Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on February 17, 2015, 05:31:02 AM

Title: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: tundikhel on February 17, 2015, 05:31:02 AM
http://nepaliactress.com/shilpa-pokharel-a-master-plan-to-dethrone-rekha-thapa/

Chhabi Ojha once said Shilpa Pokharel is another Rekha Thapa of Nepali film industry.

Now it is clear he is working very hard to make it happen.

Shilpa's debut movie 'Lazza' became a success.

Chhabi has a master plan to replace Rekha Thapa by Shilpa at the top position.

Chhabi Ojha has announced two sequel movies of the films originally of Rekha Thapa now featuring Shilpa Pokharel.

Kismat – 2 will feature Shilpa Pokharel in lead role.
Hit movie of Rekha Thapa
Hifajat 2 to directed by Gyanendra Deuja will also feature Shilpa.

(http://nepaliactress.com/wp-content/uploads/2015/02/rekha-thapa-and-shilpa-pokharel.jpg)
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: tundikhel on February 17, 2015, 06:09:04 AM

छवि भन्छन् : ‘शिल्पा अभिनय भनेपछि मरिहत्ते गर्छिन्’

छवि ओझाले निर्माण गर्ने दुई फिल्म ‘किस्मत-२’ र ‘हिफाजत-२’ मा शिल्पा पोख्रेलले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । निर्माता ओझाको भनाई अनुसार शिल्पा अभिनयका लागि ज्यान दिन तयार छिन् । ‘शिल्पा अभिनय भनेपछि मरिहत्ते गर्छे, यस्तो मान्छेलाई नायिका बनाउनैपर्छ ।’ अनलाईनखबरसँग कुरा गर्दै ओझाले भने ।

छवि ओझाकै ब्यानरमा बनेको ‘लज्जा’ र ‘हवल्दार सुन्तली’मा शिल्पाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । दुबै फिल्ममा शिल्पाको काम तारिफयोग्य भएको दाबी गरे ओझाले ।

नेपाली फिल्ममा नायिका हुनका लागि अभिनय, नृत्य र फाईटमा दम हुनुपर्छ । शिल्पामा यी तीनै गुण भएको पाएका छन् उनले । ‘नृत्य र अभिनय त राम्रो थियो । ‘हवल्दार सुन्तली’मा फाइट पनि निकै राम्रो गरिन् ।’ ओझाले शिल्पाको तारिफ गर्दै भने ।

कुनै पनि चलचित्रमा अनुबन्ध भएपछि त्यही चलचित्रमा केन्द्रित हुने बानी छ रे उनको । शिल्पालाई नजिकवाट चिनेका निर्माता ओझा भन्छन् ‘आफुले काम गर्ने चलचित्रको स्क्रिप्ट पढेर प्रत्येक दृष्यमा जीवन्त अभिनय गर्ने प्रयास गर्छिन् शिल्पा ।’

श्याम भट्टराईको निर्देशनमा बैशाख २ वाट ‘किस्मत’को सुटिङ हुने भएको छ भने ‘हिफाजत २’ को सुटिङ ज्ञानेन्द्र देउजाको निर्देशनमा भदौमा हुनेछ ।

- See more at: http://www.onlinekhabar.com/2015/02/241811/
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: tundikhel on February 24, 2015, 12:51:09 AM
 चैत्र २७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म 'हवल्दार सुन्तली'को 'घन्टी बज्यो...' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सविन श्रेष्ठ र शिल्पा पोख्रेललाई देखाइएको छ ।
 
शिल्पाको घन्टी बज्यो

छविराज प्रोडक्शनको ब्यानरमा छविराज ओझाले निर्माण गरेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा किशोर खतिवडा पनि मुख्य भूमिकामा छन् ।
 
'घन्टी बज्यो...' बोलको गीतमा टंक बुढाथोकी र मिलन अमात्यको स्वर छ । यो गीतमा टंककै संगीत, दिनेश सुवेदीको शब्द छ ।
 
मदन काश्यप घिमिरेको छायांकन, कविराज गहतराजको नृत्य, अनन्त थपलियाको सम्पादन रहेको फिल्मले बलात्कारको शिकार भएकी सुन्तली धामीको कथालाई उठाएको छ ।

https://www.youtube.com/watch?feature=player_embedded&v=F5fEJCuKuEw
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: tundikhel on February 25, 2015, 02:47:01 PM
interview
saptahik
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: anand on March 17, 2015, 11:53:00 AM

म पैसा कम दिन्छु तर उधारो राख्दिनः छवि ओझा



२० वटा चलचित्र निर्माण गरिसकेका निर्माता छविराज ओझालाई लाग्ने एउटा आरोप छ, उनले आफ्नो चलचित्रमा कलाकारलाई निकै कम पारिश्रमिक दिन्छन् ।

