Author Topic: मैथिलीमा साहित्यिक पत्रकारिता  (Read 5748 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
मैथिलीमा साहित्यिक पत्रकारिता: सुदीर्घ इतिहास र नाजुक वर्तमान
धीरेन्द्र प्रेमर्षि

मैथिली पत्रकारिता घनत्वका दृष्टिले अत्यन्त कृशकाय भए पनि यसको इतिहास भने सय वर्षभन्दा लामो छ । आजको लोकतान्त्रिक वातावरणमा भर्खरै बामे सर्दै गरेका भाषाहरुमा पनि पत्रपत्रिका प्रकाशनतर्फ निकै सजगता देखिएको छ । तर मैथिलीमा हिजोका घोर प्रतिकूल अवस्थाहरुमा पनि निरन्तर आफ्नो उपस्थिति र प्रभाव देखाउँदै आएको मैथिली पत्रकारिता आज सबै दृष्टिले अनुकूल रहेको अवस्थामा भने दरो रुपमा उभिन सकेको छैन । यस्तो उत्साहविहीन अवस्था आउनुका पछाडि विविध कारणहरु छन्, जसलाई पछि खोतल्ने प्रयास गर्नेछु । तर नेपाल र भारत दुई देशमा फैलिएर पनि दुवै देशको सरकारबाट अवहेलना खेप्दाखेप्दैसमेत वा भनौँ कुनै किसिमको राजकीय संरक्षण तथा टेवाको अभावमा पनि मैथिली पत्रकारिताले सय वर्षभन्दा लामो सुदीर्घ इतिहास बनाउनुलाई भने कम गौरवको विषय किमार्थ मान्न सकिन्न ।

सामान्यतया राजनीतिले प्रत्यक्ष प्रभाव पार्ने देश वा क्षेत्रको भाषामा समाचारपत्रको विकास पहिले हुन्छ । तर सिर्जनात्मक ऊर्जा र उत्साह भए तापनि प्रत्यक्ष राजनीति नहुने ठाउँमा साहित्यिक पत्रपत्रिका नै विचार–प्रवाहको अग्रमोर्चामा उभिएका हुन्छन् । आधुनिक कालमा मैथिली भाषा र मिथिला क्षेत्र प्रत्यक्ष राजनीतिबाट टाढा रह्यो । त्यसैले मैथिलीमा अद्यावधि सरकारी निकाय सूचना विभागले दिने सहयोग लिनेबाहेकको वास्तविक उद्देश्यले जे–जति पत्रकारितासम्बन्धी काम भए, ती सबै साहित्यिक पत्रिकाका रुपमा भए । मैथिली पत्रकारिताको इतिहासलाई जीवन्तता दिने र निरन्तर राख्ने काम पनि साहित्यिक पत्रिकाहरुले नै गरेका छन् ।

प्रारम्भिक पाइला प्रवासबाट

मैथिलीसम्बन्धी धेरैजसो युगान्तकारी कार्यको सुरूआत मूल मिथिला भूभागबाट भएको पाइँदैन । यसको मूल कारणमा विकासको मूल प्रवाहबाट मूल मिथिला क्षेत्र दुवै देशमा सधैँ वञ्चित रहनु थियो । तर मिथिलावासीहरु भने विद्वता र सृजनऊर्जाले सधैँ परिपूर्ण रहे । फलतः ती जहाँ गए र अनुकूलता पाए त्यहाँ–त्यहाँ तिनले मिथिला र मैथिलीसम्बन्धी कार्यलाई अगाडि बढाउने काम गरे । प्रायः यही कार्यप्रक्रियाले गर्दा मैथिलीको सबैभन्दा पहिलो पत्रिका भारतको मूल मिथिला क्षेत्रभन्दा धेरै सुदूर इलाका राजस्थानबाट प्रकाशन भयो । ई.सन् १९०५ मा राजस्थानको जयपुर सहरबाट प्रकाशित मैथिल हितसाधन नामक यस पत्रिकाका सम्पादक पं. मधुसूदन झा थिए । यसपछिको दोस्रो मैथिली पत्रिका पनि प्रवासबाट प्रकाशित भयो । मिथिलामोद नामक यो पत्रिका ई.सन् १९०६ मा काशीबाट मुरलीधर झाको सम्पादनमा सुरू भयो । मूल मिथिला क्षेत्रबाट भने सन् १९१२ बाट मात्र मैथिली पत्रिकाको प्रकाशन सुरू भयो ।
भारतीय मिथिलाको केन्द्र दरभङ्गाबाट प्रकाशन थालिएको मिथिला मिहिर नामक यस पत्रिकाका प्रथम सम्पादक विष्णुकान्त झा थिए । मिथिला मिहिर मैथिलीको सबैभन्दा दिगो र जनजनमा व्याप्त पत्रिकाको रुपमा पनि चिनिन्छ । मासिक र पूर्ण साहित्यिकबाट साप्ताहिक र साहित्यप्रधान हुँदै यो पत्रिका दैनिक रुपमा समेत केही समय प्रकाशित भएको थियो । प्रायः मैथिली भाषामा ईस्वीको असीयौँ दशकसम्मबाट साहित्ययात्रा थालेका अधिकांश साहित्यकारहरुले मिथिला मिहिरबाटै आफ्नो साहित्ययात्रा थालेको अभिव्यक्ति दिने गरेका छन् । यसपछि मैथिलीमा विभिन्न स्थानबाट विभिन्न भावभूमिका सैकडौँ पत्रिकाहरु प्रकाशित भए, तर दिगो र चिरनिरन्तर भने कुनै पनि रहन सकेनन् ।

