Author Topic: Suntali (of Meri Bassai) - Kunjana Ghimire  (Read 13055 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Suntali (of Meri Bassai) - Kunjana Ghimire
« on: December 15, 2011, 02:59:52 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #1 on: December 15, 2011, 03:00:16 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #2 on: December 15, 2011, 03:00:32 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #3 on: December 15, 2011, 12:43:00 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #4 on: December 15, 2011, 12:43:27 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #5 on: September 15, 2012, 04:54:14 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #6 on: September 15, 2012, 04:54:23 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #7 on: August 17, 2014, 09:34:53 AM »
‘सुन्तली’को सेक्रेट-हवाई चढ्न डराउछिन्

हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले हालै आफ्नो सेक्रेट कुरा सार्वजनिक गरी हवाइजहाज चढ्नु डरलाग्दो हुने बताएकी छन् । त्यसैले उनी नेपालभित्रका कार्यक्रममा सकेसम्म जहाज नचढेरै पुग्छिन् गाडीबाट । उनले कारबाट कार्यक्रममा पुग्ने बताएकी छिन् ।

विदेश जानेबेला भने जहाज बाध्य भएर चढ्नुपर्ने भएकाले गन्तव्यमा नपुगुन्जेल मुटुको धड्कन तीब्र हुन्छ रे ।

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #8 on: July 17, 2015, 06:03:52 AM »
‘बिहे नगरे अात्महत्या गर्छु भनेका थिए’- कुञ्जना


काठमाण्डौ , कुञ्जना घिमिरे (सुन्तली)को कुरा निस्कनेबित्तिकै सीताराम कट्टेल (धुर्मुश)को कुरा निस्किहाल्छ । नेपाल टेलिभिजनमा एक दशकभन्दा बढी समयदेखि हिट मेरी बास्सै श्रृंखलाका श्रीमान्–श्रीमती भएका कारण मात्र यसो भएको होइन, उनीहरू वास्तविक जीवनका पनि जीवनसाथी भएकाले सीतारामसँग कुञ्जना जोडिनु अनौठो होइन ।

तैपनि जानेर–नजानेर कलाकार सीतारामकी श्रीमती कुञ्जना भनिएकोमा भने उनको चित्तदुखाइ छ । यी दुई कलाकारले भूकम्पपीडितका लागि घर बेचेर भए पनि सहयोग गर्ने समाचार भाइरल भएपछि साप्ताहिकले वास्तविक कुरा थाहा पाउन कुन्जनासँग समय लिएको थियो ।

अन्तर्वार्ता दिन एक वर्षकी छोरी च्यापेर कान्तिपुर परिसरमा आइपुगेकी कुञ्जनाले सुरुमै भनिन्, ‘म सीतारामजीसँग विवाह गर्नुअघि देखिकै कलाकार हुँ । हामीलाई कलाकारिताले जोडेको हो । त्यसपछि मात्र हामी श्रीमान्–श्रीमती भएका हौं ।’ महिला अधिकारको कुरा सुरुमै आएपछि साप्ताहिकले पनि त्यहीँबाट वार्ता थालनी गर्‍यो ।

तपाईं कलाकार कुञ्जना घिमिरे कि श्रीमती सीताराम कट्टेल ?
म घरमा सीतारामकी श्रीमती हुँ । अझ मेरा श्रीमान् सीतारामजी हुन् भन्दा न्याय होला । बाहिर भने म पनि कलाकार, सीतारामजी पनि कलाकार । बाहिर हामी बराबर हौं । जानेर हो कि महिलाप्रति न्याय गर्न नसकेर हो, मलाई कलाकार सीताराम कट्टेलकी श्रीमती भनिन्छ । यसो गर्दा त मेरो कलाकारिताप्रति न्याय भएन नी ।