अनलाइनखबरको स्टूडियोमा कुरा गर्दै निर्माता ओझाले यो कुरालाई स्विकार गरेका छन् । छविले भने-‘यो कुरामा केही सत्यता र केही असत्यता छ । मैले पारिश्रमिक कम दिन्छु भन्ने सही हो, तर दिंदै दिन्न भन्ने होइन ।’

छविले आफूले सबै कलाकारसँग संझौता गरेरै काम गर्ने बताए । उनले भने-‘दिनेले कम दिउँ भन्ने खोज्छ, लिनेले धेरै लिउँ भन्ने खोज्छ ।’

उनले आफू एक व्यवसायी भएकाले पनि कम भन्दा कम रकममा सफल चलचित्र बनाउने बताए ।

उनले भने-‘म कलाकारलाई भन्छु कि मसँग पैसा छैन, यतीमा काम गर्नुपर्छ । मान्नेले गर्छन्, नमान्नेले गर्दैनन् ।’ आफूसँग सहमत नभएको खण्डमा अरु कलाकार लिने छविले बताए ।

खुलस्त बोल्न रुचाउने निर्माता ओझाले भने-‘आजसम्म मैले कुनै कलाकारलाई रकम दिन बाँकी छ भने मलाई देखाउनुहोस् । म कम दिन्छु तर उधारो राख्दिन ।’

onlinekhabar
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: tundikhel on March 22, 2015, 01:09:18 PM
Shilpa and Rajani
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: kurakani on March 30, 2015, 03:55:10 AM
http://xnepali.net/movies/its-official-chhabi-camp-to-make-female-oriented-movies-only/

Female orientated person. 

3 failed marriages .....
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: tundikhel on April 22, 2015, 02:26:11 PM
रेखाको स्थानमा पुग्लीन त ?


निर्माता छविराज ओझाले भित्राएका अभिनेता र अभिनेत्री दुबै फिल्म क्षेत्रमा हिट छन् । विशेषगरि, अभिनेत्री रेखा थापा र अभिनेता राजेश हमाल, अभिनेता आर्यन सिग्देल फिल्म क्षेत्रमा हिट देखिन्छन् । यसैले पनि छविराज ओझालाई फिल्म क्षेत्रमा 'बा' भनिन्छ ।

अभिनेत्री रेखा थापालाई 'हिरो' फिल्म मार्फत भित्राएका छविले १० बर्षसम्म उनीसँगै जिवन पनि बिताए । रेखा सुपरस्टार भइन्, छवि पनि हिट निर्माता । तर, रेखा सुपरस्टार भएसँगै अहिले छविसँग अलग छिन् ।
सुपरस्टार बनेपछि रेखा थापा छबिको जिवन र क्याम्पबाट टाढा गईन् । छविले नयाँ अभिनेत्रीको खोजी गरे जो रेखाको स्थानमा पुगोस् । उनले खोजेकी पहिली अभिनेत्री रजनी केसी खासै सफल हुन सकिनन् । यसपछि भने उनले फिल्म 'लज्जा' मार्फत शिल्पा पोख्रेललाई भित्राए ।

'लज्जा' हिट भएपछि छविको सपना पूरा गर्ने छनक देखाएकी शिल्पाको अहिले हाइहाइ छ । विशेषगरि, उनले अभिनय गरेको फिल्म 'हवल्दार सुन्तली'ले बम्पर ब्यापार गरेपछि शिल्पाका लागि छवि फापेका छन् । फिल्म क्षेत्रमा अब शिल्पा पनि रेखाकै लयमा लागिन् भन्ने भनाई सुनिन थालिएका छन् ।

विशेषगरि, एक्सन फिल्म 'हवल्दार सुन्तली'मा शिल्पाको अभिनयको तारिफ पनि खुबै भएको छ । शिल्पा छविको घोषित दुई फिल्ममा काम गर्ने पक्का भैसकेको छ । के छवि ओझाले भित्राएकी शिल्पा पोख्रेल रेखा थापाको स्थान लिन सफल होलिन् ?

