Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: rokaboka on September 30, 2009, 09:43:17 PM

Title: कालीले I love u, भन्दै भनिन
Post by: rokaboka on September 30, 2009, 09:43:17 PM
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुका नहोस्,
मनमा अशान्ती छाओस,
निन्द्रा नलागोस,
गर्ल फ्रेन्ड श्रीमती पोइला जाओस,
सधैं कलह छाओस भनेर भन्ने हजुरको सत्यनास होस्
यही नै मेरो बिजय दशमी २०६६ को हार्दिक मंगलमय शुभकामना।
Title: Re: दशै
Post by: tundikhel on September 30, 2009, 09:56:48 PM
already posted
Title: कालीले I love u, भन्दै भनिन
Post by: tundikhel on August 16, 2011, 02:05:43 PM
Title: Re: कालीले I love u, भन्दै भनिन
Post by: nakuls on August 16, 2011, 07:40:10 PM
fabulous!!
Title: Re: कालीले I love u, भन्दै भनिन
Post by: meraaz on August 17, 2011, 01:52:16 AM
Good one keep it up
Title: Re: कालीले I love u, भन्दै भनिन
Post by: tundikhel on August 17, 2011, 03:01:25 AM
Good one keep it up
fabulous!!

Thanks

more ...
Title: Re: कालीले I love u, भन्दै भनिन
Post by: tundikhel on August 17, 2011, 03:01:47 AM
Credits - Subash Ghimire (for both versions of the poem)

टोनीको जस्तो मेरो कपाल, दुबो झै मौलाएन
रकिको जस्तो मेरो यौबन, बैशले बौलाएन
डिङ्गो बुटमाथी च्यातिएको पेन्ट बस्नै जानेन
खुस्कन लागेको पेन्टमा पैसा पस्नै मानेन
मेरो गेट अपले कैले पनि, उसलाई निम्तो गर्दै गरेन
अनि त के को पर्नु लभ पर्दै परेन ।

सँगै बेन्चमा बस्दा उस्को कलमको मसी कैलै सकिएन
उस्को खुट्टा मेरो खुट्टामा एक फेरो पनि धसिएन
आशा थियो sorry र please को
तर त्यताबाट त्यसको उत्पति नै भएन
मेरो दुर्भाग्य भिरालो desk बाट, उस्को pen , pencil झर्दै झरेन
अनि त के को पर्नु लभ पर्दै परेन ।
Title: Re: कालीले I love u, भन्दै भनिन
Post by: tundikhel on August 17, 2011, 03:04:28 AM

न त मुखले राम्रो शुसेलि नै दियो
न त राम्रो सँग जिब्रो नै पड्कियो
उसँग बोल्दा उस्को प्रशंसाको, शब्द कैलै फुर्दै फुरेन
one-to-one secret कुरा गर्ने, साईत कैलै जुर्दै जुरेन
गफको topic tutorial बाट, लभमा कैलै सर्दै सरेन
अनि त के को पर्नु लभ पर्दै परेन ।

report बनाउने scale pencil सधै ऊ आफै ल्याउने
सिकाउँ कि केहि भन्यो आफू, ऊ course पैलै भ्याउने
रुझ्ली कि कैले ऊ भनी
सधै छाता बोकी हिड्थे मै पनि
तर झरी पनि कस्तो साला झर्दै झरेन
अनि त के को पर्नु लभ पर्दै परेन ।

Title: Re: कालीले I love u, भन्दै भनिन
Post by: tundikhel on August 17, 2011, 03:06:20 AM
A reply


एउटा सल्लाह

तपाईं पनि कहाँ काम हो र
टाउकोले मट्का फोर्दा पनि
कपालको रौ एउटै झरेन
पहिल्यै पर्नु पर्ने लभ
अहिलेसम्म किन परेन ?

एथ्लेतिक्सको हरेक फर्स्ट medal
तपाईंबाट अन्त सरेन
म त भन्छु
किन तपाईंको लभ परेन ?

