Author Topic: Top 10 Movie songs of 2072  (Read 3080 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15457
Top 10 Movie songs of 2072
« on: April 17, 2016, 05:07:29 AM »
टपटेन गीतः पारी त्यो डाँडा र सुर्के थैलीको बोलबाला

फिल्म हिट हुनलाई गीत हिट हुनुपर्छ भन्ने मान्यता अहिले पनि छ नेपाली निर्मातामा । संगीतकै बलमा फिल्म चलेका उदाहरण विगतमा थुप्रै छन् ।

यो वर्षका रिलिज भएका फिल्मको हकमा भने संगीतले मात्रै फिल्मलाई थेग्न सकेको देखिएन । गीत सुपरहिट भए पनि थुप्रै फिल्म लगानी उठाउन चुके । अर्कोतर्फ गीत नचल्दा पनि केही फिल्म सुपरहिट भए । गीत र फिल्म दुवै हिट पनि भए । हामीले यूट्युवमा अत्यधिक हेरिएका, सञ्चारमाध्यममा बजेका तथा जनमानसमा गुन्गुनाइएको आधारमा यस वर्षका लोकपि्रय १० गीतको सुची तयार पारेका छौं:

१- पारी त्यो डाँडामा



यो वर्ष रिलिज भएकामध्ये सब भन्दा धेरै चर्चा पायो रेशम फिलीलिको ‘पारी त्यो डाँडामा’ बोलको गीत । यसगीत लामो समयसम्म संगीतप्रेमीहरुको ओठमा झुण्डियो ।

कालीप्रसाद बास्कोटाको शब्द, संगीत रहेको यस गीतमा सोमिया बराइली र बास्कोटाकै स्वर रहेको छ । यस गीतलाई नेपाली स्रोताले यस्तो मन पराए कि फिल्म रिलिज हुनुअघि नै दर्जनौ कभर भिडियो यूट्यूवमा चर्चित बनिसकेका थिए । स्वदेश एवं विदेशमा बस्ने धेरै नेपालीहरुले रेशम फिलीली गाउँदै भिडियो बनाएर युट्युवमा राख्न सुरु गरे । सोही गीतमा बलिउड गायक गौरब दवान्कर र उपासना क्षेत्रीले समेत भिडियो निर्माण गरेका ।

स्कुल कलेजमा हुने साँस्कृतिक कार्यक्रमदेखि अन्य घरायसी समारोह पनि रेशम फिलीलीको गीत वर्षभरी नै गुञ्जियो । फिल्म रिलिज भएको एक वर्ष बितेपनि संगीतको लोकपि्रयता उत्तिकैए छ । प्रनव जोशीको निर्देशन रहेको चलचित्रमा कर्मा, बिनय श्रेष्ठ, मेनुका प्रधान लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

२-सुर्के थैली खै


युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली गीतका रुपमा रेकर्ड रोखको छ, वडा नम्बर छ को ‘सुर्के थैली खै…’ बोलको गीतले । यो गीत यूट्यूमा ६० लाख पटक हेरिएको छ । राजनराज शिवाकोटीको शब्द संगीत रहेको उक्त गीतमा राजनराज, अन्जु पन्त र राजु विश्वकर्माको स्वर रहेको छ । गीतको मेलोडीले बालकदेखि बृद्धसम्मलाई आकषिर्त गरेको छ ।

दीपकराज गीरि, दीपाश्री निरौला लगायत हाँस्य कलाकारको टिम मिलेर बनाएको फिल्ममा राखिएको उक्त गीत पछिल्लो समय पार्टीदेखि पिकनिकसम्म अनिवार्यजस्तै बजेको पाइन्छ । यस गीतका कभर पनि यूट्यूवमा बग्रेल्ति छन् ।

उज्जवल घिमिरेको निर्देशन रहेको उक्त चलचित्रको गीत लोक आधुनिक शैलिको छ । संगीतकार शिवाकोटीले दोलखाको जंगलमा बसेर गीतको शब्द कोरेका थिए ।

३-कुरा खाँट्टी हो


चलचित्र परदेशी सफल हुनुमा संगीतको प्रभाव पनि बलियो रह्यो । यो वर्ष रिलिज भएकामध्ये अत्यधिक ब्यापार गर्न सफल परदेशीको ‘कुरा खाँट्टी हो…’ बोलको लोकलयमा आधारित गीतलाई निकै मन पराए दर्शकले । लोकशैलिको उक्त गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने प्रशान्त तामाङ मिलन अमात्य र नारायण रायमाझीको स्वर रहेको छ । उक्त गीतलाई युट्युवमा ३२ लाखभन्दा बढीले हेरिसकेका छन् ।

