Author Topic: Anu shah - Model Interview (Nepali)  (Read 12876 times)

0 Members and 1 Guest are viewing this topic.

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Anu shah - Model Interview (Nepali)
« on: August 07, 2009, 11:52:58 PM »
शरीर देखाउनु मात्र ग्ल्यामर होइन: अनु शाह

९-असोज-२०६५,बिहिवार

मोरङ सलकपुरमा २०४७ मा जन्मिएकी नायिका एवं मोडल 177२ मा अध्ययनरत अनु शाहले करिव आधा दर्जनजति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। निर्माणाधीन चलचित्र 'रकी' मा भिन्नै अभिनय गरेर एकाएक चर्चामा आएकी अनुसाग रोडम्याप साप्ताहिकका लागि लक्ष्मण चित्रकारले गरेको कुराकानीको छोटो अंश:
 
अनुजी हाल के गर्दै हुनुहुन्छ?
पढ्दै छु र म्युजिक भिडियोमा काम पनि गरिरहेकी छु, डान्स र एक्टिङको क्लास पनि लिइरहेको छु।
कलाकार बन्नुको उद्देश्य के हो?
सानैदेखि नाच्न मन लाग्थ्यो र मोडलिङ गर्ने पनि इच्छा थियो। त्यही भएर कलाकारितामा प्रवेश गरीहाले।
तपाईंको विशेष इच्छा के मा छ?
मलाई निर्देशकले हिरोइनको रोलमा लिनुभयो, मेरो इच्छा पनि त्यहीबाट पूरा हुादै गयो अनि आफूलाई इच्छा लागेको विषय पनि मैले पाइ हालेर यही क्षेत्रमा प्रवेश गरीहाले। यही मेरो विशेष इच्छा हो।
व्यवसायिकताको हिसाबले लाग्नु भएको कि?
व्यवसायिकता सागसागै पैसा कमाउने हिसाबमा भने ध्यान दिएको छैन। आफूलाई रहर लागेको छ र त्यही भएर हो।
चलचित्र क्षेत्रको अहिलेको अवस्था कस्तो देख्नु भएको छ?
एकदमै नाजुक छ, देशमा अशान्ति मच्चिइरहेको छ। पहिला जस्तो फिल्म बनिरहेको छैन।
नेपाली चलचित्रहरु विदेशीको कपी हुन्छ भन्छन् नि?
बनाउादा बनाउादै त्यस्तो मिल्न गएको हो, भारतीय कपी भन्न मिल्दैन उनीहरूले पनि त हलिउड चलचित्रहरूको कपी गरेकै हो, हामीले पनि राम्रा राम्रा चलचित्रहरूको कपी किन नगर्ने?
भविष्यमा के गर्ने सोच बनाउनु भएको छ?
भविष्यमा सफल नायिका बन्ने सोच बनाएकी छु।
तपाईं मोडल कि नायिका?
म दुवैहुा।
ग्ल्यामर के हो?
ग्ल्यामर आफूमा भएको प्रतिभा हो, जिउ नग्याउादैमा ग्ल्यामर देखिने हैन आ136नो ग्ल्यामर भनेको कुनै पनि शरीरको जुनै पनि अंग हुन सक्छ जस्तै आाखाको हेराई आदि इत्यादी।
निर्माता निर्देशकहरुले नायिकाहरुलाई नग्याउाछन् भनिन्छ नि?
त्यसो होइन, यो पेशामा धेरै खालको निर्माता निर्देशकहरू हुन्छन्। त्यसमा केही नराम्रा पनि होलान्। नराम्रो छवी भएका पनि हुनसक्छन् तर कथावस्तुले माग्यो भन्दैमा आफुले नसोची नांगो दृश्य दिनुभन्दा पहिला गहन विचार गर्नुपर्छ। आफू सही ठाउामा हुनुपर्छ।
सेक्स के हो?
सेक्स भनेको मानव जीवनलाई मात्र नभई हरेक प्राणीहरूलाई चाहिने अत्यावश्यक जैविक आवश्यकता हो। तर, हाम्रो सामाजिक बनोटका कारण बिहेपछिको सेक्सलाई मात्र म अत्यावश्यक ठान्दछु। 
अन्तमा के भन्न चाहनुहुन्छ?
मोडलिङ नराम्रो लाइन होइन यसमा आफू राम्रो भएर हिाड्नु पर्छ सफल भइन्छ। यो क्षेत्रमा लाग्ने नवआगन्तुकहरुलाई मेहनती हुन सल्लह दिन चाहन्छु।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
Re: Anu shah - Model Interview (Nepali)
« Reply #1 on: October 16, 2015, 03:34:24 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15792
Re: Anu shah - Model Interview (Nepali)
« Reply #2 on: June 27, 2016, 02:03:01 PM »

केटा ह्याण्डसम मात्र भएर हुंदैन

 अनु शाह, नायिका    


मोरङ घर भएकी अनु शाह सानै उमेरदेखि कलाकारितामा लागेकी हुन्। ५० भन्दा धेरै म्यूजिक भिडियो र एक दर्जन चलचित्रमा अभिनय गरेकी शाह पछिल्लो समय एउटा साथीमा देखापरेकी थिइन्। हालै मात्र कवाडी नामक चलचित्रमा आबद्ध भएकी उनै शाहसंगको कुराकानी –

