Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: kurakani on August 08, 2009, 08:27:33 AM

Title: Rajesh Hamal - Photos and Profile
Post by: kurakani on August 08, 2009, 08:27:33 AM
This topic has moved to main site (http://xnepali.com/movies/rajesh-hamal-profile-and-interviews/)
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on August 08, 2009, 09:32:56 AM
Born on June 9, 1964 in Palpa, Nepal
He started his career with the movie "Yug Dheki Yug Samma" in 1994
Intelligent, well spoken and down to earth, Rajesh Hamal is 'the' Nepali hero. Starring in more than 180 Nepali movies and even a Pakistani movie, Rajesh is a favorite among the masses as well as the class. A gold medalist in English literature, Rajesh stand apart in body and in nature from the rest of the Nepali actors.

(http://xnepali.com/i/thumbs/ktm1249699260s.jpg) (http://xnepali.com/i/viewer.php?id=ktm1249699260s.jpg)

(http://xnepali.com/i/thumbs/aah1249699340k.jpg) (http://xnepali.com/i/viewer.php?id=aah1249699340k.jpg)


Interview:
उनै नायक, नेपाली सिने दुनियाँमा डेढ दशक यता निरन्तर स्थापित छन् । 'युगदेखि युगसम्म' बाट थालेको अभिनय यात्रा 'ट्रयाक्सी ड्राइभर'सम्म आइपुग्दा उनि अभिनित सिनेमाको संख्या १ सय ७५ नाघिसकेछ । ढल्किदो उमेरले पछिल्लो समयमा केही प्रभावित पारेको त छ । यद्यपी लामो अनुभूति र अनुभवले नयाँ सम्भावनातिर पनि उत्तिकै डोर्‍याएको छ ।

फिल्मनेपाल डट कमका लागि लक्ष्मण सुवेदीले गरेको कुराकानी :

लामो समय सिनेमाकै लागि खर्चिनुभो, कस्ता अनुभूति बटुल्नुभो ? अलिकति बाढौं न ।

अभिनययात्रा थालेको सोह्र-सत्र वर्ष नाघिसकेछ । सुरुवातका दिनमा निरन्तरतकाकै चिन्ता थियो, टिक्न सकिने हो या होइन भन्ने । यति लामो यात्रामा निरन्तर लाग्न सकेकोमा अहिले खुशीको अनुभूति त पक्कै छ । तर, सबै कुरामा सन्तुष्ट हुने ठाउँ भने छैन । उ बेला थोरै संख्यामा सिनेमा बन्थे । पछि संख्या बढ्दै गयो । तर, स्तर खासै बढेको छैन । यतिका वर्ष पछि पनि हामी उस्तै प्रविधिमा उनै कथाबस्तुमा सिनेमा बनाउँछौं । यसैमा उदेक लाग्छ ।

पछिल्लो दशकमा नायककै रुपमा थुप्रै युवा सिने दुनियाँमा भित्रिए । टिकिरहन भने सबैजसोलाई हम्मे पर्‍यो । तर, तपाई भने डेढ दशकसम्म स्थापित रहिरहनु भयो । गुदी कुरा के हो ?
कलाकारिता आफैमा असुरक्षित पेशा हो । कुनै कालखन्डमा कसैले अवसर पाउनुले यो अर्थ राख्र्दैन कि उसले सधैं आफुलाई टिकाइरहन सक्छ । समय र भाग्यको पनि तालमेल हुनुपर्छ । यो अर्थमा म आफुलाई निकै भाग्यमानी ठान्दछु । यतिका वर्षसम्म पनि दर्शकहरुले एकैनाश मनपराएका छन् । साँच्चै, कलाक्षेत्रमा अचम्मको प्रजातन्त्र छ । हैकमले हैन दर्शकले मन पराए मात्र टिक्न सकिन्छ । राजनीतिमा भन्दा पनि शुद्ध प्रजातन्त्र ।

आफ्नै अभिनयमा कत्तिको सन्तुष्टी लाग्छ ?
आफ्नो भूमिका भएका सिनेमालाई बस्तुगत रुपमा मुल्यांकन गर्ने गरेको छु । अहो, मेरो अभिनय छ भन्दा पनि समग्रमा सिनेमा कस्तो बनेको छ भन्नेमा महत्व दिन्छु । कुनैमा राम्रो पनि हुन्छ र कुनैमा त्रुटि पनि । प्रायः आफ्नो कामबाट असन्तष्ट नै बढि छु । निर्माण सकिएपछि अलि बढि समय दिन पाएको भए अझै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।

नायककै रुपमा यतिका वर्ष विते । अब त बिश्राम लिने बेला भएन र ?
बिश्राम त नचाहेर पनि ढिलो चाडो लिनै पर्छ । तर, यतिका वर्ष लागिपरेको क्षेत्र चटक्कै छोडन भने सजिलो छैन । नायकको रुपमा त भन्न सकिन्न तर निर्देशकको रुपमा भने हातखुच्चा चलेसम्म काम गर्ने धोको छ ।

उसो भयो नायक राजेश हमाललाई अबका दिनमा निर्देशकका रुपमा चिनिने छ ?
अभिनयपछिको मेरो रुचि नै निर्देशन हो । मनसिक रुपमा सिनेमा निर्देशनको लागि तयार भइरहेको छु । मात्र अनुकुल समयको पर्खाइमा छु । अहिले अभिनेताकै रुपमै ब्यस्त छु । निर्देशन थालेपछि एउटै सिनेमाका लागि सात-आठ महिना खर्चिनुपर्छ । अहिले यति समय मसँग छैन । यद्यपी प्रारम्भीक तयारी थालीसकेको छु । थुप्रै कथा छानैटमा छन् । त्यसमध्ये एउटाको लागि गृहकार्यमा जुटेको छु ।

सुरु चाँही कहिलेबाट गर्ने त ?
इच्छा त यसै बर्षभित्र सुरु गर्ने छ । आफूले निर्देशन गर्ने चलचित्रमा आफै नायक बन्ने सोच पनि छ । ढिलो भयो भने मेरो जवानीले साथ नदेला की भन्ने पनि डर छ । प्राविधिक रुपमा अलि स्तरिय सिनेमाको निर्देशन यसै वर्ष सूरु गर्छु ।
भरखरैको लोकतान्त्रिक आन्दोलनमा सबैक्षेत्रबाट उत्रिए । केही सिनेकर्मी पनि थिए । तर, तपाईलाई त देखिएन नि ?
कलाकारको हिसाबले लोकतान्त्रिक आन्दोलनमा मेरो आफ्नै तरीकाले समर्थन थियो । किनकी सबैभन्दा बढी प्रजातन्त्र त हामी कलाकारहरुलाई चाहिन्छ । आफ्नो पेशा, स्थानबाट मेरो लोकतन्त्रप्रति पूर्ण समर्थन थियो र छ पनि । सडकमा नउत्रदैमा सर्मथन नभएको भनने होइन ।

पछिल्लो राजनीतिक विकासक्रम प्रति तपाईको भनाइ के छ ?
राजनीति एकदमै अस्तिर छ । तर पनि केही आशाका किरण देखिएका छन् । जनताले खोजेको शान्तिको बाटोमा देश लम्किसकेको छ । तै पनि ढुक्क भइहाल्न भने सकिँदैन ।

एक्लो जिन्दगी कहिलेसम्म ? अझै लगन जुरेन र ?
बिहे यही उमेरमा नै गर्नूपर्छ भन्ने कहीँ छैन । मेरो आफ्नै बिचारमा अझै पनि बिहेको बेला भएको छैन । हेर्दै जाऊँ, मेरो बिहेको लगन जुर्न पनि सक्छ नजुर्न पनि सक्छ । बिहे नै गर्दिन भन्ने चाहिँ होइन । भए छ भने राम्रै होला ।
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on August 08, 2009, 10:49:20 PM
Yesto pani geet :)

rajesh hamal and niruta singh

http://www.youtube.com/watch?v=z6zm91MJSK4 (http://www.youtube.com/watch?v=z6zm91MJSK4)


Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on August 14, 2009, 10:00:47 PM
(http://xnepali.com/i/thumbs/ooh1250266455m.jpg) (http://xnepali.com/i/viewer.php?id=ooh1250266455m.jpg)

Rajesh with Karishma

हिरोइनसँग राजेशको दूरी

सन्तोष रिमाल, काठमाडौं, साउन ३०- हिरो राजेश हमालसँग नाच्न हिरोइनहरु हच्किन्छन्। उनी राम्रो नाच्न नजान्ने भएकोले भने होइन। यस विषयमा एउटा कथन छ- 'हिरोइन बोकेर नाचेको बेला नृत्यनिर्देशकले 'कट' भन्दिए भने राजेशले तुरुन्तै हात छाडिदिन्छन् र हिरोइन भुइँमा पछारिनपुग्छे।'

फिल्म 'हो यही माया हो'को सुटिङमा भेटिएका राजेशसँग यो कथनको प्रसंग कोट्याउँदा उनले यसलाई कथनकै संज्ञा दिएर मजाले हाँसे। 'त्यतिसम्म त होइन'- हिरोइनसँग खासै हिमचिम नहुँदा यस्तो टिप्पणी आएको अन्दाज भने उनले तुरुन्तै लगाए- 'अलिकति ठाउँ भेट्यो भने यहाँ किस्सा बन्न समय लाग्दैन।'

सबैभन्दा धेरै हिरोइनसँग सबैभन्दा धेरैपटक अभिनय गर्ने हिरो राजेश नै हुन्। पर्दामा सबैसँग 'प्रेम' गरेका यी हिरोको सम्बन्ध पर्दाबाहिर कुनै पनि हिरोइनसँग घनिष्ट नभएको सुन्दा अचम्म लाग्नसक्छ। तर राजेश भन्छन् 'सुटिङ स्पटबाट हिँडेपछि म कसैको पनि मतलब गर्दिन। सुटिङमै पनि निजी कुरा सुन्न र सुनाउन मलाई मन लाग्दैन।'

पर्दाका सहकर्मीसँग निजी जीवनको कुनै सम्वन्ध नभएको उनले बताए। 'मलाई बाई हार्ट कुनै हिरोइनको फोन नम्बर समेत थाहा छैन। धेरैको घर कहाँ हो परिवारमा को को छन् भनेर पनि सोधेको छैन,'- उनले सहकर्मीसँगको सम्बन्ध बताए। सँगै काम गर्नेको सबै कुरा थाहा हुनुपर्छ भन्ने उनलाई लाग्दैन। तर सम्बन्धकै विषयलाई लिएर दर्शकले अकमक्कमा पारेको अनुभव भने यिनीसँग थुप्रै छ।

सुटिङको क्रममा काठमाडौंबाहिर गएको बेला यिनीसँग कसैले निरुता सिंहको फोन नम्बर मागेछन्। 'त्यतिबेला निरुताको नम्वर छैन भन्नुपर्दा भने अलि नमजा लाग्यो,' राजेशले भने- 'मलाई कलाकार साथीसँग काम पर्ने भनेको फिल्म बनाएँ भने मात्र हो। त्यतिबेला जसरी पनि नम्वर पत्ता लागिहाल्छ भनेर कसैको पनि सेभ गरेको छैन।'

अरुका कुरा छाडौं आफूले खेलेको सबैभन्दा धेरै फिल्मकी हिरोइन करिश्मा मानन्धरसँग दोहोरो कुरा गर्न पनि यिनलाई सहकार्यकै साइत जुर्नुपर्यो। फिल्म 'हो यही माया हो'मा करिश्मालाई देखेपछि उनले बोले 'वेलकम ब्याक!' करिश्माले 'थ्याङ्क यु' भनिन्। वर्षौंपछि भेट भए पनि यी दुईको औपचारिकता यतिमै सीमित भयो। बाँकी संवाद भने स्क्रिप्ट राइटरले लेखेको बोले । फिल्मका यी हिट जोडीको यथार्थमा यति पातलो सम्बन्ध!
'सँगै काम गर्दैमा एकदमै घनिष्ट भइन्छ भन्ने छैन। हाम्रो व्यावसायिक सम्बन्ध जमेको छ। भइहाल्यो नि'- राजेशले भने।

कुरा करिश्माको मात्र होइन। अरु हिरोइनसँग पनि राजेशको सम्बन्ध उस्तै छ। धेरै फिल्ममा आफ्नो हिरोइन बनेकी जल शाह अहिले अमेरिकामा छिन् भन्ने सम्म राजेशलाई थाहा छ। तर जलसँग पनि आफ्नो बातचित नभएको उनले बताए। लगभग १८ वर्षदेखि कलाकारहरुसँग दैनिक १० घण्टाभन्दा बढी बित्ने गरे पनि फुसर्द हुँदा अरुसँगै रमाइलो गर्ने यिनको बानी रहेछ।

'मेरा केही स्वदेशी र विदेशी साथीहरु छन्। महिला साथी पनि थुप्रै छन्। फुर्सद मिल्यो भने उनीहरुसँग भेटघाट गर्छु'- उनी अलि होसियार बने- 'तर महिला साथी भनेको विशेष खालको चाहिँ होइन नि ! यसको गलत अर्थ नलागोस्।'

कामका लागि आएको ठाउँमा कसैसँग पनि निजी कुरामा अल्मलिन राजेशलाई उचित लाग्दैन। काममा आएर कम बोल्नुमा यिनले आफ्नै कारण देखाए। 'सुरुमा आफ्नो भूमिकामै बढी केन्द्रित हुँदा अन्त ध्यान गएन। पछि यस्तै बानी बस्यो।' गफमा भुल्दा गम्भीरता गुम्ने र चरित्रमा डुब्न नसकिने हुनाले पनि स्पटमा एक्लै बस्न रुचाउने उनले बताए। तर नयाँ कलाकारले केही सोधे भने सहजै सिकाइदिने गरेको उनले बताए। 'नयाँ कलाकारसँग काम गर्दा स्थिति सामान्य बनाउन मैले धेरै नै सहयोग गरेको छु'- आफुसँग पहिलो पटक काम गर्दा धेरै जना नर्भस हुने गरेको उनले देखेका छन्।

आफ्नो अन्तरमुखी स्वभावको आलोचना भएको जस्तो उनलाई लाग्दैन। 'मेरो हरेकसँग समझदारी छ। दुश्मनीका कारण कसैसँग नबोलेको होइन भन्ने सबैलाई थाहा छ'- भलादमी छवि देखाउन यस्तो शैलीमा प्रस्तुत भएको पनि होइन भन्छन् उनी।

चल्तीमा छँदा हिरोइन सिफारिस गर्ने हिरो निकै छन्। तर आफूले कहिल्यै कसैको सिफारिस नगरेको राजेशले दावी गरे। बरु यस्तो काम गर्नेप्रति रोष प्रकट गरे 'यो एकदमै गैरव्यावसायिक काम हो।' फिल्म खेल्न इच्छा गर्नेलाई प्रक्रिया बताई सहयोग गर्ने कामलाई मात्र यिनी उचित मान्छन्। सिफारिसवाला हिरोइनले गर्दा सुटिङमा धेरैपटक अप्ठ्यारो परेको उनको अनुभव छ।
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on August 23, 2009, 10:35:15 PM
राजेश चर्चा


अभिनेता भुवन केसीका अनुसार, राजेश र उनी एकै सालका हुन् । विक्रम संवत् ०१५ मा जन्मिएको बताउने उनी पहिलापहिला भएको कुराकानीको आधार नै प्रमाण भएको बताउँछन् । त्यसो त यसअघि नै जन्मिएका अभिनेता शिव श्रेष्ठ र संगीतकार शम्भुजित बाँस्कोटा पनि आफूलाई राजेशसँगैको बताउँछन् । उनीहरूका अनुसार, सुरुसुरुमा राजेश सही उमेर बताउँथे । १६ वर्षअघि काम गरेको चलचित्र देउताका निर्माता तथा अभिनेता युवराज लामाले पनि त्यसताका राजेशलाई उमेर सोधेका थिए रे ! भन्छन्, "उतिबेला गरेको हिसाबको अहिले जोडघटाउ गर्दा उनी अहिले ५१ वर्षको हुनुपर्छ ।" तर, सन् १९६४, राजेशले बताउने गरेको आफ्नो उमेर हो ।
आजका मितिसम्म राजेश हमाललाई सबैभन्दा बढी सोधिने दुईवटा प्रश्नमध्ये दोस्रोको जवाफ हो यो । पहिलो प्रश्न बिहेको हो । यी दुवैको जवाफमा राजेश कहिले अमूर्त बन्छन् भने कहिले छल्नतिर लाग्छन् । त्यसैले फ्यानहरू उनले दिने जवाफमा सन्तुष्ट छैनन् । बिहेका सम्बन्धमा भने उनी कमेडी जवाफ दिएर पन्छिन खोज्छन् । एउटा यस्तो समय थियो, जतिबेला राजेश बराबर चर्चामा हुन्थे । पहिलो चलचित्रका रूपमा हस्ताक्षर गरेको भाग्यरेखा -०४४ पुस २७) नायिकासँगको स्क्यान्डलकै कारण उम्कियो । त्यसपछि उनी नांगो फोटो खिचेर चर्चामा आए । नांगो फोटो सार्वजनिक भएपछि उनलाई यस क्षेत्रबाट बिदा गर्नुपर्छ भन्दै चलचित्र क्षेत्रको ठूलै समूह लागिपर्‍यो । कलाकार संघले बहिष्कारको निर्णय नै गर्‍यो । तर, जित उनकै भयो । आफ्नो गाडीले मान्छे किचेर मरेपछि पनि उनले निकै तनावको सामना गर्नुपरेको थियो ।
विभिन्न युवतीहरूसँगको प्रेम सम्बन्ध उनले धेरैअघिदेखि स्वीकार्दै आएका छन् । चण्डीगढ पढ्दा आफूभन्दा केही जेठी युवतीसँगको प्रगाढ प्रेम सम्बन्ध उनले कहिल्यै लुकाएनन् । त्यसको तुलनामा उनी नेपाली नायिकासँगको उठबसका कुरामा बढी गोप्य छन् । पछिल्ला नायिकाहरूसँगको सम्बन्ध टाढा बनाउँदै लगे पनि उनी आफ्नो सुरुवाततिर भने निकै रोमान्टिक थिए । तर, आजका मितिमा उनी पुराना कुरा सम्भिmएर कसैको घर भाँड्ने पक्षमा छैनन् ।
सन् १९८५ देखि तीन वर्ष दिल्लीमा मोडलिङ् गरेको उनी बताउँछन् । त्यताका युवतीहरूमाझ उनले बनाएका सम्बन्धहरू भने बेलाबेला सार्वजनिक भएकै हुन् । अहिले उनको गैरचलचित्रकर्मी साथीहरू र त्यसमा पनि विदेशी मित्रहरूसँगको सम्पर्क र सम्बन्ध रहेको पाइन्छ । उनी सात दिनसम्म चलचित्रको कामबाट खाली बस्नुपर्‍यो भने विदेश भ्रमणमा निस्किहाल्छन् । बेलायत, जापान, यूके र रुस उनी धेरैजसो जाने देश हुन् । उनको जस्तो विदेश डुल्ने हैसियत अर्को नेपाली कलाकारले बनाएका छैनन् ।
छायांकन स्थलमा उनको चर्चा भिन्न पारामा हुन्छ । उनी छायांकनमा पुगेपछि त्यहाँको मौसम नै परविर्तन हुन्छ १८० डिग्रीको कोणमा । अनुशासन ह्वात्तै थपिन्छ । सबैले अभिभावक आएझैँ व्यवहार गर्छन् । अघिसम्म कुरा काटेर बस्नेहरू तुरुन्त तारपिmमा लाग्छन् ।
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on August 26, 2009, 10:33:58 PM
(http://gal.xnepali.com/albums/nep%20models/nepali%20film/rajesh2.jpg)


(http://gal.xnepali.com/albums/nep%20models/nepali%20film/rajesh.jpg)

(http://gal.xnepali.com/albums/nep%20models/nepali%20film/rajesh3.jpg)

(http://gal.xnepali.com/albums/nep%20models/nepali%20film/rajesh4.jpg)

(http://gal.xnepali.com/albums/nep%20models/nepali%20film/rajeshhamal.jpg)

(http://gal.xnepali.com/albums/nep%20models/nepali%20film/rajkarisma.jpg)
Title: Rajesh Hamal - Photos and Profile
Post by: kurakani on September 02, 2009, 06:53:25 AM
मन नपर्दा नपर्दै पनि सुपरस्टार
      

"सुटिङमा उसका लागि घन्टौँ कुर्नुपर्छ । हामी प्रतिको उसको व्यवहार पनि सही छैन ।" नायिका निरुता सिंहले राजेश हमाललाई लक्षित गरेर यस्तो दुःखेसो धेरैपल्ट पोखेकी छन् । निरुता मात्र होइन, अहिले चल्तीमा रहेका सबै नायिकाहरू उनको बेढंगे चाला प्रति आजित छन् र आक्रोश पोख्छन् । उनी नायिकाहरूको अभिवादनसमेत फर्काउँदैनन् ।


छायांकनका बेला नायिकालाई बोकिरहेका राजेश निर्देशकले 'कट्' भन्नेबित्तिकै फ्यात्त भुइँमा छोडिदिन्छन् । नायिका झरेर बजि्रऊन्, घाइते होऊन्, रोऊन् वा कराऊन्, उनी मतलब राख्दैनन् । तर, उनको यो व्यवहारप्रति औँला ठड्याउने नायिका, निर्माता वा निर्देशक आजसम्म कोही देखिएका छैनन् ।  राजेश हमालले कहिल्यै नाच्न सिकेनन् ।


उनी अभिनय पनि जान्दैनन् । डे्रसअप उनको अर्को कमजोरी हो । असामाजिक छ व्यवहार । यस्ता आरोप कण्ठ गरेर बसेका छन् नेपाली चलचित्रकर्मी । यति भएर पनि चलचित्र क्षेत्रमा प्रवेश गरेको १८ वर्ष बितिसक्दासमेत उनले पछाडि फर्केर हेर्नुपरेको छैन । धेरै कमजोरीका बीच पनि नेपाली चलचित्र क्षेत्र राजेशकै वरपर घुम्नुका पछाडि पक्कै निकै कारणहरू छन् ।


अहिलेकी सर्वाधिक व्यस्त नायिका रेखा थापाले राजेशका नकारात्मक आनीबानी मात्र होइन, उनको मूल्यांकनमा तारिफको झोला समेत भरेर राखेकी छन् ।

चलेका आमनायक आफूले अभिनय गर्ने चलचित्रका लागि हिरोइन छानी हिँड्छन् । निर्माताको कान फुकेर निर्देशक परविर्तन गराउँछन् । राजेशले भने यो पाटोलाई कहिल्यै वास्ता गरेनन् । उनी आफूले अभिनय गर्ने चलचित्रको निर्देशक होस् वा कलाकार मतलब राख्दैनन् । स्क्रिप्टको समेत खोजी गर्दैनन् । आग्रह वा पूर्वाग्रहभन्दा माथि रहेर व्यवहार गर्न सक्नुले उनलाई लामो दौडको घोडा बनाएको रेखाको तर्क छ ।



लामो समयसम्म नायकका रूपमा रहेका राजेशले १ सय ५० जति चलचित्रमा अभिनय गरसिक्दा पनि उनले नाम लिनलायक चलचित्र फेला पार्न भने सकेनन् । उनी यस यथार्थलाई घुमाउरो भाषामा मात्र स्वीकार्छन् । भन्छन्, "केहीको त नाम लिन सकिन्छ ।" देउता, वसन्ती, शंकर आदि उनले लिने गरेका नाम हुन् । तर, उनले लिएका नाममा कतै मौलिकता छैन भने कतै सफलता छैन । संसारका सबै सुपरस्टारहरू सँग नाम लिन लायक केही चलचित्रको सूची हुन्छ नै तर उनी आफूलाई कालजयी बनाउने यही यथार्थभन्दा टाढा छन् ।



