा आनन्द छ भने मात्रै युवती अरू बढी सुन्दर लाग्छन् । जे भने पनि सुन्दरता मनसँग जोडिने कुरा हो ।

सौन्दर्यप्रति अवधारणामा त यसरी बदलाव आइरहेको छ भने फेसनको त कुरै भएन । यो पनि परिवर्तन सापेक्ष छ । मलाई लाग्छ- सबै मान्छे फेसनको पछि लागिरहेका छन् ।

फेसन पछयाउने मामलामा नेपाली सबैभन्दा अग्रस्थानमा छन् । कपाल रंग्याएर होस् कि जिन्स प्यान्ट प्वाल पारेर आफूलाई फेसनेबल देखाउन हामी सधैँ अग्रसर छौँ ।

तर, फेसन नपछयाउँदैमा घाटा हुन्छ, आफू समयभन्दा पछाडि परिन्छ भन्ने म सोच्दिनँ । तर, फेसनप्रति मेरो समग्र धारणा के हो भने यो परिवर्तन भइरहने कुरा हो । कतिपय अवस्थामा मान्छे आफूले फेसन पछयाएको/नपछयाएको उसैलाई थाहा हुँदैन । थाहै नपाई पछयाइरहेको हुन्छ ।

म जानेर कहिल्यै फेसन पछयाउँदिनँ । फेसन पछयाउने/नपछयाउनेप्रति मेरो आफ्नै परिभाषा छ । सबैको पहिरन छनोटमा आफ्नै धारणा हुन्छ । अरूको तुलनामा म फेसनेबल हुँ जस्तो लाग्दैन ।

बाहिर निस्कँदा औपचारिक वा अनौपचारिक कस्तो कार्यक्रम हो, त्यसको मर्मलाई ध्यानमा राखेर मैले आफ्नो फेसन तय गर्छु । साथीभाइको पार्टी हो भने सामान्य भएर जान्छु । कहिलेकाहीँ त जिन्स प्यान्टमा पनि गएको छु । सामान्य सर्ट, पाइन्ट लगाउन मन लाग्छ । तर, अलि ठूलै स्तरको पार्टी छ भने मान्यजन आउने पार्टी छ भने कोट, पाइन्ट नै लगाउँछु ।

मलाई कहिलेकाहीँ पत्रकारले सोध्छन्, 'राजेशजी तपाईंसँग कति जोर लुगा छन् ? कस्ता-कस्ता छन् ?' यो प्रश्नको ठयाक्कै उत्तर मसँग हुँदैन । लुगा यति जोर छन् भन्ने कसलाई थाहा हुन्छ र । स्वाभाविक रूपमा मलाई पनि थाहा छैन ।

फिल्म अभिनेता भएपछि यसले कुनै राम्रो डिजाइनरले डिजाइन गरेका लुगा मात्र लगाउँछ होला भन्ने सोच्दारहेछन् मान्छे । फेसनप्रति मेरो मोह सकिँदै गएर पनि होला मैले डिजाइन गराएर पहिरनको शैली तय गर्दिनँ । यस्तै लुगा लगाउनुपर्छ भन्ने पनि छैन । बजारमा चलेकोभन्दा अलि भिन्नखाले लुगा लगाउन मन लाग्नु स्वाभाविकै हो । सबैलाई यस्तै लाग्छ ।

फेसन स्टायलबारे अरूजस्तै म पनि कुनै टेलिभिजन कार्यक्रममा देखिएको डिजाइनबाट प्रभावित हुन्छु ।

सानै छँदाका मेरो कतिपय पोसाक मसँग सुरक्षित छन् । कहिलेकाहीँ देखियो भने बाल्यकाल याद आउँछ । पुराना कुरा याद आउँछ । किशोर अवस्थासम्ममा मन परेका केही कोट, प्यान्ट, सर्ट र जुत्ता पनि सुरक्षित राखेको छु ।

फेसन भन्ने कुरा उमेरसँग पनि जोडिँदोरहेछ । उमेर र पहिरनमा मेल खानुपर्छ । नत्र समाजअनुरूप भइँदैन । पश्चिमाहरू उमेरअनुसार भन्दा पनि आफ्नो चाहनाअनुसार लुगा लगाउँछन् । आफूलाई सुहाउनेखालको लुगा छ भने जुनसुकै उमेरमा लगाए पनि फरक पर्दैन जस्तो लाग्छ । यसमा पनि म अरूभन्दा निकै फरक सोच्छु । बाल्यकालदेखि नै फेसनका कुरामा म अलिक विद्रोही छु कि भन्ने लाग्छ । फेसनेबल पहिरन लगाएर हिँड्दिनँ । अरूको देखासिकी गरेर म कहिल्यै लुगा लगाउँदिनँ ।

विश्वमा चलिआएको 'ट्रेन्ड' ले पनि के देखाउँछ भने फिल्मले फेसनलाई 'प्रमोट' गरेको हुन्छ । हामीकहाँ पनि फिल्म हेरेरै मान्छे फेसनप्रति 'कन्सस' हुने गरेका उदाहरण छन् । फिल्ममा हिरोले कपाल रंग्यायो वा उसको कपाल लरक्क लर्केको छ भने त्यो युवा दर्शक पनि कपाल रंग्याउनतिर लाग्छ । जिन्स प्यान्ट प्वाल पार्नतिर लाग्छ ।

