Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on August 18, 2009, 01:20:39 PM

Title: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 01:20:39 PM
(http://xnepali.com/i/thumbs/nep1250580650g.jpg) (http://xnepali.com/i/viewer.php?id=nep1250580650g.jpg)

Actress Jharana Thapa has been nominated as brand ambassador for the End Water Poverty campaign, a coalition of NGOs working in the water and sanitation sector in Nepal.

In November she participated in the third South Asian Conference on Sanitation (SACOSAN III) in New Delhi, India.

Since the conference, Jharana Thapa not only makes speeches on sanitation. When she visits villages to shoot films, she always tries to promote good sanitation practices, asking if there is a clean toilet and whether people wash their hands with soap and water after going to the toilet. She is particularly aware of the problems facing girls. "Due to toilet problem, many girl students do not drink water during school hours," said Jharana. "Girls feel uncomfortable during periods and the toilet problem might cause a mental problem." Jharana advises girl students not to feel ashamed and talk to the school management to arrange separate toilets for them.
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 01:21:13 PM
(http://xnepali.com/i/thumbs/nep1250580897n.jpg) (http://xnepali.com/i/viewer.php?id=nep1250580897n.jpg)

(http://xnepali.com/i/thumbs/laa1250580961w.jpg) (http://xnepali.com/i/viewer.php?id=laa1250580961w.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 01:21:54 PM
(http://xnepali.com/i/thumbs/luu1250580986y.jpg) (http://xnepali.com/i/viewer.php?id=luu1250580986y.jpg)

(http://xnepali.com/i/thumbs/aah1250581005g.jpg) (http://xnepali.com/i/viewer.php?id=aah1250581005g.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 01:26:30 PM
(http://xnepali.com/i/thumbs/ktm1250581173g.jpg) (http://xnepali.com/i/viewer.php?id=ktm1250581173g.jpg)


(http://xnepali.com/i/thumbs/ooh1250581219i.jpg) (http://xnepali.com/i/viewer.php?id=ooh1250581219i.jpg)


(http://xnepali.com/i/thumbs/luu1250581267i.jpg) (http://xnepali.com/i/viewer.php?id=luu1250581267i.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 01:28:05 PM
(http://xnepali.com/i/thumbs/xne1250581364f.jpg) (http://xnepali.com/i/viewer.php?id=xne1250581364f.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 01:29:31 PM
(http://xnepali.com/i/thumbs/aah1250581462z.jpg) (http://xnepali.com/i/viewer.php?id=aah1250581462z.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 11:43:52 PM
Fem Botanica KTV Film awards 2065. Initiated by Nepal Film Technician Association in collaboration with Kantipur Television, the event was held at Hotel Soaltee Crowne Plaza. The winners are:
 
Best Actor Female - Jharana Thapa for Takdir
Best Actor Male - Nikhil Uprety for Yuddha
Best Film - Takdir
Best Director - Dipak Shrestha for Takdir
Jury's Choice of Film - Ahankar
Best Choreographer - Basanta Shrestha for Devarbabu
Lifetime Achievement Award - Basanta Jung Rayamajhi and Uddhab Poudel
Best Editor - Tara Thapa for Kismat
Best dialogue - Bikash Acharya for Daiko Sasurali
Best Screenplay - Suraj Subba for Takdir
Best Story - Dhanmaya Dakhal for Ahankar
Best Fight Director - Hemanta KC
Best Debut Director - Shyam Bhattarai for Maryada
Best Debut Actor Male - Raj Ballav Koirala for Parkhi Basen
Best Debut Actor Female - Ranjana Sharma for Maryada
Best Actor in Negative role - Sunil Dutta Pandey for Ram Balram
Best Cinematographer - Raju Bikram Thapa
Best Actor in Comedy Role - Bhuwan KC for Chor Sipahi
Best Child Actor - Ishan Raot (jire)
Best Music Director - Suresh Adhikary for Parkhi Basen
Best Singer Male -Yam Baral for Naya Nepal
Best Singer Female - Anju Panta for Bhun Bhun Bhamara
Best Lyricist - Dayaram Pandey for Darr
Best Music Recorder - Mukesh Shah for Kismat
Best Background Music - Anil Gautam and Manoj Bhandari
Best Supporting Actor Male - Shiva Shrestha for Yudhha
Best Supporting Actor Female - Arunima Lamsal for Maryada
Best Character Actor Male - Keshab Bhattrai
Best Character Actor Female - Mithila Sharma
Best Art Director - Singhe Lama
Best Dress Designer - Tarunika Mahato
Best Makeup Artiste - Ravi KC


Ramit Dhungana and Jharana Thapa
Maina Raja-Nepali movie song"Hungama"

http://www.youtube.com/watch?v=2h5a4yub0_o

Udit & Sadhana:-बगैंचामा नजाउ तिमि
sukh-dukh
shree krishna and jharana thapa

http://www.youtube.com/watch?v=6apTiH_hKHo
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 18, 2009, 11:51:58 PM
DILIP RAYAMAJHI & JHARANA THAPA in
movie - indreni
Song - yo garu ki
Singers - shambhujit baskota and sharmila bardewa

http://www.youtube.com/watch?v=TXl3Rc9TaLs

Mansirai Mahina Aayo Hai Saathi.
By Shree Krishna Shrestha & Jharana Thapa.

http://www.youtube.com/watch?v=3s2Nj-DS1T4


Singers: Shambhujit & Devika
Movie: Hami Tin Bhai
Cast: Sri Krishna Shrestha & Jharana Thapa
Song -  Kalkal Khola Nepali

http://www.youtube.com/watch?v=2ilSNcxhm9A


Movie: Gorkhali
Cast: Sri Krishna Shrestha & Jharana Thapa
Song - Boli Bachan Sarai Mitho

http://www.youtube.com/watch?v=G_yDPtj_5kk


Movie: Takdir
Cast: Dilip & Jharana Thapa
Song - Mussukai Hasayou

http://www.youtube.com/watch?v=OZBf7lngjsA


Movie: Gorkhali
Cast: Shree Krishna Shrestha & Jharana Thapa
Song -  Kathmandu Ko Nau Tale Dharara

http://www.youtube.com/watch?v=HRYxSz0Fqcg


Movie: Sukha Dukha
Cast: Shree Krishna Shrestha & Jharana Thapa
song - Kya Gajab Ko Baat

http://www.youtube.com/watch?v=wWjCJ-Vnh70


Nidra Chhaina Bhok Chhaina
Movie: Purnima
Cast: Shree Krishna Shrestha & Jharana Thapa

http://www.youtube.com/watch?v=5RQSBjN1EUI
Title: Re: Jharana Thapa - photos and profile
Post by: kurakani on August 20, 2009, 04:41:00 AM
छोटो-मीठो कुराकानी with  झरना थापा

Issue - 35  (भदौ २०६२) issue of Nari

    * अचेल केमा व्यस्त हुनुहुन्छ ?

चलचित्रमै व्यस्त छु ।

    * आफूले अभिनय गरेको कुन चलचित्रबाट सन्तुष्ट हुनुहुन्छ ?

'मेरो हजुर' बाट ।

    * चलचित्र कत्तिको हेर्नुहुन्छ ?

प्रायः नेपाली र हिन्दी चलचित्रहरू हेरिरहेकै हुन्छु ।

    * युवाहरूको कुन कुराले तपाईंलाई आकषिर्त गर्छ ?

गम्भीर-अटल, स्वाभिमानी र नैतिकतामा चल्ने स्वभावले ।

    * यो क्षेत्रमा लागेर के पाउनुभयो र के गुमाउनुभयो ?

गुमाउनुभन्दा धेरै पाएकी छु । आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छु । तर कहिलेकाहीँ परिवारलाई त्यति समय दिन नपाएकोमा दुःख लाग्छ ।

    * मानिसहरूलाई थाहा नभएको तपाईंको एउटा कुरा ?

धेरैले मलाई घमन्डी छे, बोल्दिन भन्छन् तर म त्यसको ठीक विपरीत छु ।

    * फिल्म लाइनका मिल्ने साथीहरू ?

सबैजना मिलनसार नै हुनुहुन्छ । निरुता, जल, विपना, श्रीकृष्ण, दिलीप रायमाझी, सुशील क्षेत्री आदि ।

    * भगवान्प्रति कत्तिको आस्था छ ?

एकदम आस्था छ, श्रद्धा गर्छु ।

    * व्रत बस्नुहुन्छ ?

बस्छु ।

    * घरमा कत्तिको काम गर्नुहुन्छ ?

भ्याएसम्म सबै गर्छु ।

    * मीठो गरी के पकाउनुहुन्छ ?

पकाउन नआउने त होइन तर मीठो नै पकाउँछु भन्ने छैन ।

    * कत्तिको झूटो बोल्नुहुन्छ ?

बेलामौकामा झूटो पनि बोल्छु ।

    * कुन कुरामा रिस उठ्छ ?

कुरै नबुझी आवेशमा आउने, पछाडि कुरा काट्ने, अगाडि आएर भन्न नसक्ने मानिस देखेर रिस उठ्छ ।

    * युवामा नभएको युवतीको गुण भन्नुपर्दा...?

सहनशीलता-लजालुपन ।

    * फुर्सदको समय कसरी बिताउनुहुन्छ ?

आफ्नै परिवार र छोरीसँग घुम्न गएर, गीत-संगीत सुनेर ।

    * तपाईंको सुन्दरताको राज ?

क्लब जान्छु, सधै एक्सरसाइज गर्छु । फलफूल र पानी प्रशस्त खान्छु ।

    * तपाईंको नराम्रो बानी ?

त्यस्तो नराम्रो बानी भएजस्तो त लाग्दैन ।

    * कुन ड्रेसअपमा आफूलाई सबैभन्दा राम्री महसुस गर्नुहुन्छ ?

साडीमा ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: kurakani on August 20, 2009, 04:47:06 AM
Title: Re: Jharana Thapa - photos and profile
Post by: kurakani on August 20, 2009, 04:49:49 AM
Title: Re: Jharana Thapa - photos and profile
Post by: kurakani on August 20, 2009, 04:55:32 AM
दीपेन्द्र लामा- स्विमिङपुलको पानी छोयो भने उनलाई एलर्जी भइहाल्दोरहेछ। त्यसैले जतिसुकै गर्मी किन नहोस् उनी सहरमा पौडी खेल्दिनन्। तैपनि कलाकार परिन् निर्देशकले अह्राएपछि कहाँ पन्छिन पाइन्छ र! भर्खरै 'तिमी मात्र तिमी'को सुटिङ गर्दा उनले स्विमिङ पुलमा डुबुल्की लगाइहालिन्। र, सधैंझैं ढाडमा फोको उमारिन्।

तर यति हुँदा पनि हिरोइन झरना थापा स्विमिङपुलको पानीप्रति रिस पोख्दिनन्। भन्छिन् 'मलाई नफापेको पानी होइन केमिकल हो।' हुन पनि उनलाई अरु प्राकृतिक जलासयले अहिलेसम्म कुनै अप्ठ्यारो पारेको छैन।

स्विमिङपुलको एलर्जीले गर्दा उनी पानीको स्वच्छताप्रति निकै सजग छिन्। स्वच्छ पानी र सरसफाइलाई समेत मानवअधिकार मान्नुपर्ने जिकिर उनको छ। सरसफाइमा सरकारले पाँच करोड मात्र बजेट दिएको उनलाई चित्त बुझेको छैन। 'वाटरएड'नामक संस्थाले उनलाई 'सरसफाइ दूत' बनाएपछि उनी पानी र सरसफाइबारे बढी सचेत हुन थालेकी हुन्।

खानेपानीको अभाव उनले पनि खेपेकी छिन्। तर 'पानी दूतु भएपछि उनले पानीसम्बन्धी चिन्ताको दायरालाई फराकिलो पारेकी छिन्। काठमाडौंका धारामा हप्ताको एक वा दुईचोटि मात्र पानी आउने र त्यो पनि आधा रातमा भर्नुपर्ने कठिनाइलाई अरुको समस्या भनेर निश्चिन्त हुन उनलाई अब सुहाउँदैन्। त्यसैले उनी विभिन्न जमघटमा खानेपानीको बन्दोबस्त प्रभावकारी हुनुपर्ने माग उठाइरहन्छिन्।

उनको फिल्मदुनियाँमा पनि स्वच्छ पानीको पूरा ग्यारेन्टी छैन। सुटिङमा निर्माताहरुले मन कुँडाईकुँडाई 'मिनरल वाटर'को बन्दोबस्त त गरिदिन्छन् तर सिर्फ हिरोहिरोइनलाई। समस्या पिउने पानीको मात्र होइन। पानीकै अभावले गर्दा बढेको लोडसेडिङले फिल्म सुटिङलाई बिथोलेको छ।