एउटै बेन्चमा लेख्दै गर्दा
उन्को ध्यान सधैं तपाईंमा
कलमले कपी कहिल्यै छोएन
यसो फर्केर हेर्न सक्ने होइन
किन पर्थ्यो लभ पर्दै परेन ।

हाइट र विड्थमा विश्वाश नगरनुस्
दौडदा तपाईंलाई कस्ले छुन सक्छ ?
स्टिल युक्त तपाईंको ज्यान
ब्रुस्लीको जस्तो हुन सक्छ ।

सधैं अरुको मुख तकेर बस्ने
आफ्नो आंट झिक्नु पर्यो
मबाट केही सिक्नु पर्यो ।

मेरो एउटा सल्लाह छ तपाईंलाई
नजिकिदै गरेको फेब्रुअरी फोर्टिन्मा
एउटी केटीलाई पर्पोज गर्नुस्
दुई चार फिल्मी गफ हान्नुस्
यती गरे पक्का पर्छ
परेन भने मलाई भन्नुस् ।
Title: Re: कालीले I love u, भन्दै भनिन
Post by: pradman03 on August 17, 2011, 01:00:21 PM
nice
Title: मेरो लबर ब्यूटीफुल तेरो लवर बोक्सी ।
Post by: tundikhel on January 11, 2012, 11:24:24 PM
मेरो माया पचेन रे, हाजमोला पो खान्छु भन्छे !
गाँठिस केटा भेटे अर्कै, पोइला पो त जान्छु भन्छे !

जाने भए जाऊ त नि, छेक्ने कुरो आएन,
लौ राम्ररी जाऊ है, मलाई पनि बालै भएन !

दिनुसम्म छाती चिरी, माया मैले दे' कै हो !
च्यात्नुसम्म, मनै च्याती, चोखो पिरती ला' कै हो !

लक्ष्मी नारायणको अगाडि, भावनाको काम भएन !
लौ माया राम्ररी जाऊ, मलाई पनि बालै भएन !!

एउटा गए अर्को आउँछे, त्यो गए झन् अर्को !
उसलाई भुल्न बियर खाको, घाँटीमै पो सर्कियो !

लोकल ठर्रा चाहियो अब, छुसी बियरले काम भएन !
लौ, साइली राम्ररी जाउ है बा, मलाई पनि बालै भएन।
(from FB  - by !! जेठा दाई 'प्रखर' !!)

(http://xnepali.net/i1/th/laa1326303547g.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1326303547g.jpg)
Title: nepali film - Advertisement (व्यंग कविता)
Post by: tundikhel on January 14, 2012, 11:31:49 PM
by Yam Ghimire

नपाली सिनेमा नि हेर्दिनुस न हजुर
हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर

बेग्लै बनाएँ छुट्टै बनाएँ फरक बनाएँ मैले
भन्ने कुरा यति नै हो टेर्दिनुस न हजुर

नाङलो पसल थापेको त जुगौ बितिसक्यो
लौन अब उद्ध्योगमा फेर्दिनुस हजुर

शाहरुख र प्रियंकाले जे गरे नि राम्रो
हाम्लाई पनि अंगालोमा बेर्दिनुस न हजुर

यसमा एउटा हिरो हुन्छ हिरोइन त भैगई
बाँकी कुरा पर्दैबाट हेर्दिनुस न हजुर

पिप्ली लाइभ सिप्ली लाइभ त्यो नाथे चैं राम्रो
हाम्रा पनि पिलपिल लाइफ हेर्दिनुस न हजुर

नपाली सिनेमा नि हेर्दिनुस न हजुर
साच्ची कमाल बनेको छ टेर्दिनुस न हजुर
हुलका हुल आई विश्वज्योति घेर्दिनुस न हजुर
Title: Creative गालि - निस्ठुरी प्रियसी
Post by: tundikhel on February 05, 2012, 11:35:29 AM
निस्ठुरी प्रियसी

आजै राति तिम्रो घरमा चट्यांग परे हुन्थ्यो
आगो लागि दन्दनी तिमी मरे हुन्थ्यो

दातै फुक्ल्या, कपाल फुल्या साठी बर्षे बुढो
थर थर काप्दै आएर तिम्रो सिउदो भरे हुन्थ्यो