खासगरी युवापुस्ता परिर्वतन अँगाल्ने स्वभावका छन् । फेसन पछयाउँदैमा मात्र आफू फेसनेबल बनिँदैन भन्ने हाम्रा तन्नेरीलाई थाहा छैन । अरूले जस्तो लगायो त्यस्तै लगाउन चाहने र अरूकै पहिरन पछयाउने उनीहरूको स्वभाव हुन्छ । तर, फेसन पछयाउनु भनेको परिवर्तनको साक्षी पनि बन्नु हो, परिवर्तन चाहनु हो ।

मेरो विचारमा कलिउडका कलाकारले पनि फेसनमा त्यत्तिकै रुचि देखाउँछन् । फिल्ममा होस् या बाहिर सबैतिर रुचि उजागर भइरहेको हुन्छ । करिश्मा मानन्धर, विपना थापा, रेखा थापा, झरना बज्राचार्यलाई मैले फेसन कन्सस कलाकारका रूपमा पाएको छु । मलाई सबैभन्दा सेक्सी अभिनेत्री झरना बज्राचार्य लाग्छिन् भने सबैभन्दा सुन्दर अभिनेत्री करिश्मा मानन्धर नै हुन् । त्यसैगरी सबैभन्दा फेसनेबल हिरो रमित ढुंगाना हो जस्तो लाग्छ । आर्यन सिग्देल, भुवन केसी पनि फेसनेबल हिरो हुन् ।

हामीले हाम्रै मौलिक फेसन हाकुपटासी, दौरा-सुरुवाल र फरिया-चोलीलाई प्रमोट गर्न खासै ध्यान दिएका छैनौँ । ती फेसन हाम्रा आफ्नै सम्पत्ति हुन् । ती मौलिक फेसनलाई नै प्रमोट गर्नु आवश्यक छ । यी शैलीलाई जोगाउन सक्नुपर्छ हामीले ।

सौन्दर्य प्रतियोगितामा कतै आहा भन्नेखालका राम्रा फेसन शैली पनि देखेको छु मैले । यस्ता प्रतियोगितामा कतै मौलिक फेसन देखिन्छन् भने कतै विकृतिमय पश्चिमाको भव्य प्रभाव देख्न पाइन्छ ।

मान्छे सुन्दर हुन फेसनको पछि लाग्नुपर्दैन । तर, फेसनले कतिपय अवस्थामा मान्छेको व्यक्तित्वलाई उजागर गर्न मद्दत गर्छ । फेसन नै सुन्दरता होइन । सुन्दर मान्छेलाई ओभर फेसनले भद्दा पनि बनाइदिन्छ । त्यसैले फेसन र सुन्दरताबीच भित्री सम्बन्ध छ ।

फेसनलाई आधार बनाएर 'दस जोड दुई' पुस्तालाई आलोचना गरेको पनि सुनिन्छ हामीकहाँ । उत्ताउलो फेसनको पुस्ता भनेर हाम्रा किशोर-किशोरीलाई दोष दिनुको कुनै अर्थ छैन । यो पुस्ताले त फेसनलाई पछयाएको मात्रै हो । यिनीहरू आफैँले फेसन 'क्रियसन' गरिरहेका होइनन् । टेलिभिजनमा देखिएको उत्ताउलो पहिरन लगाएर सहर चहार्छन् भने त्यो विकृति हो । युवाले नै फेसनमा विकृति भित्र्याए वा योगदान दिए भन्ने मलाई लाग्दैन ।



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Rajesh Hamal - अन्तरबार्ता
« Reply #23 on: June 03, 2012, 05:27:04 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Rajesh Hamal - अन्तरबार्ता
« Reply #24 on: June 05, 2012, 11:59:19 AM »
महानायक फुर्सदिलो भएपछी सकियो रङ
फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २२, सोमवार

महानायक राजेश हमालको बेफुर्सदिका कारण एक गितको सुटिङ गर्न महिनौ कुरेका निर्देशक रोशन हमालले आईतबार बल्ल आफ्नो फिल्मको पूर्ण छायाकंन सकेका छन् । कहिले लण्डन त कहिले एकै दिनमा तीन बढी सिफ्टमा काम गर्दा हमालको बेफुर्सदले रोशनले रङमा महानायकको केमियो सिनलाई खिच्न पाएका थिएनन् तर आईतबार भने आफ्ना गड फादरले पूर्ण समय दिएपछी रोशनले अड्किएको रंङको एक गितलाई खिचे । गितमा सुमन सिंह र दीपशिखा शाहीको ग्रुप डान्स देख्न सकिन्छ भने सो समारोहमा दीपशिखालाई अवार्ड दिन करिश्मा र हमाल अतिथि भएर देखा परेका हुन्छन् ।


तपाईले फिल्म निर्देशन गर्ने कुरा आईराख्या छ तर रोशन जि जो तपाईसंगै विगत डेढ दशक देखि संगै हुनुहुन्छ उहाँ नै निर्देशक भएर आउनु भयो कस्तो लागिराछ ? भन्ने प्रश्नमा महानायकले भने, 'पक्कै पनि मैले फिल्म निर्देशन गर्ने कुरा गरेको हुँ तर रोशनलाई नै हेरौं न उसले एउटा फिल्म बनाउन लागेको महिनौं भईसक्यो त्यसैले जव म अलि बढी फुर्सदमा रहन्छु त्यतिबेला मात्र फिल्म निर्देशनमा आउछु ।'