सुटिङ गर्न विभिन्न ठाउँमा पुग्ने झरना पानीका मुहान देख्यो भने मन थाम्न सक्दिनन्। चाखिहाल्छिन्। उनले थुप्रै मुहान झरना र कुवाका पानी चाखेकी छिन्। विज्ञानले पानीको स्वाद हुँदैन भन्छ। तर झरना दावी गर्छिन् 'पानीको स्वाद ठाउँपिच्छे फरक हुन्छ।'
हिरोइनले झरनामा नुहाएको दृश्यलाई नेपाली फिल्मका धेरैजसो निर्देशक एउटा मीठो कल्पना मान्छन् र यो मीठो कल्पनालाई साकार पारिदिन नेपाली हिरोइनलाई कुनै आपत्ति छैन। झरना स्वयंले पनि थुप्रै झरनामा नुहाइसकेकी छिन्। अहिले काठमाडौंमा चलिरहेको 'तकदीर'मा समेत उनलाई झरनामा नाच्दै गरेको हेर्न पाइन्छ।

हिरोइनलाई बिनाकारण झरनामा चोपलिदिएको आरोप निर्देशकहरुलाई बेलाबेलामा लाग्नेगर्छ । झरना भने यसलाई नकारात्मक मान्दिनन् । त्यस्तो दृश्यमा हिरोइन र झरना दुवैको सौन्दर्य मिसिने हुनाले दर्शकको मनमा आनन्द पैदा हुन्छ भन्ने लाग्छ उनलाई ।

मानवशरीरमा ६० प्रतिशत अंश पानी हुने भएकोले झरना पनि पानीसँग हुरुक्क हुनु कुनै नौलो होइन । तैपनि उनी अधिक पानी पिउने व्यक्तिमा पर्छिन् । 'एकदम थोरै पानी पिउने मान्छे पनि हुन्छन्'- उनी अनुभव सुनाउँछिन् 'मलाई चाहिँ पानीको मात्रा पुगेन भने छटपटी भइहाल्छ।'

उनले प्यास मेटाउन मात्र पानी पिएकी होइनन्। पानीलाई सौन्दर्यसँग जोड्छिन् । पानी धेरै पिइयो भने विभिन्न रोगबाट मुक्त हुने त छँदैछ त्यसबाहेक अनुहारको चमकमा समेत पानीको चमत्कार देख्छिन् उनी।

उनलाई सबभन्दा मनपर्ने पेयपदार्थ पानी हो भने ऋतु चाहिँ वर्षा। झरीमा रुभुन पाए उनलाई भोक लाग्दैन। फिल्ममा कृत्रिम झरी बनाएर सुटिङ गरिन्छ। त्यस्तो झरी भने उनलाई मनपर्दैन । तर साँच्चैको झरीले फिल्मको सुटिङ रोकिन्छ । यो पक्ष चाहिँ उनलाई नरमाइलो लाग्छ ।

उनको नाम उनकी आमाले जुराइदिएकी हुन्। नामसँग आपुनो बानीव्यवहार मिल्छ कि मिल्दैन उनले त्यति गम्भीर भएर सोचेकी छैनन्। तैपनि कताकता मेल खान्छ कि भन्ने उनलाई लाग्छ। 'झरनाजस्तै म पनि सरल छु तर सजिलो छैन बताउँछिन् उनी। झरनाको उचाइ पानीका अरु स्रोतभन्दा माथि हुन्छ नि ! उनलाई कतिपयले यसो भनेर पनि जिस्काउँछन्। तर उनी पुल्पुलिन चाहदिँनन् 'त्यो त मैले भन्न नसुहाउने कुरा हो।'

बरु पानीको गुण उनमा खोज्न सकिन्छ। पानी जति ठक्कर खाँदै बग्छ उति शुद्ध बन्छ। उनी आफ्नो फिल्मयात्रालाई यही पानीको बहावसँग तुलना गर्छिन्। 'मैले निकै हन्डर खाएको छ' तर हार खाइनु उनी बग्दछिन् 'जतिजति फिल्म खेलेँ उतिउति ममा निखार आइरहेको छ।'

पानीले नुन होस् वा चिनी दुवैलाई घोलिदिनसक्छ। झरना व्यवहारमा यस्तै छिन्। साथीभाइमाझ उनको शीतलता अपरिचित छैन । जस्तोसुकै मान्छेसित घुलमिल हुनसक्ने बानी उनको छ।

नाम सौन्दर्य र पानीप्रतिको लगावले गर्दा झरनालाई जलपरी भन्न मिल्ने हो तर उनी भने आफू जलपरी नभएको प्रष्ट पार्छिन्। उनले सुने अनुसार जलपरीको शरीर आधा मान्छे र आधा माछाको हुन्छ र त्यो इच्छाधारी हुन्छे। कहिले मान्छे बन्छे त कहिले माछा। पेशाले झरना पनि इच्छाधारी हुन्। उनले फिल्ममा विभिन्न रुप धारण गरेकी छिन् र अझ कति अवतार धारण गर्नेहुन् हेर्न बाँकी छ। साथै उनलाई कृत्रिम जलासय नफाप्नु र उनले सपनामा पटकपटक माछा देख्नु रहस्यमय छ। उनले नस्वीकारे पनि कतै उनी जलपरी त होइनन् !

(http://xnepali.com/i/thumbs/ooh1250723398o.jpg) (http://xnepali.com/i/viewer.php?id=ooh1250723398o.jpg)
source - http://www.nagariknews.com/ent/movies/819-2009-05-08-07-58-30.html
Title: Re: Jharana Thapa - photos and profile
Post by: xsajha on October 20, 2009, 04:16:11 AM
(http://xnepali.com/i/thumbs/pkr1255991462q.jpg) (http://xnepali.com/i/viewer.php?id=pkr1255991462q.jpg)

चलचित्र 'राज्य' को एक दृश्यमा हिमालको काखमा सुत्दै नायिका झरना थापा ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on October 27, 2009, 03:05:03 AM
(http://xnepali.com/i/thumbs/xne1256591982c.jpg) (http://xnepali.com/i/viewer.php?id=xne1256591982c.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on October 30, 2009, 02:55:00 AM
"केटी हराएको सूचना"बनाउंदैछिन झरना

दुईवटा फिल्मको सुटिङ अनि आफैंले निर्माण गरेको "तक्दिर" काठमाडौंमा चलाउने अन्तिम तयारी । त्यसमाथि म्युजिक भिडियोहरूको खात । नायिका झरना थापालाई यतिखेर "असार १५" लागेको छ । "माघ अन्तिमबाट "तक्दिर" काठमाडौंमा प्रदर्शन हुन्छ"- म्युजिक भिडियो सुटिङका लागि चितवन सौरहा गएकी झरनाले शनिबार फोनमा भनिन्- "तत्कालै कालापानी र एउटा भोजपुरी फिल्ममा अभिनय गर्दैछु । त्यसबाहेक अरू दुईवटा फिल्मबाट प्रस्ताव आएको छ, तर समय मिलाउने गाह्रो भइरहेको छ ।"

उपत्यकाबाहिर राम्रै चलेर राजधानीमा प्रदर्शन हुन लागेको "तक्दिर"ले केहीअघि सर्वोत्कृष्ट फिल्म, नायिका, स्क्रिप्ट, चरित्र अभिनेता र निर्देशक गरी पाँच विधामा केटिभी फिल्म अवार्ड जितेको थियो । यो सफलताले हौसिएकी झरना भन्छिन्- "वैशाखबाट अर्को फिल्म निर्माण गर्छु ।"

आगामी फिल्मको नामचाहिँ अलि अनौठो छ- केटी हराएको सूचना । "यो एकदमै नौलो फिल्म हुनेछ"- झरना भन्छिन्- "केन्द्रीय चरित्र त्यो हराउने केटीको रोल म आफैं गर्छु होला । तर, अरू नायिकालाई पनि लिन नसकिने भन्ने होइन ।"

 

 आफू निर्माता भएपछि "लिड रोल"आफैंले गर्न पाउनुपर्छ भन्नेचाहिँ नसोचेको झरनाले बताइन् । "मुख्य कुरा कथामा को फिट हुन्छ भन्ने हो"- उनले भनिन्- "म फिट भएँ भने मै खेल्छु, नत्र फिट हुने हिरोइन खोज्नुपर्छ ।" अभिनयका साथै निर्माता पति सुनिलकुमार थापासँग निर्माणमा व्यस्त झरनाले पछिल्लोपटक "म तिमीविना मरिहाल्छु" मा गरेको अभिनय निकै मन पराइएको थियो । तर, झरना "यतिमै सन्तुष्ट नभएको" दाबी गर्दै भन्छिन्- "मैले अझै धेरै गर्न बाँकी छ ।"

 
Title: Re: Jharana Thapa - photos and profile
Post by: kurakani on November 02, 2009, 12:49:39 PM
रजतपटमा फेरी अर्को स्क्याण्डल
फिल्मीखबर, काठमाण्डौ, २०६६ कार्त्तिक १६, सोमवार

नेपाली रजतपटमा बेलाबेलामा बिभिन्न किसिमका स्क्याण्डलहरू भईनै रहन्छन् । गएराति नयाँ बानेश्वर स्थित सडकमा पुन: एउटा स्क्याण्डल मच्चियो । नायिका झरना थापाले जब आफ्नै रेष्टुरेण्ट अगाडीको सडकमा आफ्नै श्रीमान सुनिल कुमार थापालाई नायिका रेजिना उप्रेतीसँग भेटिन, त्यसपछि त्यहाँ शुरू भयो एउटा अर्को हंगामा ।

 

जब नायिका झरना सुटिङ सकेर रातको १० बजे घर फर्किन तब उनले घरमा आफ्ना श्रीमानलाई भेटिनन् । रातको समयमा आफ्ना श्रीमानलाई घरमा नदेखेपछी उनले श्रीमानको मोबाईलमा फोन लगाईन तर सम्पर्क हुनसकेन । निकै बेरसम्म फोनलगाए पछी बल्ल बल्ल फोन लाग्यो । कुरा पनि भयो । उनले घर कतिबेला आउने भनेर पनि सोधिन् र श्रीमानले जवाफ फर्काए - 'म एक छिनमा आउँछु ।'

 

कछिनमा आउछु भनेका सुनिल रातको १ बजेसम्म पनि नआउँदा झरनालाई छटपटी भयो । १ बजेसम्म श्रीमान र फोन केही नआउँदा नायिका झरनालाई केहि शंका उत्पन्न पनि नभएको हैन । बेलाबेलामा उनले घरको झ्यालबाट नचिहाएको पनि हैन । रातको करिब २ बजेतिर आफ्नै घरको झ्यालबाट हेर्ने क्रममा नायिका झरनाले आफ्ना श्रीमानको रातो गाडी सडकको छेउमा देखिन । मध्यरातमा सडकको छेउमा बसेर श्रीमान के गरिरहेका छन् त भनेर उनले अली राम्रो सँग झ्यालबाट चिह्याएर हेरिन् । त्यसपछी उनले त्यहाँ आफ्ना श्रीमानको साथमा एउटी केटीलाई देखिन । नायिका झरना आगो भईन् र उत्तिनैखेर उनी त्यहाँ पुगिन ।

 

जब नायिका झरनाले रातको करिब २ बजेतिर आफ्ना श्रीमानसँग नायिका रेजीनालाई देखिन अनि उनले रिस खप्न नसकेर त्यहिँनै रेजिनालाई झापड हानिन् । त्यसपछी घटनास्थलमा खैलाबैला मच्चियो । झरनाले केहि पत्रकार र पुलिसलाई न्यायको लागी डाकिन । घटनास्थलमा पुलिस पनि आए र केहि पत्रकार पनि । केहिबेर हल्लाखल्ला मच्चिए पनि नायिका रेजिना चुपलागेर आफ्नो घर तर्फ प्रस्थान गरिन् भने पुलिस र पत्रकारहरू पनि आफ्नो बिबरण लिएर फर्किए । न्याए नपाएकी झरना श्रीमानको साथमा केहि नबोली आफ्नो घर तर्फ प्रस्थान गरिन् । तर उनलाई रातभर निन्द्रा परेन । यो घटना पछी झरना घरमा बस्न सकिनन् र अहिले माईतिघरमा शरण लिन पुगेकी छिन् ।

 

आज बिहान घटनाको बारेमा फिल्मीखबरले बुझ्ने प्रयास गर्दा झरनाले यसरी बेलीबिस्तार लगाएकी थिईन । फिल्मीखबरले नायिका रेजिना र सुनिलसँग पनि प्रतिक्रिया लिने प्रयास गरेको थियो तर दुबैको मोबाईलमा सम्पर्क हुन सकेन । नायिका झरनाले यो घटना नौलो नरहेको बताईन्। उनले भनिन् - 'आज भन्दा करिब डेढबर्ष देखि यी दुईको चर्तिकाला हेर्दै आएकी छु र बेला बेलामा यि दुईलाई सँगै पनि भेटेकी छु ।' महिला भएर केहि गर्न नसकेको गुनासो पोख्दै झरना थप्छिन् - 'यो भन्दा केहि समय अगाडी यी दुईलाई सँगै भेटेपछी माफी माग्न पनि लगाएकी थिएँ तर आज फेरी त्यही घटना दोहोरीदैं छ ।' आफूलाई दिदी भनेर सम्मान गर्नेले आज आएर आफ्नै घर बिगार्न खोजेको उनले बताईन् ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on November 15, 2009, 02:33:14 PM
मेरो रोजाइ-
झरना थापा, अभिनेत्री-

