Author Topic: जल शाह (Jal Shah)  (Read 281 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15556
जल शाह (Jal Shah)
« on: February 13, 2018, 12:00:55 AM »
An actress of Nepali film industry



Jal's mother:

प्रेमासँगका यादहरू
सम्झना
प्रेमा आन्तरिक कुराहरू मसँग भन्ने गर्थिन्। त्यसताका उनका प्रेमी उनलाई भेट्न आइरहन्थे। ‘आज ऊ आएपछि, तिमीहरूले मलाई छोडिदेओ’ उनी भन्थिन्।

माघ १३, २०७४


काठमाडौँ — छोरा जुहारले प्रेमा शाहको निधनको समाचार फेसबुकमा देख्नेबित्तिकै सुनाए। मेरो विश्वास अलि धर्मराएजस्तो भयो तर यस्तो समाचार झूटो कसरी होला र भन्ने लाग्यो। हो कि होइन दोमन भए पनि यो समाचारले मलाई स्तब्ध तुल्यायो। मैले आख्यानपुरुष डा। ध्रुवचन्द्र गौतमज्यूलाई फोन गरें— निश्चित गर्नका लागि। उनलाई थाहा रहेनछ, बुझेर खबर गर्छु भने। पछि हो भन्ने नै निश्चित भयो।


पच्चीस सालतिरको कुरा हो प्रेमा शाह र म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरमा एमए नेपालीमा पढ्थ्यौँ। हाम्रो ब्याचमा स्रष्टाहरूको राम्रो उपस्थिति थियो। एमए पढ्न आउँदा नै स्थापित भइसकेका लेखक, संगीतकार र गायकहरूको भावना र संवेदना मिल्नाको कारणले होला, हाम्रो एउटा राम्रो ग्रुप बनेको थियो। प्रेमा शाह, म ९बेन्जु शर्मा०, कवि दैवज्ञराज न्यौपाने र प्रसिद्धि प्राप्त गरिसकेका गीतकार,सङ्गीतकार रगायक गोपाल योञ्जन र हिरण्य भोजपुरे। प्रेमा शाहको ‘पहेँलो गुलाफ’ र प्रयोगवादी केही कविताहरूले साहित्यिक जगत्मा त्यसैबखत राम्रो स्थान बनिसकेको थियो। हुन त अरू पनि पाँच छ जना महिलाहरू र केही संस्कृत पृष्ठभूमिबाट आएका पुरुषहरू र अन्य विद्यार्थीहरूले कक्षा भरिभराउ थियो। प्रेमा र मेरोबीचमा छिट्टै मित्रता बस्यो। योभन्दा पहिले हामी औपचारिक रूपमा परिचित थिएनौँ।

प्रेमाले एक दिन मलाई भनिन्, ‘होस्टलमा बस्नेलाई साथी बनाउनुपर्‍यो, कहिलेकाहीं आराम गर्न, लुगासुगा फेर्न पनि काम लाग्छ। क्लासका सबै महिला साथीहरू काठमाडौँका नै थिए तर एक जना धरानबाट आएकी ॐ कुमारी आचार्य ९विवाहपछि सविता अधिकारी० होस्टलमा बस्ने थाहा पाएपछि उनलाई हामीले नजिकको साथी बनायौँ। हामी तीन जनाले स्टुडियोमा गएर खिचाएका फोटाहरू केही अझै मेरो पुराना एल्बममा छन्। हामी तीन जनाबीच तँ–म नै चल्थ्यो। प्रेमाको निधनपछि ती एल्बम खोजेर मैले पुरानो स्मृतिलाई ताजा बनाएँ। एउटा लामो समय हाम्रोबीचबाट फड्का मारेर यति टाढा पुगिसकेछ कि प्रेमाको निधनको समाचार साथीभाइहरूमा पहिले मैले नै सुन्नुपर्‍यो।