यस्तै महानायकले मामा दिपक रायमाझीको अन्तिम फिल्म डेष्टीनेशन काठमाण्डूलाई प्रोडक्सन पक्षले जति सक्दो छिटो निर्देशनका लागि  आग्रह गर्छ आफू फिल्म निर्देशनका लागि तयार रहेको बताए । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पैसाका बिषयमा प्रोड्यूसरहरुको आपसी झगडाले डेष्टीनेशन काठमाण्डू तयार हुने सम्भावना न्यून छ । यस्तै डेष्टीनेशन काठमाण्डूकी अष्ट्रेलियन हिरोईन सारा मावेले आफूलाई दिएको ८ हजार डलर पारिश्रमिक थोर भएकाले पनि यो फिल्म खेल्न नचाईरहेको बुझिएको छ ।

 

आईतबार खिचिएको रंङ गित बाहेक अन्य सवै सिन को सम्पादन सहित अन्य प्रोष्टप्रोडक्सनको काम सकिसकेका रोशनले केही दिन भित्र फिल्मको रिलिजको डेट घोषणा गर्ने बताएका छन् । उता कोरियोग्राफर दिनेश अधिकारीले अत्यन्त मिहिनेतले यो फिल्म तयार गरिएकाले कुनै किसिमको छाप इन्डष्ट्रिमा छाड्ने बताएका छन् । केमियो रोल भए पनि रोशनको काम गराईले आफूलाई प्रभावित बनाएको करिश्माले भन्न बिर्सिनन् ।

 

हिरो सुमन सिंह जसको यो बर्ष ८ वटा फिल्म रिलिज लिष्टमा छन् त्यस मध्येको एक उत्कृष्ट फिल्म रङ रहेको उनले बताए । उनले भने, 'पक्कै पनि यो फिल्मबाट राम्रै नतिजा आउछ ।'  यसैगरी मुकेश आचार्य पनि सो फिल्मका एक प्रमुख कलाकार हुने उनले पनि   रोशनको फिल्म निर्देशन गर्ने शैलीले आफूलाई प्रभावित बनाएको बताए । उता फष्टलभ जस्तो फिल्म खिचेका हरि हुमागाई पनि यो फिल्मबाट एक किसिमको प्रशंशा पाउनेमा ढुक्क छन् ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Rajesh Hamal - अन्तरबार्ता
« Reply #25 on: September 08, 2012, 02:34:11 AM »
नायक राजेश हमालले विराटनगरलाई ससुराली बनाउन लागेको बताएका छन्। यो साता विराटनगर पुगेका हमालले पत्रकारहरुसँग कुरा गर्दै आउँदो वैशाखमा बिहे गर्ने बताए। उम्मेदवार खडा भइसकेकाले बिहे गरिहाल्न लागेको उनको कथन थियो।
*
प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत्रका भने होइनन्, उनले भने।वैशाखमा बिहे गर्ने सोच भए पनि प्रेमिकाले धोका दिने हो कि भन्ने चिन्ता चाहिँ उनमा रहेछ। त्यसैले उनले भने, बिहे हुने वा नहुने भन्ने विषय प्रेमिकामा पनि भर पर्छ। प्रेमिकाले धोका नदिए मात्र बिहे हुन्छ।

anand

  • Administrator
  • *******
  • Posts: 727
Re: Rajesh Hamal - Photos and Profile
« Reply #26 on: March 12, 2015, 04:19:47 AM »
Rajesh Hamal says Rajesh Dai jokes

Enjoy


xsajha

  • 50x
  • ****
  • Posts: 1507
Re: Rajesh Hamal - Photos and Profile
« Reply #27 on: March 13, 2015, 01:11:31 AM »
राजेश हमाल बुढी लिएर अमेरिका जाने रे
http://xnepali.net/movies/rajesh-hamal-to-participate-in-nrn-program-in-usa-wife-madhu-bhattarai-accompany/



केही महिना अघि विविध कारणले राजेश हमालका साथ अमेरिका भ्रमण गर्न नपाएकी मधु भट्टराईको चाहना बल्ल पूरा हुने भएको छ ।

प्राप्त जानकारी अनुसार आउँदो सोमबार   उनी पति राजेश हमालका साथ अमेरिका उड्दैछिन् । गत जेठमा सम्पन्न भएको विवाह पश्चात यो जोडी हनिमुनका लागि अमेरिका उड्ने तयारीमा रहेको थियो तर मधुको भिषा आवेदनका लागि समय ढिला हुँदा हमाल त्यतिबेला एक्लै अमेरिका उडेका थिए ।

यस्तै दोश्रो पटक तिहारको छेकोमा पनि उनीहरु महिना दिनका लागि अमेरिका घुम्ने तयारीमा थिए तर राजेशले खेलिरहेको साउथ ईन्डियन फिल्म बागमतीको सुटिङ समयमा  नसकिदा दोश्रो पटक पनि मधुको चाहना अधुरै बनेको थियो ।

अमेरिकामा रहेका राजेश हमालका फष्ट कजन (सानिमाका छोरा – भाई ) सुबु केसीले दिएको जानकारी अनुसार यो जोडीको पहिलो अमेरिका भ्रमण मात्र ९ दिनको हुनेछ ।

