Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on February 14, 2015, 11:20:00 PM

Title: Paras Shah - ex-Prince
Post by: tundikhel on February 14, 2015, 11:20:00 PM
पारस बिग्रनुमा कस्को दोष ? जेल पर्दा निर्मल निवासमा खुशियाली...

http://www.youtube.com/watch?v=-bcod19zPLs
Title: Re: Who spoiled ex-Prince Paras? Gyanendra celebrates Para being jailed
Post by: tundikhel on February 24, 2015, 03:36:05 PM

हिमानीले भेटे पछि पारस थाई प्रेमिकालाई छोडेर नेपाल आउन राजी

फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाह पारसलाई राखिएको थाइल्याण्डको जेलमा नै गएर भेटे पछि उनलाई स्वदेश फर्काउने तयारी पनि शुरु भएको छ । पारस जेलमा परे पनि उनलाई छुटाउन उनका बाबु र पूर्ब राज परिवारले कुनै पहल नगरेको गाइगुइ हल्ला शुरु हुँदै गर्दा हिमानीको यो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

http://xnepali.net/np/
Title: Re: Who spoiled ex-Prince Paras? Gyanendra celebrates Para being jailed
Post by: sag on February 25, 2015, 01:42:48 PM
Paras coming back to Nepal

https://www.youtube.com/watch?v=PUPllQay3IY
Title: Re: Who spoiled ex-Prince Paras? Gyanendra celebrates Para being jailed
Post by: sag on February 27, 2015, 06:24:10 AM
यो पनि ...
ज्ञानेन्द्र कै मास्टर प्लान जस्तो पो छ त ... पारसलाई जेल हाल्नु पनि ....

https://www.youtube.com/watch?v=zvBK-dMX0C4
Title: Re: Who spoiled ex-Prince Paras? Gyanendra celebrates Para being jailed
Post by: kurakani on March 04, 2015, 08:45:23 PM
There is some conspiracy going on. 
Title: Re: Who spoiled ex-Prince Paras? Gyanendra celebrates Paras being jailed
Post by: tundikhel on March 08, 2015, 07:04:59 AM
Paras coming back to Nepal

https://www.youtube.com/watch?v=PUPllQay3IY



Any updates on when is he coming back ?
Title: Re: Who spoiled ex-Prince Paras? Gyanendra celebrates Paras being jailed
Post by: sag on April 02, 2015, 09:20:24 AM
Paras coming back to Nepal

https://www.youtube.com/watch?v=PUPllQay3IY


आज नेपाल फर्कँदै छन् पूर्व युवराज पारस

थाईजेलबाट रिहा भएका पूर्व युवराज पारस शाह बिहिबार नेपाल फर्कन लागेका छन् । उनी बिहीबार मध्यान्ह साँढे १२ बजे थाईएअर मार्फत स्वदेश फर्किन लागेको बुधबार अबेर रातोपाटीसँग फेबुकमार्फत सम्पर्कमा आएका निकतस्थ साथी सुनिल खड्काले जानकारी दिए ।paras shah
मातृभूमिका लागि युवा अभियान चलाउँदै आएका उनले पारसँगै आफूपनि नेपाल आउन लागेको बताउँदै पारस गत मार्च २६ का दिन जेलबाट रिहा भएको जानकारी दिए । लागू औषध कारोबारको अभियोगमा थाई प्रहरीले उनलाई पक्राउ गरेर जेल चलान गरेको थियो ।
‘उहाँ भोलि स्वदेश फर्कँदै हुनुहुन्छ, म पनि सँगै आउँछु’, उनले भने, ‘२६ मार्चमा जेलबाट रिहा हुनुभएको हो ।’
पारसलाई अदालतले उनको लागूऔषध कारोबारको मुद्दामा सफाई दिइसकेको बताइएको छ । उनी फेरि उतै फर्किने गरी स्वदेश आउन लागेका हुन् या यतै रहनेछन् त्यसबारे भने केहि खुलाइएको छैन।
लामो समयदेखि थाइल्याण्डमा बस्दै आएका पारस नेपाल आउने बेलाबेलामा चर्चा चल्ने गरेपनि त्यो त्यो पर सर्दै गएको थियो ।
Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on April 02, 2015, 09:26:03 AM
(http://www.nayapage.com/npage/wp-content/uploads/2015/03/Paras-Cover1.gif)