शिल्पाको सफलताको कडीले यस्तै छनक देखाएको छ । फरक यत्ती छ रेखा गसिप र चर्चासँग डराउँदैनथिन्, शिल्पा यसमा अली नै बढी ध्यान दिने गर्छिन् । नेपाली फिल्म क्षेत्रमा अर्की रेखा थापाको रुपमा शिल्पा पोख्रेल जन्मिएको खण्डमा यसले फिल्म क्षेत्र र शिल्पा दुबैलाई फाइदा दिनेछ ।
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: tundikhel on May 10, 2015, 06:10:45 AM
Rekha Thapa

https://www.youtube.com/watch?v=zSqrlX0sB4k

Compare with Rekha's statement

https://www.youtube.com/watch?v=z5nD_HpCHpE

Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: anand on July 16, 2015, 11:52:55 PM
पुरानो प्रेमीले धेरै सिकायो : नायिका शिल्पा पोखरेल

March 9, 2015


शिल्पा पोखरेल सानो पर्दाका दर्शकमाझ उहिल्यै परिचित अनुहार हो । एक समय आधुनिक गीतका म्युजिक भिडियोमा उनले एकछत्र राज गरेकी थिइन् । केही समयअघि मात्रै फिल्म ‘लज्जा’मार्फत ठूलो पर्दामा देखिइन् । चाँडै नै उनी अभिनीत अर्काे फिल्म ‘हवल्दार सुन्तली’ रिलिज हुँदैछ । 

शिल्पासँग  दर्जन प्रश्नः


 
पहिलो फिल्मबाट आफ्ना केही कमजोरी ‘नोटिस’ गर्नुभयो त ?
ज्यानलाई केयरलेस गरेँ । मेन्टेन गरिनँ, चलिहाल्छ भनेर गर्दा मोटी देखिएछु । ‘लज्जा’ हेरेपछि मैले ‘हवल्दार सुन्तली’का लागि पूरै मेन्टेन गरेँ । फाइट क्लास लिएँ, जिम गएँ ।

नयाँ फिल्मका लागि कि फिट रहनका लागि ?
सेल्फ डिफेन्सका लागि भन्नुपर्ला ! त्यस्तो दिनका लागि पनि तयार भएर बस्नुप¥यो नि ! र, एक्सन मुभीको अफर आयो भने ‘गर्न सक्छु’ भन्ने भइरहनुपर्यो भनेर ।

तपाईंले फिल्ममा अभिनय गर्नुभन्दा केही महिनाअघि मात्रै फिल्म क्षेत्रमा कुनै हालतमा नआउने बताउनुभएको थियो, सम्झना छ ?
हो, अझै पनि सम्झिरहेकी छु । तपाईंसँग कुराकानी हुनुभन्दा केही समयअघि मात्रै मैले एउटा फिल्मका लागि अडिसन दिएकी थिएँ । छानिएँ पनि । त्यसपछि उक्त फिल्मका निर्देशकले भने, ‘नयाँ मान्छेलाई चान्स दिएबापत हामीले के पाउँछौँ ?’ मैले फिल्म छाडिदिएँ, सर्वस्व गुमाएर फिल्म खेल्नुपर्ने रहेछ जस्तो लागेर कहिल्यै फिल्म खेल्दिनँ भन्या’ थेँ । ती निर्देशकलाई त्यहीँ भन्या’ थेँ, ‘तपाईंजस्ता मान्छेका कारण नयाँ र राम्रा प्रतिभा फिल्म क्षेत्रमा आउँदैनन् ।’ तर, अभिनेत्री भइसकेपछि ठूलो पर्दामा देखिने सपना सबैलाई हुन्छ । पहिलोपल्ट नै मेरो त्यो सपनाको हत्या भयो ।


अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेझैँ छविजीले पनि उस्तै प्रस्ताव गर्नुहोला भन्ने डर लागेन ?
एकचोटि त गलत सोच पनि आयो । उहाँले त्यतिबेला ‘लोफर’ फिल्म बनाउने तयारी गरिरहनुभएको थियो । मलाई उक्त फिल्ममा केटीको भूमिका कमजोर रहेको भन्दै ‘लज्जा’का लागि एक वर्ष कुर्न भन्नुभयो । मलाई उहाँले पनि झुलाउन खोज्नुभयो कि, जस्तो लाग्या’थ्यो । तर, जब उहाँले सही सल्लाह दिन थाल्नुभयो, त्यसपछि पूरै विश्वास जाग्यो । निर्देशक नवल नेपाल दाइले अडिसनमा स्क्रिप्ट र मेरो अभिनयमा मात्रै ध्यान दिएको देख्दा फिल्म क्षेत्रमा यस्ता राम्रा मान्छे पनि हुँदा रहेछन् भन्ने लागेर भावुक भएकी थिएँ ।

