Nepali Community Forum
xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on December 17, 2009, 04:17:11 AM
-
अफर आए सेक्स फिल्ममा काम गर्न तयार छु
(http://www.onlinekhabar.com/wp/wp-content/uploads/2009/12/sonia-2.jpg)
नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन । यसै मेसोमा नायिका सोनियासँग अनलाइनखबर डट कमले गरेको कुराकानी ।
० आजकल कता व्यस्त हो ?
- भर्खरमात्रै ‘राजभाई’ नामक चलचित्र सिध्याएर ‘गोर्खा पल्टन’ चलचित्रमा काम गर्दैछु । यस चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङले पनि अभिनय गर्नु भएको छ ।
० चलचित्रमा नायिका बनिसक्दा पनि तपाईको अभिनयको त खासै चर्चा छैन नि ?
- मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन ।
० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ?
- बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन ।sonia_kc-3
० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ?
-सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ।
० तपाईको पनि कमजोरी देखियो नि हैन ?
- त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो ।
० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ?
- हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन ।
० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ?
- हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् ।
० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ?
- म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् ।
० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?
- सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्यो नि हैन र ।
० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?
- भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । गर्दै नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।
० कथाले मागे कतिसम्म दिने त ?
- कथाको विषयबस्तु हेरि गर्ने ।
० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?
- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।
० ब्वायफ्रेण्ड त होलान् नि ?
- छैन, छैन अहिलेसम्म ।
० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ?
- कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।
० उमेर कति भयो नि ?
- हत्तेरिका उमेर पनि सोध्ने ?
० हिरोइनहरु उमेर भन्न किन डराउँछन ?
- त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।
० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?
- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।
० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ?
- यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो ।
० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?
- नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।
० विवाहपूर्वको सेक्स उचित हो ?
- हैन जस्तो लाग्छ ।
० सेक्सको अनुभव छ कि ?
- आइ एम सरी, मलाई अनुभव छैन ।
० यत्रो उमेरमा पनि छैन ?
- छैन, छैन, भए पो त छ भन्ने ।
(http://www.onlinekhabar.com/wp/wp-content/uploads/2009/12/sonia_kc-4.jpg)
-
lauu ta timro pani pargati chitaii hoss........mero agrim suvkamana
-
सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?
- नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।
I wonder what kind of a message a sex movie gives.. What kind of story does it have? hmm i wonder..
-
Yo actress le ahile samma ........
Warning
****************************
Don't abuse!
Use decent language in Non-Chhada Section
-
.......
Warning
****************************
Don't abuse!
Use decent language in Non-Chhada Section
-
yesko pani namrata ra puja ko jastai scandal chadae herna pos.........hahaahhaha
-
yesko pani namrata ra puja ko jastai scandal chadae herna pos.........hahaahhaha
Scandal nai nachahene bho
producer chahiyo... she will do whatever the director says.... Namrata, pooja ko bhanda daami hunchha
:D
-
यौन प्रस्ताव नमान्दा चलचित्रबाटै आउट
- नायिका, सोनिया के. सी.