नेपालमा मैथिली पत्रकारिताको सुरूआत

नेपालतर्फ मैथिली पत्रकारितामा ठोस कार्य वि.सं. २०२५ सालमा मात्र सुरू भयो । जसरी भारतमा मूल मिथिलाभन्दा बाहिरबाट मैथिली पत्रिकाको प्रकाशन प्रारम्भ भयो त्यसैगरी नेपालमा पनि मूल मिथिलाभन्दा इतर क्षेत्रबाटै मैथिली पत्रिकाको प्रकाशन–यात्रा थालिएको पाइन्छ । राजधानी काठमाडौँमा खुलेको अखिल नेपाल मैथिली साहित्य परिषद्द्वारा काठमाडौँबाटै प्रकाशन थालिएको फूलपात नामक पत्रिकाको सम्पादक पं. सुन्दर झा ‘शास्त्री’ थिए । पछि विविध कारणले साहित्य परिषदबाट पं. शास्त्री बाहिरिए र उक्त संस्था पनि निस्क्रिय हुन पुग्यो । तर फूलपातलाई भने शास्त्रीजीले आफूसँगै जनकपुर लिएर गए र त्यहीँबाट यावज्जीवन मासिक रुपमा फूलपात पत्रिकाको प्रकाशन गरिरहे । पं. शास्त्रीको जीवनयात्रा २०५५ सालमा असामयिक रुपमा थामिएपछि भने फूलपात पत्रिकाको तीस वर्षे प्रकाशनयात्रामा पनि पूर्णविराम लाग्यो ।

उसो त मैथिली पत्रिकाको इतिहासै खोतल्ने हो भने वि.सं. २०१४ सालमै नेपाली भूभागतर्फ पनि पत्रकारितामा मैथिलीको प्रवेश भइसकेको थियो । तर त्यतिखेर निस्केको नवजागरण नामक पत्रिका मैथिली भाषाको स्वतन्त्र पत्रिका नभई त्रिभाषीय पत्रिका थियो, जसमा मैथिलीका साथै हिन्दी र नेपाली भाषाका खण्डहरु पनि राखिएका थिए । यसको मैथिली खण्डका सम्पादक नवोनाथ झा थिए ।

फूलपातको प्रकाशनपछि मैथिली साहित्यिक क्षेत्रमा पत्रपत्रिकाहरुको प्रकाशनतर्फ जागरुकता बढेको पाइन्छ । फूलपात प्रकाशनको दुई वर्षपछि वि.सं. २०२७ सालमा विराटनगरबाट मैथिली तथा काठमाडौँबाट इजोत नामक पत्रिकाको प्रकाशन प्रारम्भ भयो । यी पत्रिकाहरुका सम्पादक क्रमशः डा. प्रफुल्लकुमार सिंह ‘मौन’ तथा डा. हरिदेव मिश्र थिए । यीमध्ये इजोत पहिलो अङ्कपछि नै बन्द भयो भने मैथिली केही समयसम्म निस्किरह्यो । नेपालतर्फको मिथिलाको मूल थलो जनकपुरधामबाट भने पहिलोपटक २०३० सालमा मात्र मैथिली पत्रिका प्रकाशित भयो । रामभरोस कापडि ‘भ्रमर’ को सम्पादनमा निस्केको यस पत्रिकाले केही महŒवपूर्ण विशेषाङ्कहरुसमेत प्रकाशित गरेर मैथिली साहित्य–संस्कृतिलाई टेवा पु¥याउने काम ग¥यो ।

आन्दोलनको ऊर्जाले उत्साहित मैथिली पत्रकारिता

विभिन्न समयमा देशमा हुने राजनीतिक आन्दोलनहरुले मैथिल सिर्जनधर्मीहरुलाई घचघच्याउने काम गरिरह्यो । फलतः देश आन्दोलित भएको समयमा मैथिली पत्रकारितामा नयाँ तरङ्गहरु देखिन थाले । वि.सं. २०३७ सालमा काठमाडौँबाट सनेस (सं. विनोद झा), राजविराजबाट वाणी (सं. विजयेन्द्र झा) र भद्रपुरबाट हिलकोर (सं. प्रदीप बिहारी) पत्रिकाको प्रकाशन सुुरू भयो । यी पत्रिकाहरु एक–दुई अङ्क छापिएपछि बन्द हुँदै गए । यसपछिको अर्को लहर २०४६ सालको आन्दोलन र त्यसपछि प्राप्त प्रजातन्त्रको अवस्थामा देखियो । यस कालमा पनि कतिपय मैथिली पत्रिकाको प्रकाशन–यात्रा सुुरू भयो । यसबीच २०४३ सालमा दुर्गाप्रसाद देवको सम्पादनमा राजविराजबाट दूविधान नामक पत्रिका प्रकाशन भएको देखिन्छ । वि.सं. २०४० सालमै दर्ता भएर विज्ञापन पत्रिकाको रुपमा चल्दै आएको जनक पत्रिकालाई कवि–कथाकार भुवनेश्वर पाथेयले २०४६ सालमा नयाँ स्वरुप दिएर जनकपुरबाट उत्साहसाथ निकाल्न थाले । तर प्रकाशकहरु पञ्चायती पृष्ठभूमिका भएकाले छयालीस सालको राजनीतिक परिवर्तनले गर्दा यसको अवसान हुन पुग्यो । तर मैथिली पत्रकारिताप्रतिको पाथेयको प्रतिबद्धता र उत्साहमा कमी आएन । उनले आफ्नो अभियानलाई सङ्केत नामक अनियतकालीन साहित्यिक सङ्कलनका माध्यमबाट निरन्तरता दिने निधो गरे । सङ्केतको एक अङ्क २०४७ सालमा निकै भव्य रुपमा निकालेका पनि थिए उनले । तर २०४८ साल असोज ८ गते क्यान्सर रोगका कारण पाथेयको असमयमै निधन भएपछि मैथिली पत्रकारिताले पनि ठूलो धक्का व्यहोर्नुप¥यो । यसै समयमा रामभरोस कापडि ‘भ्रमर’ ले जनकपुरबाटै अर्को पत्रिका आँजुर दर्ता गराएर प्रकाशन गर्न थाले । यो पत्रिका प्रजातन्त्रप्राप्तिपछि पनि केही समयसम्म चलिरह्यो ।

