Author Topic: खोटाङ जिल्लाको साहित्यिक पत्रकारिता  (Read 6188 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
खोटाङ जिल्लाको साहित्यिक पत्रकारिता
धनप्रसाद सुवेदी ‘श्रमिक’

ओखलढुङ्गाका भीमबहादुर श्रेष्ठको सम्पादकत्वमा निस्कने ‘जूनकिरी’ पत्रिका नै खोटाङ जिल्लामा वितरित भएको पहिलो स्थानीय पत्रिका थियो भन्ने जानकारी पाइन्छ । यो पत्रिका तत्कालीन पूर्व ३ नं. गोश्वार ओखलढुङ्गामा २०१७ मङ्सिरमा दर्ता नं. १ मा दर्ता भई प्रकाशित भएको थियो । हालको खोटाङ जिल्लाको पहिलो पत्रिका भने पशुपति भट्टराईको सम्पादकत्वमा २०२० वैशाखमा चम्पावती मावि बुइपाबाट प्रकाशित ‘गोरेटो’ हस्तलिखित द्वैमासिक हो । वि.सं. २०१९ मा बुइपाको चम्पावती मिडिल हाइस्कुलले पूर्ण हाइस्कुल (मावि) को स्वीकृति पाएपछि त्यस विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीमा नयाँ उत्साह थपियो । यस्तैमा वि.सं. २०२० वैशाख १ गते नववर्षको अवसर पारेर ‘गोरेटो’ नामको हस्तलिखित पत्रिकाको प्रकाशनारम्भ भयो । द्वैमासिक रुपमा निस्कने यो पत्रिका २०२२ साल साउनसम्म जम्मा १४ अङ्क प्रकाशित भएका थिए । यस पत्रिकाका हरेक अङ्क १३ प्रति निकालिन्थ्यो, जसमा दिक्तेलको स्कुल, ऐंसेलुखर्क स्कुल, भोजपुर हाइस्कुल, लामिडाँडाको स्कुल, ओखलढुङ्गाको पुस्तकालय र हाइस्कुल, ओखलढुङ्गाका भीमप्रसाद श्रेष्ठ, बुइपाका देवराज ढकाललाई १÷१ प्रति र बुइपाको पुस्तकालयमा ५ प्रति राखिन्थ्यो । पछिल्ला अङ्कमध्ये कुनै एउटा अङ्क राजविराज पनि पठाइएको थियो (राई, २०५८ ः ७०–७२) । ‘गोरेटो’ का सम्पादक पशुपति भट्टराई थिए । उनका अतिरिक्त दीपक श्रेष्ठ, भक्तकुमार श्रेष्ठ, जसराज किराती, हरिभक्त श्रेष्ठ, भागवत श्रेष्ठ र विश्व श्रेष्ठले हातैले लेखेर पत्रिका तयार पार्दथे । आवरण बनाउने काम गोरखबहादुर श्रेष्ठ (ओखलढुङ्गा, चम्पावती माविका तत्कालीन शिक्षक) ले गर्थे । देवराज ढकाल (राजनीतिककर्मी), तेजबहादुर बस्नेत (शिक्षक), कप्तान पञ्चवीर राई(स्थानीय शिक्षाप्रेमी), चन्द्रबहादुर श्रेष्ठ (स्थानीय शिक्षाप्रेमी) र रामनारायण श्रेष्ठ (स्थानीय शिक्षाप्रेमी) पत्रिकामा प्रमुख सहयोगी थिए (राई, २०५८ ः ७१) ।