यो सुनेपछि मृत्युको गन्धको अनुभव मलाई हुने थालिरहेछ। मृत्युनजिकै छ कि जस्तो लागिरहेछ। मृत्युदेखि मलाई कुनै त्रास, भय केही छैन। मृत्युले ढोकामा आएर ‘म तिमीलाई लिन आएको’ भन्यो भने ‘म तयार छु’ भन्ने उत्तर दिनेछु र तुरुन्त ऊसँग जानेछु। अब सुखको कुनै अवशेष बाँकी छजस्तो लाग्न छाडेको छ। प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने प्रयास सबै सिद्धिसकेको छ। लेख्नचाहिँ धेरै बाँकी छ तर धेरै लेख्नुको उपलब्धि पनि केही छ जस्तो लाग्दैन। न म त्यस्तो कुनै ठूलो व्यक्तित्व हँु, मेरो अनुपस्थितिले कहीँ, कतै केही पनि फरक परोस्। म एउटा सानो कण, मजस्ता कति आए र गए कसैलाई के कहीँ फरक पर्‍यो होला ररु यो पछिल्लो समयमा जसरी जिजीविषाको प्यास ममा घटेको छ, प्रेमामा कस्तो थियो होला बढेको या घटेकोरु जीवनको उत्तराद्र्धमा हाम्रो भेट हुन छोडेको थियो, पहिले पनि त्यति बाक्लो त होइन। उनी अमेरिकामा छोरीसँग बस्न थालेकी थिइन्।

सबभन्दा पछिल्लो भेट करिब दुई वर्ष जति अगाडि होला नयाँ सडकमा भएको थियो। यो अकस्मातको भेटमा हामी धेरै खुसी भएका थियौँ, अँगालो हालेका थियौँ। उनले चिया पिउने प्रस्ताव राखिन्, हाम्रो साथमा कथाकार पद्मावती सिंह पनि थिइन्। चिया पिउँदै हामीले केही बेर कुराकानी गर्‍यौं र अब हाम्रो भेटघाटमा निरन्तरता दिने प्रस्ताव प्रेमाले राखेपछि, भेट्ने स्थानको प्रबन्ध मिलाउने कामको जिम्मा पद्मालाई दियौँ। पछि पद्माले भनिन्, ‘मैले प्रेमालाई धेरैचोटि फोन गरेँ तर सम्पर्क हुन सकेन। अनि मैले ठानें प्रेमा अमेरिका गइसकेकी होलिन्। त्यसपछि उनीसँग भेट भएन र एकैचोटि यस्तो दुस्खद खबरले पत्याउन पनि गाह्रो पर्‍यो।

अहिले आएर, कीर्तिपुरमा पढ्दाका हाम्रा ती मीठा स्मृतिहरू फिल्मका रिलजस्ता आउँदै जाँदै गर्न थाले। एक दिन हामीले हाम्रा परम मित्र गोपाल योञ्जनलाई उनका गीतहरू सुन्न अनुरोध गर्‍यौं। उनले हार्मोनियम नभई गाउन नसक्ने भएकाले कीर्तिपुर सहरको बाघभैरव मन्दिरमा गएर सुनाउने निश्चित भयो किनकि त्यहाँ हार्मोनियम थियो। हामी सबै त्यहीँ गयौँ, हामीले फर्माइस गर्दै गयौं, उनले सुनाउँदै गए। ‘तिम्रोजस्तो मुटु मेरो पनि, तिम्रैजस्तै माया मेरो पनि।।।’ आदिआदि रेडियोमा सधैँ बजिरहने लोकप्रिय उनका ती गीतहरूले हामी मुग्ध भएका थियौँ। गीतको चयन गर्ने क्षमता, त्यसभित्रको मार्मिकतामा योञ्जनको संगीत परेपछि सुन्ने मानिसले आफूलाई नै बिर्सन्थ्यो। उनको गहन आवाजको आफ्नोपनले वातावरण नै गम्भीर बन्थ्यो। उनको त झन् छिटो नै निधन भयो।