१. टिभी कार्यक्रम कुन मन पर्छ?
म सिरियल धेरै हेर्छु। नेपाल टेलिभिजनबाट प्रसारण हुने ...तीतो सत्य' एकदम मनपर्छ। हिन्दी सिरियल ...बालिका वधु' र 'झाँसी की रानी' भ्याएसम्म हेर्छु। सिरियलपछि मेरो रुचि फिल्मी कार्यक्रममा छ। स्वदेशी विदेशी जहाँको भएपनि यस्ता कार्यक्रममा रिमोट अडिन्छ। नेपाली फिल्म सम्बन्धी सबैजसो कार्यक्रमको प्रसारण तालिका याद छ मलाई।

 

२. पढ्नुपर्‍यो भने कुन लेखकको कृति रोज्नुहुन्छ?
जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा'। यसको नयाँ संस्करण आएको सुनेकी छु। बजारमा धेरै चर्चा छ। त्यसैले यो किताबबारे मेरो कौतुहलता बढेको हो।

 

३. अरूलाई नेपालको कुन ठाउँ घुम्ने सल्लाह दिनुहुन्छ?
पोखरा भन्छु। यो यस्तो ठाउँ हो, जहाँबाट हिमाल, पहाड र तलाउ एकसाथ हेर्न सकिन्छ। यहाँ खाने कुरा राम्रो पाइन्छ। बस्ने होटल पनि विभिन्न 'रेन्ज'का छन्। यहाँको अतिथिसत्कार राम्रो छ। त्यसैले पोखरा धेरै हिसाबले घुम्नका लागि उपयुक्त स्थान हो।

 

४. जीवनमा सबैभन्दा बढी खेल्नुभएको खेल कुन हो?
पौडी र स्किपिङ (डोरी)मा कुन बढी खेलियो भन्न सक्दिनँ। मैले बाल्यकालदेखि नै दुवै खेल खेल्दै आएकी छु। शरीर फिट राख्न दुवै उपयोगी छन्।

 

५. सबैभन्दा मन पर्ने परिकार?
तातो दालभात र माछा एकदमै मनपर्छ। पाएसम्म खोलाको माछा नभए पालेकै भए पनि हुन्छ। फुर्सद भएसम्म आफैं पकाउँछु। मैले यो परिकार बनाउँदा घरका सबैले प्रशंसा गर्छन्।

 

६. अहिले कुन गीतले तपाईको मनलाई आनन्द दिन्छ?
अहिले म पारिवारिक टेन्सनमा छु। मान्छेले दुःख दिए। यस्तो बेला कस्तो गीत सुन्ने खोइ? रक टाइपको गीत सुन्दा अलि फ्रेस भइन्छजस्तो लाग्छ।

 

७. शरीरलाई न्यानो बनाउन के पिउनुहुन्छ?
कफी र तातो पानी।

८. धेरैजसो कुन वेबसाइट हेर्नुहुन्छ?
'फिल्मीखबरडटकम' बढी हेर्छु। यसमा फिल्मका गतिविधि धेरै हुने भएकोले मलाई मन परेको हो।

 

९. तपाई प्रायः कुन रङको लुगा लगाउनुहुन्छ?
सुटिङमै धेरै समय बित्ने भएकोले धेरैजसो अरूकै 'च्वाइस'मा देखिनुपर्छ। तर, मलाई मन पर्ने चाहिँ सेतो र कालो रङको कपडा हो। सेतोमा एकदमै 'कुल' लाग्छ। कालोमा 'बोल्ड' महसुस गर्छु।

 

१०. काठमाडौंमा बस्नलाई कुन एरिया ठीक हो?
अहिलेको अवस्था हेर्दा त भैंसेपाटी र बूढानीलकण्ठ ठीक हो। दुवै एरिया शान्त र सुविधा सम्पन्न छन्। प्राकृतिक दृश्यावलोकन गर्न पनि उपयुक्त छ। त्यसैले बस्नलाई काठमाडौकों भीडभाडभन्दा अलि परको ठाउँ नै मनपर्छ।

 

११. तपाई काठमाडौंमा कुन सवारीसाधनमा यात्रा गर्नुहुन्छ?
काठमाडौंको ट्राफिक जाम देख्दा त मोटरबाइक नै ठीक लाग्छ। तर, धुलो र धुवाँको समस्याले गर्दा गाडी चढ्ने गरेको छु। होन्डाईको एसियन गाडी चढ्छु।

 

१२. शनिबारको बिदा कसरी बिताउनुहुन्छ?
यस्तै भन्ने छैन। मुड अनुसार कहिले दिनभर सुत्छु। कहिले फिल्म हेरेर बित्छ। घुम्न चाहिँ त्यति जान्न।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on November 27, 2009, 06:53:13 AM
(http://xnepali.com/i/thumbs/xne1259284021b.jpg) (http://xnepali.com/i/viewer.php?id=xne1259284021b.jpg)

मुम्बईको कोठीमा झरना
कान्तिपुर संवाददाता

काठमाडौं, २०६६ मंसिर ११ - भारत मुम्बईको एउटा वेस्यालय, जहाँ बेचिएर पुगेकी एक युवती छटपटाइरहेकी छन् । यौन पिपासुहरूको अनेक पशुजन्य व्यवहारको उनले पलपल सामना गर्नुपर्छ । संघर्षमा रगतपच्छे उनी बेहोसीमै भित्तामा लेख्छिन्, 'नेपाल आमा...।'

नायिका झरना थापा मंगलबार विश्वज्योति हलको पर्दामा तिनै युवतीको भूमिकामा थिइन् । उनकै मुख्य अभिनय रहेको नेपाली फिचर फिल्म 'कहाँ छौ कहाँ' लाई सञ्चारिका समूहले च्यारिटी शो गरेको थियो, दर्शकलाई चेलिबेटी बेचबिखनको कथाले भावुक बनायो । दयाराम दाहाल निर्देशित फिल्ममा अशिक्षा र गरिबीको कारण बेचिएका चेलीको कथालाई निकै मार्मिक रूपमा देखाइएको

छ । वेस्यालयमा भोग्नुपर्ने पासविक यातना, यौनपिपासुहरूको दुव्र्यवहारदेखि उद्धारसम्म । 'हरेक वर्ष सयौंको संख्यामा सोझी युवतीहरू बेचिएका छन्,' शोपछि भेटिएका निर्माता गोविन्द शाहीले भने, 'नेपाली फिल्मका दर्शकले पनि यो कुरा बुझ्न जरुरी छ । त्यही भएर बेचिएको चेलीको समवेदनालाई पर्दामा उतार्‍यौं ।'

फिल्ममा झरनासँगै विराट भट्ट र गोविन्द शाही स्वयंको पनि अभिनय छ । झरनाले निकै भिन्न र साहसिक अभिनय गरेकी छन् । विराज र गोविन्दकै 'मिसन' का कारण कोठीबाट चेलिबेटीको उद्धार हुन्छ । फिल्मको अन्तिममा सकारात्मक सन्देश र चेतना घुसाइएको छ । 'लामो मिहिनेतपछि मुम्बईको सेट भारतको रुपेडियामा तयार पारिएको हो,' शुक्रबारदेखि राजधानीका विभिन्न हलहरूमा लाग्ने फिल्मबारे गोविन्दले भने, 'कम्तीमा पनि चल्तीको फिल्म रुचाउने दर्शकले बेचिएको चेलीको पीडा र संवेदना मनन गर्ने हो भने यसले सकारात्मक सन्देश विस्तार गर्नेछ ।'

हालै वुमन्सफेयरले नेपालबाट बर्सेनि झन्डै एक हजारको हाराहारीमा भारतका विभिन्न सहरमा चेलिबेटी बेचबिखन हुने तथ्यांक सार्वजनिक गरेको थियो, जसमध्ये मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, काभ्रे, चितवन र भारतसँग सिमाना जोडिएका तराईका विभिन्न जिल्लाहरूका युवतीहरू बढी छन् । त्यसरी बेचिएर चेलीहरू भारतको कोलकाता, दिल्ली, मुम्बई र बैंगलोरसम्म पुग्छन् । 'मेरै गाउँठाउँको कथा पनि फिल्ममा छ,' नेपालगन्जका गोविन्दले भने, 'बेचिएका चेलीहरू कि त उतै मरेका छन्, कि त एड्स बोकेर फर्केका छन् ।' १५ वर्षअघि चेलिबेटी बेचबिखनमै केन्दि्रत रहेर रवि बरालले 'चमेली' बनाएका थिए ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on November 27, 2009, 02:46:23 PM
(http://xnepali.com/i/thumbs/laa1259312466u.jpg) (http://xnepali.com/i/viewer.php?id=laa1259312466u.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on January 14, 2010, 07:10:05 AM
(http://xnepali.com/i1/th/nep1263432257b.jpg) (http://xnepali.com/i1/viewer.php?id=nep1263432257b.jpg)

with Nikhil
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on January 28, 2010, 11:08:21 AM
(http://xnepali.com/i1/th/xne1264656101s.jpg) (http://xnepali.com/i1/viewer.php?id=xne1264656101s.jpg)


'मैले निर्माण गर्ने सबै फिल्म हिट हुन्छन्'
 २०६६ माघ १४

निर्माताभन्दा नायिका बन्न सजिलो लाग्छ झरना थापालाई । पहिलोपटक धर्मसंकट फिल्म निर्माण गरेर नायिकाका साथै निर्मात्रीकी रूपमा समेत स्थापित भएकी झरनाले अहिलेसम्म चारवटा फिल्म निर्माण गरिसकेकी छिन् । पति सुनीलकुमार थापा र झरनाले धर्मसंकटपछि गोर्खाली, ए मेरो हजुर र तक्दिर नामका फिल्म निर्माण गरिसकेका छन् । अभिनयका साथै फिल्म निर्माणमा समेत निरन्तर लागिरहेकी झरना अब अर्काे फिल्म निर्माण गर्ने तयारीमा जुटेको बताउँछिन् । नयाँ वर्षको अवसर पारेर सुटिङ थालिने उनको फिल्मको नाम रहेको छ- केटी हराएको सूचना ।

 


आफूले निर्माण गरेका चारवटै फिल्मले व्यावसायिक सफलता हासिल गरेको बताउँछिन् उनी । भन्छिन्, 'चारवटै फिल्म हिट भए । अब बन्ने फिल्म पनि हिट हुन्छ भन्ने पूर्ण विश्वास छ ।' झरनाले निर्माण गरेको धर्मसंकटमा पहिलोपटक नायकद्वय शिव श्रेष्ठ र राजेश हमालले एकसाथ अभिनय गरेका थिए । स्टारहरूको भीड रहेको सो फिल्ममा शिव र राजेशका साथै गौरी मल्ल, विपना थापा, रमेश उप्रेती, मुरलीधर अनि झरना स्वयं अभिनीत छन् । 'स्टारयुक्त फिल्म भएकाले लगानी बढ्यो,' धर्मसंकट बनाउन पचास लाख रुपैयाँ लागेको बताउँदै झरनाले भनिन्, 'नयाँ निर्मात्री भएकाले कुनै कुराको आइडिया थिएन । त्यस कारण पनि लगानी बढ्यो ।' आफ्ना चार फिल्ममध्ये यही फिल्मबाट कम रुपैयाँ मुनाफा भएको बताउँछिन् झरना । 'तर, फिल्मका सबै पक्ष बबाल थिए,' झरनाले भनिन्, 'प्रदर्शनको बारेमा पनि राम्रो आइडिया नहुनाले सोचेजति नाफा हुन सकेन ।'

 


गोर्खाली झरनाले निर्माण गरेको दोस्रो फिल्म हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा श्रीकृष्ण श्रेष्ठ र झरना स्वयं प्रमुख भूमिकामा थिए । झरनाका अनुसार अहिलेसम्म आफूले निर्माण गरेका फिल्ममध्ये सबैभन्दा बढी रकम मुनाफा गर्न सफल फिल्म यही हो । गाउँले ठिटो सहर छिरेपछि कस्ता समस्या झेल्छ, सहरमा हुर्केका युवती कस्ता हुन्छन् भन्ने देखाइनुका साथै वीर नेपालीको प्रसंग समावेश गरिएको गोर्खाली मनोरञ्जनका साथै सन्देशयुक्त फिल्म भएको ठहर झरनाको छ ।

 


आफ्ना फिल्ममध्ये ए मेरो हजुरमा निभाएको अन्धीको भूमिका उनी आफैँलाई बुलन्द लागेको रहेछ । भनिन्, 'पहिलोपटक अन्धी केटीको भूमिका निभाएँ । निकै चुनौतीपूर्ण रोल थियो । पछि फिल्म हेर्दा लाग्यो, मैले राम्रो काम गरेछु ।' शिव रेग्मीको निर्देशनमा बनेको सो फिल्ममा श्रीकृष्ण श्रेष्ठ र झरना स्वयं प्रमुख भूमिकामा छन् । नारीले आफ्नो तक्दिर आफैँले लेख्नुपर्छ भन्ने थिममा झरनाले निर्माण गरेको तक्दिर फिल्मले व्यावसायिक सफलता मात्र पाएन । वर्षकै उत्कृष्ट फिल्मको अवार्ड पायो । विराज भट्ट, दिलीप रायमाझी र झरना स्वयं प्रमुख भूमिकामा अभिनीत सो फिल्म दीपक श्रेष्ठको निर्देशनमा बनेको हो ।

