Nepali Community Forum
xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on December 15, 2011, 02:56:54 AM
-
what is keki
https://www.youtube.com/watch?v=oRfuP974Dug
-
In Swor
(http://xnepali.net/i1/th/nep1323897104s.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1323897104s.jpg)
(http://xnepali.net/i1/th/xne1323897136x.jpg) (http://xnepali.net/i1/viewer.php?id=xne1323897136x.jpg)
-
(http://xnepali.net/i1/th/xne1323897149a.jpg) (http://xnepali.net/i1/viewer.php?id=xne1323897149a.jpg)
-
(http://xnepali.net/i1/th/nep1323897163v.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1323897163v.jpg)
-
(http://xnepali.net/i1/th/luu1331851550u.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1331851550u.jpg)
-
(http://xnepali.net/i1/th/nep1331851660z.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1331851660z.jpg)
-
(http://keki.info/wp-content/uploads/2012/03/keki_adhikari_childhood_photo_with_her_sister.jpg)
-
(http://xnepali.net/i1/th/nep1332756125s.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1332756125s.jpg)
-
(http://xnepali.net/i1/th/xne1332756141z.jpg) (http://xnepali.net/i1/viewer.php?id=xne1332756141z.jpg)
-
(http://xnepali.net/i1/th/ooh1332756181t.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1332756181t.jpg)
-
-
(http://xnepali.net/i1/th/luu1341060258f.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1341060258f.jpg)
-
(http://xnepali.net/i1/th/luu1341060272n.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1341060272n.jpg)
-
(http://xnepali.net/i1/th/ooh1341060303n.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1341060303n.jpg)
-
(http://xnepali.net/i1/th/aah1341060336q.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1341060336q.jpg)
-
sexy new looks
(http://xnepali.net/i1/th/ooh1341060375s.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1341060375s.jpg)
-
(http://xnepali.net/i1/th/luu1346341372q.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1346341372q.jpg)
-
लभलेटर/केकी अधिकारी (नायिका)
आजको युवापुस्ता प्रेम र सेक्समा उदार हुँदै गएको छ। स्कुलमा सानो कक्षादेखि नै प्रेमपत्र लेख्ने र गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड बनाउने चलन बढ्न थालेको छ। अर्काको देखासिकी भए पनि प्रेमपत्र लेख्ने र प्रतिउत्तर दिने चलनले सबैजसोका ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड देखिन्छन्। यद्यपि मलाई अझैसम्म प्रेमपत्र आएको छैन। प्रेमपत्र नआउँदा म अनाकर्षक पो छु कि भन्नेसम्म परेको थियो। अहिले लाग्छ, मलाई प्रेमपत्र नआउनुको कारण अर्कै रहेछ।
मेरो बुवा बद्री अधिकारी पेसाले कलाकार-निर्देशक भए पनि उहाँको आफ्नो विद्यालय पनि छ। बुवाले त्यसको व्यवस्थापन हेर्नुहुन्छ भने ममी त्यसको प्रिन्सिपल हुनुहुन्छ। अरूको तुलनामा हाम्रो विद्यालय अनुशासनमा निकै कडा मानिन्छ। प्रिन्सिपलदेखि सबै विद्यार्थी थर्कमान हुन्छन्। म त्यही विद्यालयकी विद्यार्थी भएकाले मलाई घरमै विद्यालयको अनुशासनका सम्बन्धमा सम्झाइन्थ्यो। म विद्यालयमा प्रिन्सिपल म्यामकी छोरी हुँ भन्नेसम्म बिर्सन्थे। त्यसैले विद्यालयमा कहिल्यै प्रेमपत्र आएन। मलाई प्रेमपत्र पठाउने हिम्मत समकालीनमा मात्र होइन, सिनियरहरूमा समेत थिएन। मलाई पत्र लेख्नेबित्तिकै त्यो सीधै म्यामकहाँ पुग्छ भन्ने डर उनीहरूलाई हुँदो रहेछ। म भने कहिलेकाहीँ मलाई किन कसैले पत्र लेख्दैनन् भनेर छटपटिन्थें।
त्यसो त विद्यालयमा भएको कडाइका बाबजुद पनि मेरा साथीहरूलाई प्रेमपत्र नआउने होइन। विद्यालय छुट्नेबित्तिकै उनीहरूको घुम्न जाने योजनासमेत मलाई थाहा हुन्थ्यो। सबैका आफ्ना साथीहरू थिए, म भने एक्लै। कक्षाको प्रथम विद्यार्थी भएका कारण पनि मसँग अध्ययनशील युवक मात्र झुम्मिन्थे। उनीहरूमा मप्रति आकर्षण भएको थाहा नपाउने होइन, तर लभलेटर लेख्ने आँट भने कसैले गरेनन्।
डिस्टिङसनसहित प्रवेशिका उत्तीर्ण भएपछि अभिभावकले मलाई चिकित्सक बनाउने उद्देश्य राख्नुभयो। यसका लागि धेरै मेहनत गर्नुपर्छ भन्ने छाप मेरो मनमा सानैदेखि थियो। प्रेम हुनका लागि वा मनपराउनका लागि मानिससँग समय हुनुपर्ने रहेछ। साथीभाइसँग भेटघाट र कुराकानीबाटै मानिस आकषिर्त हुने हो। प्रवेशिकापछि पनि मैले उक्त वातावरण पाइनँ। एकैपटक एनटिभी प्लसमा नृत्यसम्बन्धी कार्यक्रममा भाग लिन म पहिलो पटक घर बाहिर निस्किएँ। उक्त कार्यक्रममा म दोस्रो भएँ, लगत्तै केही म्युजिक भिडियोमा काम गर्ने अफर आयो। त्यो छोटो समयमै म सेलिब्रेटी भैसकेछु। अहिले यो क्षेत्रमा काम गर्न थालेको पनि चार वर्ष हुन लाग्यो। यो अवधिमा पनि मलाई प्रेमपत्र आएको छैन। टेलिफोनमार्फत मेरो अभिनय मन पराउने धेरै छन्। घरमार्फत मसँग विवाह प्रस्ताव राख्नेहरू पनि छन् भन्ने सुनेकी छु। यद्यपि मलाई प्रत्यक्ष प्रेम प्रस्ताव राख्ने वा लभलेटर लेख्नेहरू अहिलेसम्म फेला परेका छैनन्। यो खुसीको कुरा हो कि दुःखको ? मलाई नै थाहा भएन।
-
-
Dashain
(http://xnepali.net/i1/th/ktm1351102764s.jpg) (http://xnepali.net/i1/viewer.php?id=ktm1351102764s.jpg)
-
(http://xnepali.net/i1/th/laa1351302712o.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1351302712o.jpg)
-
(http://xnepali.net/i1/th/ooh1353314810n.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1353314810n.jpg)
-
(http://xnepali.net/i1/th/ooh1353314861d.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1353314861d.jpg)
-
(http://xnepali.net/i1/th/ooh1353314885p.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1353314885p.jpg)
-
(http://xnepali.net/i1/th/chu1353314935f.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1353314935f.jpg)
-
(http://xnepali.net/i1/th/ktm1355036096n.jpg) (http://xnepali.net/i1/viewer.php?id=ktm1355036096n.jpg)
-
(http://xnepali.net/i1/th/aah1359270927y.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1359270927y.jpg)
-
(http://xnepali.net/i1/th/chu1370414209c.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1370414209c.jpg)
-
(http://xnepali.net/i1/th/laa1371102332f.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1371102332f.jpg)
-
Keki shows her thigh :)
(http://xnepali.net/i1/th/nep1371102344g.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1371102344g.jpg)
-
(http://xnepali.net/i1/th/pkr1371102403q.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1371102403q.jpg)
-
(http://xnepali.net/i1/th/nep1377175619y.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1377175619y.jpg)
-
(http://xnepali.net/i1/th/laa1377175694q.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1377175694q.jpg)
-
(http://xnepali.net/i1/th/chu1380117198h.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1380117198h.jpg)
-
Interview - http://moviesnepal.com/talk-show-with-keki-adhikari/
(http://xnepali.net/i1/th/laa1408993531d.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1408993531d.jpg)
-
;D
selfie
-
http://nepaliactress.com/keki-sole-actress-invited-to-inaugurate-rajesh-payal-rai-restaurant-something-cooking/
(http://i0.wp.com/nepaliactress.com/wp-content/uploads/2015/03/rajesh-payal-rai-and-keki-adhikari.jpg)
ब्याचलर राजेशपायल र केकीबीच ‘आत्मीयताको टुसो’ !
नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा भर्सटायल गायक राजेशपायल राईलाई अहिलेसम्म कति युवतीले प्रेम प्रस्ताव राखे होलान् ? त्यो उनैलाई थाहा नहुन सक्छ । उनले सांगीतिक भ्रमणका क्रममा संसारका अधिकांश मुलुक डुलिसकेका छन्, जहाँ पुग्छन् त्यहाँ उनलाई ‘आई लभ यु’ भन्ने युवतीको कमि हुँदैन । केही साताअघि अमेरिकाको विभिन्न राज्यमा १७ वटा एकल सांगीतिक कार्यक्रम गरेर नेपाल फर्कँदा उनले भनेका थिए, ‘राजेशपायल राई अब धेरै समय एक्लो बस्दैन ।’ यी ब्याचुलर भर्सटायल गायकले यसोभन्दा धेरैले अनुमान गरेका थिए, ‘राजेशपायलले अमेरिकन खैरेनी पट्टाएरै पो आएछ कि क्या हो ?’ तर, होइन रहेछ । जब बहराइनमा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाडौं आए, तब उनले त्यो कौतुहलता मेटाउँदै नयाँ रहस्य खुलाए । शनिबार साँझ सिमित पत्रकार भेला गराएर राजेशपायलले रहस्य खुलाउँदै भने, ‘बहराइनमा नायिका केकी अधिकारीसँग मेरो हित्तचित्त मिल्यो ।’ राजेशपायलले यसो भनिरहँदा केकी मुस्कुराइरहिन् । जब राजेशपायलले बोल्न छाडे, तब केकीले थपिन्, ‘बहराइनमा सँगै कार्यक्रम गरेपछि म उहाँबाट प्रभावित भएँ ।’ केकीले यसो भनेपछि राजेशपायलले थपे, ‘सकिगो नि’ । के अब राजेशपायल राईको ब्याचुलर बस्ने समय सकिन नै लागेको हो त ? साँझपख आयोजित जमघटमा उनले भने, ‘मैले सबै बताइसकेको छु, अब आफै कुरा बुझ्नुस् ।’
**********
नेपाली सुगम संगीत होस् या पाश्र्व गायनमा, गायक राजेशपायल राइको चर्चा सर्वाधिक छ । नेपाली चलचित्रका हरेक कलाकारसँग गायक राई नजिक पनि छन् । नायक हुन् या नायिका, राइको सम्बन्ध हरेकसँग बलियो देखिन्छ ।
तर, शनिबार आफ्नो एक रेष्टुरेन्टको उद्घाटनमा राइले नायिका केकी अधिकारीलाई मात्र बोलाएपछि अहिले गसिप बजारले विभिन्न खालका चर्चा थालेको छ ।
आफ्नो विश्वव्यापी सांगीतिक टुर सकेपछि राजेशले काठमाण्डौको कमलपोखरीमा ‘दर्शन नमस्ते’ रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । उनले उद्घाटनका लागि नायिका केकीलाई मात्र बोलाएपछि गसिप बजारले विभिन्न खालका अड्कलबाजी सुरु गरेको हो ।
राजेश पायललाई केकीलाई मात्र बोलाउँदा अरु नायिका पनि रिसाउलान् कि भन्ने डर छ ? तर, आफूलाई केकी विशेष मन परेको राजेशको भनाई छ । केकी पनि राजेशको फ्यान संख्या देखेर प्रभावित बनेकी हुन् । हालै मात्र एक कार्यक्रमका लागि विदेश एकसाथ पुगेपछि केकी र राजेश निकट भएका हुन् । बहराइनको कार्यक्रममा एकसाथ पुग्दा केकी र राजेशविच फोटो खिचाएर तस्बिर पोष्ट गर्ने हतारो पनि देखिएको थियो ।
केकीले क्याफे उद्घाटनका क्रममा ३० सेकेन्ड जती आँखा चिम्लिएर राजेशका लागि विस पनि गरिन् । उनले आगामी बर्षमा पनि यसरी नै केक काट्न पाइयोस् भनेर कामना गरिन् । केकीले यसो गरिरहँदा राजेशले भने-‘केकीलाई यही नै बस्न मन छ कि क्या हो ?’
आखिर के केकी र राजेशको सम्बन्ध बलियो बनेकै हो त ? दृश्यले यस्तै देखाउँछ ।
online khabar
-
केकीले गरिन् ‘दर्शन नमस्ते’ उद्घाटन । राजेशले भने– ‘केकी मलाई मनपर्ने नायिका’
उद्घाटनका लागि आफुलाई रोजेकोमा धन्यवाद दिँदै केकीले भनिन्– ‘पहिलो वर्षको केकजस्तै दोश्रो, तेश्रो र चौथो पनि मैले नै काट्न पाउँ ।’ केकीको जवाफ भुईमा खस्न नपाउँदै राजेशले उनीतर्फ नजर लगाउँदै भन्न भ्याईहाले– ‘केकीलाई सधैभरी यही बस्न पो मन छ कि क्या हो ?’