त्यसबखत सङ्गीतकार तथा गायक हिरण्य भोजपुरेको गायिका उर्मिलासँग प्रेम चलिरहेको थियो। हामीले उनलाई पनि गीत सुनाउन अनुरोध गर्दा, उर्मिलाजी र साथै गितार ल्याएर सुनाउने कुरा भयो। यसैअनुसार यो सबै प्रबन्ध मिलाएर, उनका परम मित्र ९पछि हाम्रा पनि० गीतकार, सङ्गीतकार र गायक गणेश रसिक ९हाल सदस्यसचिव संगीत नाट्य प्रज्ञा प्रतिष्ठान० का धेरै गीतहरू सुनियो भोजपुरे र उर्मिलाको लहरा पहरा छहराको देश।।।, कीर्तिपुको डाँडाको हावामा घन्किरहेको हुन्थ्यो। उर्मिलाजीको सारी हावामा उडिरहेको हन्थ्यो, रसिकजी महेन्द्ररत्न कलेजमा पढ्नुहुन्थ्यो, कलेजबाट गीत सुनाउन आउनुहुन्थ्यो। गितार ल्याउन सजिलो भएकाले उहाँहरूका गीतहरू, हामी बारम्बार सुन्न पाउँथ्यौं। ती सुखद दिनहरू सम्भँmदा अहिले आफू त्यही उमेरमा पुगेको, तिनै गीतहरूमा रमाएको यादहरू ताजा भएर आउँछन्।

प्रेमाको निधनले आँखामा यस्ता दृश्यहरू आउँदै, जाँदै गर्न थाले। प्रेमाको शारीरिक व्यक्तित्वदेखि बौद्धिक व्यक्तित्वसम्मका स्मरणहरू दृश्य, दृश्य बनेर आउन थाले। प्रेमा राम्री मात्र होइनन्, निकै राम्री। उनलाई मन नपराउने को होलारु तर व्यक्त गर्न आँट पनि कसैले गर्न सके सकेनन्रु सम्भ्रान्त परिवारकी उनमा कुनै कुराको अभाव देखिँदैनथ्यो। उनको व्यक्तित्वको शालीनता, बोलीचालीको गाम्भीर्य, माधुर्य, हृदयको संवेदनशीलताले उनको साथमा बस्दा, केही अपूर्णताले पूर्णता पाएको अनुभव म गर्थें। उनी आन्तरिक कुराहरू मसँग भन्ने गर्थिन्। त्यसताका उनका प्रेमी उनलाई भेट्न आइरहन्थे। ‘आज ऊ आएपछि, तिमीहरूले मलाई छोडिदेओ’ उनी भन्थिन्। उनी, ॐमी र मसँग कीर्तिपुरको डाँडाको कान्लामा अरूले नदेख्ने र आफूले टाढाबाट मानिस आएको देखिने ठाउँ मिलाएर बस्थिन्। त्यहाँ बसेर उनी आफ्नो कपाल मिलाउँथिन्, लिप्स्टिक थप्थिन्, पाउडरको पफले पसिना टिप्थिन् र उज्याली देखिन्थिन्। त्यस दिन कपालमा फूल पनि घुसारिएको हुन्थ्यो। निकै बाक्लो कपालको माझमा उनको अनुहार हरियो झ्याङमा फुलेको सेतो इन्द्रकमलको सुगन्धित फूलको पत्ताजस्तै कोमल र टलकदार देखिन्थ्यो। ज्यादै बाक्लो कपाललाई कम बाक्लो बनाउन भित्रभित्र बीचबीचमा उनी काट्ने गर्थिन्। प्रेमीको आगमनमा उनी धेरै खुसी देखिन्थिन्। हामी उनीसँग छुट्टिएर क्लासतिर लाग्थ्यौँ र उनी प्रेमीको साथमा क्यान्टिनतिर लाग्थिन्।

