Author Topic: Paras Shah - ex-Prince  (Read 18649 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Paras Shah - ex-Prince
« Reply #10 on: April 06, 2015, 06:41:12 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Paras Shah - ex-Prince
« Reply #11 on: April 08, 2015, 12:24:11 PM »

पारस शाह मासिक २५ हजार भाडा तिरेर कुण्डलिनीमा


 झण्डै ४ वर्षपछि स्वदेश फर्किएका पूर्वयुवराज पारस शाह मासिक २५ हजार भाडा तिरेर काठमाडौंको चण्डोलस्थित कुण्डलिनी सुइट होटल एण्ड हेल्थ रिसोटमा बसेका छन्।

त्रिभुवन विमानस्थलमा सवा १ बजे  हवाइजहाजबाट ओर्लेका पारस सिधै कुण्डलिनी पुगेका हुन्। कुण्डलिनीको १०१ नम्बरको सुइट रुममा पारस बसेका छन्। उनी बसेको सुइट रुममा २ वटा कोठा छ, जसमा किचेन  र वाथरुम एटेज छ । ९ वटा अपार्टमध्ये ४ वटामा मानिसहरु बस्दै आएका छन् । बाँकी खाली छ ।

किचेन एचेट भएपनि पारसले खाना बाहिरैबाट मगाउने कुण्डलिनी स्रोतले जानकारी दियो ।

अपार्टमेन्टका लागि भवन तयार भएपनि अहिले त्यो निमाणाधिन छ । अपार्टमेन्टमा हेल्थ ल्याण्ड केयर बनाउने तयारी  भइरहेको छ । लागू औषध मुद्दामा पछिल्लो समय असोज २५ मा जेल परेका पारस मंगलबार मात्र जेलमुक्त भएका हुन्। गत आइतबार भान्जाको ब्रतबन्धमा सहभागी हुन नपाएका पारस २१ गते सोल्टीमा हुने पार्टीमा भने सहभागी हुने भएका छन्।

नेपाल बस्ने या फेरि उनी थाइल्याण्ड फर्कने भने निधो भइसकेको छैन।

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Paras Shah - ex-Prince
« Reply #12 on: April 14, 2015, 11:22:36 AM »
पारसलाई ‘डिपोर्ट’ गरिएको खुलासा, नसुध्रिएसम्म निर्मलनिवासमा प्रवेश निषेध