तपाईं कलाकार हो भन्ने कुरा कसलाई थाहा छैन र ?
सबैलाई थाहा छ । तैपनि बोल्दा वा लेख्दा मलाई उहाँकी श्रीमतीका रूपमा चिनाइन्छ । पुरुषप्रधान समाज भएकाले महिलालाई यसै भन्नुपर्छ भन्ने लागेर हो कि थाहा नपाएर हो कि सीतारामजीसँग जोड्दा मेरो छुट्टै अस्तित्व छ भन्ने कुरा बिर्सने गरिन्छ ।

यस्तो कुरा कहिले–कहिले महसुस गर्नुभयो ?
पत्रिकामा हाम्रो समाचार आउँदा पनि धुर्मुसकी सुन्तली वा यस्तै पदावली प्रयोग गरिन्छ । स्टेज कार्यक्रममा पनि त्यस्तै भनिन्छ । सरकारले हामीलाई सफाई दूत नियुक्त गर्‍यो । सरकारले मलाई उहाँसरहकै सफाई दूत नियुक्त गरेको हो । बाहिर आउँदा म दोस्रो दर्जा जस्तै सुनिन्छु वा लेखिन्छु । यो मैले विवाहपछि लगातार महसुस गर्दै आएको कुरा हो ।

सीतारामजी तपाईंभन्दा सिनियर कलाकार, निर्देशक पनि । त्यही कारणले पो तपाईंको नाम पछाडि लिइएको हो कि ?
त्यसरी बुझेर लेखिएको होइन । पुरुष मनोविज्ञानका कारण महिलालाई पछि पारिएको हो । महिला भनेको पुरुषभन्दा पछिकै प्राणी हो भन्ने भावनाले गरिएको हो । साँचो कुरा गर्ने हो भने त सीतारामजी स्पट ब्वाइ हुँदा म नायिका भैसकेकी कलाकार हुँ । त्यतिबेला

मैले रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेर नाटकमा काम गरिसकेकी थिएँ । उहाँले मभन्दा अघि कलाकारितामा संघर्ष गर्नुभयो होला । उहाँको संघर्ष र योगदान मेरोभन्दा बढी होला । तैपनि बरिष्ठताको कुरा गर्ने हो भने म बरिष्ठ कलाकार हुँ ।

यसोभन्दा लौ कुञ्जना र सीतारामबीच प्रेम छैन, केही गडबड हुन लाग्यो भन्ने पर्ला नि ?
(लामो हाँसो) हो, त्यस्तो कुरा पनि उठ्ला । त्यस्तो हुँदै होइन । हामीबीच कति प्रेम छ भन्ने कुरा म कसरी वर्णन गरौं ? म उहाँको प्रेम र हाम्रो विवाहको कुरा सम्भँmदा नै भावुक हुन्छु । कति दु:ख गरेर उहाँले मलाई फकाउनुभएको छ ।

उहाँले लगातार ५ वर्ष इमोसनल ब्ल्याकमेल गरेर मसँग विवाह गर्नुभएको हो । उहाँ मेरो घरमा ज्वाइँ होइन, छोरो हुनुभएको छ । मेरो माइतीमा उहाँको निर्णयलाई अन्तिम मानिन्छ । विवाह जति पुरानो हुँदैछ, उति नै हामी गहिरो प्रेमको अनुभूति गरिरहेका छौं । हाम्रो प्रेम र सम्बन्धसँग मैले गरेको कुराको कुनै सम्बन्ध छैन । मैले महिलालाई हाम्रो समाजले किन दोस्रो दर्जामा राखेर हेर्छ भन्ने कुरा मात्र गरेकी हुँ ।