पछि उनले ऊसँग विवाह नहुनुको कारण बताइन्, जसमा आफू निर्दोष रहेको कुरा गरिन् र मैले विश्वास गरेँ।
प्रेमाको मावली पुल्चोकमा थियो। सानैदेखि उनी त्यहीं हुर्केकी थिइन्। राणाहरू काठमाडौँका एलिट क्लास हुन्। उनलाई कुनै कुराको कमी थिएन। मावलीमा हजुरबुबा, मुमा, मामा ९राइजिङ नेपालका प्रधानसम्पादक बरुणशमशेर राणा० आदि थिए। हामी जाँदा प्रायस् माइज्यूसँग भेट हुन्थ्यो, उनी साह्रै फरासिली र मायालु थिइन्। कलाकी प्रेमी प्रेमाका कोठामा रंगीन माछाहरू अक्वेरियममा पालिएका र कोठा कलात्मक शृंगारपटारले प्रकृतिको काखमा बसेजस्तो भान हुन्थ्यो। उनले मलाई उपहार दिएको किताबमा पनि फूल, लहरा बनाएर मेरो नाम लेखेर दिन्थिन्। त्यसताका हामी आस्तित्ववादी लेखकहरू पढ्थ्यौं— सात्र्र, काफ्का, कामु। प्रेमाले उपहार दिएको ‘द फल’ अझै मसँग छ। हामी पुस्तक मात्र होइन, कपडाहरू पनि उपहारस्वरूप लिने–दिने गथ्र्यौं। मैले उनलाई उपहार दिएका सिल्कका ब्लाउज्का कपडाहरू उनले त्यसैबखत सिलाएर लगाएकी थिइन्। उनले मलाई उपहार दिएको सिल्कको स्कार्फ अझै मसँग छ।
एक दिन प्रेमाको अनुरोधमा म उनको वासस्थान पुल्चोकमा उनीसित गएकी थिएँ। त्यहाँबाट कुनै कार्यक्रम वा समारोहमा जाने उनको योजना रहेछ, त्यहीँ गएपछि थाहा भयो। मलाई जानका लागि अनुरोध गरेपछि ‘म त जान सक्दिनँ यस्तो लुगामा’ भनें। उनले जोर गर्न थालिन्। म पढ्न जाँदा लगाएको खरानी रङ्गको जर्जेटको साधारण सारीमा थिएँ। उनले आफ्नो राम्रो सारी ल्याएर दिएर लगाउन जोर गर्न थालेपछि, मैले उनको कोठामा लुगा फेरेर शृंगारपटार पारेर तयार भएर हामी गयौँ। त्यो के कार्यक्रम थियो, अहिले बिर्सिएँ।

हामी जति नै नजिकका साथी भए पनि म केही साधारण कुराहरूमा भिन्नताको अनुभव गर्थें कतैकतै, कहिलेकाहीं, केहीकेही फरक भएको अनुभव मलाई हुन्थ्यो तर आखिरमा म पनि माइती मध्यमवर्गीय परिवार र घर सम्भ्रान्त परिवारको भएकाले र हामी दुवै काठमाडौँकै भएकाले धेरै कुराहरू मिल्दाजुल्दा नै हुन्थे। त्योभन्दा मिल्ने कुरा हामी दुवै लेखिका भएकाले हाम्रो सोच मिल्थ्यो, मन मिल्थ्यो।

