Author Topic: काभ्रे जिल्लाको साहित्यिक पत्रकारिता  (Read 5730 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 742
काभ्रे जिल्लाको साहित्यिक पत्रकारिता ः सङ्क्षिप्त अध्ययन
मोहन दुवाल

प्रजातन्त्रको उदयपछि अर्थात् २००७ सालदेखि जनतामा चेतना बाँड्न सोच्नेहरुले खुलमखुला समाचार पत्रपत्रिकाहरु र साहित्यिक पत्रपत्रिकाहरु निकालेर आ–आफ्नो ढङ्गले सक्रिय हुन खोजेका हुन् । काठमाडौँ नजिकको जिल्ला काभ्रेमा पनि यस परिप्रेक्ष्यमा प्रयासहरु नभएका होइनन् । यसै सन्दर्भमा वि.सं. २०१० सालतिर पनौतीबाट भोर र त्रिवेणीको प्रकाशन भएको देखिन्छ । यी पत्रिकाहरु विशेष गरी साहित्यसँग सम्बन्धित छन् । २०११–०१२ सालतिर कृष्णप्रसाद दुवालको सम्पादनमा हस्तलिखित सग पत्रिका, २०१३ सालमा कृष्णप्रसाद पराजुलीको सम्पादनमा ज्ञानसागर लिथो पत्रिका निकालेको देखिन्छ । यसरी साहित्यिक जागरण ल्याउने उद्देश्यले हस्तलिखित तथा लिथो पत्रिका प्रकाशन गरी साहित्यिक पत्रपत्रिका निकालेको सन्दर्भ ऐतिहासिक देखिन्छ ।

काभ्रे जिल्लाकै साहित्यिक पत्रकारिताको इतिहासकै सन्दर्भमा मूल्याङ्कन गरिदिनुपर्दा चिरक (मासिक २०१६) लाई नै अग्रणी साहित्यिक पत्रिकाका रुपमा स्वीकार्नुपर्ने हुन्छ । ९ अङ्कसम्म प्रकाशित भएको यस पत्रिकाका सम्पादक भई सहयोग गर्नेहरुमा हरिप्रसाद दुुवाल, कृष्णप्रसाद दुवाल र आशाकाजी सेवकहरु हुन् । साहित्यिक सामग्रीहरु मात्र प्रकाशित गर्ने उद्देश्यले प्रकाशित उक्त पत्रिकामा राष्ट्रियस्तरका तथा जिल्लाका प्रतिष्ठित साहित्यकारहरुका लेख रचना प्रकाशित भएका छन् । काभ्रेकै साहित्यिक पत्रिकाको बिम्बमा एउटा सुन्दर इतिहास खोपेर गएको यस चिरक पत्रिकाले साहित्यिक सिर्जनाका डोबहरु सम्प्र्रेषण गर्न निकै महŒवपूर्ण भूमिका निभाएर गएकामा कसैको दुई मत नहोला । बनेपामा नै स्थापित भएको सागर प्रेसबाट मुद्रित भई निस्केको चिराक बिर्सिनसक्नु छ । यस्तैगरी वि.सं. २०१७ सालतिर धुलिखेलका साहित्यकारहरुको सक्रियतामा पालुवा त्रैमासिक साहित्यिक पत्रिका दुई अङ्कसम्म निकालेको देखिन्छ । उक्त पत्रिका निकाल्न जाँगर चलाएर सम्पादन, प्रकाशन व्यवस्थापनमा रहेर सेवा पु¥याउनेहरुमा दुर्गाप्रसाद शास्त्री, कृष्णप्रसाद पराजुली, शशीदेवी वैद्य, पं. साम्बभक्त शर्मा, वंशी श्रेष्ठ, पङ्कजकुमार नेपाली, दीर्घराज श्रेष्ठ, कमल व्याञ्जूहरु छन् । पुस्तक आकारमा निकालिएको यस साहित्यिक पत्रिकामा पनि राष्ट्रियस्तरका साहित्यकारहरुका साथै जिल्लाका साहित्यकारहरुको लेख रचना प्रकाशित छन् । २०२२ सालमा बनेपाबाट हस्तलिखित साहित्यिक पत्रिका ल्हाकायोमायनको प्रकाशन भएको देखिन्छ ।

