Author Topic: पढनै पर्ने १०० नेपाली कितावहरु  (Read 2159 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15842
अनलाइन खवरले बनाएको लिष्ट हो

१) नेपाल बुझ्नका लागि पढ्नैपर्ने पुस्तकहरु

नेपाली इतिहास, समाज र परम्परासम्बन्धी धेरै पुस्तक विदेशी भाषामा र विदेशी लेखकले आफ्नै आँखाबाट लेखे । नेपालको राजनीति, सामाजिक र सांस्कृतिक अवस्था बुझाउन सक्ने धेरै पुस्तक लेखिएको रहेनछ भन्ने कुरा पुस्तकका लागि गरिएको सर्वेको नतिजाबाट देखिन्छ । नेपाली भाषामा नेपाल बुझ्न पढ्नैपर्ने ११ वटा पुस्तकको नाम हामीले संकलन गरेका छौं ।

१) त्यस बखतको नेपाल- सरदार भीमबहादुर पाण्डे
२) यिनलाई मैलेजस्तो देखें (भीमसेन थापा)- बाबुराम आचार्य
३) अब त्यस्तो कहिल्यै नहोस्- बाबुराम आचार्य
४) जंगबहादुरको बेलायत यात्रा
५) जनरल भीमसेन थापा- चित्तरञ्जन नेपाली
६) सबै जातको फूलबारी- डोरबहादुर बिष्ट
७) हाम्रो समाज एक अध्ययन- जनकलाल शर्मा
८) असहमति- सौरभ
९) मैले देखेको नेपाल- हर्क गुरुङ
१०) राजा, राष्ट्रियता र राजनीति- गणेशराज शर्मा
११) बदलिँदो नेपाली समाज- चैतन्य मिश्र

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15842
लेखकीय दृष्टिले राम्रो मानिएका ११ आत्मकथा

१) ओलम्पियन- सुरेन्द्र हमाल
२) विनोद चौधरी- विनोद चौधरी
३) आत्मालाप- जगदीश घिमिरे
४) जीवन महाभियान- मदनमणि दिक्षित
५) मेरा कथाका पानाहरु- गणेशमान सिंह
६) आफ्नो कथा- विश्वेश्वरप्रसाद कोइराला
७) चिना हराएको मान्छे- हरिवंश आचार्य
८) महको म- मदनकृष्ण श्रेष्ठ
९) रुक्मांगत कटुवालको आत्मकथा- रुक्मांगत कटुवाल
१०) जीवन काँडा कि फूल- झमक घिमिरे
११) रोमाञ्चित जीवन- लोकराज बराल


युवा पुस्ताले पढ्ने पुस्तकहरुः

१) समर लभ- सुविन भट्टराई
२) सिस्टर कल्पना- युधिर थापा
३) जुकरबर्ग क्याफे- अश्विनी कोइराला
४) पर्पला- मिलन संग्रौला
५) बैंसको मान्छे- पारिजात
६) सर्पदंश- तारिणीप्रसाद कोइराला
७) करोडौं कस्तुरी- अमर न्यौपाने
८) पाठशाला- तीर्थ गुरुङ
१०) कान्तिपुर गाथा- किशोर नेपाल
११) फ्लासब्याकमा जिन्दगी- लक्ष्मी उप्रेती


महिलाहरुले पढ्नैपर्ने पुस्तक

साहित्यमा रुचि हुने र नहुने दुवै खालका महिलाका लागि विज्ञहरुले निम्न ११ वटा पुस्तक सिफारिस गरेका छन् ।

१) फूलको आँखामा- आनी छोइङ डोल्मा
२) लेखककी स्वास्नी- प्रगति राई
३) सेतो धरती- अमर न्यौपाने
४) तुइन- सुरेश प्राञ्जली
५) राधा- कृष्ण धरावासी
६) क्यासल रककी अप्सरा- सुन्दर जोशी
७) उनी- अश्विनी कोइराला
८) गौरी- माधव घिमिरे
९) स्वअस्तित्वको खोज- अर्चना थापा
१०) रुपान्तरणमा महिला- अस्मिता प्रकाशन गृह
११) मेरा जीवनका पाना- गौरा प्रसाईं

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15842
पढ्नैपर्ने २१ उपन्यास

१) अनुराधा- विजय मल्ल
२) मुलुक बाहिर- लैनसिंह वाङ्देल
३) नयाँ क्षितिजको खोज- असित राई
४) शिरिषको फूल- पारिजात
५) घामका पाइलाहरु- धच गोतामे
६) माधवी- मदनमणि दीक्षित
७) अलिखित- डा. ध्रुवचन्द्र गौतम
८) आज रमिता छ- इन्द्रबहादुर राई
९) चपाइएका अनुहारहरु- दौलतविक्रम बिष्ट
१०) अविरल बग्दछ इन्द्रावती- रमेश विकल
११) कारागार- वानिरा गिरी
१२) द्वन्द्वको अवसान- राजेश्वर देवकोटा
१३) नरेन्द्र दाइ- विश्वेश्वरप्रसाद कोइराला
१४) पर्खालभित्र र बाहिर- पारिजात
१५) कट्टेल सरको चोटपटक- ध्रुवचन्द्र गौतम
१६) प्रेतकल्प- नारायण ढकाल
१७) उलार- नयनराज पाण्डे
१८) कर्नाली ब्लुज- बुद्धिसागर
१९) मिस्टिका- कुमार नगरकोटी
२०) पागल बस्ती- सरुभक्त
२१) पल्पसा क्याफे- नारायण वाग्ले

