Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: xsajha on October 07, 2009, 12:40:54 AM

Title: Articles in Nepali - Rachana 2059 Issue 74
Post by: xsajha on October 07, 2009, 12:40:54 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:41:32 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:42:28 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:43:03 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:44:13 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:44:48 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:46:11 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:46:43 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:47:28 AM
प्रतिशोध

कुमार ज्ञवाली

फोक्सोको अर्बुदले निकट भविष्यमा उनको मरण हुने ह्युस्टन टेक्सासको डाक्टरले ठहर गरेकाले म्लेच्छ देशमा मर्ने डरले हतारिएर रानी डोलराज्यलक्ष्मी दिल्ली फर्केकी थिइन् । खबर सुन्नासाथ उनको नेपालका माइतीका नतेदारहरूले पनि हतारिएर दिल्ली पुगेर गिद्धले सिनोलाई जस्तै उनलाई घेरेका थिए । प्राण फुस्कन लाग्दाको तनाउ भन्दा चर्को हुन पुगेको थियो नातेदारहरूको आपसी ईष्र्या, घृणा तथा लोभले सिर्जना गरेका तनाउ । प्रत्येकले अर्को व्यक्तिमा आफ्नै दुर्गुणहरुको प्रतिविम्ब देख्दा घृणा प्रज्वलित हुन्थ्यो । उच्चकुल सुहाउँदो हाउभाउ गर्दै दिनभर मुर्दाजस्तै कक्रक्क परेर हिँड्नेहरूको शरीर मधुपान गरेपछि साँझ खुकुलो हुन्थ्यो । मधुपानका साथ हुने हाँसो, ठट्टा, स्नेह प्रदर्शन आदिको खोलभित्र हृदयभेदी बाणहरूले एकअर्कामाथि आक्रमण गर्दथे । साथसाथै मधुपानपछि युवा सन्तानहरू हाडनाता करणीमा संलग्न भएको शंकाकोे आपसमा खासखुस गरेर निवारण गर्दथे । चित्त बुझाउने के प्रयास गर्दथे भने रक्सी लागेर सँगै सुत्नुपर्दैमा नकारात्मक शंका गर्नु उचित हुँदैन ।

रानीसाहेवको स्वर्गारोहणको प्रतीक्षाले सबैलाई थकित गराएको थियो । कसैले रानीसाहेबको बकसपत्रमा सही गराउला भन्ने आशंकाले सबैलाई ग्रस्त पारेकाले उनलाई एक्लै शान्तिपूर्वक प्राण त्याग गर्ने स्वतन्त्रताबाट बञ्चित गराएका थिए । स्याहार गर्न आउने नर्स अभियुक्तले न्यायाधीशलाई दिएजस्तै प्रत्येकका प्रश्नहरूको उत्तर दिँदा थकित भएर तीनचार दिनमा नै काम छाडेर हिँड्दथे ।

आजीवन संघर्षमा बिताएकी रानीसाहेबले नातेदार तथा मृत्यु दुवैसँग हार मानेकी थिइनन् । उनलाई के थाहा थियो भने ती गिद्धहरूको आकर्षणको कारण उनी नभै उनको सम्पत्ति थियो । बाह्र वर्षको उमेरमा काम नगरका राजाकी पटरानी भएर गएपछिका अनेकौं वर्षमा आफ्नो संघर्षको व्यथाले रन्थनिएर माइत आउँदा उनीहरूको निर्लज्ज क्रूरता र लोभ देख्दा घिन मानेर बरु आफ्नै कष्टपूर्ण राज्यमा फर्कने गरेकी थिइन् उनी ।

भारतीयहरू स्वतन्त्रता संघर्षमा व्यस्त भएका वर्षहरूमा उनीपनि आफ्नो रक्सीबाज लोग्ने र सौताहरूसँगको संघर्षमा व्यस्त थिइन् । स्वतन्त्रता सेनानीहरूले अंग्रेजी सिपाहीहरूका लाठी चार्ज खपेको भन्दा बढी लोग्नेका लाठी र जुत्ताको प्रहार उनले खपेकी थिइन् ।