चर्चित गायक राजेशपायल राई शनिवार साझ आफ्नो नयाँ रेष्टुरेन्टको उद्घाटन गर्दै थिए । जहाँ उनले सिमित संचारकर्मी र कलाकर्मीलाई मात्र निम्तो दिएका थिए । राजेशका शुभचिन्तक यत्ति धेरै छन् कि उनले ति सबैलाई बोलाएको भए त्यो तीनतले रेष्टुरेन्टले धान्दैनथियो । सहभागी सबैलाई लागेको थियो राजेशले आफ्नो ‘दर्शन नमस्ते रेष्टुरेन्ट एण्ड क्याफे’ को उद्घाटन आफै गर्लान् तर त्यसो भइदिएन् ।
बहराइनको कार्यक्रमछि नजिकिएकी नायिका केकी अधिकारीसंगै रिवन काटेर राजेशले आफ्नो रेष्टुरेन्टको उद्घाटन गरे । त्यसपछि केकीको हातबाट रेष्टुरेन्ट उद्घाटनको केक समेत काटियो । सो रेष्टुरेन्टको उद्घाटनका लागि आफुलाई बोलाइएको हो भन्ने कुरा केकीलाई त्यहाँ आइपुग्दासम्म थाहा दिइएको रहेनछ । केकी भन्दैथिइन्– ‘मलाई राजेश दाईले काम छ भनेर बोलाउनुभएको थियो तर आउँदा यस्तो सरप्राइज पो रहेछ ।’ ‘म कुनै पनि काम प्लान गर्दिन्, यसरी नै गर्दा मज्जा आउँछ ’, राजेशको भनाई यस्तो थियो ।
त्यसो त रेष्टुरेन्ट उद्घाटनसंगै सांगितिक वल्र्ड टुरको सफलताको खुशीयाली बाड्न समेत आयोजना गरिएको सो अवसरमा नायिका मात्र होइन् युवती मध्ये नै निम्ताइएकी एक्ली थिइन् केकी । राजेशसंग धेरै नायिकाहरु निकट हुँदाहुँदै केकी मात्र किन ? यो प्रश्न सबैको दिमागमा खेल्नु स्वभाविक नै थियो । एक संचारकर्मीले यो प्रश्न उठाइ नै हाले । संचारकर्मीको प्रश्नमा सहमत जनाउँदै हँसिलो मुहारमा केकीले पनि भन्न भ्याइहालिन्– ‘हो, यसको जवाफ मलाई पनि जान्न मन छ ।’
केकीले केक खुवाउँदा लजाएका ‘राई इज किङ’ , त्यो प्रश्न उठेपछि त झनै लजाए । अनि भने– ‘राम्रो कामको सुरुवात राम्रो कुराबाट गर्नुपर्छ भन्छन् त्यसैले मैले पनि राम्रै मान्छेबाट गरेको हो । ’ राजेशको पुरा जवाफ नआउँदै अर्को प्रश्न पुन तेर्सियो– ‘उसोभए अन्य नायिकाहरु तपाईसँग रिसाँउलान् नि ? ’ मुसुमुसु हास्दै राजेशले जवाफ फर्काए– ‘मेरो मनपर्ने नायिका हुन् केकी त्यहीभएर बोलाएको हो तर सबैसंग मेरो सम्बन्ध राम्रो छ र रहिरहनेछ । ’
राजेशको यस्तो जवाफ सुनेपछि केकी पनि खुशीले गद्गद् देखिन्थिइन् । उद्घाटनका लागि आफुलाई रोजेकोमा धन्यवाद दिँदै उनले भनिन्– ‘पहिलो वर्षको केकजस्तै दोश्रो, तेश्रो र चौथो पनि मैले नै काट्न पाउँ ।’ केकीको जवाफ भुईमा खस्न नपाउँदै राजेशले उनीतर्फ नजर लगाउँदै भन्न भ्याईहाले– ‘केकीलाई सधैभरी यही बस्न पो मन छ कि क्या हो ?’ त्यसपछि त हलभरी हासोको फोहोरा नै छुट्यो । सहभागीहरुलाई राजेश र केकीको प्रेम अड्कल लगाउन गाह्रो देखिएन् ।
बहराईनको कार्यक्रममा संगै गएका राजेश र केकी त्यहीबाट नजिकिएको कुरा उनीहरुको सेल्फी तस्विरले जनाइसकेको थियो । कार्यक्रममा यि दुवैले सो कुरा स्वीकारेपछि सबैको अड्कलवाजी सहि नै भयो ।
राजेश र केकी दुवै चर्चित अविवाहित हुन् । यि दुईको वास्तविक सम्बन्धको विषयमा कसैले पुष्टी त गर्नसक्दैन् तर शनिवार साँझ जे देखियो त्यसले उनीहरुको निकटतालाई भने सजिलै मापन गर्न सकिन्थ्यो । चाहे जे सुकैहोस् उनीहरुको यो सम्बन्ध निरन्तर रहिरहोस् ।
रंगखबरको तर्फबाट राजेशको नयाँ व्यवसायको शुभकामना सहित उनीहरुको निरन्तर मित्रताको समेत कामना गर्दछौ ।
https://www.youtube.com/watch?v=R4FOA5EhmGQ
-
First time ....
keki affair ko news :)
I don't think Rajesh Payal and Keki would be a good fit !!
-
First time ....
keki affair ko news :)
I don't think Rajesh Payal and Keki would be a good fit !!
jatro bhaye pani fit bhai halchha ni .... .... fuchhi bhayo bhanera fit nahune ho ra ?
katro po hola ra ? ...
-
haawadarii ....
bhaai tika laai dine re ...
-
Sexy actress
Beautiful
-
Sexy actress
Beautiful
यो हो ....
-
http://nepaliactress.com/keki-adhikari-does-a-hot-photo-session-for-saptahik-after-earthquake/
hot photos
(http://i1.wp.com/nepaliactress.com/wp-content/uploads/2015/06/Keki-Adhikari-june-2015-smile.jpg)
-
मलाई मन पर्ने शलमान खान : केकी अधिकारी
पछिल्लो पुस्ताकी चल्तीकी नायिका हुन् केकी अधिकारी । अध्ययनशील नायिकाको रुपमा समेत चिनिने केकीले झण्डै एक दर्जनको हाराहारीका चलचित्रमा अभिनय गरिसकेकी छिन । चलचित्र आई.एम.सरीले उनको चर्चा निकै वढेको हो । उनी एक लगनशिल पढेलेखेकी र राम्री कलाकारको रुपमा पनि चिनिन्छीन । चलचित्र निर्देशक वद्री अधिकारी अधिकारी (आफ्नै वुवा) को सहयोगलेनै यहाँ सम्म आउन सफल भएको उनले बताईन । बुवा यहि क्षेत्रमा भएको कारण पनि कलाकारिता क्षेत्रमा आउन सजिलो भएको नायीका अधिकारीको भनाई छ । उनै राम्री नायीका एवं मोडल अधिकारीसँग केही समय अगाडी रंगपोष्ट ले गरेको कुराकानी ।
तपाईको नामको अर्थ ?
– मयुर ।
साच्चीकै मयुरजस्ती हुनुहुन्छ क्या हो ?