अर्को तथ्यांक छ राजेशका चलचित्रको । उनले आजका मितिसम्म निर्मित चलचित्रमध्ये एक्लैले ३० प्रतिशतजतिमा अभिनय गरेका छन् । तर, उनी अभिनीत ५० प्रतिशतभन्दा बढी चलचित्रले लगानी उठाउन सकेका छैनन् । चलचित्र निर्माता संघका सहअध्यक्ष राजकुमार राईको यो विश्लेषणले सोझै भनेको कुरा के हो भने राजेशका बहुमत निर्माता डुबेका छन् । तर, यसको दोष उनको टाउकोमा कसैले खन्याउँदैन ।


राजेश हमालको सफलता र असफलतासँग गाँसिएको उनको लामो चलचित्र यात्रालाई यसभन्दा फरक कोणबाट विश्लेषण गर्ने चलचित्रकर्मीहरू पनि छन् ।

चलचित्र निर्देशक प्रकाश सायमीका विचारमा राजेश हमाल मात्र एक त्यस्ता व्यक्ति थिए, जसले चाहेको भए यस उद्योगकै नाक-नक्सा बदल्न सक्थे, उनमा यो क्षमता र अवसर दुवै थियो तर उनले आफ्नो त्यो प्रतिभालाई परीक्षण गर्न डराए ।

सायमी भन्छन्, "उनले अभिनय यसरी गररिहे, मानौँ उनी टेबलमाथि बसेर जहाज खियाइरहेका छन् । समयले उनलाई साथ दिए पनि समयलाई उनले साथ दिन सकेनन् ।"


त्यसैले आज राजेश हमालले अभिनय गरेका चलचित्रमध्येबाट छानेर उनको कलाकारिताको परीक्षण गर्ने हो भने विशिष्ट खालको एउटा चलचित्रको नामसमेत भन्न गाह्रो पर्छ ।

"अभिनेताका रूपमा उनी चलेका होइनन् किनभने अभिनय गर्ने क्षमता उनीसँग छैन नै भने पनि हुन्छ," अर्का चलचित्र निर्देशक नवीन सुब्बा भन्छन्, "उनले गरेका समग्र चलचित्रबाट कुनचाहिँ स्मरणीय छ भनेर सोध्यो भने सायद हमालले नै पनि सही उत्तर दिन सक्तैनन् ।" यसमा सायमीको सटीक तर्क छ । भन्छन्, "सुरुमा उनले राम्रा चलचित्र खेल्न पाएनन् । र, पछि राम्रा चलचित्र छान्न भ्याएनन् ।"


तर पनि उनी झन्डै दुई दशकदेखि नेपाली चलचित्रको केन्द्रमै छन् । नवीन यसलाई सामाजिक तथा राजनीति दुवै कोणबाट हेर्नुपर्ने आग्रह राख्छन् । जतिखेर राजेश हमाल चलचित्रमा प्रवेश भए, त्यसबेला पञ्चायती सत्ताप्रतिको विद्रोह अन्तिम चरणमा थियो । यसअघिका चलचित्रमा नायक-नायिकाहरू प्रेमकथामा उनिएका हुन्थे । चलचित्रमा न विद्रोह थियो, न त आक्रोश नै । तर, राजेशले चलचित्रमा विद्रोहलाई भित्र्याए ।

उनी तल्लो वर्गका निम्ति सामन्ती शोषक वर्गसँग चलचित्रमा भिड्थे र उसलाई पराजित गर्थे । यसरी उनले गरेका अभिनयमा जनताका दमित कुण्ठा र आक्रोश प्रतिविम्बित हुन्थे । त्यसैले उनका चलचित्रमा निम्नवर्गीय दर्शकले अभिव्यक्ति पाए । गरबि, निमुखाको पक्षमा लड्ने र कथित सामन्ती-शोषकलाई लात्तीमुक्का हानेर ध्वस्त पार्ने उनको शैलीबाट त्यस कोटीका दर्शकले आफ्नो पक्षमा न्याय भएको अनुभूति पाए । त्यसैले राजेश चलचित्रमा अघिल्ला पुस्ताकाहरूलाई छाड्दै अघि बढिरहे ।

 

"तर, आज पनि मध्यम वर्ग र बौद्धिक जमातबीच राजेश र उनका चलचित्रको प्रसंग कोट्यायो भने मानिसले ओठ लोप्य्राउँछन् । "उनका चलचित्र निरक्षर र प्रायः अर्धशिक्षित समूहमा मात्र लोकपि्रय छन्," सुब्बा भन्छन् ।

तर, एक टेलिभिजन कार्यक्रमले उनलाई 'महानायक'कै पद्वी पनि दिइसकेको छ, जुन उनका लागि नितान्त अशोभनीय थियो । जसलाई प्रकाश सायमीले राजेशको जीवनकै सबैभन्दा ठूलो व्यंग्य मानेका छन् ।


त्यतिबेला नेपाली चलचित्र भुवन केसी, शिव श्रेष्ठहरूको प्रणयात्मक धारमा घँचेटिरहेको थियो । यस्तै परविेशमा कतैबाट फुत्त प्रकट भएका राजेश हमाल नाम गरेका युवाले नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ धार भित्र्याए । सुरुमै मामा दीपक रायमाझीले केही कारणहरू देखाएर उनलाई नायिका कृष्टिसहित भाग्यरेखाबाट निकालिदिए ।

दीपक रायमाझीले राजेशलाई घोषित रूपमा एउटा र कोठेगफमा अर्को गरी दुईवटा बडेमानका आरोप लगाएका थिए । राजेशलाई पटक्कै अभिनय गर्न आउँदैन, ऊ लाइट फेस गर्न सक्तैन । यो आरोप घोषित थियो । र, दोस्रो अर्थात् अघोषित आरोप अझ संगीन थियो, चरत्रिका सम्बन्धमा । उनले भनेका थिए, उनले सुटिङ् नै बिथोलिने गरी नायिका कृष्टि मैनालीसँग लीला गरे । यी दुई आरोपका साथ कृष्टिसँगै राजेशको पत्तासाफ भयो । यो घटना २०४४ सालको आखिरीतिरको हो ।


पहिलो चलचित्रका पहिला निर्देशकको आरोपहरूलाई यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । उनी अभिनय गर्न नसकेको आरोपमा निष्कासित भएका थिए । त्यसबेला जुनसुकै आधारमा उनलाई चलचित्रबाट निकालिएको भए पनि आज १८ वर्षपछि पनि यो आरोप यथावत् रहेको देखिन्छ । सफल व्यावसायिक निर्देशक मानिने प्रकाश थापाले उनलाई पनि आफ्नो चलचित्र अधिकारमा अभिनय गराए तर दोहोर्‍याएनन् । उनी पनि भन्थे राजेशलाई 'माडधाड'बाहेक अभिनय आउँदैन । पछिल्ला निर्देशक नवीन सुब्बा भन्छन्, "उनले जति नै चलचित्रमा काम गरे पनि उनी राम्रा अभिनेता हुन् भन्नेमा चाहिँ मलाई विश्वास छैन ।"


राजेश हमाललाई माझिएको कलाकार मान्नेहरूको जमात पनि ठूलै छ । चल्तीकी नायिका ऋचा घिमिरे राजेशलाई सुपरस्टार मान्छिन् । ऋचा भन्छिन्, "सायद एक जुग पर्खनु पर्छ यस्तो सुपरस्टार पाउन ।" नायक राजेशमाथिको यो आफ्नै निष्कर्षलाई ऋचासँग पुष्टि गर्ने धेरै प्रमाणहरू छन् । शिक्षा, बौद्धिकता, शारीरकि सुगठन, वक्तृत्वकला, पारिवारिक पृष्टभूमिलगायत गुणहरू उनका तर्क हुन् । भन्छिन्, "उहाँ नेपाली चलचित्रको परफ्याक्ट् प्याकेज हो ।"



डेढ दर्जनभन्दा बढी चलचित्रका निर्देशक नारायण पुरी ऋचाभन्दा एक कदम अघि बढेर राजेशको मूल्यांकन गर्छन् । राम्रो/नराम्रो र ठीक/बेठीकभन्दा माथि रहेर राजेशको मूल्यांकन हुन थालेको उनको तर्क छ । चलचित्र 'हिट' भए राजेशलाई कारण मानिन्छ तर फल्प भएचाहिँ निर्देशकलाई दोषी ठहर्‍याइन्छ । अरू पनि धेरै प्रमाण छन् राजेश हमाल निर्विवाद भएको ।

जस्तो तत्कालीन राजाको शासनकालमा हुन लागेको स्थानीय निर्वाचनमा राजेश निर्वाचनको पक्षमा खुलेरै लागे । विभिन्न मञ्चमा उक्लिएर उनले आफ्नो मत जाहेर गररिहे । तर, उनी अरूजस्तो मण्डलेका रूपमा गनिएनन् । तत्कालीन राजाको हरेक कदमका उनी पक्षपाती थिए । यस्तो विचार राख्ने धेरैले अझैसम्म मुख लुकाएर बस्नुपरेको छ । तर, राजेशको व्यवहारलाई आग्रह/पूर्वाग्रहभन्दा माथि राखेर हेरियो । निर्देशक पुरी पुरानो घटना सम्झिदै भन्छन्, "नांगो फोटो प्रकरणले पनि उनलाई बेफाइदा भएन ।"


वास्तवमै राजेश चलचित्रका हरेक विधाको सवालमा आइडल नै भए । उनी नाच्न जान्दैनन् तर उनले नाचेकै नाच सुहाउँदो भो । अभिनय उनको कहिल्यै खारएिन तर उनकै जस्तो अभिनयलाई अनुकरण गर्नेहरू प्रशस्त छन् ।

उनका हरेक कमजोरी शैलीका रूपमा ग्रहण गरिदएकाले सायद उनलाई आफ्नो गल्ती सुधार्न अवसर नजुटेको हो । यद्यपि, अभिनेताका रूपमा उनले थामेका धर्महरू पनि छन् । जस्तो, उनले कहिल्यै अरू विधामा हात हालेनन् । चलेका धेरै अभिनेताहरू निर्माता/निर्देशक भएका छन् । तर, उनले यो बाटो रोजेनन् । जबकि, निर्देशन उनको रुचिको विषय नै थियो ।

अर्को महत्त्वपूर्ण पक्ष पनि छ, विदेशी चलचित्रमा काम नगर्ने सवालमा । उनलाई बलिउडबाट निम्तो नआएको पनि होइन । केही वर्षअघि नेपाल आएको मौकामा बलिउडका नामी निर्माता तथा निर्देशक महेश भट्टले राजेशलाई सार्वजनिक रूपमा नै आफ्नो चलचित्रका लागि प्रस्ताव गरेका थिए । तर, उनले भट्टको कुरामा कुनै चासो दिएनन् । र, सबैभन्दा प्रमुख कुरो, उनी कहिल्यै केटी घुमाउने मामिलामा विवादित भएनन् ।

सुरुका दिनमा उनका मामा दीपक रायमाझीले उनलाई छायांस्थलमै प्रेमलीला रचेको आरोप लगाएर निकाले पनि पछिल्ला दिनहरूमा उनी यस्तो आरोप लाग्ने गतिविधिमा सक्रिय भएको पाइएन । चलचित्रमा एउटा प्रसिद्ध भनाइ छ, "नराम्रा कलाकार हुँदैनन्, नराम्रा निर्देशक मात्र हुन्छन् ।" यस आधारमा भन्ने हो भने राजेशको समग्र चलचित्र यात्राको सफलता र असफलताको दोष निर्देशकको हो, राजेशको होइन ।

 

राजेश चर्चा

अभिनेता भुवन केसीका अनुसार, राजेश र उनी एकै सालका हुन् । विक्रम संवत् ०१५ मा जन्मिएको बताउने उनी पहिलापहिला भएको कुराकानीको आधार नै प्रमाण भएको बताउँछन् । त्यसो त यसअघि नै जन्मिएका अभिनेता शिव श्रेष्ठ र संगीतकार शम्भुजित बाँस्कोटा पनि आफूलाई राजेशसँगैको बताउँछन् । उनीहरूका अनुसार, सुरुसुरुमा राजेश सही उमेर बताउँथे ।

१६ वर्षअघि काम गरेको चलचित्र देउताका निर्माता तथा अभिनेता युवराज लामाले पनि त्यसताका राजेशलाई उमेर सोधेका थिए रे ! भन्छन्, "उतिबेला गरेको हिसाबको अहिले जोडघटाउ गर्दा उनी अहिले ५१ वर्षको हुनुपर्छ ।" तर, सन् १९६४, राजेशले बताउने गरेको आफ्नो उमेर हो ।


आजका मितिसम्म राजेश हमाललाई सबैभन्दा बढी सोधिने दुईवटा प्रश्नमध्ये दोस्रोको जवाफ हो यो । पहिलो प्रश्न बिहेको हो । यी दुवैको जवाफमा राजेश कहिले अमूर्त बन्छन् भने कहिले छल्नतिर लाग्छन् । त्यसैले फ्यानहरू उनले दिने जवाफमा सन्तुष्ट छैनन् । बिहेका सम्बन्धमा भने उनी कमेडी जवाफ दिएर पन्छिन खोज्छन् ।

एउटा यस्तो समय थियो, जतिबेला राजेश बराबर चर्चामा हुन्थे । पहिलो चलचित्रका रूपमा हस्ताक्षर गरेको भाग्यरेखा -०४४ पुस २७) नायिकासँगको स्क्यान्डलकै कारण उम्कियो । त्यसपछि उनी नांगो फोटो खिचेर चर्चामा आए । नांगो फोटो सार्वजनिक भएपछि उनलाई यस क्षेत्रबाट बिदा गर्नुपर्छ भन्दै चलचित्र क्षेत्रको ठूलै समूह लागिपर्‍यो । कलाकार संघले बहिष्कारको निर्णय नै गर्‍यो । तर, जित उनकै भयो । आफ्नो गाडीले मान्छे किचेर मरेपछि पनि उनले निकै तनावको सामना गर्नुपरेको थियो ।


विभिन्न युवतीहरूसँगको प्रेम सम्बन्ध उनले धेरैअघिदेखि स्वीकार्दै आएका छन् । चण्डीगढ पढ्दा आफूभन्दा केही जेठी युवतीसँगको प्रगाढ प्रेम सम्बन्ध उनले कहिल्यै लुकाएनन् । त्यसको तुलनामा उनी नेपाली नायिकासँगको उठबसका कुरामा बढी गोप्य छन् । पछिल्ला नायिकाहरूसँगको सम्बन्ध टाढा बनाउँदै लगे पनि उनी आफ्नो सुरुवाततिर भने निकै रोमान्टिक थिए । तर, आजका मितिमा उनी पुराना कुरा सम्झिएर कसैको घर भाँड्ने पक्षमा छैनन् ।


सन् १९८५ देखि तीन वर्ष दिल्लीमा मोडलिङ् गरेको उनी बताउँछन् । त्यताका युवतीहरूमाझ उनले बनाएका सम्बन्धहरू भने बेलाबेला सार्वजनिक भएकै हुन् । अहिले उनको गैरचलचित्रकर्मी साथीहरू र त्यसमा पनि विदेशी मित्रहरूसँगको सम्पर्क र सम्बन्ध रहेको पाइन्छ । उनी सात दिनसम्म चलचित्रको कामबाट खाली बस्नुपर्‍यो भने विदेश भ्रमणमा निस्किहाल्छन् । बेलायत, जापान र रुस उनी धेरैजसो जाने देश हुन् । उनको जस्तो विदेश डुल्ने हैसियत अर्को नेपाली कलाकारले बनाएका छैनन् ।


छायांकन स्थलमा उनको चर्चा भिन्न पारामा हुन्छ । उनी छायांकनमा पुगेपछि त्यहाँको मौसम नै परविर्तन हुन्छ १८० डिग्रीको कोणमा । अनुशासन ह्वात्तै थपिन्छ । सबैले अभिभावक आएझैँ व्यवहार गर्छन् । अघिसम्म कुरा काटेर बस्नेहरू तुरुन्त तारिफमा लाग्छन् ।

रमण घिमिरे/दिवस गुरागाईं, काठमाण्डौ
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on September 03, 2009, 09:39:36 AM
http://www.metacafe.com/watch/2383577/rajesh_hamal/ (http://www.metacafe.com/watch/2383577/rajesh_hamal/)

http://revver.com/video/1382025/an-interview-with-rajesh-hamal/ (http://revver.com/video/1382025/an-interview-with-rajesh-hamal/)
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on October 17, 2009, 04:30:18 AM
जुवा-तास र पटका पड्काउने कुरा मन पर्दैन - नायक राजेश हमाल
आश्विनी कोईराला, (२०६६ आश्विन ३०, शुक्रवार)

नायक राजेश हमालका पछाडी धेरै फुर्को जोडिने गरेका छन् । जस्तो , नेपालका नम्बर एक नायक, दुई दशकपछी हिरोको इमेज कायम राख्न सफल अर्थात हिरोका रूपमा लामो समयसम्म रूचाईएका नायक, नेपाली चलचित्रको पहिलो व्यवसयिक नायक, आधुनिक, पढेलेखेका, संसार बुझेका एवं रहस्यमयी । ४५ बर्ष काटिसक्दा समेत बिबाह नगरेका कारण राजेश युवापुस्ताको आकर्षणको केन्द्रमा छन् भने समाज, साहित्य, राजनिति एवं नेपाली संस्कृती का बिषयमा वस्तुगत धारणाका कारण उनी नेपाली चलचित्र क्षेत्रमा बिद्वान नायक मानिन्छन् ।

करिब २ सय चलचित्रमा अभिनय गरिसकेका यी नायक तिहारको पूर्वसन्ध्यामा नेपाली भूमी अतिक्रमणको बिषयमा आधारित चलचित्र 'दशगजा' को सुटिङमा व्यस्त थिए । सुस्तामा सुटिङ सकेर तिहार मनाउन काठमाण्डौ फर्किएका राजेश हमालसँग तिहारका बिषयमा गरेको कुराकानी यस प्रकार छ -

तिहार सुरू हुने बेला मात्र काठमाण्डौ आईपुग्नु भयो, केमा व्यस्त हुनुहुन्थ्यो ?
- काम त उही चलचित्रको सुटिङ नै हो । पहिले नै आउने रहर थियो तर रहर गरेर मात्र नहुने रहेछ । चलचित्र निर्माण टिम वर्क भएकोले टिमको निर्णय नै सर्वोपरी हुन्छ । हामी नेपाली भुमि अतिक्रमण भएको बिषयमा आधारित चलचित्र 'दशगजा' को सुटिङमा व्यस्त थियौं । त्यहाँको सुटिङ नसकी फर्कदा खर्च बढ्थ्यो, त्यसैले ढिला भएको हो ।

तपाईंका लागि तिहार पर्व हो कि चलचित्र कर्मबाट फुर्सद पाउने उपाए ?
- दुबै हो । यदि म नायक मात्र हुँ भने लगातारको सुटिङ पछी आउने पर्वबाट प्राप्त हुने बिदा मेरा लागि आराम गर्ने बाहाना हो । तर म संस्क्रिति प्रेमी नेपाली हुँ । म कसैको दाजु त कसैको भाई पनि हुँ । घरमुली पनि हुँ । त्यसैले मेरा लागि तिहार महत्वपूर्ण पर्व हो ।

तिहार भन्ने बित्तिकै के कुरा सम्झनु हुन्छ ?
- घरमा देउसीभैलो खेल्ने युवा-युवतीको जमात, लक्ष्मीपूजा र भाईटिका । पर्वका बेला मानिसको भूमीका भिन्न-भिन्न हुन्छ । जस्तो घरमूली भएका कारण लक्ष्मीपूजाको दायित्व र देउसीभैलो टोलीलाई खुसी बनाउने जिम्मा मेरो काँधमा आउँछ । टीकाका दिन म दाजु-भाई भएर दिदि-बैनीसँग टीका लगाईरहेको हुन्छु । तिहार शब्दले यि सबै कुरालाई एकसाथ प्रतिनिधित्व गर्ने भएकोले म यो उज्यालो चाड हो भन्ने गर्छु ।

तपाईं आफै देउसी खेल्न जानु भएको छ ?
- छैन, तर घरमा देउसीभैलो खेलेको मन पर्छ ।

लक्ष्मीपूजा गर्नु हुन्छ ?
- मम्मी हुन्जेल उहाँले बिधिपूर्वक लक्ष्मीपूजा गर्नुहुन्थ्यो । हामी त्यो पूजामा सरिक हुन्थ्यौं । मम्मीको देहान्तपछि मैले त्यो बिंडो थम्नु परेको छ । तर पनि मैले मम्मीले जस्तो बिधिपूर्वक पूजा गर्न जान्दिन ।

तपाईंको बिधार्थीकाल विदेशमा बित्यो, नेपाल फर्किएपछि चलचित्रमा व्यस्त हुनुभयो । यस्तो व्यक्तिम नेपाली पर्वको बारेमा चासो-चिन्ता हुन्छ र ?
- सबैभन्दा ठूलो कुरा संसार हो । हामी पाँच सन्तानलाई आमा-बुवाले आधुनिक शिक्षा दिए पनि नेपाली संस्कार पनि राम्रोसँग सिकाउनुभयो । हामीले त्यसलाई राम्रोसँग ग्रहण गर्न सकेनौं, त्यो अर्कै कुरा हो, तर हाम्रो मन-मस्तिष्कमा चाड-पर्वको महत्व, त्यसमा हाम्रो संलग्नता गहिरो रूपमा रह्यो ।

पहिलो पटक तिहार मनाएको सम्झनुहुन्छ ?
- बुवा पाकिस्तानको राजदुत हुँदा मनाएको तिहार सम्झन्छु । हामी गाईको मासु खाने देशमा गाईको पूजा गरिरहेका थियौं । त्यो अनौठो तर सम्झना योग्य तिहार हो ।

भाईटिका ?
- बुवासँग पाँच रूपैयाँ पाकिस्तानी नोट लिएर दिदि-बहिनीलाई दिएको सम्झन्छु ।

तपाई अध्ययनको क्रममा लामो समय भारतमा बिताउनु भयो, नेपालमा मनाईने तिहार र भारतमा मनाईने तिहारबीच कसरी तुलना गर्नु हुन्छ ?
- भव्यताका दृष्टिले, खर्चका दृष्टिले, झिलिमिली र पटकामा मानिसको रूचिका दृष्टिले भारतको दिपावली भव्य हुन्छ, तर नेपालमा मनाईने तिहारमा जुन आत्मियता हुन्छ, त्यो भारतमा मनाईने तिहारमा हुँदैन । हामी जसरी कागतिहार, कुकुर तिहार, गाईतिहार, गोरूतिहार र भाईटिका मनाउँछौं, त्यो संस्कार भारतमा देखिदैन । यो हिसाबले भारतको साँस्कृतिक पक्ष कमजोर छ । हामीकहाँ सेलरोटी पकाउने, देउसीभैलो खेल्ने, बिधिपूर्वक भाईटिका लगाउने जुन संस्कार छ, त्यसलाई बिचार गर्दा भारतको तिहार खल्लो लाग्छ ।

तपाईं नेपाली भएका कारण आफ्नो देशको तिहार रमाईलो लाग्नु स्वाभाविक नै हो, होईन र?
- नेपाली भएका नाताले सानैदेखि जुन कुरा देखियो, भोगियो, त्यो आफूलाई राम्रो लाग्नु स्वाभाविक पनि हो, तर पनि विदेशीहरूले हाम्रो पर्वका बारेमा गरेका बिष्लेषणले पनि तिहार महान पर्व हो भन्ने पुष्टि गर्छ । हामी रूसमा छँदा टीका लगाएको, गाई पूजेको, कुकुरलाई सजाएको देख्दा रसियनहरू छक्क पर्थे । हाम्रो पर्वमा जुन मानवीयता छ, त्यो संसारका अरू कुनै पर्वमा छैन । विकसित देशमा बिबाह गरेर गएकी चेलीलाई नेपालमा जस्तो सम्मान गर्ने, पूज्ने चलन छैन । हाम्रा पर्वले हामीलाई ठूलाबाट आशिर्वाद लिन, चेलीलाई सम्मान गर्न, भाई-बहिनीबीच पछिसम्म पनि सम्बन्ध कायम राख्न सिकाएको छ । यस्तो चलन युरोप - अमेरीकाजस्ता विकशित देशमा देखिदैन । यो गर्वको कुरा हो ।

