Author Topic: स्कुल कलेजमा के के पढिन्छ नेपाली साहित्यिक कुराहरु  (Read 1934 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
पाठ्यक्रममा साहित्यिक कृति

नेपाली साहित्यको विधागत अध्ययन

- नेपालमा कक्षा १ देखि १२ सम्म अनिवार्य नेपालीका रूपमा
- कक्षा ११ र १२ मानविकी तथा शिक्षाशास्त्र सङ्कायको पाठ्यक्रममा ऐच्छिक नेपालीका रूपमा
- स्नातक तह प्रथम वर्षको पाठ्यक्रममा मानविकी तथा शिक्षाशास्त्र सङ्कायअन्तर्गत अनिवार्य नेपालीका रूपमा
- स्नातक तह मानविकी सङ्कायमा प्रथम, द्वितीय र तृतीय वर्षमा
- स्नातक तह शिक्षाशास्त्र सङ्कायमा प्रथम र द्वितीय वर्षमा ऐच्छिक नेपालीका रूपमा
- स्नातकोत्तर तहको मानविकी सङ्कायको प्रथम र द्वितीय वर्षको पाठ्यक्रममा
- स्नातकोत्तर तहको शिक्षाशास्त्र सङ्कायको प्रथम वर्षको पाठ्यक्रममा नेपाली साहित्यको विशिष्ट अध्ययन हुने गरेको छ ।

क) प्राथमिक तहमा नेपाली साहित्य अध्ययन

प्राथमिक तहको पाठ्यक्रममा २१ वटा कविता समेटिएका छन् ।

कक्षा १
कक्षा २
- क्षेत्रप्रताप अधिकारीका 'नानी बाबु'
- माधव घिमिरेको 'झण्डा फरर'
- रामबाबु सुवेदीको 'पुस्तक'
- कृष्णप्रसाद पराजुलीको 'नाच्यो जुरेली'
- दैवज्ञराज न्यौपानेको 'के कहाँ बस्छ ?'

कक्षा ३
- सिद्धिचरण श्रेष्ठको 'किताब'
- पारसमणि प्रधानको 'खेतीवाल'
- चन्द्रप्रसाद न्यौपानेको 'नेपाली'
- माधव घिमिरेको 'घामछाया'
- कृष्णप्रसाद पराजुलीको 'सानु छ है सानु'

कक्षा ३ को पाठ्यक्रममा महाकवि देवकोटाको जीवनी समावेश छ ।

कक्षा ४
- माधव घिरिरेको 'गाउँछ गीत नेपाली'
- दैवज्ञराज न्यौपानेको 'नौलाख तारा'
- सिद्धिचरण श्रेष्ठको 'आमा'
- लक्ष्मीप्रसाद देवकोटाको 'पाप लाग्छ'
- पारसमणि प्रधानको 'लक्ष्य'

कक्षा ५
- लेखनाथ पौड्यालको 'नैतिक दृष्टान्त'
- महेन्द्रमालाबाट साभार 'किसानको रहर'
- घटराज भट्टराईको 'राष्ट्रिय गौरव'
- कृष्णप्रसाद पराजुलीको 'देशको माटो'
- माधव घिमिरेको 'नदी' कविता

निम्नमाध्यमिक तहमा नेपाली साहित्य अध्ययन

कक्षा ६
- लेखनाथ पौड्यालको 'ईश्वरस्तुति'
- धरणीधर कोइरालाको 'भानुभक्त श्रद्धाञ्जली'
- माधव घिमिरेको 'राष्ट्रको अखण्डता'
- कृष्णप्रसाद पराजुलीको 'नेपाली आमाप्रति', कविता
- मोहनराज शर्माको 'डुहुरे मुसा र सेतो बिरालो', कथा
- साहित्यकार भवानी भिक्षुको 'जीवनी'

कक्षा ७
- सिद्धिचरण श्रेष्ठको 'पश्चिम'
- क्षेत्रप्रताप अधिकारीको 'झन्डाको गीत'
- यादव खरेलको 'आहृवान गीत'
- गोपाल पौडेलको 'मन' कविता
- माधव भँडारीको 'कदर्य' कथा
- विश्वप्रसिद्ध अङ्ग्रेजी कथाकार 'लियो टाल्सटायको अङ्ग्रेजी कथाको नेपाली अनुवाद कथा 'मानिसलाई कति जमिन चाहिन्छ ?'
- साहित्यकार बालकृष्ण समको 'जीवनी'

कक्षा ८
- लक्ष्मीप्रसाद देवकोटाको 'प्रश्नोत्तर'
- दैवज्ञराज न्यौपानेको 'किसान'
- सिद्धिचरण श्रेष्ठको 'ओखलढुङ्गा'
- मुकुन्दशरण उपाध्यायको 'पृथ्वीसन्देश' कविता
- डा. धु्रवचन्द्र गौतमको 'उपमन्युको परीक्षा' कथा
- जीवराज पोख्रेलको 'दरबार' निबन्ध
- मनिक्रमराज शर्माको एकाङ्की 'हामी एउटै हौँ'
- साहित्यकार गोपालप्रसाद रिमाल, विश्वेश्वरप्रसाद कोइराला एवम् संस्कृत साहित्यका महाकवि कालिदासको जीवनी ।

कक्षा ९
- सिद्धिचरण श्रेष्ठको 'वसन्त'
- लक्ष्मीप्रसाद देवकोटाको 'भिखारी'
- लेखनाथ पौड्यालको 'सत्यसन्देश' कविता
- बोधविक्रम अधिकारीको 'शिशिर र वसन्तको कथा'
- देवकुमारी थापाको 'भविष्य निर्माण'
- बदरीनाथ भट्टराईको 'खड्गबहादुर' कथा एवम् गणेशप्रसाद भट्टराईको निबन्ध 'हाम्रो देश: हाम्रा अतिथि'

कक्षा १०
- भानुभक्त आचार्यको 'प्रश्नोत्तर'
- माधव घिमिरेको 'वैशाख'
- भूपी शेरचनको 'सहिदको सम्झनामा' कविता
- गुरुप्रसाद मैनालीको 'कर्तव्य'
- विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा'
- बदरीनाथ भट्टराईको 'न्यायको पक्षमा', कथा
- भैरव अर्यालको 'जयभोलि', निबन्ध
- भीमनिधि तिवारीको 'घरको माया' एकाङ्की
- जीवनीअन्तर्गत गोरखापत्रका सम्पादक तथा लेखक 'जयपृथ्वीबहादुर सिंह' र किराँत भाषासंस्कृतिका अन्वेषक 'इमानसिंह चेमजोङ' का जीवनी


