Author Topic: Nikita Poudel - FDB Chair (निकिता पौडेल) गोपी कृष्ण सिनेमाको मालिककी छोरी  (Read 9725 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15821

samir211

  • 50x
  • ****
  • Posts: 631
दोलखाको फिल्म सिटी निर्माण सम्पन्न, बक्स अफिस, नेपाली चलचित्राई विदेश प्रदर्शन सहज बनाउँने, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरुको संरक्षणका निमित्त महत्वपुर्ण काम गर्ने, विदेशी चलचित्रको नेपाल छायाँकन सहज र बृिद्ध गर्ने लक्ष्य नवनियुत्त अध्यक्ष निकिताले बताएकी छन् ।

 
« Last Edit: December 22, 2017, 03:56:50 PM by samir211 »


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15821
- आमसंचारमा स्तानाकोत्तर गरेकी
- यसअघि वोर्डका अध्यक्ष राजकुमार राई थिए।
- राईको पदावधि सकिएपछि सरकारले खुल्ला प्रतिष्प्रर्धाबाट आवेदन माग गरेको थियो।
- आवेदन अनुसार पौडेललाई नियुक्त गरेको सरकारले जनाएको छ।
- बक्स अफिस कार्यान्वयन गर्नु नै उनको मुख्य चुनौती रहेको छ।

samir211

  • 50x
  • ****
  • Posts: 631
« Last Edit: December 22, 2017, 03:54:34 PM by samir211 »


samir211

  • 50x
  • ****
  • Posts: 631
निकितालाई वोर्ड अध्यक्षबाट नहटाउन सर्वोच्चको आदेश
 
 newsofnepal

काठमाडाैं । चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट सरकारले हटाउने निर्णय गरेपछि निकिता पौडेलले सोमबार सर्वोच्च अदालतमा रिट दाएर गरेकी थिईन् । सो रिटको आधारमा सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षबाट पौडेललाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सो रिटमाथि सुनुवाइ गर्दै पौडेललाई हटाउने सरकारी निर्णयको दोस्रो सुनुवाइ नभएसम्मका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । यो सरकारको २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गत वर्ष १४ भदौदेखि २ फागुनसम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयको आधारमा १० दिन अघि निकितालाई सञ्चार मन्त्रालयले अकाश पत्र दिएको थियो ।

सोही निर्णयको विरुद्ध चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आफू पनि प्रक्रियाबाट बोर्डमा अध्यक्ष भएको भन्दै न्यायका लागि सोमबार सर्वोच्च गएकी हुन् । गत ५ मंसिरमा निकिता बोर्ड अध्यक्षमा नियुक्त भएकी थिइन् ।

सर्वोच्चको अन्तरिम आदेशपछि निकिताले आफुले प्रारम्भिक न्याय पाएको भन्दै १ साउनबाट चलचित्र विकास बोर्डमा गएर काम सुरु गरेकी छन् । अब अन्तरिम आदेशपत्र मँगलबार लिएर बोर्ड जाने पनि उनले बताएका छिन् ।

१ साउनबाट काठमाडौं उपत्यकामा बक्स अफिस लागू गर्ने तयारीमा आफुहरु जुटिरहेका बेला गत साता आइतबार अवकाशको पत्र दिईएपछि त्यो कामलाई आफुलाई पुरा गर्न नभ्याएको पनि उनले बताएकी छिन् । आज सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डमा बक्स अफिस प्रणालीको उद्घाटन गर्ने कार्यक्रम  छ ।