हाम्रो क्लासमा विभिन्न जिल्लाहरूबाट आएका साथीहरूका रहनसहन, विचार, सोच लवाइ, खवाइ फरक हुनु स्वाभाविकै थियो। हामी कुनैकुनै साथीहरूलाई प्रतीकात्मक नाम राख्थ्यौं र मरीमरी हाँसेर उडाउँथ्यौ, त्यो अरूलाई थाहा हुँदैनथ्यो। हामीले सोचेका विम्ब र प्रतीक एकै खालका हुन्थे। प्रेमाले मन फुकाएर हाँस्दा त्यो हाँसो अलि फरक खालको खत्खत् खत्खत् गाग्रोबाट पानी सारेजस्तो हुन्थ्यो। उनको त्यो मन फुकाएर हाँस्ने खत्खत् हाँसोको यादले अहिले मलाई झनै पीडित तुल्याएको छ। के थाहा त्यो नयाँ सडकको भेट नै अन्तिम होला भन्ने। भेटघाटलाई निरन्तरता दिने उनको प्रस्ताव अब उनले साथै लिएर गइसकेकी छन्। एउटा लामो अन्तरालपछि भेट भएका हामीबीच आदानप्रदान गर्नुपर्ने धेरै कुराहरू थिए, ती सबै बाँकी रहे। हामीले उत्तराद्र्धमा भोगेका जिन्दगीका उतारचढावका बारेमा मन फुकाएर कुरा गर्न बाँकी नै थियो। हामीबीच गोप्यताका कुनै छेकबार थिएनन्।

उनको पहिलो विवाह भारतको ९सायद पटनाको० व्यापारीसँग भएको थियो। भारतमा स्कुलमा पढ्दा एउटाले उनलाई धेरै मन पराएको कुरा बारम्बार भन्ने गर्थिन्। ‘मेरे सामनेवाली खिड्की मेँ एक चाँदका टुकडा रहता है’ भन्ने गीत उसले गाएको कुरा सुनाउने गर्थिन्। उनको विवाह सायद त्यसैसँग भएको हुनुपर्छ। पक्का त म भन्न सक्तिनँ, अनुमान मात्र हो। यो विवाहको बारेमा उनीसँग कुरा हुन पाएको थिएन।

विवाहको पार्टी होटलमा भएको थियो, होटलको नाम बिर्सिएँ। म विवाहमा जानेजस्तै गरी सिँगारिएर गएकी थिएँ। तर प्रेमालाई साधारण वेशभूषामा देखेपछि, अलि आश्चर्य र अलि उत्सुकताले ‘किन यस्तोरु के भयोरु’ भनेर सोध्दा उनले यो विवाह परिवारको विरोधमा गरेको कुरा बताइन्। मावलीका हजुरबुबा पार्टीमा नआउने कुरा उनले गरिन्। तर पनि उनीहरू कुरिरहेका थिए। केही बेर कुरेपछि हजुरबुबाको पनि सवारी भयो। अनि प्रेमाको अनुहारको उदासी कम भयो।
यसपछि प्रायस् हरेक साल उनी आफ्ना श्रीमान्सँग म कहाँ आउने गर्थिन्— सधैँ नै यो आगमन पशुपतिको दर्शन गरेर फर्कंदा नै हुने गथ्र्यो। दुवैले निधारभरि चन्दन लगाएका हुन्थे। केही समय बसेर, चिया पिएर, गफगाफ गरेर उनीहरू जान्थे। श्रीमान् प्रेमाभन्दा पनि उदार हृदयले गफ गर्थे। तर यस्ता औपचारिक भेटमा, प्रेमासँग अनौपचारिक कुरा गर्ने अवसर मिल्दैनथ्यो।