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
घ) उच्च माध्यमिक तहमा नेपाली साहित्य

१) अनिवार्य नेपाली अन्तर्गत

कक्षा ११ को मानविकी, शिक्षा, व्यवस्थापन सङ्काय तथा कक्षा १२ को विज्ञान सङ्कायमा अनिवार्य नेपाली:

- माधव घिमिरेको 'नेपालै नरहे'
- दिनेश अधिकारीको 'हर्कबहादुर'
- पारिजातको 'मानुषी'
- भूपी शेरचनको 'मेरो देश'
- कृष्णसेन इच्छुकको 'कान्छी भट्टी र मेरो देश' कविता
- गुरुप्रसाद मैनालीको 'छिमेकी'
- रमेश विकलको 'मधुमालतीको कथा'
- इन्द्रबहादुर राईको 'रातभरि हुरी चल्यो'
- विश्वेश्वरप्रसाद कोइरालाको 'शत्रु'
- भवानी भिक्षुको 'हारजीत', कथा
- लक्ष्मीप्रसाद देवकोटाको 'भलाद्मी'
- श्यामप्रसाद शर्माको 'आइमाई साथी'
- सुधा त्रिपाठीको 'म फूल लिएर आउनेछु'
- भैरव अर्यालको 'आलु'
- डा. तीर्थबहादुर श्रेष्ठको 'खाद्य सङ्कट र जैविक विविधता', निबन्ध
- विजय मल्लको नाटक 'बौलाहाकाजीको सपना'
- बालकृष्ण समको एकाङ्की 'नालापानीमा'
- हृदयचन्द्रसिंह प्रधानको उपन्यास 'एक चिहान'

२) ऐच्छिक नेपालीअन्तर्गत

कक्षा ११ को मानविकी/शिक्षा सङ्कायअन्तर्गत ऐच्छिक नेपालीमा - कथा, निबन्ध, उपन्यास पढनु पर्छ।

- गुरुप्रसाद मैनालीको 'नासो'
- विश्वेश्वरप्रसाद कोइरालाको 'दोषी चस्मा'
- रुपनारायण सिंहको 'बितेका कुरा'
- पुष्कर शमसेरको 'लोग्ने'
- गोविन्दबहादुर मल्ल 'गोठाले'को 'लक्ष्मी पूजा'
- रमेश विकलको 'लाहुरी भैंसी'
- इन्द्रबहादुर राईको 'जयमाया आफूमात्र लिखापानी आइपुगी'
-  माया ठकुरीको 'मृगतृष्णा'
- परशु प्रधानको 'छिँडीभरिको आकाश', कथा
- लक्ष्मीप्रसाद देवकोटाको 'पहाडी जीवन'
- हृदयचन्द्रसिंह प्रधानको 'जुँगा'
- केशवराज पिँडालीको 'खै खै'
- रामकृष्ण शर्माको 'सगरमाथामा तेनजिङ'
- शङ्कर लामिछानेको 'औपन्यासिक पात्र जीवनको पृष्ठभूमिमा'
- अच्छा राई रसिकको 'भूँडी'
- श्यामप्रसाद शर्माको 'एकघण्टा बिताउने'
- डा. ताना शर्माको 'राष्ट्रियताको ज्योति हुलाक घर'
- भैरव अर्यालको 'अमरावती कान्तिपुरी नगरी' निबन्ध
- रुद्रराज पाण्डेको 'रुपमती' उपन्यास
- लैनसिंह बाङ्देलको 'माइतीघर' उपन्यास

कक्षा १२ मानविकी/शिक्षा सङ्कायअन्तर्गत ऐच्छिक नेपालीमा

ऐच्छिक नेपाली विषयको पाठ्यक्रममा कविता, नाटक, एकाङ्की र खण्डकाव्य समावेश छन ।

कविता
- भानुभक्त आचार्यको 'प्रश्नोत्तर'
- मोतीराम भट्टको 'मलाई हिजोसम्म क्या क्या छकाए'
- लेखनाथ पौड्यालको 'हिमाल'
- धरणीधर कोइरालाको 'साहित्यसुधा'
- बालकृष्ण समको 'म पनि द्यौता मान्छु'
- लक्ष्मीप्रसाद देवकोटाको 'भिखारी'
- सिद्धिचरण श्रेष्ठको 'ओखलढुङ्गा'
- गोपालप्रसाद रिमालको 'आमाको सपना'
- माधवप्रसाद घिमिरेको 'नवयुवक'
- केदारमान व्यथितको 'सिपाही'
- अगमसिंह गिरीको 'नचिनिने भएछौं'
- भूपी शेरचनको 'मैनवत्तीको शिखा'
- विजय मल्लको 'छोरीलाई मानचित्र पढाउँदा'
- मोहन कोइरालाको 'सारङ्गी'
- भरतराज पन्तको 'मेघविजुली विवाह'
- हरिभक्त कटुवालको 'यो जिन्दगी खै के जिन्दगी'
- दिनेश अधिकारीको 'हट घोडा हट'

खण्डकाव्य
- लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन'
- माधवप्रसाद घिमिरेको 'राष्ट्रनिर्माता'
- सिद्धिचरण श्रेष्ठको 'आँसु'

 नाटक
- बालकृष्ण समको 'मुकुन्दइन्दिरा'
- भीमनिधि तिवारीको 'माटोको माया'
- विजय मल्लको 'कोही किन बरबाद होस्'

एकाङ्की
- हृदयचन्द्रसिंह प्रधानको 'खैराँती मास्टर'
- गोविन्दबहादुर मल्ल 'गोठाले'को 'म कसरी हार्छु ?'
- फणिन्द्रराज खेतालाको 'फिउज गएको इज्जत'
- मनबहादुर मुखियाको 'अँध्यारामा बाँच्नेहरू'
« Last Edit: November 02, 2016, 02:02:26 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
स्नातक तहमा अनिवार्य नेपाली

- मानविकी तथा शिक्षाशास्त्र सङ्कायमा प्रथम वर्षमा अनिवार्य नेपाली:

तीन वर्षे (बी.एड.) स्नातक शिक्षाशास्त्र सङ्काय

कथा
- गुरुप्रसाद मैनालीको 'सहिद'
- विश्वेश्वरप्रसाद कोइरालाको 'एकरात'
- भवानी भिक्षुको 'माउजङ बाबुसाहेबको कोट'
- इन्द्रबहादुर राईको 'हामीजस्तै मैनाकी आमा'
- रमेश विकलको 'मेरी सानी भतिजी प्रतिमा'
- मनु ब्राजाकीको 'मार्‍यो च्याङ्वा मार्‍यो'

