Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on March 31, 2010, 07:26:10 AM

Title: Niruta Singh
Post by: tundikhel on March 31, 2010, 07:26:10 AM
फर्किइन् निरुता

२०६६ - चैत्र - १२
(http://xnepali.com/ihost/I2/t/aah1269999657z.jpg) (http://xnepali.com/ihost/I2/viewer.php?id=aah1269999657z.jpg)
काठमाडौं/रास- विगत डेढ वर्षेखि मुर्म्बईमा 'इन्टेरियर डिजाइन' सिकिरहेकी अभिनेत्री निरुता सिंह यतिबेला सिनेमामा फर्किर्एकी छन् । अभिनयपछिका दिनमा इन्टेरियर डिजाइनमा लाग्ने उद्देश्यसहित उनी सो कोर्स गरिरहेकी थिइन् । तर, यताबाट सिनेमाका प्रस्ताव आएपछि केही समयलाई पढाइ रोकेर आफू काठमाडौं आएको उनले बताइन् । फिल्मको छायांकन सकिएपछि उनी पुनः अध्ययन पूरा गर्न जाने सोचमा छिन् । बिहीबार साँझ राजधानीमा फिल्म 'द गेम'को मुहर्ूत समारोहमा सो सिनेमाकी नायिकाको रूपमा निरुता उपस्थित भएकी थिइन् । पहिलाको तुलनामा निकै 'स्लिम' भएकी निरुताको नयाँ 'लुक्स'लाई सिनेकर्मीहरूले प्रशंसा गरेका थिए ।
यता, एक दशकभन्दा लामो समयदेखि सिनेमाको सम्पादन गर्दै आएकी रक्षा सिंह ठकुरी 'द गेम'मार्फ निर्देशनमा उत्रिएकी छिन् । लामो समयसम्म सिनेमाको सम्पादन गरेको अनुभवका आधारमा फिल्म निर्देशन सुरु गरेको उनले राजधानीलाई बताइन् । सो सिनेमाको बिहीबार साँझ शुभमुहर्ूत गरियो । जसको छायांकन शुक्रबारबाट सुरु भएको छ ।
रक्षाका अनुसार यो फिल्मको निर्माता र कथाकारमा बालनरसिंह राणा रहेका छन् । फिल्ममा उनी अभिनेताको रूपमा पनि प्रस्तुत हुँदै छन् । निरुतासँगै झरना थापा, सुमन सिंहलगायतका कलाकारको अभिनय यो सिनेमामा रहने पनि रक्षाले जानकारी गराइन् ।
Title: Re: Niruta Singh
Post by: tundikhel on April 27, 2010, 06:43:19 AM
अभिनेत्री निरूता सिंहको राइट च्वाइस-

१. टिभी कार्यक्रम कुन मन पर्छ?
म न्युज च्यानलहरू धेरै हेर्छु। राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारमा मेरो रुचि रहन्छ। कुनैपनि देशमा भएका कला क्षेत्रका गतिविधिले पनि मलाई तान्छ।

  २. अहिले फोनमा सबैभन्दा बढी कोसँग कुराकानी हुन्छ?
आमाबुबाबाट टाढा छु। दिनको करिब दुई घन्टा त उहाँहरूसँगै कुरा हुन्छ। त्यसपछि आन्टी मालती राईसँग धेरै कुरा हुन्छ। काठमाडौंमा मेरो अभिभावक भनेको उहाँ नै हो।

३. अरूलाई नेपालको कुन ठाउँ घुम्ने सल्लाह दिनुहुन्छ?
मेचीदेखि महाकालीसम्म घुमेको छु। सबैभन्दा राम्रो त पोखरा नै होला। नेपाली फिल्मका लागि पनि विशेष ठाउँ हो यो। मेरो धेरै फिल्म पोखरामा सुटिङ भएको छ। हावापानी र प्रकृतिक सौन्दर्यका हिसाबले यो एकपटक पुग्नैपर्ने ठाउँ हो।

