Recent Posts

Pages: 1 ... 8 9 [10]
91
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by anand on May 29, 2018, 10:29:43 PM »
92
Celebrity profile / Re: Paras Interview - Killer trigger: Foiled $23m gun deal
« Last post by anand on May 29, 2018, 12:56:28 AM »
93
Celebrity profile / Re: Hisila Yami - Bungee Jumping
« Last post by anand on May 29, 2018, 12:55:13 AM »
94
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by anand on May 28, 2018, 07:19:08 PM »
96
सुन तस्करी र हत्या मुद्दा: ‘प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा तस्करी’
फ्लाइ दुबइ र थाइ एयरवेजबाट सुन आउँथ्यो
प्रहरीकै पास प्रयोग गरी बाहिरिन्थ्यो, २५ देखि ३० किलोसम्म सुन
जेष्ठ १३, २०७५माधव घिमिरे, विनोद भण्डारी


विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् ।


जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले यो खुलाएका हुन् । ‘को–को संलग्न छन् यकिन भन्न सक्दिनँ’ बयानमा उनले भनेका छन्, ‘तस्करीबाट आउने सुन सबै इन्डिया जान्छ ।’

आफू सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका छन् । राजनीतिक दलका नेता को को हुन् भन्नेचाहिँ उनले खुलाएका छैनन् ।

सुुन बाटैमा लुटियोः
थाइ एयरबाट सुन भित्रिएको तर तोकिएको स्थानमा लैजाने क्रममा बाटैमा लुटिएको अदालतसमक्ष बताएका छन् । ‘दुबइबाट आएको सुन लुटिएको विषयमा कुनै विवाद छैन’ जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा आइतबार बयान दिंदै उनले भने, ‘सुन कसले लुटेको हो भन्ने विषय हालसम्म रहस्यमा नै छ ।’

सुन बोक्ने भरिया सानु बनको मृत्यु भइसकेकाले सुन कहाँ गएको भन्ने पत्तो लाग्न असहज भएको उनको भनाइ थियो । सुन मालिक भारतीय रहेको जानकारी पाए पनि आफूले उसलाई नचिनेको गोरेले बयानमा बताएका छन् ।

नेपालबाट स्थलमार्ग हुँदै भरिया परिवर्तन गर्दै भारत जाने गरेको उनको भनाइ छ । तस्करी गरिएको सुन विमानस्थलबाट बाहिर ल्याएबापत सानु बनले प्रतिकिलो ३५ हजार रुपैयाँ पाउने गरेको उनले बयानमा खुलाए ।

जहाजको शौचालयमा राखेर ल्याएको सुन जहाजको सिँढीमा बनाइएको प्वालमा छिराएर हयांगर हुँदै बम मार्फत् बाहिरिने गरेको उनले बताए । सुन थाइ एयर र फ्लाइ दुबइका जहाजमार्फत् नेपालमा सुन भित्रने गरेको उनले बताएका छन् ।

फ्लाइ दुबइमार्फत आएको सुन राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारुसहितको समूहले विमानस्थल बाहिर ल्याउने गरेको उनले खुलाएका छन् । त्यसरी आएको सुन विमानस्थलको यात्रु ओसार्ने बस हुँदै अनुकूल समयमा बाहिर निकाल्ने गरेको उनले बताएका छन् ।

हराएको सुन भारतीय व्यापारीकोः
हराएको भनिएको सुनका मालिक भारतीय भएको उनले बयानमा खुलाएका छन् । तर उसलाई आफूले नचिनेको गोरेको भनाइ थियो । दुबइबाट सुुन तस्करी गर्न आफूसमेतको संलग्नता रहेको भने उनले बयानमा स्वीकारेका छन् ।

अदालतले लिपिबद्ध गरेको ३७ पेजको बयानमा उल्लेख छ– ‘मसमेत भइ दुबइबाट नेपाल सुन भित्र्याउने गरेको तथ्यमा कुनै विवाद छैन, २०७४/१०/०९ गते भारतीय व्यापारीले मगाएको साढे ३३ किलो सुन हराएको कुरासमेत यथार्थ हो ।

हराएको सुन पत्ता लगाउनका लागि थाइ एयरलाइन्सका कर्मचारीदेखि भुजुङ गुरुङ, छिरिङ गुरुङ र मेरा सहयोगीलाई समेत शंकाको घेरामा राखी मैले अनुसन्धान गरको हुँ ।

सनम शाक्यलाई कसैले अपहरण गरेको छैन, उनलाई मार्ने उद्देश्य समेत कसैको थिएन, घटना भवितव्यवस भयो । सनम मेरो मिलनसार र विश्वासिलो मित्र थिए, निजको मृत्युमा म दु:खी छु, मैले सनमलाई कर्तव्य गरी मारेको होइन । ’

हराएको सुन पत्ता लगाउने क्रममा कुटपिट गर्दै सोधपुछ गरिए पनि शाक्यलाई मार्ने नियत नभएको उनले बताएका छन् । आफूले शाक्यको मृत्यु भएको अघिल्लो दिन फागुन १७ गते कुटपिट गर्दै सोधपुछ गरेको तर हत्या गर्ने मनसाय नभएको उनले उल्लेख गरेका छन् ।

