Nepali Community Forum

xNepali Forum => All New Posts Here (सबै नयाँ पोस्ट यहाँ) => Topic started by: tundikhel on December 01, 2009, 08:25:34 AM

Title: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 01, 2009, 08:25:34 AM
Karima Begum

सात कक्षा मात्र पढेकी एक मुश्लिम महिला.

फोरम फुट्यो। उनी लागिन् विजय गच्छेदारतिर। दोस्रो/तेस्रो पटकको विस्तारमा पनि मन्त्री नबनाएपछि उनले गच्छेदारलाई भनिन्, 'तेरो अर्को आँखा पनि फुटाइदिन्छु।' विराटनगरमा एउटा आँखा अखिलले फुटाइदिएका थिए। त्यसपछि? अर्कोपालिको विस्तारमा करिमा भइन् कृषि राज्यमन्त्री।

(http://xnepali.com/i/thumbs/ooh1259634823j.jpg) (http://xnepali.com/i/viewer.php?id=ooh1259634823j.jpg)

(http://xnepali.com/i/thumbs/chu1259635008q.jpg) (http://xnepali.com/i/viewer.php?id=chu1259635008q.jpg)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 01, 2009, 08:31:57 AM
खेलकुद सहायकमन्त्री चन्दा चौधरीले थोत्रो गाडी दिएको भन्दै शिसा फुटाएकी थिइन्।

can't find photo now .... will post it later.
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 01, 2009, 10:31:29 AM
'सबै जना नियुक्ति नै भएर आउनुभाछ । चुनाव हुदैछ । चुनावमा प्रतिष्पर्धा गर्नसक्नुपर्छ , डराउनुहुदैन ।' उनले भनिन, 'उहाहरु पनि (सुशिल, रामचन्द्र )पनि कुनै चुनाव लडेर जितेर आएको होइन ।'

The only daughter (spoiled?) of Girija Prasad Koirala... Involved in Lauda kanda.

Girija made her Minister without portfolio in his ministry. When Madhav Kumar Nepal became PM he succeeded in making her Foreign minister in spite of protest of his own party. Now she is Deputy PM of Naya Nepal.

She is known to have low level of intellect while talking. Well known for spending too much.

(http://xnepali.com/i/thumbs/xne1259642699i.jpg) (http://xnepali.com/i/viewer.php?id=xne1259642699i.jpg)

(http://xnepali.com/i/thumbs/nep1259643049x.jpg) (http://xnepali.com/i/viewer.php?id=nep1259643049x.jpg)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: hindenburg on December 01, 2009, 11:06:27 AM
Desh drohi haru !!
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 02, 2009, 02:14:16 PM
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 02, 2009, 02:20:45 PM
That was in 2007

प्रधानमन्त्री-पुत्रीको राजसी किनमेल

एक लाख ३४ हजारको ब्याग, ६० हजारको चस्  मा र ३४ हजारको पर्स !

थानेश्वर सापकोटा/शरण केसी  (म्युनिख -जर्मनी)

जेठको दोस्रो साता जर्मनीको म्युनिखस् िथत व्यस्त म्याक्सिमिलियन स्टि्रटमा एउटी चर्चित नेपाली महिलाले भव्य 'सपिङ्' गरनि् । सिद्धान्ततः समाजवादी पार्टी नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस् य एवम् प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाकी एक्ली पुत्री सुजाता कोइरालाको सो राजसी किनमेल देख्दा लाग्थ्यो, उनी कुनै राजकुमारी हुन् ।

युरोपेली र अमेरकिी धनाढ्यहरूले सामान खरदि गर्ने सो बजारमा उनले महँगो फेसन ब्रान्ड 'गुची' को सोरुमबाट सामान्य लाग्ने तर निकै महँगो 'लेडिज ब्याग' खरदि गरनि् । गुचीको सोरुमसम्म पुग्न उनी यति आतुर थिइन् कि त्यसका निम्ति करबि एक घण्टा त पैदलै हिँडिन् । उनले किनेको हाते ब्यागको मूल्य थियो, एक हजार पाँच सय ६० युरो -अर्थात् करबि एक लाख ३७ हजार रुपियाँ) । सोही पसलबाट उनले तीन सय ९५ युरो -करबि ३३ हजार सात सय ७० रुपियाँ) को 'लेडिज पर्स' पनि किनिन्, जुन नेपालीको वाषिर्क औसत आयभन्दा डेढ गुणाले बढी हो । दुईदिने म्युनिख बसाइका क्रममा उनले यहाँको अर्को महँगो पसल 'प्रो-अप्टिक' बाट छ सय ७२ युरो -करबि ६० हजार रुपियाँ) तिरेर दुईवटा 'सनग्लास' पनि किनिन् । जर्मनीको सयरमा उनी त्यही चस् मामा देखिन्थिन् -हेर्नुहोस्, तस्बिर) ।

सुजाताले किनेको गुची अत्यधिक महँगो ब्रान्डमध्ये एक हो । १८ औँ शताब्दीमा एक इटालियन छाला व्यापारीद्वारा स्थापित यो ब्रान्ड अहिले विश्वको दोस्रो ठूलो फेसन ब्रान्ड मानिन्छ । किन गुची नै ? आफूले गुचीका उत्पादनहरू लामो समयदेखि प्रयोग गर्दै आएकाले यसपटक पनि त्यही छानेको उनको भनाइ थियो ।

म्याक्सिमिलियन स्टि्रटकै गहना पसलबाट एउटा 'नेक्लेस' किन्ने ताकमा पनि थिइन् सुजाता । तर, हच्किइन् । विभिन्न हीराजडित सो नेक्लेसको मूल्य करबि १२ लाख रुपियाँ थियो, जुन आफ्नी छोरीलाई 'सरप्राइज गिफ्ट' दिन किन्ने सुरमा थिइन् उनी । "मेरी छोरी केही दिनमै बच्चा जन्माउँदै छिन् । मैले उनलाई सरप्राइज दिनुपर्नेछ," सुजाताले भनिन् । बर्लिन पुगेपछि उनले छोरीलाई त्यस्तै महँगो नेक्लेस किनेको नेपाली दूतावासका एक कर्मचारीले बताएका छन् ।

सुजाता कोइरालाको म्युनिख यात्रा कुनै औपचारकि कार्यक्रमका निम्ति भएको थिएन । अमेरकिा यात्रा सकेर आफू नितान्त पारविारकि भेटघाटका क्रममा यहाँ आइपुगेको उनको भनाइ थियो । मुख्य उद्देश्य थियो, छोरा आन्द्रेयस जोस्टलाई भेट्नु । तर, भित्री रूपमा उनका अरू धेरै भेटघाटहरू भएका थिए र साथमा भव्य किनमेल पनि ।

सुजातालाई अमेरकिामा छँदै नेपाली जनसम्पर्क समिति, युरोप शाखा गठन गर्न बर्लिनका रेस्टुराँ व्यवसायी दिल गुरुङले निम्ता पठाएको भनिएको थियो । तर, सुजाता स्वयम्लाई यसबारे खासै जानकारी थिएन । यद्यपि, उनको दुईदिने म्युनिख बसाइका क्रममा भएको चारतारे होटलको खर्च दिल गुरुङले नै बेहोरेका थिए ।

जेठ ८ गते बिहान म्युनिखको प|mान्स जोसेफ स्ट्राउस विमानस्थलमा अवतरण गरेकी सुजातालाई छोरा आन्द्रेयस र अन्य केही नेपालीले स्वागत गर्ने बताइएको थियो । तर, उनी दक्षिण जर्मनीका लागि नेपाली वाणिज्यदूत अलेक्जेन्डर काइजरको कारमा होटेलतर्फ लागिन्, जुन दृश्यबाट त्यहाँ पुगेका अन्य नेपालीहरू मात्र होइन, उनकै छोरा आन्द्रेयस पनि आश्चर्यमा परे ।

सामान्यतया कुनै पनि नेपाली कार्यक्रम र नेपालीहरूबीच उपस्थित हुन नरुचाउने काइजर सुजाताकोे स्वागतका लागि विमानस्थलसम्म पुग्नु आफैँमा अनौठो घटना थियो । तीन दशकदेखि लगातार नेपाली वाणिज्यदूत रहँदै आएका काइजरलाई तत्कालीन राजा वीरेन्द्र दम्पतीको म्युनिखमा भव्य स्वागत गरेकै कारण सो पद प्राप्त भएको थियो । वर्तमान राजा ज्ञानेन्द्रसँगसमेत उनको निकट सम्बन्ध छ । र, सायद अब उनी नेपालका कार्यवाहक राष्ट्रप्रमुख गिरजिाप्रसाद कोइरालासँग उनकी छोरीमार्फत सम्बन्ध विस् तार गर्न चाहन्छन् ।

म्युनिखको मुख्य स्टेसननजिकैको एट्लस होटल पुग्नासाथ सुजातासँग केहीबेर कुराकानी गरेपछि वाणिज्यदूत काइजर त्यहाँबाट बाहिरएिका थिए । सुजाता म्युनिख आइपुग्नु एक दिनअघि नै उनका राजनीतिक सहयोगी रमेश धमलालाई नेपालबाट झिकाइएको थियो । धमला सुजाताका नजिकका विश्वासपात्र मानिन्छन् । सुजाताले जर्मनीमा रहेका छोरालाई खर्च पठाउँदा धमला नै बाहक हुने गर्छन् । पछिल्लोपटक जर्मनी आउँदा आफूले नै सुजाताले पठाएको पैसा उनको छोरासमक्ष पुर्‍याएको धमलाले पनि स्वीकारे । तर, रकमको राशि भने उनले खुलाएनन् । धादिङ घर भएका धमला लामो समयदेखि सुजातानिकट रहँदै आएका छन् । सुजाता प्रमुख रहेको नेपाली काङ्ग्रेस विदेश विभागको सदस्य रहेका धमलाको पार्टी राजनीतिमा भने न्यून भूमिका छ ।