पूर्व युवराज पारस शाहले आफुलाई राजनीतिज्ञ भन्दै बयान दिएका छन् । चार बर्षअघि कांग्रेस नेतृ सुजाता कोइरालाका बंगाली ज्वाईँ रुबेल चौधरीमाथि गोली प्रहार गरेको घटनामा पारसले आफ्नो पेशा राजनीति भएको बताएका हुन ।
चितवनका तत्कालिन प्रमुख जिल्ला अधिकारी समक्ष पारसले दिएको लिखित बयानको प्रति नयाँपेजले फेला पारेको छ । बयानमा उनले आफ्नो परिवारमा ७ सदस्य मात्रै भएको बताएका छन् । जबकि उनको परिवारमा श्रीमति हिमानी, तीन छोराछोरी(कृतिका, पूर्णिका र हृदयेन्द्र), बाबुआमा(पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल) र हजुरआमा रत्न राज्यलक्ष्मी गरि ८ सदस्य छन् । हजुरआमा रत्नलाई उनले आफ्नो परिवारको सदस्यमा गणना नै गरेका छैनन् ।
paras-photo2

पूर्व युवराज पारसले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख समक्ष दिएको लिखित बयान

आपराधिक र विवादास्पद् गतिविधिका कारण पूर्व युवराज पारस प्रायः चर्चामा आइरहन्थे । पछिल्लो समय बैंककमा रहेका उनी त्यहाँ पनि लागु औषधसहित पक्राउ परे । र, अहिले जेलमा छन् । दरबारको सदस्य भएकै कारण उनले आफुलाई राजनीतिज्ञ भनेको अनुमान गरिएको छ ।

यसरी भएको थियो पारस–रुबेल झगडा
जेठी पूर्णिकाको जन्म दिन मनाउन पूर्व युवराज पारस परिवारसहित २२ मंसिर २०६७ मा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाइगर टप्स पुगेका थिए । छोरीको जन्मदिन मंसिर २५ मा थियो । पारसले मंसिर २६ गतेसम्मको लागि होटल बुक गरेका थिए ।

कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाईँ बंगलादेशी नागरिक रुबेल चौधरी २५ मंसिरको दिउ“सो साढे चार बजेतिर श्रीमति र साथीहरुसहित टाइगर टप्समा पुगेका थिए । तीन दिनदेखि त्यहीँ बसिरहेका पारससित उनको त्यही दिन साँझ चिनजान भयो । त्यसअघि उनीहरुबीच चिनजान समेत थिएन् ।

बाघको शिकार गर्न नमानेपछि फायरिङ
२५ मंसिरकै राती साढे सात बजे रुबेलका परिवार होटलको गोलघरमा बसेर खाना खाइरहेका बेला पूर्व युवराज पारस हातमा एक बोतल ब्ल्याक लेबल ह्वीस्की लिएर आए । पारसस“ग उनका ज्वाईं राजिव शाही पनि थिए । चितवनको भरतपुर नगरपालिका–१ घर भएका फडिन्द्र भण्डारी र अभयबहादुर शाह पनि त्यही“ थिए । पारसका ज्वाईं राजीवले पारस र रुबेलबीच चिनजान गराइदिए ।

paras-photoचिनजानपछि रुबेलले खाना खाइसकेका पत्नी र छोरालाई सुत्न पठाए । आफु पारससँगै बसेर ह्वीस्की पिउ“दै राजनीतिक गफमा मस्त बने । लाउडा विवाद, हेटौंडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, बोइङ ७५७ बेचेको कुरामा दुईबीच गफ हुँदा विवाद बढ्दै गयो । दुवैलाई रक्सीले छोइसकेको थियो ।
मात बढ्दै गएपछि मध्यरातमा बाघकोे शिकार गर्न जानेसम्मको कुरा चल्यो । रुबेलले शिकार खेल्ने कुरा अस्वीकार गर्दा पारसले जिद्दी गर्न थालेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका तत्कालिन प्रहरी नायव उपरीक्षक दीपक थापासमक्ष दिएको बयानमा रुबेलले बताएका छन् । आफुले जान नमानेपछि पारसले निधारमा पेस्तोल ताकेको बयान उनले दिएका छन् ।
‘गोजीबाट पेस्तोल निकाली निधारमा गोली ताकी, गाली गलौज नराम्रँ शब्दहरु, ‘यु आर डेड, यु आर द वास्टर्ड, वी ह्याज फिनिष्ड होल मोनार्की, सिन्स यु ह्याभ अराइभ्ड दिस कन्ट्री’ भनेर सुट गर्न लागेका थिए’, रुबेलले बयानमा भनेका छन् । पारसले श्रीमती र छोरालाई समेत सिध्याइदिने धम्की दिएको बयान रुबेलले दिएका थिए । रक्सीले मातेका पारसलाई छलेर नजिकैको झाडीमा लुक्न गएपछि बन्दुक पड्केको आवाज आएको चौधरीको बयानमा उल्लेख छ ।