सुबुका अनुसार एन.आर.एन अमेरिकाको निमन्त्रणामा उनीहरु आउँन लागेका हुन ।  एन.आर.एन अमेरिकाको कार्यक्रम २० देखि २२ मार्च सम्म वासिङटन डिसीमा हुनेछ जहाँ राजेश  मधुका साथ उपस्थित हुने छन् ।

छोटो समयको अमेरिका बसाईमा मधुका परिवारका सदस्य र राजेशका परिवारका सदस्यहरुबीच पनि औपचारिक भेटघाट हुने कार्यक्रम रहेको  बताईएको छ ।
« Last Edit: March 13, 2015, 01:23:47 AM by anand »

anand

  • Administrator
  • *******
  • Posts: 727
Re: Rajesh Hamal - Photos and Profile
« Reply #28 on: March 17, 2015, 01:16:53 AM »
 राजेश हमाल हुन्नथे भने...

(a 2007 article)

राजेशले देखाइदिए- कलाकार खेलौना होइन । यसरी उनले कलाकारलाई इज्जत दिलाए । निर्देशकको तख्ताबाट नायकले सत्ता हत्याउन गरेको यो पहिलो कदम थियो ।


साठी वर्षउमेर पुगेका हलिउड अभिनेता मार्लोन ब्रान्डो सफलताको चुलीमा पुगेका बेला उनका निर्देशक इलिया कजानले भनेका थिए- प्रशस्त प्रतिभा भएर पनि ब्रान्डोका लागि यो पहिलो फिल्म लेखि“दैछ । डेढसयभन्दा बढी फिल्म खेलिसकेका र एकथरीले नेपाली चलचित्र उद्योगका सुपरस्टार भन्ने गरेका भए पनि कलात्मक मूल्य र गुणस्तरका दृष्टिले राजेश हमालका लागि पनि अझै पहिलो फिल्म बन्नै बा“की छ । 'राजेश हमाल नभएका भए' भन्ने प्रश्नको एउटा जवाफ यही प्रसंगमा पनि खोज्न सकिन्छ ।

सिनेमाको कलात्मकता र अभिनयका हिसाबले हेदा नायक दुइ किसिमका हुन्छन् । एउटा धेरै सोच्ने र कम काम गर्ने, अर्को कम सोच्ने र धेरै काम गर्ने । पहिलो वर्गमा अमीर खान जस्ता नायक पर्छन् जो बरु पा“च वर्षा एउटा सिनेमा खेल्छन् तर सतप्रतिशत राम्रो फिल्म खेल्छन् । राजेश दोस्रो वर्गमा पर्छन् । जे आउछ काम गर्दै जाने, सबै फिल्म खेल्ने, हिट र फ्लप नगन्ने । तर, उनको विशेषता के भने फ्लप फिल्महरूले पनि उनलाई हल्लाएनन् । उनको सट्टामा अरू कुनै नेपाली हिरोले यतिखेरै फ्लप फिल्म थेग्न सक्दैनथ्यो । यस मामिलामा उनको तुलना अमिताभ बच्चनसग गर्न सकिन्छ । अमिताभ लगातार ९ वर्षफ्लप भए तर 'सुपरस्टार' संज्ञाले सम्बोधित भए ।

राजेशसग व्यक्तिगत रूपमा मेरो परिचय चलचित्रमा आउनुअघिको हो । २०४१ सालतिर भारतीय म्यागेजिन 'सन'का लागि उनले गरेको मोडलिङको फोटो छापिएको थियो, । त्यो देख्दै मलाई लागेको थियो, यस किसिमको नायक नेपालमा चल्न सक्छ । पछि होटल ब्लुस्टारमा उनको पहिलो फिल्म 'भाग्यरेखा'को मूहुतमा नायिका कृष्टिसग उनलाई देखेपछि मलाई लागेको थियो- कृष्टि नया नायकका लागि बलि चढ्दैछिन् । हुन पनि उनी त्यतिखेरकी चर्चित नायिका थिइन्, राजेश एकदम नवआगन्तुक । पछि फिल्ममा दुघटनाहरू भए, नायक र नायिका दुवै निकालिए । त्यतिखेर मलाई लाग्यो, यो नायकका लागि अलग्गै फिल्म लेखिन बाकी छ ।

राजेश हमाल नेपाली चलचित्र उद्योगको एकदमै संकटकालमा आएका नायक हुन् । ०४६ को जनआन्दोलनपछि नायक अर्जुनजंग शाहीलाई जनताले बहिष्कार गरेका थिए । अरू दुइ नायक शिव श्रेष्ठ र भुवन केसी पनि संयुक्त लगानीका नाममा पाकिस्तान पलायन भइरहेका थिए । नेपाली चलचित्र उद्योगको इतिहासमा शून्य सालको दशक भनिने २०५० को दशकमा थुप्रै नया“ निर्देशकका लागि परिवर्तित राजेश हमालको जरुरत थियो । यसअघिका उनका सिनेमा 'युगदेखि युगसम्म' र 'देउकी'मा उनी रोमान्टिक छविका थिए । त्यसपछि चलचित्र उद्योगलाई परिवर्तित नायकको जरुरत थियो जसले एउटा का“धमा बन्दुक र अर्को का“धमा नायिका बोक्दा पनि दुवै परिस्थितिमा सुहाओस् । बजारको गणित बुझेर राजेशले यो मागको क्षतिपूर्ति गरे ।