प्रजातन्त्रप्राप्तिपछिको तात्तातो उत्साहमा विराटनगरबाट थप दुईटा प्रयास भए । कथाकार जीतेन्द्र जीतले कमला नामबाट फोल्डर पत्रिका प्रकाशन गरे । केही पछि उनले विराटनगरमा सक्रिय अन्य साहित्यकर्मीहरु रामनारायण सुधाकर, विनोदचन्द्र झा र डा. बदरीनारायण वर्मासँग मिलेर प्रभात नामक पत्रिका पनि निकाले । यीमध्ये कमलाको प्रवाह एक अङ्कपछि नै सुक्यो भने प्रभात दुई वर्षपछि पुनः एकपल्ट उदाएको थियो । झापाबाट निस्कने हिलकोर पत्रिका प्रदीप बिहारीले झापा छोडेपछि बन्द भए तापनि उनको तत्कालीन कार्यका सहयोगी वा उत्प्रेरक व्यक्तित्व प्रा. गणेशलाल कर्णले पछि तिलकोर नामक पत्रिका प्रकाशन गरे । झापाबाट अवकाश लिएर घर विराटनगर फर्केपछि भने कर्णले मैथिली जागरण पत्रिका प्रकाशन गर्न थाले, जुन उनको देहावसानसँगै बन्द हुन पुग्यो ।

यता नेपाललाई पहिलो सम्पूर्ण मैथिली पत्रिका दिएको अखिल नेपाल मैथिली साहित्य परिषद् पनि प्रजातान्त्रिक वातावरणमा एकपटक पुनः जुर्मुराएर उठ्यो र २०४७ सालमा रमेश झाको सम्पादकत्वमा मैथिली जगत नामक पत्रिकाको प्रकाशन ग¥यो । तर यो प्रयास पनि एक अङ्कभन्दा अगाडि बढ्न सकेन । यसै समयमा मिथिला सांस्कृतिक केन्द्र जनकपुरधामबाट सांस्कृतिकी नामक पत्रिका प्रकाशन गरियो, तर यो पनि एक अङ्कभन्दा अगाडि बढ्न सकेन ।

वि.सं. २०४८ सालमा काठमाडौँमा तत्कालीन समयका केही उत्साही युवाहरुले अन्तिम शनि नामबाट व्यवस्थित तरिकाले भित्ते साहित्यिक पत्रिकाको प्रकाशन सुुरू गरे । यस पत्रिकाको सम्पादनमा धीरेन्द्र प्रेमर्षिका साथै नथमल अग्रवाल र नीरज कर्ण सम्मिलित थिए । उता यसै समयमा जनकपुरबाट डा. सुरेन्द्र लाभको सम्पादनमा धधरा नामक पोष्टर पत्रिकाको प्रकाशन भयो । यी दुवै पत्रिकामध्ये अन्तिम शनि सात अङ्कसम्म निस्क्यो भने धधराको एक अङ्क मात्र निस्कन सक्यो ।

साहित्यिक रिक्ततामा मैथिली पत्रकारिता

प्रजातान्त्रिक जोशका साथ निस्केका पत्रिकाहरु पनि प्रजातन्त्र प्राप्तिपछिको दुई–तीन वर्षमै पूर्ण रुपले सेलाइसकेका थिए । २०४९–५० सालतिर आउँदासम्म नेपालको मैथिली साहित्यिक पत्रकारिता शून्य अवस्थामा पुगिसकेको थियो । यता नेपालीमा हवाइपत्रिका निकै लोकप्रिय हुँदै गएको थियो । यस्तो अवस्थामा मैथिली विकास मञ्चले धीरेन्द्र प्रेमर्षिको सम्पादकत्वमा पल्लव नामक हवाइपत्रिकाको प्रकाशन थाल्यो । सानो आकारमा पनि यथेष्ट सामग्रीको संयोजन, नियमितता र हुलाकमार्फत् सर्वत्र पहुँचले गर्दा यो पत्रिका निकै लोकप्रिय पनि भयो । हवाइपत्रिकाको आकारबाट सुुरू भएको पल्लवले विस्तारै आकार बढाउँदै आफूलाई सोह« पृष्ठको पत्रिकासम्म पु¥यायो । तर भारतका लागि हुलाक महशूलमा अत्यधिक वृद्धिलगायतका समस्यापछि यो पत्रिका पनि २४ (चौबीस) अङ्कभन्दा अगाडि बढ्न सकेन ।

वि.सं. २०५० सालकै अन्त्यतिर नेपालको मैथिली कला–संस्कृतिको फाँटमा सर्वाधिक सक्रियता देखाउँदै आएको तथा सक्षम संस्था मिथिला नाट्यकला परिषद्ले जनकपुरधामबाट मिथिलावाणी पत्रिकाको प्रकाशन थाल्यो । त्रैमासिक रुपमा निस्कने यस पत्रिकाका सम्पादक श्यामसुन्दर शशि, रमेश रञ्जन र अवधेश पोखरेल थिए । केही अङ्कसम्म नियमित निस्कँदा–निस्कँदै परिषद्लाई विशेष ऊर्जा र उँचाइ प्रदान गर्न सर्वाधिक योगदान पु¥याउँदै आएका त्यसका अध्यक्ष योगेन्द्र साह ‘नेपाली’ को असामयिक निधन भयो । यसपछि अध्यक्ष नेपालीको स्मृतिमा थप एक अङ्क निकालेर यो पत्रिका पनि सेलायो ।

जनकपुरधामबाटै तत्कालीन समयमा किशोरावस्थामा रहेकाहरुको एउटा समूहले मैथिली विकास परिषद् नामक संस्था स्थापना गरी सम्भावना नामबाट एउटा पत्रिका निकाल्न थालेको थियो । अनिल विश्ववन्धु र शैलेन्द्र अभिलाषीको सम्पादकत्वमा प्रकाशित सम्भावनाले किशोर रुचिलाई नै दृष्टिगत गरी केही अङ्क निकाल्यो, तर यो पनि लामो समयसम्म चल्न सकेन । यस्तै डा. उपेन्द्र लाभको सम्पादनमा मिथिलाञ्चल नामबाट पनि एउटा साहित्यिक पत्रिका निस्केर केही अङ्क निस्केपछि बन्द भयो ।

