Author Topic: चितवनको साहित्यिक पत्रकारिता - डी.आर पोखरेल  (Read 6030 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
चितवनको साहित्यिक पत्रकारिताको सङ्क्षिप्त रुपरेखा


डी.आर पोखरेल

१. पृष्ठभूमिः
साहित्य जीवनको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज रुपान्तरणको औजार पनि भनिन्छ ।

साहित्यको यस भूमिकालाई अगाडि बढाउने यसका पूर्वाधार भनेका पत्रपत्रिकाहरु हुन् । स्रष्टाका साहित्ययात्राको प्रारम्भिक पाठशाला यिनै हुन् । त्यसमाथि साहित्यिक पत्रकारिता आम पत्रकारिता क्षेत्रको विशेष अङ्ग पनि हो । सिर्जनात्मकता, बौद्धिकता, प्राज्ञिकता, उध्र्वगामिता, यथार्थपरकता यसका विशेषता हुन् । भाषाको विकास र सांस्कृतिक निकाशमा पनि यसकै हात रहेको हुन्छ ।

नेपालमा पत्रकारिताको आरम्भ साहित्यिक पत्रकारिताबाट नै भएको पाइन्छ । मोतीराम भट्टले भारत प्रवासमा रहर वि.सं. १९४३ मा गोखा भारत जीवन नामक पत्रिका प्रकाशन गरेका र पं. नरदेव मोती कृष्णद्वारा सुधानगर नामक साहित्यिक पत्रिका वि.सं. १९५५ श्रावणमा पाशुपत प्रेस, काठमाडौँ छापी प्रकाशित गरेको उल्लेख पाइन्छ । सूचना पत्रकारिताको क्षेत्रबाट प्रकाशित भएको गोर्खापत्र (१९५८) पछि लामो समय नेपालबाट पत्रपत्रिकाहरु प्रकाशित भएनन् । भारतमा रहेका नेपालीहरुले भने वनारस, दार्जीलिञ, देहरादुन, सिलाञ, खर्साञबाट उपन्यास तर्राङ्गिनी (१९५९), सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९७१), गोर्खाली (१९७२), चन्द्रिका (१९७२), गोर्खा संसार (१९८३), तरुण गोर्खा (१९८५) साहित्य सम्मलेन पत्रिका
(१९८८) गोर्खा सेवक(१९९२) आदि साहित्यिक पत्रपत्रिका प्रकाशित गरिरहे ।

राणाकालमा पत्रपत्रिका प्रकाशित गर्नु सहज थिएन । तैपनि वि.सं.१९९१ मा नेपालबाट ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा प्रकाशित शारदा भने नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा कोशेढुङ्गा सावित भएको छ । शारदा लगायत केही सरकारी सहयोग समेतमा प्रकाशित भएका साहित्यिक पत्रिकाहरु उद्योग (१९९२) साहित्यस्रोत (२००४), आँखा(२००५) आदि हुन भने यसै समयमा भारतबाट उदय (१९९३), युगवाण्ी (२००४), भारती (२००६) जस्ता पत्रिकाहरु प्रकाशित भइरहे ।

जनस्तरबाट स्वतन्त्र रुपको पत्रिका प्रकाशन भने २००७ सालपछि मात्र भएको देखिन्छ । श्यामप्रसाद शर्माको सम्पादनमा पर्साबाट प्रकाशित सेवा(२००८) पत्रिकालाई मोफसलको पहिलो पत्रिका मानेको पाइन्छ । यसपछि भने नेपालबाट धेरै पत्रिकाहरु प्रकाशित हुन थाले । प्रतिभा (२००९), प्रगति(२०१०), धरती(२०१०), साहित्य(२०१६), रुपरेखा(२०१७), स्वास्नी मान्छे(२०१७), रचना(२०१८), भानु(२०२०), मधुपर्क(२०२५), सुष्केरा(२०२७), विदेह(२०३०), वेदना(२०३०), सङ्कल्प, उत्साह(२०३५), गरिमा(२०३९), बगर(२०३९) आदि पत्रिकाहरुको प्रकाशन हुन थालेको र नेपाली साहित्यिक पत्रकारिताले एउटा रुपरेखा बनाउँदै ल्याएको पाइन्छ ।