गोरेटोबाट सुरु भएको खोटाङ जिल्लाको साहित्यिक पत्रकारितामा ‘सगुन’, ‘आक्रोश’, ‘बिहानी’, ‘खोटाङका केही कथा’, ‘खोटाङका केही कविता’, ‘हलेसी’, ‘रावाका छाल’, ‘प्रतिभा’, ‘नयाँकदम’, ‘सौजन्य’, ‘ट्याम्के’, ‘हलेसीकुञ्ज ’लगायतका साहित्यिक पत्रिकाहरुको महŒवपूर्ण भूमिका रहेको छ । खोटाङको साहित्यिक पत्रिकाको इतिहासमा खोटाङ जिल्लाभित्रै रहेर साहित्यिक पत्रकारिताको विकासमा काम गर्ने पशुपति भट्टराई, हिराधन राई, बम थुलुङ, जसराज किराती, हेमन्तराज सुमन, मोहन विरही, गेहकुमार सेजु, काशी राई, भरतमणि भट्टराई, धनकर्ण श्रेष्ठ, धनप्रसाद सुवेदी, चमा थुलुङ, रामविक्रम थापा, तेजना सैजु, विष्णु आभूषण, तुलसीप्रसाद रेग्मी, गोविन्दप्रसाद आचार्य, टङ्ग भट्टराई, दिलकुमार खड्का, रेखा राई ‘क्षितिज’, यादेवी ढकाल, कल्याण रोका, केशवप्रसाद आचार्य, होमप्रसाद आचार्य, सुवास जोशी, मकरचन्द्र राई (एम.सी. सुमित), बेदीकुमार राई, मेम्बर राई, नवीन राई अभिशेष, चित्रकुमार सुवेदी, धु्रवराज राई, रमेशचन्द्र राई, नारायण ढकाल, बम बानिया, श्रीराम राई, राजकुमार रम्तेल, रमेश राई ‘गाउँले’, विमला केयरलेस, अकेला राई, डिल्लीराम राई ‘नाकारा’, आदिको भूमिका बिर्सन मिल्दैन ।

खोटाङेहरु खोटाङबाहिर राजधानी तथा विदेशका विभिन्न मुलुकमा रहेर साहित्यिक पत्रकारितामा सक्रिय रहेका छन् । अच्युतरमण अधिकारी, श्यामकुमार अधिकारी, दाहाल यज्ञनिधि, नरभूपाल राई, टङ्कबहादुर राई, शान्तिकुमारी राई, नगेन्द्रराज रेग्मी, डा. माधव भट्टराई, मोहन घिमिरे, गुणराज दाहाल, नवराज पोखरेल, डा. विष्णु राई, देवविक्रम राई, तोयानाथ खनाल, भागवत आचार्य, भोगीराज चाम्लिङ, मालिकराम राई, मनोजबाबु आशय, उत्तरकुमार राई, बसन्तराज अज्ञात, दीपेन्द्र दीनदुःखी, किशोर चाम्लिङ, टीका चाम्लिङ, धनप्रसाद सुवेदी, टङ्क भट्टराई, गणेश थापा, बोधराज पौडेल, रमेश पौडेल, होमशङ्कर बास्तोला, यम बास्तोला, धनुका राई ‘धारारानी’, मिलनकान्छा राई, नाकिमा, लोकेन्द्र राई ‘सर्वहारा’ आदिले विभिन्न साहित्यिक पत्रपत्रिका, स्मारिका आदिको सम्पादन÷ प्रकाशन गरेको पाइन्छ । यस जिल्लाका चतुरभक्त राई, टङ्कबहादुर राई, प्रतापसिंह राई ‘नाछिरिङ’, देवविक्रम राई आदिले किरातभाषाका विभिन्न पत्रिकाको सम्पादन÷प्रकाशन गरेका छन् । चन्द्र दुमी राई, किन्दर राई, भोगेन राई , केजिन राई, रमेश राई ‘गाउँले’, किशनचन्द्र राई, विक्रमचेतनशील राई, छक्क सक्रिय राई लगायतका खोटाङेहरुले विदेशमा रहेर साहित्यिक पत्रकारिता गरिरहेका छन् । त्यस्तै विदेशबाट पत्रिका प्रकाशनमा स्वदेशमै रहेर सहयोग गर्ने दीपेन्द्र दीन दु ःखी र वसन्तराज अज्ञात, टीका चाम्लिङ महŒवपूर्ण भूमिका रहेको छ ।