टेकबहादुर मल्ल र शाक्यबीच मनमुटाव भएकाले उनैले करेन्ट लगाएको दाबी गोरेको छ । शाक्यलाई लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले कर्तव्य गरी मारेको उनले बयानमा खुलाएका छन् ।

अनुसन्धानमा खटिएका सइ बालकृष्ण सञ्जेललाई आफूले दुई वर्षअघि चिनेको उल्लेख गर्दै गोरेले आफूले सुनको कारोबार गर्ने गरेको बताउँदा सञ्जेलले त्यस्तो काम नगर्नु पछि राम्रो हुँदैन भनेर सम्झाएको गोरेले बताएका छन् ।

‘सनमको मृत्युपछि सञ्जेललाई फोन गरी मैले नै जानकारी दिएको हुँ, उनीहरु मलाई सहयोग गर्ने भनी काठमाडौंबाट हिँडेका र बाटोमा पैसा लेनदेनको विषयमा फोनमा गफ भएको व्यहोरा ठिक हो’ बयानमा उनले भनेका छन्, ‘तर, उनीहरुसँग भेट नहुँदै म इन्डिया गइसकेको थिएँ, पछि के भयो थाहा भएन ।’

प्रतिवादीमध्येका पूर्व डिआइजी गोविन्दप्रसाद निरौला आफ्नो बुबा नेत्रप्रपसादको साथी भएकाले काका भन्ने गरेको उल्लेख गर्दै आफूले सुनको कारोबार गर्ने कुरा निरौला र आफ्ना बुबालाई थाहा नभएको गोरेले बयानमा बताएका छन् ।

आफूलाई बचाइदिने भन्दै डिएसपी केसी र सइ सञ्जेलले रकम लेनदेनको कुरा गरे पनि विश्वास नलागेर झुक्याउन खोजेको भन्दै आफू भारततर्फ भागेको उनले बताएका छन् । प्रतिवादीमध्येका एसएसपी दिवेश लोहनीलाई आफूले नचिनेको र कुनै सम्पर्क नभएको उनले उल्लेख गरेका छन् ।

फ्लाइ दुबइ र थाइ एयरवेजबाट आउने सुनको विषयमा विमानस्थलका सुरक्षाकर्मीलाई थाहा नहुने उल्लेख गर्दै उनले तर प्रहरीकै पास प्रयोग गरी ‘अर्को तेस्रो लाइन’ बाट आएको सुनको विषयमा प्रहरीकै मिलेमतोमा सुन बाहिर ल्याउने गरिएको जनाएका छन् ।

एकपटकमा २५ देखि ३० किलोसम्म सुन आउने गरेको उनको भनाइ छ । दुबइबाट भरियामार्फत सुन आउने र भरियालाई प्रहरीले पास उपलब्ध गराएर बिना कुनै चेकजाँच सुन बाहिरिने गरेको बयानमा गोरेले खुलाएका छन् ।

‘सुन बोक्ने मानिस सहजै प्रहरीका हाकिमको कोठामा जान्थे, झोला त्यहीँ छाडी हिँड्थे । पछि प्रहरीले नै अनुकूल समयमा बाहिर निकालेर तोकिएको स्थानमा छाडिदिन्थे’ उनले भनेका छन् । ‘तेस्रो लाइन’ बाट भारतीय व्यापारीको सुन आउने गरेको उनले बताएका छन् ।

त्यसरी ल्याइएको सुन तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जाने गरेको र उनले अनुकूल समयमा सुन बाहिर निकालेर आफ्ना सहकर्मी भरियालाई दिइ तोकिएको स्थानमा पुर्‍याउन लगाउने गरेको बयानमा उल्लेख छ ।

खत्रीले आफ्ना गाडी चालक र अंगरक्षकको प्रयोग गरी आफैँले चढ्ने गाडीमा राखेर सुन बाहिर पुर्‍याउने गरेको भन्दै यो तरिका खत्रीको सरुवा भएसँगै रोकिएको गोरेले बताएका छन् ।

खत्रीले सुन बाहिर निकाले बापत प्रतिकिलो ५० हजार रुपैयाँ आफैँले बुझ्ने गरेको र यो लाइनबाट ४ सय किलोदेखि ५ सय किलोसम्म सुन आउने गरेको गोरेले बयानमा भनेका छन् ।

अदालतले लिपिबद्ध गरेको गोरेको बयानमा छ– ‘प्रतिवादी टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र सुरेन्द्र गौतम सुनका भरिया हुन् । भोजराज भण्डारी जग्गाको कारोबारी हुन् । रुस्तम भन्ने मोहम्मद रुस्तम मियाँ, टुकबहादुर मगर, रोहित आचार्य, नरेन्द्र कार्की पनि भरिया नै हुन् ।

लाक्पा शेर्पा मेरा ड्राइभर हुन्, उनीसँग सुन तस्करीको सम्बन्ध छैन । मदन घिमिरे सुन पूर्वतिर आउँदा सेटलमेन्ट गर्थे । भविन तामाङले सानु बमबाट सुन बुझ्ने काम गर्थे ।’