 

तक्दिरलाई मनोरञ्जनका साथै नारी सशक्तीकरणयुक्त फिल्म भएको बताउँछिन् उनी । 'मैले बनाउने फिल्म मनोरञ्जनात्मकका साथै केही न केही सन्देशयुक्त होस् भन्ने चाहन्छु,' झरना भन्छिन्, 'केटी हराएको सूचनामा पनि मनोरञ्जनका साथै समाजका लागि केही सन्देश दिने कोसिसमा छौँ ।' आफूले निर्माण गर्ने फिल्ममा आफैँ नायिका खेल्नु कथाको माग भएको बताउँछिन् झरना । 'स्त्रिmप्टमा फिट भएमात्र आफैँ खेल्छु,' स्पष्टीकरण दिँदै उनले भनिन्, 'जबर्जस्ती हिरोइन बन्ने भए त धर्मसंकटमै बन्थेँ नि ।'

 


झरनाले निर्माण गरेका फिल्मका गीत पनि हिट छन् । धर्मसंकटमा मलाई नेपाली माया चाहिन्छ त्यतिवेला निकै चर्चित भएको थियो । गोर्खाली फिल्मको काठमाडौंको बीचैमा घन्टाघर बोलको गीतले पनि बजार तताएको थियो । पछि ए मेरो हजुरको शीर्ष गीत त झन् चर्चित भएको थियो भने तक्दिरको मै मोरीलाई लिन परदेशी आउँछ रे अहिले पनि चर्चामा छ । आफूले बनाएको फिल्मको गीत जनजिब्रोमा झुन्डिने हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताउँदै झरनाले भनिन्, 'हामी धेरै मिहिनेत गर्छाँ । जसकारण अहिलेसम्म परिणाम पनि राम्रो आइरहेको छ ।' तिहारपछि सुटिङ हुने बताएको केटी हराएको सूचना फिल्मको सुटिङ सुरु हुन नसक्नुको कारण खोल्दै उनले भनिन्, 'स्त्रिmप्ट तथा गीत नै राम्रो बनाउने कोसिसमा छौँ । त्यसैले समय लागेको हो ।'

स्रोत: नयाँ पत्रिका
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on March 15, 2010, 11:41:55 AM
१३ वर्षको वैवाहिक जीवनमा मैले सुनीलजीलाई कहिल्यै पनि यो भएन त्यो भएन भनेर सताएकी छैन । मेरो माइतीको अनुमतिविना उहाँसँग भागेर बिहे गरे पनि त्यसपछि भने कसैलाई गुनासो गर्ने ठाउँ दिएकी छैन । सुनीलजीले पनि मलाई जे चाहिन्छ, सधै पुर्‍याइदिनुभएको छ ।

० झरना थापा

अभिनेत्री

अचेल म धेरैजसो सुटिङमै ब्यस्त हुन्छु । एकमाथि अर्का सुटिङ पर्ने भएकाले घरपरिवारलाई समय दिन गाह्रो भइरहेको छ । सुटिङ नपर्दा भने फुर्सद हुन्छ । फुर्सदका हरेक पल म मेरो परिवारसँग बिताउन चाहन्छु ।

सुटिङ नभएको दिन म बिहान अबेर नौ-दस बजेतिर उठ्छु । जतिसुकै हतारमा भए पनि बिहान सधैँ बत्ती बालेर भगवान्लाई फूल चढाउने मेरो बानी छ । आज म जे छु, मेरो परिवार जे छ, सबै भगवान्को कृपा हो । कहिलेकाहीँ सपरिवार भगवान्को दर्शन गर्न मन्दिर जान्छौँ हामी ।

म किचनमा बिरलै पस्छु । बेफुसर्दीका कारण खाना पकाउन पनि भ्याउँदिनँ । सहयोगी बहिनीले खाना बनाउने गर्छिन् । मेरी सासुआमा पनि किचनमा सघाउनुहुन्छ । उहाँ मीठो पकाउनुहुन्छ । मलाई पनि खाना बनाउन मन लाग्छ । स्वाद-स्वादका परिकार बनाउन सक्छु । टाइम भए र मुड चले पकाउने गरेकी छु ।

म खसीको मासु निकै मिठो पकाउँछु रे- सुनीलजी (पति सुनीलकुमार थापा) ले भन्नुभएको । उहाँलाई मैले पकाएको खसीको मासु र भातका साथमा गोलभेडाको अचार निकै मनपर्छ । कहिलेकाहीँ नुन चर्का भयो भने पनि मीठो मानिमानी खानुहुन्छ । आफूले खाँदा बल्ल थाहा हुन्छ- नुन चर्का भएछ । मलाई भने साधारण खाना मनपर्छ । दाल, भात, गुन्द्रुक, माछा अनि दही । करेला पनि निकै मीठो लाग्छ मलाई । तर, ब्लडप्रेसर लो भएकाले धेरै खान पाउँदिनँ । भान्टा र परबर भने मलाई मन पर्दैन । मेरी छोरी सुहाना भने घरायसी खानेकुराभन्दा आइसक्रिम, चक्लेट बढी मन पराउँछिन् । खाना पनि फकाइफकाई खुवाउनुपर्छ ।

म निट एन्ड क्लिन मन पराउँछु । फुर्सदका दिनमा म घरको सरसफाइ गर्ने गर्छु । फोहोर पटक्कै मन पर्दैन । उहाँ सामान लथालिंग पार्नुहुन्छ । मलाई सम्हाल्दैको हैरान ! सानैदेखि होस्टेल बसेकाले होला उहाँ कुनै सामान पनि जतनका साथ राख्नुहुन्न, जहाँबाट झिकेको हो त्यहीँ राख्न जान्नुहुन्न । उहाँको यस बानीका कारण हामी दुईजनामा कहिलेकाहीँ ठाकठुक पर्छ ।

नायिकाका साथै म जिम्मेवार बुहारी, पत्नी अनि आमा हु । पेसा र पारिवारिक कर्तव्य र जिम्मेवारीबीच तालमेल मिलाउनुपर्छ भन्नेे हेक्का छ मलाई ।

सुटिङ नभएको समय मैले मेरो घरपरिवारका लागि समर्पण गरेकी छु । अस्ति मात्रै मैले एक महिनालाई पुग्ने दाल, चामल, नुन, तेल, पीठो, सुकेको खुर्सानी र मसलाहरू गरेर झन्डै दस हजारको सपिङ गरेँ । घरको लागि भ्याएसम्म म आफैँ सपिङ गर्छु । छोरी होस्टल बस्ने भएकीले फुर्सद हुदा उसलाई भेट्न जान्छौँ । सुनीलजी, म र छोरी लङटुरमा पनि जाने गरेका छौँ ।

श्रीमान्लाई सताएको दिन छैन

अहिलेसम्मको वैवाहिक जिन्दगी (१३ वर्ष) मा मैले सुनीलजीलाई कहिल्यै पनि यो भएन, त्यो भएन भनेर सताएकी छैन ।

मेरो माइतीको अनुमतिबिना उहाँसँग भागेर बिहे गरे पनि मैले कसैलाई गुनासो गर्ने ठाउँ दिएकी छैन । मलाई जे चाहिन्छ, उहाँले सधैँ पुर्‍याउनुभएको छ । मैले मागेरै लिनुपर्ने कुनै कुरा छैन । म भगवान् निकै मान्ने भएकीले कहिलेकाहीँ तीर्थव्रत गर्ने कुरामा उहाँको समय नमिल्ने हुनाले अधूरो रहने गर्दछ । केही समयदेखि सुनीलजीलाई भारतको वैष्णोदेवी माताको दर्शन गर्न जाऊँ भन्दै आएकी छु । उहाँ व्यापारी मान्छे । मेरो फुर्सद भएको बेलामा उहाँको फुर्सद नहुने, अनि उहाँ फुर्सदमा हुदा म सुटिङमा व्यस्त हुने भएकाले अहिलेसम्म वैष्णोदेवी मन्दिर दर्शन गर्न जान पाइएको छैन ।

म सुनीलजीबिनाको जीवन कल्पनासम्म गर्न सक्दिनँ । तर ममा यति धेरै हिम्मत छ कि परिआए एक्लो जिन्दगी पनि बाँच्न सक्छु भन्ने लाग्छ  । सबै समय र भाग्यको खेल हो । भोलि कसले देख्या छ र ? एक्लै जिन्दगी बिताउनुपर्‍यो भने पनि म पछि हट्दिनँ ।

उहाँ मलाई निकै माया गर्नुहुन्छ । उहाँको माया देख्दा सबै लोग्नेमान्छे आफ्ना श्रीमतीलाई यति धेरै माया गर्छन् त ? भन्ने शंका लाग्छ । उहाँ जिम्मेवार पति र बुबा हो । जिम्मेवारी बहन गर्न उहाँ कहिल्यै पनि चुक्नुभएको छैन । उहाँको यो बानी मलाई निकै राम्रो लाग्छ ।

सुटिङले गर्दा म प्रायः घरबाहिरै हुन्छ । घरप्रतिको मेरो जिम्मेवारी पनि उहाँले बहन गर्नुहुन्छ । सुटिङ परेको दिन बिहान सबेरै उठेर मेरा लागि ब्रेकफास्ट तयार गर्नुहुन्छ । छोरीको हेरचाह पनि उहाँले नै धेरै गर्नुहुन्छ । छोरी पनि बाबु भनेपछि हुरुक्कै हुन्छिन् । म घरमा धेरै बस्न नपाउने भएकाले होला छोरी पनि मसँगभन्दा बाबुसँग धेरै रमाइलो मान्छिन् । सुटिङमा बाहिर हुदा म मेरो घरपरिवारलाई धेरै मिस गर्छु ।

परिवार सम्झिएर रातभरि रोएँ

 

एकपटक भने म रातभरि रोएकी छु । एक कार्यक्रममा म दुई महिनाका लागि लण्डन गएकी थिएँ । अरू बेलामा घरबाहिर बस्दा म कहिल्यै रोएकी थिइनँ । म लण्डनमा भएको बेलामा यता मेरो ससुरा बा स्वर्गबास हुनुभयो । मैले उहाँको मुख हेर्न पाइनँ । पूणिर्माको दिन थियो । होटलको छतमा गएर आकाशतिर हेरेको त अनायासै मेरा आँखा भरिए । त्यतिबेला म स्वर्गबासी ससुरा, सासु, छोरी अनि श्रीमान् सम्झिएर निकै रोएँ । मलाई होमसिक भएको थियो सायद । कहिल्यै नरुने मान्छे म, रातभरि रोइरहेँ । घरपरिवार भनेको के हो, मैले त्यतिबेला बुझेँ ।

 

त्यसो गर्दा रिस उठ्छ

कहिलेकाहीँ मान्छेका मुखबाट नानाथरि सुन्नुपर्दा मलाई निकै रिस उठ्छ । इष्र्या गर्नेहरूले आफँै कुरा बनाएर भन्छन् । तर, मलाई थाहा छ- नखाएको विष लाग्दैन ।

सुनीलजी कहिलेकाहीँ कुरै नबुझी बोल्नुहुन्छ, अनि मलाई रिस उठ्छ । मलाई रिस उठ्यो भने म ठूल्ठूलो स्वरमा कराउँछु । पछि, उहाँ आफ्नो गल्ती महसुस गर्नुहुन्छ, अनि कुरा साम्य हुन्छ ।

मलाई धेरै रिस उठ्यो, टेन्सन भयो भने झ्याप्पै निद्रा लाग्छ । निद्राले निस्लोट बनाएपछि म सुतिहाल्छु । निद्राबाट बिउँझदा सबै रिस, टेन्सन गायब भइसकेको हुन्छ । अचेल डेढदुई महिना भयो, ठूलो स्वरले बोल्नुपरेको छैन ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on March 15, 2010, 11:42:07 AM

पतिका मनपर्ने-नपर्ने बानी

मलाई सुनीलजीका सबै बानी मन पर्छन्, कुरा नबुझी आवेगमा आइहाल्नेबाहेक । उहाँ मिलनसार, सहयोगी, सहृदयी हुनुहुन्छ- आफ्नो र परिवारको ख्याल राख्ने ।

उहाँलाई खुसी हुन कुनै नौलो या ठूलो कुरा चाहिँदैन । सधैँ त्यत्तिकै खुसी हुनुहुन्छ । जे छ, त्यसैमा सन्तोष मान्नुहुन्छ । मलाई हरेक कुरामा गाइड गर्नुहुन्छ ।

उहाँ खासै मात्तिने गरी पिउनुहुन्न । तर, कहिलेकाहीँ भने उहाँ मात्नुहुन्छ । मातेपछि उहाँलाई सम्हाल्न निकै गाह्रो हुन्छ । बोलेको बोल्यै गर्नुहुन्छ । कसैगरी पनि चुप लगाउन सकिन्नँ ।

अरू रक्सी पिउँदा त उहाँलाई केही हँुदैन तर भोड्का र खुकुरी रम पिउनुभयो भने उहाँलाई नराम्रोसँग लाग्छ । उहाँ भन्ने गर्नुहुन्छ- 'भोड्का र खुकुरी रम पिएपछि मलाई के हुन्छ, होसै हुँदैन ।' त्यसैले, उहाँलाई भोड्का र खुकुरी रम नपिउन आग्रह गर्ने गरेकी छु । उहाँ पनि हम्मेसी ती रक्सी पिउनुहुन्न ।