भित्रिएर सौता माथि दुख झेल्नु परोस
बुढो पोइको अंगालोमा यौबन छरे हुन्थ्यो

credits - Pratap Pokharel
Title: दिल्ली बाट बहुदल ल्याएछ ....
Post by: kurakani on February 29, 2012, 03:22:34 PM
आँफै ले लेखेको होइन :)


टप टप टोपी तिलक दाना
पर बाट आयो कुम्भै राना
२०४६ साल दिल्ली गएछ
दिल्ली बाट बहुदल ल्याएछ

बहुदल उस्ले दरबारलाई दियो
दरबारले उस्लाई सङ्कटकाल दियो
सङ्कटकाल उस्ले जङललाई दियो
जङलले उस्लाई १२ बुँदे दियो

१२ बुँदे उस्ले दिल्लीलाई दियो
दिल्लीले उस्लाई लोकतन्त्र दियो
लकतन्त्र उस्ले चुनावलाई दियो
चुनावले उस्लाई संबिधानसभा दियो

संबिधानसभा उस्ले मधेसबादीलाई दियो
मधेसबादिले उस्लाई टेन्सन दियो
टेन्सन उस्ले दिल्लीलाई भन्यो
दिल्लीले उस्लाई गणतन्त्र दियो

गणतन्त्र उस्ले संघियतालाई दियो
संघियताले उस्लाई मधेस आन्दोलन दियो
मधेस आन्दोलन उस्ले दिल्ली लाई भन्यो
फेरी दिल्लीले उस्लाई ७ बुँदे दियो

७ बुँदे उस्ले खल्तिमै हाल्यो
खल्तिले उस्लाई मन्त्रिको पद दियो
मन्त्री भई खायो खिरै खिर
जनतालाई सधैंको पिरै पि
Title: मेरो लबर ब्यूटीफुल तेरो लवर बोक्सी ।
Post by: tundikhel on February 29, 2012, 10:47:46 PM
via [[ विनोद न्यौपाने  ]]

मैले खाको ह्विस्की हुन्छ तैले खाको रक्सी
मेरो लबर ब्यूटीफुल तेरो लवर बोक्सी ।
मेरो बाउको रुद्रे घण्टी तेरो बाउको गाँड
मेरा नेता जन नायक तेरा नेता भाँड ।

मेरा पुरेत महा पण्डित तेरा पुरेत पण्डा
मेरो छोरा क्रान्तिकारी तेरा छोरा गुण्डा ।
तैले बोल्दा हल्ला हुन्छ मैले पाँउछ ताली
शुद्ध सफा मान्छे हुँ म तँ त परिस् जाली ।

सानो तिनो व्यापारी तँ बेच्ने चुरोट सूर्ती
म त गर्छु खाटी व्यापार हिरोईन र मूर्ती ।
नेता मेरा मन्त्री मेरा अरु माथी को को
गर्जी हिड्ने सिंह हुँ म तँ त गन्दे बोको ।
Title: Re: मेरो लबर ब्यूटीफुल तेरो लवर बोक्सी ।
Post by: tundikhel on February 29, 2012, 10:48:24 PM
[[re-POST]] via #FbPages

ऐ नेपाली जनता हो...........

रक्सी होइन लसी खाउ

चरेस होइन चना खाउ\

गाजा होइन गाजर खाउ

फेन्सीतला होइन फर्सि खाउ

हेरोइन होइन हरलिक्स खाउ

भङ होइन भतमास खाउ

बियर होइन बयर खाउ

बिडी होइन बोडि खाउ

अ्म्ल होइन अकल बढाउ
Title: Re: मेरो लबर ब्यूटीफुल तेरो लवर बोक्सी ।
Post by: tundikhel on February 29, 2012, 10:48:44 PM
via गजलकार ~ Laxman Phuyal

आज पिर पर्‍यो साथि, दारु खान जाम
माया अन्त सर्‍यो साथि, दारु खान जाम

छिया छिया भयो मुटु उनको सम्झनाले
आशु मेरो झर्‍यो सथि,दारु खान जाम

जिन्दगिका सारा खुसि जसलाइ दियेकोथे
उसैले घात गर्‍यो सथि, दारु खान जाम

उनकै लागि यो जिन्दगि साचि राख्या थिय
आज आशै मर्‍यो साथि, दारु खान जाम
Title: Re: मेरो लबर ब्यूटीफुल तेरो लवर बोक्सी ।
Post by: nisha on March 13, 2012, 11:11:41 AM
Hahaha.. Superb!
Keep it up.