फिल्म क्षेत्रलाई हेर्ने दृष्टिकोण अहिले पूरै बदलियो ? आफू नमरी स्वर्ग देखिँदैन भनिन्छ नि, त्यस्तै फिल्म क्षेत्रमा नआउञ्जेल सोचेका धेरै कुरा गलत भए । यो क्षेत्रका सबै मान्छेले शोषण गर्छन् भन्ने लाग्थ्यो तर केही गलत मान्छे हेरेर धेरैमाथि अन्यायी दृष्टिले हेरेकी रहिछु । यहाँका मान्छे मात्रै होइन, हामी आफैँ पनि खराब व्यवहारका लागि दोषी छौँ कि ? धेरै फिल्म खेल्न चाहने केटीहरूले ‘राम्रो ब्यानरको फिल्म खेल्न जे पनि गर्ने’ भनिदिँदा पनि यो अवस्था आएको हुनसक्छ । धेरै केटीले यस्तो भनेको मैले पनि सुनेकी छु । तर, त्यसरी फिल्म खेल्न पाइने रहेनछ, निरन्तर लागिरह्यो भने समय आउने रहेछ ।

केही समय त छविजीको कडा निगरानीमा रहनु पर्यो रे नि !
छवि बाले, कडा निगारानीमा राखेको होइन । मैले म्युजिक भिडियोमा लगातार काम गरिरहँदा फिल्म ‘लज्जा’का गीत पनि भिडियोजस्तै देखिएलान् भनेर म्युजिक भिडियो नखेल्ने बताएकी थिएँ । छवि बाले, कडा निगरानीमा राखेको कुरा आयो । त्यस्तो काँ’ हुन्छ हौ अनि ?

स्क्रिप्ट छान्ने जिम्मेवारी छविजीसँगै छ कि ?
फिल्म क्षेत्रका लागि उहाँ मेरो अभिभावक हो । उहाँले यही क्षेत्रमा २५ वर्ष बिताइसक्नुभएको छ । उहाँले मान्छे र स्क्रिप्ट दुवै चिन्नुहुन्छ । त्यसैले सल्लाह उहाँसँगै लिन्छु । उहाँ ‘निर्णय चाहिँ आफैँ गर’ भन्नुहुन्छ ।

 तपाईंलाई छविजीले अर्की रेखा बनाउने रे !
रेखा दिदी सगरमाथा चढिसक्नुभयो । म त्यो बाटोमा छु, भन्नुभएको हो । त्यसकारण पनि उहाँले रेखा दिदीलाई मसँग तुलना गर्नुभएन, माथि नै राख्नुभएको छ । अर्काे कुरा रेखा दिदी रेखा दिदी नै हो । शिल्पा पनि शिल्पा नै बन्न चाहन्छु । भन्नुको अर्थ म आफ्नै एउटा स्पेस बनाउन चाहन्छु ।

गसिप मेकिङमा त पहिलो फिल्मबाटै अभ्यस्त भइयो है !
मलाई सुरु–सुरुमा त अप्ठ्यारो भयो । ‘रेखालाई रिप्लेस गर्ने रे, ‘हवल्दार सुन्तली’मा छवि बाले दोहोरायाउँदा बिहे गर्ने रे’ भन्ने हल्ला चले । केही नहुँदा बच्नुपर्ने कस्तो अचम्म भन्ने लाग्याथ्यो । मलाई पछि महसुस भयो । दर्शकले पोजेटिभ भन्दा नेगेटिभ कुरामा चासो दिने रहेछन् । यही बीचमा फिल्मका पब्लिसिटीका लागि फाइदा उठाइयो । ‘शिल्पा बिहे गर्न राजी हुन्छे भने हाम फाल्छु’ भनेर छवि बाले भन्नुभयो । मैले १० वर्ष कुर्नुहोस् भनेर चर्चा गर्ने मेलो बनाइदिएँ । कलाकार भएपछि पर्दाबाहिर पनि एक्टिङ गरेर हिँड्नुपर्ने रैछ । घरबाट निस्केदेखि एक्टिङ गरिरहेकी हुन्छु र घर नपुगुञ्जेल म शिल्पा हुन्नँ ।


फिल्म हिट भएपछि तारिफ गर्ने र पछि लाग्ने बढेका होलान् ?
फ्यान, फलोअर निकै बढेका छन् । दिमाग खराब गर्ने म्यासेज आएर हैरान छु । चिन्नु न जान्नु एकैचोटि ‘आई लभ यू’ रे !

एउटा न एउटालाई त ‘सेम टू यू’ पनि भन्नुपर्ला !
मलाई त ब्वाइफ्रेन्ड बनाए, करिअर टाढा हुन्छ जस्तो लाग्छ । त्यसैले अहिले त्यो कुरा सोच्दिनँ ।

 सानै उमेरमा भएको प्रेम अनुभवले यस्तै सिकायो ?
उसलाई पनि ‘थ्यांक यू’ भन्छु । त्यो सम्बन्धले समयमै धेरै कुरा सिकायो । अहिले कसैले प्रेम प्रस्ताव राख्दा पनि पहिलाको सम्झेर रिस उठ्ने रहेछ । त्यसैले त्यस्तो अफर गर्नेलाई साथी भएर बस्दा राम्रो हुन्छ भन्छु ।