पतिपीडा

उहाँले अचेल आफूलाई सुधार्नुभएको छ । सबैलाई थाहा भएकै कुरा हो- उहाँ कहिलेकाहीँ बहकिनुहुन्छ । को-को, को-को आइमाईसँगको सम्बन्धका कारण उहाँ अराजक बन्नुभएको छ ।

केही अघिको घटना हो । मध्यरातमा मैले उहाँ र एउटी हिरोइनलाई आफ्नै घरअगाडि प्रेमरत देखेँ । मलाई साह्रै पीडा भयो । आखिर ममा के कमी छ र अरू आइमाईको संगत गर्नुपर्‍यो उहाँले ? पहिला पनि मैले उहाँलाई त्यही हिरोइनसँग रंगेहात भेटेकीले निकै पीडा भएको थियो ।

मध्यरातको त्यस घटनाले उहाँप्रतिको विश्वास हराएको थियो । म केही रात निकै रोएँ । एक मन त सोचेँ- 'अब म सुनीलसँग बस्दिनँ ।' माइतमा बुबामम्मीलाई आफ्नो निर्णय सुनाएँ । एकचोटीको मात्र गल्ती भएको भए पो माफ गर्न सकिन्थ्यो । पटकपटक एउटै गल्ती दोहोर्‍याएपछि त सहनै गाह्रो हुदो रै'छ । मलाई लाग्यो मेरो स्वर्गजस्तो घरमा नजर लाग्यो ।

पछि, 'उहाँले मसँग अब आइन्दा यस्तो गल्ती गर्दिनँ, अन्तिमपटक माफ गरिदेऊ,' भनेर वाचा गर्नुभयो, अनि म फर्किएँ  । मलाई लाग्छ, उहाँले आफ्नो वाचा पूरा गर्नुभएको छ । अहिले भन्ने गर्नुहुन्छ- 'म गलत बाटोमा थिएँ ।'

पतिसँग तीन स्मरणीय पल

० कलिलै उमेरमा भागेर प्रेमविवाह गरेका हामीलाई जिन्दगी के हो भन्ने केही थाहा थिएन । उहाँको प्रेममा म एकोहोरिएकी थिएँ । बिहे भएको केही दिनपछि घरमा एउटा पार्टी थियो । उहाँकै आग्रहमा मैले जिन्दगीमा पहिलोपटक वाइन पिएँ । पिउँदै गएपछि म मात्दै गएछु । सबैजना पिउँदै, डान्स गर्दै रमाइरहेका थिए । पार्टी सिद्धिएपछि हामी बेडरुममा गयौँ । धेरै मातेकाले होला, बेडमा पल्टन नपाउँदै मैले उल्टी गर्न थालेँ । उहाँ आत्तिँदै गिलास ल्याएर उल्टी थाप्न थाल्नुभयो । एकैचोटीमा गिलास भरियो । अनि फेरि उहाँले हतारहतार सिरानीको खोल थाप्नुभयो । त्यो घटना म कहिल्यै बिर्सन सक्दिनँ । मप्रति उहाँको प्रेम कति छ भन्ने पनि त्यो घटनाले दर्शाउँछ ।

० म पिकेमा पढिरहेकी थिएँ । हाम्रो बिहे भइसकेको थियो । कलेजमा भएको डान्स कम्पिटिसनमा भाग लिएकी थिएँ । म फस्ट भएँ । मैले तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको हातबाट अवार्ड पाएँ । राजारानीको हातबाट अवार्ड पाएको उपलक्ष्यमा सुनीलजीले एउटा भव्य पार्टी दिनुभयो । त्यो पनि मेरा लागि स्मरणीय छ । आफ्नी पत्नीको सफलतामा रमाउने पतिका रूपमा बुझेकी छु, मैले उहाँलाई ।

० छोरी जन्मँदाको कुरा हो । सुत्केरी ब्यथा लागेर मलाई हिमाल हस्पिटलमा राखिएको थियो । म प्रसव वेदनाले कराउँथेँ, छटपटाउथेँ । उहाँ मेरो पीडा देखेर आँखाभरि आँसु पार्नुहुन्थ्यो ।

मेरो पीडामा उहाँ रोएको देख्दा मलाई उहाँको निकै माया लाग्यो । भन्छन्, लोग्नेमान्छे रुँदैनन् । तर, मेरो श्रीमान्को मन कमलो छ । छोरी जन्मिएको केही घन्टापछि मात्र उहाँलाई मसँग भेट्न दिइयो । त्यतिबेला पनि उहाँ मलाई सुम्सुम्याउँदै रुनुभयो ।

म सुत्केरी भएपछि मेरो र बच्चाको हरपल ख्याल गर्नुभयो उहाँले । ती दिन सम्झँदा सुनीलजीले हजार गल्ती गरे पनि माफ गरिदिन मन लाग्छ ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on March 15, 2010, 11:43:21 AM
(http://xnepali.com/i1/th/nep1268632682k.jpg) (http://xnepali.com/i1/viewer.php?id=nep1268632682k.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: winkantipur on May 01, 2010, 12:18:56 AM
Jharana Thapa ta Lucky are ni haina, jun movie khelyo, songs haru saab hit hun6...
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on May 27, 2011, 08:41:35 AM
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on October 28, 2011, 01:01:34 PM
Tihar 2068 (2011)

झरना थापा, नायिका

घरमा लक्ष्मी भित्र्याउने चाहना सबैको हुन्छ । यो मेरो पनि चाहना हो । हामी दुई दिदीबहिनी छौं । दुई दिदीबहिनीले एकजना भाइलाई टीका लगाईदिन्छौ । भाइलाई टीका लगाएर उसको लामो दीर्घायूको कामना गर्न पाउँदा खुशी लाग्छ । अब घर पुगेपछि घर सिंगार्ने काम छ । देउसी भैलो खेल्नका लागि सवैतिरबाट निमन्त्रणा आएको छ । यसैले पनि निमन्त्रणा मान्दै देउसी भैलो खेल्न जाने पनि ईच्छा छ । तास, जुवा म केही पनि खेल्दिन । धार्मिक दृष्टिकोणले पनि यो पर्व को महत्व धेरै छ जस्तो लाग्छ । धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । भाइको दीर्घायुको कामना गर्दै टीका लगाईन्छ । घरमै रमाईलो गरिन्छ । छायांकनबाट छुट्टिपाईने भएकाले पनि आनन्द लाग्छ ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on April 11, 2012, 01:41:00 PM
(http://xnepali.net/i1/th/aah1334130916p.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1334130916p.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on August 22, 2012, 08:55:25 AM
(http://xnepali.net/i1/th/luu1345605019m.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1345605019m.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on September 17, 2012, 01:54:40 AM
feri school ma

(http://xnepali.net/i1/th/laa1347826151d.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1347826151d.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on October 22, 2012, 01:47:50 AM
(http://xnepali.net/i1/th/luu1350849656t.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1350849656t.jpg)

नायिका झरना थापा पनि केही दिन अघि मापसे चेकिङमा

 नायिका झरना थापा पनि केही दिन अघि मापसे चेकिङको फन्दामा परिन् । राती कतै कार्यक्रमबाट फर्किरहेकी उनलाई देख्ने बित्तिकै प्रहरीले रोकेका थिए ।
सुरुमा त आफु कलाकार भएको र मापसे गरेको छैन भन्दै झरना चेकिङबाट पन्छिन खोजिन् । तर प्रहरी किन मान्थे र, झरनाको कुरामा विश्वास नलागेर उनीहरुले ब्रेथलाइजर नै उनको मुखमा तेर्साए ।

चेकिङ लगत्तै मापसे नाप्ने मेसिन ब्रेथलाइजरले जिरो देखाए पछि भने उनी ढुक्क हुँदै घर तर्फ लागिन् । मापसे चेकिङ गरिरहेको तस्वीर कसैले फेसबुकमा अपलोड गरि दिए पछि फेसबुक प्रयोगकर्ताबीच झरनाको उक्त तस्वीर चर्चाको विषय बनेको छ ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on December 09, 2012, 02:30:50 AM
(http://xnepali.net/i1/th/ktm1354999518f.jpg) (http://xnepali.net/i1/viewer.php?id=ktm1354999518f.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on February 21, 2013, 10:12:08 PM
Australia hot photo..

(http://xnepali.net/i1/th/chu1361464020h.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1361464020h.jpg)
Title: Success secret of Jharana Thapa
Post by: 00t on August 09, 2014, 11:45:09 PM
Success secret of Jharana Thapa

Actress Jharana Thapa is a religious person. She worships gods everyday. She also consults astrologers before starting any new tasks. Every plans she made are usually according to the suggestion of astrologers. Jharana believes that being religious is to think positively of others, help those who need help and being positive. Although she is not […]
Source: Success secret of Jharana Thapa (http://nepaliactress.com/success-secret-of-jharana-thapa/)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on March 28, 2015, 08:07:02 AM
Happy Birthday Jharana Thapa !!

Jharana turns 36

photos here -->http://nepaliactress.com/happy-birthday-jharana-thapa/


Last year on her birthday (http://xnepali.net/movies/jharana-thapa-announces-to-direct-movie-on-her-birthday/) she had announced film direction. So far, she hasn't started the direction.

I wish she will do that this year. Happy Birthday

(http://i1.wp.com/nepaliactress.com/wp-content/uploads/2015/03/jharana-thapa-birthday-celebration-17.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on July 12, 2015, 12:54:51 PM
20 years married ...

more photos --> http://xnepali.net/movies/jharana-thapa-and-sunil-celebrate-20th-marriage-anniversary-in-nagarkot-photos/


(http://i0.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/07/Jharana-Thapa-marriage-anniversary41.jpg)


Daughter feeds cake to Jharana
(https://pbs.twimg.com/media/CJsiCLAVAAAB1Ad.jpg)
Title: Re: Jharana Thapa - photos and profile
Post by: sag on October 01, 2015, 03:01:25 PM
बेहोसीमै हट सिन दिन्छन्: झरना थापा

 

चलचित्र 'दाइजो'बाट सिनेमा क्षेत्रमा हाम फालेकी नायिका झरना थापाले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । निर्माता सुनील थापासँग विवाह गरेकीले पनि हुनसक्छ, उनलाई यो क्षेत्रमा टिक्न सजिलो भएको छ । समकालीन नायकसँग मात्रै होइन नव प्रवेशीहरुसँग समेत उनले सिनेमा खेल्ने अवसर पाएकी छिन् । आफ्नै सिनेमा 'फेसबुक'मा खुलेको उनको गेटअपको चर्चा सेलाउन नपाउँदै अर्को सिनेमाको गीतमा उत्तेजक दृश्य दिएकी छिन, झरनाले । त्यसैले उनलाई बुढेशकालकी सेक्सी नायिका समेत भनिन थालिएको छः
 
यो उमेरमा आएर सेक्सी नायिका भन्दिंदा कस्तो लाग्दो रहेछ ?
-लामो हाँसोपछि) रमाइलो लाग्छ । मैले त आफ्नो भूमिका सुहाउँदो काम गरिरहेको हुन्छु । अरुको कमेन्टप्रति त्यति वास्ता गर्दिन ।
 
तर धेरैले त झरनाको जवानी फर्किएछ भन्छन् होइन ?
मैले समाजलाई पच्दै नपच्ने हट सिन दिएकी छैन । पहिले पनि मैले स्कट, पाइन्ट लगाएर नाचेकी थिएँ । अहिले गेटअपमा थोरै परिवर्तन भयो होला ।
 
यस्तै सिन दियो भनेमात्रै चर्चा पाइन्छ नि फेरि ?
चर्चाका लागि म त्यस्तो गर्दिन । सिनले भन्दा पनि कामले चर्चा पाउने हो ।
 
यौनसँग सम्बन्धित सिनेमा बनाउने लहर चलेको छ । यस्तो प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ?
यस्ता मुभी बन्नु राम्रो होइन । यसले समग्र चलचित्र क्षेत्रलाई नै घाटा भईरहेको छ । केही महत्वकांक्षी व्यक्तिका कारण हामीले समेत बद्नाम हुनुपरिरहेको छ । समाज, संस्कार सुहाउँदो सिनेमा बनाउने र खेल्ने गर्नु पर्छ ।
अर्कोतिर सरकाले एक करोडमा बन्ने र १५ लाखमा बन्ने सिनेमालाई एउटै हलमा देखाउन दिनु भएन । फिल्मको विषयवस्तु अनुसार वर्गीकरण गरिदिए भइहाल्यो नि । कम्तीमा १४/१५ वर्ष संघर्ष गरेर आएका हाम्रो बद्नाम त हुने थिएन । नायिका भनेर सडकमा हिंड्न समेत गार्‍हो भइसक्यो ।
 
किन यस्तो भएको हो ?
नयाँ कलाकारले कुरा नबुझेर । हिरो हिरोइन भइन्छ भनेर निर्माता निर्देशकले जे भन्यो त्यही मान्दा यस्तो भएको हो ।
 