भारतबाट विश्वयुद्ध र विद्रोहले गर्दा टिक्न नसकेर अंग्रेजहरू भागेजस्तै भारत स्वतन्त्र भएको केही वर्षमा नै उनको लोग्ने आत्मा, रक्सी र व्यभिचार खप्न नसकेर भागेको थियो । सरदार पटेलले उनको राज्य भारतीय संघमा गाभेको केही वर्षपछि राज्यहरण बापत् पाउने वार्षिक रकम पनि इन्दिरा गान्धीले दिन बन्द गरेपछि उनको राज्यसँगको सम्बन्ध छुटेको थियो । नेपालबाट उनीसँगै गएका भएपनि सौता हुन पुगेका शवनम र नूरजहाँ लगायत उनका लोग्नेका अन्य हकदारहरूसँग अंश मुद्दा लड्ने निःसन्तान रानीसाहेबमा जाँगर थिएन । पटरानीको हैसियतले पाउनुपर्ने निकै त्याग गर्दा पनि  उनी करोडौंको सम्पत्तिकी मालीक्नी हुन पुगेकी थिइन् ।

विगत तीन दशकदेखि उनको शासन क्षेत्र दिल्लीको फ्रेण्ड्स कोलोनीको बगंैचायुक्त घरमा खुम्चिएको थियो ।  उनको हुकम तामेल गर्ने समय समयमा फेरिने माली, चौकीदार प्रभृति बाहेक उनीसँग दाइजो गएको खरदार रामराजको छोरो श्यामराज थियो । उनको सेवामा बसेर यथेष्ट आर्जन गरेको रामराज वर्षको एकपल्ट घ्यू, मह, चाकु, लप्सी आदि लिएर उनको दर्शन गर्न नेपालबाट आउँथ्यो ।

श्यामराज अवकाश लिनु अघि बाबुले गर्ने सबै काम गथ्र्यो । ऊ ड्राइभर, म्यानेजर सेक्रेटरी तथा अड्डाहरू धाउने हलकारा आदि परिआएका सबै काम गर्ने गर्दा भरपर्दो सेवक बनेको थियो ।

माइतका नातेदारहरू दुई हप्तासम्म मृत्यु र बकसपत्रको प्रतीक्षा गर्दा रानी साहेबप्रतिको क्षोभले एक अर्कासँग बढी आक्रामक हुँदै गएका थिए । नेपालको अगाध सम्पत्ति र व्यापार आदिको चिन्ताले उनीहरूको रक्सीको मात्रा बढ्दै गएको थियो ।

थकित नातेदारहरूले निष्कर्ष निकालेका थिए कि वरत्र तथा परत्र दुवै सपार्न रानीसाहेबले नेपालको आर्यघाटमा नै प्राण त्याग गर्नु उत्तम थियो । इन्दिरा गान्धीबाट सुरक्षित राख्न नेपाली राजदूतावासमा थन्क्याएको लगायत उनको चल सम्पत्तिका बाकसहरूमा दूतावासका कर्मचारीहरूको रोहबरमा सिलछाप लगाइएको थियो । ती बाकसहरूलाई विना रोकटोक नेपाल जान दिन दूतावासले भन्सारलाई सिफारिसपत्र पनि लेखेको थियो ।

ती बाकसहरूमा रहेका कतिपय अत्तर, सारी, गहना आदिको त किन्दाको प्याकेटसम्म पनि खोलिएको थिएन । कागजका रुमालदेखि गहना सम्म नखोलिएर जतनका साथ राखिएका ती बाकसहरूले निःसन्तान रानीसाहेबले ती सबै कुरा कसका लागि संचय गरेकी थिइन् भन्ने व्यथापूर्ण प्रश्न खडा गर्दथे । के शंका उब्जन्थ्यो भने ती बाकसहरूले केवल संचयमा सुरक्षा खोज्ने उनको पैत्रिक जन्मजात रोगको प्रदर्शन पो गरेका हुन् कि !

मरणासन्न रानीसाहेबलाई विशेष प्रवन्धका साथ हवाई मार्गबाट आर्यघाट लगिएको थियो । अन्त्यसम्म पनि कुनै कागजमा सही नगरेर अचल सम्पत्तिका लागि सौताहरू लगायत अन्य हकदार तथा नेपालमा रहेका अगाध चल सम्पत्तिका लागि माइतका नातेदारहरूलाई समेत आपसी युद्धमा संलग्न हुने स्थिति छोेडेर रानीसाहेबले सबै पक्ष प्रतिको आफ्नो आक्रोश यसरी प्रदर्शन गरेकी थिइन् ।

फोनः ४१११०३
नारायण चौर, नक्साल काठमाडौं
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:47:56 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:48:45 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:49:43 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:50:20 AM
Title: Re: Articles in Nepali
Post by: xsajha on October 07, 2009, 12:53:00 AM