- नयाँ पेजबाट
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: samir211 on July 20, 2018, 08:06:12 AM
छवि–शिल्पाको तमासा
सोमबार, ३२ असार २०७५, ०७ : १९ |  अनिल यादव

भनिरहनु नपर्ला, नेपाली फिल्म क्षेत्रमा निर्माता छविराज ओझा र फन्डा पर्यायजस्तै छन् । व्यावसायिक मात्रै होइन, उनले आफ्नो व्यक्तिगत जीवनको चर्चालाई पनि फिल्म व्यापारको ‘फन्डा’ बनाउँदै आएका छन् ।  यो क्रम अझै रोकिएको छैन । उनको व्यवहार हेर्दा देखिन्छ, आफ्नो व्यक्तिगत जीवन तमासा नै किन नबनोस् तर चर्चा भने रोकिनुहुँदैन ।

चार दशकअघि हिन्दी फिल्मको वितरण सहयोगीबाट फिल्मी साइनो जोडेका छविले पहिलोपल्ट निर्माण गरेको फिल्म थियो– युगदेखि युगसम्म । यही फिल्मबाट अभिनयमा पाइला चालेका राजेश हमालको आज फिल्म क्षेत्रमा बौद्धिक अभिनेताको छवि स्थापित भयो तर उनैलाई डेब्यू गराउने छविको छवि भने धमिलो पानीजस्तै छ– प्रश्नैप्रश्नले घेरिएको ।

तेस्रो घरबार बिग्रिसक्दा पनि उनको व्यक्तिगत जीवन छताछुल्लै हुन्छ मिडियामा । अझ उनको ब्यानर छविराज प्रोडक्सनको फिल्म रिलिज हुने मिति नजिकिनुपर्छ प्रेम, विवाहको तमासा छाइहाल्छ मिडियामा ।

नायिका रेखा थापासँगको डिभोर्सपछि शिल्पा पोखरेलसँगको प्रेम र विवाह प्रसंग यसरी नै २ वर्षदेखि मिडियामा छाइरहेको छ । आजै बिहे गर्ने, भोलि नै जन्ती हिँडिहाल्ने जस्ता समाचार आइरहन्छन् मिडियामा । यसमा छवि मात्रै हैन, शिल्पासमेत उत्तिकै सक्रिय हुन्छिन् ।

यी दुवैबीच विवाह भइसकेको अपुष्ट खबर बारम्बार सार्वजनिक नभएका हैनन् तर दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरे पनि विवाह भएको भने कहिल्यै स्वीकार गरेनन् । विवाह गर्ने मिति सार्वजनिक गरिरहे अनि त्यही प्रश्नसँग उनीहरु नै तर्किरहे ।

यसै हप्ता छविकी तेस्री पत्नी रेखाले एक स्मारिकामार्फत छवि र शिल्पाबीच दुई वर्ष अगाडि नै विवाह भइसकेको भनाइ सार्वजनिक गरेपछि  ६० कटेका छवि र ३० टेक्दै गरेकी शिल्पाबीच विवाह भइसकेको हो त भन्ने चर्चा सुरु भयो ।
रेखाले आवेगमा आएर यस्तो लेखेकी हुन् या साँच्चिकै यी दुवैबीच दुई वर्ष अगाडि नै विवाह भएर पनि घटना लुकाएर बेलाबेलामा त्यही घटनालाई मिडियामा स्टन्ट मच्चाइरहेका हुन् ?

शुक्रवारकर्मीले करिब एक साता यही प्रश्नको उत्तर खोज्दै यी दुवैका परिचित, निकट र विश्वासीहरुसम्म पुग्दा खुल्यो, रेखाको दाबी सत्य रहेछ । यी दुवैले दुई वर्षअघि सुटुक्क विवाह गरिसकेका रहेछन् । खोजीका क्रममा शिल्पा र छविबीच विवाह हुँदाको दृश्य मण्डपअगाडि उभिएर हेर्ने प्रत्यक्षदर्शीसमेत भेटिए ।

विश्वस्त स्रोतका अनुसार यी दुवैको विवाहका साक्षीमध्ये थिए फिल्म निर्देशक सम्झना रौनियार र फोटो पत्रकार (सम्झनाका श्रीमान्) विकास रौनियार । शिल्पाले विकासलाई दाइ सम्बोधन गर्छिन् । विकासले सोही हैसियतमा शिल्पाको हात छविको हातमा राख्दै कन्यादान गरिदिएका थिए ।  विकास र सम्झनासँग शिल्पाको कन्यादानको तस्बिरसमेत छ । रेखाले समेत सो तस्बिर हेरिसकेकी छन् ।