कसरी कुरा नबुझेका होलान् नयाँ कलाकारले ?
उनीहरुलाई यहाँ भित्रका धेरै कुरा थाहा हुँदैन । खाली पर्दामा हिरोहिरोइन हुने सपना मात्रै हुन्छ । हिरोहिरोइन बन्ने भन्दैमा दंग हुन्छन् । जसले जे भन्यो त्यही गर्न राजी पनि हुन्छन् । बेहोसीमै हट सिन दिन्छन् । पछि सार्वजनिक भएपछि आलोचना हुँदा मात्रै उनीहरुलाई आफ्नो कमजोरी थाहा हुन्छ । धेरै नयाँ कलाकारले अहिले मैले त्यस्तो दृश्य दिएकै छैन भन्नुको अर्थ त्यही हो । दिने बेला होश हुँदैन । होश खुलेपछि केही गर्नसक्ने अवस्थै रहँदैन ।
 
नायिकाको उमेर र सिनेमामा काम पाउनेबीच कस्तो सम्बन्ध हुँदोरहेछ ?
म 'एक्सन'को सुटिङ सक्नासाथै 'नो स्मोकिङ'मा व्यस्त हुनेछु । उमेर उकालो लागेपनि मेरो काम दर्शकले मन पराइदिनुभएकोले मैले फुर्सद बस्नुपर्‍या छैन ।
 
आफै निर्माता नभएको भए त गार्‍है पथ्र्यो होला नि ?
खै त्यो त कसरी भनूँ । शुद्ध कलाकार मात्रै भएर टिक्नेबारे मैले सोचेकै छैन ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on December 12, 2015, 06:07:14 AM
पहिलो फिल्ममा धेरै “टेक” खाएँ

Dec 9, 2015
(http://www.enayapatrika.com/wp-content/uploads/2015/12/jharana-thapa-660x330.jpg)

बच्चैदेखि डान्स गर्न भनेपछि हुरुक्कै हुन्थेँ । त्यसैले कतै गीत बज्यो भने मेरा खुट्टा र कम्मर हल्लिहाल्थे । हिरोइन नै हुन्छु भन्ने सोच त थिएन । तर, पछि माहोल मिल्दै आयो । अनि अभिनयमा लागेँ । डान्समा रुचि भएकाले पिके कलेजमा डान्स विषय लिएर डिप्लोमा गरेँ । कलाकार बन्ने चाहना त थियो । तर, फिल्मी कुरा केही आउँदैनथ्यो मलाई । कसो–कसो दयाराम दाहालको निर्देशनमा बनेको ‘दाइजो’ फिल्ममा अभिनय गर्ने मौका पाएँ । त्यसमा मेरो छोटो भूमिका थियो । केही मेसो नपाए पनि काम गरेँ । सुटिङ त सकियो । तर, रिलिज भने धेरैपछि मात्रै भयो । दाइजोमा पहिलो सट दिँदाखेरिको सम्झना ताजै छ मलाई । त्यतिवेला फिल्म रिलमा खिचिन्थ्यो । निर्देशक दयाराम दाइले मलाई कसरी अभिनय गर्ने भन्ने सिकाउनुभयो । उहाँको पनि त्यो पहिलो फिल्म थियो । पहिलो सट दिँदा म निकै नर्भस भएँ । के गर्ने भन्ने नै बिर्सिएछु । निर्देशकले एक्सन भनेपछि अभिनय गर्नुपर्नेमा म त अलमलमा परेछु । त्यसैले धेरै टेक खाएँ । त्यो फिल्म मेरा लागि ‘ट्रायल’ थियो । तर, समयमा रिलिज भएन । त्यसपछि आफ्नै प्रोडक्सनमा ‘धर्मसंकट’ फिल्म निर्माण गरियो । त्यसबाट भने म हिरोइनका रूपमा ‘डेब्यु’ भएँ । त्यस फिल्ममा म डान्स गरेको ‘मलाई नेपाली माया चाहिन्छ’ बोलको गीत निकै हिट भयो । त्यसपछि भने फर्केर हेर्नुपरेको छैन । अहिलेसम्म झन्डै एक सय फिल्ममा अभिनय गरिसकेकी छु ।

naya patrika
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on June 27, 2016, 01:21:21 PM
मेकअपले नाकको दाग छोप्छु
- कृष्ण भट्टराई

चैत्र ६, २०७१-१७ वर्षको उमेरमा चलचित्र 'दाइजो' बाट अभिनय यात्रा प्रारम्भ गर्ने नायिका झरना थापा विगत डेढ दशकदेखि चलचित्रमा सक्रिय छिन् । एक सयभन्दा बढी नेपाली चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गरिसकेकी झरना कुशल नृत्यांगना पनि हुन् । चलचित्र निर्माता सुनिल कुमार थापासँग वैवाहिक जीवन प्रारम्भ गरेपछि नै झरनाको अभिनय करियरले गति लिएको थियो । एक छोरीकी आमा झरना आज पनि राम्रो अभिनय गर्न सक्ने नायिकाका रूपमा परिचित छिन् । पछिल्लो समय श्रीमान्सँग मिलेर चलचित्र निर्माणमा समेत व्यस्त झरनाले साप्ताहिकसँग आफ्ना सेक्रेट कुरा सार्वजनिक गरेकी छिन् ।

पहिलो कमाइ

चलचित्र 'जीवनसाथी' मा पाएको पारिश्रमिक नै मेरो जीवनको पहिलो कमाइ थियो । उक्त चलचित्रबाट मैले ३५ हजार रुपैयाँ पाएकी थिएँ । म त्यो पैसा पाएको दिन खुसी हुँदै मम्मीकहाँ पुगेकी थिएँ ।

पहिलो गाँसमै ढुंगा

मैले पहिलो पटक निर्देशक प्रकाश सायमीको एउटा टेलिश्रृंखलाका लागि क्यामेरा फेस गरेकी थिएँ । विडम्बना के भयो भने म उक्त श्रृंखलाबाट निकालिएँ, कारणचाहिं अहिलेसम्म थाहा छैन । अडिसनबाट बाहिरिनुपर्दा पहिलो गाँसमै ढुंगा लागेको त पक्कै हो तर मैले कहिल्यै हिम्मत हारिन ।

बाह्र हाते नायिका

चलचित्र 'मुग्लान' को गीत 'आज बाह्र हाते पछ्यौरी' को भारतको गोवामा छायांकनको पहिलो दिनको पहिलो सटमै मेरो दाहिने खुट्टा फ्याक्चर भयो । डाक्टरले १० दिन अनिवार्य बेड रेस्ट गर्ने सुझाव दिएका थिए तर पनि मैले पीडा सहँदै नृत्य गरेर छायांकन सम्पन्न गर्ने निर्णय गरेँ । अहिले मेरो जीवनको सबैभन्दा महत्वपूर्ण गीत नै त्यही बन्न पुग्यो ।

खाना

चलचित्र क्षेत्रमा प्रवेश गरेलगत्तै मलाई अधिकांश निर्माता, निर्देशक तथा दर्शकले समेत 'दुब्ली' भन्ने प्रतिक्रिया दिनुभयो । त्यो बेला म मोटाउन दिनमा चारवटा अन्डा, चारवटा केरा, चार गिलास दूध पिउँथे, त्यो पनि दिनको चार पटक । मेरो खानपिनको उक्त रुटिन केही वर्षसम्म चल्यो ।

बदमासी

म कलेज अध्ययरत छँदा असाध्यै बदमास थिएँ । सिफल (घर) बाट ज्ञानेश्वर हुँदै बागबजार (पद्मकन्या कलेज) जाँदा बिहान अँध्यारै हुन्थ्यो । मलगायत चार-पाँच जना साथी घर-घरको डोरबेल बजाउँदै हिंड्थ्यौं । हामीले त्यसरी दु:ख दिन थालेपछि एक दिन एउटा घरको गेटपाले घण्टी बजाउने मान्छेलाई समात्ने गरी बसेका रहेछन् । मैले घण्टी थिच्नै लाग्दा च्याप्प मेरो हात समाते । बल्ल-तल्ल साथीहरूले मलाई छुटाए । त्यो दिनदेखि बदमासी गर्न पनि छाडियो ।

पाइन्ट च्यातिएपछि

स्कुले जीवनमा मलाई सुईवाला घडी हेर्न आउँदैनथ्यो । मलाई घडी हेर्न नआएको थाहा पाएपछि कक्षाका केटाहरूले मलाई जिस्क्याए । असह्य भएपछि मैले केही केटालाई पिटिदिएँ । कक्षाभरि हल्ली-खल्ली भयो । शिक्षक आएपछि मलाई कुखुरा बनाउनुभयो । त्यस क्रममा मैले लगाएको पाइन्ट च्यातियो । पाइन्ट च्यातिएपछि शिक्षकसहित सबै हाँस्न थाले भने मचाहिँ रुन थालें ।

नाकको दाग

दुई वर्षको छँदै मेरो नाकमा ठूलो चोट लाग्यो । त्यो चोटको दाग अझै पनि मेरो नाकको माथिल्लो भागमा छ । चलचित्रमा मेकअपले छोप्ने गरेकी छु । अहिले पनि मेकअप नगरेका बेला त्यो दाग देखिन्छ । चोट लागेपछि मेरी आमा थुप्रै रात रुनुभएछ । म सुतेको बेला मेरो अनुहार हेर्दै अब मेरी छोरीको रूप नै गयो, सबैले नाक कटुइ भन्दै जिस्क्याउँछन् भन्दै रुनुहुँदो रहेछ । आज म नायिकाका रूपमा स्थापित भएपछि आमा विगतमा बेक्कारमा रोएछु भनेर जिस्क्याउनुहुन्छ ।


प्रकाशित: चैत्र ६, २०७१
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on June 29, 2016, 03:53:57 AM
उनको प्रेम आज पनि चिसो झरनाजस्तै ताजा लाग्छ


अर्को सन्तानको रहर थियो, यत्तिकै भयो


सुनिलकुमार थापा



मैले पहिलो हेराइमै झरना थापा (नायिका) लाई मन पराएको हुँ । किन मन पराएँ, थाहा छैन । बस् मन पराएँ । ‘लभ एट फर्स्ट साइट’ भनेको यस्तै होला ।

यो २२ वर्ष पुरानो कथा हो । उनी पिके क्याम्पसमा आइए पढ्थिइन् । म साथीहरुको लहैलहैमा फिल्म निर्माता बन्न तम्सेको थिएँ । मेरो ब्यानरमा बन्न लागेको फिल्मका लागि हामी हिरोइन खोज्दै थियौं । ‘पिके क्याम्पसमा एउटी च्वाँक केटी छ’ भन्ने खबर कतैबाट हामीसम्म आइपुग्यो । उनको नाम झरना रहेछ । कति राम्रो नाम !

म, मेरो साथी उज्ववल पौडेल र निर्देशक रेशराज आचार्य उक्त च्वाँक केटीलाई हेर्न पिके पुग्यौं । उनी क्याम्पसमा थिइनन् । त्यहाँ नजिकै एउटा डान्स इन्स्टिच्युट रहेछ । उनी त्यहाँ केटाकेटीलाई डान्स सिकाउँदिरहिछन् । हामी त्यहीँ पुग्यौं । हामी पुग्दा उनी कम्मर मर्काइमर्काइ नाचिरहेकी थिइन् ।

हो, त्यहीँ हो मैले उनलाई पहिलोपटक देखेको । साँच्चै च्वाँक थिइन् । म पहिलो हेराईमै फिदा भएँ । उज्ज्वल र रेशराजले उनीसँग कुरा गर्न थाल्नुभयो । म अलि वर बसेर उनलाई हेरिरहेँ । एकोहोरो हेरिरहेँ । एक छिनका लागि नशामा लठ्ठीए झैं भएँ । उनले भने मलाई बाल दिएकी थिइनन् ।

उज्ववल र रेशराज दाइले झरनालाई फिल्म खेल्ने प्रस्ताव राख्नुभयो । उनले आनाकानी गरिन् । अलि कर गरेपछि ‘मेरो परिवारसँग कुरा गर्नुस्’ भन्ने जवाफ दिइन् । परिवारलाई अर्को दिन भेट्ने भनेर हामी छुट्टियौं । म उनीसँग एक शब्द पनि बोलिनँ । फर्किँदाखेरी मैले फेरि एकपटक उनलाई फर्केर हेरेँ । उनी कम्मर मर्काउन थालिसकेकी थिइन् ।

‘केटी त च्वाँक रहिछ नि,’ बाटोमा मैले उज्ज्वललाई भनेँ ।

‘चक्कर चलाउने हो त ?’ उज्ज्वलले यसो भन्दा मलाई चक्कर लागे झैं भयो ।

त्यो दिनभरी मेरो मानसपटलमा उनी छाइरहिन् । राति सिरानी च्यापेर झरनालाई सम्झिएँ । उनलाई आफ्नो फिल्मको हिरोइन बनाउनेभन्दा आफ्नो बनाउनेतर्फ मेरो सोचाइ बग्न थाल्यो ।

पीके अगाडि धर्ना

भोलिपल्ट हामी उनको परिवारलाई भेट्न पुग्यौं, कलाकार रमा थपलियाको घरमा । काम विशेषले उनी आफ्नो मामासँग त्यहाँ आएकी थिइन् । हामीलाई त्यहीँ भेट्न बोलाएपछि गयौं ।