– मयुरले आफ्नो वर्णन गर्दैन, आफुलाई राम्रो सोच्दैन होला । मलाई मयुर भन्ने त होलान तर मैले मयुर हो भनेर त्यसरी चाहि सोचीन .।
नायीका वन्ने रुची चाहि कहिले पलायो ?
– म सानै छदाँदेखीनै यो क्षेत्रमा एउटा रुची थियो । अर्को कुरा मेरो वुवानै यो क्षेत्रमा भएको कारण कलाकारीता क्षेत्रमा आउन केही गाह्रो भएन । तर गाह्रो यो कुरामा भयोकी मलाई कसरी अरुले भन्दा राम्रो गरु र अरु भन्दा कसरी भिन्न तरिकाले प्रस्तुती दिन सकुँ ?, तर पनि मेहेनत गर्दै जादाँ सहज भयो । रुचीलेनै यहाँ सम्म ल्यायो । म काठमाण्डौमा रहदाँ डान्स क्लास लिन जान्थे । त्यसपछि म्युजिक भिडीयोको अफर आयो र लगातार मुभीहरु पाईरहेकी छु । मैले अव यो कुरा सोच्न र महसुस गर्न थालेकी अव यो चिज वाहेक अरु केही पनि सोच्न सक्दिन ।
तपाई अभिनीत ८ चलचित्र मध्ये कुनवाट सन्तुष्ट हुनुहुन्छ ?
– म सवै कुरावाट सन्तुष्ट भएको चलचित्र चाही ‘मसान’ हो । तर पनि अश्ररु चलचित्रपनि राम्रै भएका छन है । तर केकी अधिकारी भनेर वढि चिनीएको मसानवाट होकी जस्तो मलाई लागेको हो । तर आईएमसरीले पनि मलाई निकै राम्रो गरेको थियो ।
नयाँ योजना केही वनाउनुभएको छ कि ?
– मेरो पहिलो योजना भनेको त जसरी भएपनि एमविए पूरा गर्छु भनेकी छु । त्यसपछि मात्रै चलचित्र र म्युजिक भिडियोको काम राम्रोसँग गर्छु भनेकी छु । तर योजना त धेरैनै छन है भनेरै सकिदैन ।
थोरै प्रशगं वदलौन, विवाह गर्ने सोच पलाएको छैन ?
– नाई, मैले भ्रखरै त्यतातिर सोचेकी छैन । पहिला अध्यनलाई सक्छु त्यसपछि चाहि सोच्छु ।
कसैको पर्खाईमा भएर हो ?
– मैले तपाईलाई पहिला पनि भनिसकेकी हुँनी, मेरो कसैसँग त्यस्तो सम्वन्ध छैन । म कसैको पर्खाईमा छैन र कसैलाई पर्खन पनि भनेकी छैन । विवाहको कुरा भविष्यले वताउँछ कस्तो केटा कसरी विवाह हुन्छ भनेर ।
त्यसो भए कस्तो श्रीमानको खोजीमा हुनुहुन्छ ?
– धेरैले सोच्छन यहि कुरा मलाई वुझ्ने पति होस वा पाईयोस । मेरो पनि यहि हो ।
मन पर्ने कुनै सेलिव्रेटी?
– सलमान खान ।
झट्ट हेर्दा पुरुषको कुन अगमा आखाँ जान्छ ?
– आखाँमा ।
अहिले भर्खरै कसैलाई किस गर्नुप¥यो भने कसलाई सम्झनुहुन्छ ?
– मेरो मम्मीलाईनी ।
तपार्इंलाई कुन चिज वढि मिठो वनाउन आउँछ ?
– मलाई सवैभन्दा मिठो चियाँ वनाउन आउछ । अरु त पनि वनाउन नजानेको होईन । तर पनि एकदमै मिठो चिया वनाउछु ।
तपाईको विचारमा नेपालमा अब प्रधानमन्त्री बनाउन लायक को छ ?
– गगन थापा अवको प्रधानमन्त्री वन्न लायक छन । उनि एकदमै आटीला छन, विश्वासी छन, आँट छ उनसिगँ ।
यदि अवको प्रधानमन्त्रीको रुपमा तपाईहुनुभयो भने पहिले के गर्नुहुन्छ ?
– मलाई प्रधानमन्त्री वनाईयो भने सुरुमा त देशलाई कसरी अगाडी वढाृने भन्ने विषयमा नियम वनाउथे, त्यसपछि त्यस विषयमा गृहकार्य गर्थे । तर हाम्रो देशमा कसरी कुर्चीलाई टिकाउने भन्ने वारेमानै काम भैरहेको हुन्छ ।
घुम्न मन लाएको कुनै देश ?
–स्विजरल्याण्ड ।
मान्छे किन रुन्छ ?
– दुखाईले । तपाई यो कुरा नसोध्नुसकि हास्दाँपनि दुख्छत ?, तर म भन्छु हास्दापनि कतै कतै दुखीरहेको हुन्छरे ।
के पाए भन्ने लाग्छ कलाकारीता क्षेत्रमा आएर ?
– जीवनमा धैर्य गर्न सक्नुपर्छ सिकेकी छु । यदि धैर्य रहनेहो भने सफलता जसरी भएपनि पाईन्छ ।
तपाईलाई अवको प्रधानमन्त्री वनाईयो भने सुरुमा के गर्नुहुन्थयो होला ?
– महिला र बालबालिकाको हितका लागि राम्रोसँग काम गर्थे ।
सेक्स के हो ?
– सेक्स भनेको प्राकृती कुरा हो । जो एकदमै महत्वपुर्ण छ । मलाई लाग्छ खाना जत्तीकै महत्वपुर्ण रुपमा म लिन्छु । तर खानाको र सेक्समा केही फरक त हुनेनै भयो । र मेरो अर्थमा सेक्स भनेको वरदानको रुप पनि हो ।
बिहेअघिको सेक्स कति ठिक हो ?