सुजाताले काठमाडौँबाट धमलालाई बोलाउनुको खास कारण अर्कै थियो । धमलाले त्यसै बेलुका चार सय किलोमिटर पर हाइडलबर्गबाट 'प्यारेन्ट्स चाइल्ड बि्रज' नामक संस्थाका प्रबन्ध-निर्देशक सिगमन्ड जिमरमानलाई म्युनिख निम्त्याएका थिए, जसको मुख्य उद्देश्य थियो, अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपाल सरकारले लगाएको रोक खुलाउनु । भोलिपल्ट बिहान सुजाताले जिमरमानसँग होटलकै बैठक कक्षमा भेटिन् । केहीछिनको गोप्य वार्तापछि उनले आफ्ना बुबा प्रधानमन्त्री कोइरालालाई भनेर अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन दिएको स्रोतहरूको भनाइ छ । त्यसलगत्तै जिमरमान हाइडलबर्ग फर्किएका थिए । त्यस दिनभर िधमलाको सहयोगमा सुजाताले अन्य विभिन्न व्यक्तिहरूसँगसमेत भेटवार्ता गरनि्, जो धर्मपुत्र-पुत्री ग्रहण गर्ने विभिन्न संस्थासँग सम्बन्धित थिए । उनले सबैलाई सक्दो आश्वासनसमेत दिइन् ।

'प्यारेन्ट्स चाइल्ड बि्रज' लामो समयदेखि विदेशबाट धर्मपुत्र-पुत्री ग्रहण गर्ने काममा सक्रिय छ । खासगरी एसियाली मुलुकहरूबाट बालबच्चाहरू ल्याएर सन्तानहीन जर्मन आमाबाबुहरूलाई उपलब्ध गराउने पुलको काम गर्छ, सो संस् थाले । एक जर्मन अधिकारीका भनाइमा, सो संस्थाका गतिविधिहरू व्यावसायिक देखिए तापनि युरोपमा गरबि मुलुकहरूबाट बालबालिका ल्याएर बेचबिखन गर्ने प्रवृत्तिचाहिँ बढ्दै गएको छ, जसबाट यहाँका अधिकारीहरू चिन्तित छन् ।

धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन त्यहाँ पुगेर सुजाताले किन दिइन् ? प्रोटेस्टेन्ट चर्चसँगसमेत सम्बन्धित 'प्यारेन्ट्स चाइल्ड बि्रज' का प्रबन्ध-निर्देश्ाक जिमरमानसँग सुजातासँगको भेटबारे कुराकानी गर्न पटकपटक सम्पर्क गर्दा पनि उनले प्रतिक्रिया दिन चाहेनन् । तर, सोही संस् थाकी कार्यसमिति सदस्य श्रीमती होफनागेलले सुजातासँगको वार्तापछि अन्तर देशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपालले लगाएको रोक खुला हुनेमा आफूहरू आशावादी रहेको बताइन् । "हामी नेपाल सरकारको सकारात्मक निर्णयको प्रतीक्षामा छौँ," उनले भनिन् ।

सुजाता म्युनिखमै रहँदा नेपालमा भने काङ्गे्रसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अधिवेशन चल्दै थियो, जसबाट आउने परण्िाामलाई लिएर उनी निकै चिन्तित देखिन्थिन् । कारण थियो, गगन थापाले नेविसङ्घ अध्यक्ष पदमा उम्मेदवारी दिने हल्ला । टेलिफोनमार्फत उनी कसैलाई हप्काउँथिन् र भन्थिन्, "अरू जेसुकै होस्, गगनले कुनै हालतमा पनि चुनाव जित्नु हुँदैन । त्यसका लागि तपाईंहरूले जेजे गर्नुपर्छ, गर्नूस् । बरु प्रदीप - पौडेल) ले जिते केही फरक पर्दैन । " नेविसङ्घ निर्वाचनकै प्रसङ्गमा उनले कम्तीमा पाँच जनासँग नेपालमा लामो फोनवार्ता गरेकी थिइन् ।

म्युनिख बसाइको दोस्रो दिन उनले छोरा आन्द्रेयससँग बिताइन्, दिनभर िनै । छोरालाई पकेट खर्चका लागि केही हजार युरो दिइन् । २८ वषर्ीय आन्द्रेयस जोस्ट म्युनिखको एउटा कलेजमा सूचना प्रविधिका विद्यार्थी हुन् । उनका बुबा एवम् सुजाताका जर्मन पति अहिले इजरायलमा बस्छन् ।

तेस्रो दिन बिहानै उनी धमलासँग म्युनिख विमानस् थलबाट बर्लिनतर्फ उडिन्, जहाँ नेपाली काङ्ग्रेसको युरोप जनसम्पर्क समिति गठन गर्ने कार्यक्रम थियो । म्युनिखदेखि बर्लिन र बर्लिनदेखि म्युनिखसम्मको सम्पूर्ण टिकट खर्च रेस्टुराँ व्यवसायी दिल गुरुङले नै बेहोरेका थिए । सुजाता बर्लिनको दुईदिने यात्रामा स्पान्डाउस्थित नेपाली राजदूतको निवासमा बसिन् । र, त्यहाँ उनले केही जर्मन राजनीतिकर्मीसँग भेटघाट पनि गरनि् । र, बर्लिनबाट म्युनिख, दिल्ली हुँदै काठमाडौँ फर्किइन् । धमला भने सुजाता उडेको दुई दिनपछि मात्र नेपाल फर्किए ।

सुजाताको जर्मनी सयरमा जेजस्तो राजसी ठाँटबाँठ देखियो, त्यसका निम्ति उनले खर्च गरेको र यसरी नै अन्यत्र पनि खर्चिने गरेको धनराशिको स्रोतचाहिँ के हो, के उनले यसको जवाफ दिन सक्छिन् ?
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 02, 2009, 02:29:38 PM
Girija Prasad Koirala, Five-time Prime Minister of Nepal, after fall of the Panchayat System and restoration of Democracy through a popular movement in 1990s. He is currently the undisputed and towering leader of Nepali Congress Party as well as of the democratic forces of Nepal. His brother BP Koirala had given him a nickname "Hawaldar" meaning a constable.

Wife:Sushma Koirala - died of a kerosene stove burst

Daughter: Sujata Koirala - only biological child

Adopted son: Suresh Koirala runs a printing press - lesser known in political circles

Sujata Koirala is NC, Central Committee Member, and Chief of the party's Foreign Relations Department

Sujata Koirala is married to a German national, Sujata runs Sushma Koirala Memorial Trust, which is working to highlight the plight of Nepalese women.

Nona Koirala, wife of Koirala's younger brother Keshav Koirala now was living with Girija Koirala, and was a NC, Central Committee Member nominated by GP Koirala before she died in Jan 27 2007.

GP was appointed as Prime Minister five times including the present one

Girija Prasad Koirala (1/5) May 26, 1991 November 30, 1994 Girija Prasad Koirala (2/5) April 15, 1998 August 25, 1998 Girija Prasad Koirala (3/5) August 26, 1998 May 31, 1999 Girija Prasad Koirala (4/5) March 22, 2000 July 26, 2001 Girija Prasad Koirala (5/5) April 25, 2006

(http://xnepali.com/i/thumbs/xne1259743472d.JPG) (http://xnepali.com/i/viewer.php?id=xne1259743472d.JPG)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: blinked on December 07, 2009, 05:28:39 PM
******* 7 class padera CDO lai tharkaudai hidney, rajniti ma nalagey ko bhaey ************


*****Warning*****
Don't abuse!!
You will be banned if caught abusing again
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: kurakani on December 08, 2009, 10:06:28 AM
Sujata

http://www.youtube.com/watch?v=_VowZc0b3ek (http://www.youtube.com/watch?v=_VowZc0b3ek)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 17, 2009, 04:20:42 AM
नेवाः स्वायत्त गणराज्य घोषणाका अबसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा नाच्दै माओवादी नेतृ हिसिला यमी

(http://xnepali.com/i/thumbs/luu1261002879k.jpg) (http://xnepali.com/i/viewer.php?id=luu1261002879k.jpg)


काठमाण्डौको बसन्तपुरमा बुधबार नेवाः स्वायत्त गणराज्यको घोषणा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड ।

(http://xnepali.com/i/thumbs/nep1261002931j.jpg) (http://xnepali.com/i/viewer.php?id=nep1261002931j.jpg)

नुवाकोटको रानीपौवामा ताम्सालिङ स्वायत्त गणराज्यको घोषणा सभालाई बुधबार सम्बोधन गर्दै माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई

(http://xnepali.com/i/thumbs/ktm1261003000y.jpg) (http://xnepali.com/i/viewer.php?id=ktm1261003000y.jpg)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on December 25, 2009, 03:38:53 PM
Does Paramananda Jha needs introduction ??

(http://xnepali.com/i/thumbs/aah1261734734n.jpg) (http://xnepali.com/i/viewer.php?id=aah1261734734n.jpg)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: ratamakai on December 27, 2009, 01:44:56 AM
desh bigarne satru haru ho ki ??? tyo sujata,prachanda,babu, mr vp .....sabai le k garna khojeko ??
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 04, 2010, 03:11:12 PM
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 05, 2010, 03:39:20 AM
  प्रधानमन्त्रीले कान्छो भाइलाई पनि नियुक्ति दिए
सोमबार, 04 जनवरी 2010 23:14 नागरिक

(http://xnepali.com/ii/thumbs/xne1262642046f.jpg) (http://xnepali.com/ii/viewer.php?id=xne1262642046f.jpg)

बलराम बानियाँ, काठमाडौं, पुस २१ - प्रधानमन्त्री माधवकुमार नेपालले कान्छा भाइ सरोजकुमार उपाध्याय नेपाललाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिएका छन्। उनले प्रधानमन्त्री कार्यालय मातहतमा उच्चस्तरीय निरीक्षण तथा अनुगमन समिति गठन गरी भाइलाई राजनीतिक नियुक्ति दिएका हुन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट निर्णय गराई माहिला भाइ विनोद उपाध्याय नेपाललाई हङकङको महावाणिज्य दूत नियुक्त गरेको २ महिनापछि नै कान्छो भाइलाई समेत आकर्षक सुविधासहित लाभको पदमा नियुक्ति दिएका हुन्। पेसाले इन्जिनियर सरोजकुमारले कन्सल्ट्यान्सी कार्य गर्दै आएका थिए।


