Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: NepDude on August 26, 2009, 11:52:44 PM

Title: Junga Bahadur Rana (जंगबहादुर राणा)
Post by: NepDude on August 26, 2009, 11:52:44 PM
जंगबहादुर राणा

बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ मा भएको थियो । सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन् । नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो । बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए । उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभवा परेको थियो । वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो ।

जंगबहादुरपछि क्रमशः रणोद्धीप (१९३३-१९४२), वीरशम्शेर (१९४२-१९५८), देवशम्शेर (१९५८-१९५८), चन्द्रशम्शेर (१९५८-१९८६), भीमशम्शेर (१९८६-१९८९), जुद्धशम्शेर (१९८९-२००२), पद्मशम्शेर (२००२-२००५) र अन्त्यमा मोहनशम्शेर (२००५-२००७) सम्म राणा प्रधानमन्त्रीका रूपमा नेपलामा शासन चलाए ।