उज्ववल र रेश दाइले झरना र उनका मामासँग गफ गर्नुभयो । म भने उनलाई हेरेर बसेँ । फेरि पनि म लठ्ठीएँ । फेरि पनि उनले मलाई बाल दिइनन् । र, फेरि पनि पनि मेरो उनीसँग बोलचाल भएन । हामी फर्कियौं ।

झरनाले फिल्ममा डेब्यु गर्ने लगभग तय भयो । तर, पछि गएर हामीले त्यो प्रोजेक्ट नै रद्द गर्‍यौं । विभिन्न कारणले फिल्म बनेन । तर, मलाई फिल्मको चस्का भने राम्रैसँग पस्यो ।

म गाडीको व्यवसाय गर्थेँ । मसँग थरीथरीका गाडी हुन्थे । आफुकहाँ भएका गाडी फेरि-फेरि चढ्ने गर्थेँ । म झरनालाई हेर्न गाडी लिएर पिके क्याम्पस धाउन थालेँ । गाडी पार्क गरेर उनी ओहोर दोहोर गर्ने ठाउँमा उभिन्थे । उनी साथीहरुसँग हिँड्थिन् । बाटो छेउ रहेको पसलमा तितौरा खान्थिन् । म उनलाई हेरेर एक छिन लठ्ठीन्थेँ र फर्किन्थेँ ।

एक दिन म गाडीबाट ओर्लेर तितौरा पसलमा बसेँ । उनी त्यहाँ आइन् । अचानक भेट भएको झैं गरी मैले सोधेँ, ‘के छ ? मलाई चिन्यौं ?’ उनले सम्झिइन् । यसरी हाम्रो बोलचाल सुरु भयो । म पीके क्याम्पस अगाडि ढुक्ने र उनलाई भेटेर गफ दिने गर्न थालेँ । उनका साथीहरुसँग पनि चिनजान भयो । म उनीहरु सबैलाई गाडीमा हालेर घुमाउन थालेँ । मैले झरनालाई मन पराउँछु भन्ने सबैले गेस गरिसकेका थिए ।

त्यतिबेला मोबाइल आएको थिएन । उनी मलाई क्याम्पसको युनियनबाट कहिलेकाहीँ फोन गर्थिन् । एकपटक म कामविशेषले बिराटनगर पुगेको थिएँ । उनले फोन गरिन् ।

‘दाइ, तपार्इलाई त मेरो साथीले कस्तो मन पराउँछे नि,’ उनले भनिन् ।

‘तर म त तिमीलाई मन पराउँछु,’ मैले भनिदिएँ । उनले झ्याप्पै फोन राखिन् । मैले कलब्याक गर्न खोज्दा फोन उठेन ।

खासले मेरो मन चोर्न खोजेकी रहिछन् । उनले खोजेजस्तै मैले आफ्नो प्रेमको स्वीकारोक्ति दिएँ । त्यसपछि हाम्रो अफेयर सुरु भयो । अफेयर चलेको तीन महिनामा बिहे नै भयो । तर, बिहे त्यति सजिलोसँग भएको थिएन ।

झरनालाई माग्न गोलचक्कर

Sunil kumar and jharana thapa (3)

झरना सानै थिइन्, केवल १६ वर्षकी । म पनि २२ वर्षको मात्रै थिएँ । तर, भाइले बिहे गरिसकेकाले मलाई पनि बिहे गर्न हतार थियो । एक दिन मैले झरनासँग बिहेको कुरा गरेँ ।

झरनाको घर प्युठान थियो । काठमाडौंको सिफलमा आमा र बहिनीसँग बस्दिरहिछन् । उनको बुवा र भाइ बुटबलमा बस्नुहुँदो रहेछ । झरनाले आफ्नो घरमा आएर आमासँग कुरा गर्न भनिन् ।

मैले घरमा बुवालाई आग्रह गरेँ । तर, बुवाले ‘आफैं कुरा गर’ भन्नुभो । त्यसपछि म उज्ज्वललाई लिएर उनको घरमा पुगेँ । आमासँग कुरा भयो । उहाँले प्रष्ट जवाफ दिन सक्नुभएन । ‘बाँसबारीमा मेरो दाइ हुनुहुन्छ, उहाँसँग कुरा गर्नुस्’ भन्नुभयो ।

उहाँका दाइ सेनाको मेजर हुनुहुँदो रहेछ । उहाँलाई भेट्न उज्ज्वललाई लिएर बाँसबारी पुगेँ । उहाँले पनि प्रष्ट जवाफ दिन सक्नुभएन । उहाँले भन्नुभयो, ‘म परिवारको मान्छे परिनँ । झरनाका सानोबुवा सिफलमा हुनुहुन्छ, उहाँलाई भेट्दा फलदायी होला ।’

त्यसपछि उज्वललाई लिएर म सिफल पुगेँ । उहाँले पनि कुनै जवाफ दिन सक्नुभएन । ‘मैले भनेर हुँदैन, कुरा त उसको बुवाआमासँगै गर्नुपर्छ’ भनेर फर्काउनुभयो ।
त्यसको केही दिनमा झरनाका बुवा काठमाडौं आउनुभयो ।

सबैजनाले मेरो विषयमा कुरा निकाल्दा उहाँले मलाई छोरी दिन ठाडै इन्कार गर्नुभएछ । ‘पहिलो कुरा त छोरी सानै छे, दोस्रो कुरा मेरी छोरीको बिहे त आर्मीसँग हुन्छ,’ उहाँले यस्तो जवाफ दिनुभएछ । झरनाका सानोबुवा, मामा हजुरबुवा सबै आर्मीको जागिरे हुनुहुँदोरहेछ । झरनालाई पनि एउटा आर्मी केटाको कुरा आएको रहेछ । त्यसैले बुवाले मेरो नामै सुन्न चाहनुभएन ।

अनि भागी बिहे

मागी बिहे गर्ने भगिरथ प्रयास असफल भएपछि हामीले भागी बिहे गर्नुपर्ने भयो । झरनालाई कन्भिन्स गरेँ । र, एक दिन भगाएँ ।

भगाएर आफ्नो सानोममीको घरमा लगेँ । त्यहाँ सारा बन्दोबस्त मिलाएँ । बिहेका सामानहरु किनेँ । भोलिपल्ट दुलही बनाएर गुहेश्वरी लगेँ र बिहे गरेँ । बिहेमा उनकी बहिनी पनि आइन् । मेरो पट्टीबाट ३/४ जना हुनुहुन्थ्यो ।

बिहे गरेर घरमा भित्र्याइयो । उनका बुबाआमा हामीसँग रिसाउनुभयो । तीन महिनासम्म सम्पर्क भएन । एकदिन झरनाले आमाको साह्रै याद आयो भनिन् । मैले आमालाई गएर भेट्न सुझाव दिएँ । आफैंले गाडीमा लिएर गएँ । उनी घरमा पसिन् । म गाडीमै बसेँ । एकछिनमा आमा मलाई बोलाउन आउनुभो । त्यसपछि म पनि घरमा गएँ । हामी दुबैलाई ससम्मान टीका लगाइदिएर घरमा भित्र्याउनुभो । त्यसपछि सम्वन्ध सुमधुर भयो ।

बिहे गरेको ११ महिनामा नै छोरी जन्मिइन् । यति चाँडै बच्चा जन्माउने हाम्रो प्लानिङ थिएन । झरनाको आमा बन्ने उमेर पनि भएको थिएन । तर, असावधानीले गर्दा गर्भ बस्यो । त्यसपछि अर्को विकल्पमा जान मन लागेन ।

बाबुबन्दा मेरो उमेर अल्लारे नै थियो । ममा कुनै जिम्मेवारीबोध थिएन । झरना पनि त्यस्तै । बच्चाको सबै स्याहार सुसार आमाबुवाले गर्नुहुन्थ्यो । झरना क्याम्पस पढ्न जान्थिन् । म पनि काममै व्यस्त हुन्थेँ । बिहान-बेलुकी यसो खेलाउनेबाहेक हामी दुबैले छोरीलाई टाइम दिएनौं ।

धर्मसंकटले ल्यायो आर्थिक संकट

Sunil kumar and jharana thapa (1)बिहेको डेढ वर्षपछि म फेरि फिल्म बनाउन भनेर तातेँ । रेश दाइकै निर्देशनमा धर्मसंकट फिल्म बनाउन सुरु गरियो ।

यसमा नायिका विपना थापा र जल शाह थिए । तर, सुटिङको अघिल्लो दिन आएर जल शाहले धोका दिइन् । उनले भ्याउँदिन भनेपछि अर्को नायिका खोज्नुपर्ने भयो । यत्तिकैमा नृत्य निर्देशक बसन्त श्रेष्ठले भन्नुभयो, ‘झरनालाई नै खेलाऔं न ।’

शुरुमा त मैले ठाडै अस्वीकार गरेँ । आमा भइसकेकी झरनालाई कसरी फिल्ममा नायिका बनाउने ? त्यसमाथि छोरी भर्खर डेढ वर्षकी भएकी थिइन् । तर, बसन्त दाइले निकै जोड गर्नुभयो । ‘झरनामा क्षमता छ, उनले सक्छिन्,’ उहाँलेे भन्नुभयो, ‘रोल पनि त लामो छैन । एउटा गीत र चारवटा सीन त हो नि ।’

अन्ततः म राजी भएँ । झरना पनि फिल्म खेल्न पाउँदा मख्ख परिन् । बिचरी उनलाई भित्रभित्रै फिल्म खेल्न रहर लागिरहेको रहेछ । दुधे बच्चालाई घरमा छोडेर हामी दुवै सुटिङमा हिँड्न थाल्यौं । धर्मसंकट फिल्म बनाउन मलाई निकै गाह्रो भयो । शिव श्रेष्ठ र राजेश हमाल दुई सुपरस्टारलाई लिएको थिएँ । उहाँहरु दुबैको टाइम सेड्युल मिलाउन गाह्रो पर्‍यो । सुटिङ सक्नै ६-७ महिना लाग्यो । फिल्मको बजेट पनि आकाशियो ।

फिल्म नचलेको होइन, चलेको हो । तर, मेरा हातमा १६-१७ लाख मात्रै पर्‍यो । करिब ६० लाख घाटा व्यहोरेँ ।  धर्मसंकट फिल्मले मलाई लगभग सडकमा ल्याइदियो । फिल्म बनाउने क्रममा बजेट बढ्दै गएपछि मैले आफूसँग भएका गाडी सबै बिक्री गरिदिएको थिएँ । अब न व्यवसाय छ, न हातमा पैसा । छोरीलाई बिस्कुट खुवाउनसमेत पैसा नहुने अवस्था आयो । त्यसपछि पहिलो फिल्ममा डुबेको पैसा उठाउने उद्देश्यले लागेँ दोस्रो फिल्म निर्माणमा ।

धर्मसंकटबाट आएको १६-१७ लाख र अलिकति ऋण-धन गरेर गोर्खाली बनाउन सुरु गरेँ । श्रीकृष्ण श्रेष्ठलाई हिरो र झरनालाई हिरोइन बनाएँ । यो फिल्म सानो बजेटमा तयार भयो ।

गोर्खालीले मलाई उकास्यो । ३०-३५ लाख नाफा निकालेँ । यो फिल्मको सफलताले मलाई निर्माताको रुपमा र झरनालाई हिरोइनका रुपमा स्थापित गरायो ।गोर्खालीको सफलतापछि झरनालाई बाहिरबाट लगातार अफरहरु आउन थाले । तर, बाहिरी ब्यानरका फिल्ममा उनलाई काम गराउने मेरो ध्येय थिएन । जति खेल्छिन्, आफ्नै फिल्ममा खेल्छिन् भन्ने मनसाय थियो । त्यसैले आएका अफरहरु उनले अस्वीकार गरिन् ।

यसैबीचमा मेरो पहिलेदेखिको साथी उज्वलले आफैं फिल्म बनाउने भयो । आफ्नो फिल्ममा झरनालाई नायिका बनाउन उसले मसँग प्रस्ताव राख्यो । मैले नाइँ भन्नै सकिनँ । यसरी पहिलोपटक उनले बाहिरी ब्यानरका फिल्ममा काम गरिन् ।

जीवनसाथीमा उनले गरेको अभिनयको धेरैले तारिफ गर्नुभयो । उनलाई अभिनयमै सक्रिय गराउन धेरै जनाको सुझाव पाएँ । तैपनि म तयार थिइँन । यत्तिकैमा एक दिन निर्देशक शिव रेग्मी एउटा फिल्मको स्क्रिप्ट लिएर मकहाँ आउनुभयो । स्क्रिप्ट मलाई खुबै मन पर्‍यो र त्यसमा फिल्म बनाउन तयार भएँ । नायिका झरनालाई नै लिएँ । फिल्म थियो ए मेरो हजुर ।