साहित्यिक पत्रिकाका सन्दर्भमा मैथिली भाषामा केही काम भोजपुरी भाषी क्षेत्र वीरगञ्जबाट पनि भएको छ । त्यहाँस्थित मैथिली साहित्य परिषदले पुछारि नामबाट पूर्ण मैथिली पत्रिका निकाल्यो भने माउन्ट एडमन्ड मा.वि. ले नव–पल्लव नामबाट भोजपुरी, नेपाली र मैथिली भाषामा त्रैभाषिक पत्रिकाको प्रकाशन ग¥यो । तर अन्य मैथिली पत्रिकाहरुझैँ यी पनि दिगो हुन सकेनन् ।

मिथिलाका गौरवपुरुष सलहेसको जन्मथलो सिरहाबाट मैथिलीका प्राध्यापक उमेशकुमार झा ‘ललन’ को सम्पादकत्वमा सलहेस–वाणी नामक पत्रिकाको प्रकाशन भयो । यसले विविध विषयवस्तुको राम्रो संयोजन गर्न सकेको थियो । तर यो पनि तीन–चार अङ्कभन्दा अगाडि बढ्न सकेन । जनकपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मैथिली विभागसमेतको सौजन्यमा मैथिली साहित्य परिषद् जनकपुरधामले भूमिजा नामबाट एउटा वार्षिक पत्रिका निकाल्ने गरेको छ । प्रा.डा. पशुपतिनाथ झाको सम्पादनमा निस्कँदै गरेको यस पत्रिकाले दिगोपना र स्तरीयताको पर्याप्त आधार राख्दाराख्दै पनि गतिलो लक्षण देखाउन सकेको छैन । जनकपुरमै क्रियाशील आकृति नामक संस्थाले आकृति नामबाटै सामयिक सङ्कलनको केही अङ्क निकालेको पनि पाइन्छ ।

पछिल्लो चरणमा जनकपुरधामबाट विविधा मञ्चका तर्फबाट नैमिकानन नामक पत्रिका त्रैमासिक रुपमा प्रकाशित हुँदै आएको छ । यसलाई हालका दिनमा नेपालबाट प्रकाशित हुँदै आएको एक मात्र अपेक्षाकृत नियमित मैथिली साहित्यिक पत्रिका भन्न सकिन्छ । डा. रेवतीरमण लालको सम्पादकत्वमा प्रकाशन हुँदै आएको यस पत्रिकाले केही विशेषाङ्कहरु पनि मैथिली साहित्यलाई दिएको छ । यसैगरी प्रा. परमेश्वर कापडिको सम्पादकत्वमा प्रकाशित हुने काव्य–चौपाडि नामक लघुपत्रिकाले पनि पछिल्लो समयमा सामान्य तर निरन्तर योगदान पु¥याउँदै आएको छ ।

मैथिली पत्रकारितामा सरकारी संलग्नता

नेपालको दोस्रो सबैभन्दा ठूलो जनसमूहको भाषा र प्राचीनता एवं स्तरीयताका दृष्टिले समृद्धतम भाषा भएर पनि नेपालमा मैथिलीका लागि राज्य नियन्त्रित निकायहरुबाट कुनै ठोस योगदान हुन सकेको थिएन । तर डा. वासुदेव त्रिपाठीको उपकुलपतित्व कालमा नेपाल राजकीय (तत्कालीन) प्रज्ञा–प्रतिष्ठानले आँगन नामबाट एउटा अद्र्धवार्षिक साहित्यिक पत्रिकाको प्रकाशन सुुरू ग¥यो । यस पत्रिकाको दुई अङ्क हालसम्म देखिन सकेको छ । सरकारी निकायबाट निस्केका कारण यसको गेटअप र मेकअप आकर्षक एवं खर्चिलो देखिन्छ । तर सामग्री संयोजनमा कुनै किसिमको दृष्टिकोण वा मापदण्ड नदेखिँदा त्यसले प्रतिष्ठान र मैथिली दुवैको गरिमासँग न्याय गर्न सकेको छैन । उक्त पत्रिकाको स्वरुप र सामग्री हेर्दा यस्तो लाग्दछ मानौँ कुनै खातेले घच्चिको नयाँ बोरा पाएर त्यसमा पाएजत्तिको खाते सामग्री हुल्दै गएको होस् ।

यसै गरी गोरखापत्र दैनिकले माओवादी सरकारको पालादेखि नयाँ नेपाल खण्डमा विविध भाषामा दुई पृष्ठ सामग्री दिने गरेको थियो । सुुरूमा मैथिली, नेवारीलगायत केही भाषाको मात्र सामग्री प्रकाशन गरिँदा सामान्यतया हप्ताको एकपटक एउटा भाषाको सामग्री आउने गथ्र्यो । प्रारम्भिक दश–बाह« अङ्क धीरेन्द्र प्रेमर्षिको संयोजकत्वमा मैथिली खण्ड प्रकाशित होउञ्जेल ती सामग्रीहरु साहित्यिक मूल्यका हुने गर्दथे । पछि दुई पृष्ठबाट कहिले आधा त कहिले एक पृष्ठ महिना–महिना दिनमा छापिन थाल्यो । यसमा सामयिक समाचारहरु बढी दिन थालिए । सुरेशकुमार यादव र मनोज झा ‘मुक्ति’ को संयोजनमा आउने यसको पछिल्लो स्वरुपले मैथिली गतिविधिसम्मलाई समेट्यो, साहित्यबाट झण्डै–झण्डै हात झिक्यो । तसर्थ पछिल्लो समयमा भइरहेको यो कार्य गोरखापत्रले मैथिली पनि छापिरहेको छ भन्ने देखाउनमा बढी केन्द्रित भएको छ ।