– ठिक र वेठिक मैले केही पनि भन्दीन । जो महत्वपुर्ण छ त्यसलाई सहि रुपले लिनुपर्छ र गर्नुपर्छ ।
-
https://www.youtube.com/watch?v=R4FOA5EhmGQ
-
http://nepaliactress.com/keki-adikari-featured-as-acid-attack-victim-in-a-music-video/
Scary face
(http://i2.wp.com/nepaliactress.com/wp-content/uploads/2015/07/keki-adhikari-music-video.jpg)
video
https://youtu.be/zwkpM__2O2s
-
पढाइमा अब्बल ‘हिरोइन’
अशेष अधिकारी काठमाडौं, साउन २४
स्नातकोत्तरको टोपी पहिरेपछि केकी अधिकारीले फेसबुकमा स्ट्याटस लेखिन्:
‘मलाई थाहा छैन, हातमा लिएको यो मास्टर्स डिग्रीले मेरो भविष्य परिवर्तन गर्छ कि गर्दैन। तर, आज मैले जे पूरा गरेँ, त्यसमा मलाई गर्व छ। सुटिङको बीचमा समय निकाल्दै पढेका ती दिनहरू, छुटेका कक्षाको पढाइ पूरा गर्न अनिदो बसेका ती रातहरू अनि कठिन र व्यस्त समयका बीचमा परीक्षा दिएर प्राप्त गरेको यो एमबिए डिग्री नै हो, जुन मैले कसैसँग बाँड्नु पर्दैन। यो मेरो लागि हो, मात्र मेरो लागि।’
https://www.youtube.com/watch?v=vpOwNdhUX5w
केकीले सामाजिक सञ्जालमा लेखेको यो भनाइले उनको हालचाल मात्र झल्काउँदैन, पढाइलेखाइप्रति लगाव र उनले आफ्नो व्यस्तताबीच कसरी एमबिए पूरा गरिन् भन्ने पनि बुझाउँछ।
‘पढन्ते’ हिरोइनको उपमा पाएकी केकीको विद्यार्थी जीवनको सुरुआत आफ्नै घरेलु स्कुलबाट भयो। आफ्नै आमाबुवाले चलाएको स्कुल, जहाँ उनका बुवा बद्री अधिकारी नै प्रिन्सिपल थिए।
‘अरू सबै केटाकेटी स्कुल जाने भनेपछि घरबाट ब्याग बोकेर टिफिन हल्लाउँदै जान्छन्, म भने कहीँ जानै परेन, एउटा कोठाबाट अर्को कोठामा गएजस्तै भयो,’ केकीले सेतोपाटीसँग भनिन्, ‘जिन्दगीमा जे पाइएन, त्यसैको रहर बढी हुँदो रहेछ। मलाई पनि साथीहरूजस्तै ठूलो झोला बोकेर स्कुल जान मन लाग्थ्यो, तर त्यो अनुभव कहिल्यै गर्न पाइनँ।’
केकी सानैदेखि पढाइमा अब्बल थिइन्। कक्षामा फस्ट नै हुन्थिन्। धेरैलाई के लाग्दो रहेछ भने, प्रिन्सिपलकी छोरी भएर राम्रो नम्बर ल्याएकी हो, एसएलसीमा हेरौंला!
केकीका लागि आफ्नो इमानदारीमा शंका गर्नेहरूलाई जवाफ दिन एसएलसी नै महत्वपूर्ण कसी थियो। त्यो उनका लागि आत्मसम्मानको परीक्षाभन्दा कम थिएन।
नभन्दै उनले आफूलाई प्रमाणित गरिछाडिन्।
एसएलसीमा केकीको ८६ प्रतिशत आयो।
‘मैले सबैको शंका मेटेँ,' केकीले भनिन्, 'आफूलाई प्रमाणित गरेँ।’
यो घटनाले केकीलाई जिन्दगीको पहिलो महत्वपूर्ण पाठ सिकायो– ‘औंला उठाउनेहरू धेरै हुन्छन्, त्यसबाट आत्तिने होइन, बरु आफ्नो कर्मले त्यसलाई जवाफ दिँदै जाने हो।’
उनी भन्छिन्, ‘यो घटनाले अप्ठ्यारा र असजिलासँग लड्ने साहस हुर्काइदियो, जुन आजसम्म मसँग छ।’
एसएलसीले केकीको आत्मसम्मान मात्र जोगाएन, झोला बोकेर टाढा पढ्न जाने इच्छा पनि पूरा गर्यो।
अरु घरपायक कलेज रोज्छन्, केकी भने घरबाट टाढाको कलेज भर्ना भइन्। जोरपाटी बस्ने उनी बानेश्वरको ह्वाइट हाउसमा पढ्न थालिन्।
कलेजमा नयाँ चुनौती उनलाई पर्खिरहेको थियो। त्यहाँ धेरै विद्यार्थी अब्बल थिए। आ–आफ्नो स्कुलका ‘टपर’। ती सबैबीच अघोषित किसिमको प्रतिस्पर्धा हुन्थ्यो। सबै जना कलेजमा राम्रो नतिजा ल्याएर आफ्नो स्कुलको नाक राख्न चाहन्थे। यही दबाबका कारण केकीले एकदिन कक्षा छाडिनन्। सधैं पढाइमै घोत्लिइरहिन्।
स्कुलमा ल्याएको डिस्टिङ्सन प्लस–टुमा पनि जारी रह्यो।
प्लस–टुमा उनले ७६ प्रतिशत ल्याइन्।
यहाँसम्म केकीको जीवन सामान्य र सहज थियो, त्यसपछि भने नयाँ अध्याय सुरु भयो।
त्यस बेला एनटिभी प्लसमा ‘घिन्ताङ’ भन्ने प्रतिस्पर्धात्मक नृत्य कार्यक्रम आउँथ्यो। केकी सानैबाट नाच्न सोखिन थिइन्। घर, स्कुल र कलेजकै वरिपरि बितेको जिन्दगीको दायरा अलि फराकिलो पार्न उनले उक्त नृत्य कार्यक्रममा भाग लिने निधो गरिन्।
त्यसपछि जे भयो, त्यो उनले सोचेको वा योजना गरेको लक्ष्य थिएन।
समय कटाउन जुन मोड रोजेकी थिइन्, त्यसले केकीको जिन्दगीमा नयाँ बाटो नै खनिदियो।
त्यही कार्यक्रमको एउटा शृंखलामा निर्णायक बनेर आएका गायक मिङ्मा शेर्पाले उनलाई म्युजिक भिडियोको प्रस्ताव गरे। बुवा बद्री कलाक्षेत्रसँग पनि सम्बन्धित भएकाले केकीका लागि त्यो नौलो संसार थिएन। उनले यसअघि पनि कला क्षेत्रबाट विभिन्न निम्तो पाइरहेकी थिइन्। ती निम्तोतर्फ ध्यान यस कारण दिइनन्, किनकि उनका बुवा छोरीको पढाइ बिग्रिएला भनेर चिन्तित थिए। र, सकभर केकीलाई कलाक्षेत्रबाट टाढै राख्न चाहन्थे।
‘सानो बेला म कहिलेकाहीँ बाबा र बाबाका साथीहरुको फिल्ममा डबिङ गर्न जान्थेँ। त्यही बेला पनि मलाई फिल्मको अफर गर्नेहरू धेरै हुन्थे। बाबा ती अफर सिधै रिजेक्ट गर्नुहुन्थ्यो। उहाँलाई मेरो पढाइ बिग्रेला भन्ने डर थियो,’ केकीले भनिन्।