पढ्नैपर्ने ११ कवितात्मक कृति

१) आमाको सपना- गोपालप्रसाद रिमाल
२) तरुण तपसी- लेखनाथ पौडेल
३) घुम्ने मेचमाथि अन्धो मान्छे- भूपि शेरचन
४) आगोनेर उभिएको मान्छे- विमल निभा
५) हतारमा यात्रा- श्यामल
६) बिसे नगर्चीको बयान- श्रवण मुकारुङ
७) बीसौं शताब्दीको गीत- वासु शशी
८) किन्नर-किन्नरी- माधव घिमिरे
९) अतिरिक्त अभिलेख- दिनेश अधिकारी
१०) भोलि बास्ने बिहान- कृष्णभूषण बल
११) ल्याम्पपोस्टबाट खसेको जून- मनु मञ्जिल

पढ्नैपर्ने ११ कथासंग्रह

१) नयाँ सडकको गीत- रमेश विकल
२) इतर जिल्लावासी- राजव
३) छापामारकी छोरी- महेशविक्रम शाह
४) मोक्षान्त फिभर काठमाडौं- कुमार नगरकोटी
५) श्वेत भैरवी- विश्वेश्वरप्रसाद कोइराला
६) थोत्रो छाता- नव सिलवाल
७) ऐना- रामलाल अधिकारी
८) शुक्रराज शास्त्रीको चश्मा- राजेन्द्र पराजुली
९) लाटो पहाड- उपेन्द्र सुब्बा
१०) कथैकथा- गोविन्दबहादुर मल्ल ‘गोठाले’
११) इन्द्रबहादुर राईका कथाहरु

पढ्नैपर्ने पाँच नाटक

१) अन्धवेग- बालकृष्ण सम
२) मसान- गोपालप्रसाद रिमाल
३) निमावीय- सरुभक्त
४) बैकुण्ठ एक्सप्रेस- मोहनराज शर्मा
५) कोही किन बर्बाद होस्- विजय मल्ल

पढ्नैपढ्ने पाँच संस्मरणात्मक कृति

१) उत्तरोत्तर- धच गोतामे
२) धुपि, सल्ला र लालीगुराँसहरुको फेदमा- पारिजात
३) आफ्नै आँखाको लयमा- खगेन्द्र संग्रौला
४) सोच- कर्ण शाक्य
५) यार- नयनराज पाण्डे

पढ्नैपर्ने ११ अनुदित कृति

१) योगीको आत्मकथा
२) गौतम बुद्धको उपदेश र जीव्ानी
३) माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म
४) ली क्वान यु
५) लज्जा
६) वारेन बफेट
७) दी सेक्रेट
८) ओशोको स्वणिर्म बाल्यकाल
९) नेलकटर
१०) कल्याणी धर्ती
११) मलाला

विदेशीले नेपालका विषयमा लेखेका तीन चर्चित पुस्तक

१) जनता जागेका बेला- कियोको ओगुरा (जापानी)
२) त्यो नेपाल- फ्रान्सेली अनुभव (संकलक दधिराज सापकोटा)
३) नेपाल- सिल्वा लेभी

२०७४ माघ २० गते २०:०१ मा प्रकाशित (२०७४ माघ २१ गते १५:५०मा अद्यावधिक गरिएको)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15842
yasto re


अनलाइनखबरले तीनवटा प्रश्नावली तयार पारेर नाम चलेका लेखक, कवि, पत्रकार, समीक्षक र पढन्तेका रुपमा चिनिएका केही पाठकसँग उहाँहरुलाई मन परेका नेपाली पुस्तकको नाम टिपाइदिन आग्रह गरेका थियो । उहाँहरुबाट टिपिएका नामलाई विश्लेषणात्मक विधिबाट नेपाली पाठकले पढ्नैपर्ने १११ वटा पुस्तकको नाम यहाँ सार्वजनिक गरेका छौं ।

यो सर्वेक्षणको नतिजालाई हामीले अन्तिम मानेका होइनौं । सयौं वर्षको नेपाली साहित्यको इतिहासमा लाखौं पुस्तक लेखिएका छन् । यो भीडमा १११ वटा मात्रै उत्कृष्ट पुस्तक छन् भन्ने आशय कदापि होइन । यीभन्दा राम्रा पुस्तकको नाम छुटेको हुन सक्छ । ती पुस्तकको नाम कारणसहित प्रतिक्रिया कोलममा थप्न लेखक-पाठक स्वतन्त्र हुनुहुन्छ ।