चितवनमा भने साहित्यिक पत्रकारिताको यो सिलसिलामा २०२१ मा गएर मात्र प्रकट भयो । चितवन हाइस्कुलमा विद्यार्थीहरुको साहित्य सञ्कलनको रुपमा प्रस्तुत भएको चितवनको चिनो चितवनको पहिलो साहित्यिक पत्रिकाको रुपमा स्थापित भयो । यसलाई अहिले बाबुराम पाण्डेको सम्पादकत्वमा चितवन हाइस्कुलले अघि बढाउन थालेको छ ।
२०२१ अघि चितवनमा तीनवटा पुस्तकहरुको प्रकाशन हुनु बाहेक साहित्यिक पत्रिका प्रकाशन भएको थिएन । २०१०÷११ साल अघि चितवन बसिसक्नु थिएन । औलोको घर थियो । औलो पचाएर बसेका थारु लगायतका केही आदिवासीहरुको पातलो वस्ती मात्र थियो । उनीहरुको साहित्य लेख्य परम्परामा आएकै थिएन । केही कथ्य परम्पराको लोक साहित्यमा थिए । २०१०/११ सालमा औलो उन्मुलन भई राप्ती दुन विकास योजना लागू भएपछि मात्र पहाडतर्फका मानिसहरु चितवन झर्न थालेका हुन् । यसै सिलसिलामा साहित्यिक प्रतिभाहरु पनि चितवन झरे ।

sag

  • VIP
  • ******
  • Posts: 742
चितवनमा नारायणी पुस्तकालय, नारायणी कला मन्दिर, वीरेन्द्र इन्टर कलेज, चितवन हाइस्कुलहरुका स्थापना हुँदै गए र प्रेसहरुको स्थापना पनि हुँदै गए । चितवनको चिनो राष्ट्रिय प्रेस, बीरगञ्जमा र रात्री प्रकाश(२०२६), साक्षात्कार प्रेस, नारायणगढमा मुद्रित हुनुले यही कुरालाई पुष्टी गरेको छ ।

आज चितवनबाट प्रकाशित पत्रपत्रिका र स्मारिकाहरुको सञ्ख्या २५० पुगिसकेको छ । २०३९ सालदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएका पत्रपत्रिकाहरुको सञ्ख्या १०९ रहेको छ । दर्ता नभएका मुखपत्र लगायतका पत्रपत्रिकाहरुको सञ्ख्या ९० को हाराहारीमा रहेको छ । यस्तैगरी केही हवाइपत्र र गोजिकाहरु पनि छन् र ५० को हाराहारीमा स्मारिकाहरु रहेका छन् । साहित्यिक कृतिहरुको प्रकाशन पनि ठूलै सञ्ख्या छ । आजसम्म विभिन्न विधाका २७५ वटा पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन् । साहित्यिक कार्यक्रमहरु लगायत पुस्तक पत्रपत्रिकाको प्रकाशन गर्ने साहित्यिक संस्था पनि ५० वटा जति छन् । यिनमा साहित्यिक संस्थाहरु, एफ.एम. हरु पर्दछन् । चितवनका ६ वटा एफ.एम.हरु मार्फत विद्युतीय माध्यमको साहित्यिक पत्रकारिता पनि बढिरहेको छ । चितवनको ६ वटा एफ.एम. मार्फत विद्युतीय माध्यमको साहित्यिक पत्रकारिता पनि बढिरहेको छ । चितवनको एकमात्र टेलिभिजन बेसो च्यानलले पनि साहित्यिक कार्यक्रमहरुलाई ठाउँ दिइरहेको छ । चितवनमा स्थापित भएका ३० वटा पुस्तकालयहरुमध्ये हाल क्रियाशील १० वटा सार्वजनिक÷सामुदायिक पुस्तकालयहरु र क्याम्पस, स्कुलको पुस्तकालयहरुले पनि चितवनको साहित्यको विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसको स्नातकोत्तर तह र कन्या क्याम्पस लगायत केही क्याम्पसहरुमा पत्रकारिता विषय पढाइ हुन थालेको र साहित्यका विभिन्न विधामा १०० जति शोधकार्य गराइएको पाइन्छ । यसबाट चितवनको साहित्य विकासमा महŒवपूर्ण भूमिका निर्वाह हुने गरेको छ ।