फिल्म निकै राम्रो बन्यो । तर, मेरो दुर्भाग्य, फिल्म रिलिज हुनेबेलामा संकटकाल लाग्यो । धेरै हलहरु बन्द भए । भएका हलहरुमा पनि एक-दुई शो मात्रै फिल्म चल्न थाले । थुप्रै फिल्महरु डब्बा भए । मैले भने त्यस्तो प्रतिकुलतामा पनि लगानी उठाएँ । यो फिल्मबाट म हिट निर्देशक र झरना हिट नायिकामा दरिइन् ।

०५३ सालमा खेलेको धर्मसंकटदेखि ०५७ सालमा रिलिज भएको ए मेरो हजुरसम्म आइपुग्दा झरनाले चारवटा मात्रै फिल्म खेलेकी थिइन् । अफरहरु धेरै आए पनि मैले नै उनलाई रोकेको थिएँ । तर, ए मेरो हजुरपछि त उनलाई रोक्ने अवस्था नै रहेन । त्यसपछि बाहिरका फिल्ममा पनि उनलाई खुला छोडिदिएँ । एकपछि अर्को फिल्म गर्दै सफलताको सिँढी उक्लिदै गइन् । एकताका सर्वाधिक व्यस्त नायिकाहरुमा उनको नाम अगाडि आउँथ्यो ।

झरना फिल्ममा, म घरमा

हाम्रो परिवारमा ०५८ सालतिर अंशबण्डा भयो । म छुट्टएिर श्रीमती र छोरीका साथ चाबहिलमा बस्न थालेँ । संयुक्त परिवारमा बस्दासम्म ममाथि कुनै जिम्मेवारी र दबाव थिएन । घर व्यवहारको काम केही पनि छुनुपर्दैनथ्यो । मैले छोरीको सिँगानधरी पुछ्नुपर्थेन ।

छुट्टएिपछि एकाएक सम्पूर्ण पारिवारिक जिम्मेवार आइपर्‍यो । झरना फिल्ममा व्यस्त भइसकेकी थिइन् । उनी कुनबेला कहाँ पुगेकी हुन्थिन् टुंगो थिएन । छोरीको सम्पूर्ण हेरचाह मैले गर्नुपर्‍यो । खुवाउने पियाउनेदेखि स्कुल पठाउनेसम्म सबै मैले गर्थेँ । १० वर्षकी भएपछि उनलाई होस्टेल राखिदिएँ । अहिले उनी इन्डियामा ब्याचलर पढ्दैछिन् ।

अर्को सन्तानको चाह

हाम्रो पहिलो सन्तान अनपेक्षित रुपमा भएको थियो । त्यतिबेला दुवै जना अपरिपक्व थियौं । त्यतिबेला न मैले एउटा पिता हुनुको आनन्द वोध गरेँ, न उनले आमा हुनुको ।

जब उमेर छिप्पिँदै गयो, अर्को सन्तानको चाह बढ्न थाल्यो । हामीले सोच्न थाल्यौं, अर्को सन्तान नभए भोलि हाम्री छोरी एक्ली पर्छिन् । उनले दुःखसुख सेयर गर्ने पनि कोही हुँदैन । आज हाम्रा दाजुभाइ दिदीबहिनी छन् र त परेका बेला सपोर्ट हुन्छ । चाडबाडमा रमाइलो हुन्छ । छोरीलाई पनि एउटा भाइ वा बहिनी दिनुपर्छ भन्ने दुबै जनालाई लागिरह्यो ।

तर, झरना आफ्नो करिअरको ‘पिक’मा थिइन् । त्यतिबेला छोरी जन्माउँदा उनको करिअरमा धक्का लाग्न सक्थ्यो र फेरि माथि उठ्न गाह्रो पथ्र्यो । त्यसैले हामीले अर्को सन्तानको योजनालाई पछि धकेल्दै गयौं । छोरी ठूली हुँदै गइन् ।

जब झरना अलिकति फुर्सदिली भइन्, छोरी निकै ठुली भइसकेकी थिइन् । छोरी यत्री भइसक्दा अर्को सन्तान पाउन उचित लागेन । त्यसैले अर्को सन्तानको चाहलाई हामीले मनमनै मार्‍यौं ।

निर्देशनमा उतार्दैछु

हामीले बनाएको पछिल्लो फिल्म ‘फेसबुक’ फ्लप भयो । अहिले फेरि नयाँ फिल्म बनाउन अघि सरेको छु । यो ‘ए मेरो हजुर’को सिक्वेलका रुपमा बन्दैछ । यसै फिल्मबाट झरनालाई निर्देशकका रुपमा लञ्च गरेको छु ।

यो मेरो ‘लङ टर्म प्लान’ अन्तरगत हो । मैले उनलाई अब अभिनय छोडेर निर्देशनतर्फ मात्रै केन्द्रित हुन भनिरहेको छु । धेरै साथीहरुले मलाई सोध्छन्, ‘बुढीलाई अरु केटाहरुले बोकेको र म्वाइ खाएको देख्दा तँलाई औडाहा हुँदैन ?’ वास्तवमा मलाई त्यस्तो केही हुँदैन, किनकि मैले फिल्म इन्डष्ट्रीलाई बुझेको छु । अभिनय के हो भन्ने जानेको छु । मन फराकिलो बनाएको छु ।

झरनाले आजसम्म कुनै पनि फिल्ममा आपत्तिजनक सीन दिएकी छैनन् । अंगप्रदर्शन गरेकी छैनन् । उनी आफ्नो सीमाभित्र छिन् । कुनै पनि फिल्मको अफर आउँदा उनी मसँग छलफल गर्छिन् । म उनले ‘सोभर’ टाइपको भूमिकामा अभिनय गरेको हेर्न चाहन्छु । उनलाई यस्तै सुहाँउछ पनि ।

आपत्तिजनक दृश्यहरुकै कारण उनले कतिपय फिल्महरु रिजेक्ट गरेकी छिन् । मैले उनलाई यस्तो दृश्य गर, यस्तो नगर भनेर सम्झाउनै पर्दैन । उनी आफैं बुझि्छन् । मैले आफैं श्रीमतीलाई फिल्म लाइनमा लगाएको हुँ । आज मलाई झरनाको श्रीमान भनेर धेरैले चिन्छन् । श्रीमतीको नामबाट चिनिँदा मलाई कुनै हीनताबोध छैन । बरु गौरब लाग्छ । सँगै बाटो हिँड्दा उनलाई धेरैले चिन्छन्, मलाई कमैले चिन्छन् । त्यसमा मलाई कुनै अफसोच लाग्दैन ।

लुगा आफैं किनिदिन्छु

Sunil kumar and jharana thapa (4)

उनको ड्रेसअपको सवालमा म एकदमै उदार छु । उनले फेसनेबल ड्रेसअप गरेको नै मलाई मनपर्छ । कुर्ता-सुरुवाल लगाएको भन्दा स्कर्ट लगाएको नै मन पर्छ । किनकि उनलाई यस्तै सुहाउँछ ।

प्रायः उनको ड्रेसअप मैले नै च्वाइस गर्छु । बजारमा सँगै जाँदा मेरो रोजाइ हावी हुन्छ । उनको रोजाइ र मेरो रोजाइ प्रायः मिल्दैन । विशेष गरी लुगामा । तर, मैले कुनै लुगा किनिदिएर ल्यायो भने खुशी भएर लगाउँछिन् । म उनका लागि लुगा किन्न अभ्यस्त भइसकेको छु । बाहिर जाँदा उनका लागि ५-७ जोर लुगा बोकेर आउँछु ।

घरका व्यवहारिक कुराहरु झरनालाई केही थाहा हुँदैन । नुनदेखि सुनसम्म मैले नै किन्ने हो । उनले कमाएको पैसा सबै मलाई जिम्मा लगाउँछिन् । उनको कुन फिल्मबाट कति पैसा आयो र कुन फिल्मबाट आउन बाँकी छ भन्ने सबै हिसाब-किताब मेरो एकाउन्टेन्टसँग हुन्छ । उनलाई खर्च गर्ने पैसा मैले नै पर्समा राखिदिन्छु ।

पैसा उडाउन भने झरना खप्पिस छिन् । आमा-छोरी दुबैलाई पैसा जोगाउनुपर्छ भन्ने भावना नै छैन । जे देख्यो, त्यही किन्नुपर्छ । चाहियो भनेपछि चाहियो चाहियो । आजसम्म दुवैजनाको डिमान्ड पुर्‍याएकै छु ।

असमझदारीहरु छन्, तर……

हामी दुईबीच असझदारीका घटनाहरु नभएका होइनन् । थुप्रै छन् । तर, दुबैजनाले एक कदम पछि हटेर ती असमझदारीलाई टुंग्याउन सफल भएका छौं । उनको कुरै नबुझी झनक्क रिसाउने बानी छ । त्यसैले ठाकठुक परिरहन्छ । तर, त्यस्तो ठाकठुकले सम्वन्ध झन् न्यानो बनाउँदोरहेछ ।

झरनासँग मेरो सहयात्रा २२ वर्ष पुरानो भइसक्यो । तर, आज पनि उनी त्यस्तै नयाँ लाग्छिन् । उनको प्रेम आज पनि चिसो झरना जस्तै ताजा लाग्छ । त्यही प्रेममा नुहाएर म हरेक दिन फ्रेस हुन्छु ।

२०७३ असार १४ गते १७:४५ मा प्रकाशित
Title: Re: Jharana Thapa - photos and profile
Post by: tundikhel on June 13, 2017, 08:28:29 AM
झरनाले पनि लिइन ग्रिन कार्ड

नेपाली चलचित्रका कलाकारहरूको गन्तव्य यतिखेर अमेरिका नै हुन थालेको छ । अमेरिका सपना बोकेका प्रायः नेपाली कलाकार अमेरिकामा जस्तासुकै दुःख गरेर भए पनि नयाँ संघर्षको सुरुआत गर्ने गरेको पाइएको छ । यसैक्रममा नेपालमा अत्यन्त चर्चित नायिका झरना थापा पनि अमेरिका पुगेकी छन् ।

अमेरिका नै बस्ने लक्ष्यसहित नेपालबाट केही हप्ताअघि मात्र त्यहाँ पुगेकी नायिका थापाले अमेरिकाको ग्रिनकार्डसमेत हात पारिसकेको बुझिएको छ । गतवर्ष छोरी सुवानीलाई स्टुडेन्ट भिसामा अमेरिका पढाउने क्रममा अमेरिका पुगेकी झरना यो वर्ष भने आपैmँ बस्ने उद्देश्यले नै पुगेकी हुन् । हाल मेरिल्यान्डतिर बसेकी झरनाको पति सुनिलकुमार थापा पनि नेपालको बन्दोबस्त मिलाएर बिहीबार मात्र अमेरिका प्रस्थान गरेका छन् ।

सुनिलकुमार थापा नेपाली चलचित्रका अग्रणी चलचित्र निर्माता पनि हुन् । झरनाकै लागि चलचित्र निर्माण व्यवसायमा हात हालेका निर्माता थापाका प्रायः सबै चलचित्रले सफलता प्राप्त गरेका छन् । नेपालबाटै अमेरिकाको ग्रिनकार्ड प्रोसेस गर्दै गरेका झरना थापाको परिवारले यो वर्ष ग्रिनकार्ड पाएपछि अमेरिकामा बस्ने सपना पूरा हुन पुगेको हो ।
Title: Re: Jharana Thapa - photos and profile
Post by: anand on June 16, 2017, 12:14:23 PM
https://www.youtube.com/watch?v=DfqbtNSCFiY

झरनाले पनि लिइन ग्रिन कार्ड

नेपाली चलचित्रका कलाकारहरूको गन्तव्य यतिखेर अमेरिका नै हुन थालेको छ । अमेरिका सपना बोकेका प्रायः नेपाली कलाकार अमेरिकामा जस्तासुकै दुःख गरेर भए पनि नयाँ संघर्षको सुरुआत गर्ने गरेको पाइएको छ । यसैक्रममा नेपालमा अत्यन्त चर्चित नायिका झरना थापा पनि अमेरिका पुगेकी छन् ।

अमेरिका नै बस्ने लक्ष्यसहित नेपालबाट केही हप्ताअघि मात्र त्यहाँ पुगेकी नायिका थापाले अमेरिकाको ग्रिनकार्डसमेत हात पारिसकेको बुझिएको छ । गतवर्ष छोरी सुवानीलाई स्टुडेन्ट भिसामा अमेरिका पढाउने क्रममा अमेरिका पुगेकी झरना यो वर्ष भने आपैmँ बस्ने उद्देश्यले नै पुगेकी हुन् । हाल मेरिल्यान्डतिर बसेकी झरनाको पति सुनिलकुमार थापा पनि नेपालको बन्दोबस्त मिलाएर बिहीबार मात्र अमेरिका प्रस्थान गरेका छन् ।

सुनिलकुमार थापा नेपाली चलचित्रका अग्रणी चलचित्र निर्माता पनि हुन् । झरनाकै लागि चलचित्र निर्माण व्यवसायमा हात हालेका निर्माता थापाका प्रायः सबै चलचित्रले सफलता प्राप्त गरेका छन् । नेपालबाटै अमेरिकाको ग्रिनकार्ड प्रोसेस गर्दै गरेका झरना थापाको परिवारले यो वर्ष ग्रिनकार्ड पाएपछि अमेरिकामा बस्ने सपना पूरा हुन पुगेको हो ।