प्रतिवादी छिरिङ वालेङ घलेले सुन तस्करीको धन्धा चलाउने गरेको र आफू उनकै लाइनमा बसेर काम गर्ने गरेको गोरेको भनाइ छ । प्रतिवादीमध्ये सुनीलकुमार अग्रवाल र कृष्णगोपाल अग्रवालले सुनमा लगानी गर्ने गरेको उनले बताएका छन् ।

प्रतिवादी चाचाजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल भारतीय व्यापारीका मानिस भएको उल्लेख गर्दै उनले सुन बुझेर भारत पठाउने काम गर्ने गरेको गोरेले खुलाएका छन् । यस्तै प्रतिवादीमध्येका बेनु श्रेष्ठ समेत सुनका लगानीकर्ता भएको उनले बयानमा बताएका छन् ।

प्रतिवादीमध्येका विमानस्थलका कर्मचारीहरु सबैले सुन बाहिर निकाल्ने काममा सघाउने गरेको उनले उल्लेख गरेका छन् ।

प्रहरीले बरामद गरेको रजिष्टर र डाइरीमा उल्लेख भएको सुन कारोबारको विवरण सत्य भएको उल्लेख गर्दै यो सबै हिसाबकिताब शाक्यले राख्ने गरेको गोरेले बताएका छन् । डायरीमा कोड भाषा प्रयोग गर्ने गरेको स्वीकार्दै गोरेले त्यसमा उल्लेख भएका अधिकांश नामका व्यक्तिलाई भने आफूले चिनेको बताएका छन् ।

विदेशबाट सुन मगाउने व्यक्तिहरु सुनसरीको इटहरीस्थित चाँदनी ज्वेलर्सका मालिक बेनु श्रेष्ठ, पोखरा घर भएका प्रमोद श्रेष्ठ, अमुल भनिने भारतीय नागरिक, झापाको भद्रपुरका सुन पसल सञ्चालक अर्जुन शिवाकोटी, भारत दार्जिलिङका रोशन अग्रवाल, धरानका सुनील अग्रवाल, भारत कोलकाताका राजकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाललगायत रहेको उनले बताएका छन् ।

प्रतिवादीमध्ये प्रमोदकुमार श्रेष्ठ, कपिलराज पुरी, हेमन्त गौतम, रोशन भनिने गुप्तलाल भुषाल, गीता श्रेष्ठ, अमरमान डंगोल, विष्णुबहादुर खड्का, अमर भनिने अम्बरबहादुर थापा मगर, एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई आफूले नचिनेको उनले बयानमा बताएका छन् ।

बयानको सुरुमा चाचाजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाललाई पनि नचिनेको उल्लेख गरे पनि पछि गोल्यान भारतीय व्यापारीको प्रतिनिधि भएको उनले खुलाएका छन् ।

यो मुद्दामा यसअघि अदालतले पूर्व डिआइजी गोविन्दप्रसाद निरौलालगायत २८ जनालाई थुनामा राख्न आदेश दिइसकेको छ । मोरङ जिल्ला कारागार साँघुरो भएकाले उनीहरुलाई अदालतको अनुमतिमा सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा लगेर राखिएको छ ।

आरोपीमध्ये एकजना साधारण तारेखमा छाडिएका थिए भने अर्का एकजनालाई धरौटीमा रिहा गरिएको थियो ।

गोरेलाई थुनामा राख्न आदेश
दुबइबाट आयात भएको सुन तस्करी र विभिन्न स्थानमा पुर्‍याउने काम, सुन तस्करी गर्ने भरियाहरुलाई दिइएको यातना र मृत्यु, लास दबाउने काममा सक्रिय रहेको, अपराधिक समूह स्थापना र सञ्चालन जस्ता काममा संलग्नता देखिएको भन्दै अदालतले गोरेलाई थुनामा राख्न आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा उनी कसुरदार देखिएको अदालतको ठम्याइ छ ।

आइतबार उनको बयान सकिएपछि जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक र सहायक न्यायाधिवक्ता रोहित पोखरेलले थुनछेकको बहस गरेका थिए । त्यसपछि गोरेका तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गरेका थिए । बयान, प्राप्त प्रमाणको अध्ययन, पक्ष/विपक्षको बहस सुनिसकेपछि इजलासले उनलाई कसुरदार ठान्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो ।

थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि थुनामा राख्न न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आदेश दिएको छ ।

उनलाई नियमानुसार सिदा खान पाउने गरी थुनुवा पूर्जी दिइ मोरङ कारागारमा पठाइदिन इजलासको आदेश छ ।

पूर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित यो मुद्दाका २८ प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ । उनीहरुलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ ।

३० प्रतिवादीमध्ये एकजना धरौटीमा रिहा भएका थिए भने अर्का एकजनालाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको थियो ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । तीमध्ये ३२ जना अझै फरार छन् ।

कान्तिपुरमा प्रकाशित : जेष्ठ १३, २०७५ १९:५१
Pages: 1 ... 8 9 [10]