Nepali Community Forum

xNepali Forum => All New Posts Here (सबै नयाँ पोस्ट यहाँ) => Topic started by: tundikhel on March 10, 2010, 11:09:04 PM

Title: Palpalma - hot nepali film - review
Post by: tundikhel on March 10, 2010, 11:09:04 PM

फिल्ममा यौनको झिल्को

बेनुप भट्टराई


(http://xnepali.com/i1/th/ktm1268241786t.jpg) (http://xnepali.com/i1/viewer.php?id=ktm1268241786t.jpg)


काठमाडौ, फाल्गुन २६ - यौन के हो ? अनेक व्याख्या हुन सक्छन् । एक नवनिर्देशकले भने यौन 'वयस्क युवा-युवतीबीच प्राकृतिक रूपमा पैदा हुने तत्त्व'का रूपमा परिभाषित गर्दै फिल्म बनाएका छन् ।

केही महिनाभित्रै प्रदर्शनमा आउन लागेको 'पलपलमा' फिल्ममा यौनजन्य कुरा निकै खुलेर प्रस्तुत गरिएको छ । नेपाली दर्शकले घरेलु फिल्ममा यसअघि त्यस्तो दृश्य हेर्न नपाएको निर्माताको दाबी छ । 'यौनको परम्परागतभन्दा भिन्न धारणा छ फिल्ममा' मुम्बईका फिल्मी विद्यार्थी निर्देशक उकेश दाहालले भने, 'बदलिँदो समाजले यसलाई रुचाउने छ ।'

'पलपलमा' त्यस्तो फिल्म हो जसमा, जीवनका उतारचढावमा यौनको भूमिका कतिको महत्त्वपूर्ण हुन्छ भन्नै देखाउन खोजिएको छ । 'सेक्स मायाले प्राप्त हुने हो वा पैसामा किनेर पाइने चिज हो, आफ्नो पहिलो फिल्मको विषयबारे दाहालले थपे, 'सेक्स समझदारीमा हुन्छ कि पैसामा, त्यो छर्लङ्ग्याउन खोजिएको छ ।' यो फिल्मका मुख्य तीन 'थिम' मध्ये यौनलाई विशेष प्राथमिकता दिइएको छ ।

सेन्सर बोर्डले '१६ वर्षभन्दा मुनिकालाई हेर्न नमिल्ने' गरी प्रदर्शनको अनुमति दिएबाटै बुझ्न सकिन्छ, यो फिल्ममा यौनजन्य क्रियाकलाप झल्किने दृश्य मनग्गे छन् । १६ देखि ३५ वर्ष उमेर समूहका वयस्कमा यौनका कारण देखापर्ने अप्ठ्यारा-सजिला अवस्था फिल्ममा देख्न पाइनेछ । यसका निम्ति सेक्सलाई 'सिम्बोलिक' तवरमा बुझाउन निर्देशक दाहालले यो फिल्ममा थुप्रै नौला प्रयोग गरेको दाबी गरेका छन् ।

'हिरोइनका कम्मर र ढाडमा टाटु बनाइएको छ,' नौलो विषयवस्तुको फिल्म बनाएर कलिउड डेव्यु गरेका दाहालले सुनाए, 'हिरोको लुक्स तीन-तीनपटक फेरेर नयाँ प्रयास गरिएको छ ।' चल्तीका फिल्ममा जस्तो यसमा 'फाइट' का दृश्य छैनन् । उनका अनुसार 'इन डुअर सिन' लाई प्राथमिकता दिइएको 'पलपलमा' हिरो-हिरोइनबीचको बेड सिन देख्न पाइनेछ । प्रदर्शनअघि नै चर्चा कमाएको फिल्ममा रूपा राना, उषा पौडेल र सुजाता सिटौला ग्ल्यामरस भूमिकामा छन् । स्वीमिङ पुलबाट अर्धनग्न निस्केर हिरो रमित ढुंगानासँग मदिरापान गर्ने दृश्यमा मात्र होइन, खोलाको बगरमा उत्तेजक नृत्य गर्न पनि सुजाता पछि हटेकी छ्रैनन् । दिलीप रायमाझी र सुमन सिंहले घरभित्र र बाहिर हिरोइनसँग हट सिन दिएको दाहालको दाबी छ ।

दाहाल मुभिजको व्यानरमा हरिहर आचार्यले निर्माण गरेको 'पलपलमा' संगीत, ड्रेस र संवादलाई समेत नयाँपन दिने प्रयास गरिएको छ । आफ्नै कथामा तयार भएको यो फिल्म जेठदेखि प्रदर्शनमा ल्याउनै जमर्को गरिरहेका निर्देशक दाहालले भर्खरैदेखि 'किन किन' नामक फिल्मको समेत निर्माण थालेका छन् ।
Title: Re: Palpalma - hot nepali film - review
Post by: tundikhel on March 10, 2010, 11:11:08 PM
Title: Re: Palpalma - hot nepali film - review
Post by: clickhere on March 10, 2010, 11:56:10 PM
haina shooting garne bela ni yi keti haru nangai hunchan ra...ani hero haru ute jana hudae na  ki k ho ,,,,hagi sathi haru......
Title: Re: Palpalma - hot nepali film - review
Post by: sadnelly on March 17, 2010, 10:59:29 AM
yo movie ta harnu nai parcha yaar....
Title: Re: Palpalma - hot nepali film - review
Post by: outsiders on August 31, 2017, 07:02:25 AM
movie link please