यसपालीको तिहारमा विशेष योजना के छ ?
- पर्वका बेला मेरो विशेष योजना केहि हुँदैन । परिवारले जसरी पर्व मनाउने निर्णय गर्छ, म त्यसमा सरिक मात्र हुन्छु । म हाहा-हुहु गर्ने, नाच्ने, रमाईलो गर्ने, भान्सामा बसेर मीठो खाने जस्ता कुरामा चासो राख्ने मानिस हैन । यसरी हेर्दा म एकलकाँटे जस्तो देखिन्छु, तर म परिवारका सदस्यलाई निरास बनाउने खालको काम पनि गर्दिन ।

तिहारमा सबै भन्दा मन नपर्ने कुरा केहो ?
- मलाई जुवा-तास खेल्ने र पटका पड्काउने कुरा कहिल्यै मन पर्दैन । तिहारका सबै पक्ष राम्रो लाग्छ, तर अरूले मुख्य कुरा मान्ने तास र पटकामा भने म असहयोगी छु ।

तास खेल्नु हुन्न ?
- खेल्दिनँ । म तासमा रमाउन सक्दिनँ । बरू देउसीभैलो खेलेको हेरेर रमाईलो लिन्छु ।

तासको खेल पनि आउँदैन ?
- आउँदैन, अधपी तीनपत्ते फलाँस खेलिन्छ भन्ने थाहा छ ।म्यारिजपनि खेलिन्छ रे, तर त्यो कसरी खेलिन्छ भन्ने चाँहि थाहा छैन  ।

गत बर्षको तिहारमा तपाईं अमेरिकामा हुनुहुन्थ्यो तर अहिले नेपालमै हुनुहुन्छ नि ?
- मेरी बहिनी र एउटी दिदी अमेरीकामा बस्छन् । दिदी रेखा र बहिनी रूपाको मन निरास नहोस् भनेर अमेरीका जाने गरेको हुँ । बितेका सात बर्षका तिहार मैले अमेरीकामा नै मनाएँ । यसपटक भने भाई अमेरिकामा भएकोले म नेपालमा बसेको हुँ । नेपालमा ॐ नर्सिङ होममा मेरी दिदी डा रीता हुनुहुन्छ । म अमेरिका हुँदा उहाँको हातबाट टिका लगाउने अवसर पाएको थिईन । यसपटक दिदीको हातबाट टिका लगाउने साईत जुरेको छ । त्यसबाहेक मैले शोभा दिदी सँग नेवारी परम्परा अनुसार टीका लगाउने गरेको छु । त्यसैगरी खगेन्द्र नवजीवन केन्द्रमा आश्रित मैनालाई पनि बहिनी बनाएको छु । उनीबाट पनि टीका लगाउँछु ।

एकैपटक तीनवटा टीका कसरी भ्याउनुहुन्छ ?
- टीकाको दिन भ्याईनभ्याई हुन्छ । त्यैपनी म उहाँहरूको मायाले तानिन्छु । यसको सुखद अनुभुति म बर्णन गर्न सक्दिन ।मलाई लाग्छ, जुन आत्मियता हामीबिच छ, यो टीकाले प्रस्फुटन गर्छ ।

अमेरिका गएको बेला यी दिदी-बहिनी त ठगिँदा रहेछन् नि ?
- उता जाँदा यताको गुनासो र यता हुँदा उताको गुनासो सुन्नु पर्छ । तैपनि म भाईटिकाको दिन सबैसँग फोनमा कुरा गर्छु । ईमेल मार्फत शुभकानमा दिन्छु । जाँदा-आउँदा उपहार दिने गर्छु । यसले हाम्रो प्रेम दिगो राख्न सहयोग गर्छ ।

केही चलचित्रमा दाईको भुमीकामा पनि देखिनु भएको छ, जुन आत्मीतया यथार्थमा हुन्छ , त्यो चलचित्रमा उतार्न सकिएन भन्ने लाग्दैन ?
- मैले पालेदाई, अर्जुन, द युगदेखि युगसम्मजस्ता दर्जनौं चलचित्रमा दाईको भुमिका निर्वाह गरेको छु । मैले अभिनय गरेका धेरै चलचित्रमा तिहारको प्रसंग छ । चलचित्र अर्जुनमा जेल परेका दाईलाई भाईटीकाका दिन जेलमै टीका लगाउन आएको प्रसंग छ । नेपाली चलचित्रले हाम्रो सँस्क्रितीलाई प्रस्तुत गरेनन् भन्ने पक्षमा म छैन । हो, मिहिन ढंगले नसमेटिएको होला, तर कमर्सियल चलचित्रले हाम्रो संस्कृतीलाई छुँदै अगाडी बढेको कुराको प्रशंसा नै हुनुपर्छ भने मलाई लाग्छ ।

स्रोत :- साप्ताहिक
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on October 17, 2009, 04:31:14 AM
(http://xnepali.com/i/thumbs/xne1255733141r.jpg) (http://xnepali.com/i/viewer.php?id=xne1255733141r.jpg)


(http://xnepali.com/i/thumbs/luu1255733167j.jpg) (http://xnepali.com/i/viewer.php?id=luu1255733167j.jpg)
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on November 05, 2009, 07:14:47 AM
Rajesh Hamal's first tongue kiss:

(http://xnepali.com/i/thumbs/ktm1257384521x.JPG) (http://xnepali.com/i/viewer.php?id=ktm1257384521x.JPG)

नायक राजेश हमालको हट 'टङ्किस'ले चर्चामा रहेको चलचित्र द युगदेखि युगसम्म शुक्रबारदेखि प्रदर्शन हुँदै छ । नायक हमालको फिल्मी जीवनकै पहिलो 'हट टङ्किस' हेर्न पाइने सो चलचित्र उपत्यकाबाहिरका ३२ वटा हलमा एकैसाथ लाग्दै छ ।

विशुद्ध पारिवारिक कथावस्तु बोकेको सो चलचित्र गायक अर्जुनकुमारले निर्माण गरेका छन् । अर्जुनकुमारका साथै अरुणकुमार र कल्याण तुलाधरको समेत लगानी रहेको द युगदेखि युगसम्मलाई दीपेन्द्रकुमार पौडेलको निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, नन्दिता केसी, अनु शाह र राजाराम पौडेलको अभिनय रहेको छ ।
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on November 27, 2009, 12:50:21 AM
  'माउन्टेनबाइक' ठीक होला
मंगलवार, 24 नोभेम्बर 2009 22:35 नागरिक


राइट च्वाइस मा यसपटक अभिनेता राजेश हमालसँग गरिएको वार्ता :

१. टिभी कार्यक्रम कुन मन पर्छ?
सुटिङमा धेरै ब्यस्त हुने भएकोले टेलिभिजन अगाडि हुँदा समाचार नै हेर्न हतार हुन्छ। विश्व समाचारमा बढी रुची भएकाले सीएनएन नै धेरै हेर्छु। याद हुने खालका कुनै कार्यक्रम छैनन्।


२. पढेको मध्य मन परेको पुस्तक कुन हो?
फिक्सनमा मलाई त्यति रुची छैन। बायोग्राफ्री धेरैको पढेको छु। ती मध्य जवाहरलाल नेहरु र ईन्दिरा गान्धीको अटोबायोग्राफीले मलाई प्रभावित बनायो।


३. अरूलाई नेपालको कुन ठाउँ घुम्ने सल्लाह दिनुहुन्छ?
घुम्न लायक ठाउँ नेपालमा धेरै छन्। अन्नपूर्ण पदयात्रा रोमाञ्चक गन्तव्य हुनसक्छ।


४. जीवनमा सबैभन्दा बढी खेल्नुभएको खेल कुन हो?
टेनिस र आइस हक्कीमा कुन बढी खेलेँ भन्न गाह्रो छ।


५. सबैभन्दा मन पर्ने परिकार?
सागसब्जी। खानामा हरियो चिज नभई हुँदैन। माछा पनि मन पर्छ।


६. अहिले कुन गीतले तपाईको मनलाई आनन्द दिन्छ?
गीतको 'सेलेक्सन' मूडले गर्छ। शब्दले छोएन भने म त्यस्तो गीत दोहोर्‍याएर सुन्दिन। लय र स्वर त्यसपछिका प्राथमिकता हुन्। हिन्दी गीतमा खासै रुची छैन। नेपाली र अंग्रेजी गीत धेरै छन् मलाई मनपर्ने।


७. शरीरलाई न्यानो बनाउन के पिउनुहुन्छ?
हट लेमनमा मह मिसाएर।


८. धेरैजसो कुन वेबसाइट चलाउनुहुन्छ?
वेबसाइट त्यति हेर्दिन। टेलिभिजनमै 'ब्रेकिङ न्युज' आइरहन्छ।


९. काठमाडौंमा बस्नलाई कुन एरिया ठीक हो?
मलाइ त आफ्नै घर भएको ठाउँ कपुरधारा ठीक लाग्छ। त्यहाँबाट जंगल नजिकै छ। शान्त छ। र, शहरबाट टाढा पनि छैन। यो ठाउँसँग मेरो भावनात्मक सम्बन्ध गाँसिएको छ। एक वर्षको उमेरदेखि म त्यही घरमा छु। सायद यो ठाउँबाट म बसाइ सर्न सक्दिन।


१०. कुन गाडी चलाउनु हुन्छ?
अहिले 'किया स्पोटेज' छ। तर, काठमाडौंको अवस्था हेर्दा मलाई 'माउन्टेनबाइक' ठीक होला जस्तो लाग्न थालेको छ। काठमाडौं त्यति ठूलो छैन जुन साइकल चढेर नपुगिने होस्। साइकल चढ्दा स्वास्थ्य राम्रो हुन्छ र प्रदुषण पनि हट्छ। यसो गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापनसमेत सहज हुन्छ।


११. शनिबारको बिदा कसरी बिताउनुहुन्छ?
काठमाडौंबाट अलिकति बाहिर निस्कन्छु। र, शान्त वातावरणमा आनन्दले बस्छु। विदालाई रमझमभन्दा एकान्तमा बिताउन मन लाग्छ।


१२. आफूलाई 'फिट' राख्न के गर्नुहुन्छ?
जगिङ गर्छु। साइकल चलाउँछु। व्यायामका लागि घरमै सामान छ। त्यसैले क्लव जान्न।


१३. पछिल्लो पटक मन परेको फिल्म?
ब्रड पिटले खेलेको 'क्युरियस केस अफ बेन्जामिन बटन'।
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on November 27, 2009, 04:36:18 AM
  राजेश हमालसँग फुटबल गफ
बिहिवार, 26 नोभेम्बर 2009 23:12 नागरिक

(http://xnepali.com/i/thumbs/ktm1259275863g.jpg) (http://xnepali.com/i/viewer.php?id=ktm1259275863g.jpg)

दीपेन्द्र लामा, काठमाडौं मंसिर १२ - सन् १९९८ को विश्वकप फुटबल सुरु हुन केही दिनअघि एक नेपाली टिभी कार्यक्रमले अभिनेता राजेश हमाललाई कुन देशले उपाधि जित्ला भन्ने प्रश्न सोधेको थियो। त्यतिबेला राजेशको जवाफ थियो, 'आफै आयोजक भएकाले र फुटबलमा प्रगति गरिरहेको हुनाले फ्रान्सले विश्वकप जित्नसक्छ।'


नभन्दै फ्रान्सले जित्यो। बंगलादेशमा साफ च्याम्पियनसिप खेल्न जान लागेको नेपाली फुटबल टोलीलाई बिहीबार बिदाइ गरेर फर्कने बेला राजेशले त्यो घटना सम्झे, 'खेलमा स्पिरिटले ठूलो प्रभाव पार्छ, फ्रान्सेलीहरू अलि बढी स्वावलम्बी छन्। फ्रान्सको टोलीले विश्वकप र त्यसपछि युरोपियन च्याम्पियनसिप जित्नुमा यो भावनाको पनि ठूलो भूमिका हुनुपर्छ।'
उनी स्कुल पढ्ने बेलामा कुटनीतिज्ञ बुबाको पछि लागेर युरोपका धेरै देश पुगे। उनको सबैभन्दा लामो विदेश बसाइ रुसमा भएको थियो। त्यसपछि पश्चिम जर्मनी र अमेरिका। रुसमा उनले फुटबलको ठूलो त्रे्कज पाए। त्यतिबेलै फुटबलका 'फ्यान' भएका उनी रुसको चर्चित फुटबल क्लब डिनामोका नियमित दर्शक थिए।

सन् १९७० को मेक्सिको विश्वकपमा विश्वविख्यात खेलाडी पेलेले ब्राजिलबाट खेल्दा राजेश रुसमा थिए। पेलेको खेल टिभीमा लाइभ हेर्ने अवसर उनले गुमाएनन्। सन् १९७२ मा म्युनिख ओलम्पिक हुँदा उनी पश्चिम जर्मनी थिए, जसले गर्दा जर्मन टिमले खेलेको ओलम्पिक फुटबल टिभीमा प्रत्यक्ष हेर्ने अवसर उनलाई जुरेको थियो। इजरायली खेलाडीमाथि भएको आतंककारी हमला पनि उनले त्यहीँ टिभीमा हेरेका थिए।

जर्मनी र अरू देशमा छँदा उनले केही युरोपियन लिग रंगशालामै गएर समेत हेरेका छन्। अमेरिकामा चाहिँ उनले फुटबलको त्रे्कज पाएनन्। बेसबल खेलको लोकप्रियता उनले अमेरिकामै देखेका हुन्।

पेलेपछि चम्किएका अर्जेन्टिनाका खेलाडी म्याराडोनाले खेलेको सन् १९८६ को विश्वकप फुटबल भने उनले काठमाडौंमा हेरेका थिए। त्यतिबेला नेपाली युवाहरू म्याराडोनाको अन्धो समर्थक भएको उनी कहिल्यै बिर्सदैनन्। 'सायद, नेपालीकै जस्तो शारीरिक उचाइ र बनोट भएकाले म्याराडोनालाई नेपाली युवाले आइडियलको रूपमा लिएका हुन् कि?' राजेशको अनुमान हो यो।

रुसमा छँदा राजेश धेरैजसो आइस हक्की खेल्थे। लामो समयपछि उनी भारतको सिमला पुगेका थिए। त्यहाँ पनि हिउँ जमेको थियो। उनलाई रुसको बाल्यकाल याद आयो र तुरुन्त स्किइङ गरे। उनलाई लाग्यो, स्किइङ गर्नु भनेको साइकल चढ्न सिकेको जस्तै रहेछ, एकपटक सिकेपछि कहिल्यै नबिर्सने।

आफ्नो उमेरमा फुटबल कति खेल्नुभयो? 'स्कुल र कलेज पढ्दा फुटबल नखेलेको कसले छ र?,' राजेशले भने, 'देशविदेश सबैतिर खेलियो तर भयंकर रूपमा चाहिँ खेलिनँ। खेलाडी बन्छु भन्ने भावना पनि कहिल्यै पलाएन।' बेलाबखत हुने च्यारिटी म्याचमा कलाकारको टिमबाट फुटबल खेल्न भने उनी छुटाउँदैनन्। केही हप्ताअघि दशरथ रंगशालामा भएको कलाकार र पत्रकारबीचको खेलमा उनले आकर्षक प्रदर्शन गरेका थिए। खेल सकेपछि दर्शकको भीडले उनलाई आधा घन्टासम्म घेरेको थियो।

राजु शाक्यको नेतृत्वमा नेपालले खेलेका खेलहरू टिभीमा हेरे पनि पछिल्लो समयमा नेपाली फुटबलको कुनै पनि खेल उनले पूरा हेर्न पाएका छैनन्। जमानाका नामुद खेलाडी गणेश थापासँग आफ्नो राम्रो चिनाजान रहेको बताउँदै उनले स्मरण गरे, 'हामी एउटै मञ्चमा समेत उभिएका छौं।'

भारतको फुटबल कसरी सुधि्रयो त्यो नेपालका लागि अनुकरणीय हुनसक्ने उनको सुझाव छ। 'फुटबलको स्तर बढ्नलाई लामो समय लाग्छ तर खस्किनलाई कति पनि समय लाग्दैन,' उनले भने,'नेपालमा फुटबल जुन परिमाणमा खेलिन्छ र हेरिन्छ, त्यो अनुपातमा स्तर बढ्न सकेको छैन।'

धेरै वर्षअघि क्याप्टेन साबुनको विज्ञापन र 'चट्याङ' फिल्ममा उनले फुटबलरको भूमिका निर्वाह गरेका थिए। त्यसपछि क्यामेराअगाडि उनले फुटबल छोएका छैनन्। 'राजनीतिक अस्थिरता भएको वर्तमान अवस्थामा नेपाली फुटबल टोलीले बंगलादेशमा नेपालको राष्ट्रिय एकताको सन्देश दिनेछ,' आगामी वर्ष दक्षिण अफ्रिकामा हुन लागेको विश्वकपको प्रतीक्षामा रहेका उनले दाबी गरे, 'हामी पनि जित्ने टिम हौं, हामीले पनि जित्नसक्छौं भन्ने भावना बोकेर मैदानमा उत्रियो भने अहिलेको टिमले बंगलादेशमा राम्रो नतिजा ल्याउनसक्छ।'
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on November 29, 2009, 02:16:24 AM
(http://xnepali.com/i/thumbs/pkr1259440247v.jpg) (http://xnepali.com/i/viewer.php?id=pkr1259440247v.jpg)
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on December 14, 2009, 03:11:49 AM
"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन।"-राजेश हमाल, नायक


न्यू योर्कका नेपाली कलाकारहरु र केही उत्साही नेपालीहरुको आयोजनामा डाकिएको "डिनर विथ राजेश हमाल" साँझमा जब नायक हमालले आफुसंग डिनर खान आएका नेपालीहरुलाई बिनम्रतापूर्वक स्वागत र धन्यवाद दिदै आफुले नेपालमा अपाङ्ग नेपालीहरुको सहयोगका लागि काम गर्दै आएको बताउँदै सदिच्छापूर्वक अनुदान गर्न अनुरोध गरे, केही क्ष्यण मै झन्डै ६ हजार अमेरिकि डलर संकलन भयो। पछि आयोजकहरुले युएस नेपाल अनलाइनलाई बताए- सबै खर्च कटाएर ३ हजार डलरभन्दा बेशी नायक हमालको नेपालमा अपाङ्गहरुको सहयोग अभियानका लागि प्रदान गरिनेछ।

अझ जब नायक हमालले खगेन्द्र नब जीवन केन्द्रका अपाङ्गहरुसंग आफ्नो १५ बर्ष लामो संपर्क मात्र होइन त्यहाकी एक 'मैना' नाम गरेकी अपाङ्ग (व्हिल चियरमा उनको खुट्टा भुइमासम्म पुग्दो रहेनछ) संग आफुले भाई टिका लगाएको र हरेक बर्ष आफ्नो जन्म दिन र भाई टिकामा तिनै बहिनीको हातबाट भाई टिका थाप्ने गरेको बताएपछि नेपाली दिदी बहिनीहरुले नायक हमालसंग प्रभाबित हुँदै सम्झनाको चिनो फोटो खिचाएका थिए।

हुन पनि नायक हमाल यसपाली पनि दसैं र तिहारको मुखैमा अमेरिका मै रहेका दिदि डा. रेखा हमाल (वकिल खगेन्द्र जिसी कि श्रीमती) र बहिनी दिपासंग बिदा माग्दै शनिबार नेपाल फर्किए।
 

 
डिनर साँझको अध्यरातपछि युएस नेपाल अनलाइनसंगको बिशेष भेट्वार्तामा उनले पन्क्तिकारको प्रश्न "आफ्नो कोखका दिदि-बहिनीहरुलाई अमेरिका मै छोडि नेपाल कि "एडप्टेड" बहिनीसंग भाई टिका मनाउन जान लाग्नु भएको हो?" भन्दा उनले हाँस्दै भने- "हो, त्यस्तै भई रा' छ अहिले।"

सन् १९९० देखी नेपाली चल्चित्रमा नायक कलाकारको रुपमा अभिनय यात्रामा प्रबेश गरेका नायक हमालले अहिलेसम्म २२५ वटा भन्दा बेशी चल्चित्रमा अभिनय गरेर नेपाली चलचित्र पारखीहरुको मन जित्न सफल भएका छन्।

चल्चित्रमा लागेको १९ बर्षपछि अहिले पनि उनी उत्तिकै ब्यस्त नायकहरुको लहरमा अघी नै छन्, उनले भने-" म अहिले पनि ब्यस्त नै छु, बर्षको १० / १२ वटा चलचित्रमा अभिनय गर्दै आएको छु।"
 
 
झन्डै २ महिने बसाइमा अमेरिकाका बिभिन्न स्थानका नेपालीहरुसंग भेट्घाट र कार्यक्रम गरेर नेपाल फर्किन लागेका नायक हमालले बिदेशमा रहेका नेपालीहरुका बारेमा भने- "तपाइहरु जहाँ बसेता पनि हाम्रो माया, स्नेहा अझ गहिरिदै जावोस्, अझ बलियो हुँदै जावोस्।"

केही स्वेच्छाले बिदेश आएपनि धेरै नेपालीहरु देशको दुरावस्थाका कारण बिदेशमा आउनु वाध्य हुनु परेको यथार्थ उल्लेख गर्दै नायक हमालले भने- "देशले जायज रोजगार र सुरक्षा दिन नसक्दा चाहदा नचाहदै पनि मजबुरीले बिदेश आउनु परेको छ। तर जहाँ रहे पनि नेपालीहरु एक जुट भएर बस्नुहोस्। नेपालीत्वको भावना हुनु अत्यन्त जरुरी छ।"

उनले एक प्रसंगमा नेपाली मिडिया पनि सकृय हुनु जरुरी छ भन्दै अगाडि भने- "किन कि मिडिया ससक्त भएको खन्डमा समाज पनि ससक्त हुन्छ। समाज (कम्युनिटी) ले पनि सानो ठुलो सबै मिडियालाई टेवा दिनु जरुरी छ।"
 
 
बिगत तीन बर्षदेखी नेपाल सरकारको लागू पदार्थ दुर्बेसनी बिरुद्ध अभियान (Anit-Drung Movement) सम्बन्धी सदभावना राजदूत (Goodwill Ambassador) को रुपमा काम गर्दै आएका नायक हमाल अहिले रोटरी क्लबको तर्फबाट अपाङ्गहरुलाई समाजले हेर्ने दृष्‍टिकोणमा सकारात्मक धारणा ल्याउन जनचेतना जगाउने अभियानमा लागि परेका छन्।

युएस नेपाल अनालाइनले सोधेको "नयाँ नेपाल तपाईंको बिचारमा कस्तो हुनु पर्छ ?" भन्ने प्रश्नको जवाफ नायक हमालले बडो पेचिलो गरी दिए-

"नयाँ नेपाल खाली नेताहरुको भाषण र बोलीमा सिमित हुन भएन। त्यतीले नयाँ नेपाल निर्माण हुँदैन। नयाँ नेपाल त प्रत्क्ष्य रुपमा आम नेपालीले नयाँपन महसुस गरे भने बल्ल नयाँ नेपाल बनेको ठहर्छ। खाली नेताहरुको भाषण र आश्वासनले जनतालाई हामी नयाँ नेपाल बनाउदैछौ भन्दैमा नयाँ नेपाल बन्दैन। नयाँ नेपालका लागि आम जनजीवनमा नयापन र सुधार आउनु पर्‍यो। ओभर नाइटमा ठुलो फड्को नमारे पनि कम्सेकम एक खुड्का अगाडि बढेको छ भन्ने देखिनु पर्‍यो समाजमा। पहिलेकोभन्दा राम्रो रोजगार हुनु पर्‍यो। पहिलेकोभन्दा आर्थिक अवस्था राम्रो हुनु पर्‍यो। त्यस्तै पहिलेकोभन्दा स्वास्थ्य उपचार, शिक्षा सर्ब सुलभ उपलब्ध हुनु पर्‍यो। यि कुराहरु जबसम्म ग्रासरुटका नेपाली जनताले महसुस गर्दैनन् तबसम्म नयाँ नेपाल हुँदैन। त्यस कारण अहिले म भन्न सक्दिन कि नयाँ नेपाल छ भनेर।"