२. चितवनबाट प्रकाशित पत्रपत्रिकाहरु र तिनको विकासक्रमः

आफू प्रकट हुने र सामाजिकतालाई औल्याउने अभिप्रायले अनुप्राणित भएर चितवन हाइस्कुलका विद्यार्थीहरुको सङ्कलनको रुपमा चितवनको चिनो (२०२१,पौष) मा प्रकाशित भयो र यो नै चितवनको पहिलो साहित्यिक पत्रिका बन्यो । यसपछि वीरेन्द्र इन्टर कलेजका प्राचार्य आनन्देव भट्टको प्रेरणा र ९ जना सम्पादक प्रकाशकहरुको संयुक्त प्रयास दोभान (२०२५) साहित्य सङ्कलन प्रकाशित भयो । सामुहिक स्तरमा निस्किएको जनस्तरको पहिलो पत्रिका बन्ने मौका यसले प्राप्त ग¥यो । यसपछि क्रमश संस्थागत पत्रिकाहर प्रकाश पुञ्ज(२०२५), वेणी(२०२५), रात्री प्रकाश(२०२६) प्रकाशित भए । ‘दोभान’ कै विकसित रुप बनेर निजी क्षेत्रबाट ‘नौलो राँको’(२०२६) प्रगतिवादी साहित्यिक धाराको अग्रणि साहित्यिक पत्रिका बनेर देखा प¥यो । यस्तैगरी ‘नयाँ गोरेटो’(२०२७) पनि ‘नौलो राँको’ कै सहयात्री भएर निस्कियो ।

चितवनको चिनो’ देखि हालसम्म ४२ वटा पत्रिकाहरु र थप ७ वटा हवाइ पत्रिका गरी ४९ साहित्यिक पत्रिकाहरु प्रकाशित भएका छन् । मितिक्रममा हेर्ने हो भने चितवनको चिनो(२०२१), दोभान(२०२५), प्रकाशकुञ्ज(२०२५), वेणी(२०२६), नौलो राँको(२०२६), रात्री प्रकाश(२०२६), नयाँ गोरेटो(२०२७), छहरो(२०२७), तिर्सना(२०२७), पारुखी(२०२८), नयाँ जोश(२०३०), भृकुटी(२०३४), जाँगर(२०३६), इन्द्रकमल(२०३७), नौलो समाज(२०३७), आरन(२०३७), ऋचा(२०३८), गोधुली(२०४०), सेरोफेरो(२०४४), वागीश्वरी(२०४७), सम्प्रेषण(२०४७), जनसाहित्य(२०४७), पाइला र प्रवाह(२०४८), प्रेरणा(२०५०), मधुलिका(२०५१), पल्लव(२०५२÷२०६०), समाज दर्पण(२०५२), सम्मुन्नत(२०५२), हाम्रो मझेरी(२०५७), पल्लवी सन्देश(२०५९), अभिव्यञ्जना(२०५९), हाम्रो सिर्जना(२०६१), स्रष्टा(२०६१), सरोजिनी(२०६२), सिराइचुली(२०६३), सञ्जीवनी(२०६४), प्रलेस चितवन(२०६४), गणतान्त्रिक कविता(२०६५), मध्य क्षितिज(२०६५), आदि साहित्यिक पत्रिकाहरु प्रकाशित भएको पाउँछौँ । यस्तैगरी हवाइपत्रहरुमा सुसेली(२०५०) अनुप्रस्था(२०५३), सौदामिनी(२०५४), प्रस्फुटन(२०६५), सेवा(२०६५), लगायत ‘उपहार’ र ‘नवपाञ्जली’ पनि प्रकाशित भएका छन् ।
यी ४५ वटा मध्ये केही निरन्तरता पाएका र क्रियाशील रहेका दर्ता गरिएका पत्रिकाहरुमा ‘सम्प्रेषण’, ‘मधुलिका’, ‘हाम्रो मझेरी’, ‘पल्लवी सन्देश’, ‘अभिञ्जना’, ‘पल्लव’, ‘हाम्रो सिर्जना’, ‘स्रष्टा’, र ‘सञ्जिवनी’ हुन् । दर्ता नभए पनि आजसम्म संस्थागत रुपमै सक्रिय रहेका पत्रिकाहरुमा वागीश्वरी, वेणी, मारुनी, नौलो राँको, चितवनको चिनो छहरो आदि हुन् । प्रगतिशील लेखक सङ्घको मुखपत्र ‘प्रलेस चितवन’ पनि यसै क्रममा देखिएको छ ।