प्रधाननमन्त्रीद्वारा पूर्वसचिव नेपालले सोमनाथ पौडेलको संयोकत्वमा गठित समितिमा सरोजकुमार उपाध्याय, आमोद अधिकारी र अलिअख्तर मिकरानी सदस्य र सहसचिव शारदाप्रसाद त्रिताल सदस्यसचिव छन्। समितिले प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रही कार्य गर्ने त्यसको कार्यादेशमा उल्लेख छ। समितिको कार्यालयसमेत प्रधानमन्त्रीको कार्यालयमा नै राखिएको छ।


समितिलाई प्रधानमन्त्री कार्यालयका तर्फबाट सम्पूर्ण निकायका कामकारबाहीको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्को बैठकमा मन्त्री, मुख्यसचिव र सचिवले नै निर्वाचित मन्त्री, स्थायी सरकार मानिने कर्मचारीको कामकारबाहीको अनुगमन गर्न बाहिरबाट मान्छे ल्याउन नहुने भन्दै विरोध गरे पनि प्रधानमन्त्रीले समिति गठन गरेका थिए। उनीहरूले समितिले सरकारी संयन्त्रलाई कमजोर बनाउने र अराजकता निम्त्याउने चिन्ता व्यक्त गरेका थिए्। सरकारले समितिका संयोजक पौडेललाई मासिक ४५ हजार र सदस्यत्रय उपाध्याय, अधिकारी र मिकरानीलाई मासिक ३७ हजार मासिक तलब सुविधा पाउने गरी नियुक्त गरिएको हो।


प्रधानमन्त्री नेपालले भान्जा नितेश पौडेललाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन्। पौडेललाई उपसचिव सरहको तलबसुविधा दिइएको छ। नेपालले २०५१ सालमा उपप्रधानमन्त्री छँदा पत्नी गायत्री नेपाललाई राष्ट्रिय वाणिज्य बैंकबाट काजमा ल्याई स्वकीय सचिव बनाएका थिए।

प्रधानमन्त्रीले भाइलाई नियुक्त गर्न समिति गठन गरेको र भान्जालाई स्वकीय सचिवमा राखेको थाहा पाएपछि उच्च पदस्थ कर्मचारीहरू समेत आश्चर्यमा परेका छन्।

सरकारका तर्फबाट प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले नियुक्तिको निर्णय सार्वजनिक गर्दा सरोजकुमार उपाध्यायको समेत थर नभनेर लुकाएका थिए। पोखरेलले मन्त्रिपरिषद्बाट प्रधानमन्त्रीका माहिला भाइ विनोद उपाध्याय नेपाल महावाणिज्यदूत नियुक्त हुँदासमेत संवाददाताहरूसित थर ढाँटेर पाण्डे भनी सार्वजनिक गरेका थिए।

प्रधानमन्त्रीले माहिला भाइ विनोदलाई महावाणिज्य दूत नियुक्त गर्दा स्थापित परम्परा र प्रक्रियालाई नै तोडेका थिए। प्रधानमन्त्रीको दबाबमा मन्त्रिपरिषद्ले व्यापार हेर्ने अनुभवी प्रशासनका सहसचिवलाई पठाउने स्थापित परम्परालाई उल्ट्याई मेकानिकल इन्जिनियर विनोदलाई महावाणिज्यदूत बनाइएको हो। हङकङको महावाणिज्यदूत प्रशासनको सहसचिव नियुक्त भएर जाने दरबन्दी हो।


उद्धेश्य नै व्यापार प्रवर्द्धन गर्नु रहेको पदमा प्राविधिक अधिकृत विनोदलाई पठाउन मन्त्रिपरिषद्ले नियमावली नै संशोधन 'सरकारी सेवाको राजपत्रांकित प्रथम श्रेणीको जुनसुकै अधिकृतलाई पठाउन सक्ने' व्यवस्था गरेको थियो। विनोद नेपाल उद्योग मन्त्रालयको प्रविधि र वातावरण महाशाखा प्रमुख थिए।
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 06, 2010, 01:35:12 PM
  ऐनविपरीत काम गर्न सुजाताको दबाब
सोमबार, 04 जनवरी 2010 11:35 नागरिक


समाचारको विषयमा हप्काइन् मन्त्रीले
टेन्डरको स्पेसिफिकेसन बदल्न दबाब दिएको सार्वजनिक भएपछि मन्त्री सुजाता कोइरालाले 'समाचार कसरी आयो' भन्दै मातहतका कर्मचारीलाई हपारेकी छन्।
स्रोतका अनुसार मन्त्री कोइरालालेसमाचार प्रकाशित भएकै दिन शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठलगायत कर्मचारीसँग सोधपुछ गरेकी थिइन्। नागरिकले 'टेन्डर बदल्न सुजाताको दबाब' शीर्षकमा सोमबार समाचार प्रकाशित गरेको थियो। श्रेष्ठले आफूलाई यस विषयमा जानकारी नभएको बताएका थिए।






  सुजाता र सचिवको अडानले नयाँ पासपोर्ट अनिश्चित
बुधवार, 06 जनवरी 2010 09:11 नागरिक


लेखनाथ पाण्डे, काठमाडौं, पुस २२- मेसिन रिडेवल पासपोर्ट (एमआरपी) सम्बन्धी टेन्डरको बेहोरा परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा परराष्ट्रमन्त्री र सचिव दुवैले अडान नछाड्दा १ अप्रिल २०१० बाट जारी गर्नैपर्ने एमआरपी प्रक्रिया अघि बढ्न सकेको छैन।
उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला पोलिकार्बोनेट एमआरपीका लागि टेन्डर आह्वान भएको एक महिना नाघिसकेपछि त्यसको बेहोरा (स्पेसिफिकेसन) परिवर्तन गर्न सम्बन्धित अधिकारीहरूलाई दबाब दिइरहेकी छन्।
परराष्ट्र सचिव मदनकुमार भट्टराई भने आह्वान भइसकेको टेन्डरमा सार्वजनिक खरिद ऐनविपरीत बेहोरा परिवर्तन गर्ने नहुने अडानमा छन्। स्रोतहरूका अनुसार भट्टराईले आफैंले हस्ताक्षर गरेर निर्णय भइसकेको विषयमा 'यु टर्न' गर्ने तयार नभएको मन्त्री कोइरालालाई स्पष्ट पारेका छन्। 'म आफैंले गरिसकेको निर्णयमा यु टर्न गर्न सक्दिन,' भट्टराईलाई उद्धृत गर्दै स्रोतले नागरिकसँग भन्यो।
सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम टेन्डर आह्वान भइसकेपछि स्पेसिफिकेसन परितर्वन गर्न मिल्दैन। नियमावलीमा टेन्डरसम्बन्धी सूचनामा केही 'प्राविधिक या व्यापारीक पक्षमा संशोधन' गर्न सकिने उल्लेख भए पनि त्यो स्पेसिफिकेसनसँग 'तात्विक रूपले भिन्न हुन नहुने' स्पष्ट उल्लेख छ।
मन्त्री कोइरालाले पोलिकार्बोनेट एमआरपीका लागि टेन्डरको म्याद १० दिनमात्र बाँकी रहेको अवस्थामा स्पेसिफिकेसन परिवर्तन गरी कमसल प्रविधियुक्त लेमिनेटेड एमआरपीमा जान चाहेकी हुन्। मन्त्रीले 'कमीसनको चक्करमा' आफैंले गराएको निर्णय उल्टाउन कसरत गरिरहेको स्रोतहरूको दाबी छ।
मन्त्रालयले मंसिर १६ गते ४५ दिने म्याद राखी पोलिकार्बोनेट प्रविधियुक्त एमआरपी सुरक्षित छपाई, आपूर्ति, वितरण, उपकरण स्थापनासहित सम्पूर्ण प्रक्रियाका लागि प्रारम्भिक छनोटमा परेका चार कम्पनीबीच टेन्डरआह्वान गरेको म्याद सकिन १० दिनमात्र बाँकी छ।
'मन्त्री कोइराला आफैंले गराएको निर्णय परिवर्तन गर्न खोज्ने, सचिव परिवर्तन गर्न कानुनले नदिने तर्क गर्ने' मन्त्रालयकै एक उच्च अधिकृतले भने, 'यसले एमआरपी प्रक्रिया अनिश्चित बनेको छ।'
नियमविपरीत टेन्डरको 'स्पेसिफिकेसन' परिवर्तन गर्न सचिव भट्टराई तयार नभएपछि मन्त्री कोइराला क्याबिनेटबाट टेन्डरको स्पेसिफिकेसन परिवर्तन गर्ने मनस्थितिमामा पुगेको स्रोतले बताए।
स्रोतका अनुसार, एमआरपी परियोजना संयोजन गरिरहेका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठलगायतले भने टेन्डरसम्बन्धी सूचनामा 'टेन्डरसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार परराष्ट्र मन्त्रालयलाई हुने' उल्लेख भएकाले स्पेसिफिकेसन परिवर्तन गर्न क्याबिनेट जानुनपर्ने सुझाएका छन्।
तर, मन्त्रालयस्तरबाटै स्पेसिफिकेसन परिवर्तन गर्न पनि सचिवको सहमती नभई संभव हुँदैन। सचिवै सम्बन्धित मन्त्रालयका प्रशासनिक प्रमुख पनि हुनाले सचिवको स्वीकृति अनिवार्य हुन्छ।
मन्त्री कोइरालाले पोलिकार्बोनेट एमआरपीमा जाँदा महंगो हुने र सर्वसाधारण नेपालीले उपयोग गर्न नसक्ने तर्क गर्ने गरेकी छन्। तर, सुरुमा किन आफैंले पोलिकार्बोनेटमा जाने निर्णय गराएको भन्ने चाँही स्पष्ट पार्न सकेकी छैनन्।
प्राविधिज्ञहरूले भने लेमिनेटेडभन्दा पोलिकाबोनेर्टयुक्त राहदानी बढीमा २ डलरसम्म महँगो पर्ने भए पनि दिगो रूपमा सस्तो पर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओको) को बाध्यकारी निर्देशनअनुसार नेपाल २०१६ देखि आँखाको रेटिना, औठाछापलगायत जैविक 'सेक्युरिटी फिचर' युक्त इ-पासपोर्ट प्रयोगमा ल्याउनुपर्छ। अहिले लेमिनेटेड एमआरपीमा जाँदा त्यसको सट्टा नयाँ पासपोर्ट लिनुपर्छ। अहिल्यै पोलिकार्बोनेट एमआरपीमा जाँदा २०१६ पछि त्यसमा 'बायोमेटिक चिप्स' मात्र थप्दा पुग्छ।
'सर्वसाधारण जनतालाई छोटो समयमै दुई-दुई चोटी पासपोर्ट लिँदा झन् महंगो पर्न जान्छ' सचिव भट्टराईको भनाई उद्धृत गर्दै ती अधिकारीले भने, 'बरू, अहिल्यै इ-पासपोर्टमा जाऔं।'
ऐन अनुसार, स्पेसिफिकेसन' परिवर्तन गर्दा पुनः टेन्डरआह्वान गर्नुपर्ने हुन्छ। नयाँ टेन्डरगर्दा अरू दुई महिनापछिमात्र प्रस्ताव पर्नेछ। त्यसपछि चाँडोमा १ महिनाभित्र मूल्यांकन प्रक्रिया पूरा भएपनि २०१० अप्रिल १ भित्र एमआरपी जारी गर्नुपर्ने आइकाओको समयसीमा भेट्टाउन संभव हुनेछैन।
स्रोतहरूले भने मन्त्री कोइराला र शिष्टाचार महापाल श्रेष्ठ भने टेन्डरसम्बन्धी निर्णय गर्ने अधिकार मन्त्रालयसँग रहेको र समयसीमा पनि थोरै भएको तर्क गर्दै स्पेसीफिकेसन परिवर्तन गरेपनि पुनःटेन्डरनगराउने पक्षमा पक्षमा छन्।
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 07, 2010, 10:36:57 AM
झोक्किँदै बैठक छाडिन् मन्त्रीले
06/01/2010 17:45:00 श्रीलोचन राजोपाध्याय/नयाँ पत्रिका