नारायण रायमाझीको निर्देशन रहेको परदेशीको अर्को गीत बिछोडको करौंतीले..पनि दर्शकलाई उत्तिकै मन पराए । उक्त गीतमा प्रशान्त र स्मृति शाहीले स्वर दिएका छन् । बैदेशिक रोजगारीमा जानेहरुको कथा समेटेर निर्माण गरिएको उक्त चलचित्रमा प्राय लोक परिवेशका गीत रहेको छ ।

४- म यस्तो गीत गाउँछु


सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेमगीत’ का रोमान्टिक गीतहरुले श्रोतालाई लठ्यायो यस वर्ष । गीतसंगीतको बलमा फिल्मको व्यापार पनि उकासियो ।

अर्जुन पोखरेलको संगीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सर्वाधिक चर्चित बन्यो । तन्नेरी पुस्ताले यो गीतलाई बढि मन पराएका छन् ।

५-मेरो फिगर कोका कोला


एकचोटी सुन्दा नै जिभ्रोमा झुण्डिने गीत ‘मेरो फिगर कोकाकोला’ यस वर्षको सुचीमा पाचौं नम्बरमा रहेको छ । सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र अर्धकट्टीले गतिलो व्यापार गरेन । तर, सोही चलचित्रमा रहेको यो गीत भने सुपरहिट भयो ।

बसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा किरण मिचेलको शब्द रहेको छ भने प्रल्हाद तिमल्सेना र जोनिशा पौडेलको स्वर रहेको छ । आशिष्मा नकर्मीले गीतमा अभिनय गरेकी छिन् ।

६-हारेँ हारेँ


चलचित्र क्लासिकका मेलोडियस गीतहरुलाई संगीतप्रेमीहरुले निकै रुचाए । यस फिल्मकेा ‘हारेँ हारेँ’ बोलको सेन्टिमेन्टल गीतलाई हामीले छैटौं नम्बरमा राखेका छौं । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा युवराज चौलागाईले स्वर दिएका छन् ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय रहेको उक्त चलचित्रको निर्देशन दिनेश राउतले गरेका छन् । चलचित्रले औसत व्यापार गरेको छ ।

७-मैना राजा मैना रानी


वाल गायक प्रेम परियारले यसपाली पनि आफ्नो स्वरको जादु देखाउन सफल भए । ‘चलचित्र नाई नभन्नु ल ४’ का लागि बसन्त सापकोटाको संगीतमा प्रेम परियारले गाएको मैना राजा मैना रानी …बोल गीत वालवालिकाले निकै मन पराए ।

पूर्वेली लवज समेटिएको उक्त गीतमा वालकलाकारले नै अभिनय गरेका छन् । विकासराज आचार्यको निर्देशन रहेको उक्त चलचित्रको अर्को गीत चिया कफि पनि लोकपि्रय छ । इन्दिरा जोशी र सुगम पोखरेलको स्वर रहेको उक्त गीतमा बसन्तकै संगीत रहेको छ ।

८- ठुङदे ठुङ्दे

चलचित्र फन्कोले बक्स अफिसमा राम्रो प्रभाव पार्न सकेन । तर, उक्त चलचित्रको ठुङ्दे ठुङदे बोलका गीत चर्चित बन्यो ।

चेतन सापकोटाको संगीत रहेको उक्त गीतमा चेतन र रेश्मा सुनुवारको स्वर रहेको छ । सूबर्ण थापाको निर्देशन रहेको यस चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, पि्रयंका कार्की लगायतले अभिनय गरेका छन् ।

९-मैले तिमीलाई मन पराको अवस्था हो


निखिल उप्रेतिले पुनरागमन गरेको फिल्म ‘लुटेरा’ को मैले तिमीलाई मन पराको अवस्था हो पनि दर्शकले मन पराए । यो चलचित्रले व्यापार पनि राम्रो गर्‍यो ।
दयाराम दाहालको निर्देशन रहेको उक्त फिल्ममा बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत रहेको छ भने जोहन दारुवाला र अन्जु पन्तको स्वर रहेको छ ।

१०-चलेछ बतास सुस्तरी


चलेछ बतास सुस्तरीको गीत राम्रो थियो । तर, बक्स अफिसमा चलचित्रको उपस्थिती कमजोर भएपछि संगीतको पनि हिसाब भएन ।
विकास चौधरीको संगीत रहेको ‘चलेछ बतास सुस्तरी…बोलको गीतमा स्वरुपराज आचार्य र प्रविषा अधिकारीको स्वर रहेको छ ।

(२०७३ वैशाख १ गते ११:३०मा आवधिक गरिएको)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15457
Re: Top 10 Movie songs of 2072
« Reply #1 on: April 17, 2016, 05:08:19 AM »
NO., 2



No. 3



No. 4


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15457
Re: Top 10 Movie songs of 2072
« Reply #2 on: April 17, 2016, 05:09:06 AM »
No. 5


No. 6



7


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15457
Re: Top 10 Movie songs of 2072
« Reply #3 on: April 17, 2016, 05:09:50 AM »
8

9

10


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15457