(http://xnepali.com/ihost/I2/t/chu1270014858y.gif) (http://xnepali.com/ihost/I2/viewer.php?id=chu1270014858y.gif)
नायिका सेनिया केसी यतिबेला मुद्दादायर गर्ने तयारीमा छिन् । उनको मुद्दा अरु कसैको लागि नभएर चलचित्र पत्रकारबाट निर्देशक बनेका सुरेशदर्पण पोखरेलका विरुद्ध हो ।
नायिका सोनियाले भनिन्, "ड्रेसका लागि केही छलफल गर्नु छ भनेर निर्देशक दर्पणले मलाई अफिसमा बोलाएर हात समाई यौन प्रस्ताव राख्नुभयो, मैले म त्यस्तो केटी होइन बरु म चलचित्र लाइन नै छोड्छु भनेपछि, यसो नगरे कसरी हिरोइन हुने त । फेरि तिमीलाई के फरक पर्छ र ? भने यत्तिकैमा डराएर त्यहाँबाट घरतर्फलागेँ ।" नायिका सोनियाले रुँदै थपिन्- "यति हुँदाहुँदै पनि म चूप लागेर बसेको थिएँ, तर मेरो नैतिकता र अनुशासन लगायतका विधामा नै प्रश्न उठाएर दर्पणले समाचार छपाएपछि म त्यसको प्रतिकारमा उत्रेको हुँ । दर्पणको यो क्रियाकलापपछि मैले दर्पणको निर्देशन रहने चलचित्र कसलाई दिउँ यो जोवनमा अभिनय नगर्ने बताए पछि दर्पणले मेरो नैतिकता र अनुशासनको कारवाहीमा चलचित्रबाट निकालेको भने ।" उनले थपिन्, "के निर्देशकले भनेजस्तै शारीरिक सम्झौता नगर्नु मेरो अनुशासनहिनता हो ?यदि हो भने यो मामिलामा मेरो अनुशासन छैन ।"
आफ्नो विषयमा दर्पणले पहिलादेखि नै नियत नराम्रो राखेको बताउने सोनियाले भनिन्, "शिलशिलाको प्रमोटको लागि पोखरा जाँदादेखि नै उनको मप्रति नियत नराम्रो थियो । बीचमा विवाद भएर माफी समेत मगाएको छु ।"
उनले थपिन्, "जिन्दगी तलमाथि केही भयो, यो जिम्मा दर्पणलाई जान्छ ।" आक्रोश पोख्दै भनिन्, "यदि दर्पणले मसँग निउँ खोजेको हो भने म पनि त्यहीँ तरिकाले प्रस्तुत हुन्छु ।"
नराम्रो समाचार छापिएको थाहा पाएर साथीभाइले चलचित्र क्षेत्र नै छोड्न सल्लाह दिएको बताउने सोनिया आफ्नो चरित्र प्रमाणित गर्न च्यालेन्स समेत गर्छिन् । उनी भन्छिन्, "मेरो को कोसँग अनैतिक सम्बन्ध छ, प्रमाणित गरेर त्यसको जिम्मा लगाइदिए हुन्छ, म जान तयार छु ।"
पछि यस्तै पर्न सक्छ भनेर चलचित्र निर्माता केदार पराजुली र कृष्ण श्रेष्ठलाई पहिले नै दर्पणको नियत बताएको उनले निखिलले अरुलाई समय नदिएका कारण दर्पणलाई नै निर्देशक राखेको निर्माताहरूको प्रतिक्रिया पाएकी थिइन् तर निर्माताहरूले अप्ठ्यारो नपर्ने आश्वासन दिएपछि उक्त चलचित्रका लागि राजी भएको बताउँछिन् ।
उक्त चलचित्र नखेल्ने बताउने सोनिया साइनिङ एडभान्स रकम ५ हजार फिर्ता गर्ने बताउँछिन् । आफूलाई ड्रेसका लागि बोलाएर शारीरिक प्रस्ताव राख्ने यी निर्देशकले जसरी चरित्रको विषयमा उछेलेका थिए, त्यसैगरी नै सार्वजनिक माफी माग्नुपर्छ भनी उनी भन्छिन् ।
नायिका सोनियाको विषयमा निर्माताद्वय केदार पराजुली र कृष्ण श्रेष्ठसँग केही विवाद परेको समेत गनि बताउँछिन् । नायिका सोनियाको यी भनाइका विषयमा बुझ्न निर्देशक दर्पणलाई फोन गर्दा आफू सुटिङमा व्यस्त भएकोले अन्य कुरा त बताएन् तर सोनियालाई चलचित्रबाट निकाल्न पाउनु निर्माता/निर्देशकको अधिकार रहेको बताए ।
-
khai k ho Nepali Movie chetra ni aaba Bolly hudai Holly hudai ho jasto 6....
-
Scandal nai nachahene bho
producer chahiyo... she will do whatever the director says.... Namrata, pooja ko bhanda daami hunchha
:D
la la aba assha garum ki chitae aaoss ahahaha
-
any producer wanna make a quick money call sonia kc ....ahahhahaahahha
-
Scandal nai nachahene bho
producer chahiyo... she will do whatever the director says.... Namrata, pooja ko bhanda daami hunchha
:D
la la aba assha garum ki chitae aaoss ahahaha
-
yes i m ready for play .....with sonia kkkkkkkkkkkkkk