खोटाङका दाहाल यज्ञनिधिले रेडियो नेपालबाट साहित्यिक पत्रकारिता गरी नाम कमाएका छन् । ज्ञानेन्द्र विवश, बलराम कोइराला रेडियो÷एफएमहरुमा सक्रिय रहेका छन् । खोटाङमा २०६४ बैशाखबाट रुपाकोट सामुदायिक रेडियो र २०६५ सालपछि हलेसी रेडियोको समेत स्थापना भएपछि यी रेडियोबाट पनि साहित्यिक पत्रकारिता सुरु भएको पाइन्छ । यी रेडियोहरुमा राजकुमार रम्तेल, मकरचन्द्र राई, भीमसेना राई, वेदीकुमार राई, भीम राई, डिल्लीराम राई ‘नाकारा’ विमला केयरलेस, ज्ञानिता राई, सर्मिला भुजेल, लगायतका रेडियोकर्मीहरु साहित्यिक पत्रकारितामा सक्रिय रहेको पाइन्छ ।

खोटाङका विभिन्न विद्यालयहरुमा, विभिन्न संस्था÷क्लबहरुमा भित्तेपत्रिका प्रकाशित हुने गरेका छन् । खोटाङबाट रोजगारीका सिलसिलामा कतार, दुबइ, साउदीअरब, मलेसिया, हङकङ, कोरिया र नेपालका विभिन्न ठाउँमा रहेका खोटाङेहरुले साहित्यिक पत्रपत्रिका प्रकाशन गर्ने गरेको पाइन्छ । पछिल्ला समयमा विदेश तथा स्वदेशबाट इन्टरनेटबाट साहित्यिक पत्रिका प्रकाशन गर्ने लहर चलेको छ । खोटाङका किन्दर राई, केजिन राई, चन्द्र दुमी राई, किशोर चामिलङ, डम्बर हम्रुङ नाकिमा आदिले इन्टरनेट पत्रिकामा काम गरेको पाइन्छ । खोटाङ जिल्लाको साहित्यिक पत्रकारिताको विकासमा समाचारमुलक पत्रिकाको योगदानलाई पनि विर्सन मिल्दैन । खोटाङबाट प्रकाशित हुने सबै जसो समाचारमुलक पत्रिकामा कथा, कविता, गीत जस्ता साहित्यिक रचना प्रकाशित भएको पाइन्छ । पक्ष, हाम्रो भावना, नयाँविचार, रुपाकोट, दिक्तेलबजार जस्ता समाचारमुलक पत्रिकामा नियमित स्तम्भका रुपमा साहित्यिक सामाग्री प्रकाशित भएको पाइन्छ । खोटाङेहरुका सम्पादनमा प्रकाशित प्रमुख साहित्यिक पत्रपत्रिकाको विवरण निम्नानुसार रहेका छन् ः

क्र.सं. नाम सुरु÷ अवधि स्थान÷ प्रकाशक मुख्य --- सम्पादक
१. गोरेटो –हस्तलिखित) २०२० चम्पावती मावि बुइपा
२ छहारी. २०२१ (१ अङ्क) दिक्तेल गेहकुमार संैजु
३ आक्रोश २०२८ (१ अङ्क) बुइपा जसराज किराती
४ सगुन २०२८ (१ अङ्क) दिक्तेल परिवार धरान बम थुलुङ, हिराधन राई
५ बिहानी (सामयिक कविता सङ्कलन) २०२८ (१ अङ्क) दिक्तेल परिवार धरान खेमराज खनाल, हिराधन राई
६ सिसार २०३६ (१ अङ्क) काठमाडौँ कुमार आचार्य
७ जुरमुर २०३६ अहिलेसम्म अनेरास्ववियु खोटाङ–काठमाडौ विशाल भट्टराइ र अन्य
८ खोटाङका केही कविता २०३७ (सामूहिक सङ्कलन) हिमाली क्लब दिक्तेल हिराधन राई
९ खोटाङका केही कथा २०३७ (सामूहिक सङ्कलन ) प्रतीक प्रकाशन काठमाडौ चेतनाथ अधिकारी
१० नयाँकदम २०३८ (५ अङ्क) दिक्तेल क्याम्पस गोकुल व्याकुल, सुकराज राइर्, धनकर्ण श्रेष्ठ, रामप्रसाद राई, धनप्रसाद सुवेदी
११ हिंडपा २०३९ विराटनगर श्याम अधिकारी