तपाईंले भर्खरै भन्नुभयो, सीतारामजीले तपाईंको ५ वर्षसम्म पिछा गर्नुभयो । इमोसनल ब्लाकमेल गर्नुभयो । विवाहपछि उहाँ माइतीमा ज्वाइँ होइन, छोरा जस्तो हुनुभएको छ । यसको अर्थ उहाँको प्रेम धेरै, तपाईंको प्रेम कम देखियो नि ?
सत्य कुरा के हो भने मैले सुरुमा उहाँलाई त्यो रुपमा हेरेकी थिइनँ । म त्यो दृश्य सम्झिन्छु, जुन बेला म हिरोइन भएर मेकअप गरिरहँदा उहाँले मलाई ऐना देखाइरहनुभएको थियो । यस अर्थमा मनमा कतै उहाँभन्दा अलिकति भए पनि म बरिष्ठ हुँ भन्ने परेको हुनसक्छ, तर मैले कहिल्यै जानेर नजानेर त्यस्तो व्यवहार गरिनँ । उहाँप्रति मैले सधैं साथीको व्यवहार गरें । मेरो व्यवहार देखेरै उहाँले मलाई मन पराउनुभएको हो ।

‘मसँग विवाह गरिनौ भने आत्महत्या गर्छु’ समेत भन्नुभएको हो । सँगै अभिनय गर्नु पर्ने भएकाले उहाँ बारम्बार मेरो घर पनि जानुहुन्थ्यो । मलाई मात्र होइन, घरमा पनि उहाँले आफू असल व्यक्ति हो भन्ने कुरा प्रमाणित गर्न चुक्नुभएन । यसो गर्दै जाँदा मलाई यो मान्छेसँग जीवन बिताउन सकिन्छ भन्ने लाग्दै गयो । उहाँले पहिले मन पराउनुभएको हो तर बिस्तारै म पनि उहाँको मायामा पर्दै गएँ ।

सीतारामजीले जति तपाईंलाई माया गर्नुहुन्छ, तपाईं पनि उत्तिकै गर्नुहुन्छ ?
विवाहअघि उहाँले धेरै माया गर्नुभएको हो । मलाई पाउने धेरै प्रयास पनि गर्नुभयो । त्यसैले काठमाडौंमा उहाँलाई केही पर्दा म साथ दिन्थें । उहाँ झापाबाट आउनुभएकाले धेरै दु:ख थियो । म यहीँको रैथाने भएकाले कलाकारितामा संघर्षरत भए पनि आर्थिक अभाव खासै थिएन ।

मलाई पाउन उहाँले धेरै प्रयास गर्दा म उहाँ जति माया गर्दिन कि भन्ने पर्न सक्छ । सम्भवत: उहाँलाई पनि त्यस्तै लाग्दो हो । साँच्चै भन्ने हो भने विवाहपछि चाहिँ म उहाँलाई धेरै माया गर्न थालेकी छु । विवाहअघि पनि म उहाँको ऋण तिर्न, भाइहरूलाई विदेश पठाउन आर्थिक सहयोग गर्थें । सम्भवत: त्यो माया नै थियो ।

अहिले सम्झदा तपाईं र सीतारामजीको प्रेम कस्तो थियो ? प्रेममा जुन तडप, एक्लोपन वा सँगै हुँदाको आनन्द हुन्छ, त्यो महसुस गर्नुभयो ?
मैले त्यस्तो कुनै अनुभव गर्न पाइनँ । खासमा सधैं सँगै हुँदा म उहाँलाई मन पराउँछु, माया गर्छु भन्ने कहिल्यै लाग्दैनथ्यो । तपाईंको सधैंभरिको साथीले म तिमीसँग विवाह गर्छु, प्रेम गर्छु भन्दा पत्याउनुहुन्छ ? पक्कै पत्याउनु हुन्न । पत्याए पनि के रमाइलो होला र ? भनेर टार्नुहुन्छ ।

मलाई त्यस्तै हुन्थ्यो । मेरो टिमका सबैले सीतारामले तिमीलाई असाध्यै माया गर्छ भन्दा मलाई पत्यार लागे पनि त्यति खुसी महसुस हुँदैनथ्यो । म करियरमै फोकस हुन चाहन्थें । कलाकार भनेको त्यस्तै त हुन् नी भन्ने खालको कुरा मेरा बारेमा सुन्नु नपरोस् भन्ने चाहन्थे ।