उनले प्रेमालाई कुनै कुराको अभाव हुन दिएका थिएनन्। प्रेमाको कुराबाट थाहा हुन्थ्यो उनी निकै धनी र अति माया गर्ने लोग्ने थिए। एक दिनको कुरा हो उनीहरू काठमाडौँको कुनै डेरामा बसेका थिए। फोनमा कुरा भएअनुसार म त्यहीँ डेरामा भेट्न गएँ। लोग्ने बाहिर गएका र प्रेमा मात्र भएकीले गफगाफ भए। कोठामा विभिन्न प्रकारका सामान मात्र होइन, गहनाहरू पनि छरिएका थिए। उनले भनिन्, ‘उसले यति सामान किनिदिन्छ, म त वाक्क हुन्छु,’ हिँड्दा डुल्दा संगोगवश कुनै सामानमा आँखा गयो भने, उसले किन्न भ्याइसक्छ। त्यो आवश्यक होस्, नहोस्, प्रेमाले मन पराएकी होस् नहोस्। उनी प्रेमाप्रति साहै्र समर्पित भएको कुरा उनले सुनाइन्। दुईको दाम्पत्य जीवन सुखी देखेर मलाई पनि आनन्द लाग्यो।
टेबलमा विभिन्न सामानहरूका साथै खेलौनाहरू पनि थिए। मलाई अलि अनौठा लाग्यो, किन यी खेलौनाहरू उनले किनेकी होलिन्, उनका कुनै बच्चा थिएनन्। अण्डा पार्ने खेलौना कुखुरा र केही खेलौना मेरी छोरीका लागि उनले दिइन्। त्यो पाएर मेरी छोरी जुनु खुसी भई। आवश्यक भए पनि नभए पनि केही कुराले मनलाई छोयो भने किन्ने बानी उनको पनि रहेछ मेरोजस्तै।

एक दिन प्रेमाकी मितिनीसँग बाटोमा भेट भयो मितिनीले प्रेमाका लागि प्रेमाको लोग्नेले, काठमाडौंमा कम्पाउन्ड भएको राम्रो घर किन्न खोजिरहेको कुरा सुनाइन्। यसमा उनले सहयोग गर्न लाग्दा प्रेमाका नातागोताहरूले आ–आफ्ना घर बिक्री गराउन खोजिरहेकाले कुरा बिग्रिएलाजस्तो भयो भनिन्। प्रेमाबाट मैले यो कुरा थाहा पाएकी थिइनँ। तर मलाई जहाँसम्म लाग्छ प्रेमा निस्फिक्री, कुनै प्रलोभन नभएकी र भविष्यको चिन्ताबाट मुक्त स्वभावकी भएकीले यसलाई महत्त्व नदिएकी हुन सक्छ।

केन्द्रीय नेपाली विभागले नेपाली भाषासम्बन्धी जस्तो लाग्छ पाँच या सात दिनको कार्यशाला गोष्ठी गरेको थियो। दिनदिनै हाम्रो भेटघाट हुँदा, अनौपचारिक कुराकानी पनि हुन पायो। त्यसबखत उनको वैवाहिक जीवन टुटिसकेको वा टुट्दै थियो। धेरै पुरानो समयको कुरा भएकाले मलाई त्यति याद हुन सकेन। मैले उनलाई सम्बन्ध नतोड्ने सल्लाह दिएको अलि अलि याद छ। तर उनले केही कारणहरूले गर्दा लोग्नेसँगको सम्बन्ध कायम राख्न नसक्ने कुरा बताइन्। लोग्ने विवाहित र ठूलाठूला छोराछोरीको बाबु भएकाले बारम्बार आफ्नी श्रीमती र छोराछोरी कहाँ गइनरहने कारण बताइन्। मैले उनलाई सम्झाउँदै भनेँ– ‘उसले आफ्नो कर्तव्यलाई पूरै त्याग्न पनि त मिल्दैन, यो स्वाभाविक हो। यो त विवाहभन्दा पहिले सोच्नुपर्ने कुरा हो। यो उसको गल्ती होइन।’ उनले फेरि भनिन्, ‘सन्तान नै भएन।’ अब मसँग भन्ने कुरा केही रहेन। अनि मैले मावलीले दिएको जग्गामा घर बनाएर बस्ने सल्लाह दिएँ। तर उनले त्यो बेचेर जापान घुमेर आएकी रहिछन्। पहिलो पटक लोग्नेले जापान घुमाउन लगेका थिए। दोस्रो पटक उनी आपंैm गएकी थिइन्। उनको स्वभाव बेफिक्रीको थियो— भविष्यको कुनै चिन्ता नगर्ने।