तर, राजेश भिन्न र विशिष्ट थिएनन्, बरु आफ्ना अग्रज अर्जुनजंग शाही र शिव श्रेष्ठकै क्रमविशेषका नायक थिए । पछि उनको ख्यातिले नेपाली निर्देशक र निर्माताको प्रायः पंक्तिलाई यति धेरै आत्मविश्वास दियो कि तिनीहरू उनको नाममा पैसा खन्याउन र जुवा खेल्न तयार भए । तर, यो राजेशका लागि हानिकारक भयो । उनले प्रतिभा विस्तार गर्न पाएनन्, बरु संकुचित सीमामा कैद भए ।

राजेशले आफ्नो बौद्धिक परखका आधारमा चलचित्र छान्न पाएनन्, न उनले आफूले छानेका कैयौं चलचत्रिमा पुनरावृत्त भइरहेको महसुस गर्न सके । पचासको दशकको सुरुमा बोलेको, 'साथीका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो' जस्ता संवाद साठीको दशकको मध्यसम्म पनि उनी दोहोर्‍याइरहेका छन् ।

राजेशले एकदमै अल्प किसिमले मात्र स्टारडमलाई स्थापित गरे । बरु पहिलेका नायकहरू अर्जुन, भुवन, शिव यस मामिलामा अगाडि थिए । उनीहरूका लागि चलचित्र लेखिएका थिए । जस्तोः 'सन्तान' अर्जुनजंगका लागि, 'साइनो' भुवनका लागि, 'चिनो' र 'जीवनरेखा' शिव श्रेष्ठका लागि । नेपाली चलचित्रमा दुइ किसिमका नायकका रोल लेखिए- टेलरमेड र नन-स्त्रिmप्ट । राजेश हमलाका लागि टेलरमेड भूमिका नै बढी आए जसमा नायक होइन निर्देशक हावी हुन्थ्यो । सम्भवतः उनको अभिनय र प्रतिभालाई भन्दा पनि उनको पारिवारिक पृष्ठभूमि र शैक्षिक योग्यतालाई आकर्षाको विषय बनाएर उनको बजार बलियो बनाउने प्रयास भयो ।

राजेश वास्तवमा सुपरस्टार होइनन् । अहिले उनलाई अस्वाभाविक रूपमा त्यो पगरी गुताउने प्रयास भएको छ । सुपरस्टारका केही मापदण्ड हुन्छन् । बलिउडमै पनि निरन्तर दस वर्षहिट फिल्म दिएको नायकलाई समेत सुपरस्टारको पदवी दिएको पाइ“दैन । हामीकहा“ निर्माता-निर्देशक राजेशलाई पारिश्रमिक र परितोषक कम, इज्जतको बिल्ला बढी भिडाउने ढोंग गरिरहेका छन् । यसरी तिनले एउटा प्रतिभाको सूर्योदयलाई सर्ूयास्तमा बदलिदिने सम्भावना बढिरहेको छ ।

चलचित्र उद्योगको जुन बहाव छ त्यसका लागि राजेश 'नहुनु' को 'हुनु' मात्रै हुन् । एउटा नायकले आफ्नो शक्तिशाली युगमा तीनवटा कुरालाई स्थापित गरेको पाइन्छ । पहिलो, छवि । उदाहरणका लागि बलिउडमा १९७० को दशकमा अमिताभ बच्चनले क्रूद्ध युवा नायकको छविलाई स्थापित गरे । बलिउडमै १९५० को दशकमा 'थ्री बिग' देवानन्द, दिलीपकुमार र राजकपुरले आफ्नो व्यक्तित्वका आधारमा एकातिर गायकलाई स्थापित गरे भने अर्कातिर सिनेमाको लेखनी र संगीतको धरातललाई । राजकपुर भन्ने बित्तिकै मुकेश, देवानन्द भन्ने बित्तिकै मोहम्मद रफी, दिलीपकुमार भन्ने बित्तिकै महेन्द्र कपुर दिमागमा आउ“छन् । तर, राजेश हमालले त्यस किसिमको शौभाग्यशाली दिन बिताउन पाएनन् । या त निर्देशकले उनलाई बुझेनन् या दर्शकलाई उनले बुझेनन् । निरन्तर १५ वर्षनेपाली चलचित्र उद्योगलाई हा“क्ने नायक भए पनि र डेढसयको हाराहारीमा सिनेमा खेलिसकेर पनि आफ्ना पा“च उत्कृष्ट चलचित्र छान्नसम्म अर्समर्थ देखिन्छन् ।

तर, यसको अर्थ नेपाली सिनेमामा राजेशको उपस्थिति प्रभावहीन रह्यो भन्ने होइन । राजेश हमाल नभइदिएको भए नया“ निर्देशक आउन धेरै गाह्रो पथ्र्यो । उनले सहज रूपमा नया“ निर्देशकलाई मौका दिए । उनले सबैखाले पटकथा स्वीकार गरेर परोक्षरूपमा नया“ लेखकलाई पनि मौका दिए । उनमा एउटा स्वतन्त्र छवि के देखियो भने चलचित्र उद्योगको हाराकिरीलाई उनले तोडिदिए । नत्र त्यसअघि सिनियर-जुनियर कलाकारको भेदभाव थियो, व्यावसायिकता कम थियो । तर, राजेश हमालले त्यसो गरेनन् । उनको व्यावसायिक प्रतिबद्धता १ नम्बरमै पर्दथ्यो । आफूले करार गरिसकेको काममा उनी पूण अनुबन्धित भए ।