मिङ्माबाट म्युजिक भिडियाको प्रस्ताव आएपछि भने केकीले जीवनमा कहिल्यै नगरेको काम गरिन्।
‘यसअघि मलाई कसैले सिधै आएर म्युजिक भिडियो खेल्ने हो भनेर सोधेको थिएन। त्यो कार्यक्रममा सोधियो। त्यो मेरो जिन्दगीमा सिधै आएको पहिलो अफर थियो। मैले बाबालाई सोध्दै नसोधी हुन्छ भनेँ,’ उनले भनिन्, 'सायद, मैले जिन्दगीमा आफैंले लिएको पहिलो निर्णय पनि त्यही थियो।'
हुन्छ त भनिन्, तर म्युजिक भिडियो खेल्ने भनेको लुकिछिपी गर्न सकिने काम थिएन। बुवाले सहमति दिने विश्वास पनि उनलाई थिएन। बुवालाई त छोरी ‘घिन्ताङ’ कार्यक्रममा नाच्न गएकै मन परेको थिएन।
केकीले घुमाउरो तरिकाबाट आमालाई सम्झाउन खोजिन्। भनिन्, ‘घिन्ताङबाट एउटा प्रोमोसनल भिडियोको अफर आएको छ। गरेन भने कार्यक्रमबाटै आउट हुन्छ रे।’
आमाले जवाफ दिइन्, ‘घर फर्कंदा साँझ चाहिँ नपार्नु नि।’
उनले त्यतिबेला त सहमति जनाइन्, तर सुटिङको पहिलो दिन नै घर पुग्दा राति ९ बजिसकेको थियो। घरमा ‘किन ढिलो आएको’ भन्ने प्रश्न उठ्यो। उनले नढाँटी जवाफ दिइन्, ‘सुटिङ गर्दागर्दै अबेला भयो।’
बल्ल आमाले खास कुरा थाहा पाइन्। रिसाउँदै भनिन्, ‘तैंले मलाई बाबाको गाली खुवाउने भइस्।’
केकीले आमालाई फकाउन खोजिन्, ‘आधा पूरा भइसक्यो आमा, अब आधा काम बाँकी छ। मैले जसरी पनि यो पूरा गर्नुपर्छ।’
आमासँग अनेक तरिकाबाट अनुमति लिएर उनले दोस्रो दिन सुटिङ पूरा गरिन्।
म्युजिक भिडियो रिलिज हुन नपाउँदै एकदिन उनलाई घरमै फोन आयो। विज्ञापन एजेन्सी ‘थम्सन नेपाल’ ले ‘क्लोज अप’ टुथपेस्टको विज्ञापनमा काम गर्ने अफर गर्यो। उनले अस्वीकार गरिन्।
‘त्यतिबेला मसँग मोबाइल थिएन। कता–कताबाट नम्बर पत्ता लगाएर घरमै फोन गर्नुभयो। एउटा अडिसनका लागि आउनुपर्छ भन्नुभयो। मैले म गर्दिनँ भनेँ। उहाँहरूले फेरि फोन गरेर कन्भिन्स गर्न खोज्नुभयो,’ केकीले सम्झनाको पोयो फुकाउँदै भनिन्, ‘दोस्रोपटक पनि फोन आएपछि मलाई एकचोटि आँट्न मन लाग्यो।’
‘मान्छेको जीवनमा कस्तो हुँदो रहेछ भने भाग्यले पछ्याइ–पछ्याइ आउँदो रहेछ। मलाई पनि त्यस्तै भयो।’
त्यतिबेला केकी प्राइम कलेजमा स्नातक भर्ना भइसकेकी थिइन्। एकाएक युनिलिभरको विज्ञापनमा अफर आएपछि उनलाई अलमल भयो। तै साथीको घरमा लुगा फेरेर ‘अडिसन’ दिन गइन्।
र, छानिइन्।
पहिलो काम त बाबुलाई सोध्दै नसोधी गरेकी थिइन्, यसपालि भने छल्न मन मानेन। उनले घर फर्कंदा माइक्रोमा सँगै रहेका बाबुलाई आफू विज्ञापनमा छानिएको खबर सुनाइन्।
‘बाबा बाहिरको एड छ, म गर्छु,’ उनले भनिन्, ‘साँझ पर्दैन।’
यसपालि त झन् ढिला भयो। मेकअप गर्दागर्दै राति मात्र सुटिङ सुरु भयो। बद्रीले हस्तक्षेप गरे। भने, ‘दुईवटा गर्यौ, अब पुग्यो।’
त्यसपछि एक वर्ष पढाइ नै केकीको ‘फुलटाइम’ काम भयो।
तेस्रो प्रस्ताव लिएर आइपुगे प्रसन्न पौडेल। उनले केकीलाई ‘वनमा फुल्यो फूल’ बोलमा रिमिक्स गीतको म्युजिक भिडियो खेल्न प्रस्ताव गरेका थिए। यसपटक बाबु पनि राजी भए।
‘त्यो भिडियोका लागि काठमाडौं बाहिर जानुपर्थ्यो। गएँ र गरेँ,’ केकीले सुनाइन्।
यता केकी ग्ल्यामर दुनियाँमा प्रवेश गर्दै थिइन्, उता झन्डैझन्डै त्यही बेला उनको परिवार आर्थिक समस्यासँग जुध्न थालेको थियो।
‘स्कूल ऋणमा थियो। पार्टनरहरूसित समस्या परिरहेको थियो। हामीले स्कुल छोड्नुपर्ने भयो। हाम्रो कमाइको मुख्य स्रोत नै त्यही भएकाले आर्थिक समस्याले थिच्न थाल्यो। जुन काम मैले रहरै रहरमा गर्न खोजेकी थिएँ, त्यो काम मेरो बाध्यताजस्तै बन्न पुग्यो,’ केकीले भनिन्।
परिवारको आर्थिक समस्या टार्न केकीले म्युजिक भिडियोको संख्या ह्वात्तै बढाइन्। त्यही बेला पत्रिकामा उनको घर लिलामीको सूचना निस्क्यो। उनीहरूले घर बेच्नुपर्ने भयो।
थाहै नपाई बाबाकी प्यारी छोरी बाबाको सबभन्दा ठूलो संकटमा नजिकको साथी बन्न पुगिन्।
घर लिलामीको सूचना निस्केलगत्तै केकीले फेसबुकमा लेखेकी थिइन्, ‘जीवनमा आइपर्ने सानाठूला कठिनाइले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन। मेरो स्थानमा अरू जोकोही भए पनि यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरोभन्दा भिन्न हुन्छ जस्तो मलाई लाग्दैन। जस्तोसुकै अवस्थामा पनि मेरो बुवा र आमा नै मेरो प्रेरणाका स्रोत हुन् र रहनेछन्।’
‘सुखदुःख भनेको घामछायाँ जस्तै हो। केही भौतिक सुख गुमाएँ होला। तर, शून्यबाट सुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास गुमाएको छुइनँ। मेरो प्रेरणाका स्रोतहरूले सिकाएको संस्कार गुमाएको छुइनँ। त्यसैले होला यी भोगाइ र सिकाइहरूले आफ्नो कामप्रति इमानदार भई सक्रिय रहन थप ऊर्जा मिलेको छ।’