‘मैले सम्झना दिदी (उप्रेती रौनियार, निर्देशक)को मोबाइलमा दुईजनाको कन्यादानको फोटो हेरेर थाहा पाएकी हुँ । छविले पनि मलाई भनेकै हो,’ छवि र शिल्पाको विवाह भइसकेको दाबीको आधार के हो भनी यस पंक्तिकारले सोध्दा रेखाले शुक्रवारसँग निर्धक्क भनिन् ।

रेखाको खुलासाको पुष्टिका लागि छवि र शिल्पासँग यसबारेमा जानकारी लिनु महत्वपूर्ण थियो । उनीहरुसँग पटक–पटक सम्पर्क गर्ने प्रयास मंगलबार दिनभर जारी रह्यो । छविसँग सहजै सम्पर्क हुने दुई वटा मोबाइल नम्बरले ‘अफ’ भनिरहेको थियो । दिनभर रिङ गए पनि शिल्पाबाट कुनै उत्तर आएन ।

मंगलबार बेलुका शिल्पालाई ‘म अनिल यादव, तपाईंसँग कुरा गर्न चाहन्छु’ भनेर म्यासेज पठाएपछि त्यसको करिब १५ मिनेटपछि कतै मोबाइल उठिहाल्छ कि भनेर फोन गर्दा उठ्यो ।

शिल्पाको स्वर मलिनो थियो । उनले तीन दिनदेखि सञ्चो नभएर आराम गरिरहेको बताइन् ।

शुक्रवारकर्मीले उनीसँग विवाहबारे जिज्ञासा राख्यो ।

‘दुई वर्षअगाडि नै विवाह भइसकेको रहेछ किन लुकाउनु भएको ?’

उनले बिहे गरेको स्वीकार गरिनन् ।

‘यो विषयमा मलाईभन्दा बढी रेखा दिदीलाई थाहा रै’छ । उहाँलाई नै सोध्नु होला,’ शिल्पाले भनिन् । करिब चार मिनेटको कुराकानीमा उनलाई विवाह गरेको तस्बिर देख्ने व्यक्ति नै रहेको बताउँदा पनि स्वीकार गरिनन् ।

शिल्पासँगको कुराकानीपछि कतै निर्माता छविको मोबाइलको स्विच अन भयो कि भनेर फोन डायल गर्दा उस्तै सन्देश आयो– ‘स्विच अफ ।’

छवि–शिल्पाको विवाहबारे जानकार स्रोतलाई मंगलबार नै सम्पर्क गर्दा उनले ‘अब लुकाउनुको अर्थ नहुने सल्लाह दिन्छु’ भनेका थिए । शंका लाग्यो, कतै उनले यही सन्देश दिएकाले निर्माता छविको मोबाइल अफ भएको त हैन ?

हेमादेखि शिल्पासम्म
छविको वैवाहिक यात्रा नायिका रेखा थापासँगको सम्बन्धपछि सार्वजनिक भएको हो तर रेखा उनको तेस्री श्रीमती थिइन् । पहिलो विवाह सामान्य रुपमै भएको थियो ३४ वर्षअघि हेमा ओझासँग । आठ वर्षपछि सो सम्बन्ध टुट्यो ।
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: samir211 on July 20, 2018, 08:07:58 AM
। त्यसपछि उनको वैवाहिक यात्रा सुरु भयो नायिकाहरुसँग ।

फिल्म ‘नाता’मा काम गर्ने क्रममा भेट भएकी गीताञ्जली सुनुवारसँग उनले दोस्रो बिहे गरे । डिप्रेसनका कारण गीताञ्जलीले आत्महत्या गरिन् । हेमाका तर्फबाट दुई छोरा र गीताञ्जलीका तर्फबाट एक छोरा छन् ।

गीताञ्जलीपछि छविले रेखासँग तेस्रो बिहे गरे । रेखालाई उनैले फिल्म ‘हिरो’बाट अभिनयमा ब्रेक दिएका थिए । उनी त्यो फिल्ममा प्रमुख भूमिकामा थिइनन् । त्यसपछि छविले आफ्नो प्रोडक्सनबाट बनाउने फिल्महरुमा रेखालाई अनुबन्ध गर्न छुटाएनन् । रेखा उनको फिल्ममा मात्रै हैन, जीवनमै अनुबन्ध भइन्– १६ वर्षको उमेरमा ।

‘छविसँग विवाह गर्दा मेरो उमेर १६ मात्र थियो, परिपक्व थिइनँ,’ बाल विवाह गरेकी रेखाले पुराना दिन सम्झँदै भनिन्, ‘अभिभावक पनि पाउने भएपछि विवाह गरेँ ।’