राजेश वास्तवमा अभिनयका अत्यन्त साधारण विद्यार्थी र अझ साधारण पारखी मात्रै हुन् । उनी प्राज्ञिकस्तरमा अभिनयका सबै पक्षबारे जानेको तर व्यावहारिक र अभ्यासका क्रममा त्यति खरो नदेखिने अभिनेता हुन् । उनको अभिनयकालको सुरुमा ठूलो प्रतिस्पर्धा थियो । त्यतिखेर नेपाली रंगमञ्चका कर्ीर्तिस्तम्भहरू हरिहर शर्मा, नीर शाहजस्ता कलाकारहरू अग्रपंक्तिमा थिए । राजेश चलचित्रमा सफल हु“दै गएपछि ती पछि परे र राजेश नै राजेशका प्रतिस्पर्धी भए । फेरि उनका प्रतिस्पर्धी कलाकार पनि वास्तविक रूपमा कलाकार थिएनन् । त्यो उनका लागि दुभाग्यपूण्ा शौभाग्य भयो । यसरी दुलभ क्षमताबिना नै 'सुपरस्टार' हुने समय उनी आफैंले बनाए । राम्रा सिनेमाहरू पनि उनको व्यावसायिक शरणमा परे र तिनले आत्महत्या गरे ।

राजेश हमालले आफ्नो भिन्न स्थान पक्कै बनाए । किनकि उनका अग्रपंक्तिका नायकहरू टिप्पणीका विषय बनेनन् । राजेश सा“च्चै नभएको भए दुइवटा कुराको विकराल समस्या हुन्थ्यो, पहिलो- निजी चलचित्र उद्योग सरकार र्समर्थक हुन्थ्यो, सरकारी सुविधामै चल्थ्यो, व्यवस्थाको प्रचारप्रसार गथ्र्यो । हामीकहा“ फरक फरक '२५ वसन्त' मात्रै बनिराख्थे । दोस्रो- अभिनय पेसा नै सीमित व्यक्तिको बपौती बन्थ्यो र त्यसलाई युवाको आकर्षाका माध्यम बन्न दिइन्नथ्यो । हिरो हुन धेरै वर्षनायक खेल्नर्ुपर्छ भन्ने हुन्थ्यो । भोटो फटाउने परम्पराले जरो गाड्थ्यो । राजेश हमालभन्दा अघिका अधिकांश अभिनेता रंगमञ्चबाट आएका थिए । नेपाली चलचित्रमा सरकारी हस्तक्षेप कम गराउनमा राजेश हमालको भूमिका छ । उनी अघिका अर्जुनजंग शाहीसम्म पनि सरकारले पञ्चायती व्यवस्थाका लागि शान्तिदीप र २५ वर्षबनाइरहेको थियो ।

राजेशले नेपाली चलचित्र उद्योगको संस्कारमा एउटा सीमासम्म हस्तक्षेप गरे । उनी आउनुअघिसम्म सिनेमामा सामन्ती संस्कार थियो । यद्यपि, उनी पनि सामन्ती परिवारबाट आएका थिए तर उनी व्यक्ति फरक थिए । 'अधिकार' नामको फिल्ममा उनले प्रकाश थापा नामको निर्देशकको मनमानीलाई अंगभंग गरिदिए । त्यतिखेर प्रकाश थापालाई 'ठाकुर,' र नेपाली चलचित्रका शिखर पुरुष मानिन्थ्यो । उनी निर्देशक नै सर्वोपरि हो, कलाकार केही पनि होइन भन्थे । तर, राजेशले देखाइदिए- कलाकार खेलौना होइन । यसरी उनले कलाकारलाई इज्जत दिलाए । निर्देशकको तख्ताबाट नायकले सत्ता हत्याउन गरेको यो पहिलो कदम थियो । यही द्वन्द्वबाट उनी 'रिल' मात्र होइन 'रियल' नायकका रूपमा पनि चिनिएका हुन् ।

राजेश नभएका भए पनि नेपाली निर्देशकहरूले 'टिपिकल' -अर्को शब्दमा ३२ लक्षणयुक्त) नायकको खोजी गरिरहेका त थिए तर त्यसरी खोजिएका नायक सायद दुइ-तीन वर्षन्दा बढी टिक्दैनथेे । किनकि तिनीहरू राजेशजस्ता नायक हुन्नथे, निर्देशकद्वारा बनाइएका कृत्रिम नायक हुन्थे । राजेशले आफ्नो संर्घषकै क्रममा बाहिरी जीवनमा पनि आफूलाई अन्य किसिमका नाटकीय छविबाट स्थापित गर्दै लगे । जस्तो ः परम्परालाई उनले व्रि्रोहीस्वरूप दिए । खातेबालकलाई खाना बा“डेर र बाबु मर्दा कपाल नकाटेर मात्र होइन नांगो फोटो छापिएको दबाब सहेरसमेत उनले आफूलाई भिन्न स्थापित गरे ।