सरकार नियन्त्रित निकायमा साझा प्रकाशन साहित्यिक क्रियाकलापका लागि महŒवपूर्ण थलो हो र त्यहाँ पछिल्ला दुईटा अध्यक्ष तथा महाप्रबन्धक मैथिलीभाषी नै रहेका छन् । तर पनि त्यहाँबाट यस दिशामा कुनै पहल हुन सकेको छैन । खासगरी मैथिलीभाषीको देशमा घनीभूत उपस्थिति र यसको गरिमामय साहित्यिक परम्पराका दृष्टिले पनि साझा जस्ता निकायबाट ठोस कदम चाल्नुृ वाञ्छनीय थियो । जनकपुरमा वृहत्तर जनकपुर विकास परिषद् जस्तो साधनसम्पन्न निकाय भएर पनि त्यसले यस दिशामा कुनै कार्य गर्न नसक्नु भनेको आफैमा लाजमर्दो कुरा हो । पछिल्ला समयमा सरकारले मिथिलाका विभिन्न स्थलहरुलाई आधार मानेर सलहेस, जनकपुर, सिमरौन आदि पर्यटकीय क्षेत्र विकास समितिहरु बनाएको छ । त्यस्ता निकायबाट पनि नियमित प्रकाशनको अपेक्षा राख्नु स्वाभाविक थियो । तर दुर्भाग्य– सबै राजनीतिक भागबण्डामा मात्र सीमित छन् ।

विद्युतीय माध्यममा मैथिली साहित्य

वि.सं. २०५८ सालपछि मैथिली साहित्यले विद्युतीय सञ्चार माध्यममा पनि महŒवपूर्ण प्रवेश पायो । कान्तिपुर एफएममा हेल्लो मिथिला कार्यक्रम सुुरू भएपछि यसका सञ्चालकद्वय धीरेन्द्र प्रेमर्षि र रुपा झाको साहित्यिक पृष्ठभूमिले गर्दा कार्यक्रममा साहित्यिक रचना र साहित्यिक व्यक्तित्वहरुले यथेष्ट स्थान पाउँदै गए । यसबाट नयाँ पुस्तामा आफ्नो भाषा र साहित्यप्रति जागरुकता बढेको महसुस भएको पाइन्छ । यसै समयमा मनोज झा ‘मुक्ति’ ले इमेज एफएमबाट मैथिली गुञ्जन नामक कार्यक्रम थाले । यसको पनि शैली र प्रक्रिया झण्डै–झण्डै उस्तै थियो । यी रेडियो कार्यक्रमहरुले पस्केको जागरुकताको फलस्वरुप पनि राजविराजबाट रवेन्द्र मडर ‘रवि’ को सम्पादनमा अभिनव तथा राजविराजबाटै सतीश दत्तको सम्पादनमा सुरभि जस्ता साहित्यिक पत्रिकाहरु निस्केका पाइन्छन् । हाल मिथिलाञ्चलका गाउँ–सहरहरुमा दर्जनौँ एफएम रेडियोहरु खुलेका छन् । तिनले ठोस रुपमा नभए पनि फाट्ट–फुट्ट रुपमा साहित्यिक क्रियाकलापलाई टेवा पु¥याउने काम गरेका छन् ।

सामान्यतया साहित्यिक पत्रिकाले साहित्यिक गतिविधिहरुलाई पनि टेवा पु¥याएको पाइन्छ । यस क्रममा हेल्लो मिथिला कार्यक्रम सुुरू भएताका सम्पूर्ण मिथिला क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक गतिविधिहरुमा व्यापक अभिवृद्धि भएको थियो । अधिकांशतः युवाहरुमा आफ्नो भाषा–संस्कृतिप्रतिको दायित्वबोध बढ्नुका साथै कुनै कार्यक्रम गरेमा हेल्लो मिथिलामा आफ्नो नामको प्रचार–प्रसार हुने मोहले पनि राम्रो भूमिका खेलेको थियो । मिथिलाका जिल्लापिछे आधा दर्जनको हिसाबले एफएमहरु खुल्न थालेपछि यस्ता गतिविधिहरु झन् बढ्ने अपेक्षा गरिएको थियो । तर नतिजा उल्टो आएको छ । अहिले मिथिला क्षेत्रमा स्वतः स्फूर्त रुपमा विगतमा हुँदै आएका साहित्यिक गतिविधिहरु शून्यप्रायः भएका छन् । यसको कारणतर्फ घोत्लिँदा के पाइन्छ भने हिजोको दिनमा नामसमेतको मोहले साहित्य–कलामा बामे सर्दै गरेका युवाहरु जम्मैजसो कुनै न कुनै रेडियोमा आबद्ध भए । तिनमा साहित्यिक चेतना परिपक्व हुनुअगाबै कोही कार्यक्रम सञ्चालक त कोही समाचारवाचकका रुपमा नाम–दाम कमाउन थाले । यसबाट उनका लागि साहित्य गौण हुन गयो र त्यस्ता गतिविधि शून्य झैँ हुन पुगे ।
यता व्यापक हुँदै गएको इन्टरनेटको प्रयोगलाई समेत उपयोग गर्ने दृष्टिले पल्लव पत्रिकालाई इन्टरनेटमार्फत् २०६० सालमा पल्लव मिथिलाबाट निकाल्ने काम पनि गरियो । तर यो प्रयास पनि प्रभावकारी र नियमित हुन सकेन ।


sag

  • VIP
  • ******
  • Posts: 742
गैरसाहित्यिक पत्रिकाहरुको भूमिका

मैथिली भाषामा जसरी साहित्यिक पत्रिकाहरु निस्कने र बन्द हुने क्रम जारी रहेको छ, यसभन्दा फरक अवस्था समाचारपत्र तथा अन्य खाले पत्रिकाहरुको पनि छैन । तर मैथिलीमा समाचारपत्र नै निस्के पनि तिनमा रहने अधिकांश सामग्री भने साहित्यिक नै हुन्छन् । उदाहरणका लागि रामभरोस कापडि ‘भ्रमर’ को सम्पादनमा २०३९ सालदेखि निस्कन थालेको गामघर साप्ताहिकलाई लिन सकिन्छ । घरि सक्रिय पत्रिका, घरि सरकारी अनुदान पाउन निस्कने पत्रिकाका रुपमा आफ्ना गतिविधिलाई अघि सारिरहे तापनि यसले मैथिली साहित्य–संस्कृतिसम्बन्धी रचनाहरुलाई प्राथमिकतासाथ स्थान दिने मात्र नभई कतिपय महŒवपूर्ण विशेषाङ्कहरुसमेत प्रकाशित गरेको छ ।