मुद्दा दर्ता र पारस पक्राउ
घटनाको स्थलगत मुचुल्का गरी इलाका प्रहरी कार्यालय दिव्यनगरका तत्कालिन प्रमुख प्रहरी गंगाबहादुर क्षत्रीले प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसमक्ष प्रतिवेदन बुझाएका थिए । सोही प्रतिवेदनलाई आधार मानी जिल्ला प्रहरी कार्यालयले २८ मंसिरमा जिल्ला प्रशासनमा मुद्दा दर्र्ता ग¥यो  ।
टाइगर टप्स होटलबाट सिधै पोखरा गएका पूर्व युवराज पारसलाई कास्की प्रहरीले पोखराबाटै पक्राउ गरेको थियो । प्रहरीले उनलाई हेलिकोप्टरबाट चितवन ल्याइएर तीन दिनसम्म मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा राखिएको थियो ।

(http://www.nayapage.com/npage/wp-content/uploads/2015/03/paras-photo-684x1024.gif)
Title: Re: Paras Shah - ex-Prince
Post by: kurakani on April 05, 2015, 10:43:34 PM
Himani le pani chodera India Jane re.
Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on April 06, 2015, 04:47:25 PM
 पूर्वयुवराज पारस शाहले सोमबार राजधानीका चार शक्तिपिठहरूको दर्शन गरेका छन्।

चार दिनअघि स्वदेश फर्किएका पूर्व युवराज पारस शाहले आज बिहानै काठमाडौंका गुह्येश्वरी, पशुपतिनाथ, संकटा र तलेजु मन्दिरको दर्शन गर्दै आफ्नो ग्रहदशा नाश होस् र परिवारसँग सम्बन्ध राम्रो बनोस् भन्ने कामना गरेको बताइएको छ।

बिहान साढे ७ बजे कुण्डलिनी क्लबबाट निस्केका उनी सुरूमा गुह्येश्वरी त्यसपति पशुपतिनाथको दर्शन गरेका थिए।

पशुपति दर्शनपछि हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर पुगेका उनले संकटा मन्दिरमा पुगेर पारसले आफ्नो ग्रहदशा कटोस् भनेर कामना गरेका थिए।

संकटाबाट पारस आफ्ना सहयोगीसँगै साढे १० बजे कुण्डलिनी क्लव फर्किएका छन्। उनका परिवारले निर्मल निवास आउन रोक लगाएपछि पारस हाल धुम्वाराहीस्थित कुण्डलिनी हेल्थ क्लवमा बस्दै आएका छन्।

Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on April 06, 2015, 06:41:12 PM
https://www.youtube.com/watch?v=g1s7WDLcA2U
Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on April 08, 2015, 12:24:11 PM

पारस शाह मासिक २५ हजार भाडा तिरेर कुण्डलिनीमा


 झण्डै ४ वर्षपछि स्वदेश फर्किएका पूर्वयुवराज पारस शाह मासिक २५ हजार भाडा तिरेर काठमाडौंको चण्डोलस्थित कुण्डलिनी सुइट होटल एण्ड हेल्थ रिसोटमा बसेका छन्।

त्रिभुवन विमानस्थलमा सवा १ बजे  हवाइजहाजबाट ओर्लेका पारस सिधै कुण्डलिनी पुगेका हुन्। कुण्डलिनीको १०१ नम्बरको सुइट रुममा पारस बसेका छन्। उनी बसेको सुइट रुममा २ वटा कोठा छ, जसमा किचेन  र वाथरुम एटेज छ । ९ वटा अपार्टमध्ये ४ वटामा मानिसहरु बस्दै आएका छन् । बाँकी खाली छ ।