१२ कहिरन २०४० (२ अङ्क) काठमाडौँ नगेन्द्रराज रेग्मी, सूर्य अधिकारी, तारा कट्टेल, नवराज पोख्रेल
१३ हलेसीकुञ्ज २०४१ (१ अङ्क) दिक्तेल जसराज किराती
१४ जागरण २०४२ (१ अङ्क) नेराशिसं, खोटाङ गणेश अधिकारी, एकनाथ ढकाल
१५ साप्सुका छालहरु २०४२ (१ अङ्क) काठमाडौँ विष्ण आभूषण, दिलिप अनहेप्पी, एनके चुइचुम्माली
१६ हलेसी २०४४ (२ अङ्क) पूर्वाञ्चल साहित्यिक प्रतिष्ठान सम्पर्क समिति दिक्तेल भरतमणि भट्टराई
१७ उन्नयन २०४४ हालसम्म काठमाडौँ अच्युतरमण अधिकारी
१८ मुहूर्त २०४४ हालसम्म काठमाडौँ नगेन्द्रराज रेग्मी
१९ युवाआवाज २०४६ (२ अङ्क) नेपाल युवक सङ्गठन, खोटाङ अर्जुन राई
२० खोटाङ २०४६ हालसम्म खोटाङ सेवा समाज, काठमाडौँ माधव भट्टराई लगायत विभिन्न
२१ साहित्यिक पत्र (हवाईपत्रिका) २०४६ हालसम्म साहित्य सञ्चारका लागि हवाई आन्दोलन नगेन्द्रराज रेग्मी, विष्णु आभूषण, श्याम भट्टराई
२२ साहित्यिक आइतबार २०४८ काठमाडौँ नगेन्द्रराज रेग्मी, विष्णु आभूषण
२३ रावाको छाल २०४८ काठमाडौँ
२४ खोटाङको सुस्केरा २०४८ अनेरास्ववियु खोटाङ÷सुनसरी देवविक्रम राई, गोपाल गुरुङ
२५ खोटाङ पुकार २०४८ हालसम्म काठमाडौँ नगेन्द्रराज रेग्मी
२६ किसानको हुङ्कार २०४८ अखिल नेपाल किसान सङ्घ हरिकाजी गुरुङ, चुरभक्त राई, कृष्ण आचार्य
२७ चित्कार मोहन घिमिरे
२८ जनप्रतीक प्रह्लाद आचार्य
२९ उपासना २०५० काठमाडौँ माधव भट्टराई
३० ट्याम्के २०५१ (१ अङ्क) जिविस खोटाङ विष्णु आभूषण, तुलसीप्रसाद रेग्मी
३१ सौजन्य २०५१ (१ अङ्क) सौजन्य पुस्तकालय, दिक्तेल तेजना सैंजु, सुवास जोशी
३२ पयर २०५१ खोटाङ सङ्गम समूह मालिकराम राई, सुरेशचन्द्र राई
३३ प्रतिभा २०५२–०५९ (६ अङ्क) नवप्रतिभा साहित्यिक मञ्च धनकर्ण श्रेष्ठ, रामविक्रम थापा, धनप्रसाद सुवेदी, सुकराज राई ।
३४ बाबरी काठमाडौँ विष्णु राई
३५ मिलन २०५३ (३ अङ्क) कर्मचारी मिलन केन्द्र दिक्तेल विष्णु शर्मा र अन्य
३६ चाम्लिङ किरात राई चाम्लिङ खाम्बातिम गडुलमान राई, देवविक्रम राई
३७ कर्मचारी २०५४ (३ अङ्क) नेनिक सङ्गठन तेजना सैंजु, धनप्रसाद सुवेदी, नारायण न्यौपाने
३८ भावना २०५४(त्रैमासिक) धरान किसनचन्द्र राई
३८ सुदामा (हवाईपत्रिका) २०५६ हालसम्म विरामी साहित्यिक समूह, दुर्छिम दीपेन्द्र दीन दुःखी
३९ मियो २०५६ मनोजबाबु आशय, ध्रुव बजिमय उत्तरकुमार राई, भोगीराज चाम्लिङ
४० अभियान २०५७ नेपाली काङ्ग्रेस खोटाङ विष्णु आभूषण
४१ अभियान २०५७ स्मारिका सिम्पानी उच्च मावि बाबुराम न्यौपाने