यसैगरी विगत एक दशकभन्दा लामो समयदेखि राजविराजबाट मैथिली साहित्य परिषदले प्रकाशन गर्दै आएको साप्ताहिक समाचारपत्र मिथिलाले प्रचुर मात्रामा साहित्यिक खुराक पस्कँदै आएको छ । राजविराज क्षेत्रको समग्र मैथिली साहित्यिक गतिविधिको केन्द्रमा मिथिला पत्रिका रहनुले पनि यसको साहित्यिक योगदानको पुष्टि गर्दछ ।

जनकपुरबाट रामानन्द युवा क्लवले २०६१ सालमा केही समयसम्म प्रकाशन गरेको साप्ताहिक विद्यापति टाइम्सले पनि साहित्यिक सामग्रीहरुका माध्यमबाट मैथिली साहित्यलाई केही हदसम्म टेवा पु¥याएको छ भने साप्ताहिकबाट हाल दैनिक रुपमा सञ्चालन हुन थालेको सीमाञ्चल (सम्पादक ः उपेन्द्र भगत नागवंशी) तथा मिथिला डट कम (सम्पादक ः सुजीतकुमार झा) ले बेलाबेला मैथिली साहित्यलाई मनग्गे योगदान दिएका छन् । राजविराजमा दर्ता भई बेलाबेला निस्कने रामनारयण देवको सम्पादनको मिथिलाञ्चल दैनिक तथा परमेश्वर कापडिको सम्पादनमा जनकपुरधामबाट सुुरू भएको साप्ताहिक पत्रिका धुवा–धाजाले पनि साहित्यिक गतिविधि र सिर्जनालाई टेवा पु¥याउँदै आएको छन् ।

यस दिशामा २०४८ सालदेखि पाक्षिक समाचारपत्रका रुपमा विराटनगरबाट रामरिझन यादवको सम्पादकत्वमा प्रकाशित हुन थालेको मिथिला टाइम्सले पछिल्ला दिनहरुमा अनियतकालीन सङ्कलनका रुपमा कतिपय विशेषाङ्कहरु प्रकाशित गरी मैथिली साहित्यको श्रविृद्धिमा महŒवपूर्ण टेवा पु¥याएको छ । यसैगरी २०६२ साल भदौदेखि मोहनकुमार सिंह, नित्यानन्द मण्डल आदिको सम्पादकत्वमा आधुनिक साजसज्जाका साथ प्रकाशन हुन थालेको मिथिलाञ्जलिले पाँच–छ अङ्क निकालेर मैथिली पत्रकारिता र गतिविधिमा नयाँ पुस्तालाई समेट्न महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यस माध्यमबाट मैथिली साहित्यले पनि धेरथोर टेवा पाएकै देखिन्छ । यस पत्रिकाको पछिल्लो चरणमा राष्ट्रिय स्तरमा स्थापित पत्रकार (हालका पत्रकार महासङ्घ अध्यक्ष) धर्मेन्द्र झा ‘विह्वल’ अतिथि सम्पादकका रुपमा संलग्न भएपछि यसले ठोस गति र दिशा लेला भन्ने आशा गरिएको थियो, तर उनले दायित्व सम्हालेपछि एक अङ्क मात्र निस्केर यो पत्रिका बन्द भयो ।

नेपाल मैथिल समाजको मुखपत्रका रुपमा काठमाडौँबाट २०४९ सालदेखि त्रैमासिक रुपमा छापिन थालेको नेपाल मैथिल समाज पत्रिकाले पनि मैथिली साहित्यको विकासमा राम्रै योगदान दिएको मान्नुपर्दछ । गोपाल झाको सम्पादन–संयोजनमा निस्कँदै आएको यस पत्रिकाले मूलतः समाजका गतिविधिहरुलाई समेट्ने गर्दथ्यो । २०६० सालतिर फरक गेटअपमा मैथिल समाज नामबाट धीरेन्द्र प्रेमर्षिको सम्पादनमा पूर्ण साहित्यिक पत्रिकाको रुपमा पनि यसको एक अङ्क देखियो । तर यो पनि त्यस रुपमा दिगो रहन सकेन ।

उपलब्धिशून्य लोकतान्त्रिक गणतन्त्र

मैथिली पत्रकारिताको सार्वकालिक समस्या भनेको मूल आधार तयार नहुनु हो । जहिले पनि मैथिली पत्रपत्रिकाहरु निस्के– कुनै ठोस आधार, विचार र शैली खडा नगरिकन व्यक्तिविशेष वा संस्थाविशेषको तत्कालीन आवेश वा उत्साहलाई तुष्टि प्रदान गर्ने किसिमले मात्र निस्के । सम्बद्ध व्यक्तिको तत्कालीन निहित पूरा हुनासाथ वा समयविशेषमा पलाएको उत्साह मलिन हुनासाथ ती पत्रिका धरमर हुन थालिहाले । तर यो चिन्ताको कुरो थिएन । चिन्ताको कुरो भएको छ– मैथिल युवामा यस किसिमको उत्साह कम हुँदै जानु । देशका हरेक समस्याको समाधानका रुपमा जुन कुरालाई लिइयो त्यही कुरा मैथिली साहित्य, साहित्यिक गतिविधि र साहित्यिक पत्रकारिताका सन्दर्भमा समस्या वा बाधकका रुपमा देखा प¥यो । देशमा हरेक जनआन्दोलनको गर्भावस्था तथा प्रसव कालमा फस्टाउने वा व्यापकता लिने गरेको मैथिली पत्रकारिता २०६२–०६३ को आन्दोलनका सन्दर्भमा भने मौन र भूमिकाविहीन देखियो । यस आश्चर्य र चिन्ताको अवस्थाका पनि विविध आयामहरु छन् ।