१२ वर्ष रेखा–छविबीच श्रीमान्–श्रीमतीको सम्बन्ध कायम रह्यो । तर ६ वर्ष अगाडि नै  रेखा–छविको सम्बन्ध औपचारिकता मात्र बनिसकेको थियो । उनी छविसँग अलग्ग बस्न थालिसकेकी थिइन् । कानुनी रुपमा भने उनी २०७३ असारमा मात्रै छविसँग अलग भइन्, जुनबेला छविको जीवनमा शिल्पाको प्रवेश भइसकेको थियो । विश्वस्त स्रोतका अनुसार रेखासँग डिभोर्स भएको एक महिनापछि नै निर्माता छविले नायिका शिल्पासँग विवाह गरिसकेका थिए ।

‘कलिलो उमेरमा विवाह भयो,’ रेखाले डिभोर्सबारे खुलाइन्, ‘जब परिपक्व भएँ, विचार मिल्न छाड्यो र अलग भएँ ।’

फिल्म चलाउने अस्त्र 
फिल्मकर्मी मात्रै होइन, अब दर्शकले पनि छविको फिल्म चलाउने बलियो अस्त्र प्रेम र विवाहसम्बन्धी गसिप रहेको चाल पाइसके । उनको जुन फिल्म रिलिज हुन लागेको हुन्छ, उनको नाम त्यो फिल्मको हिरोइनसँग जोडिएकै हुन्छ । व्यक्तिगत रुपमा आफूसँग नजिक नहुने हिरोइनलाई उनी लगातार आफ्नो फिल्म खेलाउँदैनन् पनि । जो निरन्तर जोडिइन्छन्, ती नायिकासँग निर्माता छविको प्रेम सम्बन्ध अनि विवाहको प्रसंग पनि जोडिइहाल्छ । पटक–पटक दोहोरिइरहेको यो परिघटना संयोग मात्र हुन सक्दैन ।

रेखा–छविको औपचारिक सम्बन्ध कायमै रहँदा फिल्म रिलिजको पूर्वसन्ध्यामा यी दुवैको व्यक्तिगत जीवन गसिपको खुराक बन्थ्यो । जसको सूत्रधार उनै छवि हुन्थे ।

रेखासँग सम्बन्धमा रहुञ्जेल उनी निरन्तर छविकी हिरोइन भइन् । रेखाकै बलमा उनका थुप्रै फिल्म चले पनि । जब दुवैबीच डिभोर्स भयो छवि–रेखाको दोहोरो फिल्मी यात्रा पनि सकियो ।

रेखासँग सम्बन्ध टुटेपछि छविले ‘लोफर’ फिल्मबाट रजनी केसीलाई नयाँ हिरोइनका रुपमा फिल्म इन्डस्ट्रीमा भित्र्याए । रजनीसँग उनको नाम जोडियो नै । यसले रजनीको घरमा समस्या आयो र रजनीले छविको फिल्म दोर्याएर खेलिनन् ।

छविले रजनीपछि फिल्म ‘लज्जा’बाट नयाँ हिरोइनलाई डेब्यू गराए– शिल्पा पोखरेल । ‘लज्जा’पछि उनका लगातार तीन फिल्म ‘हवल्दार सुन्तली’, ‘किस्मत–२’ र  ‘मंगलम्’ मा पनि शिल्पालाई नै हिरोइन बनाए । रेखाको स्थानमा शिल्पाको प्रवेश फिल्ममा मात्रै हैन, छविको व्यक्तिगत जीवनमा पनि भयो ।

यी चारवटै फिल्मको रिलिजअघि छवि–शिल्पाको प्रेम र विवाहबारे चर्चा चलिरहे । शिल्पासँग विवाह गर्न राजी रहेको छविका भनाइहरु सार्वजनिक भइरहे । अरुले छाडेको व्यक्तिको हात समात्दा फरक के पर्ला र भन्ने शिल्पाका भनाइ पनि सँगसँगै आए तर जब विवाहबारे दुवैसँग प्रश्न तेर्साइन्थ्यो दुवैले भन्थे, ‘बिहे गर्ने हो तर अहिले हैन ।’ तर वास्तवमा दुवैबीच पहिल्यै विवाह भइसकेको थियो ।

धेरैलाई थाहा नहुनसक्छ शिल्पाको जीवनमा प्रवेश गर्ने पहिलो पुरुष छवि मात्र हैनन् । नेपाली फिल्मी क्षेत्रमा नायिकाको रुपमा उनी उदाउनुअगाडि नै उनको विवाह भइसकेको थियो । विवाह गरेको केही समयमै खटपट सुरु भयो । शिल्पाको पहिलो विवाहबारे जानकार स्रोतका अनुसार नेपाली फिल्मी क्षेत्रकै व्यक्तिसँग उनको विवाह भएको थियो । उनी शिल्पालाई फिल्मी क्षेत्रमा जानबाट रोक्न चाहन्थे ।

यही विवाद बढ्दै गएपछि दुवै छुट्टिए । उनका पूर्व पति अहिले शिल्पाबारे बोल्न रुचाउँदैनन् । उनी निकट स्रोतमार्फत शिल्पाबारे जान्न खोज्दा उनले स्रोतलाई भने, ‘उसको जीवन नयाँ ढंगले सुरु भएको छ, मेरो आफ्नै तरिकाले अगाडि बढेको छ, पुराना कुरा सार्वजनिक गरेर के हुन्छ र !’