कविता
- लेखनाथ पौड्यालको 'कालमहिमा'
- सिद्धिचरण श्रेष्ठको 'विश्वकथा'
- लक्ष्मीप्रसाद देवकोटाको 'पागल'
- माधवप्रसाद घिमिरेको 'घामपानी'
- भूपी शेरचनको 'नयाँ वर्ष'

निबन्ध
- लक्ष्मीप्रसाद देवकोटाको निबन्ध 'शिक्षा'
- शङ्कर लामिछानेको 'जीवन एक प्राध्यापक'
- ताना शर्माको 'वक्ताहरूको कुनो'
- कृष्णचन्द्रसिंह प्रधानको 'मेरो यात्रा टुकुचादेखि विष्णुमतिसम्म'
- शारदा शर्माको 'सुखसत्ता'

एकाङ्की
- बालकृष्ण समको 'भत्तेर'
- विजय मल्लको 'सत्ताको खोजमा'

उपन्यास
- पद्मावती सिंहको 'समानान्तर आकाश'

तीन वर्षे स्नातक मानविकी सङ्काय

कविता
- लक्ष्मीप्रसाद देवकोटाको 'पागल'
- गोपालप्रसाद रिमालको 'आमाको सपना'
- माधव घिमिरेको 'यात्री'
- भूपी शेरचनको 'हामी'
- वैरागी काइँलाको 'हाट भर्ने मानिस'
- दुर्गालाल श्रेष्ठको 'मनको दैलो'
- धीरेन्द्र प्रेमषिर्को 'मूलै खामो भत्केको यो काठेघर फाल्नुपर्‍यो'

कथा
- गुरुप्रसाद मैनालीको 'परालको आगो'
- विश्वेश्वरप्रसाद कोइरालाको 'एक रात'
- भवानी भिक्षुको 'त्यो फेरि फर्कँला ?'
- भागिरथी श्रेष्ठको 'भूमिगत'
- ऋषिराज बरालको 'पछबरिया टोल'
- महेशविक्रम शाहको 'गाउँमा गीतहरू गुन्जिदैनन्'

निबन्ध
- लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ ?'
- शङ्कर लामिछानेको 'एक पत्र सम्पादकलाई'
- कृष्णचन्द्रसिंह प्रधानको 'मेरो यात्रा टुकुचादेखि विष्णुमतिसम्म'
- भैरव अर्यालको 'टाउको'
- ताना शर्माको 'हिडिम्बा नर्सरीदेखि जुँगे दरबारसम्म'
- जगदीश घिमिरेको 'स्वभाव'

- विजय मल्लको एकाङ्की 'पुरानको हराएको पाना'
- सरुभक्तको नाटक 'इथर'
- पद्मावती सिंहको उपन्यास 'समानान्तर आकाश'


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
स्नातक तहमा ऐच्छिक नेपाली विषयमा

स्नातक तहको मानविकी र शिक्षाशास्त्र सङ्कायमा

- तीनवर्षे स्नातक शिक्षाशास्त्र सङ्कायको प्रथम वर्षको पाठ्यक्रममा

नाटक

- बालकृष्ण समको 'अन्धवेग'
- गोपालप्रसाद रिमालको 'मसान'
- विजय मल्लको 'भोलि के हुन्छ'
- बासु शशीको 'बाँसुरीमा नअटाएका धुनहरू'

एकाङ्की
- हृदयचन्द्रसिंह प्रधानको 'मरुभूमिका लेखक'
- भीमनिधि तिवारीको 'भावना'
- गोविन्दबहादुर मल्ल 'गोठाले'को 'युगको सिकार'
- गोपाल पराजुलीको 'गोलार्द्धको दुई छेऊ'
- अशेष मल्लको 'म भनेको हामी'
- मोहनराज शर्माको 'अब बाँझो हुन्न'
- सरुभक्तको 'निमावीय'

निबन्ध
- बालकृष्ण समको 'देखेको'
- लक्ष्मीप्रसाद देवकोटाको 'नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष'
- बदरीनाथ भट्टराईको 'देशप्रेम'
- हृदयचन्द्रसिंह प्रधानको 'तस्वीर'
- शङ्कर लामिछानेको 'एकपत्र सम्पादकलाई'
- केशवराज पिँडालीको 'शूरवीरको नरकयात्रा'
- श्यामप्रसाद शर्माको 'एकघण्टा बिताउन'
- भैरव अर्यालको 'भान्सा भो हजूर'
- कृष्णचन्द्रसिंह प्रधानको 'शव, सालिक विद्रोह'
- डा. ताना शर्माको 'आँसु छचल्किँदै जान्छ'
- देवीचन्द्र श्रेष्ठको 'ताक्लाकोटदेखि मानसरोवर'

नाटक
- डा. दुर्गाप्रसाद भण्डारीको 'रोम जलिरहेछ: निरो बाँसुरी बजाइरहेछ'
- युवराज नयाँघरेको 'बोलीको बगैँचा'


शिक्षाशास्त्र सङ्काय द्वितीय वर्षको पाठ्यक्रममा
कविता र काव्य
- यदुनाथ पोखरेलेका 'नेपालका वीर सिपाही देख्यो'
- भानुभक्त आचार्यको 'नीतिका कुरा'
- मोतीराम भट्टको 'किन चाहियो'
- लेखनाथ पौड्यालको 'गौँथलीको चिरिबिरी'
- बालकृष्ण समको 'स्वर्ग र देवता'
- लक्ष्मीप्रसाद देवकोटाको 'उद्बोधन'
- सिद्धिचरण श्रेष्ठको 'मेरो प्रतिविम्ब'
- युद्धप्रसाद मिश्रको 'भोका नाङ्गा उठ'
- माधव घिमिरेको 'वैशाख'
- गोपालप्रसाद रिमालको 'सान्त्वना'
- विजय मल्लको 'छोरीलाई मानचित्र पढाउँदा'
- मोहन कोइरालाको 'फर्सीको जरा'
- भूपी शेरचनको 'असार'
- वैरागी काइँलाको 'सपनाको लास:केही टुक्रा'
- हरिभक्त कटुवालको 'रहर'
- कालीप्रसाद रिजालको 'स्वदेशको गौरव'
- बानिरा गिरिको 'काठमाडौँ: गजबको ग्यालीप्रुफ'
- दिनेश अधिकारीको 'मान्छे: आस्थाको अभिव्यक्ति'
- कृष्णभूषण बल 'पर्खनुपर्छ'
- श्याम तमोटको 'गाउँ गाउँबाट उठ'
- ज्ञानुवाकर पौड्यालको 'छाडी जाँदै छु म शहर'
- बूँद रानाको 'जिउँ शानसँग'
- विजय सुब्बाको 'सपनाको अधीनमा'