जयप्रकाश त्रिपाठी, काठमाडौं, २९ चैत्र । पूर्वयुवराज पारस स्वेच्छाले स्वदेश फर्किएको नभई उनलाई थाई अध्यागमनले डिपोर्ट (देशनिकाला) गरेको समाचार प्राप्त भएको छ । पारसको निकटवर्ती सूत्रले जनाएअनुसार तोकिएको धरौटी रकम जम्मा गरेपछि थाई अदालतले उनलाई एक वर्ष पुनस्र्थापना केन्द्रमा रही उपचार गराउनका लागि काराबासमुक्त गर्न आदेश दिएको थियो । पुनस्र्थापना केन्द्रमा भर्ना हुनका लागि विदेशी नागरिकको भिसा (प्रवेशाज्ञा) हुनुपर्ने व्यवस्था भएकोले पारसको पासपोर्टमा भिसाको म्याद थप्ने प्रक्रिया सुरु गर्न प्रहरीले उनलाई थाई अध्यागमन विभागमा लिएर गएको, तर अध्यागमन विभागले धेरै अघि नै सकिएको भिसाको म्याद थप गर्न नचाहेको र पारसलाई ‘डिपोर्ट’ गर्ने निर्णय गरेको थियो । थाई अध्यागमनले देश निकाला गर्ने निर्णय गरेलगत्तै उनलाई विमान चढाएर नेपाल पठाइएको थियो । यसरी पारसको नेपाल ‘आगमन’ भएपछि थाई अदालतको आदेश के हुने भन्ने गम्भीर कानुनी प्रश्न खडा भएको छ । उनी एक वर्ष थाइल्यान्डको पुनस्र्थापना केन्द्रमा उपचार गर्न नगए थाई अदालतको निर्णय अवज्ञा गरेको ठहर हुनेछ र अदालतको आदेश अवज्ञा गरेको कसुरमा थप दण्डको भागी हुनेछन् । पुनस्र्थापना केन्द्रमा जानका लागि पारसलाई थाई सरकारले भिसा दिने–नदिने अनिश्चित छ ।
यसरी बाध्यतापूर्वक नेपाल आइपुगेका पारसले निर्मलनिवासमा प्रवेश पाएका छैनन्, उनी कुण्डलिनी क्लबमा बसिरहेका छन् । पारसलाई निर्मलनिवासमा प्रवेशको अनुमति नभए पनि छोराछोरी तथा बहिनीहरूले भने क्लबमै गएर पारसलाई भेटेका छन् । पारसलाई भेट्न पिता–माता र पत्नी हिमानीले पनि चाहिनन् । एक वर्ष पुनस्र्थापना केन्द्रमा बसेर सुध्रिएपछि मात्र भेट्न सकिने सन्देश निर्मलनिवासबाट पारससमक्ष पठाइएको जानकारीमा आएको छ । एक सूत्रले जनाएअनुसार पारसका कारण पिता ज्ञानेन्द्र र माता कोमल ज्यादै दुःखी बनेको र नसुध्रिएको अवस्थामा उहाँहरूले छोराको मुखसमेत हेर्न नचाहनुभएकोले पारसलाई निर्मलनिवास प्रवेशमा कठिनाइ उत्पन्न भएको हो । त्यस्तै युवराज्ञी हिमानी पनि पारस नसुध्रिएको अवस्थामा सम्बन्ध सहज बनाउन अनिच्छुक रहेको बताइन्छ । एकातिर राजपरिवारको बदनाम गरेको पीडा त निर्मलनिवासले भोगिरहेकै छ, लागूपदार्थको कुलतमा फसेको र कुनै रहस्यमयी थाई युवतीसँग नाजायज सम्बन्ध बनाएका कारण युवराज्ञी हिमानीले थप पीडा सहनुपरेको छ । राजपरिवारका केही शुभचिन्तकहरूले पारसको रक्तपरीक्षण गरिनुपर्ने पनि बताइरहेका छन् । तर, हिमानीले भने एक वर्ष पुनस्र्थापना केन्द्रमा बसेर पूर्ण रूपमा सुध्रिए आपसी सम्बन्ध सहज ढङ्गले अघि बढ्ने सन्देश पारशलाई पठाउनुभएको बताइन्छ ।
लामो अन्तरालमा नेपाल आएका पारसलाई उनका शुभचिन्तक तथा केही नातेदार र साथीहरूले कुण्डलिनी क्लबमै गएर भेटेका छन् । पारस आफ्ना केही पुराना साथीहरूबाट घेरिएका छन् र उनले आफू अब सामान्य जीवनमा फर्कन चाहेको बताइरहेका छन् । गत सोमबार बिहान उनी साथीहरूका साथ केही मन्दिरमा देवी–देवताको दर्शनका लागि पुगेका थिए । तलेजु, गुह्येश्वरी, पशुपति, मखन महादेव, सङ्कटा र महांकालको दर्शन गर्न पुगेका पारसलाई देखेपछि मन्दिरका अन्य दर्शनार्थीहरूले उनलाई सहानुभूतिपूर्वक नियालेका (हेरेका) थिए ।


anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Paras Shah - ex-Prince
« Reply #13 on: April 15, 2015, 02:46:16 PM »
छोरा छोरी लिएर घुम्न निस्केछन ...
पारस


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Paras Shah - ex-Prince
« Reply #14 on: July 28, 2015, 02:27:25 AM »

anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Paras Shah - ex-Prince
« Reply #15 on: July 30, 2015, 02:25:36 PM »
हिमानी नआएपछि आफैं गाडी चलाएर अस्पतालबाट निस्किए पारस

काठमाण्डु, १३ साउन– पूर्वयुवराज पारस शाह चार दिनको अस्पताल बसाइपछि बुधबार डिस्चार्ज भएका छन् ।