 ;D
Title: Re: Creative गालि - निस्ठुरी प्रियसी
Post by: nisha on March 13, 2012, 11:13:26 AM
Hahahaha.. This is crazy.

Sarai ris utheko jasto chha tapai lai ta.
Title: बुद्ध हुन गारो छ
Post by: tundikhel on May 11, 2012, 11:13:56 PM
By - Buddhi Sagar
‎(बुद्ध हुन गारो छ)

१- जागिर खानुपर्छ । टाइममा तलव आउँदैन । रिस उठ्छ ।
२ -ग्यासवालाले ग्यास लुकाउँछ, बढि पैसा माग्छ । रिस उठ्छ ।
३- देशमा कुरा मिल्लामिल्ला हुन्छ, मिल्दैन । रिस उठ्छ ।
४- मुलुकले नागरिकता र भाषण मात्रै दिन्छ । रिस उठ्छ ।
५- स्कुलले शिक्षाका नाममा पैसा लुट्छन् । रिस उठ्छ ।
६ -व्यापारीहरु मुलुकको भविष्य देख्दैनन् । ति कर छलेरै भए पनि पैसा कुम्ल्याउँछन् र सेफ हुन चाहन्छन् । रिस उठ्छ ।
७- एकपल्ट हस्पिटल पस्यो भने कंगाल भएर बाहिर निस्किइन्छ । रिस उठ्छ ।
८- जीवनभरी दुख्ख गरेर पनि बेघर भइने डरले चिमोरीरन्छ । रिस उठ्छ ।
९ -टोलटोलमा हरेक मान्छेको जेवमा देश बनाउने योजना छन् तर देश ओरालो लागेको लाग्यै छ । रिस उठ्छ ।
१०- हरेक मान्छेलाई आफ्नो काम बाहेक सवथोक आउँछ । रिस उठ्छ ।
११- जंगलहरु तस्करहरुले सखापै पारेँ । शहरमा बुद्ध हुन सकिन्न । रिस उठ्छ ।
१२- परिवार, सन्तान, साथीभाईको माया लाग्छ । त्यसै छाडेर हिँड्न सकिन्नँ । मायामोह लाग्छ । रिस उठ्छ ।
१४- मुलुकले बत्ति, पानी र रासनजस्त्ा सानातिना कुरामा यसरी अल्मलाइदियो कि अरु क्यै सोच्न सकिन्नँ । रिस उठ्छ ।
१५- सवथोक भएर भोक पेट बस्यो भने ब्रत हुन्छ । भगवान् खुशी हुन्छन् । कंगला भएर भोको पेट बस्यो भने त्यो दरिद्रता हुन्छ । भगवान् भेटिन्नन् । रिस उठ्छ ।
Title: Re: बुद्ध हुन गारो छ
Post by: tundikhel on May 11, 2012, 11:14:17 PM
Buddhi Sagar
‎(विकिपिडियामा नेपाल)

नेपाल यस्तो देश हो --जहाँ बत्ति होइन, बिल आउँछ ।
नेपाल यस्तो देश हो -- जहाँ धारामा पानी होइन, हावा आउँछ ।
नेपाल यस्तो देश हो --जहाँ खाना होइन, ग्यास्टिक खाइन्छ ।
नेपाल यस्तो देश हो -- जहाँको मुख्य व्यबसाय भष्ट्राचार हो ।
नेपाल यस्तो देश हो -- जहाँ हरेक बर्ष जेठ १४ मा संविधान बन्ने हल्ला चल्छ ।