- लेखनाथ पौड्यालको 'ऋतुविचार'
- देवकोटाको कुञ्जिनी'
- माधव घिमिरेको 'राजेश्वरी'
- मोहन कोइरालाको 'सिमसारका राजदूत' खण्डकाव्य
- महाकवि देवकोटाको 'सुलोचना'
- मोदनाथ प्रश्रतिको 'मानव' महाकाव्य 

कथा
- गुरुप्रसाद मैनालीको 'सहिद'
- पुष्कर शमशेरको 'लोग्ने'
- विश्वेश्वरप्रसाद कोइरालाको 'शत्रु'
- भवानी भिक्षुको 'सावित्रीको बाख्रो'
- गोविन्दबहादुर मल्ल 'गोठाले'को 'निद्रा आएन'
- रमेश विकलको 'लाहुरी भैंसी'
- इन्द्रबहादुर राईको 'एउटा विचारको यात्रापथ'
- प्रेमा शाहको 'पहेँलो गुलाफ'
- मदनमणि दीक्षितको 'ग्यासच्याम्बरको मृत्यु'
- मनु ब्राजाकीको 'एकान्त'
- पारिजातको 'सिटीहलको एउटा बूढो ज्यामी'
- प्रदीप नेपालको 'थैले खत्रीको इतिहास'
- भागिरथी श्रेष्ठको 'चुनौती'
- इस्मालीको 'माछोमाछो भ्यागुतो'

उपन्यास
- लैनसिंहको 'मुलुकबाहिर'
- पारिजातको 'शिरिषको फूल'
- विश्वेश्वरप्रसाद कोइरालाको 'नरेन्द्र दाइ'
- दौलतविक्रम विष्टको 'भोक र भित्ताहरू'
- ध्रुवचन्द्र गौतमको 'उपसंहार अर्थात् चौथो अन्त्य'
- होमनाथ सुवेदीको 'यमपुरीको महल'

३) मानविकी सङ्काय प्रथम वर्षको ऐच्छिक नेपालीमा

कथा
- विश्वेश्वरप्रसाद कोइरालाको 'मधेशतिर'
- गुरुप्रसाद मैनालीको 'सहिद'
- भवानी भिक्षुको 'सावित्रीको बाख्रो'
- गोविन्दबहादुर मल्ल 'गोठाले' को 'मैले सरिताको हत्या गरेँ'
- विजय मल्लको 'प्रवेशनिषिद्ध देशमा'
- इन्द्रबहादुर राईको 'खीर'
- रमेश विकलको 'फुटपाथ मिनिस्टर्स'
- पारिजातको 'सिटीहलको एउटा बूढो ज्यामी'
- प्रेमा शाहको 'लोग्ने'
- मनु ब्राजाकीको 'मार्‍यो च्याङ्वा मार्‍यो'

उपन्यास
- लैनसिंह बाङ्देलको 'मुलुकबाहिर'
- विश्वेश्वरप्रसाद कोइरालाको 'तीनघुम्ती'
- पारिजातको 'शिरीषको फूल'
- दौलतविक्रम विष्टको 'चपाइएका अनुहार'
- ध्रुवचन्द्र गौतमको 'अलिखित'


नाटक
- बालकृष्ण समको 'अन्धवेग'
- गोपालप्रसाद रिमालको 'मसान'
- विजय मल्लको 'मानिस र मखुन्डो'

एकाङ्की
- हृदयचन्द्रसिंह प्रधानको 'गङ्गालालको चिता'
- भीमनिधि तिवारीको 'साँढे'
- गोविन्दबहादुर मल्ल 'गोठाले'को 'क्रान्तिको पृष्ठभूमि'
- अशेष मल्लको 'हामी वसन्त खोजिरहेछौँ'
- सरुभक्तको 'निमावीय'
- माधव घिमिरेको गीतिनाटक 'देउकी'


मानविकी सङ्कायको दोस्रो वर्षको पाठ्यक्रममा

पूर्व आधुनिक नेपाली कविता
- सुवानन्द दासको 'पृथ्वीनारायण'
- उदायानन्द अज्र्यालको 'पृथ्वीन्द्रोदय'
- यदुनाथ पोखर्‍यालको 'स्तुतिपद्य -१'
- वसन्त शर्माको 'श्रीकृष्ण चरित्र'
- ज्ञानदिलदासको 'उदयलहरी'
- भानुभक्त आचार्यको 'रामायण अयोध्याकाण्ड'
- लेखनाथ पौड्यालको 'गौँथलीको चिरिबिरी'
- बालकृष्ण समको 'मृत्युपछिको अभिव्यञ्जना'
- लक्ष्मीप्रसाद देवकोटाको 'पागल'
- सिद्धिचरण श्रेष्ठको 'मेरो प्रतिविम्ब'
- युद्धप्रसाद मिश्रको 'ज्वालामुखीको शिखा'
- गोपालप्रसाद रिमालको 'सपनामा'
- भूपी शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे'
- मोहन कोइरालाको 'घाइते युग'
- वैरागी काइँलाको 'मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित'
- ईश्वरवल्लभको 'रिक्तताको देवता हेर्न मन लाग्यो'
- बानिरा गिरिको 'काठमाडौँ एउटा ग्यालीप्रुफ'

गीतगजल
- मोतीराम भट्टको 'म यसो भनूँ कि उसो भनूँ', लौ लौ औँठी म दिन्छु'
- लक्ष्मीदत्त पन्तको 'कि ऊ जानोस् कि मै जानूँ'
- माधवप्रसाद घिमिरेको 'गाउँछ गीत नेपाली'
- गोकुल जोशीको 'जीवनगीत'
- क्षेत्रप्रताप अधिकारीको 'लालीगुराँस'
- रत्नशमशेर थापाको 'आँखै रात गली'
- कालीप्रसाद रिजालको 'आँखा छोपी नरोऊ भनी'
- उपेन्द्रबहादुर जिगरको 'इसारा गरी गरी'
- ललिजन रावलको 'नखोलेरै राखिएको'
- ज्ञानुवाकर पौडेलको 'ओइली झरेछ फूल'

महाकाव्य
- देवकोटाको 'सुलोचना'
खण्डकाव्य
- देवकोटाको 'कुञ्जिनी'
- बालकृष्ण समको 'आगो र पानी'
- मोहन कोइरालाको 'हिमाल आरोहण माग्छ'