घरसँग विरोध गरेर विवाह गरेको लोग्नेलाई प्रेमाले भावनामा बहेर छोडेकी हुनुपर्छ। सोचेर, तौलेर, जाँचेर निर्णय गर्ने होइन। भावनामा बहेर निर्णय गर्ने कमजोरी प्रेमामा थियोजस्तो मलाई लाग्छ। दुस्ख र अभावको चरमोत्कर्ष भोगिरहेकी उनलाई त्यो लोग्ने नछोडेको भए हुन्थ्यो भन्ने लागेछ र एक दिन यो कुरा मलाई भनिन्। अब पछुताउनुको कुनै अर्थ थिएन।
एक दिन रत्न पुस्तक भण्डारमा प्रेमासँग भेट हुँदा प्रेमाले पछाडि फर्केर उभिएको एउटा लोग्ने मानिसलाई आँखाले इसारा गरेर देखाइन् तर उनले परिचय गराइनन्। उनी ‘मम्मी’ उपन्यासको बारेमा त्यहाँ कुरा गरिरहेकी थिइन्। परिचय गराउन नमिल्ने वा नचाहने कस्तो मानिससँग उनको सम्बन्ध भएछ भन्ने लाग्यो। यो सम्बन्धले धेरै दुस्ख भोगेकी उनको मनको शीतलता त्यही एउटी छोरी जल मात्र भइन्। मातृत्वका लागि महिलाहरू जति नै कष्ट सहन पनि तयार हुन सक्छन्। यो प्राकृतिक वरदान हो या श्राप होरु सृष्टिलाई निरन्तरता दिन र संरक्षण गर्नकै लागि, महिलामा कठिन परिस्थिति सहन सक्ने शक्ति प्रकृतिले प्रदान गरेको छ।

करिब एकचालीस बयालीस सालतिरको कुरा हो, म पुरानो बोनश्वरमा डेरामा बसेकी थिएँ। काठमाडौंमा घर, माइती, नातागोता हुँदाहुँदै म डेराको अनुभव गर्दै थिएँ। नियतिले के–के गराउँछ, आफ्नो खटनले हुने होइनरहेछ। हामी नियतिले ठगिएकाहरूको भेट बानेश्वरको डेरामा भयो याने प्रेमा मलाई भेट्न करिब पाँच सात वर्षकी छोरी जललाई लिएर आएकी थिइन्। हामीबीच धेरै कुराकानी भए। जलको बाबुलाई होटलमा काम गर्दा भेट भएको र जलको जन्म र जलको बाबुको घरको स्थितिले उनी विरक्त थिइन्। उनको कुराबाट मलाई पनि नमीठो लाग्यो। लाग्छ, यसबखत उनले जलको बाबुलाई छोडिसकेकी थिइन्। त्यसबखत दिनभरि हामीले गफगाफ गरेर बितायाँै। बालिका जल यताउति छुकछुक गरिरहेकी थिइन्— बालकको स्वभावअनुरूप। साँझ जाने बेलामा प्रेमाले भनिन्— जलले त नेल पलिसको सिसी नै पोखिदिइछ। मैले भनें, ‘क्यै भएन, बाल–लीला देख्नु रमाइलो हुन्छ।’