"त्यसो भए तपाईं जस्तो राम्रो बिचार र दिल भएको रोल मोडेल नायक राजनीतिमा प्रबेश गरेर केही परिवर्तन ल्याउने योजना छ कि?" युएस नेपाल अनलाइनको यो सोधाईको जवाफ दिदै नायक हमालले वार्तालापको बिट यसरी मारे- "एउट ब्यक्ती पोलिटिक्समा लाग्ने बित्तिकै ड्रास्टिक चेन्ज भईहाल्छ भन्न मिल्दैन। म अहिले एक चल्चित्रकर्मी हुँ। मैले अहिले जती चलचित्रमा सेवा गर्न सक्छु त्यती अहिले राजनीतिमा लाग्ने बित्तिकै ठुलो सुधार होला भन्न सकिन्न। मेरो अहिलेको भित्री इच्छा त चलचित्रप्रति सेवा गर्ने नै हो। तर पछि गएर भन्न सकिदैन, भबिश्यमा के हुन्छ हेरौं।"
 
बिहानको दुई बज्न लाग्दा पनि नायक हमालले उत्तिकै उत्साहकासाथ नयाँ नेपाल र नेपालीको एकताकोबारे निक्कै गम्भिर चर्चा गरिरहे। उनको कुरा सुन्दा यस्तो लाग्थ्यो कि नायक हमाल पर्दाका मात्र 'हिरो' होइनन् बल्की नेपाल आमाका एक सच्चा धर्तीपुत्र पनि हुन्। उनको सदिच्क्षा र सत्कर्महरु पुरा होउन्।
 
-Pradeep Thapa Magar in New York.
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on December 17, 2009, 03:01:56 AM
(http://xnepali.com/i/thumbs/ktm1260998178o.jpg) (http://xnepali.com/i/viewer.php?id=ktm1260998178o.jpg)


(http://xnepali.com/i/thumbs/chu1260998197t.jpg) (http://xnepali.com/i/viewer.php?id=chu1260998197t.jpg)
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on December 17, 2009, 02:03:56 PM
(http://xnepali.com/i/thumbs/chu1261037896v.jpg) (http://xnepali.com/i/viewer.php?id=chu1261037896v.jpg)
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on January 26, 2010, 12:39:25 AM
(http://xnepali.com/i1/th/xne1264445636t.jpg) (http://xnepali.com/i1/viewer.php?id=xne1264445636t.jpg)
Title: Rajesh Hamal - Photos and Profile
Post by: kurakani on February 03, 2010, 11:54:40 AM
सबै दलले आफ्नो ट्याक छोडेका छन् : राजेश हमाल

राजेश हमाल विगत १५ वर्षदेखि नेपाली चलचित्र उद्योगमा एकछत्र राज गर्ने नायक हुन् । उनी नेपाली चलचित्र हेर्ने वर्गमा मात्र लोकपि्य छैनन्, नेपाली चलचित्र नहेर्ने वर्गमाझ पनि उनी उत्तिकै लोकपि्रय छन् र यसको एउटैमात्र कारण हो- उनको समाजप्रति हेर्ने दृष्टिकोण र बृहत ज्ञान । उनी बौद्धिक नायकका रुपमा पनि चिनिन्थे र अहिलेचाहिँ समाजसेवामा रुचि राख्ने नायकका रुपमा पनि विस्तारै ख्याति बटुल्दैछन् । उनी अहिले लागुपदार्थ दुव्यर्सनविरुद्धको अभियानदेखि लिएर अपाङ्गता भएकाहरुलाई सहयोग गर्ने अभियानसम्म जोडिएका छन् । उनी अहिले वर्षमा १२ वटा चलचित्र खेलेर फुर्सदको समयमा यस्ता अभियानमा भाग लिइरहेका छन् । अहिलेको राजनीतिक गतिरोध, नेपाली चलचित्र उद्योगको अवस्था र समाजसेवा मोहका विषयमा नेपालीपत्रका लागि अच्युत कोइराला र जनक तिमिल्सिनाले गरेको कुराकानी-

अहिले संविधान बन्ने क्रममा छ, तपाईँको विचारमा अपाङ्गताअनुकूल र सिने क्षेत्रअनुकूलको कस्तो संविधान बन्नुपर्छ भन्ने लाग्छ ?
हेर्नुस्, संविधानसभा हाम्रो ज्यादै पुरानो मागमध्ये एउटा हो । जब नेपालमा २००७ सालमा प्रजातन्त्र आयो, नेपाली काङ्ग्रेसले संविधानसभाको माग गरेको थियो । त्यसपछि बीचबीचमा यी कुरा उठ्दै र सेलाउँदै आए । परिवेश र देशअनुकूलको संविधान बन्नुपर्‍यो भन्ने आवाज rajesh_hamal2_1000उठिरहेको छ । अब अहिले मौका आइरहेको छ आफ्नै अनुकूलको संविधान बनाउने । यतिबेलै विभिन्न समूह र वर्गले आफ्नो अनुकूलको पनि संविधान बन्नुपर्‍यो भनेर आन्दोलन गरिरहेका छन् । उनीहरुको कुरा सही छ किनभने संविधान बनिसकेपछि फेरि अर्को पाँच वा दश वर्षभित्र आन्दोलन गरेर अर्को संविधान बनाउनु नपरोस् । सीमान्तकृत जनताका आवाज पनि समेटिनुपर्‍यो भन्ने आवाज उठिरहेको छ । यो संविधान बन्दा कुनै पनि समूह, जाति वा वर्ग उपेक्षित हुन चाहँदैन । यस्तो संविधान लेखिनुपर्‍यो, जसले गर्दा सयौँ वर्षसम्मका लागि आन्दोलन गर्नु नपरोस् । हामीले कैयौँ यस्ता देश देखेका छौँ, जसको संविधान दुई सय, तीन सय वर्ष पुरानो भइसक्यो । अनि हामीचाहिँ हरेक २५ वा १५ वा १० वर्षपछि संविधानकै लागि झगडा गरिरहेका छौँ । यो दुःखको कुरा हो कि एक्काइसौँ शताब्दीमा आएर हामी संविधान बनाउनकै लागि मात्र पनि आन्दोलन गरिरहेका छौँ । यसबाट थाहा हुन्छ- हामी संसारमा कति पछाडि छौँ । यस्तो अवस्थामा राजनीतिक दलहरुसँग हाम्रो असन्तुष्टि छ । त्यो मेरोमात्र होइन, सारा जनताको असन्तुष्टि हो किनभने बृहत शान्तिसम्झौता, गणतन्त्र घोषणापछि अब महत्वपूर्ण कुरा संविधान बनाउने हो । यतिबेला सानातिना कुराहरुमा अल्मलिएर, झगडा गरेर समय बर्बाद गर्ने अवस्था नै छैन । पहिला त संविधान बनाउँ, त्यसपछि चुनावमा कसले जित्ने, कसले सरकार बनाउने, देशलाई कसरी विकास गराउने भन्ने कुरा त छँदैछ नि ! तर, मूलभूत कानुन बनाउन एकजुट भएर लाग्नुपर्ने हो ।

संविधान बनाउने कुरामा तीन पार्टीको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?
जबसम्म हासिल गरेका मुद्दा संस्थागत हुँदैनन् र संविधान लेखन, शान्तिप्रक्रिया तथा गणतन्त्र घोषणा कार्यान्वयन हुँदैनन्, तबसम्म सहमतिको राजनीति गर्ने भन्ने कुरा थियो । तर, सहमतिको राजनीति तोडियो र बहुमतको राजनीतिको बोलवाला भयो । पाएका उपलब्धिहरु संस्थागत गर्ने भन्ने कुरा गौण र अन्य झिनामसिना कुराहरु प्राथमिक हुँदैगए । त्यसैकारण मेरो नजरमा भन्नुहुन्छ भने के काङ्ग्रेस, के एमाले वा के माओवादी- सबैले आफ्नो ट्रयाक छाडेका छन् । काङ्ग्रेसले माओवादीलाई साथ दिएर संविधान बनाउनुपर्ने थियो तर साथ दिएन । अब अहिले आएर माओवादीले सरकार छाडेपछि पनि अहिलेको सरकारलाई सघाएर संविधान बनाउनेलगायतका कुराहरुमा प्राथमिकता दिनुपर्ने थियो । एकातिर सरकारमा भएका बेला माओवादीलाई सहयोग नगरिएको कुरा र सरकारबाट बाहिरिएपछि माओवादीले अरुलाई सहयोग नगरेको कुरा, यसो हेर्दा उति राम्रो राजनीति भइरहेको छ भन्ने लाग्दैन ।

एमालेको भूमिकाचाहिँ तपाईँले कस्तो देख्नुभएको छ ?
अब एमालेचाहिँ आलुजस्तो देखिन्छ किनभने सबैसँग मिल्ने खुबी छ यसमा । प|mाई गरेर खाए पनि हुने, अरु तरकारीमा मिलाए पनि हुने, आलु नै मात्र बनाएर वा उसिनेर खाए पनि हुने वा अचार बनाए पनि हुने । कहिलेकाहीँ यस्तो पार्टीको भूमिका ऐतिहासिक हुन्छ । उल्झनमा यिनको भूमिका ठूलो हुन्छ । अनि कहिलेकाहीँ यिनले डुबाउँछन् पनि । त्यसैले एमाले अहिलेको समयमा ज्यादै महत्वपूर्ण पार्टी हो । तर, नेताहरुले कसरी मिलाएर लैजानसक्छन्, त्यसमा भर पर्छ । मेरो विचारमा जति सशक्त हुनुपथ्र्यो, त्यसोचाहिँ हुन सकेन ।

माओवादीले एउटा ऐतिहासिक अवसर गुमाएजस्तो लाग्दैन ?
कुनै पनि देशको परिवर्तनका बेला नयाँ अनुहारप्रति ठूलो आशा हुनेगर्छ । माओवादीप्रति सबैको त्यही आशा थियो तर आशाअनुरुप माओवादी नेताहरुलाई काम गर्ने अवसर मिलेन वा सकेनन् पनि । यस्ता कुराले जनतामा निराशा छाएको छ । माओवादी नेतृत्व देशको मसिहा हुने राम्रो अवसरबाट वञ्चित भएको छ । कुनै पनि देशको इतिहास लेख्ने बेलामा यस्तो क्रिटिकल अवस्थामा नेतृत्वले पुर्‍याएको बुद्धिले महान् अवसर सिर्जना हुने हो पछि गएर । महान व्यक्ति बनिने पनि हो । १९४७ मा अङ्ग्रेज धपाउँदा भारतले महात्मा गान्धी र जवाहरलाल नेहरु पायो । दक्षिण अपि|mकाको रङ्गभेदी आन्दोलनले नेलसन मण्डेलाजस्तो राष्ट्रिय नेता पायो । अहिले त्यो अवसर थियो, जसले नेपालमा महान नेताको जन्म गराउनसकोस् । मलाई लाग्छ- नेपालीले त्यो अवसर गुमाइरहेका छन् । हाम्रा नेता पनि सम्पूर्ण नेपालीका नेता हुनुभन्दा पनि पार्टी र कार्यकर्ताका नेता हुनुमा सुख देखेजस्तो लाग्छ ।
अहिलेको समयमा धेरैले सोच्दा हुन्, जनतालाई खाना, नाना र छाना भए पुग्छ । म त्यो मान्दिनँ । यो २१ औँ शताब्दी हो र यतिबेलाको मान्छे अलि फरक छ । उसको गोजीमा उसले थोरबहुत पैसा भएन भने ऊ छट्पटिन्छ । उसलाई खाना, नाना र छानाले मात्र बाँध्न सक्तैन । यो समय अर्थको समय, पैसाले जितेको समय हो । गोजीमा थोरबहुत पैसाले धेरै कुराको स्थायित्वको ग्यारेन्टि दिन्छ । र, त्यो भयो भने हाम्रो चलचित्र उद्योग पनि चल्छ किनभने जनताले खान पाए तर खर्च गर्ने पैसा पाएनन् भने हाम्रो उद्योग कसरी चल्छ ?

२०४६ सालपछिको राजनीतिलाई सङ्क्षिप्तमा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
एक शब्दमा भन्ने हो भने त भयङ्कर असफल छन् नेताहरु । परिवर्तनका बेला जनताले जुन एकता देखाउँछ, त्यो खड्गो पार गरिसक्दा उपलब्धिहरु फेरि चिप्लिन लागेका देखिन्छन् । तापनि नेपाली जनता पटक-पटक एकजुट भएका छन्, बेटर लाइफको सपनामा ।

नेपालको संविधान कस्तो बनिनुपर्छ ?
संसारमा विभिन्न मोडल छन् । अमेरिकी संविधान प्रजातान्त्रिक छ । युरोपेली संविधान समाजवादी देखिन्छ तर हामीले कस्तो संविधान बनाउने भन्ने कुराचाहिँ अरुको नक्कल गरेर हुँदैन । हाम्रो वरिपरि, हाम्रो वास्तविक धरातल, हाम्रो आर्थिक स्तर, शैक्षिक स्तर आदिले हाम्रो संविधानलाई व्यापक असर पार्छन् । त्यसैले, हामीलाई सुहाउँदो संविधान बनाइनुपर्छ भन्ने नै मलाई लाग्छ । जबसम्म गरिक समुदायलाई हकअधिकार र अपच्र्युनिटी दिइँदैन, तबसम्म हाम्रो देशमा स्थिरता हुँदैन । वास्तविकता के हो भने व्यक्तिगतरुपमा हामी धनी हौँला तर बाहिरी संसारका लागि हामी ज्यादै गरिब देशका जनता हौँ । हाम्रो यो इमेज भत्काउन जरोबाट नै समस्या समाधान हुनु आवश्यक छ ।

तपाईँ हालै ठकुरीहरुको भेलामा जानुभएको थियो, ठकुरीको समूह चाहिन्छ ?
हेर्नुस्, पहिला हामी नेपाली हौँ । जातीय वा क्षेत्रीय स्वतन्त्रतामात्र भएर हुँदैन । व्यक्तिगत स्वतन्त्रता पनि उत्तिकै महत्वपूर्ण हो । नेपालीपनलाई सहयोग पुर्‍याउन ती सङ्घसंस्थाको आवश्यक छ नकि नेपालीपनलाई टुक्र्याउन । भूमण्डलीकरणको बेलामा हामीले साना कुरामा अल्भिmरहनु हुँदैन । हामी हाम्रो अधिकार खोजाँै तर समग्रमा देशलाई अघि बढाउने कुरा पनि गरौँ । राज्यको पुनर्संरचना हुनुपर्छ तर देश टुक्र्याउने हिसाबले होइन ।

सङ्घीयतालाई लिएर तपाईँको धारणा के हो त उसोभए ?
सङ्घीयता आफैमा नराम्रो होइन तर कुन आधारमा जाने ? जातीय ? क्षेत्रीय ? प्राकृतिक स्रोत ? अथवा के ? हामीले उपयुक्त मोडल छनोट गर्‍यौँ भने त देश बन्न कत्ति पनि समय लाग्दैन । सङ्घीयतामा एउटा राम्रो कुरा के छ भने- घरका चारजना सदस्यहरु सबैले काम गरे र पाएको फाइदा सबैले बाँडे भने घर बलियो हुन्छ । एउटा प्रान्त बलियो हुनेवित्तिकै मलाई घर नै चाहिँदैन म छुट्टै बस्छु भन्न थाल्यो भने त्यो राम्रो हुँदैन । समग्र विकास हुने किसिमले प्रान्त छुट्याउने र एकअर्काका सहयोगी हुने किसिमको सङ्घीयता हुनुपर्छ । अब, कतिवटा र कसरी प्रान्त छुट्याउने भन्ने कुरामा मेरो धारणा के छ भने- मानौँ तपाईँ एउटा बिहेभोजमा हुनुहुन्छ । १० जनाले त्यो बिहेभोजका १० वटा परिकारमध्ये एकएक वटा उठाएर लगे, अब उनीहरुले त्यो पूरा भोजको मजा लिन सक्छन् ? त्यस्तै, कुनै राष्ट्रलाई पनि विभाजन गर्दा कुनै एउटा भाग तैँले चलाउने र अर्को भाग मैले चलाउने भनेर हुँदैन । त्यो क्षेत्रको समग्र विकासका लागि सबै भाग मिल्नुपर्छ । परिकारको स्वाद लिनका लागि सबैले सबै चिज मिलाएर खायो भने भोजको असली मजा आएजस्तै राष्ट्रलाई पनि भाग लगाउँदा सबै रिसोर्सेजहरु पाउने तरिकाले गर्नुपर्छ भन्ने लाग्छ ।

नेपालको भारतमुखी राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
हरेक राष्ट्रको पृष्ठभूमि आ-आफ्नो हुन्छ । हामी जुनस्तरमा छौँ, भौगोलिक, राजनीतिक, विकास आदिको हिसाबले अर्को २५ वर्षमा सुपरपावर बन्छौँ भनेर सोच्न सक्तैनौँ । दुई राष्ट्रको बीचमा रहेको राष्ट्र हो नेपाल । राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता झेलिरहेको हुनाले अरु राष्ट्रको सहयोग त चाहिन्छ नै । यो हाम्रो वास्तविकता हो । त्यसैले हामी महान हौँ, तराईमा खेत खनेर सुन फलाउँछौँ, हामीजस्तो वीर कोही छैन, सगरमाथाभन्दा ठूलो छाति छ भन्नु त ठीक हो तर त्यसैमा अडिनु मूर्खता हो । हामी चीन र भारतमुखी हुनैपर्छ, यो वास्तविकता हो ।

तपाईँ प्रमुख तीन राजनीतिक दलका नेताहरुलाई सफलताका आधारमा कति प्रतिशत अङ्क दिनुहुन्छ ?
देशलाई गणतन्त्रमा ल्याउन, एउटा पार्टी युद्धमा गएका क्षणमा शान्तिप्रति प्रतिबद्ध तुल्याउन र संविधानसभामा ल्याउन उहाँहरुको उच्च मूल्याङ्कन हुनेछ । तर, फेरि अहिले जुन अन्योल छाएको छ, यी सबैका लागि उहाँहरुको मूल्याङ्कन होइन, अवमूल्यन हुनेछ । के अब हामी फेरि टाउको फुटाउन सडकमा जानु ? अब सन्तुलित जीवन जिउने हाम्रो अधिकार खै त ? हजुरबुवा पुस्ता पनि प्रजातन्त्रका लागि लडे, बुवा पुस्ता पनि पञ्चायतविरुद्ध लडे, छोरा पुस्ता लोकतन्त्रका लागि लडे र अब नाति पुस्ता पनि फेरि सङ्घर्षमा जानुपर्ने स्थिति उनीहरुकै कारण देखिएको छ । उन्नति हामीले कहिले देख्ने ? त्यसैले उहाँहरुले अङ्क गुमाउनुभएको छ ।

सङ्घीयतामा जाँदा नेपाली फिल्म उद्योगको अवस्था के होला त ?
हेर्नुस्, नेपाल सङ्घीयतामा जाँदा नेपाली फिल्मको महत्व अझ बढ्छ । सबैले आफ्नो जाति, धर्म र समुदायमा मात्र ध्यान दिइरहेका बेला नेपालीपनलाई जोगाउने भनेको नेपाली चलचित्र नै हो । नेपाली चलचित्रले नै समग्रमा मेचीदेखि महाकालीसम्म जोड्ने काम गर्छ । भनेपछि, भविष्यमा मैले ठूलो भूमिका देखिरहेको छु । जस्तो, भारतमा हेर्नुस्- हरेक प्रान्तमा आफ्नै भाषाका फिल्म उद्योग छन् तर हिन्दी फिल्मले पूरै भारतलाई कसरी जोडिरहेको छ ! अमेरिकालाई हेर्नुस्- हलिउडले पूरै देशलाई कसरी प्रतिनिधित्व गरिरहेको छ ! त्यस्तै, नेपाली चलचित्रले पनि नेपाल चिनाउने, जोड्ने भूमिका खेल्नुपर्छ र त्यो सकेन भने उद्योग धराशयी हुन्छ ।

तर, अहिले त डिजिटल रिभोल्युसनले गर्दा स्थानीय चलचित्र, स्थानीय बजारको महत्व बढिरहेको छ नि ?

