Author Topic: Neeta Dhungana - सेक्स ट्वाइलेट गएजस्तै नियमित  (Read 9945 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
सेक्समा उदार तर छाडा रुपमा प्रस्तुत हुनेक्रम बढीरहेको नेपाली रजतपटमा नायिका नीता ढुंगानाले सेक्सलाई रमाइलो ढंगले परिभाषित गरिदिएकी छिन् । हालै एउटा पत्रिकामा अन्तर्वार्ता दिँदै नीताले सेक्सलाई नियमीत ट्वाइलेट गएजस्तै भन्दै नियमीत सेक्स गर्नुपर्ने बताएपकि छिन ।

सेक्स प्राकृतिक आवश्यकता भएको निताको भनाइ छ । सेक्सलाई सामान्य रुपमा परिभाषित गरेपनि नीताले चपली हाइटपछि आफूलाई पनि यौनजन्य चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएको तर त्यसलाई आफूले अस्वीकार गरेको बताएकी छिन् । उनले चलचित्रमा मात्र होइन, अन्य सञ्चारमाध्यममा पनि सेक्सलाई बढी फोकस गर्न थालिएको भन्दै अन्र्तवार्ताका क्रममा चिन्तासमेत जनाइन ।

चलचित्रमा मात्र होइन, अरू माध्यममा पनि सेक्सको वाहियात लाग्ने गरी चर्चा भइरहेको भन्दै सेक्स ट्वाइलेट जानुजस्तै प्राकृतिक कुरा भएको नीताले खुलस्त पारिन । ट्वाइलेट गएजस्तै सेक्स भन्ने निता कति ट्वाइलेट गइन भन्ने चाहिं अन्र्तवार्ताका पत्रकारले सोध्न छुटाए वा ट्वाइलेट धाउनाले सोध्न भ्याएनन त्यो भगवान जानुन ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
हराइन रे


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
चाँडै आउ है चलचित्रबाट नायिकाको रूपमा सिने क्षेत्रमा प्रवेश गरेकी नीता ढुंगानाले ‘छ एकान छ’, ‘मसान’, ‘नोटबुक’, ‘दबाब’लगायतका चर्चित सिनेमामा अभिनय गरेकी छिन् । चलचित्र ‘नोटबुक’को ‘गाला रातै…’ गीत हिट भएपछि नीता ‘गाला रातै केटी’ को नाम चिनिन थालिन् । उनले ‘अजम्बरी नाता’ र ‘मितिनी’ चलचित्रमा बालिकाको भूमिकामा अभिनय गरेकी थिइन् । हाल ‘रेस’ चलचित्र र म्युजिक भिडियो सुटिङमा व्यस्त नीताको ‘लेकसाइड’, ‘निर्भय’ र ‘पञ्चायत’लगायतका चलचित्र केही महिनामा प्रदर्शनमा आउँदै छन् ।






tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159

dave123kid

  • 50x
  • ****
  • Posts: 91

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
माया सकिएर टुट्यो – नीता ढुंगाना/नायीका
मङ्ल, मंसिर २८, २०७३ -

पर्दाभित्र होस् वा बाहिर अहिले नायीका नीता ढुंगाना चर्चाकै रहन्छिन् । लगभग दुई दर्जनको हाराहारीका चलचित्रमा आफ्नो पोख्त अभिनयसँगै उनको लोकप्रियता झन वढ्दो छ । हेटौंडा जन्मीएर हुर्किईन् र काठमाण्डौंलाई कर्मथलो वनाएकी उनी वालकलाकारकै रुपवाट यो क्षेत्रमा संघर्ष गरेकी नायीका हुन । आफ्नो प्रेम सम्वन्धका वारेमा केही समय खुलेआम सार्वजनिक गरेपनि पछि भने उनिहरुको सम्वन्ध धेरै समय टिकेन । प्रेमी आमेश र उनको प्रेमचर्चा नेपाली सिने क्षेत्रमा हट टपिक्स बनेको थियो कुनै बेला । हाम्रो माया जुनि जुनि लाई नीता को पहिलो चलचित्र हो । केही समय पछि गीति चलचित्र भाग्य र पन्चायत आउदै छ नीता को त्यसैको तयारीमा रहेकी नीता आखिर कस्ती नायिका हुन ? उनको जिवन र जिवन भित्रका केही पक्षमा रहेर रंगपोष्टले गरेको कुराकानीको सम्पादित अंश ।

धेरै फिल्ममा काम गर्नुभो, चलचित्र शव्दलाई कसरी भरिभाषीत गर्नुहुन्छ ?
– मेरो लागि चलचित्र भगवान, मन्दिर अनि पुजा सब थोक हो। किनकि मेरो कर्मथलो यहि हो ।

तपाईका लागी कस्ता खालका चलचित्र रोजाईमा हुन्छन् ?
– सबै खाले चलचित्र मन पर्छ । प्रायः देश भक्ती र समाज लाई सन्देश दिने र हाम्रो समाजले पचाउन सक्ने चलचित्र हरु मन पर्छन ।

एक समय आफ्नो प्रेमलाई निकै खुलाएर सार्वजनिक गर्नुभयो, पछि टुट्यो, कारण के हो ?
– माया सकिएर होला । केही समय का लागि थियो सकियो ।

प्रेममा विश्वास भएन कि मन मिलेन ?
– दुबै भएन त्यही कारण होला । माया र बिश्वास दुबै प्रेम का प्रतिक हुन । हामी बिच त्यो हुन सकेन त्यसैले मन मिल्न सकेन ।


प्रेंम गरेर वर्वाद भयो करिअर भन्ने लाग्दैन ?
– लाग्दैन । प्रेम मा समय र उमेर कहाँ हेरिन्छ र हाम्रो माया प्लान गरेर लाएको माया पनि त होइन नी ।


शारीरिक बासनाले प्रेम खोज्छ कि प्रेमले शारीरिक बासना ?
– प्रेम गर्छु भनेर हुने र गर्दिन भनेर नहुने होइन । व्यक्तिसँग जब बिचार र भावना मिल्छ, तब दुई जनामा लगाब बढेपछि हुने कुरा हो । साँचो प्रेममा कोही छ भने, शारीरिक नजिकपना हुनु स्वभाविक हो र अर्को कुरा शरिर भन्दा अगाडि प्रेम आउँछ ।