विवाहपछि तपाईं बुहारी पनि हो । सीतारामजीले ससुरालीमा छोरा जस्तो व्यवहार गरिरहँदा तपाईंले झापामा छोरी जस्तो व्यवहार गर्न सक्नु भएको छ ?
मेरा तर्फबाट गरेजस्तो लाग्छ । मेरो व्यवहारबाट उहाँहरू खुसी पनि हुनुहुन्छ, तर तपाईंलाई एउटा प्रश्न सोध्छु– हाम्रो समाजमा छोरी सुत्केरी भएर माइत जाँदा आमाले छोरीको खुट्टामा तेल लगाइदिन्छन् । के बुहारी सुत्केरी हुँदा सासूले तेल लगाइदिन्छन् ? अहिलेसम्म सासुले छोरीलाई जस्तै शतप्रतिशत व्यवहार बुहारीप्रति गर्छन् भन्ने मलाई लाग्दैन ।

एउटै घरमा दुई कलाकार हुँदा धेरै त कामकै कुरा होला ? माया प्रेम र रोमान्स अपूग भए जस्तो लाग्दैन ?
धेरै लाग्छ । उहाँले त मलाई माया गर्नुभयो, मन पराउनु भयो र विवाह पनि गर्नुभयो । मैले त्यो सबै कुरा महसुस गर्न पाइनँ । जहिले पनि करियरमै फोकस भएँ । अहिले पनि कामकै टेन्सन छ । कहिलेकाहीँ म जिस्किएर भन्छु, अरु ४० वर्षसम्म रोमान्स गर्छन् । हामी ४० वर्षपछि फुर्सदले घुमघाम र रमाइलो गरौंला ।

हनिमुन भन्छन् नि, त्यस्तो केही योजना बनाउनुभएन ?
कार्यक्रमको सिलसिलामा हामी बाहिर गैरहन्छौं । त्यसैलाई हामीले हनिमुन ट्रिप मान्ने गरेका छौं । आयोजकहरूले पनि जिस्किएर लौ, यसैलाई हनिमुन मान्नुहोला भन्थें, हामी त्यसैमा रमाउँथ्यौं ।

दुवै जना चल्तीको कलाकार, कति पैसा कमाउनुभयो ?
उहाँ जेठो छोरो, उहाँको काँधमा भाइ–बहिनीको विवाह, करियरजस्ता धेरै जिम्मेवारी थिए, ऋण थियो । त्यो सबै तिरियो । अहिले काठमाडौंमा एउटा अढाइ तल्ले घर बनाएका छौं । खासै ठूलो प्रगति गर्न सकिएको छैन । बाहिरबाट हेर्दा ठूलो प्रगति देखिए पनि वास्तविकता त्यस्तो हुँदो रहेनछ ।

त्यो घर पनि भूकम्प पीडितको सहयोगका लागि बेच्ने घोषणा गर्नुभएको रहेछ । यो साँच्चै हो कि प्रापोगन्डा मात्र हो ?
यसलाई प्रचार खोजेको नभन्नु होला । हाम्रो नाम त पहिल्यै छ नि । नाम कमाउन किन यस्तो घोषणा गर्नुपर्‍यो । बरु यसले बद्नाम बढी हुन्छ । खासमा कुरा के भने हामीलाई सरकारले सफाइ दूतमा नियुक्त गरेपछि सफाईसम्बन्धी रकम जम्मा गर्न अमेरिकाका २६ स्थानमा कार्यक्रम गर्ने निर्णय गर्‍यौं । भुइँचालो जाँदा हामीले अमेरिकामा ४ वटा कार्यक्रम सकेका थियौं । अरु २२ वटा कार्यक्रम गर्न बाँकी नै थियो । त्यसबाट १६ लाख ५० हजार जम्मा भएको थियो । अचानक भूकम्प गयो । हामीले थप कार्यक्रम गर्न सकेनौं ।