लामो कविता
- बासुदेव त्रिपाठीको 'अर्धनारीश्वर'

नाटक
- पहलमानसिंह स्वाँरको 'अटलबहादुर'
- शम्भुप्रसाद ढुङ्गेलको 'शाकुन्तलको छोरीको विदाइ'

नाट्यांश
- मोतीराम भट्टको 'प्रियदर्शिका'
- चक्रपाणि चालिसेको 'सङ्क्षिप्त रामायण अयोध्याकाण्ड'

उपन्यास
- गिरिशवल्लभ जोशीको 'वीरचरित्र'

प्राथमिककालीन गद्य
- पृथ्वीनारायण शाहको 'दिव्योपदेश'
- 'जङ्गबहादुरको बेलाइत यात्रा'
- 'मुन्सीका तीन आहान'

- लक्ष्मीप्रसाद देवकोटाको 'शिक्षा'
- शङ्कर लामिछानेको 'जीवन एक प्राध्यापक'
- बालकृष्ण पोखरेलको 'हात्तीका दुई खाले दाँत'
- भैरव अर्यालको 'अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन'
- मोदनाथ प्रश्रतिको 'मृत्युसँगको जम्काभेट'
- राममणि रिसालको 'दुःख किन दुख्ने गर्छ'
- विश्वेश्वरप्रसाद कोइरालाको 'आफ्नो कथा'
- बालकृष्ण समको 'मेरो कविताको आराधना'
- देवीचन्द्र श्रेष्ठको 'बैकिनीका आँसुमा डुब्छ बयलपाटा'
- चूडामणि बन्धुको 'मेरो जन्म हुँदा महोत्सव थियो'
- दुर्गाप्रसाद भण्डारीको 'श्लेषमान्तक वनभित्र'
- पारिजातको 'एउटा चित्रमय सुरुवात' (संस्मरण)
- महानन्द सापकोटासँगको अन्तर्वार्ता




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
स्नातक तह मानविकी सङ्कायको तेस्रो वर्षको पाठ्यक्रम

नेपाली कविता
- भरतराज पन्तको 'मृत्यु'
- भानुभक्त पोखरेलको 'देशभक्ति'
- कृष्णभक्त श्रेष्ठको 'अभिशप्त मान्छे'
- शैलेन्द्र साकारको 'सर्पहरू गीत सुन्दैनन्'
- रामचन्द्र भट्टराईको 'काली'
- तोया गुरुङको 'धेरै टाढाकी प्रियतमालाई'
- मन्जु काँचुलीको 'अभ्यास'
- विमल निभाको 'आज राति आकाश'
- विश्वविमोहन श्रेष्ठको 'नानीहरू आकाशको निर्माणमा लाग्नेछन्'
- विमल कोइरालाको 'ग्रन्थसूची'
- विष्णुविभु घिमिरेको 'हरायो'
- हेमन्त श्रेष्ठको 'विद्रोह बोल्छ ढुङ्गा'
- पूर्णविरामको 'गोविन्दले ठीक भन्यो'
- उषा भट्टचनको 'महत्त्वाकाङ्क्षा र निरन्तरता रितिंदै छ बूढो सारङ्गीजस्तै'
- फणिन्द्र नेपालको 'मृत्युसत्ता'
- विक्रम सुब्बाको 'तिमी को हौँ ? '
- आहुतिको 'गहुँगोरो अफ्रिका'
- रमेश श्रेष्ठको 'बुद्धको नाममा-२'
- प्रहृलाद पोखरेलको 'युवा'
- श्रवण मुकारुङको 'बिसे नगर्चीको वयान'
- विप्लव ढकालको 'कालो मध्यान्तर'

खण्डकाव्य/महाकाव्य
- घनश्याम कँडेलको 'देवयानी'
- दिनेश अधिकारीको 'इन्द्रजात्रा'
- सरुभक्तको 'पुरुष'
- कृष्णसेन इच्छुकको 'बन्दी र चन्द्रागिरि'

गीत./गजल
- दुर्गालाल श्रेष्ठको 'फूलको आँखामा'
- दैवज्ञराज न्यौपानेको 'आँखा बग्छन् पानी'
- राजेन्द्र थापाको 'पोहोर साल खुसी फाट्यो'
- कृष्णहरि बरालको 'कता पुग्नुपर्ने कता गइरहेछु'
- श्याम तमोटको 'गाउँ गाउँबाट उठ',

- धीरेन्द्र प्रेमषिर्को 'गजल नं. २७'
- बूँद रानाको 'गरिबको खुन बरै'
- गोपाल अश्कको 'आशै आशमा यो जिन्दगानी'

कथा
- इन्द्रबहादुर राईको 'कठपुतलीको मन'
- कुमार ज्ञवालीको 'वैभवको पीडा'
- परशु प्रधानको 'सीताहरू-२३'
- माया ठकुरीको 'उसको कथा'
- हरिहर खनालको 'बमको छिर्का'
- खगेन्द्र सङ्ग्रौलाको 'सङ्ग्रामबहादुर सार्की'
- जगदीश घिमिरेको 'मान्छेको छाउरो'
- भाउपन्थीको 'सत्ताच्युत'
- भुवन ढुङ्गानाको 'प्रत्यक्षदर्शी
- भागीरथी श्रेष्ठको 'मातृत्वको चित्कार'
- सनत रेग्मीको 'लक्षमनियाँको गौना'
- ध्रुव सापकोटाको 'चित्कार'
- किशोर पहाडीको 'स्वर्गमा समस्या'
- इस्मालीको 'माछो माछो भ्यागुतो'
- नारायण ढकालको 'इरफान अली'
- ऋषिराज बरालको 'खत्रीबालाई आजभोलि निद्रा लाग्दैन'
- सीता पाण्डेको 'चिसिँदै गएका आस्थाहरू'
- इन्दिरा प्रसाईंको 'बिहेको बाजा'
- गोरखबहादुर सिंहको 'सरल रेखा'

उपन्यास
- डायमन शमशेरको 'अन्तर्द्वन्द्व'
- पारिजातको 'अनिदो पहाडसँगै'
- राजेश्वर देवकोटाको 'द्वन्द्वको अवसान'
- धुव्रचन्द्र गौतमको 'घुर्मी'
- नयनराज पाण्डेको 'उलार'
- कृष्ण धरावासीको 'शरणार्थी'