यी ४५ वटा पत्रिकामध्ये केही पत्रिका भने बन्द भइसकेका छन् । आरन, प्रेरणा, पाइला र प्रवाह, जनसाहित्य आदि दर्ता भएका पत्रिकाहरु दोभान, प्रकाशपुञ्ज, रात्रीप्रकाश, नयाँ गोरेटो, तिर्सना, नयाँ जोश, बालकुमारी, कीर्ति, भृकुटी, जाँगर, इन्द्रकमल, नौलो समाज, ऋचा, गोधुली, सेरोफेरो आदि दर्ता नभएका लगायत पत्रिकाहरु बन्द भइसकेका छन् । अहिले त हवाइ पत्रिकाहरु पनि क्रियाशिल देखिदैनन् ।

sag

  • VIP
  • ******
  • Posts: 742
३. प्रवृत्तिहरुः

चितवनको साहित्यिक पत्रकारिताका प्रवृत्तिहरु राष्ट्रिय प्रवृत्तिहरु जस्तै छन् । २०६४ कार्तिकमा मकवानपुरमा नेपाल साहित्यिक पत्रकार सञ्घद्वारा आयोजित साहित्यिक पत्रकारिता गोष्ठीमा नेपालको साहित्यिक पत्रकारितालाई तीन मूल प्रवृत्तिमा हुर्काएको निचोड निकालिएको थियो ।

त्यसअनुसार:
(क) यथास्थितिवादी सनातनधारा
(ख) सुधारवादी धारा
(ग) क्रान्तिकारी प्रगतिशील धारा स्वीकारिएको थियो ।

चितवनमा बीसको दशकमा जब साहित्यिक पत्रकारिता सुरू भएको थियो, प्रगतिवादी धाराले यथास्थितिवादी धारासित तीव्र सङ्घर्ष गर्नुपरेको थियो । प्रगतिवादी धाराका धेरै पत्रपत्रिकाहरु प्रशासनको सेन्सरमा परेका थिए । ‘नौलो राँको’ को पाँचौ अड्ढ प्रेसबाटै प्रशासनले उठाएर लगेको र चौथो अड्ढ पनि केही जफत भएको यसका सम्पादक÷प्रकाशकहरु बताउँदैछन् । त्यस्तैगरी अन्य पत्रिकालाई पनि दुःख दिएको थियो । यसरी प्रगतिशील साहित्यिक आवाजलाई दबाउन यथास्थितिवादीहरु लागेका थिए र कतिपय पत्रिकाहरु यथास्थितिको पक्षमा भक्ति साहित्य लिएर देखा परेका थिए ।
यसैगरी केही सुधारवादी धाराका पत्रिकाहरु पनि थिए जसले सामन्तशाहीको विरुद्ध र प्रजातन्त्रको निम्ति आवाज उठाएका पनि थिए भने कतिपय पत्रिकाहरु प्रगतिशील पत्रिकाको तेजोवध गर्नका लागि छापिन्थे ।

बीस र तीसको दशक प्रगतिवादी साहित्यिक धाराको प्रवलता रहेको दशक बन्यो चितवनमा । २०४७ साल पछि भने प्रगतिवादी धाराका प्रकाशनहरुलाई सञ्ख्यात्मक हिसाबले अरुले उछिन्दै ल्याएका छन् ।

अन्य प्रवृत्तिहरुमा २०२१ देखि २०३८ सम्म समाचार पत्रहरुको अस्तित्व रहेन । साहित्यिक पत्रिकाहरुको एकक्षत्र दबदबा रह्यो । सामाजिक विकृति विसञ्गतिको चित्रण, सामन्ती शोषण, अन्याय, अत्याचारको विरोध भाग्यवादी चिन्तनको विरोध, वैदेशिक हस्तक्षेपको विरोध, लगायत राष्ट्रिय सवालहरु र जनवादी सवालहरु नै त्यतिखेरका पत्रपत्रिकाहरु मुख्य आवाज बने । गण्डक सम्झौता र सुस्ता समस्याबारे पनि प्रशस्त रचनाहरु प्रकाशित भए ।