किचेन एचेट भएपनि पारसले खाना बाहिरैबाट मगाउने कुण्डलिनी स्रोतले जानकारी दियो ।

अपार्टमेन्टका लागि भवन तयार भएपनि अहिले त्यो निमाणाधिन छ । अपार्टमेन्टमा हेल्थ ल्याण्ड केयर बनाउने तयारी  भइरहेको छ । लागू औषध मुद्दामा पछिल्लो समय असोज २५ मा जेल परेका पारस मंगलबार मात्र जेलमुक्त भएका हुन्। गत आइतबार भान्जाको ब्रतबन्धमा सहभागी हुन नपाएका पारस २१ गते सोल्टीमा हुने पार्टीमा भने सहभागी हुने भएका छन्।

नेपाल बस्ने या फेरि उनी थाइल्याण्ड फर्कने भने निधो भइसकेको छैन।
Title: Re: Paras Shah - ex-Prince
Post by: anand on April 14, 2015, 11:22:36 AM
पारसलाई ‘डिपोर्ट’ गरिएको खुलासा, नसुध्रिएसम्म निर्मलनिवासमा प्रवेश निषेध

जयप्रकाश त्रिपाठी, काठमाडौं, २९ चैत्र । पूर्वयुवराज पारस स्वेच्छाले स्वदेश फर्किएको नभई उनलाई थाई अध्यागमनले डिपोर्ट (देशनिकाला) गरेको समाचार प्राप्त भएको छ । पारसको निकटवर्ती सूत्रले जनाएअनुसार तोकिएको धरौटी रकम जम्मा गरेपछि थाई अदालतले उनलाई एक वर्ष पुनस्र्थापना केन्द्रमा रही उपचार गराउनका लागि काराबासमुक्त गर्न आदेश दिएको थियो । पुनस्र्थापना केन्द्रमा भर्ना हुनका लागि विदेशी नागरिकको भिसा (प्रवेशाज्ञा) हुनुपर्ने व्यवस्था भएकोले पारसको पासपोर्टमा भिसाको म्याद थप्ने प्रक्रिया सुरु गर्न प्रहरीले उनलाई थाई अध्यागमन विभागमा लिएर गएको, तर अध्यागमन विभागले धेरै अघि नै सकिएको भिसाको म्याद थप गर्न नचाहेको र पारसलाई ‘डिपोर्ट’ गर्ने निर्णय गरेको थियो । थाई अध्यागमनले देश निकाला गर्ने निर्णय गरेलगत्तै उनलाई विमान चढाएर नेपाल पठाइएको थियो । यसरी पारसको नेपाल ‘आगमन’ भएपछि थाई अदालतको आदेश के हुने भन्ने गम्भीर कानुनी प्रश्न खडा भएको छ । उनी एक वर्ष थाइल्यान्डको पुनस्र्थापना केन्द्रमा उपचार गर्न नगए थाई अदालतको निर्णय अवज्ञा गरेको ठहर हुनेछ र अदालतको आदेश अवज्ञा गरेको कसुरमा थप दण्डको भागी हुनेछन् । पुनस्र्थापना केन्द्रमा जानका लागि पारसलाई थाई सरकारले भिसा दिने–नदिने अनिश्चित छ ।
यसरी बाध्यतापूर्वक नेपाल आइपुगेका पारसले निर्मलनिवासमा प्रवेश पाएका छैनन्, उनी कुण्डलिनी क्लबमा बसिरहेका छन् । पारसलाई निर्मलनिवासमा प्रवेशको अनुमति नभए पनि छोराछोरी तथा बहिनीहरूले भने क्लबमै गएर पारसलाई भेटेका छन् । पारसलाई भेट्न पिता–माता र पत्नी हिमानीले पनि चाहिनन् । एक वर्ष पुनस्र्थापना केन्द्रमा बसेर सुध्रिएपछि मात्र भेट्न सकिने सन्देश निर्मलनिवासबाट पारससमक्ष पठाइएको जानकारीमा आएको छ । एक सूत्रले जनाएअनुसार पारसका कारण पिता ज्ञानेन्द्र र माता कोमल ज्यादै दुःखी बनेको र नसुध्रिएको अवस्थामा उहाँहरूले छोराको मुखसमेत हेर्न नचाहनुभएकोले पारसलाई निर्मलनिवास प्रवेशमा कठिनाइ उत्पन्न भएको हो । त्यस्तै युवराज्ञी हिमानी पनि पारस नसुध्रिएको अवस्थामा सम्बन्ध सहज बनाउन अनिच्छुक रहेको बताइन्छ । एकातिर राजपरिवारको बदनाम गरेको पीडा त निर्मलनिवासले भोगिरहेकै छ, लागूपदार्थको कुलतमा फसेको र कुनै रहस्यमयी थाई युवतीसँग नाजायज सम्बन्ध बनाएका कारण युवराज्ञी हिमानीले थप पीडा सहनुपरेको छ । राजपरिवारका केही शुभचिन्तकहरूले पारसको रक्तपरीक्षण गरिनुपर्ने पनि बताइरहेका छन् । तर, हिमानीले भने एक वर्ष पुनस्र्थापना केन्द्रमा बसेर पूर्ण रूपमा सुध्रिए आपसी सम्बन्ध सहज ढङ्गले अघि बढ्ने सन्देश पारशलाई पठाउनुभएको बताइन्छ ।
लामो अन्तरालमा नेपाल आएका पारसलाई उनका शुभचिन्तक तथा केही नातेदार र साथीहरूले कुण्डलिनी क्लबमै गएर भेटेका छन् । पारस आफ्ना केही पुराना साथीहरूबाट घेरिएका छन् र उनले आफू अब सामान्य जीवनमा फर्कन चाहेको बताइरहेका छन् । गत सोमबार बिहान उनी साथीहरूका साथ केही मन्दिरमा देवी–देवताको दर्शनका लागि पुगेका थिए । तलेजु, गुह्येश्वरी, पशुपति, मखन महादेव, सङ्कटा र महांकालको दर्शन गर्न पुगेका पारसलाई देखेपछि मन्दिरका अन्य दर्शनार्थीहरूले उनलाई सहानुभूतिपूर्वक नियालेका (हेरेका) थिए ।