‘विभिन्न माध्यमबाट मसँग सम्पर्क गर्दै मलाई हौसला दिनुहुने, स्नेह र सद्भाव प्रदान गर्नुहुने मेरा सबै आफन्त, परिवारजन, साथीसंगी र मेरा सबै शुभचिन्तकहरूमा हृदयदेखि नै आभार प्रकट गर्दछु। जीवनमा कमाएको सबैभन्दा मूल्यवान सम्पति नै तपाईंहरूको माया र आशिष हुन्। कलाकारका रूपमा योभन्दा बढी अमूल्य अरू के नै हुनसक्छ र? तपाईंहरूको माया र आशिष सदैव कायम रहनेछ भन्ने विश्वास लिएकी छु।’
लिलामी सूचनाले एउटा फाइदा के गर्यो भने, जुन चिजलाई समस्या ठानेर उनीहरू डराइरहेका थिए, आखिरमा समाधान पनि त्यसैमा रहेछ।
‘त्यो सूचना निस्केपछि हाम्रो परिवारको आन्द्राभुँडी सबैलाई थाहा भयो, कसैलाई लुकाउनुपर्ने केही बाँकी रहेन। भाग्यवश घरमा पैसा आउने एउटा बाटो बन्द भए पनि म व्यस्त भएकाले अर्को बाटो खुलिसकेको थियो,’ केकीले भनिन्।
घरपरिवार धान्दै चलचित्र क्षेत्रमा प्रवेशपछि केकीको दैनिकी पनि फेरियो।
सानैदेखि पढाइमा अब्बल केकीले यी सबका बीच पढाइ भने कहिल्यै छाडिनन्। भ्याएसम्म कलेज जान्थिन्। नभए स्वअध्ययन गर्दै पढाइलाई निरन्तरता दिइरहिन्। सुटिङको व्यस्तताबीच पढाइ जारी राख्नु सहज थिएन, तर असम्भव पनि उनले ठानिनन्।
‘पढाइका बीच काम गर्नुपर्ने मैले कामका बीचमा पढाइ गर्न थालेँ। भाग्यको कुरा, कामको बीचमा उपलब्ध हुने थोरै समयको पढाइ नै मेरो लागि पर्याप्त भयो। थोरै पढे पनि धेरै याद हुन्थ्यो,’ उनले भनिन्।
उनी दिउँसोभरि सुटिङ गर्थिन्। राति अबेरसम्म पढ्थिन्। सुटिङबाट घर फर्केपछि कलेजको ‘असाइन्मेन्ट’ सक्नैपर्थ्यो। कहिलेकाहीँ त छर्लंगै रात बित्थ्यो। यो धपेडीले उनको निद्रा पूरै बिग्रियो। सुटिङको बेला पनि फुर्सद पायो कि पढ्न थालिहाल्थिन्। उनको हातमा स्क्रिप्टभन्दा कलेजको किताब नै बढी हुन्थ्यो। कलेज जान नभ्याएको दिन ‘असाइन्मेन्ट’ इमेलबाटै पठाइदिन्थिन्।
‘मेरो आँखामाथिको ‘डार्क सर्कल’ त्यही समयको उपज हो,’ उनले भनिन्, ‘त्यतिबेला धेरै नै काम गरियो, मेहनत गरियो। तर, दुवैमा आधा–आधा समय बाँड्दा शतप्रतिशत दिन सकिनँ कि भन्ने लाग्छ मलाई।’
पढाइमा लगाव कतिसम्म थियो भने, स्नातकमा साह्रै धपेडी भएपछि दुई वर्ष काम रोक्ने हो कि भनेर पनि विचार गरिन्। आमाले सम्झाउँदै भनिन्, ‘एकचोटि ब्रेक भए फेरि सुरु गर्न गाह्रो हुन्छ। जसरी चलिरहेको छ, त्यसरी नै चल्न दे। अहिले जसरी मिलाइरहेकी छेस्, भोलि पनि त्यसरी नै मिल्दै जान्छ। सक्दै सकिनस् भने फेरि विचार गरौंला।’
आमाको यो कुरा उनलाई पनि मन पर्यो।
उनी प्रेसिडेन्सियल कलेजमा मास्टर्स पढ्न थालिन्। काम पनि जारी राखिन्। कलेज बिहान ९ बजे सकिन्थ्यो। सुटिङको समयसँग मेल खान्थ्यो। तर, सबै तारतम्य मिलाउँदा पनि उनका धेरै कक्षा छुट्थे। त्यसलाई पछ्याउन उनलाई थप धपेडी पर्थ्यो।
उनी यो समस्यालाई जसरी हुन्छ जितेर अघि बढ्न चाहन्थिन्।
‘आज म जे छु, जस्तो छु, जिन्दगीको त्यही अध्यायले बनाएको हो। मेरो जीवनमा त्यो समय नआउँदो हो त व्यक्तिगत रूपमा यति साहसी, यति बलियो हुने थिइनँ,’ केकीले भनिन्, ‘म अहिले जुनसुकै समस्यासँग लड्न–भिडन सक्ने योद्धा भएकी छु। यो मलाई आफ्नै जिन्दगीले सिकाएको हो।’
र, यही जिन्दगीबाट सिकेको पाठको नतिजा हो, अहिले केकीको हातमा स्नातकोत्तर डिग्री छ।
फेसबुक स्टाटसमा भनेजस्तै केकीले पाएको यो डिग्रीले उनलाई भविष्यमा केही राम्रो गर्ला या नगर्ला त्यसको कुनै ग्यारेन्टी छैन। तर, यसले उनलाई जीवनको मिहिन अर्थ केलाउने बौद्धिकता पक्कै दिनेछ। जिन्दगीमा आउने सुखदुःखका माखेसाङ्लोलाई बुद्धिमतापूर्ण ढंगले सुल्झाउने तागत पक्कै दिनेछ। र, जुन क्षेत्रमा लागे पनि त्यसमा पूरा सुझबुझका साथ निर्णय लिने ल्याकत पक्कै दिनेछ।
किनकि, उनले भनेजस्तै यो डिग्री नै एक मात्र यस्तो चिज हो, जुन उनले कसैसँग बाँड्नु पर्दैन।
यो डिग्री उनकै मात्र हो, उनकै अनवरत मिहिनेतको फल।
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३ ११:२६:४९
-
मलाई ममः प्यारो : केकी अधिकारी [Interview]
शनि, अशोज ८, २०७३
उनि निकै सुन्दरी छिन् । नेपालमा रहेका नायीकाहरुमध्ये केकी अधिकारी सुन्दरी नायीकाको रुपमा लिईन्छ भने निकै लोकप्रिय र ट्यालेन्ट नायीकाको रुपमा समेत लिने गरिन्छ । प्लस टु को उमेरदेखीनै यो क्षेत्रमा एकाएक उदाएकी उनि पहिलो कमाईनै ३५ हजारवाट सुरु गरिन भने अहिलेसम्म धेरै कमाईन् भने धेरै फ्यान पनि कमाईन । आज केकी अधिकारीसँग रामजी ज्ञवालीले छोटो छोटो कुराकानी गर्नुभएको छ, प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
कत्तिको खुसी हुनुहुन्छ जिवनमा ?