२०३६ सालको जनआन्दोलन पछि भने पत्रिकाहरु दर्ता पनि हुन थाले, समाचारपत्रहरु पनि प्रकाशित हुन थाले । आस्थाको पत्रकारिता केही व्यवसायिकतातर्फ पनि ढल्किदै गयो । यो क्रम २०४६ सम्म रह्यो । २०४७ पछि भने अधिकांश पत्रिकाहरु दर्ता गर्न थालिए । समाचारपत्रहरु व्यवसायिकतातर्फ पनि ढल्किए । केही खुकुलो वातावरण भएकाले राष्ट्रिय रुपमै सूचना पत्रकारिताको क्षेत्रमा ठुला धनाढ्य ९द्यष्नजयगकभक० हरुको प्रवेश हुन थाल्यो । आस्थाको पत्रकारिता सङ्कटग्रस्त हुँदै गयो । धेरै पत्रिका जन्मिन लागे । तर निरन्तर रुपमा टिक्न भने जो कोहीलाई हम्मे पर्दै गयो । पत्रिकाहरु एक दशक पनि टिक्न नसकी कोही एकाध अङ्गहरुमा कोही गर्भ मै तुहुदै गए । जति सम्वत बढ्दै गयो त्यति नयाँ पत्रिकाहरु थपिदै गएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका पत्रिकाहरुको तथ्याड्ढ हेर्दा २०३६ देखि २०४६ सालसम्म तीनवटा मात्र दर्ता भएका देखिन्छन् । तर २०४७ देखि २०५७ सम्मको तथ्याड्ढ हेर्ने हो भने दर्ता भएका मात्र ५३ वटा पत्रपत्रिकाहरु रहेका छन् । २०५८ देखि २०६६ सम्म दर्ता भएका पत्रिकाहरुको सञ्ख्या ५२ वटा देखिन्छन् । यस्तैगरी विना दर्ता प्रकाशित भएका पत्रिकाहरुमा २०३६ सालसम्म २४ वटा, २०३७ देखि २०४७ सम्म २५ वटा र २०४७ देखि २०५७ सम्म ३० वटा रहेका छन् । यसपछि भने दर्ता नगरी पत्रिका प्रकाशन गर्ने प्रवृत्ति चितवनमा रोकिएको पाइन्छ ।

साहित्यिक पत्रिकाको मात्र कुरा गर्ने हो भने २०३६ साल सम्म १६ वटा, २०३७ देखि २०४६ सम्म ७ वटा र २०४७ देखि हालसम्म २४ वटा पत्रिकाहरु प्रकाशित भएका देखिन्छन् । संस्थागत रुपमा प्रकाशित भएका पत्रिकाहरु चाहिँ दर्ता विना प्रकाशित भइरहेका छन् र स्मारिकाहरु प्रकाशित गर्ने प्रवृत्ति बढेको देखिन्छ । चितवनमा आजसम्म ५० वटा जति स्मारिकाहरु प्रकाशित भएका छन् ।

sag

  • VIP
  • ******
  • Posts: 742
४. चुनौती र सम्भावनाः

आज समस्त पत्रकारिता जगतले भोगिरहेको समस्या साहित्यिक पत्रकारिता जगतको पनि समस्या हो । यसमा मोफसलका थप पीडाहरु पनि छन् । चितवनको साहित्यिक पत्रकारिताले यो भोगिरहनु परेको छ ।

यहाँको साहित्यिक पत्रकारिताले सरकारी प्रोत्साहन पाएको छैन । कुनै सहयोग र संरक्षण पनि पाएको छैन । अखबारी पत्रकारिता, रेडियो र टि.भी जस्ता विद्युतीय पत्रकारिताको जुन भाउ छ यसको तुलनामा समेत साहित्यिक पत्रकारिताको भाउ छैन । यसलाई अनुत्पादक क्षेत्र ठान्ने सोच गएको छैन । यसरी एकातिर राज्यको नीति र दृष्टिकोण अस्पष्टता समस्याको रुपमा खडा भएको छ भने अर्कोतर्फ यसको आफना कमीकमजोरी पनि छन् । आर्थिक लगानीको अभाव, कमजोर व्यवस्थापन, बिक्रीवितरणका समस्या स्तरीय सामाग्रीको कमी पनि छँदैछ । आर्थिक समस्या, निरन्तरको समस्या, सम्पादनको समस्या, दृष्टिकोणको समस्या, सरकारी नीतिको समस्या, बिक्रीवितरणको समस्या आदि समस्याहरुको बीचमा चितवनको पत्रकारिता पनि छटपटाई रहेको छ ।