यस समयमा प्रायः सिर्जनशील कार्यमा पहिल्यैदेखि लागेका युवा तथा प्रौढहरुको समेत तीन चरित्र देखियो । एउटा चरित्र स्वाभाविक रुपले परिवर्तनकामी व्यक्तिहरुको थियो, जो तत्कालीन समयमा लोकतन्त्र स्थापना निमित्त नागरिक समाजले सञ्चालन गरेको अभियानमा क्रियाशील थियो । नागरिक अभियान राजधानीमा सशक्त र प्रभावकारी भएकोले यस चरित्रको सक्रियता राजाधानीमै केन्द्रित थियो । राजधानीमा केन्द्रित भएकोले यसले आफूलाई नेपाली भाषामै वा राजधानीका लागि प्रभावकारी हुने माध्यममा आफूलाई क्रियाशील राख्यो । यसमा एक्का–दुक्का व्यक्ति मात्र संलग्न थिए । अर्को खाले चरित्र पर्खौं, हेरौँ र अघि बढौँको मानसिकतामा थियो । यो चरित्र जनता सडकमा उर्लिसकेपछि मात्र आन्दोलनमा सम्मिलित भयो । यस्ता चरित्रको गर्भमा आन्दोलनले ठाउँ नपाएका हुनाले यिनी जनआन्दोलनको सफलतापछि पनि सिर्जनशीलतामा लाग्न सकेनन् र आन्दोलनमा सहभागिताको प्रतिफल खोज्न तल्लिन भए । हाल लोकतन्त्रको लाभ लिइरहेको जमातका थुप्रै रचनाशील भनाउँदाहरु यसै चरित्रमा पर्दछन् । तेस्रो चरित्र प्रतिगामीहरुको थियो, जो राजाको शासन रहञ्जेल अञ्चल प्रशासकको कार्यालय कुरेर लोकतन्त्रवादीहरुको चुक्लीमा आफ्नो सारा ऊर्जा खर्च गरिरहेका थिए । यस्ताबाट यस्तो समयमा सिर्जनशीलताको अपेक्षा नै गर्न सकिने अवस्था रहेन ।

आन्दोलन सफल भइसकेपछि भने मिथिलाका मानिसहरुमा पनि यथेष्ट लोकतान्त्रिक जोश देखियो । तर आन्दोलन परिपक्व बनाउने काममा खासै भूमिका निर्वाह गर्न नसकेकाहरुले यस जोशलाई सिर्जशीलतामा रुपान्तरित गर्न सकेनन् । यसैबीच मधेस आन्दोलन भइदियो । मधेश आन्दोलनले त्यहाँका युवाहरुमा चेतनाको गजब वीजारोपण ग¥यो । यो बीज विद्रोही बढ्ता र उत्पादनशील कम थियो । यसले गर्दा सडकमा यी विशेष प्रकट भए, सिर्जनामा आउन सकेनन् । मधेस आन्दोलनबाट स्थापित वा सुदृढ भएका राजनीतिक दलहरुले पनि कार्यकर्तामाझ राजनीतिक नारा त दिए तर सांस्कृतिक, सामाजिक संस्कार दिनेतर्फ कुनै पहल गरेनन् । परिणामतः न त त्यो युवा समूह पार्टीहरुमै सिद्धान्तका आधारमा अडिग रहन सके, न तिनले मिथिला क्षेत्रलाई नै आफ्नो योगदान दिन सके । मधेश आन्दोलनको अर्को दुर्गुण के पनि भयो भने यसले जनमानसलाई लोकतन्त्रप्रति आस्थावान र आफ्नो अधिकारका लागि जुझारू हुन प्रेरित गर्नुभन्दा बढी ध्यान हिजोका भ्रष्ट, लोकतन्त्रका विरोधीहरुलाई चोख्याउने काममा दिए । यसबाट लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुमा वितृष्णा जाग्यो भने सिर्जनात्मक कार्य सुुरू गर्ने अवस्थाका युवा पुस्तामा चम्चातन्त्र सबैभन्दा सफलतन्त्र रहेछ भन्ने मानसिकताले जरा गाड्यो । अर्को कुरा, मधेशवादी दलहरुले एक मधेस एक प्रदेशलाई साकार रुप दिने सन्दर्भमा मिथिला र मैथिलीसम्बन्धी गतिविधिलाई बाधक ठानी सदा यसलाई निरुत्साहित मात्र गरे ।

यी यावत राजनीतिक परिपाटीको नकारात्मक प्रभावले जनआन्दोलन भाग– २ तथा मधेस आन्दोलन मिथिला क्षेत्रमा सिर्जनशीलताका दृष्टिले नकारात्मक सावित भयो । यसको सबैभन्दा बढी दुष्प्रभाव मैथिली साहित्य र पत्रकारिता क्षेत्रले व्यहोनुप¥यो । बाँकी रहेसहेको कसर लोकतान्त्रिक–गणतान्त्रिक नेपालको पहिलो महŒवपूर्ण साहित्यिक नियुक्तिहरुले पूरा गरिदियो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिषद्तर्फ महŒवपूर्ण जिम्मेवारीमा यसपटक दुईजना मैथिलीभाषी पर्नु सकारात्मक पक्ष हुन सक्छ । तर व्यक्तिहरुको चयन जुन किसिमको भयो त्यसले साहित्यको परभाषा नै फेर्नुपर्ने अवस्था उत्पन्न गरिदियो । मिथिलाको केन्द्र जनकपुरधाममा लोकतन्त्र प्राप्तिपछि जारी गरिएको कालो सूचीमा सबैभन्दा माथि नाम रहेको व्यक्ति लोकतन्त्रमा बनेको पहिलो प्रज्ञा–परिषदको सदस्य भएपछि सिर्जनधर्मीहरुले लोकतन्त्रका लागि किन मरिहत्ते गर्ने भन्ने प्रश्न खडा ग¥यो । यस्तै नेपालको कुनै पनि भाषामा एकै अक्षर पनि नलेखी प्रतिष्ठानको परिषद् सदस्य भएका अर्का सदस्यलाई देख्दा कुनै पनि व्यक्तिले साहित्य नै किन सिर्जना गर्ने भन्ने प्रश्न उभ्याइदियो । त्यही व्यक्ति र त्यस्तै चरित्रका व्यक्तिले साझा प्रकाशनमा पनि निरन्तर ठाउँ पाउँदै जानु भनेको सिर्जनाकर्म र लोकतन्त्रका पथिकहरुलाई राज्यले उल्याउनु तथा गिज्याउनु नै हो । खास योग्यले स्थान नपाउँदाभन्दा धेरै गुणा बढी चोट अयोग्यले स्थान पाउँदा लाग्दो रहेछ । यस्तोमा जतिसुकै कर्मन्यावाधिकारस्ते मा फलेषु कदाचनः जप्दै हिँड्ने मानिस पनि विचलित हुन्छ र त्यसको असर सामाजिक सिर्जनशीलतामा पर्दछ ।