नाटक
- विजय मल्लको 'भित्तेघडी'
- मनबहादुर मुखियाको 'भन् तँ को होस् ?'
- मोहनराज शर्माको 'बैकुण्ठ एक्सप्रेस'
- ध्रुवचन्द्र गौतमको 'समानान्तर'
- बासु शशीको 'आमा कहिल्यै मर्दिन'
- गोपाल पराजुलीको 'गोलार्द्धको दुई छेउ'
- शिव अधिकारीको 'सिंहासन'
- सरुभक्तको 'मलामी'
- अविनाश श्रेष्ठको 'समय, समय अनि समय'
- अभि सुवेदीको 'आरुका फूलका सपना'
- गोपी सापकोटाको 'सडक'
- कृष्ण शाह यात्रीको 'निर्वासित मनहरू'

 गीति नाटक
- माधव घिमिरेको 'हिमालवारि हिमालपारि'
- रायनको 'सिम्मा'

निबन्ध, यात्रासंस्मरण, दैनिकी

- मदनमणि दीक्षितको 'दोवोदास र शम्बर'
- कमल दीक्षितको 'उखान मिलेन'
- राममणि रिसालको 'नयाँ वर्ष'
- तेजेश्वरबाबु ग्वंगको 'पानी आफैँ सतहमा रहन्छ'
- श्रीधर खनालको 'तपाईं भयभीत हुनुहुन्छ'
- राजेन्द्र सुवेदीको 'म हुँ औँला नकाटिएको एकलव्य'
- रुद्र खरेलको 'आषाढस्य प्रथम दिवसे'
- महेश्वर रायको 'सीताको'
- नरेन्द्रराज पौडेलको 'उर्दीको कोट'
- चोलेश्वर शर्माको 'राजधानी त सधैँ गजेटेड छ'
- विमल निभाको 'कीरा'
- माधवप्रसाद घिमिरेको 'वरुणको रगत'
- मुन पौडेको 'बतौरे र फतौरे'
- शारदा शर्माको 'अंशयुद्ध'
- युवराज नयाँघरेको 'हिमाललाई पानीको तिर्खा'
- सुधा त्रिपाठीको 'अमर सिर्जना'

यात्रा संस्मरण
- ताना शर्माको 'आँसु छचल्किँदै जान्छ'
- रमेश विकलको 'चुडिकम न्यान्सनकी निशाचरी'
- कृष्णप्रसाद पराजुलीको 'हरिभक्तसँगको भेटघाट'
- धच गोतामेको 'आफ्नो माटोको सुगन्ध'
- घनश्याम राजकणिर्कारको 'लालदरबार क्याम्पा र बाल्यजीवन'
- निर्मोही व्यासको 'धरतीहरूसित साक्षात्कार'
- भीष्म उप्रेतीको 'स्निग्ध, पवित्र कोमल ः मानसरोवरको जल'

- विश्वेश्वरप्रसाद कोइरालाको 'जेल जर्नल ०१८/८/१० को दैनिकी'
- भरतराज पन्तको 'आत्मपुराण पृ. १८'
- घटराज भट्टराईको 'कृष्णप्रसाद रेग्मी'
- नरेन्द्रराज प्रसाइँको 'कोइलीदेवी'
- नेत्र एटमको 'रुसी परिवेशमा नेपाली प्रतिबिम्बमा कृष्णप्रकाश श्रेष्ठसँगको निवार्ता'
- दुर्गाप्रसाद भण्डारीको 'गहन प्रेममा पनि इतिहास पराजित हुन्छ'
- गोविन्दराज भट्टराईको 'हङकङको पृष्ठभूमि र प्रकाशन दैनिकी'

नेपाली बालसाहित्य - बालकविता, बालकथा, बालउपन्यास, बालनाटक बालनिबन्ध पनि पाठ्यक्रममा समावेश छन् ।

बालकविता/काव्य
- नानीका गीतबाट 'के कसरी कराउँछ', 'कुखुरी काँ', घामपानी', 'जब पुग्यो'
- लेखनाथ पौड्यालको 'हिउँदको दिन,', 'तिहार'
- लक्ष्मीप्रसाद देवाकोटाका 'सुनको बिहान', 'किताब चरो'
- माधव घिमिरेका 'नदी', 'सुनपङ्खी चरी'
- दैवज्ञराज न्यौपानेका 'जयदेश, जयनेपाल', 'देखासिकी'
- दुर्गालाल श्रेष्ठको 'सन्तको छावा'
- रामबाबु सुवेदीको 'पानीपानी'
- कृष्णप्रसाद पराजुलीको 'जूनतारा'

बालकथा
- बालकोसेली भाग १ बाट 'तीनओटा खरायोको कथा', 'घमण्डी कुखुरा'
- देवकुमारी थापाको 'सुनपखेटी चरी' सुरेको 'सलाई'
- रमेश विकलका 'हिउँदको छुट्टी', बत्तीवर पुतली'
- कल्पना प्रधानका 'दाउरेको छोरो', बादलसाथी'
- देवीप्रसाद वनवासीका 'बलभन्दा बुद्धि ठूलो, किसानको छोरो'
- जनकप्रसाद हुमागाइँका 'पहराको छोरो, सातदिने सभा'
- विश्वम्भर चञ्चलको 'जादूको बाकस'
- ध्रुव घिमिरेका 'खुट्टा तान्ने खेल'

बाल निबन्ध
-प्रेमा शाहको 'आनन्दको आविष्कार'
- कवितारामको 'अनौठो यात्रा', बाल उपन्यास
- रमेश विकलको 'सिद्धार्थको करुणा', अब तिमी नरोऊ किरण'
- शारदारमण नेपालको 'खलाँती बाजे, अठोट' बालनाटक
- शान्तदास मानन्धरको 'पानीको निबन्ध'
- चूडामणि बन्धुको 'मोतीरामको जीवनी'
- रामेश श्रेष्ठको 'मैले बिर्सन नसकेको साथी'
- तेजप्रकाश श्रेष्ठको 'घुम्न जाउँ ल झुण्डिएको बगैँचा र मृगको पाठो उफ्रँदै


स्नातक तहमा भारतीय नेपाली साहित्यको अध्ययन
- कविता, कथा, उपन्यास, नाटक, निबन्ध र समालोचना - विभिन्न भारतीय नेपाली स्रष्टाका रचनालाई पाठ्यक्रममा समेटिएको छ ।