बाहिरबाट हेर्दा नेपाल ध्वस्त भएको, केही बाँकी नरहेको जस्तो भएपछि म रुन मात्र सकिनँ । आयोजकको पैसा डुबे पनि हामी जबरजस्ती नेपाल फर्कियौं । हामीले त्यही जम्मा भएको पैसाले भूकम्पप्रभावित क्षेत्रमा काम गर्ने निर्णय गर्‍यौं । त्यसमा सगुन डटकम तथा जीवन विज्ञानले थप सहयोग पुर्‍याए । ललितपुर, धादिङ, भक्तपुर तथा काठमाडौंका केही स्थानमा राहत बाँडियो । ५० वटा ट्वाइलेट बनाइयो । एउटा विद्यालय भवन बनाइयो । यसरी अघि बढ्दै जाँदा यो अलि–अलि राहत दिएर केही हुँदैन, गाउँ नै बनाउनुपर्छ भन्ने लाग्यो ।

त्यसपछि ?
हामीले काभ्रेको पहरी बस्तीको डाँडा गाउँमा एकिकृत बस्ती निर्माण गर्ने योजना बनायौं । हामीलाई सहयोग गर्ने हातहरू धेरै थिए । त्यसैले पनि हामीले यो आँट गर्‍यौं । काम सुरु पनि भयो । काम गर्दै जाँदा त्यो बस्ती बनाउन १ करोड रुपैयाँ लाग्ने रहेछ । हामीसँग १० लाख मात्र बाँकी थियो ।

काम अलपत्र छाड्न मिलेन । गाउँलेहरूलाई सपना बाँडिसकेका थियौं, पछि हट्न सकिएन । यही बेला मैले आँट गरेर सीतारामजीलाई भनें, ‘अरूका श्रीमतीले घर बचाउनुपर्छ भन्छन्, समाजका लागि यो घर बेचौं । आधा पैसा समाजसेवामा लगाऔं । आधा पैसाले एकतले घर बनाऔं । यसो गर्दा हाम्रो बास पनि रहन्छ, गाउँ पनि बन्छ । यही कुरा बाहिर आएको हो ।

घर बेच्नुभयो त ?
छैन ।

अनी घर नबेची ‘घर बेचेको पैसा गाउँ बनाउन’ भन्ने समाचार किन दिनुभएको ?
होइन, घर बेचेर भए पनि बस्ती निर्माण गर्छौ भन्ने कुरा गरेको हो । अहिले पनि घर बिक्री भयो भने सबैका अघि हामी आधा पैसा त्यो गाउँको निर्माणमा लगाउँछौं । प्रपोगन्डा गरेको होइन । कसैले ऋण दिन्छ भने हामीलाई दिनुहोस्, घर बेचेर तिर्छौ भन्दा त्यस्तो कुरा बाहिर आएको हो । हाम्रो मुख्य उद्देश्य जुनसुकै उपाय लगाएर भए पनि डाँडा गाउँको काम नरोकियोस् भन्ने हो । यो समाचार आए पछि केही सहयोग पनि आउन थालेको छ ।

अहिले आएर अलि भावुक निर्णय गरिएछ भन्ने लाग्दैन ?
हामीले जे लियौं, समाजबाटै लियौं । पैसा पनि यिनै दर्शकहरूबाट पाएका हौं । गर्नुपर्ने बेलामा चुप लागेर बस्न मनले मानेन । यसलाई बुझ्नेले सही निर्णय भन्लान्, कसैले प्रचार भन्लान् । त्यो कुरासँग हामीलाई मतलब भएन । जसरी पनि गाउँ बन्नुपर्‍यो । हामीले बनाएको गाउँ देखेर अरूले पनि त्यस्तै काम गरून् भन्ने हिसावले काम गरिएको हो । आखिर मान्छेलाई बस्न अढाइ तल्ले घर नै किन चाहियो ? एकतले भए हामीलाई पुगिहाल्छ नि ।
साभार – कान्तिपुर साप्ताहिक

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Suntali (of Meri Bassai) - Kunjana Ghimire
« Reply #9 on: October 30, 2016, 02:07:10 PM »