उपसंहार

मैथिलीमा साहित्यिक पत्रकारिताको इतिहास हेर्दा खासै निराशाको अवस्था छैन । शताब्दीभन्दा लामो इतिहास हुनु भनेको सानोतिनो गौरवको विषय होइन । नेपालमै पनि यसको इतिहास आधा शताब्दीभन्दा लामो भइसकेको छ । पत्रिका निस्कने र बन्द हुने प्रक्रियाले केही चिन्ताजनक अवस्था उत्पन्न भए पनि मैथिली साहित्यिक पत्रकारिताको जीवन–सञ्चार भने यसरी नै हुँदै आएको छ । यस्ता पत्रिकाहरुले नै मैथिली साहित्य र साहित्यिक पत्रकारिता दुवैको इतिहासलाई गतिशील पार्न टेवा पु¥याई रहेका हुँदा तिनलाई कम किमार्थ आँक्न मिल्दैन ।
हालको दिनमा मैथिलीको कुनै निश्चित र व्यापक प्रभाव भएको स्थान नहुनु, मिथिला र मैथिली भाषा भएको स्थानलाई मधेसवादी दलहरुले आफ्नो प्रभाव क्षेत्र भने तापनि त्यहाँको भाषा–संस्कृतिको उत्थान निम्ति सिन्कोसम्म नभाँच्नु बरु त्यसको तेजोवध गर्नका निम्ति विदेशी भाषाको वकालत गर्नु, राष्ट्रिय राजनीति गर्दैछु भन्ने काङ्ग्रेस, एमाले जस्ता पार्टीसम्बद्ध मैथिल नेताहरुमा आफ्नै भाषाको प्रयोग गर्दा पनि अराष्ट्रिय भएको आरोप लाग्ला कि भन्ने त्रास देखिनु, मिथिला क्षेत्रकै उद्योगी–व्यवसायी तथा पूँजीपतिहरुमा पनि मैथिलीको लागि योगदान दिएर सानो क्षेत्रमा चर्चा पाउनुभन्दा नेपालीकै लागि सहयोग दिएर राष्ट्रिय स्तरमा चर्चा बटुल्ने मोह हुनु जस्ता कारणले मैथिली पत्रकारिताले आर्थिक टेवा पाउन सकेको छैन । दक्षिण एशियामै साहित्यलाई अनुत्पादक क्षेत्रकै रुपमा लिइराखिएको परिप्रेक्ष्यमा दुईटा राज्यमा बाँडिएर बिटुलिएको मिथिलाका लागि झनै फाल्तु कुरा हुन पुगेको छ । यसले गर्दा व्यावसायिकतालाई पनि अँगाल्न सकेको छैन । राज्यको साँच्चीकै टेवा पु¥याउने खालको नीति पनि छैन ।

अहिलेसम्म नेपालमा खासगरी दुईथरि मानिसले मैथिली पत्रकारिता गर्ने गरेका छन् । एकथरि पत्रकारिताको नाउँमा सरकारी अनुदान र विज्ञापन तान्नुका साथै आफ्नो उद्देश्यविशेष पूरा गर्नका निमित्त सम्बद्ध क्षेत्रको ध्यान तान्ने खालका । अर्कोथरि भाषा–संस्कृतिको माया तथा यसका लागि केही गर्नुपर्छ भन्ने जोश भएका । दुवैथरिको यात्रा दिगो हुने कुरै आउँदैन । पहिलो थरि मान्छे आफ्नो उद्देश्य पूरा हुनासाथ यसबाट विमुख हुन्छ भने अर्कोथरि पारिवारिक बोझ र आर्थिक भारले गाँज्दै गएपछि थाक्छ ।

यसरी नै चलिरहे तापनि मैथिली साहित्यिक यात्राको शृङ्खला भने अटूट छ । यस शृङ्खलाले निरन्तर केही जोशिला व्यक्ति जन्मँदै आएका छन्, सकारात्मक कार्य हुँदै आएका छन् । यसलाई पनि महŒवपूर्ण नै मान्नुपर्ने हुन्छ । हालका दिनमा रेडियो, टेलिभिजन जस्ता माध्यममा पनि मैथिल र मैथिलीको पहुँचमा अभिवृद्धि हुँदै गएको छ । यसमा रहेको मैथिल संलग्नतालाई मैथिली पत्रकारिताको विकासका दृष्टिले पनि उपयोग गरिनुपर्ने आवश्यकता छ । त्यस्तै इन्टरनेट पत्रिका तथा फेसबुक जस्ता सञ्जालका माध्यमबाट पनि मैथिली पत्रकारितालाई व्यापक पार्न सकिने आधारहरु स्थापित हुँदै गएका छन् । आशा छ– आगामी दिनमा यी सबैको प्रयोगले मैथिली पत्रकारिताले ठोस आकार र गन्तव्य निर्धारण गर्दै आफूलाई निरन्तर अग्रसर राख्नेछ ।


मजष्उचभ२थबजयय।अयm