कविता
- पुष्पलाल उपाध्यायको 'उषालहरी'
- अगमसिंह गिरीको 'युद्ध र योद्धा'
- हरिभक्त कटुवालको 'मलाई नसोध कहाँ दुख्छ घाउ' (गीत)
- वीरेन्द्र सुब्बाको 'यो एउटा दिन'
- जीवन थिङको 'म बैतलम शहरको हिपोटामस'
- युद्धवीर राणाको 'चिहान नपाएका तक्माहरू'
- विकास गोतामेको 'सोच मेरी चेलीहरू सोच'
- गिमी शेर्पाको 'वासिलिङ्मा बुद्धलाई देखेपछि'
- तुलसीराम शर्मा कश्यपको 'आमा' महाकाव्य
- निर्दोन रुम्बा 'एउटा किताब पढ्न बाँकी नै थियो'
- नोज्र्याङ स्याङ्देनको 'एकथोक हराएको दिनलाग्छ: यो दिन',

कथा
- रुपनारायण सिंहको 'बितेका कुरा'
- इन्द्रबहादुर राईको 'हामीजस्तै मैनाकी आमा'
- शिवकुमार राईको 'कस्तो मानिस'
- सानुलामाको 'अपराजित', मल्टिदा राईको 'टोटोलाको फूल' र

उपन्यासहरू
- लीलबहादुर क्षेत्रीको 'ब्रह्मपुत्रको छेउछाउ'
- अर्जुन निरौलाको 'शिशिरको बतास'

- नन्द हाङखिमको 'युद्धहरू'
- शरद क्षेत्रीको 'आदि सङ्घर्ष'
- पूर्ण गुरुङको 'निरुपम : दैत्यराज दुर्भिक्ष'
- किरण ठकुरीको जय महाकाल नाटक

निबन्ध
- पारसमणि प्रधानको 'दुईखेप जात गयो'
- वेदनिधि शर्माको 'जातीय रोगको अचूक औषधी'
- कृष्णप्रसाद ज्ञवालीको 'वसन्त बेला'
- अच्छा राई 'रसिकको बसुधैव कुटुम्बकम'
- रामलाल अधिकारीको 'मेरो सिद्धान्तविहीन सिद्धान्त'
- कुमार प्रधानको 'ऐतिहासिक दस्तावेज' (आत्मकथा)
- राजनारायण प्रधानको 'नौ नामी नेता'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
स्नातकोत्तर तहमा नेपाली साहित्य

शिक्षाशास्त्र सङ्काय प्रथम वर्ष

- गुरुप्रसाद मैनालीको 'परालको आगो'
- विश्वेश्वरप्रसाद कोइरालाको 'श्वेत भैरवी'
- भवानी भिक्षुको 'मैयाँ साहेव'
- रमेश विकलको 'सिँगारी बाख्रो'
- इन्द्रबहादुर राईको 'त्यसरी बाँचेको छ त्यसरी नै'
- पारिजातको 'साल्गीको बलात्कृत आँसु'
- मनु ब्राजाकीको 'गुरुचेला र माकुराको जालो'
- माया ठकुरीको 'आमा ! जानुहोस्'
- महेशविक्रम शाहको 'बधशालामा बुद्ध'

उपन्यास
- लैनसिंह वाङदेलको 'लङ्गडाको साथी'
- विश्वेश्वरप्रसाद कोइरालाको 'तीन घुम्ती'
- ध्रुवचन्द्र गौतमको 'अलिखित'

नाटक
- बालकृष्ण समको 'भीमसेनको अन्त्य'
- गोपालप्रसाद रिमालको 'यो प्रेम'
-विजय मल्लको 'स्मृतिको पर्खालभित्र'
- सरुभक्तको 'असमय अमौसम'

 एकाङ्की
- पुष्कर शमशेरको 'लक्ष्यहीन'
- गोविन्दबहादुर मल्ल गोठालेको 'आत्मदर्शन'
- अशेष मल्लको 'हामी वसन्त खोजिरहेछौं'

निबन्ध
- लक्ष्मीप्रसाद देवकोटाको 'कला र जीवन'
- शङ्कर लामिछानेको 'एब्स्ट्रयाक्ट चिन्तन प्याज'
- कृष्णचन्द्रसिंह प्रधानको 'डरको छायाँमा रोवोटको जन्म'
- भैरव अर्यालको 'केही राष्ट्रिय रोग ः एक अनुसन्धान'
- ताना शर्माको 'नमस्ते', देवीचन्द्र श्रेष्ठको 'इतिहासको पदचाप'
- जगदीश घिमिरेको 'समय'
- माधवप्रसाद पोखरेलको 'वरुणको रगत'

खण्डकाव्य
- लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य 'शाकुन्तल'
- माधव घिमिरेको गीतिनाटक 'अश्वत्थामा'
-  सिद्धिचरण श्रेष्ठको 'उर्वशी'
-  जगदीशशमशेर राणाको 'नरसिंह अवतार'

कविता
- लेखनाथ पौड्यालको 'पिंजराको सुगा'
- बालकृष्ण समको 'मेरो नुहाउने कोठा'
- लक्ष्मीप्रसाद देवकोटाको 'ज्वरशमना प्रकृति'
- माधव घिमिरेको 'काली गण्डकी'
- गोपालप्रसाद रिमालको 'प्रति ३'
- मोहन कोइरालाको 'म सम्झन्छु'
- वैरागी काइँलाको 'पर्वत'
- उषा शेरचनको 'निश्चिन्त भएर बाँच्ने बेला होइन यो'


स्नातकोत्तर  मानविकी सङ्काय प्रथम वर्षमा


कविता
- लेखनाथ पौड्यालको 'पिंजराको सुगा'
- बालकृष्ण समको 'स्वर्ग र देवता'
- लक्ष्मीप्रसाद देवकोटाको 'हुरीको गीत'
- शाहजहाँको इच्छा'
- माधव घिमिरेको 'दुलही कञ्जनजङ्घा, परन्तु यौटै मूर्तिमा विराट'
- मोहन कोइरालाको 'फर्सीको जरा'
- वैरागी काइँलाको 'पर्वत'
- ईश्वरबल्लभको 'बाँकी अर्चना'

नाटक
- गोपालप्रसाद रिमालको 'यो प्रेम'
- विजय मल्लको 'पत्थरको कथा'
- गोविन्दबहादुर मल्ल 'गोठाले'को 'भोको घर'
- मोतीराम भट्टको 'प्रियदर्शिका'
- शम्भुप्रसाद ढुङ्ग्यालको 'शकुन्तला'
- पहलमानसिंह स्वारको 'अटलबहादुर'

गीत/गजल
- मोतीरामको 'पिकदूत' खण्डकाव्य
- दिनको पचास' गजल
- लक्ष्मीदत्त पन्तको 'कि ऊ जानोस् कि मै जानु'
- शम्भुप्रसाद ढुङ्ग्यालको 'चन्द्रोदय दर्शन'
- हरि सताउँछ'