– जिवनमा खुसी हुनुपर्छ । म खुसीनै छु जिवनमा ।
निकै सुन्दरी हुनुहुन्छ, कुन सावुनले मुख धुनुहुन्छ ?
– म सावुनले मुख धुदैन । मुख धुनका लागी फेसवासनै प्रयोग गर्छु ।
यत्ति सुन्दर हुनुको राज चाहि के भन्नुहुन्छ ?
– खै, मलाई त सुन्दरताको राज केही हुन्छ जस्तो लाग्दैन । खासमा व्यक्तीको नजर कस्तो छ, उसको मन कस्तो छ त्यसअनुसार अर्को व्यक्ती कत्ति सुन्दर छ भन्ने हुन्छ ।
अहिलेसम्म कतिवटा चलचीत्रमा काम गर्नुभो ?
– एकदर्जन भन्दा माथी पुगे । १४ वटा चलचित्रमा काम गरें ।
जिवनमा कस्तो खालको चलचित्र गर्ने मन छ ?
– खासगरि मैले आएका चलचित्रलाई नाई भनिन, अव चाहि अलिकति चुजी हुनुपर्छकी भन्ने महसुस गरेकी छु ।
नेपाली चलचत्रि राम्रो चल्दै गएको छ, कस्तो लाईराछ ?
– म पनि यहि क्षेत्रमा काम गर्छु, उहि मेरो परिचय पनि कलाकार । खुसी नलाग्ने कुरै भएन, निकैनै खुसी छु । पछिल्लो समय कालोपोथी, पशुपतिप्रसाद जस्ता चलचित्र निकैनै राम्रो चल्यो, धेरै खुसी लाईराछ । नेपाली दर्शकहरु राम्रा चलचित्र र नराम्रा चलचित्र छुट्टाउन थालीसकेका छन् ।
तपाईका फ्यानहरु पनि निकैनै वढिरहेका छन्, कस्तो लाग्छ सम्झदाँ ?
– जिवन काट्दैगर्दा कहि कतै कुनैवेला प्रेसर लो भएको वेला, तनाव भएको वेला, अगाडी जान सक्दैन की जस्तो लागेको वेलामा यहि वढिरहेका साथीहरुको हौसला र मायाँलेनै अगाडी वढ्न सहयोग गर्छ । निकैनै खुसी छु यो कुरामा ।
नेपालको मन पर्ने नायक ?
– राजेश हमाल
नायीका ?
– गौरी मल्ल
तपाई धेरै देश पुग्नुभएको, कुन देश एकदमै राम्रो लाग्यो ?
– धेरै देश पुगेको छु, तर मलाई आफ्नै देश निकैनै राम्रो र प्यारो लाग्यो । मौसम, संस्कृती, भाषा र नेपालीविचको आत्मीयताले मलाई नेपालनै राम्रो लाग्छ ।
नेपालको कुन ठाउँ धेरै राम्रो लाग्छ ?
– पोखरानै धेरै राम्रो लाग्छ । त्यहाँ पुगेपछि मनै आनन्दीत वनाउँछ ।
वुवा र आमामध्ये एक जना रोज्नुप¥र्यो भने ?
– दुईवटा औलामा कुन औला काट्ने भनेजस्तै हो ।
जिवनमा पहिलोपटक कमाएको सम्झना छ ?
– म प्लस २ अध्ययनरत थिए । त्यतिवेला पहिलो म्युजिक भिडीयो गरेको थिए त्यतिवेलाको जमानामा, त्यो उमेरमा ३५ हजार कमाएको थिए, त्यतिवेलाको धेरै कमाईनै भन्नुपर्छ । त्यतिवेलाको त्यो कमाईले, प्लस २ पढ्दैगर्दा सवै पुग्छ कीजस्तो लाग्या थियो । त्यो कमाई केही आमालाई, केही साथीहरुसँग रमाईलो गरेर सकाए । एकदिनमा कमाएको त्यो कमाईले मलाई जिवनभरीनै खुसी दिन्छ ।
यति सुन्दरी हुनुहुन्छ, प्रपोजको त ओईरो लाग्छ होला है ?
– त्यस्तो त सामान्यनै हो । आजभोली सामाजिक सन्जालले धेरै सहज वनाएको छ, दैनिक जस्तैनै आउँछ प्रपोज भन्ने कुरा ।
नेपाली नायीकाहरु विदेशमा जमेका नेपालीसँग विहे गर्न थालेका छन्, तपाईको सोच के छ ?
– मलाई मेरो हुनेवाला श्रीमान कहाँ वस्छ भन्दा पनि उ कस्तो खालको छ भन्ने कुरामा ख्याल गर्छु । उसको वानी व्यवहार उसको परिवार कस्तो हेरेर मात्रै सोच्ने गर्छु । मलाई लाग्छ राम्रै व्यक्ती पाउँछु होला । अझै ५ वर्षभीत्र विहे हुदैन की जस्तो लाग्छ । तर तपाईले भनेजस्तै विदेशमा जमेकै मान्छे भन्ने सोचेको छैन ।
मनको राजकुमार यस्तो होस भन्ने चाहना छैन ?
– व्यक्ती स्मार्ट भन्दा पनि वुझ्ने खालको हुनुपर्छ भन्ने छ । अरु कुरा मैले सोचेको छैन । विगतको कुरा लिएर तनाव दिने मान्छे ठिक लाग्दैन ।
तपाईलाई आफ्नै मन पर्ने अगं ?
– आँखा
कुनै पुरुष देख्नुभयो भने सुरुमा तपाईको नजर कहाँ जान्छ ?
– आखाँमै ।
संसारमा मन पर्ने एउटा मान्छे ?
– आमानै हो । वावा सवैभन्दा वुझ्ने र मायाँ गर्ने व्यक्ती हो ।
सवैभन्दा मन पर्ने नेपाली चलचीत्र ?
– कन्यादान चलचीत्रनै राम्रो लाग्छ ।
मन पर्ने खानेकुरा ?
– ममः नै मन पर्छ । भातभन्दा पनि वढि मन पर्छ मलाई मम । विदेशका कार्यक्रमहरुमा हुँदा पनि नेपाली ममलाई निकै सम्झन्छु ।
मन पर्ने साथी ?
– मेरो वहिनी हो । उ र म निकै घनिष्ट छौं । हरेक कुरा शेयर पनि गर्छौ ।
-
https://www.youtube.com/watch?v=DWebhUnIQE4
-
worldcup ::) ???
-
ok
-
nice
-
she is a thick girl
-
Haraisakyo jasto xa ajkal ta
-
Ok
-
keki lai one night ko laagi paauna sakinchha? any contact anyone has ?
-
nice