Nepali Community Forum

xNepali Forum => All New Posts Here (सबै नयाँ पोस्ट यहाँ) => Topic started by: sag on July 06, 2014, 08:03:17 AM

Title: Sexy singer Indira Joshi in music video modeling
Post by: sag on July 06, 2014, 08:03:17 AM
Sexy singer Indira Joshi in music video modeling

Popular singer Indira Joshi has modeled in a music on her own voice. The music video titled ‘Rakshi Gilinma …’ features the voice of Indira and Laxu Niraula. The comedy themed song is written by Mahesh  Gyawali. UPDATE: an interview of the singer in TTV: On Saturday, the music video of the song was shot <a href='http://xnepali.net/fashion/sexy-singer-indira-joshi-in-music-video-modeling/' class='excerpt-more'>[...]</a>
Source: Sexy singer Indira Joshi in music video modeling (http://xnepali.net/fashion/sexy-singer-indira-joshi-in-music-video-modeling/)

** From Fashion and Model blog ***
Title: Re: Sexy singer Indira Joshi in music video modeling
Post by: NepDude on July 06, 2014, 03:59:19 PM
Indira photo
Title: Re: Sexy singer Indira Joshi in music video modeling
Post by: tundikhel on October 30, 2015, 02:23:44 PM
इन्दिराको जीवनशैली

शिव मुखिया

आश्विन ८, २०७२- जब उनी स्टेजमा उक्लिन्छन्, वातावरण रंगीन बन्छ । उनको ग्ल्यामरस गेटअप, लोभलाग्दो पर्फमेन्स तथा लयात्मक ध्वनिले दर्शकमाझ उथलपुथल नै ल्याइदिन्छ । त्यसैले पनि ‘उध्रेको चोली’ की यी गायिका कन्सर्टका निम्ति ‘हटकेक’ बनेकी छिन् । 

स्टेजमा इन्दिरा जोशीको जुन चमकदमक छ, निजी जीवनमा त्यसको प्रतिछायाँसम्म देखिँदैन । उनी सादा छिन् । सामान्य खानपान, सामान्य पहिरन, सामान्य दिनचर्या । इन्दिरालाई यस्तै जीवन स्वीकार्य छ । बिहान ६ बजे उठ्यो, रियाज गर्‍यो, गीत स्वरबद्ध गर्‍यो अनि साँझ घर फर्कियो । यही उपक्रममा उनको एक दिन बित्छ । खानामा विशेष ‘च्वाइस’ छैन, न त पहिरनमै ।  ‘सामान्य दाल, भात, तरकारी भए पुग्छ,’ इन्दिरा भन्छिन्– ‘घरमा जे पाकेको छ, मज्जाले खान्छु ।’

तराईमा जन्मी हुर्किएका उनलाई अलि मीठो खानुपरे रोटी चाहिन्छ । चिकेन ग्रेभीको स्वादमा पनि उनको जिब्रो लोभिएको छ । यद्यपि अहिले उनले धेरै चिल्लो वा मसलेदार खानामा कटौती गरेकी छिन् । ‘पहिले बाहिरको खाना मीठो लाग्थ्यो,’ इन्दिरा भन्छिन्– ‘अहिले खानामा उति आशक्ति छैन ।’ 

खाना जस्तै पहिरनमा पनि उनको खास आशक्ति छैन । जिन्स, टिसर्ट तथा फ्ल्याट सुज भए पुग्छ । अक्सर साथमा ह्यान्ड ब्याग, नाडीमा कुनै ब्रान्डको घडी र आँखामा गगल्स छुट्दैन । औपचारिक कार्यक्रम एवं कन्सर्ट छ भने सेतो रंगको सर्ट, पाइन्ट वा पेन्सिल स्कर्टमा ठाँटिन्छन् । ट्रेडिसनल आउटफिटमा साडी वा कुर्ता–सुरुवाल पनि मन पर्छ । गरगहनामा उति रुचि छैन । ड्रेसअप र मेकअपका लागि २० मिनेट पर्याप्त हुन्छ । कन्सर्ट वा सांगीतिक कार्यक्रम नभएको अवस्थामा उनको दैनिकी नियमित हुन्छ ।

उनी बिहान ६ नबज्दै ओछ्यान छाड्छिन् । ‘म उज्यालोमा निदाउन सक्दिनँ,’ इन्दिरा भन्छिन्– ‘त्यसैले बिहान झ्यालमा उज्यालो आएपछि बिउँझन्छु ।’  उठ्नासाथ चार गिलासजति पानी पिउने बानी छ । बिहानको केही समय संगीत साधनामा लगाउँछिन् । सामसुङको ग्यालेक्सी नोट–थ्रीमा कुनै धुन ट्युन गर्छिन् र त्यसमा लय मिलाउँछिन् । केही बेर उनको कण्ठवाट ‘ओम’ को ध्वनि गुञ्जन्छ । यतिबेलासम्म इन्दिराको अगाडि ब्रेकफास्ट र मिल्क टी तयार भैसकेको हुन्छ । अक्सर ब्रेकफास्टमा ब्रेड, फ्राइ वा उसिनेको अन्डा बन्छ । ब्रेकफास्ट पछि उनको चलायमान दैनिकी प्रारम्भ हुन्छ । 