काठमाडौं, २२ पुस : खेलकुद सहायकमन्त्री चन्दा चौधरीले बुधबार राष्ट्रिय खेलकुद परिषद्को ७२औँ बोर्ड बैठक बहिष्कार गरेकी छिन् । खेलकुदमन्त्री गणेश नेपाली तिवारीको अध्यक्षतामा परिषद्को बोर्ड बैठक भएको हो । अध्यक्ष नेपाली तथा अन्य सदस्यबीच २२ एजेन्डा बारेमा छलफल चलिरहँदा सहायकमन्त्री चौधरी कड्किँदै आप\mनो मागको सुनवाइ नभएको भन्दै बैठकबाट बाहिरिएकी हुन् ।

'बैठकको बीचबाटै हिँडेकी हुँ,' मन्त्री चौधरीले नयाँ पत्रिकालाई भनिन्, 'त्यहाँ मैले राखेको प्रस्तावमाथि छलफल भएन ।'

परिषद्मा आसन्न एघारौँ साग तथा आन्तरिक विषयमा छलफल गर्न बैठक बसेको थियो । आप\mनो प्रस्ताव राखेपछि बोर्डका सदस्य र सहायकमन्त्रीबीच विवाद भएको बैठकमा सहभागी एक सदस्यले बताए । 'बैठकमा सहायकमन्त्री चौधरी र बोर्ड सदस्यबीच चर्काचर्की भयो,' बैठकमा सहभागी ती सदस्यले भने, 'केही निर्णय नहुने भएपछि दुई बजेतिर उनी रिसाउँदै बाहिरिइन् ।'

सहायकमन्त्री चौधरीले पाँच विकास क्षेत्रमा दुई तथा ७५ जिल्ला खेलकुद समितिमा २५ महिला अध्यक्ष वा संयोजक हुनुपर्ने बैठकमा प्रस्ताव राखेकी थिइन् । बोर्डमा सीमित व्यक्तिको हैकम चलेका कारण आफ्नो मागको बेवास्ता भएको उनको दाबी छ ।

'परिषद्मा ३३ प्रतिशत अधिकार महिलाको हुनुपर्छ,' आप\mनो प्रस्ताव सुनाउँदै उनले भनिन् । आफू महिला मन्त्री भएकाले परिषद्को समावेशी कोटामा महिलालाई पनि अधिकार दिनुपर्ने आवाज उठाएको उनको दाबी छ ।

'परिषद्लाई समावेशी बनाउने नारा सबैको छ, तर यहाँ महिलालाई कुनै कोटा छुट्याइएको छैन,' उनले भनिन्, 'बैठकमा मेरो प्रस्तावमाथि छलफल हुँदैन भने त्यहाँ बस्नुको औचित्य नै रहेन नि ।' विभिन्न समिति तथा उपसमिति गठन गर्दा एकजना पनि महिला सदस्य समावेश नगरेर महिलालाई उपेक्षा गरेको उनले बताइन् । 'समावेशीका नाममा आ-आप\mनो मान्छेमात्र राख्ने गरिन्छ,' उनले प्रश्न गरिन्, 'यो त समावेशीको नाममा महिलालाई हेपेको होइन ?'

आफू नाममात्रको खेलकुद सहायकमन्त्री भएको खुलासासमेत उनले गरिन् । 'भन्नलाई त सहायकमन्त्री भनिन्छ, मेरो केही अधिकार छैन र म केवल आमन्त्रित सदस्यमात्र हुँ,' उनले भनिन्, 'बरू खेलकुद मन्त्रालयका सचिव अधिकारसम्पन्न हुन्छन्, यस्तो पनि खेलकुद सहायकमन्त्री हुन्छ ।'

सहायकमन्त्री चौधरीले आसन्न एघारौँ सागका कारण तत्काल आन्दोलन नगर्ने जानकारी दिइन् । तर, सागलगत्तै आफ्नो मागको सुनुवाइ भएन भने परिषद्मा महिला आन्दोलन गर्ने चेतावनी उनले दिएकी छिन् । 'सागका कारण नै चुप लागेर बसेकी हुँ, त्यसपछि पनि केही भएन भने परिषद्मा महिला आन्दोलन गर्नेछु,' बैठकबाट बाहिरिँदै गर्दा उनले चेतावनी दिँदै भनिन्, 'महिला आन्दोलनसँगसँगै यहाँ तालाबन्दी हुनेछ, यसको जिम्मेवार स्वयं सम्बन्धित व्यक्तिले लिनुपर्नेछ ।'

(http://xnepali.com/i1/th/nep1262839791n.jpg) (http://xnepali.com/i1/viewer.php?id=nep1262839791n.jpg)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 17, 2010, 10:44:23 PM
Body language :

Who is in charge ?

(http://xnepali.com/i1/th/xne1263747510k.jpg) (http://xnepali.com/i1/viewer.php?id=xne1263747510k.jpg)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 20, 2010, 10:51:07 AM
(http://xnepali.com/i1/th/ooh1263963849p.jpg) (http://xnepali.com/i1/viewer.php?id=ooh1263963849p.jpg)


 प्रधानमन्त्रीले निर्णय गर्दैमा हुँदैन
बुधवार, 20 जनवरी 2010 09:16 नागरिक


विद्यादेवी भण्डारी, मलाई सेना समायोजन विरोधीका रूपमा चित्रित गरिएको छ। नेपाली सेनामा समायोजन गर्ने भनेर शान्ति सम्झौतामा कहाँ लेखिएको छ? माओवादी सेनाको व्यवस्थापन, रेखदेखका लागि विशेष समिति गठन गरिएको हो। म स्पष्ट भन्छु, माओवादी लडाकुको रेखदेख र पुनर्स्थापना गर्न भनेर विशेष समिति बनाइएको हो, त्यो सेनामा समायोजन गर्ने उद्देश्यले होइन। नभएको व्यवस्था छ भनेर म कसरी भनुँ?

विशेष समितिमा म सदस्य छैन। रक्षा मन्त्रालयको प्रतिनिधित्व छैन। नेपाली सेनाको पनि छैन। विशेष समिति माओवादी लडाकुको रेखदेख र व्यवस्थापन गर्न बनाइएको हो। त्यसले गरेको कामकारबाही अन्तिम हुन्छ भन्ने छैन। त्यसमा 'स्टेकहोल्डर'को पनि सहभागिता र सहमति हुनु जरूरी छ। विशेष समितिमा सहभागिता नभएर असन्तुष्टि पोखेको भन्ने एकथरिको भनाइ होला। त्यो समिति नै माओवादी लडाकुको रेखदेख तथा व्यवस्थापन गर्न बनेको हो, उनीहरूलाई परिवार, समाजमा समायोजन गर्ने भनिएको हो। प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने समिति हो त्यो, तर समितिले गरेको निर्णयले राज्यका सबै अंगलाई प्रभावित गर्छ भने ती अंगको पनि सहमति लिनुपर्छ। मैले सही नगरी रक्षासम्बन्धी विषय मन्त्रिपरिषद्मा जाँदैन।

'सुरक्षा निकाय' भनिएको छ, नेपाली सेना भनेर कहीं लेखिएको छैन। समायोजन सेनामा गर्ने अवधारणै गलत हो। यसले व्यवसायिक छविमा आँच आउने र विकृति फैलिने छ। सम्झौतामा लेखिएअनुसार जानुपर्छ। उहाँहरू (माओवादी पटकपटक सेनामा समायोजन भन्नुहुन्छ, शान्ति सम्झौताको प्रतिलिपि हामीसँग पनि छ।

पहिला 'सुरक्षा निकाय'को व्याख्या हुनुपर्‍यो। नेपाली सेना नभनेको हुँदा र म रक्षामन्त्री भएको हुँदा विगतमा नभएका सम्झौतालाई मैले भएको थियो भनेर भन्न मिल्दैन। कसैलाई मन लाग्यो भनेर अहिले थप्न मिल्दैन।

प्रष्ट पारौं, मापदण्ड पुगेका नेपाली नागरिक भर्ती खुलेको बेला व्यक्तिगत तवरमा जान सक्छन् तर लडाकुको हैसियतमा हुँदैन। त्यो शान्ति सम्झौतामा छैन। सवाल छ, विशेष समितिले गरेको निर्णय रक्षा मन्त्रालयले मान्छ कि मान्दैन? व्यक्तिगत हिसाबले भर्ना हुन सक्ला, समूहगतरूपमा हुन सक्दैन, कुनै समितिले निर्णय गरे पनि हुँदैन।