मुटुमा समस्या देखिएपछि पारस आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । शल्यक्रियापछि पारसको मुटुमा पेसमेकर जडान गरिएको थियो । उनलाई लिन श्रीमती हिमानीसहित परिवारका कोही पनि अस्पताल गएनन् । बाबु ज्ञानेन्द्र र हिमानी आइतबार नै पारस भेट्न नर्भिक पुगेका थिए ।

अस्पतालबाट बाहिरिएलगत्तै पारस आफैंले गाडी हाँकेका थिए । लागुऔषध मुद्धामा जेल बसेर बैंककबाट पाँच महिनाअघि स्वदेश फर्केका उनी पछिल्लो समय छाउनीस्थित बहिनी प्रेरणाको घरमा बस्दै आएका छन् । पारसलाई यसअघि बैंककमा छँदा दुईपटकसम्म हृदयघात भएको थियो ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Paras Shah - ex-Prince
« Reply #16 on: November 05, 2015, 12:55:43 PM »
लाजिम्पाटको त्रिसरा बारमा पारसले यसरी मच्चाए हंगामा

पूर्व यूवराज पारस शाह विगतमाझैं डिस्को र रेष्टुरेन्ट गएर झगडा गर्न थालेका छन् । थाइल्याण्डमा रेटुरेन्ट तोडफोड गर्दा पक्राउ परेका उनले केही दिनअघि काठमाडौंमा पनि एक रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेगरेका छन्।  गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा उनले बियरको बोतल फुटाएर रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् ।रेष्टुरेन्टको भित्री कोठामा गएर बसेका उनले मदिरा पिएर आफ्नै साथीहरुसँग झगडा गरेका हुन् । रेष्टुरेन्टका मालिकलाई समेत घाँटी थिचेर उनले कुट्ने प्रयास गरेका थिए ।पछि झगडा भएको खबर प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले रेष्टुरेन्टमा प्रहरी टोली पठाएका थिए ।त्यतीबेला झगडा साम्य भइसकेको थियो । रेष्टुरेन्टमा मदिरा पिएर बसेको खबर पाएपछि प्रहरी भने हस्तक्षेप नगरी पार्किङमा बसेको थियो ।

 बेलुका करिब साढे १० बजे उनी फर्किएपछि प्रहरी पनि फर्किएको थियो । बा ११ च ४११५ नम्बरको गाडी चढेर उनी फर्किएका थिए ।
खराब आचरणकै कारण उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा छिर्न दिएका छैनन् । काका धीरेन्द्रका छोरीको परिवारसँग उनी बस्दै आएको स्रोत बताउँछ । लागूऔषध सेवन गर्ने तथा रेष्टुरेन्टमा झगडा गरेकै कारण पारस थाइल्याण्डमा जेल नै बस्नुपरेको थियो ।

 करिब ६ महिना अघि नेपाल आएका उनी उनी सुरुमा घरभित्रै मदिरा र लागूऔषधमा रमाएपनि पछिल्लो समय डिस्को र रेष्टुरेन्ट धाउन थालेका छन् ।थाइल्याण्डमा केही महिना जेल बसेपछि उनी धरौटीमा छुटेलगत्तै नेपाल आएका हुन् । पछिल्लो समय पूर्वयूवराज्ञी हिमानीले समेत उनको वास्ता गर्न छाडेकी छिन् । बैंककमा थाई प्रेमिका कन्निकासँग बस्दै आएको थाहा पाएपछि हिमानीले पारसको वास्ता गर्न छाडेकी हुन् । बैंककमा हुुँदा गम्भीर किमिसको हृदयघातबाट पनि उनी बच्न सफल भएका थिए । मदिरा र लागूऔषध सेवन नगर्न उनलाई चिकित्सकले कडा चेतावनी दिएपनि उनले छाडेका छैनन् । नर्भिक अस्पतालमा उनी नियमित चेकिङमा जाने गरेका छन् ।

यूनाइटेड पोष्ट साप्ताहिकबाट

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Paras Shah - ex-Prince
« Reply #17 on: November 05, 2015, 04:08:01 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Paras Shah - ex-Prince
« Reply #18 on: December 13, 2015, 03:14:00 PM »
लागु पदार्था र गाँजाले खाएको अबस्था ..


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Paras Shah - ex-Prince
« Reply #19 on: February 04, 2016, 05:12:58 AM »
arko news