इन्दिरा प्राय: ११ बजे घरबाट बाहिरिन्छन् । काठमाडौं आसपासमा काम छ भने आफ्नै गाडीमा हुइँकिन्छिन् । दुई वर्षयता उनी स्कोडाको फाबिया चढ्न थालेकी छिन् । उनी स्वयं ड्राइभ भने गर्दिनन् । ‘जुन ठाउँमा पुग्नुपर्ने हो, त्यहाँ पार्किङ गर्ने ठाउँ नहुने र अर्कै ठाउँमा लानुपर्ने भएकाले ड्राइभर राखेकी छु’ इन्दिरा भन्छिन् ।  घरबाट निस्किएपछि उनको गन्तव्य हुन्छ– जमलस्थित डोरेमी संगीत पाठशाला । डोरेमीमा सहपाठी एवं सांगीतिक गुरुहरूसँग भलाकुसारी हुन्छ । इन्दिराले यहीं संगीत सिकेकी हुन् । त्यसबाहेक उनी कुनै पनि बेला कुनै पनि रेकर्डिङ स्टुडियो पुग्न सक्छिन्, त्यसको खासै टुंगो हुँदैन । फोटोसुट तथा अन्तर्वार्ताले पनि उनलाई व्यस्त बनाउँछ ।  एक बजेपछि उनी घर फर्कन्छिन्, खाना खान । विगतमा बाहिर रेस्टुराँकै खानाले उनको पेट भरिन्थ्यो । अहिले त्यस्ता खानाले पेट भरिए पनि मन भरिँदैन । त्यसैले खानाका लागि घर पुग्नैपर्छ । आफ्नै भान्सामा पाकेको खान्कीले मात्र उनलाई सन्तुष्ट तुल्याउँछ ।  खानपानपछि इन्दिरा फेरि घर बाहिर निस्कछिन् ।

मध्यान्हतिर उनलाई लाजिम्पाटको फ्राइडे क्याफेमा भेट्न सकिन्छ । अन्तर्वार्ता, भेटघाट तथा फोटोसुटका लागि फ्राइडे क्याफे नै बढी सहज लाग्छ । ‘त्यहाँ म अलि फ्रेस महसुस गर्छु’ इन्दिरा भन्छिन्– ‘त्यसैले दिनभरको काम सकेसम्म त्यहीं बसेर पूरा गर्छु ।’ इन्दिरा ६–७ बजेभित्र घर फर्कन्छन् । त्यसपछि उनी मनतातो पानीले नुहाउँछिन् । फ्रेस भैसकेपछि रातको खाना खाने बेला हुन्छ । यतिबेला घरका सबै सदस्य भेला भएर रमाइलो गर्दै खाने चलन छ । खानामा आटाको रोटी, तरकारी, दाल र अचार हुन्छ । ‘रातको खानामा एक–अर्कालाई पर्खेर भए पनि सबै सँगै बस्छौं,’ इन्दिरा भन्छिन् । डिनर र सुत्ने समयको ग्याप कम्तीमा तीन घण्टाको हुन्छ । ‘खाना खानासाथ सुत्दैनौं,’ उनी भन्छिन्– ‘स्वास्थ्यका लागि पनि हामी तीन घण्टाको ग्याप राखेर खान्छौं ।’ 

खानापछि सबै आ–आफ्नै दुनियाँमा भुलिन्छन् । कोही टेलिभिजन हेर्छन्, कोही गफगाफमा व्यस्त हुन्छन् । इन्दिराचाहिँ फेसबुक अपडेट गर्छिन् । उनीसँग ग्यालेक्सी नोट थ्री, आइप्याड र म्याकबुक इयर छ ।  इन्दिरा त्यति टेलिभिजन हेर्दिनन् । चलचित्र हेरेर वा संगीत सुनेर भने उनको धीत मर्दैन । पुस्तक पढ्ने पारिवारिक संस्कार नै छ । ‘घरका सबै जना पुस्तक क्रेजी छन्,’ इन्दिरा भन्छिन्– ‘त्यसैले म पनि पुस्तकहरू पढिरहेकी हुन्छु ।’ १० बजेभित्र उनी ओछ्यानमा पुगिसकेकी हुन्छिन् ।   


प्रकाशित: आश्विन ८, २०७२
Title: Re: Sexy singer Indira Joshi in music video modeling
Post by: sag on November 02, 2015, 11:56:09 PM
(http://i1.wp.com/badmasi.com/wp-content/uploads/2014/06/indira-joshi-hot-poses-4.jpg)

(http://i2.wp.com/badmasi.com/wp-content/uploads/2014/06/indira-joshi-dance-shooting.jpg)
Title: Re: Sexy singer Indira Joshi in music video modeling
Post by: Thu108a8u on November 08, 2015, 08:53:23 AM
nepali Shakira :D 8) 8)