स्थानीय भाषा मौलाउनु राम्रो पक्ष हो तर यसले मूल भाषाको फिल्मलाई जरैदेखि उखेल्नुचाहिँ अर्को कुरा भयो । अब अहिले क्युब र युएफओजस्ता संस्थाले सुरु गरेका डिजिटल प्रोजेक्सनले स्थानीयस्तरमा बनेका फिल्मलाई कुनै सहयोग गरेका छैनन्, न त नेपाली फिल्मलाई नै यसले सहयोग गरेको छ । बरु यसले त नेपाली फिल्मको बजारलाई समेत चोरिसकेको छ । हामीले हिजो सोचेका थियौँ- जुनसुकै भाषाको फिल्मलाई पनि प्रतिस्पर्धा गर्ने र प्रदर्शन गर्ने अवसर दिइनुपर्छ, छनोटको अवसर दिइनुपर्छ । तर, यहाँ त हाम्रो अस्तित्व नै मेटिएलाझैँ भएको छ किनभने जहाँ डिजिटल प्रोजेक्सनका लागि बाटो खोलिएको थियो, साना ठाउँमा समेत हिन्दी फिल्म लाग्न थाले । नेपाली फिल्मले पालो पाउनै छाडिसके । अब हामीले यस्ताका विरुद्धमा सङ्घर्ष गर्ने दिन चाँडै आउँदैछ ।

अहिले नेपाली दर्शकहरु नेपाली चलचित्र छाडेर विदेशी फिल्म हेर्ने अवस्था बढ्दो छ । यस्तो अवस्थामा भोलिका दिनमा नेपाली फिल्म उद्योग धराशयी हुने संभावना नजिकिएको छैन र ?
म यसमा नकारात्मक छैन । हिजोका दिनमा पञ्जाब, युपी वा बिहारका दर्शकका लागि हिन्दी फिल्म बन्थे । हिन्दी फिल्मका हिरो जहिले पनि बेरोजगार हुन्थे, उसकी आमा औषधि खान नपाएर मर्थी... आदि मसला फिल्म बन्थे । तर, अहिले स्थिति फरक छ । त्यहाँ फिल्मको विषय फरक भइरहेको छ । कारण के त भन्दा दर्शकसँग पैसा हुन थाल्यो र उनीहरुले मनपर्ने फिल्मका लागि १० रुपैयाँबाट एकैचोटि २ सय रुपैयाँ खर्च गर्नसक्ने हैसियत बनाए । यसको मूल कारण देशको प्रगति हो । यसैगरी, हाम्रो देशको आर्थिक स्थितिमा सुधार हुँदै आयो भने दर्शकले बढी पैसा खर्च गर्न सक्लान् र फिल्मको बजेट पनि ठूलो होला र फिल्म पन&#
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on February 23, 2010, 11:34:12 PM
(http://xnepali.com/i1/th/laa1266947240x.jpg) (http://xnepali.com/i1/viewer.php?id=laa1266947240x.jpg)


  राष्ट्रपतिसँग एक पोज
मंगलवार, 23 फेब्रुअरी 2010 13:58 नागरिक

सन्तोष रिमाल, काठमाडौं, फागुन ११- कलाकार दीपकराज गिरीसँग फोटो खिचाउन उनका फ्यानहरू निकै झुमिन्छन्। धेरैको भित्ताका शोभा बनेका छन् उनी। तर, यी कलाकारको बैठक कोठामा सजिएको छ, राष्ट्रपति रामवरण यादवको फोटो। हास्यकलाकारको डफ्फामा राष्ट्रपति उभिएको फोटो दीपकको मात्र होइन अरू कलाकारको भित्तामा समेत झुन्डिएको छ।

संविधान निर्माणमा ढिलाइ, जातीय राजनीति र साम्प्रदायिक सद्भाव बिथोलिएको विषयमा कुरा गर्न राष्ट्रपति भवन पुगेका कलाकार त्यो भेटलाई स्मरणीय बनाउन चुकेनन्। 'कांग्रेस नेता रामवरण यादवसँग मेरो यसअघि पनि धेरै भेट भएको थियो। त्यतिबेला उनीसँग फोटो खिचाइहालौं भन्ने लागेन। अहिले त्यो ग्ल्यामर उनको पदले पैदा गरायो,' दीपकले भने,ख 'मलाई त्यो फोटो ऐतिहासिक लाग्छ। गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिसँग बसेर खिचिएकोले। त्यो मेरो कोठाको शोभामात्र बनेको छैन। मेरो शानको विषय समेत हो।'

निवास र कार्यालयमा गरी भेटघाटका मात्र दैनिक तीन/चार कार्यक्रम हुन्छ राष्ट्रपतिको। छुट्टिने बेलामा धेरैको उस्तै खालको धोको हुन्छ, 'राष्ट्रपतिसँग एक पोज!' त्यसपछि सुरु हुन्छ राष्ट्रपतिका फोटोग्राफर किरण पन्थीको 'क्लिक... क्लिक...' क्यामेरा बोकेर आएकाले उनलाई खिचिदिन आग्रह गर्छन्। नल्याएकाले फोटो पाउन अनुरोध गर्छन्।

राजधानीबाहिरबाट विभिन्न भ्रमणको सिलसिलामा आएकाहरू सकेसम्म राष्ट्रपतिसँग फोटो खिचेर जाने गरेको किरणले बताए। 'उनीहरू फोटो खिचाएपछि पनि एक दिन कुर्छन्। र, ठुलो साइजको फोटो प्रिन्ट गर्न लगाएर लैजान्छन्,' फोटोग्राफर पन्थीले बताए, 'राष्ट्रपतिसँगको फोटो पाउन विदेशीहरू पनि निकै प्रयास गर्छन्। हतारमा रहेकाले इमेल गरिदिन आग्रह गर्छन्।'

किरणको क्यामेराले राष्ट्रपतिसँग थुप्रै सेलिब्रिटीलाई कैद गरेको छ। आफ्नो फ्रेममा को-को परे सबै सम्झना त उनलाई पनि छैन। तर, बलिउड अभिनेता गोविन्दादेखि नेपालका सुपरस्टार राजेश हमालसम्म आफ्नो क्यामेरामा उतार्दाको क्षण उनी भुल्न सक्दैनन्। अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायक अमृत गुरुङ, गायिका आनी छोइङ डोल्माआदिसँगको सेसन उनको अर्काइभमा सुरक्षित छ। देशका चर्चित व्यक्तिले राष्ट्रपतिसँग फोटो खिचाएपछि 'ठूलो पारेर दिनुस्' भन्दा किरण 'नाइँ' भन्न सक्दैनन्। 'फोटो खिचाएपछि कतिखेर पाउँ भन्ने हतारो सबैमा हुँदो रहेछ। मेरो धेरै समय त फोटो दिँदैमा बित्छ,' उनले भने।

बिहान आठदेखि साढे नौको समय सर्वसाधारणका लागि छुट्याएका छन् राष्ट्रपतिले। गृह जिल्लाका जनता धेरै हुन्छन्। तर, भेटघाटमा उनीहरूको पलो पछि आउँछ। 'अरू क्षेत्रका जनतासँग पहिला। आफ्नो क्षेत्रकासँगको भेटघाट अन्तिममा,' राष्ट्रपति स्वयंले बनाइदिएको नियम हो यो। फोटो खिच्ने मात्र उदेश्य लिएर आएकाहरूको निम्ति पनि राष्ट्रपतिको ढोका खुला छ। 'फोटो खिच्न आएकालाई खाली मुख फर्काउने गरेको छैन,' किरणले राष्ट्रपति निवासको चलन सुनाए, 'चिया, लड्डु र दही चिउरा ख्वाएर पठाउने गरिन्छ।'

नातेदारमात्र होइन सामान्य चिनजान भएकाहरू पनि राष्ट्रपतिकहाँ विभिन्न निम्तो लिएर पुग्छन्। त्यो निम्तो स्वीकार्ने अवस्थामा हुँदैनन् उनी। तर, निराश पर्दैनन् राष्ट्रपति। 'म त उपस्थित हुन सक्दिन। बिहे सकिएपछि दुलाहादुलही आउनुस्। लड्डु खानुस्। फोटो खिचाउनुस् र जानुस्,' राष्ट्रपतिको यस्तो भनाइ पटकपटक सुनेका छन् किरणले।

राष्ट्रपति फोटोको बारेमा खासै चासो देखाउँदैनन्। 'तर, कहिले काहिं नसोचेको फोटोमा वहाँको ध्यान जान्छ,' किरणले एउटा घटना सुनाए,' धनुषाबाट एउटा समूह भेटघाटका लागि आएका थिए। फोटो खिचेपनि मैले चाहिंदैन होला भनेर व्यवस्थित गरेको थिईन। तर, राष्ट्रपतिबाट तिनै पगरीवालसँगको फोटो ठुलो पारेर झुन्ड्याउनु भन्ने आदेश आयो।' तस्विरहरु : किरण पन्थी
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on February 26, 2010, 10:33:11 PM
राजेशको सपनामा नायिकाको नाङ्गो तस्विर
सुमन गैरे, काठमाण्डौ, २०६६ फाल्गुन १४, शुक्रवार

सेक्सी निर्देशकको उपाधी पाएका निर्देशक उकेश दाहालले नेपाली चलचित्रका महानायक राजेश हमाललाई नायिकाको नाङ्गो फोटो बनाउने ड्रिम ब्वायको रूपमा चलचित्रमा उतार्ने भएका छन् । दाहालकै निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र 'किन किन ?' मा नायक हमालले सपनामा नायिकाको नाङ्गो तस्विर बनाएको देख्ने छन् ।

 

अहिले सम्म बिबाह नगरी बसेका नायक हमाललाई उमेर ढल्किसक्यो बिहे नगर्ने भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, 'तन बुढो भए पनि मन बुढो हुँदैन' । उनले दिने यो उत्तर नै यस चलचित्रको मुख्य कथाबस्तु हुने निर्देशक दाहालले फिल्मीखबर डटकमलाई जानकारी दिए । बाबु छोराको कथामा आधारित भएर निर्माण हुन लागेको यो चलचित्र युवापुस्तालाई मध्य नजर गरेर निर्माण गर्न लागेको निर्देशक दाहालको भनाई छ । नायक हमालले सपनामा नायिकालाई नाङ्गो देखे पनि दर्शकले भने चलचित्रको पर्दामा नायिकालाई नाङ्गो नै देख्ने छन् तर यस्तो दृश्य दिने नायिका भेटिएलान् त ? निर्देशक दाहाल भने यस्ती नायिका भेटिने कुरामा ढुक्क छन् ।

 

यसभन्दा अगाडी सेक्सलाइ मुख्य आधार बनाएर पुरुष बेश्याको कथामा चलचित्र 'पलपलमा' निर्माण गरेका दाहालले यो चलचित्रमा पलपलमाको भन्दा पनि बढि उत्तेजक दृश्यहरू राखिने जानकारी दिए । चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, दिलिप रायमाझी, सुमन सिंहले अभिनय गर्ने पक्का भईसकेको र चलचित्रको लागी नाङ्गो दृश्य दिन सक्ने नायिकाको खोजी भईरहेको निर्देशकले जानकारी गराए । चलचित्रमा महेश खड्काको संगित, राजेन्द्र थापा, बि आर 'मित्र' र महेश खड्काको गीत रहने छ भने गायकमा प्रमोद खरेलको नाम मात्र फाइनल गरिएको निर्देशकले जानकारी दिए ।

 

चलचित्र 'किन किन ?' को आज राजधानिको प्राईम रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ कार्य गरेर चलचित्र निर्माण गर्न लागेको घोषणा गरिएको हो । चलचित्र 'किन किन ?' को जेष्ठको पहिलो साताबाट छायाँकन शुरू गरिने निर्देशक दाहालले बताए । उनैले निर्देशन गरेको पहिलो चलचित्र 'पलपलमा' पनि जेष्ठ महिनाको अन्तिम साता राजधानि भित्रने तयारीमा छ ।
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on March 01, 2010, 07:26:06 AM
(http://xnepali.com/i1/th/aah1267407623a.jpg) (http://xnepali.com/i1/viewer.php?id=aah1267407623a.jpg)


दुइ राजेश मलेसियामा
साप्ताहिक समाचार

कलाकारहरूको एक झुन्ड गत साता मलेसियामा कार्यक्रम प्रस्तुत गरेर फर्किएको छ । अविवाहित नायक राजेश हमाल तथा गायक राजेश पायल राईसहितको यो जम्बो टोलीले मलेसियामा बसेका नेपालीहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गर्‍यो । 'नयाँ वर्ष २०१० को उपलक्ष्यमा जोहोरबारु र क्वालालाम्पुरमा आयोजित तीनवटा स्टेज सोमार्फत हजारौं दर्शकमाझ सांस्कृतिक प्रस्तुति सकेर फर्किएका हौं', गायक राजेशपायल राईले साप्ताहिकलाई भने- 'कार्यक्रम भव्यरूपमा सम्पन्न भयो । तीनवटै सोमा दर्शकको न्यानो माया पायौं ।' स्टेजमा ढलक्क ढल्किूदै उदाएका नायक राजेश हमाल गायक राजेश पायल राइले गाएका गीतमा कम्मर मर्काउँदै नाचेका थिए ।

यो हात साथीहरूका लागि सलाम हो भने दुस्मनहरूका लागि फलाम हो, शंकर हुँ म शंकरजस्ता चर्चित फिल्मी डायलग प्रस्तुत गरेका हमाल स्टेजमा देखिनेबित्तिकै दर्शकको वाहवाही पाइहाल्थे । उनले नृत्य पनि प्रस्तुत गरेका थिए । गायक राइले साप्ताहिकको टिसर्ट पहिरेर प्रत्येक कन्सर्टमा दर्शन नमस्तेलगायत आफ्ना एक दर्जन लोकपि्रय गीत प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ मलेसिया तथा प्रवासी तामाङ एकता समाजको आयोजनामा भएका ती स्टेज कार्यक्रमहरूमा नायिका अरुणिमा लम्सालले ग्लामरस नृत्य प्रस्तुत गरेकी थिइन् । यस्तै हास्यकलाकारद्वय गोपाल नेपाल फिस्टे र अंशु महर्जनले हास्यप्रस्तुति पेस गरेका थिए । कार्यक्रममा चर्चित लोकगायक राजु परियार, गायिका इन्दिरा लामा, योगिता मोक्तान, पार्वती जिसी आदिले आफ्ना लोकपि्रय गीत प्रस्तुत गरेर सांगीतिक मनोरञ्जन प्रदान गरे ।
Title: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on March 19, 2010, 01:25:06 PM
सबैभन्दा सुन्दर आमा र सेक्सी झरना
19/03/2010 04:47:00 दीपक सापकोटा


राजेश हमाल

 

 

अभिनेता

आफैँलाई म कति सुन्दर छु भनेर मूल्यांकन गर्न सहज छैन । त्यही पनि अरू सबैजस्तै म पनि आफ्नो रूपदेखि सन्तुष्ट छु । हरेक मान्छेमा केही न केही सुन्दरता हुन्छ । खासगरी शारीरिक सौन्दर्यभन्दा मान्छेमा अन्तर्निहित सौन्दर्य महत्त्वपूर्ण हो भन्ने कुरा तर्कपूर्ण लाग्छ मलाई ।

एकताका मान्छे फिल्मको हिरो भन्नेबित्तिकै 'चक्लेटी' अनुहार भएको भन्ने सोच्थे । यो मान्यता बिस्तारै बदलिँदै आयो । पर्दामा उदाउने मान्छे साह्रै चिटिक्क, सफा लुगा लगाएको र हेर्दा अरूभन्दा धेरै 'स्मार्ट' हुनुपर्छ भन्ने मान्यता सायद सौन्दर्यप्रतिको धारणामा आएको परिवर्तनका कारण बदलिँदै छ । अहिले फिल्मकारले पनि यही बुझ्न थालेका छन् । फिल्ममा खेल्ने मान्छेको विशेषतामा अरू पनि हुनुपर्छ, अन्तर्निहित विशेषताले मान्छे हिरो बन्ने हो भन्ने कुरा स्थापित हुँदै छ अहिले । चलचित्र हेर्ने विधा भएकाले आवरणीय सौन्दर्यलाई पनि नकार्न सकिँदैन । तर, हिरो बन्ने उसको क्षमताले नै हो ।

मेरो नजरमा नेपालका सबै हिरो/हिरोइन सुन्दर छन् । मान्छे सुन्दर हुन उसको आचरण र बोली-व्यवहार नै ठूलो कुरा हो ।

सौन्दर्यका विषयमा सबैको एउटै धारणा नहुन सक्छ । यो त हेर्ने मान्छेको आँखामा भर पर्ने कुरा हो भन्ने लाग्छ । सानोमा सोच्थेँ, संसारको सबैभन्दा सुन्दर कुरा केटी हो । उमेर परिवर्तनसँगै सौन्दर्यबारेमा मेरो धारणा बदलिँदै आयो । अहिले लाग्न थालेको छ- संसारमा सबैभन्दा सुन्दर कुरा केही छ भने त्यो आमा हो । र, मान्छेको मन पनि ।

सुन्दरताका विषयमा विविधि बिम्व सुनिन्छन्, पढिन्छन् । खासगरी साहित्यकारले आफ्ना रचनामा यो विविधता देखाउँछन् । विम्ब सापेक्ष रूपमा आउँछन् ।

मलाई सोध्ने गरिन्छ, युवती सौन्दर्यका प्रतीक हुन् कि होइनन् ? युवतीलाई सुन्दरताको विम्ब मान्ने कुराप्रति म सहमत छु, किनभने म पुरुष हुँ । कतिपय युवती साँच्चै राम्रा हुन्छन् । हामी युवतीको बाहिरी आवरणका कारण आकषिर्त हुन्छौँ, तर उसमा अन्तर्निहित विशेषता के हो जान्दैनौँ । यदि मनमा आनन्द छ भने मात्रै युवती अरू बढी सुन्दर लाग्छन् । जे भने पनि सुन्दरता मनसँग जोडिने कुरा हो ।

सौन्दर्यप्रति अवधारणामा त यसरी बदलाव आइरहेको छ भने फेसनको त कुरै भएन । यो पनि परिवर्तन सापेक्ष छ । मलाई लाग्छ- सबै मान्छे फेसनको पछि लागिरहेका छन् ।

फेसन पछयाउने मामलामा नेपाली सबैभन्दा अग्रस्थानमा छन् । कपाल रंग्याएर होस् कि जिन्स प्यान्ट प्वाल पारेर आफूलाई फेसनेबल देखाउन हामी सधैँ अग्रसर छौँ ।

तर, फेसन नपछयाउँदैमा घाटा हुन्छ, आफू समयभन्दा पछाडि परिन्छ भन्ने म सोच्दिनँ । तर, फेसनप्रति मेरो समग्र धारणा के हो भने यो परिवर्तन भइरहने कुरा हो । कतिपय अवस्थामा मान्छे आफूले फेसन पछयाएको/नपछयाएको उसैलाई थाहा हुँदैन । थाहै नपाई पछयाइरहेको हुन्छ ।

म जानेर कहिल्यै फेसन पछयाउँदिनँ । फेसन पछयाउने/नपछयाउनेप्रति मेरो आफ्नै परिभाषा छ । सबैको पहिरन छनोटमा आफ्नै धारणा हुन्छ । अरूको तुलनामा म फेसनेबल हुँ जस्तो लाग्दैन ।

बाहिर निस्कँदा औपचारिक वा अनौपचारिक कस्तो कार्यक्रम हो, त्यसको मर्मलाई ध्यानमा राखेर मैले आफ्नो फेसन तय गर्छु । साथीभाइको पार्टी हो भने सामान्य भएर जान्छु । कहिलेकाहीँ त जिन्स प्यान्टमा पनि गएको छु । सामान्य सर्ट, पाइन्ट लगाउन मन लाग्छ । तर, अलि ठूलै स्तरको पार्टी छ भने मान्यजन आउने पार्टी छ भने कोट, पाइन्ट नै लगाउँछु ।

मलाई कहिलेकाहीँ पत्रकारले सोध्छन्, 'राजेशजी तपाईंसँग कति जोर लुगा छन् ? कस्ता-कस्ता छन् ?' यो प्रश्नको ठयाक्कै उत्तर मसँग हुँदैन । लुगा यति जोर छन् भन्ने कसलाई थाहा हुन्छ र । स्वाभाविक रूपमा मलाई पनि थाहा छैन ।

फिल्म अभिनेता भएपछि यसले कुनै राम्रो डिजाइनरले डिजाइन गरेका लुगा मात्र लगाउँछ होला भन्ने सोच्दारहेछन् मान्छे । फेसनप्रति मेरो मोह सकिँदै गएर पनि होला मैले डिजाइन गराएर पहिरनको शैली तय गर्दिनँ । यस्तै लुगा लगाउनुपर्छ भन्ने पनि छैन । बजारमा चलेकोभन्दा अलि भिन्नखाले लुगा लगाउन मन लाग्नु स्वाभाविकै हो । सबैलाई यस्तै लाग्छ ।

फेसन स्टायलबारे अरूजस्तै म पनि कुनै टेलिभिजन कार्यक्रममा देखिएको डिजाइनबाट प्रभावित हुन्छु ।

सानै छँदाका मेरो कतिपय पोसाक मसँग सुरक्षित छन् । कहिलेकाहीँ देखियो भने बाल्यकाल याद आउँछ । पुराना कुरा याद आउँछ । किशोर अवस्थासम्ममा मन परेका केही कोट, प्यान्ट, सर्ट र जुत्ता पनि सुरक्षित राखेको छु ।

फेसन भन्ने कुरा उमेरसँग पनि जोडिँदोरहेछ । उमेर र पहिरनमा मेल खानुपर्छ । नत्र समाजअनुरूप भइँदैन । पश्चिमाहरू उमेरअनुसार भन्दा पनि आफ्नो चाहनाअनुसार लुगा लगाउँछन् । आफूलाई सुहाउनेखालको लुगा छ भने जुनसुकै उमेरमा लगाए पनि फरक पर्दैन जस्तो लाग्छ । यसमा पनि म अरूभन्दा निकै फरक सोच्छु । बाल्यकालदेखि नै फेसनका कुरामा म अलिक विद्रोही छु कि भन्ने लाग्छ । फेसनेबल पहिरन लगाएर हिँड्दिनँ । अरूको देखासिकी गरेर म कहिल्यै लुगा लगाउँदिनँ ।

विश्वमा चलिआएको 'ट्रेन्ड' ले पनि के देखाउँछ भने फिल्मले फेसनलाई 'प्रमोट' गरेको हुन्छ । हामीकहाँ पनि फिल्म हेरेरै मान्छे फेसनप्रति 'कन्सस' हुने गरेका उदाहरण छन् । फिल्ममा हिरोले कपाल रंग्यायो वा उसको कपाल लरक्क लर्केको छ भने त्यो युवा दर्शक पनि कपाल रंग्याउनतिर लाग्छ । जिन्स प्यान्ट प्वाल पार्नतिर लाग्छ ।

खासगरी युवापुस्ता परिर्वतन अँगाल्ने स्वभावका छन् । फेसन पछयाउँदैमा मात्र आफू फेसनेबल बनिँदैन भन्ने हाम्रा तन्नेरीलाई थाहा छैन । अरूले जस्तो लगायो त्यस्तै लगाउन चाहने र अरूकै पहिरन पछयाउने उनीहरूको स्वभाव हुन्छ । तर, फेसन पछयाउनु भनेको परिवर्तनको साक्षी पनि बन्नु हो, परिवर्तन चाहनु हो ।

मेरो विचारमा कलिउडका कलाकारले पनि फेसनमा त्यत्तिकै रुचि देखाउँछन् । फिल्ममा होस् या बाहिर सबैतिर रुचि उजागर भइरहेको हुन्छ । करिश्मा मानन्धर, विपना थापा, रेखा थापा, झरना बज्राचार्यलाई मैले फेसन कन्सस कलाकारका रूपमा पाएको छु । मलाई सबैभन्दा सेक्सी अभिनेत्री झरना बज्राचार्य लाग्छिन् भने सबैभन्दा सुन्दर अभिनेत्री करिश्मा मानन्धर नै हुन् । त्यसैगरी सबैभन्दा फेसनेबल हिरो रमित ढुंगाना हो जस्तो लाग्छ । आर्यन सिग्देल, भुवन केसी पनि फेसनेबल हिरो हुन् ।

हामीले हाम्रै मौलिक फेसन हाकुपटासी, दौरा-सुरुवाल र फरिया-चोलीलाई प्रमोट गर्न खासै ध्यान दिएका छैनौँ । ती फेसन हाम्रा आफ्नै सम्पत्ति हुन् । ती मौलिक फेसनलाई नै प्रमोट गर्नु आवश्यक छ । यी शैलीलाई जोगाउन सक्नुपर्छ हामीले ।

सौन्दर्य प्रतियोगितामा कतै आहा भन्नेखालका राम्रा फेसन शैली पनि देखेको छु मैले । यस्ता प्रतियोगितामा कतै मौलिक फेसन देखिन्छन् भने कतै विकृतिमय पश्चिमाको भव्य प्रभाव देख्न पाइन्छ ।

मान्छे सुन्दर हुन फेसनको पछि लाग्नुपर्दैन । तर, फेसनले कतिपय अवस्थामा मान्छेको व्यक्तित्वलाई उजागर गर्न मद्दत गर्छ । फेसन नै सुन्दरता होइन । सुन्दर मान्छेलाई ओभर फेसनले भद्दा पनि बनाइदिन्छ । त्यसैले फेसन र सुन्दरताबीच भित्री सम्बन्ध छ ।

फेसनलाई आधार बनाएर 'दस जोड दुई' पुस्तालाई आलोचना गरेको पनि सुनिन्छ हामीकहाँ । उत्ताउलो फेसनको पुस्ता भनेर हाम्रा किशोर-किशोरीलाई दोष दिनुको कुनै अर्थ छैन । यो पुस्ताले त फेसनलाई पछयाएको मात्रै हो । यिनीहरू आफैँले फेसन 'क्रियसन' गरिरहेका होइनन् । टेलिभिजनमा देखिएको उत्ताउलो पहिरन लगाएर सहर चहार्छन् भने त्यो विकृति हो । युवाले नै फेसनमा विकृति भित्र्याए वा योगदान दिए भन्ने मलाई लाग्दैन ।
(http://xnepali.com/i1/th/ktm1268984389j.jpg) (http://xnepali.com/i1/viewer.php?id=ktm1268984389j.jpg)

(http://xnepali.com/i1/th/pkr1268984372k.jpg) (http://xnepali.com/i1/viewer.php?id=pkr1268984372k.jpg)
Title: Re: Rajesh Hamal - अन्तरबार्ता
Post by: tundikhel on June 03, 2012, 05:27:04 AM
(http://xnepali.net/i1/th/ooh1338680436c.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1338680436c.jpg)
Title: Re: Rajesh Hamal - अन्तरबार्ता
Post by: tundikhel on June 05, 2012, 11:59:19 AM
महानायक फुर्सदिलो भएपछी सकियो रङ
फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २२, सोमवार