लगानी विना नै संस्थागत हिसाबले चल्न खोज्नु, राज्यले पनि लगानी नगर्नु, विज्ञापनको भरमा चल्न खोज्नु, ओहोदावालाहरुले अत्यन्त उपेक्ष गर्नु, सरकारी ऋण सहुलियतको व्यवस्था नहुनु, कल्याणकारी विज्ञापन भनिए पनि उपलब्ध नगराउनु, बिक्रीवितरणको भुक्तानीमा पनि समस्या देखिनु यसका आर्थिक समस्याहरु हुन् । यिनका कारणले पत्रिका अनियमित बन्नु, बौद्धिक उत्तराधिकारी नहुनु, व्यवस्थापन चुस्त नुहुनु, सम्पादनकलामा पनि कमी हुनु, प्रभावशाली, सामयिक र सान्दर्भिक सामग्री नहुनु जस्ता कुराहरुले पत्रिकाहरु निरन्तर टिकिरहन सकेका छैनन् । यस्तैगरी ठीकसँग सामग्री चयन नहुनु, योजनाबद्ध लेखनको कमी हुनु, लेखकलाई पारिश्रमिक बिनै लेख्न लगाउनु, स्तरीय रचनाहरुको अभाव हुनु, टिमवर्कको अभाव हुनु, अव्यवस्थित ढङ्गले एउटै क्षेत्रबाट धेरै पत्रिकाहरु निकाल्ने रहरहरु हुनु, तालिम–गोष्ठीको अभाव हुनु, कृतिको उचित मूल्याङ्कन नहुनु, प्रकाशित सामग्रीलाई सरकारी चासोको विषय बनाउन नसक्नुजस्ता व्यवस्थापकीय कमजोरी पनि रहेका छन् ।
यस्तैगरी वर्गीय नभइ दलीय पत्रकारिता, साम्प्रदायिक भावना, सुविधाभोगी र लालची भावना, सरकारी पक्षपात, सेन्सर र दमन, तलवी मानसिकता, राष्ट्रिय स्वाभिमानी भावनाको अभाव, पत्रिका किनेर पढने बानीको अभाव, पत्रिका छापेर सित्तै बाँड्ने प्रचलन इत्यादि पत्रकारितालाई हेर्ने दृष्टिकोणका चुनौतीहरु हुन् ।

अखबारी पत्रकारिता क्षेत्रलाई जस्तो सुविधाको अभाव, अस्पष्ट सरकारी नीति, प्रेस प्रतिनिधि पत्र समेत उपलब्ध नगराउनु, वैदेशिक भ्रमणमा नलैजानु, तालिमको व्यवस्था नगर्नु, सम्पादकको योग्यताको निर्धारण नगर्नु, ऋण सुविधा उपलब्ध नगराउनु, प्रेस काउन्सिलले समेत साहित्यिक पत्रकारिताको महŒवलाई विशिष्ट रुपले प्रस्तुत नगर्नु, प्रशासन संयत्रले उपेक्षा गर्नु, कागज, टेलिफोन, हुलाक दर्ता जस्तोमा समेत सरकारी सहुलियत प्रदान नगरिनु जस्ता नीतिगत चुनौतीहरु पनि साहित्यिक पत्रकारिताले भोगिरहनु परेको छ ।
यी धेरै चुनौतीहरु भए पनि यस क्षेत्रमा केही ध्यान पु¥याउने हो भने यी चुनौतीहरुका निराकरणका उपायहरु पनि छन् ः