पञ्चायती व्यवस्थाको प्रादुर्भाव भएपछि पत्रपत्रिका प्रकाशनमा प्रत्यक्ष÷अप्रत्यक्ष शिथिलता आएको देखिन्छ । तर पनि साहित्यिक भावनालाई कदर गर्ने उज्ञेश्यले काभ्रे जिल्ला पञ्चायत आफैँ प्रकाशक भई २०२४ सालदेखि २०२९ सालसम्म युगलहिमाल मासिकको प्रकाशन भएको देखिन्छ । उक्त साहित्यिक पत्रिकोको सम्पादनमा रही सेवा पु¥याउनेहरुमा दीर्घराज श्रेष्ठ, विष्णुप्रसाद सेवाचार्य, भरतराज श्रेष्ठ हन् । युगल हिमाल जिल्ला पञ्चायतबाट प्रकाशित भइरहेकै समयताका मोहन दुवाल र राजभाइ प्रधानको सम्पादनमा प्रगतिशील सामयिक सङ्कलनका रुपमा २०२७ सालमा विगुल पत्रिकाको पहिलो अङ्क देखा प¥यो । विगुलको दोस्रो अङ्क २०२८ सालमा निस्क्यो । २०२९ सालको तेस्रो अङ्क विगुल प्रेसबाट जफत गरी तत्कालीन श्री ५ को सरकारले निलम्बन गरिदियो । काभ्रे जिल्लाकै प्रगतिशील साहित्यको प्रथम घोषणापत्रका रुपमा प्रकाशित विगुल पत्रिकामा राष्ट्रियस्तरका प्रगतिशील साहित्यकारहरुका लेख–रचना प्रकाशित छन् । विगुल फुक्न प्रतिबन्ध भएपछि पनौतीबाट २०२९ सालमा रोशीमार्फत् प्रगतिशील रहर ल्याउने कार्य भयो । रोशीका सृष्टिकर्ता लक्ष्मण सुन्दा सैँजु हुन् भने सल्लाहकार मोहन दुवाल रहेका छन् । विगुल र रोशीलाई फुक्न र बग्न नदिएपछि धुलिखेलका युवा प्रगतिशील साहित्यकारहरु दिल वरदान र सुवास श्रेष्ठले २०३० सालतिर वेदना मर्मस्पर्शी साहित्यिक गीतहरु साहित्यिक पत्रकारितामा सुसेलेर देखाए । अर्धवार्षिक पत्रिकाका रुपमा दर्ता भएको वेदनापछि त्रैमासिकका रुप प्रकाशित भएर राष्ट्रिय स्तरमा प्रगतिशील साहित्यिक सिर्जनाहरु बाँड्न सक्रिय छन् । वेदना २०३० सालमा स्वीकृत प्राप्त साहित्यिक पत्रिका हुन् । सुरु र मध्यकालतिर धुलिखेलका दिल वरदान र सुवास श्रेष्ठले सम्पादन र प्रकाशनमा तन मन दिएर प्रकाशित गरिँदै आएको साहित्यिक पत्रिकामा हाल निनु चापगाईं र मातृका पोखरेल सम्पादन कार्यमा संलग्न छन् । प्रगतिशील साहित्यकार तथा लेखकहरुमाझ निकै लोकप्रिय रहेको साहित्यिक पत्रिका वेदनाले आफूलाई उल्लेख गर्न लायकको साहित्यिक पत्रिकाको रुपमा राष्ट्रमा चिनाउन सफल छन् । तेज खरेलको सम्पादनमा जागरण मासिक २०३५ सालतिर केही अङ्क प्रकाशित भएको देखिन्छ ।