सुरुमा मिडिया राजेशप्रति अति अनुदार थियो । संर्घष्ाका दिनमा उनलाई मिडियाले बहिष्कार गर्‍यो । उनका बारेमा प्रायः नकारात्मक टिप्पणी छापिए, नांगो फोटो त पराकाष्ठा नै थियो । 'भाग्यरेखा'मा अभिनय गर्दा उनले 'रिफ्लेक्टर' हेन सकेनन् भनेर छापियो । उनलाई 'डेढो', नायिकाहरूस“ग नबोल्ने र उग्र अहम् भएको नायक सावित गर्ने प्रयास भयो । तर यस मामिलामा पनि उनलाई अमिताभ बच्चनसग तुलना गर्न सकिन्छ । अमिताभलाई पनि मिडियाले दाया“ कुम बांगो र तीनवटा टाङ भएको सम्म भनेको थियो । राजेशले पनि यो खालको अपमान झेले ।

राजेश कहिल्यै अफेयरमा परेनन् । उनी 'सुसंस्कृत' नायकमध्ये एक हुन् । तर, उनको सफलता एक किसिमले संयोग पनि थियो । पढेकै आधारमा सफल हुने भए विजय लामा र प्रकाश अधिकारी पनि सुपरस्टार हुनुपर्ने हो । राजेश आफैंले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए- जुन बेला मैले अभिनय गर्न थालेको थिए“, मलाई थाहा छैन, म चले“ कि मेरा फिल्महरू चले । संयोगवश मैले फिल्म खेल्न थालेदेखि राजनीतिक परिवर्तन पनि हुन थाल्यो, फिल्महरू पनि धेरै बन्न थाले र मैले काम पनि पाए“ ।'

तर, यति मान्नैपर्छ, राजेशविनाको नेपाली चलचित्र उद्योग यहा“सम्म आउनै सक्दैनथ्यो । उनी भएको कारणले मात्रै विश्वमा नभएको इतिहास यहा“ बनेको छ । त्यो के भने यहा“ नायकभन्दा पा“च गुना बढी निर्देशक जन्मेका छन् जुन नायकका लागि पनि एउटा खतरा हो ।

राजेश नभएको भए नेपाली सिनेमामा व्यावसायिकताको युग नै सुरु हुन्नथ्यो । उनले यहा“ एउटा मोड ल्याए, चाहे त्यो उनको सिनेमाको उपस्थितिमा होस्, चाहे गैरफिल्मी व्यवहारले । दोस्रो ः समय र समकालिकतालाई उनले ठूलो महत्त्व दिए । तेस्रो ः उनले सबैभन्दा ठूलो कुरा काम गरिरहनु नै हो भन्ने देखाए ।

सुपरस्टारले चुनौतीपूण भूमिका गर्न पाउन्न, ऊ बजारशास्त्र र फिल्म पण्डितको जालोमा परिसक्छ । उनले कपाल खौरिनुमात्र पनि आत्मदाह हुन सक्छ । राजेशको सबैभन्दा नकारात्मक पक्ष १० वर्षा पनि उनले आफूलाई परिवर्तन गर्न सकेनन् । त्यति शिक्षित भएर पनि नेपाली सिनेमालाई अन्तर्रर्ााट्रयकरण गर्ने विषयमा उनको भूमिका न्यून र गौण रह्यो । आजको परिस्थितिमा उनी अन्तर्रर्ााट्रय स्तरका निर्देशकहरूस“ग काम गरिरहेको हुनुपथ्र्यो । तर, उनी पोलिटिकल्ली 'नकरेक्ट' भएर केही प्राविधिक ज्ञान नभएका निर्देशकहरूको मुठ्ठीमा सीमित भए । राम्रो प्राविधिक ज्ञान भएका निर्देशकहरूले उनलाई दोहर्‍याएको देखिएन, जस्तोः किशोर राना, उज्ज्वल घिमिरे उगेन छोपेल, श्याम प्रधान ।

उमेरका हिसाबले उनी पा“च दशकको हाराहारीमा पुगे । उनले अब विशिष्ट र शिष्ट फिल्म खेल्नुपर्छ । अब उनलाई ख्यातिको जरुरत छैन । त्यसैले ४ हप्तामा सकिनेभन्दा बरु डेढ दुइ वर्षै तयार हुने राम्रा सिनेमातिर लाग्नुपर्छ । अभिनयका गुरुहरू अनुप बराल र सुनील पोखरेलस“ग रिफ्लेसमेन्ट कोर्स गर्नुपर्छ, जस्तो भारतमा कमल हसनहरू गर्छन् । सा“च्चै अभिनेता बन्न उनी स्वयं पनि प्रवीणता प्राप्त गर्न परीक्षामा उत्रनुपर्छ । यो हरेक कलाकारको जीवनमा आउने सफलताको धुरीमा या त चढ्नुपर्ने या ओर्लिनुपर्ने वाञ्छित क्रमको सुरुवात यसरी नै हुन्छ ।



*** December 2007***
त्यसै लोकप्रिय

०४६ को राजनीतिक परिवर्तनलगत्तै साना बजारमा कति वटा 'मिनीहल' खुले, सरकारसग त्यसको सही तथ्यांक छैन । बिजुली नगएका ठाउ“मा पनि जेनेरेटर र ब्याट्रीले चल्ने, बा“सका कप्टेराले घेरिएका यस्ता हल निकै खुले । फिल्म हर्ेन दौडेर ठूलै सहर पुग्नुपर्ने बाध्यताबाट यी हलले ग्रामीण युवालाई जोगाइरहे । तर, देशमा माओवादी जनयुद्ध सुरु भएपछि यी हल चल्नै नपाई बन्द भए ।