संक्रमणकालीन अवस्थामा सेनाको संख्या वृद्धि नगर्ने भनिएको हो। शान्ति सम्झौता गर्दा जति संख्या थियो ( ९५,७५३), त्यसमा थप नगर्ने सहमति हो। एउटा पनि नथप्ने र अवकाश पाएकालाई नियमित ढंगले भर्ती गरिनुपर्छ। शान्ति सम्झौताको मर्म त्यही हो। शान्ति सम्झौताको समीक्षा गर्न सकिन्छ भनेर मैले राज्य व्यवस्था समितिमा भनेकी हु"। त्यसमा म दृढ छु। शान्ति सम्झौता पूर्णरूपमा कार्यान्वयन गरेर देशमा संक्रमणकाल अन्त्य हुन समय लाग्ला। त्यस्तो अवस्थामा नेपाली सेनाको संख्या घटाउँदै शून्यमा लाने हो त? राष्ट्रिय सेनाको मापदण्ड र गरिमा कायम गरिनुपर्छ।

सबैले बुफ्नुपर्छ, नेपाली सेना कसैविरुद्ध आक्रमण तयारीमा छैन, आफ्नो रक्षाका लागि मात्र हो। भोलिको सम्भाव्य खतराका लागि सचेत भइरहनुपर्छ। हाइटीमा ७ रेक्टरको भुइँचालो गयो, नेपालमा पनि नजाला भन्न सकिन्न। गत वर्ष कोसीमा त्यत्रो बाढी गयो। जलवायु परिवर्तनको असरबाट विपत्ति पर्न सक्छ। सुख्खा, डढेलो, अति वर्षा हुनसक्छ। दैवी उद्धारका लागि पनि सेना चुस्त अवस्थामा हुनुपर्छ। राष्ट्रिय सुरक्षाका लागि विभिन्न आपराधिक समूहको चलखेल सबैलाई थाहै छ, त्यस्तो भए सुरक्षाका लागि तयार भइरहनुपर्छ। यसलाई कमजोर बनाउने, अंगभग गराउने, खुट्टा काट्दै जाने गर्नु हु"दैन। यो देश, राष्ट्रियता र लोकतन्त्रका लागि अत्यन्तै हानिकारक हो। सेनालाई सशक्त बनाउनेतिर रक्षामन्त्री लागेको भन्ने माओवादीले गरेको आरोप ठीकै हो। मेरोबारे त्यो आलोचना सही हो।

प्रतिपक्षका तर्फबाट सोमबार सदन वहिस्कार भयो, एउटा कारण रक्षा मन्त्रालय बनाइएकाले म आफ्ना धारणा राख्न खोज्दै छु। रक्षा मन्त्रालय र नेपाली सेनाले ल्याएको सैनिक उपकरणलाई मुद्धा बनाउनुपर्ने कारण छैन। 'माघ १९' यता बन्द गरिएको सैनिक सहायता सुचारु गर्न धेरै प्रयत्न भए। २०६६ मंसिर १९-२१ मा भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूहको सातौं बैठकले सैनिक सामग्री सूचारु गर्ने निर्णय गर्‍यो। रक्षामन्त्री तथा प्रधानमन्त्रीको भ्रमणमा त्यो सहयोग सुचारु गर्न भारतलाई अनुरोध गरिएको थियो। त्यही आधारमा सयवटा गाडी आएको हो।
सेनाको प्रयोगका लागि अति जरूरी ट्रक, जिप्सी, ट्यांकर, एम्बुलेन्स, पन्च्ड टेप ल्याइएको हो। सैनिक ओसारपसार गर्न सवारी आवश्यक हुन्छ। हालै आएका गाडीले पनि सेनाको २५ प्रतिशतमात्र आवश्यकता पूरा गरेको छ।

राति किन गाडी ल्याइयो भन्ने हल्ला चलाइएको छ। पुस २९ गते नै गाडी भित्रिनुपर्ने हो। भन्सार तिर्न अर्थ मन्त्रालयले लेखेर पठाउनुपर्दा १ गतेमात्र सीमाबाट भित्र्याउन सकिएको हो। भन्सार क्लियर गरिएकाले द्विविधा नहुनुपर्ने हो। भन्सार कागज बुझ्न सकिन्छ। कानुनी प्रक्रिया पूरा गरेर आवश्यक सामग्री केही प्रतिशत आएको हो। यसलाई द्वन्द्वको विषय बनाएर सर्वसाधारणलाई भ्रम सिर्जना गर्नु हुँदैन।

नेपाली सेनाको दैनिक कार्यका लागि चाहिने सामग्रीलाई वृहत शान्ति सम्झौताले रोकेको छैन।
शान्ति सेनामा जान हतियार चाहिन्छ। तालिम गर्दा गोलीगठ्ठा चाहिन्छ। अहिलेसम्म जसोतसो काम चलेको छ। पूर्ण क्षमतामा लैजान भने द्वन्द्वको कारणले अप्ठ्यारो भएको भनेर मैले पहिल्यै भनिसकेकी छु। पूर्ण क्षमताका लागि, तालिम गराउन शान्ति सम्झौता बाधा होइन, बाधाका रूपमा सोचिएको हो भने नयाँ परिस्थितिमा समीक्षा गरौं भनेकी हुँ।

(रक्षामन्त्री भण्डारीले मंगलबार आकस्मिक पत्रकार सम्मेलन गरी दिएको मन्तव्य र प्रश्नोत्तर मिलाएर भोजराज भाटले गरेको प्रस्तुति)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 21, 2010, 02:10:35 AM
(http://xnepali.com/i1/th/chu1264019048w.jpg) (http://xnepali.com/i1/viewer.php?id=chu1264019048w.jpg)


नागाले कुरीकुरी भन्दा
- धीरेन्द्र प्रेमषिर्,


झट्ट हेर्दा हाम्रो मानसपटलमा उपस्िथत हुने नेपाली छविको आँखा प्रायः चिम्सो हुने गर्छ । तर, हामीले घोक्रो सुकुञ्जेल गाउने अनि अघाउँजी सुन्ने गानाको बोल हुन्छ- गाजलु ती ठूला-ठूला आँखा । यति दृष्टान्तले मात्र पनि हामी नेपालीको चरत्रिलाई सशक्त ढंगले परभिाषित गररिहेको छ । यसको थप उदाहरणचाहिँ राष्ट्रियताको रट लगाउँदालगाउँदा नथाक्ने हामी नेपालीहरूको अमेरकिी डीभी भर्नका लागि देखिने लस्करमा खोज्न सकिन्छ । यी दुई उदाहरण भए । तर, खोजी पस्ने हो भने राष्ट्रियताका खुद्रे उदाहरणहरूको मामिलामा हामी धनाढ्यतम् प्रमाणित हुन सक्छौँ ।

आज यही राष्ट्रियताको करामती कसीमा म हाम्रो देशको केन्द्रीय कोइराला लोकतान्त्रिक ब्यांकको सुपर मुद्दती खाता म्याडम सुजातालाई हेर्ने प्रयास गर्दैछु । पाठकहरूले राम्ररी बुझ्नुभएको छ, विरोधीहरूले उहाँको नागरकितामा पटक-पटक प्रश्नचिह्न ठड्याउने गरेका छन् । तर, यसमा कुनै किसिमको छानबिन गर्नुपर्ने आवश्यकता म पटक्कै देख्दिनँ । उसो त पञ्चायतमा जसरी राजा र राजपरविारको स्थान संविधानभन्दा माथि हुन्थ्यो, त्यसैगरी पञ्चायेत्तर कालमा कोइराला परविारको स्थान लोकतन्त्रभन्दा माथि हुने गरेको तथ्यलाई आत्मसात् गर्दा छानबिन भए पनि त्यसले केही लछारपाटो लगाउन नसक्ने यथार्थ आफ्नो ठाउँमा छँदैछ । तर, राष्ट्रिय चरत्रिले गर्दा त्यस्तो आवश्यकतै ठहरँिदैन, त्यसैले हाइसञ्चो भइहाल्यो । वास्तवमा मैले माथि उल्लेख गरेको राष्ट्रिय गुणले म्याडम सुजाता ओतप्रोत हुनुभएकैले आँखा चिम्लेर उहाँको नागरकितालाई खाँट्टी नेपाली मान्न सकिन्छ ।

हजुर, भएको भन्दा ठ्याक्कै विपरीत कुरामा बढ्ता टाठो देखिने नेपाली राष्ट्रिय परपिाटी अनुसार गएको सातादेखि उहाँ जनभावनालाई अचानक औधि महत्त्व दिन थाल्नुभएको छ । जनताले संविधानसभा सदस्यसमेतमा अस्वीकृत गरििदए पनि उहाँ सरकारकै उच्च स्थानमा स्वीकृत हुनुभएको छ । वास्तविक जनभावना डाँको छोडेर रोइरहेको यस अवस्थामा उहाँ जनभावनाको कदर हुनुपर्ने भावमा चुर्लुम्म डुब्नुभएको छ । तपाईं यसलाई नागाले सद्दे मान्छेलाई कुरीकुरी भनेको आरोप लगाउन सक्नुहुन्छ । तर, यो सुपर लोकतान्त्रिक मुद्दती खाताबाट हामीले प्राप्त गरेको ब्याजको विशिष्ट परमिाण हो । साँवाभन्दा ब्याज चर्को भएन भने केको लोकतान्त्रिक मुद्दती ? अहिले जनभावनालाई ध्यान नदिएर त्यसै संघीयताको रट लगाउने को हो ? के आधारमा तिनीहरूले संघीयताको राग अलापेका हुन् ? जाबो संविधानको खोस्टोमा संघीयता लेखिँदैमा कुरा गर्न पाइन्छ ? त्यही संविधान पनि अन्तरमि, त्यसमा पनि अडानविहीन । मन लाग्यो कि फेरहिाल्न मिल्ने ! त्यस्तो फेरुवा संविधानमा पनि आखिर गणतन्त्र-संघीयताजस्ता कुराहरू लोकतन्त्र र जनतासँग रत्ति पनि सरोकार नभएका जंगलीहरूको दबाबमा आएको । म्याडमहरूको भोटको पुख्र्यौली जिमदारीमा बाँचेका तुच्छ मधेसीहरूको गद्दारी र षड्यन्त्रबाट लेख्नुपरेको । लेखियो त लेखियो तर म्याडमको जनहितकारी आँखामा त्यसको तुक देखिएन । त्यसैले संघीयता हुनुहुँदैन । लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनमा सयौँ सपूतको रगत बगेर आएको यो संविधान रे ! रगत बग्दैमा के हुन्छ ? त्यसपछिको समयमा त्यस्ता रगतलाई पखाल्दै एउटा टाटोसमेत नदेखिने गरी प्रशस्त पानी खोलामा बगिसकेको छ । यो देशमा जनताको पार्टी भनेको जनमोर्चा हो, जुन नामैले पनि स्पष्ट हुन्छ । अब यस्तो जनमोर्चाले नै संघीयता चाहिँदैन भनेपछि अरूतिरबाट यस्तो कुरा गरनिु भनेको राष्ट्रघाती एवं जनघाती कुरा हो । त्यही भएर जनभावनालाई पन्छाएर संघीयताको कुरा गर्नुहुँदैन ।