जनमत विचारप्रधान पत्रिकाका रुपमा २०३९ सालमा दर्ता भएर २०४५ साल माघ महिनादेखि साहित्यिक मासिकका रुपमा स्वीकृत प्राप्त भएर हालसम्म प्रकाशित छन् । जनमत प्रकाशनका तर्फबाट यस साहित्यिक प्रकाशनले प्रत्येक वर्षको चैत्रको दोस्रो हप्ताको शनिबारका दिन साहित्यकारहरुको सम्मान गर्ने परम्परा चलाउनुका साथै ८३ ओटा विविध विधाका पुस्तकहरु प्रकाशन गरिसकेको छ । यस प्रकाशनले दाङ, धनगढी, विराटनगर, पाल्पा, पोखरा, भैरहवा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर काभ्र्रेका साहित्यकारहरुद्वारा लिखित पुस्तक प्रकाशन गर्दै पुस्तक उपहार कार्यक्रम समेत सञ्चालन गर्दै आएको देखिन्छ । जनमत साहित्य वाटिका मार्फत् विविध साहित्यिक संस्थाहरुलाई स्वागत गर्दै साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको यस संस्थाले जनमन साहित्यिक हाजिरीजवाफ पनि सञ्चालन गरेको थियो । यस संस्थामार्फत् थुप्रै खालका साहित्यिक कार्यक्रमहरु भएको देखिन्छ । जनमत सहित्यिक मासिक काभ्रेको बनेपाबाट प्रकाशित भएर राष्ट्रिय साहित्यिक मासिकका रुपमा चिरपरिचित छन् । हाल भएको सूचना विभागको मूल्याङ्कन मासिक पत्रिकाको वर्गीकरणमा ‘क’ वर्गमा परेर यसले छुट्टै पहिचान बनाउन सफल भएको देखिन्छ । नियमति रुपमा आकर्षक गाताको साथ मासिक रुपमा प्रकाशन हुँदै आएको यस जनमत साहित्यिक मासिकको ८०० भन्दा बढी स्थायी ग्राहक छन् । बनेपा, काभ्रे हुँदै राष्ट्रमा सिर्जना बाँड्दै आएको यस पत्रिकाको भविष्य झन् झन् उज्ज्वल हुँदै गएको देखिन्छ । ५०० पृष्ठभन्दा बढी पृष्ठको शताङ्क, नेपालभाषा विशेष अङ्क, हाल विविध लेखकहरुको विशेष अङ्कमार्फत् राष्ट्रमा आफूलाई देखाउँदै आएको यस जनमत मासिकले भीननिधि तिवारी, काभ्रेली अङ्क १ र २, कविता अङ्क, पारिजात अङ्क, पारिजात स्मृति अङ्क, धुस्वाँ सायमी अङ्क, लैनसिंह वाङ्देल अङ्क, चूडामणि रेग्मी अङ्क, केवलपुरे किसान अङ्क निकालेर आफ्नो मौलिक पहिचान देखाइसकेका छन् । स्तरीयताको हिसाबले पनि आफ्नो स्तरीयता देखाउन सफल यस जनमत साहित्यिक मासिक पत्रिका काभ्रेले आफूलाई चिनाउन सफल एक सिर्जनात्मक अक्षर अभियानका रुपमा समीक्षकहरुले स्वीकारेको देखिन्छ ।

विशेषतया काभ्रेका कृष्णप्रसाद पराजुली र मोहन दुवाल संस्थापक अध्यक्ष र सचिव रहेको सुनकोसी साहित्य प्रतिष्ठानले पनि सुनकोसीको प्रकाशन र साहित्य गतिविधिहरु, सम्मान कार्यक्रम, पुस्तक प्रकाशन गरेर काभ्रेको साहित्यिक जागरण र साहित्यिक पत्रिका प्रकाशनमा योगदान पु¥याई दिएका छन् । कृष्णप्रसाद पराजुलीको सम्पादनमा सुनकोसी, गोधुली, काभ्रेली लगायतका साहित्यिक पत्रिकाहरु प्रकाशित छन् । जुन साहित्यिक पत्रिकाहरु राष्ट्रमा परिचित र प्रख्यात छन् । कृष्णप्रसाद दुवालद्वारा सम्पादित मैत्रीय–सन्देश पछिल्लो पटक प्रकाशित साहित्यिक मासिक हुन् । केही अङ्कपछि बन्द भएको देखिन्छ ।

यस्तै साहित्यिक पत्रपत्रिका सम्पादन गरेर योगदान पु¥याउनेहरुमा इन्द्रकर्मी भोमी बन्दिकामा, भूषण श्रेष्ठ, बालबाटिकामा, रमा कर्णजीत मनोभावना÷समर्पण र नारी समुदायमा, आरसी विरही, विजय सापकोटा, माधव काभ्रेलीहरु जूनकीरीमा, सत्यश्वर मकै र रत्नप्रसाद श्रेष्ठ हवाइपत्रिका अभियानमा, अनन्तप्रसाद वाग्ले र गुराँस श्रेष्ठ साहित्यिक पत्रमा, रामहरि बुढाथोकी नवप्रतिभामा, अशोक व्याञ्जु जितमा वांख्यो खलः भिन्तुनामा मुक्ता श्रेष्ठ नारीमुक्तिमा रहेर साहित्यिक जागरण ल्याउन साहित्यिक प्रकाशनमा सक्रिय भइदिएका छन् ।