Title: Re: Paras Shah - ex-Prince
Post by: anand on April 15, 2015, 02:46:16 PM
छोरा छोरी लिएर घुम्न निस्केछन ...
पारस

Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on July 28, 2015, 02:27:25 AM
Sick again ....

http://xnepali.net/np/1758

https://www.youtube.com/watch?v=SRa7e5gtPfM
Title: Re: Paras Shah - ex-Prince
Post by: anand on July 30, 2015, 02:25:36 PM
हिमानी नआएपछि आफैं गाडी चलाएर अस्पतालबाट निस्किए पारस

काठमाण्डु, १३ साउन– पूर्वयुवराज पारस शाह चार दिनको अस्पताल बसाइपछि बुधबार डिस्चार्ज भएका छन् ।

मुटुमा समस्या देखिएपछि पारस आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । शल्यक्रियापछि पारसको मुटुमा पेसमेकर जडान गरिएको थियो । उनलाई लिन श्रीमती हिमानीसहित परिवारका कोही पनि अस्पताल गएनन् । बाबु ज्ञानेन्द्र र हिमानी आइतबार नै पारस भेट्न नर्भिक पुगेका थिए ।

अस्पतालबाट बाहिरिएलगत्तै पारस आफैंले गाडी हाँकेका थिए । लागुऔषध मुद्धामा जेल बसेर बैंककबाट पाँच महिनाअघि स्वदेश फर्केका उनी पछिल्लो समय छाउनीस्थित बहिनी प्रेरणाको घरमा बस्दै आएका छन् । पारसलाई यसअघि बैंककमा छँदा दुईपटकसम्म हृदयघात भएको थियो ।
Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on November 05, 2015, 12:55:43 PM
लाजिम्पाटको त्रिसरा बारमा पारसले यसरी मच्चाए हंगामा

पूर्व यूवराज पारस शाह विगतमाझैं डिस्को र रेष्टुरेन्ट गएर झगडा गर्न थालेका छन् । थाइल्याण्डमा रेटुरेन्ट तोडफोड गर्दा पक्राउ परेका उनले केही दिनअघि काठमाडौंमा पनि एक रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेगरेका छन्।  गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा उनले बियरको बोतल फुटाएर रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् ।रेष्टुरेन्टको भित्री कोठामा गएर बसेका उनले मदिरा पिएर आफ्नै साथीहरुसँग झगडा गरेका हुन् । रेष्टुरेन्टका मालिकलाई समेत घाँटी थिचेर उनले कुट्ने प्रयास गरेका थिए ।पछि झगडा भएको खबर प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले रेष्टुरेन्टमा प्रहरी टोली पठाएका थिए ।त्यतीबेला झगडा साम्य भइसकेको थियो । रेष्टुरेन्टमा मदिरा पिएर बसेको खबर पाएपछि प्रहरी भने हस्तक्षेप नगरी पार्किङमा बसेको थियो ।