उसो त म्याडम सुजाता आफ्ना हरेक क्रियाकलापमा जनभावनालाई औधि महत्त्व दिनुहुन्छ भन्ने कुरा जगजाहेरै छ । त्यही भएर उहाँलाई संविधानसभा चुनावमा हराउने जनताको भावनाको सम्मान गर्दै उहाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व नै गर्न आइपुग्नुभो । यस सन्दर्भमा उहाँले बैगुनीलाई गुनले मार्नुपर्छ भन्ने नेपाली उखानलाई साथ लिएर हिँड्नुभएको छ । अनि त सभासद्सम्म बनाउन पनि कञ्जुस्याइँ गरेको आफ्नो क्षेत्रका जनतालाई उहाँले सिंगो मन्त्री पद नै उपहार दिनुभयो । जनभावनाको योभन्दा ठूलो सम्मान अरू के हुन सक्थ्यो ! यतिले पनि जनताको भावना पूर्ण हुन नसकेको ठानेर उहाँले आफूलाई उपप्रधानमन्त्री नै बनाइछाड्न पनि कुनै कसर बाँकी राख्नुभएन । यस मामिलामा पनि नेपाली कांग्रेसभित्रका जनता, जसलाई उहाँको लोकतान्त्रिक पारविारकि संस्कारले माया गरेर बोलाइने शब्द 'जन्तु'का रूपमा हेर्छ, तिनको भावनालाई भरपूर सम्मान गरेर रातारात उपप्रधानमन्त्री भइदिनुभयो । प्रधानमन्त्रीको भारत-भ्रमणका क्रममा सारा बन्दोबस्त मिलाएर आइसकेपछि बित्थामा फेर िप्रधानमन्त्रीसँग पनि गएर राष्ट्रको खर्च किन बढाइदिने भन्ने महान् राष्ट्रवादी सोच आजसम्म अरू कसैले प्रकट गर्न सकेको छ ? तर, बैगुनी मान्छे, आखिर सतीले सरापेको देशका न परे, सिंगापुरमा करोडौँ खर्च गर्‍यो भनेर डाहा गर्छन् भन्या ! यस क्रममा कुरा नबुझ्ने डेढअक्कली जनता, नेता, पत्रकारहरूको अनुमानलाई लोप्पा ख्वाउनु त कुनै ठूलो कुरो थिएन, विदेशमा पनि पदीय मर्यादालाई समेत धोती लाइदिने महान् कार्य गर्नुभयो उहाँले । लाउने-ख्वाउने मामिलामा भित्रैदेखि उदार उहाँको लोकतान्त्रिक संस्कारले यसैगरी लोप्पा ख्वाउने र धोती लाउने सद्कर्म पटक-पटक गरेको वा गर्न खोजेको हामीले देख्दै आएका छौँ ।

केही समयअघि गैरआवासीय नेपाली संघको सम्मेलनमा पनि उहाँले आफ्नो सद्व्यवहार पस्िकनुुभएको थियो । परराष्ट्रमन्त्रीका हैसियतले विदेशमा बस्ने नेपालीहरूलाई स्वागत गर्न उहाँ कार्यक्रममा पुग्नुभएको थियो । तर, आफूले चाहेकै शैलीमा नभएको भनेर झन्डै कार्यक्रमलाई नै उहाँले धोती लाइदिनुभएको । उद्घोषकले कार्यक्रम सुरु गर्ने क्रममा राष्ट्रपति, सभाध्यक्ष, मन्त्रीज्यूहरूको सभाकक्षमा उपस्िथति भइसकेको भन्दै उहाँलाई मञ्चमा स्वागतका लागि बोलाउँदासम्मको डेढ मिनेट समयावधिमा उहाँको नाम नआएपछि झन्डै उहाँ हिँडिसक्नुभएको रहेछ । तर, तत्कालै फेर िउहाँ उपप्रधानमन्त्री हुनुभएकामा बधाईसहित आमन्त्रण गरएिको आवाज कानमा परेपछि बल्ल उहाँले आफूलाई गच्छदारभन्दा माथि ठान्नुभयो र मञ्चतर्फ उक्लनुभयो ।

यस प्रकार हारै-हारको रथमा सवार वर्तमान सरकारको होनहार सहसारथि म्याडमले जनभावनालाई सम्मान गरेर मात्र संघीयताको टुंगो लगाउने कुरा गर्दा म बडो आशावादी भएको छु । यस्तो चमत्कार अन्त कहाँ देख्न पाइएला, जहाँ हार -पराजय)ले हार -माला) पहिरन पाउँछ अनि समयको वास्तविक मागलाई अलोकतान्त्रिकताको दाग लगाउँछ ।
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 25, 2010, 02:15:50 PM
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 26, 2010, 07:01:14 AM
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on January 26, 2010, 07:04:43 AM
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on February 26, 2010, 07:34:21 AM
सुजाताको साटो शरदसिंह

(http://xnepali.com/i1/th/pkr1267148870c.jpg) (http://xnepali.com/i1/viewer.php?id=pkr1267148870c.jpg)

गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका हैसियतले मित्रराष्ट्र भारतको औपचारकि भ्रमण गरेका राष्ट्रपति रामवरण यादवलाई भ्रमणमा निस्कनुअघि एउटा समस्या आइलाग्यो, सवारी मन्त्री छान्नुपर्ने ।

राष्ट्रप्रमुखहरूको भ्रमणमा एक जना सवारी मन्त्री साथमै जाने नेपालको पुरानो चलन हो । संवैधानिक राजतन्त्र हुँदा पनि तत्कालीन राजा र युवराजका विदेश भ्रमणहरूमा एक जना मन्त्रीलाई सवारी मन्त्री तोकेर पठाइने व्यवस्था थियो । राष्ट्रपति यादवको भारत भ्रमणमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सवारी मन्त्री भएर जाने इच्छा व्यक्त गरेकी थिइन् । आफ्नै दल नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीमध्ये एकलाई सवारी मन्त्री बनाएर पठाउने तयारीमा प्रधानमन्त्री माधवकुमार नेपाल थिए । सुजाताले वृद्ध पिता कांग्रेस सभापति गिरजिाप्रसाद कोइरालालाई आफ्नो नाम सिफारसि गरििदन भनेपछि प्रधानमन्त्रीमाथि दबाब पर्‍यो । सानो कुरामा धेरै विवाद नगर्ने भन्दै प्रधानमन्त्रीले सुजातालाई पठाउने आश्वासन पनि दिएका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनकै नाम नै छापेर भ्रमण टोलीको सूची बनाउने तयारी पनि भएको थियो । भारतमा उनले हवाई सम्झौता नवीकरण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने पनि तय गरयिो ।

तर, यत्तिमै यो कुरा टुंगिएन । सुजाताले सवारी मन्त्री हुन खोजेको कुरा राष्ट्रपति यादवसमक्ष पुग्यो । स्रोतका अनुसार, प्रधानमन्त्रीसँग राष्ट्रपति यादवले उपप्रधानमन्त्री कोइरालालाई सवारी मन्त्री बनाउन अनिच्छा प्रकट गरे ।

सुजातालाई सवारी मन्त्री तोक्ने कुरा चल्दा राष्ट्रपतिलाई असजिलो भएजस्तै अर्कै व्यक्ति तोक्नुपर्दा प्रधानमन्त्रीलाई पनि कसरी सम्झाउने भन्ने असजिलो भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ । राष्ट्रपतिले भ्रमण दलमा सामेल गराउन नचाहेको भनेर नभनी प्रधानमन्त्रीले मन्त्री कोइरालालाई 'अहिले तपाईं नजानोस्, शरत्सिंह भण्डारीजीलाई पठाऊँ' भनेका थिए । कोइरालाले कारण जान्न केही प्रयास गरेकी पनि थिइन् तर प्रधानमन्त्रीले कुरा नखोली संकेत मात्र गरििदएको स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री नेपालको औपचारकि भारत भ्रमणमा समावेश नभएर उनले प्रधानमन्त्रीको भ्रमणलाई विवादास्पद बनाइदिएकी थिइन् ।

 चूडामणि भट्टराई
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: hidemyass on February 26, 2010, 02:22:50 PM
देश टुकार्नेहरु मुर्दाबाद ।
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on March 18, 2010, 10:24:54 PM
रक्षामन्त्रीको क्रूर बयान
काठमाडौं
 

ठाकुरसिंह थारू, बर्दिया

रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् ।

कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई सिकारी भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् ।

रक्षामन्त्री भण्डारीका अनुसार(काउलो टिप्न गएका दलित महिला) सिकारीले गोली चलाएपछि आत्मरक्षाका लागि सेनाले गोली चलाएको हो । 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा सिकारी महिलाहरूको मृत्यु भएको हो, दुई सिकारी महिलाको तत्कालै मृत्यु भयो, एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भयो,' मन्त्री भण्डारीले भनिन् ।

घटनाको स्थलगत अध्ययन गरेका मानवअधिकारवादी संस्थाहरूले सेना र वनरक्षकले नियन्त्रणमा लिई हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको अर्को दिन रक्षामन्त्री भण्डारीले 'सिकारी महिला'को हत्या भएको दाबी गरेकी हुन् ।

