Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on September 10, 2011, 12:54:00 PM

Title: चुम्बन र सेक्स "दुवै मीठो" लाग्ने नर्तकी - स
Post by: tundikhel on September 10, 2011, 12:54:00 PM
तपाईंको सबैभन्दा ठूलो कमजोरी

छिटो रुन्छु।

तपाईं शाकाहारी कि मांसाहारी

हन्ड्रेड पर्सेन्ट मांसाहारी।

के केको मासु खानु भएको छ

विदेश भ्रमणका क्रममा के-के मात्र खाइएन ? अक्टोपस, सर्प, गंगटा, शंखेकीरा इत्यादि।

 नजानेको कुरा

रहर भएर पनि गीतार बजाउन जानेको छैन।

 तपाईंले सबैभन्दा बढी प्रयोग गर्ने थेगो वा शब्द


मम्मीले भन्नु हुन्थ्यो कि म जे काम लगाए पनि 'नाइँ' भन्छु, तर त्यो काम गर्छु रे।

 केसँग डर लाग्छ


हवाईजहाजबाट प्यारासुट लगाएर हाम फाल्ने इच्छा छ, तर डर लाग्छ।

 नाच्न वा अभिनय गर्न नआएको भए

विवाह गरेर शिशु स्याहारेर बसिरहेकी हुन्थे।

कुन नायकसँग अनस्त्रिmन रोमान्स गर्ने मन छ

राजेश हमालसँग

 अबको १० वर्षपछि सम्झनालाई कस्तो अवस्थामा देखिएला


अलिकति अनुहार चाउरिएको, केही कपाल फुलेको, मोटी भएर चलचित्रमा दिदीको चरित्रमा अभिनय गरिरहेको अवस्थामा।

सबैभन्दा बेइज्जत भएको वा लाज लागेको क्षण

एकपटक काठमाडौंको स्टेजमा नाच्दा मैले लगाएको नक्कली कपाल झरेछ । दर्शकले हुटिङ गर्दा, बेइज्जत भएको अनुभव गरेकी थिए।

 कुन परिकार सम्झदा मुखै रसाएर आउँछ


कुखुराको मासुको कुनै पनि परिकार।

बिहान उठ्दा लिंग परिवर्तन भएर केटा हुनुभएको रहेछ भने

ट्वाँ पर्थे,.. अँ, साँच्चै त्यसो भयो भने लौन, के गर्ने होला ?

लोग्ने मानिसले पनि शिशु पाउने भए

गज्जब राम्रो हुन्थ्यो, कम से कम त्यो बेलाको पीडा उनीहरूले पनि बुझ्थे कि।

सेक्सी लाग्ने तीन स्वदेशी सेलिब्रेटी

राजेश हमाल, भुषण दाहाल र दिनेश डिसी।

कुन सेलिब्रेटीलाई देख्दा यौन चाहना बढेको अनुभूति हुन्छ

राजेश हमाल

 चुम्बन मीठो कि सेक्स


दुवै मीठो नि।