बनेपाबाट सङ्गम कवितासङ्ग्रहको प्रकाशन मोहन दुवाल र सत्यश्वर मकैको संयुक्त प्रकाशनमा २०४८ सालमा प्रकाशित भएपछि पनौतीबाट विश्वनाथ ताम्राकारको सम्पादनमा त्रिवेणीको प्रकाशन भएको देखिन्छ । यसरी थुप्रैले थुप्रै खालका परिश्रम पोखेर साहित्यिक प्रकाशनमा आफूलाई समर्पित गर्न खोजेका थुप्रै खालका प्रसङ्गहरु बिर्सिनसक्नु छ । २०५९÷२०६० सालमा दर्ता भएर बालोद्यान मासिक बालपत्रिकाको प्रकाशन भएको देखिन्छ । सूर्यप्रसाद लाकोजू र मानसागर श्रेष्ठहरुको प्रयासमा प्रकाशित भइरहेको यस बालपत्रिका हाल नियमित छ । विश्व सिग्देलको सम्पादनमा अकाल कुसुम साहित्यिक पत्रिका केही अङ्क प्रकाशित छन्् । नयाँ पुस्ताका एक जना सक्रिय युवा साहित्यकारको सम्पादनमा निस्केको यस पत्रिकाको उत्कृष्ट सम्भावना रहँदै पनि हाल त्यति नियमित रुपम प्रकाशनमा आइरहेको देखिँदैन ।

साहित्यिक जागरण ल्याउने कार्यमा साहित्यिक पत्रपत्रिकाको विशेष भूमिका रहन्छ । थुप्रैले थुप्रै खालका योगदानहरु यस क्षेत्रमा पु¥याएका छन् । जसमध्ये क्याम्पस र विद्यालयहरुबाट भएका प्रयासहरुलाई पनि भुल्न गाह्रो हुन्छ । काभ्रे बहुमुखी क्याम्पसले नेपालभाषामा सपत्रिकाको प्रकाशनमात्र गरेन, भुजङ्गको वार्षिक शृङ्खलाहरु छापेर स्मारिका प्रकाशनमा अग्रसरता देखाइदिएका छन् । महेन्द्र मावि साँगाले केही अङ्कसम्म भन्ज्याङ छपाएर, दीपेन्द्र प्रहरी उच्च माविले दीपिका छपाएर आ–आफ्नो साहित्यिक माया देखाएजस्तै सञ्जीवनी माविले सञ्जीवनीका स्पर्शहरु साहित्यमा लेखेर, काभ्रे माविले कारिकामा आफूलाई साहित्य मन परेको देखाएर आ–आफ्नो पहिचान साहित्यमा देखाएका छन् । त्यस्तै बालबाटिका विद्यामन्दिर, प्रगति प्रभात मावि, आजाद मावि, विद्यासागर इ.बो.स्कुल, पञ्चकन्या इ.बो. स्कुल, शिक्षासदन मावि., चैतन्य बहुमुखी क्याम्पसले पनि यस क्षेत्रको साहित्यिक उत्थानका लागि साहित्यिक स्मारिकाहरु प्रकाशन गरेका छन् । श्रीराम मावि खोपासीबाट रामवाणी, इन्द्रेश्वर माविबाट इन्द्रेश्वर, सर्वमङ्गलाबाट सर्वमङ्गला, तेजगङ्गा क्याम्पसबाट तेजामृत, मङ्गलटार जनविजय माविबाट मङ्गल, भालेश्वर माविबाट भालेश्वरले पनि साहित्यिक स्मारिका प्रकाशित गरेर साहित्यमा मर्म पोखेका छन् । त्यस्तै काभ्रेबाट प्रकाशित सबैैजसो साप्ताहिक र दैनिक समाचारपत्रहरुले पनि साहित्यिक लेख रचना छापेर साहित्यिक जागरण र सिर्जनामा टेवा पु¥याइदिएका छन् ।

यस काभ्रे जिल्लाको साहित्यिक पत्रकारिताको इतिहासमा चिराकमा ज्योतिले देखाइदिएको साहित्यिक भावनाशील मर्महरुलाई पछि पालुवाको प्रकाशनबाट साहित्यिक प्रयासहरु भएर थप सहयोग र योगदान भएका छन् । त्यस्तै विगुलका नाममा उठेका साहित्यिक उत्सर्गहरुलाई साथ दिन रोशी गर्जेकै हुन् र त्यस्तै वेदनारुपी साहित्यिक उच्छवास जिल्लामा भक्कानिएर गुञ्जेका हुन् । अठोटका साहित्यिक कवितात्मक भावनासँगै काभ्रेमा पछि जनमत साहित्यिक उत्सर्गहरु आवाज भएर उठेका छन् र उठिरहेका छन् ।