महानायक राजेश हमालको बेफुर्सदिका कारण एक गितको सुटिङ गर्न महिनौ कुरेका निर्देशक रोशन हमालले आईतबार बल्ल आफ्नो फिल्मको पूर्ण छायाकंन सकेका छन् । कहिले लण्डन त कहिले एकै दिनमा तीन बढी सिफ्टमा काम गर्दा हमालको बेफुर्सदले रोशनले रङमा महानायकको केमियो सिनलाई खिच्न पाएका थिएनन् तर आईतबार भने आफ्ना गड फादरले पूर्ण समय दिएपछी रोशनले अड्किएको रंङको एक गितलाई खिचे । गितमा सुमन सिंह र दीपशिखा शाहीको ग्रुप डान्स देख्न सकिन्छ भने सो समारोहमा दीपशिखालाई अवार्ड दिन करिश्मा र हमाल अतिथि भएर देखा परेका हुन्छन् ।


तपाईले फिल्म निर्देशन गर्ने कुरा आईराख्या छ तर रोशन जि जो तपाईसंगै विगत डेढ दशक देखि संगै हुनुहुन्छ उहाँ नै निर्देशक भएर आउनु भयो कस्तो लागिराछ ? भन्ने प्रश्नमा महानायकले भने, 'पक्कै पनि मैले फिल्म निर्देशन गर्ने कुरा गरेको हुँ तर रोशनलाई नै हेरौं न उसले एउटा फिल्म बनाउन लागेको महिनौं भईसक्यो त्यसैले जव म अलि बढी फुर्सदमा रहन्छु त्यतिबेला मात्र फिल्म निर्देशनमा आउछु ।'

यस्तै महानायकले मामा दिपक रायमाझीको अन्तिम फिल्म डेष्टीनेशन काठमाण्डूलाई प्रोडक्सन पक्षले जति सक्दो छिटो निर्देशनका लागि  आग्रह गर्छ आफू फिल्म निर्देशनका लागि तयार रहेको बताए । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पैसाका बिषयमा प्रोड्यूसरहरुको आपसी झगडाले डेष्टीनेशन काठमाण्डू तयार हुने सम्भावना न्यून छ । यस्तै डेष्टीनेशन काठमाण्डूकी अष्ट्रेलियन हिरोईन सारा मावेले आफूलाई दिएको ८ हजार डलर पारिश्रमिक थोर भएकाले पनि यो फिल्म खेल्न नचाईरहेको बुझिएको छ ।

 

आईतबार खिचिएको रंङ गित बाहेक अन्य सवै सिन को सम्पादन सहित अन्य प्रोष्टप्रोडक्सनको काम सकिसकेका रोशनले केही दिन भित्र फिल्मको रिलिजको डेट घोषणा गर्ने बताएका छन् । उता कोरियोग्राफर दिनेश अधिकारीले अत्यन्त मिहिनेतले यो फिल्म तयार गरिएकाले कुनै किसिमको छाप इन्डष्ट्रिमा छाड्ने बताएका छन् । केमियो रोल भए पनि रोशनको काम गराईले आफूलाई प्रभावित बनाएको करिश्माले भन्न बिर्सिनन् ।

 

हिरो सुमन सिंह जसको यो बर्ष ८ वटा फिल्म रिलिज लिष्टमा छन् त्यस मध्येको एक उत्कृष्ट फिल्म रङ रहेको उनले बताए । उनले भने, 'पक्कै पनि यो फिल्मबाट राम्रै नतिजा आउछ ।'  यसैगरी मुकेश आचार्य पनि सो फिल्मका एक प्रमुख कलाकार हुने उनले पनि   रोशनको फिल्म निर्देशन गर्ने शैलीले आफूलाई प्रभावित बनाएको बताए । उता फष्टलभ जस्तो फिल्म खिचेका हरि हुमागाई पनि यो फिल्मबाट एक किसिमको प्रशंशा पाउनेमा ढुक्क छन् ।
Title: Re: Rajesh Hamal - अन्तरबार्ता
Post by: tundikhel on September 08, 2012, 02:34:11 AM
नायक राजेश हमालले विराटनगरलाई ससुराली बनाउन लागेको बताएका छन्। यो साता विराटनगर पुगेका हमालले पत्रकारहरुसँग कुरा गर्दै आउँदो वैशाखमा बिहे गर्ने बताए। उम्मेदवार खडा भइसकेकाले बिहे गरिहाल्न लागेको उनको कथन थियो।
*
प्रेमिकाको नाम बताउन भने उनले इन्कार गरे। मैले बिहे गर्न लागेको केटी फिल्म क्षेत्रका भने होइनन्, उनले भने।वैशाखमा बिहे गर्ने सोच भए पनि प्रेमिकाले धोका दिने हो कि भन्ने चिन्ता चाहिँ उनमा रहेछ। त्यसैले उनले भने, बिहे हुने वा नहुने भन्ने विषय प्रेमिकामा पनि भर पर्छ। प्रेमिकाले धोका नदिए मात्र बिहे हुन्छ।
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: anand on March 12, 2015, 04:19:47 AM
Rajesh Hamal says Rajesh Dai jokes

Enjoy

https://www.youtube.com/watch?v=W40pnGOeFgo
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: xsajha on March 13, 2015, 01:11:31 AM
राजेश हमाल बुढी लिएर अमेरिका जाने रे
http://xnepali.net/movies/rajesh-hamal-to-participate-in-nrn-program-in-usa-wife-madhu-bhattarai-accompany/

(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/rajesh-hamal-and-madhu-bhattarai-selfie.jpg)

केही महिना अघि विविध कारणले राजेश हमालका साथ अमेरिका भ्रमण गर्न नपाएकी मधु भट्टराईको चाहना बल्ल पूरा हुने भएको छ ।

प्राप्त जानकारी अनुसार आउँदो सोमबार   उनी पति राजेश हमालका साथ अमेरिका उड्दैछिन् । गत जेठमा सम्पन्न भएको विवाह पश्चात यो जोडी हनिमुनका लागि अमेरिका उड्ने तयारीमा रहेको थियो तर मधुको भिषा आवेदनका लागि समय ढिला हुँदा हमाल त्यतिबेला एक्लै अमेरिका उडेका थिए ।

यस्तै दोश्रो पटक तिहारको छेकोमा पनि उनीहरु महिना दिनका लागि अमेरिका घुम्ने तयारीमा थिए तर राजेशले खेलिरहेको साउथ ईन्डियन फिल्म बागमतीको सुटिङ समयमा  नसकिदा दोश्रो पटक पनि मधुको चाहना अधुरै बनेको थियो ।

अमेरिकामा रहेका राजेश हमालका फष्ट कजन (सानिमाका छोरा – भाई ) सुबु केसीले दिएको जानकारी अनुसार यो जोडीको पहिलो अमेरिका भ्रमण मात्र ९ दिनको हुनेछ ।

सुबुका अनुसार एन.आर.एन अमेरिकाको निमन्त्रणामा उनीहरु आउँन लागेका हुन ।  एन.आर.एन अमेरिकाको कार्यक्रम २० देखि २२ मार्च सम्म वासिङटन डिसीमा हुनेछ जहाँ राजेश  मधुका साथ उपस्थित हुने छन् ।

छोटो समयको अमेरिका बसाईमा मधुका परिवारका सदस्य र राजेशका परिवारका सदस्यहरुबीच पनि औपचारिक भेटघाट हुने कार्यक्रम रहेको  बताईएको छ ।
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: anand on March 17, 2015, 01:16:53 AM
 राजेश हमाल हुन्नथे भने...

(a 2007 article)

राजेशले देखाइदिए- कलाकार खेलौना होइन । यसरी उनले कलाकारलाई इज्जत दिलाए । निर्देशकको तख्ताबाट नायकले सत्ता हत्याउन गरेको यो पहिलो कदम थियो ।


साठी वर्षउमेर पुगेका हलिउड अभिनेता मार्लोन ब्रान्डो सफलताको चुलीमा पुगेका बेला उनका निर्देशक इलिया कजानले भनेका थिए- प्रशस्त प्रतिभा भएर पनि ब्रान्डोका लागि यो पहिलो फिल्म लेखि“दैछ । डेढसयभन्दा बढी फिल्म खेलिसकेका र एकथरीले नेपाली चलचित्र उद्योगका सुपरस्टार भन्ने गरेका भए पनि कलात्मक मूल्य र गुणस्तरका दृष्टिले राजेश हमालका लागि पनि अझै पहिलो फिल्म बन्नै बा“की छ । 'राजेश हमाल नभएका भए' भन्ने प्रश्नको एउटा जवाफ यही प्रसंगमा पनि खोज्न सकिन्छ ।

सिनेमाको कलात्मकता र अभिनयका हिसाबले हेदा नायक दुइ किसिमका हुन्छन् । एउटा धेरै सोच्ने र कम काम गर्ने, अर्को कम सोच्ने र धेरै काम गर्ने । पहिलो वर्गमा अमीर खान जस्ता नायक पर्छन् जो बरु पा“च वर्षा एउटा सिनेमा खेल्छन् तर सतप्रतिशत राम्रो फिल्म खेल्छन् । राजेश दोस्रो वर्गमा पर्छन् । जे आउछ काम गर्दै जाने, सबै फिल्म खेल्ने, हिट र फ्लप नगन्ने । तर, उनको विशेषता के भने फ्लप फिल्महरूले पनि उनलाई हल्लाएनन् । उनको सट्टामा अरू कुनै नेपाली हिरोले यतिखेरै फ्लप फिल्म थेग्न सक्दैनथ्यो । यस मामिलामा उनको तुलना अमिताभ बच्चनसग गर्न सकिन्छ । अमिताभ लगातार ९ वर्षफ्लप भए तर 'सुपरस्टार' संज्ञाले सम्बोधित भए ।

राजेशसग व्यक्तिगत रूपमा मेरो परिचय चलचित्रमा आउनुअघिको हो । २०४१ सालतिर भारतीय म्यागेजिन 'सन'का लागि उनले गरेको मोडलिङको फोटो छापिएको थियो, । त्यो देख्दै मलाई लागेको थियो, यस किसिमको नायक नेपालमा चल्न सक्छ । पछि होटल ब्लुस्टारमा उनको पहिलो फिल्म 'भाग्यरेखा'को मूहुतमा नायिका कृष्टिसग उनलाई देखेपछि मलाई लागेको थियो- कृष्टि नया नायकका लागि बलि चढ्दैछिन् । हुन पनि उनी त्यतिखेरकी चर्चित नायिका थिइन्, राजेश एकदम नवआगन्तुक । पछि फिल्ममा दुघटनाहरू भए, नायक र नायिका दुवै निकालिए । त्यतिखेर मलाई लाग्यो, यो नायकका लागि अलग्गै फिल्म लेखिन बाकी छ ।

राजेश हमाल नेपाली चलचित्र उद्योगको एकदमै संकटकालमा आएका नायक हुन् । ०४६ को जनआन्दोलनपछि नायक अर्जुनजंग शाहीलाई जनताले बहिष्कार गरेका थिए । अरू दुइ नायक शिव श्रेष्ठ र भुवन केसी पनि संयुक्त लगानीका नाममा पाकिस्तान पलायन भइरहेका थिए । नेपाली चलचित्र उद्योगको इतिहासमा शून्य सालको दशक भनिने २०५० को दशकमा थुप्रै नया“ निर्देशकका लागि परिवर्तित राजेश हमालको जरुरत थियो । यसअघिका उनका सिनेमा 'युगदेखि युगसम्म' र 'देउकी'मा उनी रोमान्टिक छविका थिए । त्यसपछि चलचित्र उद्योगलाई परिवर्तित नायकको जरुरत थियो जसले एउटा का“धमा बन्दुक र अर्को का“धमा नायिका बोक्दा पनि दुवै परिस्थितिमा सुहाओस् । बजारको गणित बुझेर राजेशले यो मागको क्षतिपूर्ति गरे ।

तर, राजेश भिन्न र विशिष्ट थिएनन्, बरु आफ्ना अग्रज अर्जुनजंग शाही र शिव श्रेष्ठकै क्रमविशेषका नायक थिए । पछि उनको ख्यातिले नेपाली निर्देशक र निर्माताको प्रायः पंक्तिलाई यति धेरै आत्मविश्वास दियो कि तिनीहरू उनको नाममा पैसा खन्याउन र जुवा खेल्न तयार भए । तर, यो राजेशका लागि हानिकारक भयो । उनले प्रतिभा विस्तार गर्न पाएनन्, बरु संकुचित सीमामा कैद भए ।

राजेशले आफ्नो बौद्धिक परखका आधारमा चलचित्र छान्न पाएनन्, न उनले आफूले छानेका कैयौं चलचत्रिमा पुनरावृत्त भइरहेको महसुस गर्न सके । पचासको दशकको सुरुमा बोलेको, 'साथीका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो' जस्ता संवाद साठीको दशकको मध्यसम्म पनि उनी दोहोर्‍याइरहेका छन् ।

राजेशले एकदमै अल्प किसिमले मात्र स्टारडमलाई स्थापित गरे । बरु पहिलेका नायकहरू अर्जुन, भुवन, शिव यस मामिलामा अगाडि थिए । उनीहरूका लागि चलचित्र लेखिएका थिए । जस्तोः 'सन्तान' अर्जुनजंगका लागि, 'साइनो' भुवनका लागि, 'चिनो' र 'जीवनरेखा' शिव श्रेष्ठका लागि । नेपाली चलचित्रमा दुइ किसिमका नायकका रोल लेखिए- टेलरमेड र नन-स्त्रिmप्ट । राजेश हमलाका लागि टेलरमेड भूमिका नै बढी आए जसमा नायक होइन निर्देशक हावी हुन्थ्यो । सम्भवतः उनको अभिनय र प्रतिभालाई भन्दा पनि उनको पारिवारिक पृष्ठभूमि र शैक्षिक योग्यतालाई आकर्षाको विषय बनाएर उनको बजार बलियो बनाउने प्रयास भयो ।

राजेश वास्तवमा सुपरस्टार होइनन् । अहिले उनलाई अस्वाभाविक रूपमा त्यो पगरी गुताउने प्रयास भएको छ । सुपरस्टारका केही मापदण्ड हुन्छन् । बलिउडमै पनि निरन्तर दस वर्षहिट फिल्म दिएको नायकलाई समेत सुपरस्टारको पदवी दिएको पाइ“दैन । हामीकहा“ निर्माता-निर्देशक राजेशलाई पारिश्रमिक र परितोषक कम, इज्जतको बिल्ला बढी भिडाउने ढोंग गरिरहेका छन् । यसरी तिनले एउटा प्रतिभाको सूर्योदयलाई सर्ूयास्तमा बदलिदिने सम्भावना बढिरहेको छ ।

चलचित्र उद्योगको जुन बहाव छ त्यसका लागि राजेश 'नहुनु' को 'हुनु' मात्रै हुन् । एउटा नायकले आफ्नो शक्तिशाली युगमा तीनवटा कुरालाई स्थापित गरेको पाइन्छ । पहिलो, छवि । उदाहरणका लागि बलिउडमा १९७० को दशकमा अमिताभ बच्चनले क्रूद्ध युवा नायकको छविलाई स्थापित गरे । बलिउडमै १९५० को दशकमा 'थ्री बिग' देवानन्द, दिलीपकुमार र राजकपुरले आफ्नो व्यक्तित्वका आधारमा एकातिर गायकलाई स्थापित गरे भने अर्कातिर सिनेमाको लेखनी र संगीतको धरातललाई । राजकपुर भन्ने बित्तिकै मुकेश, देवानन्द भन्ने बित्तिकै मोहम्मद रफी, दिलीपकुमार भन्ने बित्तिकै महेन्द्र कपुर दिमागमा आउ“छन् । तर, राजेश हमालले त्यस किसिमको शौभाग्यशाली दिन बिताउन पाएनन् । या त निर्देशकले उनलाई बुझेनन् या दर्शकलाई उनले बुझेनन् । निरन्तर १५ वर्षनेपाली चलचित्र उद्योगलाई हा“क्ने नायक भए पनि र डेढसयको हाराहारीमा सिनेमा खेलिसकेर पनि आफ्ना पा“च उत्कृष्ट चलचित्र छान्नसम्म अर्समर्थ देखिन्छन् ।

तर, यसको अर्थ नेपाली सिनेमामा राजेशको उपस्थिति प्रभावहीन रह्यो भन्ने होइन । राजेश हमाल नभइदिएको भए नया“ निर्देशक आउन धेरै गाह्रो पथ्र्यो । उनले सहज रूपमा नया“ निर्देशकलाई मौका दिए । उनले सबैखाले पटकथा स्वीकार गरेर परोक्षरूपमा नया“ लेखकलाई पनि मौका दिए । उनमा एउटा स्वतन्त्र छवि के देखियो भने चलचित्र उद्योगको हाराकिरीलाई उनले तोडिदिए । नत्र त्यसअघि सिनियर-जुनियर कलाकारको भेदभाव थियो, व्यावसायिकता कम थियो । तर, राजेश हमालले त्यसो गरेनन् । उनको व्यावसायिक प्रतिबद्धता १ नम्बरमै पर्दथ्यो । आफूले करार गरिसकेको काममा उनी पूण अनुबन्धित भए ।

राजेश वास्तवमा अभिनयका अत्यन्त साधारण विद्यार्थी र अझ साधारण पारखी मात्रै हुन् । उनी प्राज्ञिकस्तरमा अभिनयका सबै पक्षबारे जानेको तर व्यावहारिक र अभ्यासका क्रममा त्यति खरो नदेखिने अभिनेता हुन् । उनको अभिनयकालको सुरुमा ठूलो प्रतिस्पर्धा थियो । त्यतिखेर नेपाली रंगमञ्चका कर्ीर्तिस्तम्भहरू हरिहर शर्मा, नीर शाहजस्ता कलाकारहरू अग्रपंक्तिमा थिए । राजेश चलचित्रमा सफल हु“दै गएपछि ती पछि परे र राजेश नै राजेशका प्रतिस्पर्धी भए । फेरि उनका प्रतिस्पर्धी कलाकार पनि वास्तविक रूपमा कलाकार थिएनन् । त्यो उनका लागि दुभाग्यपूण्ा शौभाग्य भयो । यसरी दुलभ क्षमताबिना नै 'सुपरस्टार' हुने समय उनी आफैंले बनाए । राम्रा सिनेमाहरू पनि उनको व्यावसायिक शरणमा परे र तिनले आत्महत्या गरे ।

राजेश हमालले आफ्नो भिन्न स्थान पक्कै बनाए । किनकि उनका अग्रपंक्तिका नायकहरू टिप्पणीका विषय बनेनन् । राजेश सा“च्चै नभएको भए दुइवटा कुराको विकराल समस्या हुन्थ्यो, पहिलो- निजी चलचित्र उद्योग सरकार र्समर्थक हुन्थ्यो, सरकारी सुविधामै चल्थ्यो, व्यवस्थाको प्रचारप्रसार गथ्र्यो । हामीकहा“ फरक फरक '२५ वसन्त' मात्रै बनिराख्थे । दोस्रो- अभिनय पेसा नै सीमित व्यक्तिको बपौती बन्थ्यो र त्यसलाई युवाको आकर्षाका माध्यम बन्न दिइन्नथ्यो । हिरो हुन धेरै वर्षनायक खेल्नर्ुपर्छ भन्ने हुन्थ्यो । भोटो फटाउने परम्पराले जरो गाड्थ्यो । राजेश हमालभन्दा अघिका अधिकांश अभिनेता रंगमञ्चबाट आएका थिए । नेपाली चलचित्रमा सरकारी हस्तक्षेप कम गराउनमा राजेश हमालको भूमिका छ । उनी अघिका अर्जुनजंग शाहीसम्म पनि सरकारले पञ्चायती व्यवस्थाका लागि शान्तिदीप र २५ वर्षबनाइरहेको थियो ।

राजेशले नेपाली चलचित्र उद्योगको संस्कारमा एउटा सीमासम्म हस्तक्षेप गरे । उनी आउनुअघिसम्म सिनेमामा सामन्ती संस्कार थियो । यद्यपि, उनी पनि सामन्ती परिवारबाट आएका थिए तर उनी व्यक्ति फरक थिए । 'अधिकार' नामको फिल्ममा उनले प्रकाश थापा नामको निर्देशकको मनमानीलाई अंगभंग गरिदिए । त्यतिखेर प्रकाश थापालाई 'ठाकुर,' र नेपाली चलचित्रका शिखर पुरुष मानिन्थ्यो । उनी निर्देशक नै सर्वोपरि हो, कलाकार केही पनि होइन भन्थे । तर, राजेशले देखाइदिए- कलाकार खेलौना होइन । यसरी उनले कलाकारलाई इज्जत दिलाए । निर्देशकको तख्ताबाट नायकले सत्ता हत्याउन गरेको यो पहिलो कदम थियो । यही द्वन्द्वबाट उनी 'रिल' मात्र होइन 'रियल' नायकका रूपमा पनि चिनिएका हुन् ।

राजेश नभएका भए पनि नेपाली निर्देशकहरूले 'टिपिकल' -अर्को शब्दमा ३२ लक्षणयुक्त) नायकको खोजी गरिरहेका त थिए तर त्यसरी खोजिएका नायक सायद दुइ-तीन वर्षन्दा बढी टिक्दैनथेे । किनकि तिनीहरू राजेशजस्ता नायक हुन्नथे, निर्देशकद्वारा बनाइएका कृत्रिम नायक हुन्थे । राजेशले आफ्नो संर्घषकै क्रममा बाहिरी जीवनमा पनि आफूलाई अन्य किसिमका नाटकीय छविबाट स्थापित गर्दै लगे । जस्तो ः परम्परालाई उनले व्रि्रोहीस्वरूप दिए । खातेबालकलाई खाना बा“डेर र बाबु मर्दा कपाल नकाटेर मात्र होइन नांगो फोटो छापिएको दबाब सहेरसमेत उनले आफूलाई भिन्न स्थापित गरे ।

सुरुमा मिडिया राजेशप्रति अति अनुदार थियो । संर्घष्ाका दिनमा उनलाई मिडियाले बहिष्कार गर्‍यो । उनका बारेमा प्रायः नकारात्मक टिप्पणी छापिए, नांगो फोटो त पराकाष्ठा नै थियो । 'भाग्यरेखा'मा अभिनय गर्दा उनले 'रिफ्लेक्टर' हेन सकेनन् भनेर छापियो । उनलाई 'डेढो', नायिकाहरूस“ग नबोल्ने र उग्र अहम् भएको नायक सावित गर्ने प्रयास भयो । तर यस मामिलामा पनि उनलाई अमिताभ बच्चनसग तुलना गर्न सकिन्छ । अमिताभलाई पनि मिडियाले दाया“ कुम बांगो र तीनवटा टाङ भएको सम्म भनेको थियो । राजेशले पनि यो खालको अपमान झेले ।

राजेश कहिल्यै अफेयरमा परेनन् । उनी 'सुसंस्कृत' नायकमध्ये एक हुन् । तर, उनको सफलता एक किसिमले संयोग पनि थियो । पढेकै आधारमा सफल हुने भए विजय लामा र प्रकाश अधिकारी पनि सुपरस्टार हुनुपर्ने हो । राजेश आफैंले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए- जुन बेला मैले अभिनय गर्न थालेको थिए“, मलाई थाहा छैन, म चले“ कि मेरा फिल्महरू चले । संयोगवश मैले फिल्म खेल्न थालेदेखि राजनीतिक परिवर्तन पनि हुन थाल्यो, फिल्महरू पनि धेरै बन्न थाले र मैले काम पनि पाए“ ।'

तर, यति मान्नैपर्छ, राजेशविनाको नेपाली चलचित्र उद्योग यहा“सम्म आउनै सक्दैनथ्यो । उनी भएको कारणले मात्रै विश्वमा नभएको इतिहास यहा“ बनेको छ । त्यो के भने यहा“ नायकभन्दा पा“च गुना बढी निर्देशक जन्मेका छन् जुन नायकका लागि पनि एउटा खतरा हो ।

राजेश नभएको भए नेपाली सिनेमामा व्यावसायिकताको युग नै सुरु हुन्नथ्यो । उनले यहा“ एउटा मोड ल्याए, चाहे त्यो उनको सिनेमाको उपस्थितिमा होस्, चाहे गैरफिल्मी व्यवहारले । दोस्रो ः समय र समकालिकतालाई उनले ठूलो महत्त्व दिए । तेस्रो ः उनले सबैभन्दा ठूलो कुरा काम गरिरहनु नै हो भन्ने देखाए ।