(क) अव्यवस्थित रुपमा भइरहेको प्रकाशनलाई संस्थागत गर्न सकिन्छ । आफ्नो ढङ्गले अनियमित रुपमा प्रकाशन भएका पत्रिकाहरु आपसमा छलफल गरी सामुहिक प्रयत्नमा जान सक्छन् । सहकारीमा जान सक्छन् ।
(ख) धेरै सञ्ख्या भन्दा गुणस्तरका एकाध पत्रिका प्रकाशनका निम्ति आपसी सहमति, सहयोग सम्झौता र आपसी वार्ता सकिन्छ ।
(ग) पत्रिकाको स्तर निर्धारण, यसको नियमितताको दायित्व सरकारले लिने अश्लील प्रकाशनमा रोक लगाउने, सांस्कृतिक अतिक्रमण रोक्ने, अखबार पत्रकारितालाई दिएको सहुलियत सरह सरकारले सहुलियत प्रदान गर्ने, न्यूनतम व्याजमा सरकारी ऋण सुविधा उपलब्ध गराउने
(घ) भाषागत एकरुपता र मानक भाषाको प्रयोगका निम्ति तालिम गोष्ठीहरुको व्यवस्था गर्नुपर्ने, सरकारले पत्रिका वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने, प्रेस काउन्सिलले मोफसलका पत्रिकाहरुलाई दण्ड–पुरस्कारको न्यायोचित व्यवस्था मिलाई प्रोत्साहत गर्नुपर्ने
(ञ) साहित्यिक पत्रकारितालाई विषयगत पत्रकारितामा नझुण्ड्याई यसको बौद्धिक, प्राज्ञिक र साहित्यिक विशेषताका कारणले प्रेस काउन्सिलले यसलाई विशिष्ट पत्रकारिताको रुपमा घोषणा गर्नुपर्ने, इत्यादि
(च) यिनै बुँदाहरुका आधारमा सरकारको राष्ट्रिय नीति बन्न सके साहित्यिक पत्रकारिता फस्टाउन सक्ने देखिन्छ । चितवनको साहित्यिक पत्रकारिताले अपेक्षा गरेका पनि यिनै कुराहरु हुन् ।



५. टुङ्ग्याउनीः

चितवनको साहित्यिक पत्रकारिताको क्षेत्र ठूलो सम्भावना बोकेको क्षेत्र हो । यहाँको सामाजिक परिवेश ड्यासपोरिक भावनाले भरिएको छ । यहाँ आन्तरिक बसाइँसराइँबाट निर्मित, सांस्कृतिक विविधता, भाषिक विविधता, जातीय विविधता युक्त सांस्कृतिक अनेकताको भावना रहेको छ । यहाँ आदिवासी जनजातीय संस्कृति पनि छ । माइगे्रटेड जनसमूहको ड्यासपोरिक मनस्थितिले सांस्कृतिक सजगता र सक्रियता ल्याउछ भनिन्छ । यस अर्थमा चितवन, युगीन विशिष्ट प्रतिभाहरुको जन्मभूमि–कर्मभूमि हुने सम्भावनाबाट गुज्रिरहेको छ ।

चितवनको पत्रकारिता, साहित्यिक पत्रकारिताबाटै आरम्भ भएको हो । यो आजसम्म पनि आस्थाको पत्रकारिताबाट विचलित भएको छैन । समाज रुपान्तरणका निम्ति आस्थाको पत्रकारिता अपरिहार्य पक्ष हो । नवीन एवं युगीन जीवनमूलहरुका पक्षमा र परम्परागत यथास्थितिवादी, रुढी मूल्यहरुमा विपक्षमा चितवनका समस्त साहित्यिक वर्ग उभिनु जरुरी छ । साझा उद्देश्य प्राप्तिका निम्ति सहयात्रा गर्नु जरुरी छ ।

धन्यवाद !!!

(नेपाल साहित्यिक पत्रकार सञ्घ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा चितवनमा भएको ‘मोफसलको साहित्यिक पत्रकारिता’ विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र–२०६६÷०२÷०९÷०७)

sag

  • VIP
  • ******
  • Posts: 742
साहित्यिक पत्रकारिता र चितवन घोषणापत्र एक दृष्टिकोण
रामेश्वर राउत ‘मातृदास’


साहित्यिक पत्रिका–भाषा, साहित्य,कला, संस्कृतिको जग हो । मानव हृदयलाई चेतनशील, जागरुक र सिर्जनशील मार्गमा उन्मुख गराउनमा साहित्यिक पत्रिकाहरुले खेल्दै आएको भूमिका र दिएको देन शब्दमा वर्णन गर्न कठिन छ । एउटा भर्खरको सिकारुदेखि भविष्यको सिद्धहस्त कवि, लेखक, साहित्यकारको रुपमा उभ्याउने र उठाउने जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्ने प्रशंसनीय कार्यको घनीभूत दायित्व बहन गर्ने कार्यलाई साहित्यिक पत्रिकाहरुले निरन्तरता दिँदै आइरहेका छन् । सुधासागर, शारदाजस्ता ऐतिहासिक साहित्यिक पत्रिकाहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम, चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, धर्मराज थापा, श्यामदास वैष्णवजस्ता होनहार प्रतिभाहरु हुर्काएर सिर्जनशील धरातललाई उपहार दियो ।