 बेलुका करिब साढे १० बजे उनी फर्किएपछि प्रहरी पनि फर्किएको थियो । बा ११ च ४११५ नम्बरको गाडी चढेर उनी फर्किएका थिए ।
खराब आचरणकै कारण उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा छिर्न दिएका छैनन् । काका धीरेन्द्रका छोरीको परिवारसँग उनी बस्दै आएको स्रोत बताउँछ । लागूऔषध सेवन गर्ने तथा रेष्टुरेन्टमा झगडा गरेकै कारण पारस थाइल्याण्डमा जेल नै बस्नुपरेको थियो ।

 करिब ६ महिना अघि नेपाल आएका उनी उनी सुरुमा घरभित्रै मदिरा र लागूऔषधमा रमाएपनि पछिल्लो समय डिस्को र रेष्टुरेन्ट धाउन थालेका छन् ।थाइल्याण्डमा केही महिना जेल बसेपछि उनी धरौटीमा छुटेलगत्तै नेपाल आएका हुन् । पछिल्लो समय पूर्वयूवराज्ञी हिमानीले समेत उनको वास्ता गर्न छाडेकी छिन् । बैंककमा थाई प्रेमिका कन्निकासँग बस्दै आएको थाहा पाएपछि हिमानीले पारसको वास्ता गर्न छाडेकी हुन् । बैंककमा हुुँदा गम्भीर किमिसको हृदयघातबाट पनि उनी बच्न सफल भएका थिए । मदिरा र लागूऔषध सेवन नगर्न उनलाई चिकित्सकले कडा चेतावनी दिएपनि उनले छाडेका छैनन् । नर्भिक अस्पतालमा उनी नियमित चेकिङमा जाने गरेका छन् ।

यूनाइटेड पोष्ट साप्ताहिकबाट
Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on November 05, 2015, 04:08:01 PM
https://www.youtube.com/watch?v=9dHQauXK-ig
Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on December 13, 2015, 03:14:00 PM
लागु पदार्था र गाँजाले खाएको अबस्था ..

https://www.youtube.com/watch?v=xMMmyu4vrK0
Title: Re: Paras Shah - ex-Prince
Post by: tundikhel on February 04, 2016, 05:12:58 AM
arko news
https://www.youtube.com/watch?v=v1kTIa9-U44
Title: Re: Paras Shah - ex-Prince
Post by: MikeSpec on February 05, 2016, 09:58:15 PM
Intresting

(http://s07.flagcounter.com/mini/uyE8/bg_000000/txt_000000/border_000000/flags_0/) (http://info.flagcounter.com/uyE8)
Title: Re: Paras Shah - ex-Prince
Post by: sag on February 26, 2016, 03:01:16 PM
फेरि अर्को लफडा -
सौता सौताको लडाइ

https://www.youtube.com/watch?v=uAgSWZZWGms
Title: Re: Paras Shah - ex-Prince
Post by: bigggie on September 23, 2016, 03:20:25 AM
They should honestly make a movie on him lol
Title: Re: Paras Shah - ex-Prince
Post by: anand on May 01, 2018, 11:22:10 AM
https://www.youtube.com/watch?v=u9nQ5ryY9Ts
Title: Re: Paras Shah - ex-Prince
Post by: anand on October 21, 2018, 10:37:21 PM
https://www.youtube.com/watch?v=_MRbqtmqMi0
Title: Re: Paras Shah - ex-Prince
Post by: anand on October 21, 2018, 10:37:50 PM
https://www.youtube.com/watch?v=fRENPowMmck
Title: Re: Paras Shah - ex-Prince
Post by: anand on October 23, 2018, 08:26:11 AM
#१ number ma trending ...
first time होला !

पारसलाइ कहिल्यै सप्रन नदिने भए .. 
https://www.youtube.com/watch?v=rnHpz6ouPP8
Title: Re: Paras Shah - ex-Prince
Post by: nepalima on October 23, 2018, 06:26:46 PM
trending 1 in nepal nepali movie south movie lai pachhi pardaI la badhai chha