स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एड्भोकेसी फोरमले दलित महिलाई नियन्त्रणमा लिएर हत्या गरिएको प्रतिवेदन मंगलबार मात्र सार्वजनिक गरेका थिए । स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रतिवेदनमा महिलालाई नियन्त्रणमा लिएको भोलिपल्ट मात्रै हत्या भएको आशंका गरिएको छ ।

मन्त्री भण्डारीले भने संसदीय समितिमा घटनास्थलबाट मृतकहरूका हतियार र बन्दोबस्तीका सामान पनि बरामद भएको दाबी गरिन् । सेनाको ४ नम्बर बाहिनीले घटनाका सम्बन्धमा गरेको छानबिनमा त्यही देखिएको उनको जिकिर छ ।

गत २६ फागुनमा आरक्षभित्र काउलो टिप्न गएका सुर्खेत हरिहर- २ का अमृता विक, देवीसरा विक र उनकी १२ वर्षीया छोरी चन्द्रकलालाई सेनाले गोली हानी मारेको थियो । श्रीमती देवीसरा, छोरी चन्द्रकला र बुहारी अमृता गुमाएका कृष्ण अहिले पनि सेनाको हिरासतमा छन् । सेनाले नियन्त्रणमा लिएर बलात्कारपछि तीनैजना महिलाको हत्या गरेको आरोप स्थानीय बासिन्दाले लगाइरहेका छन् ।

रक्षामन्त्री र सेनाले दोहोरो गोली हानाहानमा महिलाको मृत्यु भएको दाबी गरे पनि घटनास्थलमा १२ वर्षीया बालिकाको पेन्टीसमेत बाहिर भेटिएको थियो । 'गोली हानाहान भएको भए घाउ पो लाग्थ्यो, भित्री वस्त्र चौरमा आयो कसरी ?' स्थानीय बासिन्दाको भनाइ छ ।

घटनाको ८ दिनपछि संसदीय समितिमा उपस्थित मन्त्री भण्डारीले भने मृतकहरूको बलात्कार नभएको दाबी गरिन् । 'बलात्कारपछि हत्या गरिएको भन्ने कुरा आएपछि पुनः पोस्टमार्टम गरिएको छ । तर, त्यो रिपोर्टमा पनि बलात्कार भएको देखिएको छैन,' उनले भनिन् । तर, सात दिनपछि पुनः पोस्टमार्टम हुँदा लास कुहिएर गन्हाइसकेकोले बलात्कार भए-नभएको पुष्टि हुन नसकेको जानकारी फरेन्सिक विशेषज्ञको छ । पहिलो पोस्टमार्टम भने सेनाले एक्लै गराएको थियो ।

तर, मन्त्री भण्डारीले भने आरक्षभित्र चोरी-सिकारी भइरहेको सूचना आएपछि गस्तीमा गएको सेना र वन सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारी महिलाहरूलाई फेला पारेको बताइन् । 'सिकारीहरूको समूहबाटै पहिलो फायर खोलिएपछि सेनाले जवाफी फायर गरेको हो,' उनले भनिन् ।

सभासद्हरूले भने मन्त्री भण्डारीको भनाइप्रति असहमति जनाउँदै सरकार र सेनाको चर्को आलोचना गरे । मारिएका दलित महिला सिकारी भएको र उनीहरूबाटै पहिलो फायरिङ भएको भन्ने रक्षामन्त्रीको भनाइ तथ्यहीन भएको भन्दै समितिमै सभासद्हरूले आक्रोश व्यक्त गरे ।

सेनाले महिलाहरूको बलात्कारपछि हत्या गरेको सभासद्हरूको आरोप थियो । 'मृतक महिलाहरू न सिकारी हुन् न उनीहरूसित हतियार नै थियो । उनीहरूको अपराध भनेको गरिब र विपन्न हुनु मात्रै हो,' बैठकमा बोल्दै सभासद् मंगल विकले भने, 'सेनाले महिलाहरूलाई भोग गरेर हत्या गरेको हो ।' हत्या गर्ने सैनिकहरूले नै घटनाको छानबिन गर्दै छ भनेर रक्षामन्त्रीले भन्दा 'आफैं झाँक्री, आफैं बोक्सी'को उखान चरितार्थ भएको उनले बताए ।

सभासद् शारदा नेपालीले घटनास्थलमा मृतकहरूबाट हतियार र सुकुटी भेटियो भन्ने रक्षामन्त्री भण्डारीको भनाइ पूरै गलत भएको दाबी गरिन् । हत्या गरिसकेपछि सेनाले नै हतियार र सुकुटी मृतकहरूको छेउमा राखेको उनले बताइन् । 'सेनाले सुकुटी र भरुवा बन्दुक पनि आफैं राखेको हो, अनि हवाईफायर पनि आफैंले गरेको हो,' उनले भनिन् । सरकारले तलबभत्ता खुवाएर राखेको सेनाले सर्वसाधारणमाथि 'साँढे'को जस्तो व्यवहार गर्ने गरेको आरोप उनले लगाइन् ।

सभासद् विनोद पहाडीले सेनाले मानवअधिकारकर्मीहरूलाई समेत घटनास्थलमा जान नदिएर थप शंका उत्पन्न भएको बताए । 'घटनाको हप्ता दिन बित्दासमेत सरकार किन मौन बस्यो ?' उनले मन्त्री भण्डारीसित प्रश्न गरे, 'तपाईं मन्त्री मात्र होइन, एउटी महिला हो र आमा पनि हो, एउटी १२ वर्षकी बालिकाले हतियार बोकेर सिकार खेल्न गइन् भनेर तपाइं कसरी पत्याउनुहुन्छ ?' तर उनको प्रश्नको जवाफ मन्त्री भण्डारीले दिइनन् ।

सभासद् पुरन दयालले पुरुषलाई कब्जामा लिएर महिलालाई मात्रै गोली हान्नुले पनि घटनालाई थप रहस्यमयी बनाएको बताए । परिवारका तीनजना मारिएर विक्षिप्त भएका पीडितलाई उल्टै पक्राउ गरेर सरकारले मानवीय संवेदनासमेत नदेखाएको उनले बताए ।

छानबिन समिति

यसैबीच सरकारले बर्दिया घटनाबारे छानबिन गर्न सहन्यायाधिवक्ता सरोज गौतमको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति बनाएको छ । समितिमा वन मन्त्रालयका सहसचिव र रक्षा मन्त्रालयका उपसचिव सदस्य रहेका छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले छानबिन समिति गठन गरेको गृहमन्त्री भीम रावलले बताए । त्यस्तै, मृतकहरूको काजकिरिया गर्न प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको उनले बताए ।
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on March 18, 2010, 10:25:46 PM
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: winkantipur on May 01, 2010, 12:14:36 AM
yesko krur ni hun6n Rakshya Mantri chiii!!!
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: tundikhel on May 01, 2010, 02:29:23 AM
Karima Begum

सात कक्षा मात्र पढेकी एक मुश्लिम महिला.

फोरम फुट्यो। उनी लागिन् विजय गच्छेदारतिर। दोस्रो/तेस्रो पटकको विस्तारमा पनि मन्त्री नबनाएपछि उनले गच्छेदारलाई भनिन्, 'तेरो अर्को आँखा पनि फुटाइदिन्छु।' विराटनगरमा एउटा आँखा अखिलले फुटाइदिएका थिए। त्यसपछि? अर्कोपालिको विस्तारमा करिमा भइन् कृषि राज्यमन्त्री।

(http://xnepali.com/i/thumbs/ooh1259634823j.jpg) (http://xnepali.com/i/viewer.php?id=ooh1259634823j.jpg)

(http://xnepali.com/i/thumbs/chu1259635008q.jpg) (http://xnepali.com/i/viewer.php?id=chu1259635008q.jpg)


कृषिराज्यमन्त्री करिमा बेगमको कुटाइ खाएका पर्सा जिल्लाका तत्कालीन सिडिओ दुर्गाप्रसाद भण्डारीको एक दिनको डायरी

"करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो ।"

२०६६ कात्तिक २४

संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र भौतिक योजना तथा निर्माण राज्यमन्त्री करिमा बेगम पर्सा जिल्ला आउँदै थिए । एकैदिन दुईजना मन्त्री जिल्ला आइपुग्दा सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापनमा ध्यान दिनुपर्ने थियो । त्यसैले अरू दिनभन्दा अलि बढी कामको बोझ थियो । मन्त्रीहरू जिल्ला आउने भएपछि सधैँ यस्तै हुन्छ । राज्यमन्त्री करिमा बेगम आउने जानकारी अघिल्लो दिनै उनका निजी सचिवले दिएका थिए ।

त्यसदिन बिहान सधैँझैँ केही साथीसँग भेटघाट गरियो । जिल्लामा बिमानस्थल नभएकाले बाराको बिमानस्थलमा ओर्लिएर मन्त्रीहरू बारा आउनुपर्छ । पर्सा र बारा जिल्ला प्रशासन कार्यालयले समन्वय गरी भिआइपीको सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ । मन्त्रीको सुरक्षा विषयमा बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमसँग अघिल्लो दिन पनि कुरा भएको थियो । र, त्यस दिन बिहान पनि भयो ।

अघिल्लो दिन राज्यमन्त्री बेगमका स्वकीय सचिवले जिल्ला विकास समितिको गाडी राज्यमन्त्री बेगमलाई लिन पठाइदिनू भनेका थिए । तर, स्थानीय विकास अधिकारीले जिविसको गाडी काठमाडौँतिर लैजानुभएको थियो । मन्त्री भएपछि उहाँ जिल्ला आउँदा करिमालाई सधँै जिविसकै गाडी चाहिन्थ्यो । त्यही गाडी पठाउनू भनेर आदेश नै आउँथ्यो । छन त अर्को राम्रो गाडी पनि थियो, नारायणी सिँचाइको । तर, त्यसदिन त्यो पनि उपलब्ध थिएन । फिल्डमा लगिएको थियो । कृषि अनुसन्धान परिषद्को गाडी खाली थियो । मन्त्रीको लागि बिहान ७ बजेतिरै त्यही गाडीलाई मैले बिमानस्थल पठाएँ । त्यो मित्सुबिसी गाडी एकदम कन्डिसनमा थियो ।