सुपरस्टारले चुनौतीपूण भूमिका गर्न पाउन्न, ऊ बजारशास्त्र र फिल्म पण्डितको जालोमा परिसक्छ । उनले कपाल खौरिनुमात्र पनि आत्मदाह हुन सक्छ । राजेशको सबैभन्दा नकारात्मक पक्ष १० वर्षा पनि उनले आफूलाई परिवर्तन गर्न सकेनन् । त्यति शिक्षित भएर पनि नेपाली सिनेमालाई अन्तर्रर्ााट्रयकरण गर्ने विषयमा उनको भूमिका न्यून र गौण रह्यो । आजको परिस्थितिमा उनी अन्तर्रर्ााट्रय स्तरका निर्देशकहरूस“ग काम गरिरहेको हुनुपथ्र्यो । तर, उनी पोलिटिकल्ली 'नकरेक्ट' भएर केही प्राविधिक ज्ञान नभएका निर्देशकहरूको मुठ्ठीमा सीमित भए । राम्रो प्राविधिक ज्ञान भएका निर्देशकहरूले उनलाई दोहर्‍याएको देखिएन, जस्तोः किशोर राना, उज्ज्वल घिमिरे उगेन छोपेल, श्याम प्रधान ।

उमेरका हिसाबले उनी पा“च दशकको हाराहारीमा पुगे । उनले अब विशिष्ट र शिष्ट फिल्म खेल्नुपर्छ । अब उनलाई ख्यातिको जरुरत छैन । त्यसैले ४ हप्तामा सकिनेभन्दा बरु डेढ दुइ वर्षै तयार हुने राम्रा सिनेमातिर लाग्नुपर्छ । अभिनयका गुरुहरू अनुप बराल र सुनील पोखरेलस“ग रिफ्लेसमेन्ट कोर्स गर्नुपर्छ, जस्तो भारतमा कमल हसनहरू गर्छन् । सा“च्चै अभिनेता बन्न उनी स्वयं पनि प्रवीणता प्राप्त गर्न परीक्षामा उत्रनुपर्छ । यो हरेक कलाकारको जीवनमा आउने सफलताको धुरीमा या त चढ्नुपर्ने या ओर्लिनुपर्ने वाञ्छित क्रमको सुरुवात यसरी नै हुन्छ ।



*** December 2007***
त्यसै लोकप्रिय

०४६ को राजनीतिक परिवर्तनलगत्तै साना बजारमा कति वटा 'मिनीहल' खुले, सरकारसग त्यसको सही तथ्यांक छैन । बिजुली नगएका ठाउ“मा पनि जेनेरेटर र ब्याट्रीले चल्ने, बा“सका कप्टेराले घेरिएका यस्ता हल निकै खुले । फिल्म हर्ेन दौडेर ठूलै सहर पुग्नुपर्ने बाध्यताबाट यी हलले ग्रामीण युवालाई जोगाइरहे । तर, देशमा माओवादी जनयुद्ध सुरु भएपछि यी हल चल्नै नपाई बन्द भए ।

यी यस्ता हल थिए, जसमा पुरानै भए पनि नेपाली फिल्म चल्थे । हिन्दी नै चलाउनुपर्‍यो भने सकेसम्म मिथुनका फिल्म चलाइन्थे । समग्रमा भन्दा कि राजेश हमाल कि मिथुन चक्रवर्ती, अन्य हिरोप्रति दर्शकमा खासै चासो हुन्थेन । ०४६ मा फिल्म 'करिअर' सुरु गरेका राजेश हमाल केही वर्षै नेपाली फिल्मको 'एकल नायक' बनिसकेका थिए । उनीअघिका शिव श्रेष्ठ र भुवन केसीभन्दा राजेशका बीचमा खास फरक के थियो भने शिव र भुवनका फिल्म हिट हुन्थे । तर, राजेश आप+mै हिट हुन्थे, फिल्म चाहे पmलप किन नहोस् ।

अग्लो शरीर, लामो कपाल, कालो वर्ण्र्ाा वजनदार आवाजका बलमा राजेश हमालले नेपाली सिनेमामा अनेकौं करामत देखाए । धेरैजसो फिल्ममा गरिब किसान र व्रि्रोहीको भूमिका गर्ने राजेशले मौका मिल्दा कपाल पालेरै पुलिस इन्सपेक्टरको भूमिका पनि गरे । राजेशको कपालको लोकप्रियता यस्तो थियो कि कोही निर्देशक उनलाई प्रहरीको भूमिकाका लागि पनि राजेशलाई कपाल काट्ने आग्रह गर्न सक्दैनथे । तर, राजेशको यो करिश्मालाई व्यक्तित्व र सफलताले नेपाली सिनेमाको विकासमा खासै योगदान गर्न सकेन ।

राजेश आफू हिट थिए, यसैले फिल्म फ्लप भए पनि उनलाई फरक पर्दैनथ्यो । यसैले उनले राम्रा फिल्म खेल्नेतिर ध्यान दिएनन् । एउटा सडकको गुण्डा र ऐतिहासिक पात्र गगनसिंह दुवैको भूमिकामा राजेशको कपाल हल्लाउने र गर्जिने शैलीमा कुनै भिन्नता छैन । अर्थात् कुनै पनि फिल्ममा राजेश चरित्रको सट्टा आप+mै उपस्थित हुन्छन् । उनको डरलाग्दो सफलताले थुप्रै नया“ मान्छेलाई निर्देशक बन्ने अवसर दियो । नेपाली फिल्म क्षेत्रमा सबैभन्दा धेरै नया“ निर्देशक राजेशको बलमा फिल्म बनाउन तयार भएका छन् । राजेशको फोटो पोस्टरमा राखेपछि फिल्म चल्छ भन्ने मान्यता बोकेका यी निर्माता-निर्देशकले फिल्म राम्रो बनाउनेतर्फखासै ध्यान दिएनन्, जति ध्यान राजेशलाई फिल्ममा खेलाउनेमा दिए ।

राजेशले पनि पटकथा हेरेर कहिल्यै काम गरेनन् । यस हिसाबले राजेश हमालले गर्दा नेपाली सिनेमाको स्तर बढ्न सक्ने एउटा सम्भावना सजिलै टर्‍यो भन्न सकिन्छ । यदि राजेशजस्तो पोस्टरकै बलमा फिल्म चलाउन सक्ने कलाकार नभएको भए, नया“ तथा पुराना सबै निर्देशक आपmनो कला र पटकथामा मेहनत गर्न बाध्य हुन्थे । फिल्मको मुख्य कुरा राजेश हमालजस्तो कुनै सुपरस्टार नभएर पटकथा हुनसक्थ्यो । बजारमा पढेका र खानदानी भनेर चिनिने राजेशले फिल्म भने त्यो छविविपरीतका खेले ।

राजेशले आपmनो सफलताको बलमा नेपाली फिल्मलाई नया“ दिशा पनि दिनसक्थे । मौलिक र स्थानीय विषय भएका फिल्मलाई प्रोत्साहन गरेर वा त्यस्ता पटकथाको माग गरेर । जब सफलताको सूत्र नै राजेशको मुठीमा थियो भने उनले त्यो राम्रो फिल्मको प्रवर्द्धनमा पनि प्रयोग गर्न सक्थे । तर, राजेशले यस्तो गरेनन् । उनी नेपाली फिल्मका सबैभन्दा सफल कलाकार अवश्य हुन् तर एउटा कलाकारका रूपमा उनी जतिको दोहोरिएको र सा“घुरो परिधि भएको कलाकार पनि कोही छैन । धेरै फिल्म खेल्ने चक्करमा राजेशले जस्ता पनि फिल्म खेले, यसको दोष सबैभन्दा पहिले र बढी उनैलाई आउ“छ । आफूले अभिनय गर्ने फिल्मको स्तरका विषयमा नायकको जिम्मेवारी केही पनि रहदैन भनियो भने त्यो कुनै जिवन्त अभिनेता होइन, 'रबरको कलाकार'को कुरा हुन जानेछ ।
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: anand on March 17, 2015, 11:49:49 PM
http://xnepali.net/movies/rajesh-hamal-and-madhu-bhattarai-heads-to-usa/

(http://i0.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/rajesh-hamal-and-madhu-bhattarai-airport.jpg)
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on March 22, 2015, 10:12:28 AM
Rajesh Hamal in NY, USA
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: anand on March 30, 2015, 12:53:14 PM
For the first time Rajesh and Madhu have given interview together in TV

Watch the video and read about his USA tour

http://xnepali.net/movies/rajesh-hamal-and-madhu-bhattarai-talk-about-their-relationship-in-a-tv-interview/

(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/rajesh-hamal-and-madhu-bhattarai-on-their-return-flight.jpg)
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: kurakani on March 30, 2015, 09:29:58 PM
For the first time Rajesh and Madhu have given interview together in TV

Watch the video and read about his USA tour

http://xnepali.net/movies/rajesh-hamal-and-madhu-bhattarai-talk-about-their-relationship-in-a-tv-interview/

(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/rajesh-hamal-and-madhu-bhattarai-on-their-return-flight.jpg)
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on June 13, 2015, 01:16:11 AM
http://xnepali.net/movies/rajesh-hamal-51st-birthday-does-he-still-miss-mania-suchikar/

Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: anand on June 19, 2015, 12:51:34 PM
मेरो हनिमुन, मधुलाई रहर पुग्यो होला : महानायक हमाल
शुक्रबार, जेठ २९, २०७२ १०:४५:०६


विवाह भएकै दिन हामी हनिमुनका लागि धुलिखेल रिसोर्ट गयौं । मेरो विवाहका लागि नेपाल आउनुभएका दिदीभिनाजुले हाम्रो लागि विवाहको उपहारस्वरूप रिसोर्टमा रुम बुक गरिदिनुभएको रहेछ ।
एक रातकै लगभग ४० हजार रुपैयाँ पर्छ क्यार । नेपाली शैलीमा बनेको सो रिसोर्ट निकै आकर्षक छ । रिसोर्टले हाम्रो लागि असाध्यै राम्रो व्यवस्थापन गरिदिएको थियो । बेड रुमको सजावटले नै हामीलाई आकर्षित गरिहाल्यो । फूलगुच्छाले झकिझकाउ ।

त्यस्तो सजावटले पार्टनरलाई पनि खुसी बनाउँदो रहेछ । सुरुमा हामी रुममा जाँदा एक प्रकारको सजावट थियो । डिनर गरेर सुत्न जाँदा नाइटका लागि अनुकूल हुने अर्कै सजावट थियो । हनिमुनको समय, हामी यसै पनि उत्साहित थियौं । त्यसमा पनि रुम र बेडरुमको सजावट एवं वातावरणले झनै रोमाञ्चित बनाइदियो ।

मधु (भट्टराई) ले जीवनमा पहिलो पटक आफ्नो नाम पछाडि हमाल लेखेको देखेको त्यही हो । हाम्रो बेड रुममा ‘वेलकम मिस्टर एन्ड मिसेस हमाल’ लेखेको थियो । त्यसअघि मधुलाई मिसेज हमाल कसैले भनेको थिएन ।

https://www.youtube.com/watch?v=corInvexOcA

हामीले त्यहाँ केवल एक रात बितायौं । पहिलो हनिमुन त्यही भयो । विवाह सकिए पनि रिसेप्सन पार्टीको तयारीमा जुट्नु थियो । रिसेप्सनपछि हनिमुन जाने सोच थियो । तर, रिसेप्सनकै पर्सिपल्ट कार्यक्रमका लागि म अस्ट्रेलिया जानुपर्ने भएकाले समय मिलेन । हनिमुनले जीवनमा विशेष अर्थ राख्छ । कालान्तरसम्म सुमधुर सम्झना रहन्छ । विवाहपछि यसरी घुमेका थियौं, यस्तो ठाउँमा पुगेका थियौं, रमाइलो गरेका थियौं भन्ने रहिरहन्छ । तर, हनिमुन मनाउन कतै जानसाथ नाता प्रगाढ हुन्छ भन्ने चाहिँ होइन ।

रिसेप्सनलगत्तै एक महिनाका लागि अस्ट्रेलिया जानुपर्ने भएकाले हनिमुन मनाउन पुगेकै छैन भन्ने लागि रहेको थियो । मेरो नातेदार भाइबहिनीले पोखराको वाटर फ्रन्ट रिसोर्टमा हनिमुनका लागि तीन दिन रुम बुक गरिदिएको रहेछ ।

अस्ट्रेलियाबाट फर्कनासाथ दोस्रो पटक हनिमुन मनाउन त्यता गयौं । त्यहाँ पनि मेरो हनिमुन भनेपछि रुम, बेड रुम विशेष तरिकाले सजाइदिएको रहेछ । तीन दिनको बसाइ ज्यादै रमाइलो भयो ।
मलाई विवाह हुँदासम्म पनि कताकता चलचित्रको छायांकन पो हो कि जस्तो लागिरहेको थियो । चलचित्रमा दर्जनौं पटक विवाहको दृश्य गरियो । उही मण्डप, उस्तै तरिका । आफू दुलहाको भेषमा अनि छेउमा दुलही । त्यसैले आफ्नो विवाहमा पण्डितजीलाई ‘जति सक्दो छोटो विधि गर्नू’ भनेको थिएँ ।

हनिमुन मनाउन निस्केपछि चाहिँ साँच्चिकै विवाह गरेको अनुभूति भयो । हनिमुन मान्छेको निजी जीवनको सबैभन्दा ठूलो उत्सव हो, जुन दुईजना बीचमा मात्रै सीमित हुन्छ । विवाहलगायत अन्य उत्सव एवं संस्कार त अरूसँंग पनि बाँडेर मनाइन्छ । संयोग नै भनौं हामीले पटकपटक हनिमुन मनाउन जाने अवसर पायौं ।

हनिमुनका बेला यसै पनि बढी सामीप्य, आत्मीयता र खुसीयाली हुन्छ । मान्छेमा जीवनको अर्को कालखण्डमा उही रोमान्टिक भावना नहुन सक्छ । त्यसैले जीवनमा हनिमुनको विशेष अर्थ रहन्छ ।
 
संयोग नै भनौं यस्तो उत्सव हामीले पटकपटक मनाउने अवसर पायौं । पोखराबाट फर्केलगत्तै मधुको बहिनी (काकाको छोरी) ले गोकर्ण फोरेस्ट रिसोर्टमा दुई रातका लागि रुम बुक गरिदिएको रहेछ । त्यहाँ पनि गयौं ।

हनिमुनका लागि हामी गएका तिनै ठाउँ विशेष थियो । हरेक रिसोर्टबाट विशेष केयर पायौं । आफ्नो तर्फबाट केक बनाइदिने, साजसजावटमा ध्यान दिने, राम्रो हेरचार गर्नेलगायतका विभिन्न कारणले हामीलाई पनि विशेष अनुभूति भयो ।

हनिमुनका लागि गएका तीनैवटा ठाउँ हामीले उपहारमा पाएका थियौं । सायद त्यही भएर होला मधुले ‘ती सबै उपहारमा पाएको, हाम्रो आफ्नै तर्फबाट चाहिँ खोइ त हनिमुन ?’ भनेर फेरि हनिमुनका लागि बाहिर जाने इच्छा जाहेर गरिन् ।

नेपालमा त भयो, अब कतै विदेश गएर हनिमुन मनाउने चाहना रहेछ भन्ने मलाई लाग्यो । तर कामको सिलसिलाले समय मिलेको थिएन । गत फेब्रुअरीमा अमेरिका गयौं । हामीले एकसाथ विदेश भ्रमण गरेको त्यो पहिलो अवसर पनि हो । कार्यक्रम पनि भएकाले सबै चाँचोपाँजो मिलाएको थियो । सात समुद्रपारि एकसाथ समय बिताउन पाउँदाको रमाइलो कति हुन्छ भन्नै परेन । त्यो हाम्रो लागि चौथो हनिमुन यात्रा भयो । मलाई आशा छ अब चाहिँ मधुलाई हनिमुन मनाउन जाने रहर पुग्यो होला ।

अन्नपूर्ण शैलीबाट

https://www.youtube.com/watch?v=GZ5T5BdcrT8

https://www.youtube.com/watch?v=bJ25jSEaCQE
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: anand on July 02, 2015, 11:41:56 AM
राजेश हमाल पुनर्निमाण सद्भावना दूत

फिल्मीखबर, काठमाडौं, २०७२ आषाढ १६, बुधवार

अभिनेता राजेश हमाल ‘बिल्डिङ ब्याक राइट’ नामक पुनर्निर्माण अभियानका सद्भावना दूत घोषित भएका छन् । बुधबार आयोजित एक कार्यक्रममा हमाललाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रमाणपत्र प्रदान गर्दै सद्भावना दूत भएको घोषणा गरेका हुन् । सद्भावना दूत हमालले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न स्वयंसेवकहरुलाई अभिप्रेरित गर्नेछन् । 

कार्यक्रममा हमालले अबका संरचनाहरु प्राविधिक र वातावरणीय सन्तुलनलाई ख्याल गरेर निर्माण हुनु पर्ने जिकिर गरे । दूत घोषणापछि हमालले भने, ‘निर्माण क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको हुनसक्छ त्यसैले कस्तो खाले श्रम प्रयोग भइरहेको छ र अधिकार तथा न्याय पक्षलाई ख्याल गरिएको छ कि छैन, त्यसमा पनि ध्यान दिन जरुरी छ ।’
 
‘बिल्डिङ ब्याक राइट’ स्वयंसेवीहरुले चलाएको एउटा अभियान हो, जसले जनता, अन्तर्राष्ट्रिय दातृ निकाय र नेपाल सरकारलाई सांस्कृतिक सम्पदा, आचारसंहिता र पर्यावरण पक्षमा समेत ध्यान दिँदै सुरक्षाको पूर्ण व्यवस्थासहित पुनर्निर्माण कार्य चलाउन उत्प्रेरित गर्नेछ । ’ कार्यक्रममा पूर्वमन्त्री अर्जुननरसिंह केसी, एकीकृत माओवादीका नेता राम कार्की, अभिनेत्री सुष्मा कार्की, राजेन्द्र खनाल, किशोरकुमार झालगायत पनि उपस्थित थिए ।
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on April 17, 2016, 05:11:20 AM
ओरालो लागेका राजेश हमालः दिन सकिएकै हुन् ?

समय बलबान छ । यही समयसँगै फेरिन्छ समाज, फेरिन्छ रुची र फेरिन्छन् पात्रहरु ।

कुनै समय नेपाली चलचित्रमा राजेश हमालको एकछत्र थियो । ‘कुनै समय’ भन्दा उनीमाथि अन्याय हुन सक्छ, किनकी झण्डै दुई दशक नेपाली चलचित्रमा उनको राज चल्यो । झण्डै दुइ दशकसम्म उनका प्रतिस्पर्धि नै कोही भएनन् । तर, समयसँगै राजेश हमाल ओझेल पर्ने दिन पनि आयो ।

हामी कुरा गरिरहेका छौं, मैझारो हुने क्रममा रहेको वर्ष २०७२ को ।

एकै वर्षभित्र राजेश हमालका एक दर्जन फिल्म प्रदर्शन हुने समय पनि थिए । त्यो अतित बनिसकेको छ । यस वर्ष  हमालको जम्माजम्मी एउटा फिल्म दर्शकमाझ आयो, बाग्मती । त्यही फिल्मको हालत पनि यति दयनीय रह्यो कि समिक्षकहरुले समिक्षा लेख्न नभ्याउँदै फिल्म हलबाट उत्रिसकेको थियो । तर, दुख यसमा छैन, कि फिल्म फ्लप भयो । दुख छ हाम्रा महानायकले सो चलचित्रमा निभाएको भूमिकामा । भोजपुरी फिल्मका स्टार फिल्मभरी छाउँदा हमाल सहनायक जस्ता मात्रै देखिए ।

त्यसो त, फिल्म निर्माण पक्षले राजेश हमाललाई अत्यधिक हाइलाइट गरेर नै प्रचारप्रसार गरेको थियो । तर, त्यसले दर्शकलाई पटक्कै आकषिर्त गरेन । चलचित्रको पहिलो शो हेर्नै दर्शक आएनन् । यसबाट नेपालमा राजेश हमालको स्टारडम सकिएको सहज अनुमान गर्न सकिन्छ । निकट भविष्यमा पनि कुनै आशालाग्दो चलचित्र उनीसँग छैन ।

फाइल फोटो

संख्यात्मकरुपमा राजेश हमालले कति फिल्म खेले भन्ने उनैलाई हेक्का छैन होला । तर, सम्झनलायक फिल्मको कुरा गर्दा देउता र बसन्तीपछि तेस्रो फिल्मको नाम लिन मुस्किल पर्छ । चलचित्रको कथा र आफ्नो भूमिकाको कुनै हेक्का नराखी भटाभट फिल्म साइन गर्दै गए । संख्याकै आधारमा उनी नम्बर वानका रुपमा स्थापित पनि भए । तर, नेपाली फिल्मले गुणात्मक फड्को मारेको समयमा भने उनी ओझेल परेका छन् । यसबाट उनले समय अनुसार आफूलाई बदल्न सकेनन् भन्ने देखिन्छ ।

यद्यपि पछिल्लो असफलताबाट राजेश हमालले नेपाली फिल्ममा बनाएको इतिहास भने मेटिदैन । नेपाली फिल्ममा उनको समय सकियो भन्ने पनि होइन । तर, उनले अब पहिलेकै जस्तो चरित्रमा निरन्तरता भने दिन सक्दैनन् । उनले आफूलाई हिरोबाट अभिनेतामा बदल्ने बेला आइसकेको छ । त्यसरी बदल्न चाहे भने अझै पनि नेपाली फिल्ममा उनका लागि स्थान हुन सक्छ । बलिउडमा ७० काटेका अमिताभ बच्चन अहिले पनि उत्तिकै सक्रिय छन् । तर, उनी हिरोबाट अभिनेतामा रुपान्तरण भएको धेरै भइसकेको छ ।

(http://www.onlinekhabar.com/wp-content/uploads/2015/07/Rajesh-Hamal.jpg)
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on June 14, 2016, 12:42:40 PM
भारतबाट मोडलिङ सुरु ,सडकको क्रममा घाईते – राजेश हमालबारे ६ प्रसंग
जेठ २८,२०७३
forseenetwork.com

महानायक राजेश हमालले जेठ २७ गते ५२ औँ जन्मदिन मनाए । यसपालीको जन्मदिन उनले चितवनको चितवन मानव सेवा आश्रममा चार दर्जन बृद्धबृद्धाहरुसँग मनाएका हुन् । राजेश हमाल एक प्रतिष्ठीत सेलिब्रेटी भईकन पनि जन्मदिन भने सामान्य तरिकाले मनाउने गर्छन् ।
पाल्पाको तानसेनमा जन्मेका राजेश नेपाली सिने उद्योगका महानायक हुन् । उनले हासील गरेको महानाकको उपाधी हालसम्म कसैले पनि हासील गर्न सकेका छैनन् । पाल्पाको तानसेनमा जन्मेका राजेशले बाल्यकाल तानसेनमा नै बिताएका थिए । कक्षा ८ सम्म तानसेनमा पढेका उनी त्यसपछिको शिक्षाका लागि पितासँग रसिया पुगेका थिए । त्यसबखत उनका पिता रुसको लागि नेपाली राजदुत थिए । नेपाली सेलिब्रेटीमध्ये राजेश सबैभन्दा धेरै पढ्ने सेलिब्रेटीको रुपमा पनि गनिन्छन् । उनले अंग्रेजी बिषयमा डिग्री हासील गरेका छन् । उनले भारतको चन्डीगडबाट एम ए गरेका हुन् ।