४२ तारापुञ्ज २०५७ (२ अङ्क) नेकपा (माले) खोटाङ नारायण जोशी
४३ मुक्ति सन्देश २०५७ नेकपा (एमाले) खोटाङ विशाल भट्टराई
४४ खोटाङ स्मारिका २०५७ (१ अङ्क) सगरमाथा युवा समाज सोल्मा, दिक्तेल शान्तिराम राई
४५ आकाश गङ्गा २०५८ (१ अङ्क) प्रलेस, खोटाङ. रमेशचन्द्र राई, चित्र सुवेदी, नारायण ढकाल धु्रवराज राई,
४६ इमो २०५८ जनउत्थान सङ्घ दुर्छिम तिलक चाम्लिङ
४७ वनभित्रको हरियाली २०५८ (१ अङ्क) नेपाल वनरक्षक सङ्घ, खोटाङ बाबुराम फुयाल
४८ हलेसी (हवाईपत्रिका) २०५८ हालसम्म काठमाडौँ किशोर चाम्लिङ, राजकुमार रम्तेल, छक्क सक्रिय राई
४९ शिखर सन्देश २०५८ २ अङ्क) काठमाडौँ टीका चाम्लिङ
५० सिर्जना समर्पण (हवाई त्रैमासिक) २०५८–०६२ काठमाडौँ यम बास्तोला
५१ गोरेटो २०५८ गाविस कार्यालय बुइपा मेम्बर राई
५२ समय २०५९ सेमद टाइम, नेपाल, खोटाङ रमेशचन्द्र राई
५३ नित्याभास २०५९ – रमेश राई ‘गाउँले’
५४ नमुना मासिक २०६० खार्पा भोलाहरि धिताल
५५ चुचे ढुङ्गा विराटनगर रमेश अधिकारी
५६ पुमा –मासिक) २०६० काठमाडौँ प्रवीण पुमा
५७ तावा सुस्केरा २०६१ खिदिमा मनिता लोचन र अन्य
५८ सगरमाथा आह्वान २०६१ मुक्सन किरात विशेषाङ्क सुरेन्द्र राई
५९ नयन (गजलप्रधान) २०६१ हालसम्म खोटाङ गजल मञ्च चित्रकुमार सुवेदी, नवीन अभिशेष, विमला केयरलेस
६० अरूणिमा (हवाईपत्रिका) २०६१ रुपाकोट प्रकाशन डिल्लीराम राई, ‘नाकारा’
६१ मिरमिरे २०६१ खार्मी देवकुमार राई
६२ बिहानी २०६१ खैरसुङ्छा समूह, खोटाङ
६३ अन्तर्बोध २०६१ होमशंकर बास्तोला
६४ पूर्वको पशुपति काठमाडौँ बोधराज पौडेल
६५ शीतला विद्यालय र गुरु रामप्रसाद २०६१ स्मारिका शीतला मावि खाल्ले टङ्क भट्टराई
६६ सिर्जना २०६१ सिर्जनशील साहित्यिक समूह ,नुनथला एमसि सुमित
६७ सनराइज २०६१ खार्मी धनचन्द्र राई
६८ छहरा हलेसी जीवनजित राई
६९ काँचुली २०६२ कालिका मावि नेर्पा चित्रकुमार सुवेदी, वेदीकुमार राई
७० सिलौटी टाइम्स २०६२ काठमाडौँ प्रवीण पुमा
७१ प्रयास क्तार रमेशचन्द्र राई
७२ परदेश (५ अङ्क) खोटाङ युवा समाज युएई नीरवचन राई
७३ सन्देश क्तार रोशनथुलुङ राई
७४ झुल्को २०६२ श्रीमावि लक्याङ, खोटाङ भागवत घिमिरे
७५ खोटाङ सन्देश २०६२ कतार रोशन राई
७६ मधुरिमा २०६२ खोटाङेविद्यार्थी, काठमाडौँ लेकेन्द्र राई
७७ वाङ्मय २०६२ हालसम्म राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान, खोटाङ विष्णु आभूषण
७८ खोटाङ स्मारिका,हङकङ सन् २००७ खोटाङे समाज हङकङ भोगेन एक्ले
७९ साकेला दोहा, कतार विक्रमचेतनशील राई
८० अभियान कतार रमेशराई ‘गाउँले’