कलाकारितामा कसरी लागियो?
-सानैदेखि मलाई डान्स मन पर्थ्या। कार्यक्रमहरू भाग लिन्थें। आठ कक्षा पढ्दा नै एउटा लोक दोहारीमा खेलें। पछि डान्स सिक्ने क्रममा म्यूजिक भिडियोमा अफर आयो। त्यसपछि दीपेन्द्र खनालले युगदेखि युगसम्म फिल्ममा प्रस्ताव गर्नुभयो। त्यसयता निरन्तर फिल्ममै छु।

पहिलो कमाइ कति थियो?
-त्यस्तै चार हजार रुपियां होला।

के गर्नुभयो पहिलो कमाइ?
-म सानै थिएं। आमालाई दिएं। तर पहिलो कमाइ भएकाले निकै खुशी लागेको थियो।

अहिलेसम्म कलाकारिताबाट मात्र कति कमाउनुभयो त?
-ठीकै कमाएं। आफूलाई पुगेको छ। म साधारण मान्छे। साधरण खालकै लाइफ छ। त्यस्तो धेरै खर्च हुंदैन।

पहिलो फिल्म नै महानायक राजेश हमालसंग परेछ नि?
-हो, राजेश हमालसंग अभिनय गरेकी थिएं। पहिलो फिल्म भएकाले निकै गाह्रो भएको थियो। म अलि नर्भस पनि भएं।

नयां कलाकारलाई राजेश हमाल त्यति मतलब गर्दैनन् भनिन्छ नि?
-हो, सुरुमा त्यति बोल्नुहुन्नथ्यो। उहांको नेचर नै त्यस्तै छ। निर्देशकले पनि सहयोग गर्नुभयो। उहां पनि बोल्न थाल्नुभयो। पछि सहयोग गर्नुभयो।

तपाईंका एउटै पनि फिल्म हिट हुन सकेका छैनन् नि?
-हो, मेरो फिल्महरू एभरेज नै छन्। त्यस्तै धेरै हिट हुन सकेका छैनन्।

किन होला?
-नेपालमा कति नै फिल्म हिट भएका छन् र? १/२ वटा मात्र हिट हुन्छन्, नेपालको अवस्था नै यस्तै छ।

नेपालको कला क्षेत्रमा के कुराचाहिं मन पर्दैन?
-एकले अर्कालाई सपोर्ट गर्नेभन्दा पनि कुरा काट्ने बानी छ। ब्याक बाइटिङ हुन्छ। एकले अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्छ जस्तो लाग्छ।

टिभीमा आफ्नै भिडियो हेर्दा कस्तो लाग्छ?
-पहिला पहिलाचाहिं लाज लाग्थ्यो। अहिले सामान्य लाग्न थालेको छ। अझ आमाबुबासंग बसेर हेर्न त एकदमै लाज लाग्थ्यो। गाली पनि गर्नुहुन्थ्यो। अहिले निकै सपोर्ट गर्नुहुन्छ।

परिवारले अब त बिहे गर्नुपर्छ पनि भनेको होला नि?
-त्यस्तो छैन। म त बच्चै छु नि। अझ धेरै पैसा कमाउनै बांकी छ। धेरै फिल्म खेल्नै बांकी छ। अहिले त्यसबारे सोचेकी छैन।

प्रेम प्रस्ताव पनि आउंदा हुन् नि?
-आउंछन् तर मैले त्यता ध्यान नै दिएकी छैन। त्यस्ता कुरामा मेरो दिमाग नै जांदैन। दायांबायां मैले सोचेको नै छैन।

तर कस्ता खालका पुरुष मन पर्छ?
-सपनाको राजकुमारको कुरा गर्नुभएको? हो। मलाई मेरो राजकुमार ह्याण्डसम मात्र भएर हुंदैन, माया गर्ने हुनुपर्छ। कवितामा लेखिनेजस्तो जीवन दुई दिनको हुंदैन। जिन्दगी लामो हुन्छ। त्यसकारण एकले अर्कालाई बुझ्न सक्ने मान्छे चाहिन्छ।

अन्य हिरोइनभन्दा तपाईं निकै अग्ली हुनुहुन्छ नि?
-हो, मेरो हाइट अलि धेरै नै छ। कहिल्यै हिल लगाउन पाउंदिनं।

नेपाली फिल्म क्षेत्रमा निर्देशकहरूले हिरोइनहरूलाई शोषण गर्न खोज्छन् भनिन्छ नि?
-त्यो कुरा निकै चेन्ज भइसक्यो। आजकाल यस्तो सुनिंदैन। आफू बलियो भएमा कसैले केही गर्न सक्दैन। मैले त त्यस्तो अहिलेसम्म कहिल्यै भोगेको छैन।

-विक्ली नेपाल

samir211

  • 50x
  • ****
  • Posts: 625
Re: Anu shah - Model Interview (Nepali)
« Reply #3 on: February 04, 2018, 08:08:26 AM »
Posted somewhere
Hot or not??
Anu for u only ^_^
« Last Edit: April 02, 2018, 03:53:20 PM by samir211 »

kaalapani

  • 50x
  • ****
  • Posts: 122
Re: Anu shah - Model Interview (Nepali)
« Reply #4 on: February 05, 2018, 10:13:09 AM »
अरुकुरा त कुन्नि तर एउटा आइफोन दिए अनुजीले एकरात दिन्छ भन्ने हाम्लाई लाई राछ

samir211

  • 50x
  • ****
  • Posts: 625
Re: Anu shah - Model Interview (Nepali)
« Reply #5 on: March 23, 2018, 08:27:53 PM »
birthday special 🎂