यो सर्वेक्षणमा हामीले पुस्तकलाई १० भागमा विभाजन गरेर हरेक क्षेत्रका ११ वटा उत्कृष्ट पुस्तक निकाल्ने प्रयास गरेका छौं ।


****
comments:

पंक्ति कारले जे सुनेको किताब छ,त्यै किताब पढ्नै पर्ने सुचीमा??दिएको सुचिमा हावादारी किताब पनि टन्नै छन, राम्रा किताबको नाम छुटाएको पनि छ, के झोला कथा संग्रह पढ्नै पर्ने किताब होइन,सगरमाथाको गहिराई नाप्नु पर्दैन ?

जिवन काँडा कि फुल, चिना हराएको मान्छे, सोच , बिनोद चौधरी को आत्मकथा पढ्नै पर्ने कृती हुन जस्तो चै मलाई लागेन ।

***

रवीन्द्र लेख्नुहुन्छ    |   २०७४ माघ २१ गते ६:४६
हा हा । अश्विनी कोइरालाले आफ्नो अनि आफ्नो भाइ अच्युतको किताब बिकाउनका लागी लिस्ट तयार पारेछन । अनि उनैले चिनेजानेका लेखकको, उनीसम्बद्ध बूकहिल प्रकाशनको । देवकोटा, शंकर लामिछाने, भूपी नअट्ने भर्खरका ठेट्ना अट्ने । स्वार्थी लिस्ट ।

***

शंकर लामिछाने,महाकवि देवकोटा, भूपी शेरचन हराएछन त..
अनि ऐना लेख्ने रामलाल अधिकारी, महेश विक्रमले “छापामारकि ‘छोरी'” पनि लेखेछन.. LOL


***


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15842
arko comment

RD Kulung Nepali · Khandbari
हैट ! म अनपढ हाेला !
यहाँ सूचिकृत १११ मा १७ वटा पुरा पढेकाे रहेछु । त्यस्तै ७ वटा अलि अलि पढेकाे रहेछु । अनि केही पुस्तक किनेर नपढी राखेकाे पनि परेछ । विषयगत रूपमा हेर्दा

(१) नेपाल बुझ्न पढ्नै पर्ने ११ मा १ वटा पढेकाे र १ नपढी राखेकाे रहेछु । (२) अात्मकथा ११ वटामा ३ पढेकाे, १ किनेर राखेकाे रहेछ । (३) किशाेर/युवाले पढ्ने भनिएकाे ११ मध्ये कुनै पनि पढेकाे रहेनछु (तर नाम अधिकांशकाे थाहा भएाकाे) । (४) महिलाले पढ्नु पर्ने ११ वटामा ३ पढेकाे र १ नपढी राखेकाे रहेछु । (५) पढ्नै पर्ने भनिएकाे २१ वटामा ४ वटा पढेकाे र ३ वटा किनेर अाधा पढेकाे रहेछु । (६) कविताका ११ मध्ये २ वटा पुरै र ४ वटाकाे केहि कविता पढेकाे रहेछु । (७) कथाका ११ मध्ये १ वटा पढेकाे रहेछु । (८) नाटकका ५ कृतिमा पुरै कृति पढेकाे एउटा पनि रहेनछ । (९) संस्मरणका ५ कृतिमा १ वटा पढेकाे रहेछु । (१०) अनुदित ११ मा १ वटा पढेकाे रहेछु । र (११) विदेशीकाे दृष्टिमा नेपाल सम्बन्धि ३ मध्ये १ वटा पढेकाे रहेछु ।

याे दृष्टिमा म अनपढ ल्वाँठ नै देखिएँ । तर यसमा छानिएका कृतिहरूमा धेरै राम्रा र प्रभावशाली पुस्तकहरू : विशेषत : उत्प्रेरणात्मक र वस्तुवादी अध्यात्मिक कृतिहरू छुटेकाे देखियाे । अनुदितमा यसअघि अधिकांश बाैद्धिक भनिएकाहरूले लिने गरेका नामहरू छुटेकाे पाइयाे ।

जस्तै : अामा, यु क्यान विन, युवाहरूकाे गीत, विचार विज्ञान, विकासानन्दका पुस्तकहरू, डेल कार्नेगी र स्वेट मार्डेनका पुस्तकहरू र अरू पनि धेरै छन् । जाे पढ्नमा अानन्द र ज्ञानदिने छन् । अनि सबै धर्मका धर्म ग्रन्थहरू पढ्नै पर्ने पुस्तक हुन् (मैले नि पढेकाे छैन है !)


 Feb 3, 2018 8:33am

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15842
पढनै पर्ने उपन्यासमा

- लुकेको समाज
- निलो चोली