यसपछि म मालीगाउँमा घर बनाएर बसेपछि पनि प्रेमा वीरगन्जबाट काठमाडौं आउँदा मकहाँ भेट्न आउने गर्थिन्। यस्तै कुनै जाडो समय थियो, दिउँसो प्रेमा मकहाँ आएकी थिइन्, फर्कंदा साँझ पर्न लागेकाले जाडो बढयो। उनले तातो लुगा नलगाएकीले ‘तातो लुगा छरु’ भनेर सोधिन्। तातो, राम्रो उनको, बुट्टा हालेर मैले आफ्नै हातले बुनेर राखेको स्वेटर लगाइदिएर पठाएँ। जाने बेलामा फिर्ता गरेर जाने कुरा उनले गरिन्। सायद बेफुर्सदको कारणले फिर्ता गर्न नसकेर, त्यो स्वटेर वीरगन्ज पुग्यो। मलाई पनि, एक पटक पनि नलगाएको, आफ्नो हातले बुनेको त्यो स्वेटर लगाउने लोभले मित्र डा। ध्रुवचन्द्र गौतमजीलाई त्यो स्वटेर फिर्ता ल्याइदिन अनुरोध गरें। उनले सहर्ष स्वीकार गरेर त्यो स्वेटर मकहाँ ल्याइदिए। आज, यो दिन प्रेमाको निधनको समाचार सुनिरहँदा, संयोगले त्यो रातो स्वेटर मेरो आँखाअगाडि भित्ताको हयाङ्गरमा झुन्डिरहेको रहेछ। स्वेटरले प्रेमाका सम्झनाका ती दिनहरूलाई झन् तीव्र पारिरहेछ। मैले किन यो स्वेटर प्रेमालाई दिन सकिनँरु निकै खल्लो लागिरहेछ। यो २०७४ सालको पुस महिनाको जाडो, अब प्रेमाले कुनै जाडोहरू झेल्नुपर्ने छैन। म अझै जीवनका चिसा दिनहरू भोगिरहेछु, कति दिन भोग्नुपर्ने हो, थाहा छैन।

त्यसै समयताकाको कुरा हो प्रेमासँग अकस्मात बाटोमा भेट हुन्छ। ‘काठमाडौं आएर पनि किन भेट नगरेको’ भनेर सोध्दा, आफू साह्रै हतारमा भएको र जललाई उसको बाबुले दिने पैसा लिन आएको, कुनै होटल वा लजमा बसेकी छु भन्ने कुरा गरिन्। त्यो दिने रकम धेरै नै थोरै थियो। त्यत्तिका लागि बाहिरबाट यहाँसम्म आउँदा, बस्दा के नै बाँकी रहन्छ होला र किन दुस्ख गरेको होला भन्ने मलाई लाग्यो। वीरगन्जको परिवारले पहिलो विवाह बिग्रिएपछि भारतका राजारजौटा, व्यापारीसँग विवाह गराउन खोज्दा, प्रेमाले नगरेर, आज यस्तो जिन्दगी बिताउन परेको कुरा सम्झँदा मलाई निकै नमीठो लाग्यो।

उतारचढावको जिन्दगी भोग्दाभोग्दा म आपैंm थिल्थिलो भइसकेकी थिएँ। प्रेमाको जिन्दगी देख्दा घाउमा अरू नुन अमिलो छर्किएजस्तो भयो। उनको माया लागिरहयो। तर मैले पनि कुनै सहयोग गर्न सकिनँ। म पनि एक्लै छोराछोरी हुर्काइरहेकी थिएँ। दुवैको पीडा एकै ठाउँमा ठक्कर खाइरहेको थियो। नियतिले मानिसको जिन्दगीलाई कसरी सोच्दै नसोचेको अवस्थामा पुर्‍याउँदो रहेछ। योसँग सामना गर्नुभन्दा अर्को विकल्प नै के हुन सक्छ र † रवीन्द्रनाथ टैगोरका यी मार्मिक भनाइ बारम्बार सम्झिरहन्छु, ‘दुस्ख नआओस् भन्ने होइन, दुस्खसँग सामना गर्ने वा दुस्ख सहन सक्ने शक्ति प्रबल होस् ।’
-डा. बेन्जु शर्मा
प्रकाशित : माघ १३, २०७४

ocnrana

  • 50x
  • ****
  • Posts: 77
Re: जल शाह (Jal Shah)
« Reply #1 on: February 13, 2018, 12:32:50 PM »
Sha harule aafulai shah lekheko dekhera achamma laagchha...