यी यस्ता हल थिए, जसमा पुरानै भए पनि नेपाली फिल्म चल्थे । हिन्दी नै चलाउनुपर्‍यो भने सकेसम्म मिथुनका फिल्म चलाइन्थे । समग्रमा भन्दा कि राजेश हमाल कि मिथुन चक्रवर्ती, अन्य हिरोप्रति दर्शकमा खासै चासो हुन्थेन । ०४६ मा फिल्म 'करिअर' सुरु गरेका राजेश हमाल केही वर्षै नेपाली फिल्मको 'एकल नायक' बनिसकेका थिए । उनीअघिका शिव श्रेष्ठ र भुवन केसीभन्दा राजेशका बीचमा खास फरक के थियो भने शिव र भुवनका फिल्म हिट हुन्थे । तर, राजेश आप+mै हिट हुन्थे, फिल्म चाहे पmलप किन नहोस् ।

अग्लो शरीर, लामो कपाल, कालो वर्ण्र्ाा वजनदार आवाजका बलमा राजेश हमालले नेपाली सिनेमामा अनेकौं करामत देखाए । धेरैजसो फिल्ममा गरिब किसान र व्रि्रोहीको भूमिका गर्ने राजेशले मौका मिल्दा कपाल पालेरै पुलिस इन्सपेक्टरको भूमिका पनि गरे । राजेशको कपालको लोकप्रियता यस्तो थियो कि कोही निर्देशक उनलाई प्रहरीको भूमिकाका लागि पनि राजेशलाई कपाल काट्ने आग्रह गर्न सक्दैनथे । तर, राजेशको यो करिश्मालाई व्यक्तित्व र सफलताले नेपाली सिनेमाको विकासमा खासै योगदान गर्न सकेन ।

राजेश आफू हिट थिए, यसैले फिल्म फ्लप भए पनि उनलाई फरक पर्दैनथ्यो । यसैले उनले राम्रा फिल्म खेल्नेतिर ध्यान दिएनन् । एउटा सडकको गुण्डा र ऐतिहासिक पात्र गगनसिंह दुवैको भूमिकामा राजेशको कपाल हल्लाउने र गर्जिने शैलीमा कुनै भिन्नता छैन । अर्थात् कुनै पनि फिल्ममा राजेश चरित्रको सट्टा आप+mै उपस्थित हुन्छन् । उनको डरलाग्दो सफलताले थुप्रै नया“ मान्छेलाई निर्देशक बन्ने अवसर दियो । नेपाली फिल्म क्षेत्रमा सबैभन्दा धेरै नया“ निर्देशक राजेशको बलमा फिल्म बनाउन तयार भएका छन् । राजेशको फोटो पोस्टरमा राखेपछि फिल्म चल्छ भन्ने मान्यता बोकेका यी निर्माता-निर्देशकले फिल्म राम्रो बनाउनेतर्फखासै ध्यान दिएनन्, जति ध्यान राजेशलाई फिल्ममा खेलाउनेमा दिए ।

राजेशले पनि पटकथा हेरेर कहिल्यै काम गरेनन् । यस हिसाबले राजेश हमालले गर्दा नेपाली सिनेमाको स्तर बढ्न सक्ने एउटा सम्भावना सजिलै टर्‍यो भन्न सकिन्छ । यदि राजेशजस्तो पोस्टरकै बलमा फिल्म चलाउन सक्ने कलाकार नभएको भए, नया“ तथा पुराना सबै निर्देशक आपmनो कला र पटकथामा मेहनत गर्न बाध्य हुन्थे । फिल्मको मुख्य कुरा राजेश हमालजस्तो कुनै सुपरस्टार नभएर पटकथा हुनसक्थ्यो । बजारमा पढेका र खानदानी भनेर चिनिने राजेशले फिल्म भने त्यो छविविपरीतका खेले ।

राजेशले आपmनो सफलताको बलमा नेपाली फिल्मलाई नया“ दिशा पनि दिनसक्थे । मौलिक र स्थानीय विषय भएका फिल्मलाई प्रोत्साहन गरेर वा त्यस्ता पटकथाको माग गरेर । जब सफलताको सूत्र नै राजेशको मुठीमा थियो भने उनले त्यो राम्रो फिल्मको प्रवर्द्धनमा पनि प्रयोग गर्न सक्थे । तर, राजेशले यस्तो गरेनन् । उनी नेपाली फिल्मका सबैभन्दा सफल कलाकार अवश्य हुन् तर एउटा कलाकारका रूपमा उनी जतिको दोहोरिएको र सा“घुरो परिधि भएको कलाकार पनि कोही छैन । धेरै फिल्म खेल्ने चक्करमा राजेशले जस्ता पनि फिल्म खेले, यसको दोष सबैभन्दा पहिले र बढी उनैलाई आउ“छ । आफूले अभिनय गर्ने फिल्मको स्तरका विषयमा नायकको जिम्मेवारी केही पनि रहदैन भनियो भने त्यो कुनै जिवन्त अभिनेता होइन, 'रबरको कलाकार'को कुरा हुन जानेछ ।

anand

  • Administrator
  • *******
  • Posts: 727