८१ विशेषाङ्क २०६४ काठमाडौँ टीका चाम्लिङ
८२ सञ्जीवनी
८३ जंघार
८४ आँकुरा
८५ खोटाङ आवाज २०६४ नेकपा(एमाले) खोटाङ–काठमाडाँ सम्पर्क मञ्च गोपी खड्का र अन्य
८६ मियो २०६४ सामना प्रकाशन, नेपाल भोगीराज चाम्लिङ
८७ शब्दशिखा मासिक २०६६(हवाईपत्र) प्रभाससमूह, काठमाडौँ
८८ टुवाखोला दोभान (त्रैमासिक) २०६५–हालसम्म् सिर्जनशील साहित्यिक मञ्च भूमिराज राई‘मरुभूमि’ , शकुन‘आँसु’ आदि
८९ लेखक साहित्यिक त्रैमासिक किरात राई लेखक सङ्घ, केन्द्रीय समिति –
९० खोटाङ चौतारी २०६६ खोटाङ महासमाज टङ्क भट्टराई, मिलनकान्छा राई आदि ।

खोटाङका श्यामकुमार अधिकारी ‘हिँडपाली साहिँलो’ले आकुरा, विराट साहित्यिक सामयिक, अच्युतरमण अधिकारीले मुकुट, पीपल, नेपाली, कस्तुरी, गुणराज दाहालले धारा, पालुवा, विनोद रोकाले न्याय प्रतीक, न्याय दूत, नवराज पोख्रेलले नवप्रभात,नरभूपाल राईले गवेष, हुङकार, टीका चाम्लिङले हाम्रो संस्कृति (२०५८), जनजाति पहिचान (२०५८) लगायतका पत्रिकाहरुको सम्पादन गरेको पाइन्छ ।

खोटाङ जिल्लाबाट र खोटाङेका सम्पादनमा खोटाङ बाहिरबाट गरी करिब एक सयवटा साहित्यिक पत्रिका प्रकाशित भएको भए पनि यी पत्रिकाहरु नियमित भएको पाइँदैन । अधिकांश पत्रिका १, २ अङ्कमै सीमित भएका छन् । खोटाङ भित्रबाट सुरुमा प्रकाशित सबैभन्दा बढी अङ्क प्रकाशित भएको विशुद्ध साहित्यिक पत्रिका प्रतिभा हो । यसका जम्मा ६ अङ्क प्रकाशित भएको पाइन्छ ।



सन्दर्भसामग्रीसूची
आचार्य, रविकिरण (सम्पा.२०६३), खोटाङ जिल्ला पाश्र्वचित्र, खोटाङः जिल्ला विकास समितिको कार्यालय ।
खड्का, भूपराज (२०६३), “नेपालको पत्रकारितमा खोटाङ”, खोटाङ (पूर्णाङ्क, ४), पृ. ४२–४५ ।
थापा, रामविक्रम (२०५३), “साहित्यिक सेरोफेरोमा खोटाङ”, प्रतिभा (अङ्क २) पृ.१–१५ ।
राई, देवविक्रम (२०५८), “ऐतिहासिक हस्तलिखित साहित्यिक पत्रिका ‘गोरेटो’ का सम्पादक पशुपति भट्टराईसँगको भेटवार्ता”, गोरेटो (वर्ष १, अङ्क १) ।
राई, मेम्बर (२०६१), “खोटाङेहरुका पुस्तक–पत्रिकाहरु”, गोरेटो, (वर्ष ५, अङ्क २), पृ. ८१–९१) ।
रेग्मी, नगेन्द्रराज (२०५८) (सम्पा.), खोटाङपुकार, (वर्ष ३, अङ्क १), पृ. ३–७ र १३–२९ ।
शर्मा, प्रभुनाथ (२०५७), “नेपालको कम्युनिस्ट आन्दोलन खोटाङको भूमिका”, मुक्तिसन्देश, (वर्ष १, अङ्क १), पृ. ७१–७८ ।
सुवेदी ‘श्रमिक’, धनप्रसाद (२०५९), “खोटाङे साहित्यको सङ्क्षिप्त आकलन”, समय (वर्ष १), अङ्क १), पृ.१–८ ।
– ‘कर्मचारी’, ‘खोटाङ पुकार’, ‘नयाँकदम’, ‘प्रतिभा’ आदि पत्रिकाका विभिन्न अङ्क