त्यसपछि प्रकाशनमा आएको साहित्यिक पत्रिका ‘रुपरेखा’ ले खेलेको भूमिका पनि त्यत्तिकै अविष्मरणीय मानिएको छ । साहित्यिक पत्रिका निरन्तर प्रकाशन गर्ने कार्य आफैँमा अत्यन्त कठिन र चुनौतीपूर्ण छ । साहित्यिक पत्रिकाहरुले राष्ट्र र समाजको गतिशील धरातललाई फराकिलो बनाउनमा पु¥याएको योगदानको कुनै लेखाजोखा नहुने र शासक र सरकारको कोपभाजनका कारणले पनि साहियित्यक पत्रिकहरुले आफ्नो यात्रालाई अविछिन्न राख्न सकेनन् । राष्ट्र र समाजको सिर्जनशील मार्गप्रशस्त गर्ने कार्यमा लागि पर्दै आएका साहित्यिक पत्रिका र पत्रकारहरुको अवस्था एक्काइसौँ शताब्दीमा पनि सन्तोषप्रद छैन । मूलतः पत्रकारिताको प्रारम्भ साहित्यिक पत्रिकाबाटै भएको वास्तविकता सर्वविदित नै रहेको छ । न्युज पेपरको बर्चश्वलाई सरकारी समर्थन रहे तापनि न्युजपेपर साहित्यिक पत्रिकाको अवस्था आज पनि उही दयनीय नै छ ।

समस्या देखाउने र समाधानका लागि समुन्नत उपाय सोच नराखेमा उपलब्धि शून्य हुने वास्तविकतालाई टार्न सकिन्न । एकयुग र पिँढीले सङ्घर्षको रापिलो भुङ्ग्राको कठिन परिस्थितिलाई निर्भीकतापूर्वक सामना नगरेसम्म आउने युगका लागि सहज र अवलम्बनीय मार्गप्रशस्त नहुने यथार्थतालाई अत्मसात् गरेर साहित्यिक पत्रिकाहरुको संस्थागत विकास र त्यसका लागि उत्पन्न हुने सम्पूर्ण कठिनाइहरुसँग सामना गर्ने सुदृढ आँट र अठोट बोकेर ‘नेपाल साहित्यिक पत्रकार सङ्घ–२०६३’ को विधिवत स्थापना भयो । यस सङ्घको सुरूका दिनहरु निश्चय चुनौतीपूर्ण रहेकै हुन् । ती सबै अवस्थाहरुलाई सहासपूर्वक सामना गर्दे नेपाल साहित्यिक पत्रकार सङ्घ आफ्नो निर्धारित लक्ष्य र उद्देश्यमा निरन्तर अग्रगामी गोरेटोमा लम्कँदै आइरहेको छ । मूलतः नेपाल साहित्यिक पत्रकार सङ्घले केन्द्रमा मात्र केन्द्रित हुने मनस्थितिलाई पन्छाएर मोफसलमा भएका साहित्यिक पत्रिका र पत्रकारहरुको हक, हित र समस्या समाधान गर्न सधैँ तत्परता देखाउँदै आइरहेको छ । सोही प्रतिबद्धता एवम् निरन्तरताको ज्वलन्त नमुनाको रुपमा यस सङ्घले वि.सं. २०६४ सालमा हेटौँडामा ‘साहित्य सङ्गम मकवानपुरसँग’ सहकार्य गर्दै ‘बृहत् साहित्यिक पत्रकाारिता गोष्ठी’ सम्पन्न भएको थियो । त्यही निरन्तरताको कडीको रुपमा नेपाल साहित्यिक पत्रकार सङ्घले प्रेस काउन्सिल नेपालसँग हातेमालो गर्दै चितवनमा ‘मोफसल साहित्यिक पत्रकारिता सङ्गोष्ठी आयोजना गरेको हो । यस गोष्ठीलाई सफल पार्न सहयोग गर्ने विभिन्न संस्था एवं व्यक्तिहरु प्रति कृतज्ञता व्यक्त गर्दै सङ्गोष्ठीमा सहभागीहरुबाट प्राप्त सुझाव र मन्तव्य समेतका आधारमा मोफसल साहित्यिक पत्रिका सङ्गोष्ठीमा चितवन घोषणा पत्र–२०६६’ जारी गरिएको छ । यसले साहित्यिक पत्रकारितामा महŒवपूर्ण टेवा दिनेछ ।