गद्य
- पृथ्वीनारायणको 'दिव्योपदेश'
- भानुदत्तको 'हितोपदेश मित्रलाभ'
- शक्तिबल्लभ अर्यालको 'हास्यकदम्ब'
- भवानीदत्त पाण्डेको 'मुद्राराक्षस'
- सुन्दरानन्द बाँडाको 'अध्यात्मरामायण'
- जंगबहादुर राणाको 'बेलायत यात्रा'
-  सुवानन्ददासको 'पृथ्वीनारायण'
- उदयानन्द अज्र्यालको 'कुलवर्णन'
- यदुनाथ पोखर्‍यालको 'स्तुतिपद्य'
- वसन्त शर्माको 'कृष्णचरित्र' का निर्धारित अंश
- इन्दिरसको गोपिका स्तुति'
- ज्ञानदिलदासको 'उदयलहरी'
- भानुभक्त आचार्यको 'रामायण' को निर्धारित अंश


स्नातकोत्तर तहमा मानविकी सङ्काय द्वितीय वर्षमा

- गुरुप्रसाद मैनालीको 'परालको आगो' 'कर्तव्य'
- विश्वेश्वरप्रसाद कोइरालाको 'श्वेतभैरवी', मधेसतिर
- भवानी भिक्षुको 'टाइपिष्ट', ईश्वर खुदा गडका काम'
- गोविन्दबहादुर मल्ल गोठालेको 'भाँडो, प्रेम र मृत्यु'
- रमेश विकलको 'तर कोपिला फक्रेन', 'शव शालिक र सहस्र बुद्ध'
- इन्द्रबहादुर राईको,' कठपुतलीको मन', 'ब्लाक आउट काजु बदाम छोरा'
- पारिजातको 'सडक र प्रतिभा', 'तिउरीको फूल: पायरियाको गन्ध,'
- मनु ब्राजाकीको 'एकान्त' र भुन्टीको भविष्य'

उपन्यास
- रुपनारायण सिंहको 'भ्रमर'
- लैनसिंह बाङ्ग्देलको 'लङ्गडाको साथी'
- विजय मल्लको 'अनुराधा'
- इन्द्रबहादुर राईको 'आज रमिता छ'
- मदनमणि दीक्षितको 'माधवी'
- ध्रुवचन्द्र गौतमको 'उपसंहार अर्थात् चौथो अन्त्य'

खण्डकाव्य/महाकाव्य
- सोमनाथ शर्माको 'आदर्श राघव'
- लेखनाथ पौड्यालको 'तरुणतपसी'
- देवकोटाको 'शाकुन्तल', 'सृजामाता'
- समको 'चिसो चुहृलो'
- सिद्धिचरण श्रेष्ठको 'उर्वशी'
- माधव घिमिरेको 'राजेश्वरी'
- मोहन कोइरालाको 'गङ्गाप्रवास'
- जगदीश शमशेर राणाको 'नरसिंह अवतार'

- आख्यानकार विश्वेश्वरप्रसाद कोइराला र उनका कथा
- नाटककार सम र उनका नाटक
- काव्यकार देवकोटा र उनका काव्य
- कथाकार भिक्षु र उनका कथा
- नाटककार विजय मल्ल र उनका नाटक
- उपन्यासकार पारिजात र उनका उपन्यासमध्ये कुनै एक विषयमा समेत विशिष्ट अध्ययन ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
नारी हस्ताक्षर/विधा

- प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा नारी हस्ताक्षरका साहित्यिक रचना ज्यादै न्यून समावेश भएको देखिन्छ ।
- उच्च माध्यमिक तह (११-१२) मा पनि ज्यादै कम नारी हस्ताक्षरका रचना/कृतिलाई पाठ्यक्रममा समावेश गरेको पाइन्छ ।
- स्नातक तहमा शिक्षाशास्त्र सङ्कायको तुलनामा मानविकी सङ्कायमा उल्लेख्य रूपमा नारी रचनाकारका रचना पाठ्यक्रममा समेटिएको छ ।
- तर स्नातकोत्तर तहमा भने सन्तोषजनक उपस्थिति नभएको सहजै देख्न सकिन्छ ।

नारी हस्ताक्षरमा सबैभन्दा बढी स्थान पारिजातको धेरै विधामा देखिन्छ ।



- नेपाली विषयको पाठ्यक्रममा विदेशी साहित्यकारका कुनै पनि रचना वा कृति समावेश गरिएको छैन
- विदेशी स्रष्टाका जीवनीबाहेक उनीहरूका रचना विद्यालय तहमा अहिलेसम्म एउटा वटामात्र समावेश गरिएको पाइएको छ ।


कहाँ कहाँ पढाइ हुन्छ नेपाली साहित्य?

एशिया महादेशको भारत, बर्मा, भुटान, जापानलगायत अमेरिका, बेलायत, रुस, जर्मनीमा पनि नेपाली साहित्यको अध्ययन हुने गरेको छ ।

- पारिजातको उपन्यास 'शिरीषको फूल' को अङ्ग्रेजी अनुवाद 'द ब्लु मिमोसा' नाममा 'मेरील्याण्ड विश्वविद्यालय, अमेरिकामा पढाइ हुन्छ ।
- बालकृष्ण समको नाटक प्रहृलाद' जर्मनीको विश्वविद्यालयमा पढाइ हुन्छ
- लण्डन विश्वविद्यालयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका मुनामदन र शाकुन्तल एवम् माधव घिमिरेको राजेश्वरी पढाइन्छ , भूपी शेरचनका कवितालाई पनि त्यहाँको विश्वविद्यालयमा एशियन ल्याङ्ग्वेज सेन्टरअन्तर्गत पढाइन्छ ।

- मस्कोबाट सर्वप्रथम रूसी महिला ल्यूद निनाले देवकोटाबारे पी.एच.डी. गरेकी छिन् । जुन कार्य कृष्णप्रकाश श्रेष्ठको निर्देशनमा भएको थियो ।
- हालसम्म ७ जना विदेशीले नेपाली कला, साहित्य, संस्कृतिमा पी.एच.डी. गरिसकेका छन् ।

- भारतका गुहावटी विश्वविद्यालय
- उत्तरवङ्ग विश्वविद्यालय
- बनारस हिन्दू विश्वविद्यालयमा नेपाली भाषासाहित्यमा पी.एच.डी. प्रावधान छ
- सिक्किम विश्वविद्यालयमा स्नातकोत्तर तहसम्म नेपाली भाषासाहित्यको पढाइ हुने गरेको छ ।