४. जीवनमा सबैभन्दा बढी खेल्नुभएको खेल कुन हो?
बास्केटबल। सानो हुँदा त यसको भूत नै चढेको थियो। रात दिन बास्केटबल खेल्थेँ। अहिले पनि भ्याएसम्म खेल्न मन लाग्छ। यसका लागि बेलाबेलामा समय निकाल्ने गरेकी छु।

५. सबैभन्दा मन पर्ने परिकार?
आलुदम, रायोको साग र चिकेन। तर डाइटिङले गर्दा यी परिकार ज्यादै कम खान्छु। पिरो र अमिलो भएन भने खाएको मज्जा नै आउँदैन।

६. अहिले कुन गीतले तपाईको मनलाई आनन्द दिन्छ?
नारायणगोपालको 'साउनको झरी बनी तिमी आऊ' बोलको गीत अहिले जिब्रोमै झुन्डिएको छ। शब्द र संगीतमा मिठास छ पाइन्छ।

७. शरीरलाई शीतल बनाउन के पिउनुहुन्छ?
ब्ल्याक टी र पानी।

८. धेरैजसो कुन वेबसाइट हेर्नुहुन्छ?
'युट्युब' धेरै हेर्छु। यसमा खोजे अनुसार सबै कुरा सहज रूपमा भेटिन्छ। त्यसबाहेक मेल चेक गर्छु। 'फेसबुक' बनाउने विचार थियो। तर अरूले मेरो नामको झुटो आइडी बनाएको रहेछ। त्यसैले इच्छा नै मर्‍यो।

९. तपाई प्रायः कुन रङको लुगा लगाउनुहुन्छ?
मलाई कालो र सेतो धेरै मनपर्छ। लाइट कलरमा आफ्नो व्यक्तित्व निखारिएको अनुभूति हुन्छ। निलो र गुलाबी यसपछिका रोजाइ हुन्।

१०. काठमाडौंमा बस्नलाई कुन एरिया ठीक हो?
बागडोल मलाई शान्त र सुन्दर लाग्छ। स्वच्छ हावा यो क्षेत्रको विशेषता हो। शान्त भएकै कारण यो ठाउँमा पुग्दा टेन्सनबाट छुटकारा पाएको महसुस गर्छु।

११. तपाई काठमाडौंमा कुन सवारीसाधनमा यात्रा गर्नुहुन्छ?
म प्रायः ट्याक्सीमा यात्रा गर्छु। ट्रफिकजाम छल्न त बाइक सबैभन्दा सजिलो साधन हो। अझ हिँडेरै यात्रा गरे त स्वास्थ्यको हिसाबमा पनि राम्रो हुन्छ।

१२. छुट्टीको दिन कसरी बिताउनुहुन्छ?
काठमाडौंमा मेरो नातेदारको रूपमा आन्टी मालतीमात्र भएकोले छुट्टीमा विशालनगरस्थित उहाँकै घर जान्छु। उहाँ मलाई मनपर्ने परिकार तयार गरेर खुवाउनु हुन्छ। नातेदारसँग बसेर मीठोमीठो खाँदा छुट्टी त्यसै रमाइलो हुन्छ नि!
Title: Re: Niruta Singh
Post by: jire on August 10, 2010, 12:52:12 AM
sabai ramro chha....!
Title: Re: Niruta Singh
Post by: hidemyass on August 12, 2010, 05:40:38 AM
she is seen on Indian TV frequently these days. Watch for Karbonn mobile phone ad. she is the girl in yellow dress.
Title: Re: Niruta Singh
Post by: tundikhel on October 16, 2015, 03:32:23 AM
Niruta Singh


singer

About other 4 actresses who have also sung
http://nepaliactress.com/5-nepali-actresses-who-are-also-professional-singers/

https://www.youtube.com/watch?v=pwTBKcFJOEQ



Niruta's song

https://www.youtube.com/watch?v=0IskfppTQYY
Title: Re: Niruta Singh
Post by: samir211 on March 10, 2019, 07:18:38 AM
https://youtu.be/Z6mw9gpJHB8
https://www.youtube.com/watch?v=Z6mw9gpJHB8