बाराको सिमरा बिमानस्थलमा ९ बजेतिर नै आउने भनिए पनि प्लेन ढिलो गरी उडेकाला उहाँ दस बजे मात्रै आइपुग्नुभएछ । जिविसको गाडी नदेखेपछि रिसाउनुभएछ । म दस बजे नै अफिस पुगिसकेको थिएँ । बिमानस्थलबाटै उहाँको पिएले फोन गरेर 'जिविसको गाडी किन नपठाएको ? मन्त्रीज्यू साह्रै रिसाउनुभएको छ,' भने । गाडी पठाउन नसक्नुको कारण बताएँ मैले । तर, उनले मेरो कुरै नसुनी फोन ढ्याक्क राखिदिए । मन्त्रीको सामान्य असन्तुष्टि होला, उनलाई नै भेटेर गाडी पठाउन नसक्नुको कारण बताउँला भन्ने सोचेँ ।

तराईका जिल्लाहरूमा जनसंख्या बढी भएकाले यहाँका सिडिओ कार्यालयहरूमा जहिल्यै पनि सेवाग्राहीहरूको भीड हुन्छ । त्यसदिन पनि मेरो कार्यालयमा भीड थियो । त्यसैले म नियमित काम गर्न थालेँ । सवा एकतिर मलाई मन्त्रीले मोबाइलबाट फोन गरेर सोधिन्, 'तपाईं कहाँ हुनुहुन्छ ?' मैले 'अफिसमै छु' भनेँ । उनले 'तपाईंसँग कुरा गर्नु छ । किन थोत्रो गाडी पठाउनुभयो ? कुरा गर्न म कार्यालयमै आउँछु,' भनेर फोन काटिन् ।

मन्त्री मेरो कार्यालयमा आउने भनेपछि म उनलाई स्वागत गर्न बाहिर निस्केँ । करिब चालीस/पचासजना कार्यकर्ताको हुलसहित करिमा बेगम आइन् । मैले सोचेँ- 'मन्त्री आएपछि जिल्लास्तरका कार्यकर्ता पछि लाग्ने नै भए ।'

मैले उनलाई बाहिरै स्वागत गरेँ । त्यसपछि मेरो कार्यकक्षतिर जाऔँ भनेर भित्र लगेँ । मन्त्रीसँगै कार्यकर्ताको लस्कर पनि आयो । साढे एक बजेको थियो होला । कार्यकक्षमा पुगेर म आफ्नो कुर्सीमा बस्न पनि पाएको थिइनँ, करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो । म अलिकति पछाडि हटँ । त्यसपछि पनि उनी आक्रामक भएपछि उनका कार्यकर्ताले उनलाई पक्रेर पछाडि हटाए । रक्सी पिएर बेस्कन मातेको मान्छेले जस्तो उनी मलाई झम्टिन खोजिरहेकी थिइन् ।

त्यसपछि 'तँलाई यहाँबाट तुरुन्तै सरुवा गर्दिन्छु' भन्दै कार्यकर्ताको हुलसहित उनी बाहिरिइन् । त्यतिबेला त्यस्तै पौने दुई जति भएको थियो कि । जुन गाडी पुरानो र थोत्रो भयो भनेर त्यत्रो हंगामा मच्चाउनुभएको थियो, त्यही लिएर जानुभएछ ।

जिल्लाको शान्तिसुरक्षाको जिम्मेवारी लिएर बसेको राष्ट्रसेवकमाथि जिम्मेवार मन्त्रीबाट यस्तो कुटपिट होला भन्ने त मैले सपनामा पनि सोचेको थिइनँ । करिमाले 'जिविसको गाडी किन नपठाएको ?' भनेर सोध्लिन् र जवाफ दिउँला भन्ने सोचेको थिएँ । आफ्नै कार्यकक्षमा यसरी कुटिँदा मलाई पनि कम्ति रिस उठेको थिएन । तर, मैले संयमित भएर जिम्मेवार राष्ट्रसेवकको भूमिका निर्वाह गरेँ ।

करिमा बेगम सिडिओ कार्यालयबाहिर निस्किनासाथ मैले गृहमन्त्री भीम रावललाई फोन गरेर घटनाबारेमा जानकारी गराएँ । उनले मन्त्रिपरिषद्मा कुरा लगेर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लास्थित अरू सरकारी कार्यालयका प्रमुखहरूलाई पनि जानकारी गराएँ । मलाई कुटेको विरोधमा सबै कार्यालय तत्कालै बन्द भए । जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पनि काम ठप्प पारिहाले । घटना बाहिर आएपछि पत्रकार साथीहरू घटनाबारे जानकारी लिन आए । मेरो कार्यकक्षमा पत्रकारको भीड लाग्यो । राजधानीका विभिन्न मिडिया हाउसका पत्रकारका पनि धमाधम फोन आउन थाले । कार्यालय र मेरो मोबाइलको घन्टी बजेको बजै गर्न थाले । घटनाका विषयमा बताउँदाबताउँदा म त हैरानै भएँ । तीन बजेतिर पर्साका सबै सरकारी कार्यालय र सुरक्षा निकायका प्रमुखहरू पनि आए । घटनाका विषयमा छलफल भयो । पत्रकार, कार्यालय-प्रमुख र सुरक्षानिकायका प्रमुखहरूसँग कुरा गर्दागर्दै कार्यकक्षमै ५ बज्यो । साढे एकदेखि पाँच बजेसम्मको त्यो साढे तीन घन्टालाई खै कसरी व्याख्या गर्ने ? एकातिर म कुटिनु र अपमानित हुनुको पीडाले रन्थनिएको थिएँ भने अर्कातिर, सबैले देखाएको सद्भाव र सहानुभूतिले मलाई 'म एक्लो छैन' भन्ने आभाष गराइरहेको थियो ।

पाँच बजेपछि सबै कार्यकक्षबाट बाहिर निस्किएँ । कार्यालयनजिकै क्वार्टर थियो । म अविवाहित हुँ । क्वार्टरमा सुरक्षा गार्ड र एकजना सहयोगी मात्रै थिए । फोन एकोहोरो आइरहेको थियो । सञ्चारमाध्यमलेे समाचार प्रसारण गरेपछि मेरा आफन्तका पनि फोन आउन थाले ।

क्वार्टरमा विभिन्न कार्यालयका प्रमुखहरू आउनुभयो । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो । साँझ पाँच बजेभित्र पर्साका अधिकारकर्मी संघ/संस्था, कर्मचारी संगठनलगायतले घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरिसकेका थिए । गृहमन्त्रीले पनि कारबाहीको प्रतिबद्धता व्यक्त गरिसकेका थिए । त्यसकारण, मैले केही राहतचाहिँ महसुस गरेको थिएँ ।

राज्यमन्त्री करिमा बेगमसँग औपचारिक चिनजान भएको तिथिमिति ठ्याक्कै याद छैन मलाई । २०६४ मा सुनसरीबाट सरुवा भएर पर्सा आएपछि उनीसँग बेलाबेला फोनसम्पर्क हुन्थ्यो । २०४१ सालमा निजामती सेवामा प्रवेश गरेको हुँ । चौधवटा जिल्लाको प्रजिअ भएर काम गरेँ । तर, पर्सामा जति दबाब र तनाब कहीँ झेल्नुपरेन । त्यस घटनाअघि पनि मलाई करिमाले फोनमा रुखो वचन नगरेकी होइनन् । फोन गरेर यो गरिदिनू/त्यो गरिदिनू भनेर आदेश दिइरहन्थिन् । उनीसँग तिक्तता बढेको चाहिँ भन्सार कान्डपछि हो । उनको श्रीमान् गाडीको टायरको व्यापार गर्थे । एकचोटी भन्सार छलेर अवैध रूपमा टायर ल्याउँदा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला मलाई करिमाले फोन गरेर उनको श्रीमान्लाई तुरुन्तै छाड्न आदेश दिएकी थिइन् । तर, मैले अस्वीकार गरिदिएँ । सायद, उनले त्यसबेलाको बदला लिएको हुनसक्छ ।

घटना भएको यतिका महिना बितिसक्यो । म अहिले काठमाडौंको कारागार व्यवस्था विभागमा छु । तर, अझै पनि त्यस घटनाको आघातबाट मुक्त हुन सकेको छैन । निर्दोष कर्मचारीमाथि व्यक्तिगत सनक पोख्ने मन्त्रीलाई कारबाही हुन्छ भन्ने सोचेको थिएँ । तर, त्यसो हुन सकेन । उल्टै, मलाई कारबाही गराउने राजनीतिक प्रपञ्च सुरु भएको छ ।

नेपाल सरकारको अनुमतिविना फौजदारी मुद्दा हाल्न नपाइने व्यवस्था छ । तर, करिमाले मविरुद्ध फौजदारी मुद्दा हालेकी छिन् । म तारेख धाइरहेको छु । गत चैतमा एकचोटी पर्सामा गएर तारेख दिएँ, वैशाखमा पनि तारेखका लागि जानु छ । कुटाइ खाने पनि मै, अनि दोषी बनाइने पनि मै ? तर, मलाई अदालतप्रति पूर्ण विश्वास छ । मैले अवश्य न्याय पाउँछु । यो देशमा कानुन हुँदो हो त करिमालाई पक्राउ गरिँदो हो । पर्सामा उनीविरुद्ध मुद्दा हालेको यतिका महिना भइसक्यो । उनी तारेखका लागि पनि गइनन् । दण्डित हुनुपर्ने मान्छे देशको मन्त्री भएर छाती फुलाउँदै हिँडिरहेकी छिन् ।

मलाई अहिले करिमा बेगमप्रति कुनै गुनासो छैन । गुनासो छ त, सरकारप्रति । मन्त्रीेले त विवेक गुमाएर एकजना राष्ट्रसेवक कर्मचारीलाई कुटिहालिन्, तर सरकारले पनि विवेक गुमायो । सरकार पनि करिमाजस्तै मूर्ख र विवेकहीन भयो ।
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: kurakani on July 05, 2010, 12:12:21 AM
(http://xnepali.com/i1/th/aah1278268027h.jpg) (http://xnepali.com/i1/viewer.php?id=aah1278268027h.jpg)
Title: Re: Leader bhaneko ta yesto hunu parchha.
Post by: ratamakai on July 05, 2010, 01:37:20 AM
Fucking neta haru !! ajai tyo bidya bhandari chai laaj saram namanera k heri baseko ho yesto apradh huda pani  !!!