भारतबाट मोडलिङ सुरु
राजेश हमालले कलेजको समयमा मोडलिङ सुरु गरेका थिए । सन् १९८५ मा उनले ईँडीयन म्यागजीनको लागि मोडल रुपमा काम गरेका थिए । त्यसपछि उनले काठमाण्डौ र दिल्लीमा पनि र्याम्प वाक गरे । उनको फिल्मी करियर भने नेपाली फिल्म युग देखी युगसम्म बाट सुरु भएको थियो । पहिलो फिल्मले नै राजेश हमाललाई सुपरस्टार बनाईदिएको थियो । सन् १९८९ मा युगदेखी युगबाट उनले सर्बोत्कृष्ट अभिनेताको अवार्ड पनि हात पारेका थिए । त्यसपछि पनि उनले लगातार सफलता पाए । युग देखी युगसम्म पछि फिल्म देउता , चट्याङ , अपराधमा राजेश लिड रोलमा देखीए । उनलाई यी फिल्महरुमा पनि दर्शकले रुचाए । उनले यी फिल्महरुबट पनि बेस्ट अभिनेताको अवार्ड हात पारेका थिए । राजेशले अहिलेसम्म दुई सय भन्दा धेरै फिल्ममा काम गरेका छन् । जसमध्ये युगदेखी युग सम्म, साथी, शंकर, माटो बोल्छ , बसन्ती लगायत दर्जनौँ फिल्महरु चर्चीत छन् ।

सडकको सुटिङमा घाईते बनेका राजेश
२०५१ सालमा फिल्म सडकको सुटिङका क्रममा राजेश घाईते बनेका थिए । फिल्मको एक सिनमा आफ्नो परिवारलाई दुश्मनहरुबाट बचाउनको लागि उनलाई लड्नु पर्ने थियो । यहि सिन सुटिङका क्रममा उनीमाथि ईटा खसेर उनी घाईते भएका थिए । राजेश घाईते भएपछि फिल्म निर्माण समूहले सुटिङ रोकेर उनलाई अस्पताल पुर्याएको थियो । त्यसबखत उनका धेरै फ्यानहरु उनलाई भेट्न अस्पतालमा पुगेका थिए । सुटिङमा घाईते भएका उनले पाँच महिना आराम गरेपछि मात्र फिल्ममा काम गरेका थिए ।

बिज्ञापनमा पनि अघि छन् राजेश
राजेश हमाल नेपाली फिल्म उद्योगका महानायक त हुन् नै यसका साथै उनी बिज्ञापनहरुमा पनि अरु सेलिब्रेटीहरु भन्दा अघि नै छन् । उनले हिमाल सिमेन्ट, रियल जुस , जगदम्बा स्टील , नेपाटप – सब ठिकठाक लगायतका बिज्ञापनमा काम गरेका छन् । सन् २०६९ मा उनी मेरी बास्सैमा क्यामीयो रोलमा पनि देखा परेका थिए । राजेश हमाललले कान्तीपूर टेलिभिजनको कार्यक्रम वाई वाई क्वीजको प्रस्तोता भएर पनि काम गरेका छन् ।

सुन्दर पुरुषमा पनि परे राजेश
उनलाई २०४८ र २०५४ मा केहि म्यागजीनहरुले नेपालकै सुन्दर ब्यक्तिको सुचिमा राखेका थिए । त्यस्तै उनलाई २०५४ मा कान्तीपूरले पनि सबैभन्दा सेक्सी पुरुषको सुचीमा स्थान दिएको थियो । यति मात्रै नभयर २०६३ मा राजेश हमाललाई अस्ट्रेलियाको पिपुल्स म्यागजीनले नेपालका शक्तिशाली सेलिब्रेटीको सुचीमा राखेको थियो ।

सामाजिक सञ्जालमा चर्चित राजेश
राजेश हमालको एक डाईलग निकै चर्चित छ साथीको लागि यो हात सलाम हो दुश्मनको लागि यो हात फलाम हो । यो डाईलग फिल्म पृथ्वीको हो । त्यस्तै राजेश हमाल धेरै ट्रोल हुने सेलिब्रेटीमा पनि पर्छीन् । उनका नाममा धेरै जोक्सहरु बनेका छन् । फेसबुकमा उनको राजेश दाईको जोक्स नामले केहि अकाउण्टहरु पनि खोलीएका छन् ।

पाँच दशक काटेपछि विवाह
करियरमा सफल भएका राजेश पाँच दशक काटेपछि विवाह बन्धनमा बाँधीएका हुन् । २०७१ जेठ १० गते उनले मोडल मधु भट्टराईसँग लगन गाँठो कसेका थिए । मधु उनीभन्दा २० बर्ष कान्छी छन् । राजेश र मधुको प्रेम विवाह भएको थियो ।

Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on December 28, 2016, 03:14:18 PM

राजेश हमाल नभएको भए…


Posted by: nayapatrika  August 11, 2015   

नेपाली चलचित्र उद्योगमा राजेश हमालको परिचय ‘महानायक’को छ । उनी भएर उद्योगले के पायो ? र, उनी नभएको भए के गुमाउँथ्यो ? निर्देशक र फिल्म विशेषज्ञसमेत रहेका प्रकाश सायमीको विश्लेषण :

एक–डेढ दशकपछि राजेश हमालका बारेमा कुनै दिन हम जाएगा टाइपका चुट्किलासंग्रह निस्केला । त्यतिवेला ती चुट्किलामा भएका हास्यास्पद पक्ष र भावगाम्भीर्यमाथि चर्चा आजजस्तो नभए पनि आजको रूपमा नहोला । तर, नचिन्नेका लागि राजेश हमाल नेपाली फिल्म अभिनयका डाइनोसरजस्ता पनि लाग्नेछैनन्, किनकि उनको अभिनयको क्लाउस्ट्रोफोबिक पक्ष त्यतिवेला पनि यथावत् नै कायम राख्नेछ भन्दा अत्युक्ति नहोला ।

हमाल नेपाली रजतपटमा आउँदा लामो कपाल, उचाइ र आँखाका कारण लोकप्रिय थिए । त्यतिवेला उनलाई टार्जन हिरो पनि भनियो  । हलिउड र बलिउडबाट टार्जन हिरो जाँदै थिए त्यो वेला ।
पहिलो फिल्म उनका निम्ति हाडेओखरजस्तै सावित भयो । दीपक रायमाझी निर्देशित युगदेखि युगसम्म धेरै हदसम्म राजेशकै निम्ति पनि परीक्षणमुखी थियो । सिनेमा चल्यो र यसले राजेश हमाललाई टिकाउ अभिनेताका रूपमा एउटा दर्जा दियो ।

प्रदर्शनका हिसाबले यो राजेश हमालको पहिलो फिल्म थियो, तर अभिनय वा अनुबन्धका हिसाबले होइन, उनको पहिलो फिल्म भाग्य रेखा थियो ।

भाग्यरेखाका निम्ति पनि उनले धेरै दु:ख–दर्द भोग्नुपर्‍यो । यस फिल्मको मुहूर्तमा नायिकाका रूपमा करिश्मा केसी अनुबन्धित भएकी थिइन्, करिश्माले त्यो वेला नयाँ नायकसित हो भने १० हजार बढी चाहिन्छ भनेर त्यो फिल्म रिजेक्ट गरेकी थिइन् ।

फिल्मको मुहूर्तमा त्यतिवेला प्रमुख अतिथिका रूपमा परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय तोकिएको समयभन्दा आधा घन्टाअगाडि होटल ब्लुस्टारको दैलोमा आइपुगेका थिए, तर नयाँ नायक एक घन्टा ढिलो आएकाले मुहूर्त पनि ढिलै सुरु भएको थियो । राजेशका निम्ति यो ढिलो सुरु भएको मुहूर्त अफाप भयो, यस फिल्मबाट पहिली नायिका करिश्मा निस्किइन्, त्यसपछि अर्की नायिका कृष्टि केसी त्यसपछि नायक राजेश हमाल ।

भाग्य रेखा सबैका निम्ति अफापसिद्ध भयो, तर राजेशका निम्ति यो पनि फलिफाप नै भयो, उनी सदैव यसैकारण पनि चर्चामा नै रहे ।

कुनै फिल्मबाट यसरी नायक निकालिँदा स्कुप मारेको यो पहिलो घटना थियो । राजेश यसर्थमा नेपाली सिने बजारका निम्ति पहिलो स्कुप भए ।

राजेश हमालले युगदेखि युगसम्मको सफलतापछि प्रकाश थापाको अधिकारमा अभिनय गरे, जसमा उनको निर्देशकसितको अनवनका कारण धेरै विवाद र मतभेद कायमै रह्यो । अधिकार न प्रकाश थापाको शैलीको फिल्म भयो, न राजेश हमाल शैलीको ।

अधिकारपछि देवता, पृथ्वी, कसम, भीष्म प्रतिज्ञामा अभिनय गरेपछि राजेश हमालको अभिनयको शैली, संवादको शैली अनि गेटअपमा एक किसिमको आलोचना अनि चर्चा हुन थाल्यो ।
पृथ्वी सिनेमाको साथीका लागि यो हात सलाम हो, दुस्मनका लागि यो हात फलाम हो । संवाद राजेशको फिल्मी क्यारिअरग्राफमा सर्वाधिक लोकप्रिय संवाद भयो, आफ्नो पच्चीस वर्षे फिल्मी क्यारिअरमा उनले यो संवाद सबभन्दा धेरै बोल्ने फिल्मबाहिर र भित्र पनि ।

राजेश हमालको सिनेमामा केही आफ्ना पक्ष छन्, एंग्री योंगम्यानको इमेज जुन सत्तरीको दशकमा बलिउडमा सलिम जावेदले स्थापित गरेका थिए भने यहाँ यसको श्रेय राजेशलाई जान्छ ।
राजेश हमाल आउनुभन्दा पहिले नेपाली सिनेमामा पोस्टर भ्यालु थिएन, उनका केही फिल्म सफल भएपछि उनको टाउको मात्र टाँस्दा पनि फिल्म चल्ने हल्लाले अखबारी खेती गर्‍यो ।
राजेश हमाल आफ्ना लागि भन्दा नयाँ नायिका र नयाँ निर्देशकका लागि लक्की सावित गरे, उनले साइन गर्‍यो भनेपछि फिल्मलाई वितरकले विनामोलतोल किनिहाल्थे, यो टेरोरिटी उनले नै बनाएका हुन् ।

राजेश हमाल इन्डस्ट्रीमा आउँदा तीनजना हिरोको जाज्वल्यमान युग थियो, शिव श्रेष्ठ, भुवन केसी र अर्जुनजंग शाहीको । पछि यी तीनैको सामूहिकताको साम्यपन राजेशमा देखियो । बाँकी तीनजना अतिरिक्तजस्ता हुँदै गए ।

अनुशासनको धेरै कमी भएको नेपाली फिल्म उद्योगमा राजेशले समय र पंक्चुयालिटीको नयाँ नमुना बनाए, समयमा सिनेमा बन्ने र प्रदर्शन हुने । फिल्म उद्योगमा राजेशलाई हेरेर सिनेमा लेखिने र बनाउने परम्परा सुरु भयो । उनलाई हेरेर आउने नयाँ शैलीका नायक पनि आउन थाले ।

नृत्यमा कमजोर मानिने राजेशका निम्ति नृत्य निर्देशकले आफ्नो स्टेप नै बदल्न थाले । राजेशको आँखामा खराबी छ भन्ने क्यामेराम्यानको लेन्स नै बिस्तारै बन्द हुँदै गयो ।

राजेश हमाल नायकका रूपमा सफल भएको समयमा सबभन्दा धेरै फिल्म पत्रकार र सबैभन्दा धेरै फिल्मी पत्रिका बजारमा देखिए ।

यो एउटा सुखद कुरा हो, राजेश हमालको विवादको कुरा पनि हटकेकका रूपमा बिक्ने नेपाली फिल्म उद्योगमा पूर्ववर्ती नायक भुवन र अर्जुन बिस्तारै सेलाउँदै गए भने अर्जुनका चलचित्र ४६ सालपछि प्रतिबन्धितजस्तो भएपछि राजेशका निम्ति नयाँ बाटो बन्यो ।

अरूले बनाएको बाटोमा राजेश हमालले आफ्नो बाटोलाई मूल बाटो बनाएर अघिल्लो बाटोलाई फुटपाथ बनाइदिए ।

समयको शक्ति र त्यसको स्वाद फरक–फरक हुँदो रहेछ, अर्जुन एउटा विवादपछि रजतपटबाट बिलाए भने यस्तै विवादमा राजेश चर्चामा आए, नग्न फोटो प्रकरण । राजेशको नग्न फोटो सिने पत्रिकामा छापिएपछि उनलाई बहिष्कार गर्नुपर्छ भन्ने चलचित्र कलाकार संघ र सिने समाज एकातिर थिए भने उनको सिनेमा पर्खेर बस्ने दर्शक झन् भारी थिए । बहिष्कारको त्यो प्रसंगमा राजेशको एउटा मात्र सिनेमा प्रदर्शन भयो, सिनेमा ।

सिमानाको प्रदर्शनपछि राजेशको नांगो फोटो छाप्ने पत्रिकाले उनीसित सम्झौता गरेर नयाँ अंक तयार पारे भने यसको लगत्तै उनी ०५३ को वैशाखदेखि एक लाखका नायक भए, यसअघि कुनै नायक वा नायिकाले यति रकम माग्ने हिम्मत गरेका थिएनन् ।

राजेश हमालले अवतारमा एक लाख लिएपछि नांगो फोटो छाप्ने त्यही पत्रिकाले एक लाखका पहिलो नायक भनेर उनलाई नयाँ सम्बोधन दिए । एक अंकका पछाडि पाँचवटा शून्य थप्न सक्ने उनी पहिलो नायक हुनुका पछाडि उनको धेरै मिहिनेत, परिश्रम भन्दा उनको इमानदारी र अनुशासनको स्वरूप देखिन्थ्यो ।

पुरातन शैलीको ढर्रामा चलिरहेको नेपाली सिनेमा उद्योगमा राजेशले निर्देशकको मनोमानीलाई एक किसिमको बिराम दिए । नयाँ केही गर्न नसके पनि नयाँ गर्ने सोचमा उनले नयाँ–नयाँ निर्देशक र नयाँ–नयाँ कथा, पटकथा खोजिरहे । तर, उनले राजेश हमाल हुनुको पहिचानमा पुलिस र चोरको फरक–फरक भूमिका गर्दा पनि भेष बदल्नुबाहेक आफ्नो कपालमा कैँचीसम्म नचलाएर पनि काम चलाए, यसमा निर्देशकको कमजोरी ३० प्रतिशत थियो भने बाँकी ७० प्रतिशतका भागिदारी उनी स्वयम् नै थिए ।

राजेश हमालसँगै फिल्म उद्योगमा सुरु भएको नयाँ शब्द थियो, प्रोफेसनालिज्म । प्रोफेसनालिज्मको अर्थ, शब्दकोशमा जे भए पनि राजेशले यसलाई परिपक्वता र व्यावसायिकताको सम्मिश्रणमा जोड दिए, यो उनको धरातलीय पक्ष थियो ।

नेपाली चलचित्रका निर्माता अब दु:ख–दर्द र आँसुको कथा बोकेर होइन, हातमा नोटको गड्डी बोकर सही समयमा सही–सही ठाउँमा उभिन थाले । यसभन्दा अगाडि नेपाली सिने उद्योग दया, कृपा र आश्वासनमा चलेजस्तो देखिन्थ्यो, यसमा उनको नायकीय छविको करामत देखियो ।

राजेश हमाल हुनुको पीडा उनले पर्दामा कहिले देखाएनन्, पाकिस्तानका पूर्वराजदूतका छोरा, घरको जेठो छोरा हुनुको जिम्मेवारी, डाक्टर दिदीबहिनीको भीडमा उनले आफूलाई पढ्न नसकेको र पढेर पनि केही नगरेजस्तो भान कहिले दिएनन् । अरू काम नपाएर गरेजस्तो तुच्छ सम्झेर कहिले यस कामलाई लत्याएनन् । पर्दामा उनले राजेश हमाल होइन, अम्बरे, अर्जुन, शंकर, कान्छाका पीडालाई नै साक्षीभावमा राखे ।

निश्चय नै राजेश हमालले अभिनय सुरु गर्दा नेपाली फिल्म उद्योग अहिलेको जस्तै आइसवर्ग नै थियो, पानीमाथि आधा, पानीभित्र आधा । तर, त्यो आधा अंशमा पनि पूरा देख्ने क्षमताका कारण राजेशले आफूलाई पहिलो सुपर स्टार भनाउने मौका पाए । बलिउडका पहिलो सुपर स्टार राजेश खन्ना पर्दामा छाइरहेका वेला जन्मेका हमालले कहिले पनि अभिनयका निम्ति मार्लन ब्रान्डो वा दिलीपकुमार शैलीका मेथड एक्टिङ गर्नुपरेन । वा, अभिनयका निम्ति उनले कहिले पार मा नसिरुद्दिन शाहले जस्तो वजन घटाउनु वा गान्धीमा बेन किंग्स्लेले जस्तो मोटापा लुकाउनुपरेन । नेपाली मिडिया र पत्रकारले राजेश हमालले हेयर स्टाइल मात्र बदल्दा पनि समाचार बनाएकै छन् ।

भारतको पहिलो सुपर स्टार राजेश खन्नाले जस्तै आफूलाई महानायक भनेको सुन्न पाउने उनी पहिलो नायक हुन्, नेपाली रजतपटका । महाचोर नामको फिल्ममा अभिनय गरेपछि खन्नालाई महानायक होइन, महाबोर नायकको उपाधि दिइएको थियो, तर त्यस्तो दुर्भाग्य अझै हमालले भोग्नुपरेको छैन, यो नेपाली दर्शकको सदाशयता पनि हो ।

राजेश हमाल नभइदिएको भए नेपाली चलचित्रमा यी कतिपय कुरा अवश्य हुने थिएनन्, स्टार भ्यालु, डेट सिस्टम अनि नेपालमा नभएको चलन पिए सिस्टम । समय र स्वास्थ्यका निम्ति सदैव सतर्क रहने हमाल नेपाली चलचित्र उद्योगमा पिए राख्ने पहिलो नायक थिए र उनको यो परम्परा अरूले पनि पछ्याए ।

राजेशका कारण नयाँ–नयाँ निर्देशक मात्र होइन, नयाँ–नयाँ लेखक पनि उत्साहित र पुरस्कृत भएका छन् । उनले सिनेमाबाट कमाएको ख्याति कुनै पुस्तक विमोचनमा गएर खन्याइदिँदा नयाँ पुस्ताका उपन्यासकार, कविहरूले जीविकाको नयाँ बाटो बनाउन पाएका छन् ।

राजेश हमाल उभिएर चलेका कतिपय सिनेमा हेर्दा यस्तो लाग्छ, त्यसमा राजेश हमालले निर्देशकले भनेको भन्दा र लेखकले लेखेको भन्दा उँचो स्वरमा बोलेका हुन्छन्, राजेश हमालको अभिनय नआएको भए यति लाउड बोल्ने वा लाउड सुनिने संवाद पनि सायद लेखिने थिएन ।

राजेश हमाल पहिलो नायक हुन्, जसका कारण पर्दाबाहिरका उनका मनोभूमि पनि लोकप्रिय भएका छन्, ठमेल, चित्तवनको सौराह वा नगरकोट ।

तर राजेश हमालभित्रको असली नायक नभइदिएको भए पर्दाभित्रको सुपर स्टारको पनि अस्तित्व रहने थिएन आज ।
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on December 28, 2016, 04:00:27 PM
फिल्म शुटिङ भरी राजेश र करिश्माबीच बोलचाल नै भएन

२२ भदौ, काठमाडौं । (2015-09-08)

स्वाभाविक हो, निर्देशक र नायकबीच मतभेद हुँदा अभिनय, संवाद र दृश्यमा असर पर्छ । तर, त्यस्तो परिस्थितिमा पनि निर्देशक दीपक रायमाझी र नायक राजेश हमालले पहिलो सिनेमा ‘युगदेखि युगसम्म’मा राम्रै काम गरे । बोलचाल नभएको यो जोडी सम्बन्धमा मामा–भान्जा थिए भने ‘सिन्दूर’मा बोलचाल नभएका जोडी प्रकाश थापा र विश्व बस्नेत मामाका छोरा र फुपूका छोरा थिए ।

मामा दीपक रायमाझीले ‘भाग्य रेखा’बाट निकालिदिएपछि राजेश हमाल क्रूद्ध भए । त्यही चलचित्रबाट डेब्यु गर्न चाहेकी कृष्टि पनि निकालिइन् । यसले यी तीनजनाको सम्बन्ध बिगार्‍यो । राजेश हमाल र कृष्टिको बोलचाल त परै जाओस्, लामो समयसम्म ‘हाई हेल्लो’ पनि भएन । तर पनि, यी जोडीले कैयौँ हिट फिल्म दिए । ‘युगदेखि युगसम्म’ र ‘अधिकार’ यो जोडीका सम्झनलायक फिल्म हुन् ।

यी दुईको सम्बन्ध सहज बनाउन निर्देशक, निर्माताले प्रयास पनि गरे । तर, सम्बन्ध असहज भए पनि यो जोडीले गरेका फिल्म भने सफल रहे ।

कृष्टि अमेरिका पलायन भएपछि राजेशका नायिकाका रूपमा गौरी मल्ल, करिश्मा केसी, मौसमी मल्ल, सिर्जना बस्नेत, जल शाह, विपना थापा, निस्ता मल्ल, मेलिना मानन्धर, निरुता सिंह, रेखा थापा आए । तर, गौरी मल्लसँग बाहेक राजेश हमालले अन्य कुनै नायिकासँग ‘सुटिङ स्पट’मा छलफल गरेनन्, विचार–विमर्श गरेनन् । उनी ती नायिकासँग बोलेको पनि कमै देखियो ।

द्वन्द्वमा मिहिनेत गर्ने नायक राजेशले रोमान्टिक दृश्यमा कमै मिहिनेत गरे पनि उनको करिश्मासितको जोडीचाहिँ पछिल्लो चरणमा ‘करिश्म्याटिक’ नै रह्यो । दुई एक–अर्कालाई बुझेजस्तो पनि गर्ने, दुई एक–अर्काको मत र भावनाको सम्मान पनि गर्ने कारणले मौन भावमै निकै घनिष्ट देखिए, तर दुवैले एक–अर्कालाई सम्मान गरेको नै देखिन्थ्यो ।

करिश्मा र राजेशको जोडी चामत्कारिक रूपले अघि बढिरहेका वेला करिश्माका पति विनोद मानन्धरले मुहूर्त भइसकेको शिवशक्ति फिल्म्स्को पहिलो फिल्म ‘पृथिवी’मा राजेश र करिश्मालाई सँगै खेल्न नदिने निर्णय गरेपछि यो जोडीको परिचय संकटमा पर्‍यो ।

०४९ सालमा टुटेको यो जोडी पछि निकै छलकपटपूर्वक राजविक्रम शाहको ‘प्रतीक्षा’ फिल्मबाट दोहोरिन सफल भयो । छलकपटपूर्वक यस अर्थमा कि निर्देशक शाहले प्रतीक्षाको सुटिङ घान्द्रुकमा एकै ‘सेड्युल’मा गर्ने बताएका थिए । उनले फिल्मका कलाकारबारे जानकारी पनि दिएका थिएनन् ।

घान्द्रुक पुगेपछि राजेश र करिश्मा दुवै दंग परे । राजेशले नायिका मौसमी मल्लको ठाउँमा करिश्मालाई भेटे, करिश्माले नायक धीरेन शाक्यको ठाउँमा राजेशलाई भेटिन् । काठमाडौंमा उनीहरू दुवैलाई ढाँटिएको रहेछ ।


यो जोडीको पुनरागमन गराउनुमा निर्देशक राजविक्रम शाहको देन छ । यो जोडीले यसपछि पनि अन्य फिल्म गर्‍यो, तर बोलचालविना ।

नयाँ पत्रिका दैनिकको फिचरबाट साभार अंश
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: dave123kid on January 19, 2017, 02:43:39 PM
Rajesh Hamal is one of the most educated actor in Nepal.
Title: Re: Rajesh Hamal - Photos and Profile
Post by: tundikhel on November 13, 2018, 10:57:59 AM
https://www.youtube.com/watch?v=PSAZDfNwBF4