किन लुकाइरहेछन् बिहे ?
दुवैले रियल लाइफमा जग्गे घुमेको तस्बिर फिल्मवृत्तका धेरैले हेरिसकेका छन् । यी दुवै यसबारे जानकार नै छन् । तापनि जब विवाहबारे प्रश्न सोधिन्छ, सम्बन्धमा रहेको तर बिहे नगरेको अड्डी नै कसिरहेका हुन्छन् । आखिर किन उनीहरू बिहेको नयाँ–नयाँ मिति सार्छन् र अनेक बहाना बनाउँछन् दुवै ? निकटस्थ फिल्मकर्मीहरु पनि यी दुवैको यस किसिमको व्यवहारबाट चकित छन् ।

‘बिहे पनि नाटकजस्तो भइदियो छवि दाइलाई,’ नाम नलेखिदिने शर्तमा छवि निकट एक फिल्मकर्मीले भने, ‘सायद अर्को फिल्म चलाउनका लागि नभनेका होलान् ! अर्को फिल्मको रिलिजपछि चाहिँ भन्लान् कि !
Title: Re: Shilpa Pokharel -- Chhabi Raj Ojha's Rekha Thapa replacement
Post by: samir211 on July 20, 2018, 08:09:58 AM
त्यसो त एकवर्षअघि ‘मंगलम्’ फिल्म रिलिजताका युट्युब च्यानल रमाइलोछलाई अन्तरवार्ता दिने क्रममा छवि–शिल्पाले आफूहरु बिहेको तयारीमा रहेको स्वीकारेका थिए ।

शिल्पाको घरमा आफू माग्न गएकोसम्म छविले सुनाएका थिए । अझै साइत जुरिसकेको छैन, गुरुले साइत जुराएपछि बिहे हुन्छ भन्ने उनको तर्क थियो ।

लिभिङ टुगेदरमा हुनुहुन्छ रे भन्ने प्रश्नमा पनि शिल्पाले ‘अहिले होइन, बिहेपछि मात्र सँगै बस्छौं’ भनेकी थिइन् ।
२०७४ साउन २८ मा अनलाइनखबरको युट्युब च्यानलमा राखिएको शिल्पाको अन्तर्वार्तामा उनले ‘छविसँग यसैवर्ष विवाह गर्ने’ बताएकी थिइन् । यी दुवैको सम्बन्धबारे जति स्रोत भेटिए, सबैले स्वीकार गरे– ‘दुवैले विवाह गरिसकेका छन् ।’

शिल्पाले तोकेको विवाहको समय आउन एक महिना बाँकी छ । कतै यस बीचमा उनले पुरानो तस्बिर सार्वजनिक गरेर विवाह भइसकेको स्वीकार पो गर्छिन् कि ?

०००

‘अरुको लोग्नेसँग मेरो नाम नदाँज्दिनुस्’
रेखा थापा
अभिनेत्री

छविले शिल्पासँग बिहे गरेको दुई वर्ष भयो भनेर खुलासा गर्नुभएछ नि !
बिहे गरेकै हो, यो कसरी नयाँ कुरा भयो र !

बिहे भोजमा पनि जानुभएको थियो ?
थिइनँ, निम्तो थिएन ।

अनि कसरी थाहा पाउनु भयो त ?
मैले सम्झना दिदी (सम्झना उप्रेती रौनियार, निर्देशक)को मोबाइलमा दुईजनाको कन्यादानको फोटो हेरेर थाहा पाएको हो । छविले पनि भनेकै हो ।

त्यसो भए किन लुकाइरहेका छन् उनीहरु यो सम्बन्ध ?
त्यो त उनीहरुलाई नै सोध्नुस् । मलाई यो विषयमा कुरा गर्न मन नै छैन । मेरो स्मारिकामा पनि उनीहरुको पोल खोल्ने नियत होइन । मिडियाको प्रवृत्तिमाथि लेखिरहँदा मलाई सधैँ घोच्ने विषय मात्रै उठाएको हो । अरुसँग बिहे गरिसक्दा पनि मेरो नाम छविसँग जोडेर आउँदा साँच्चै मन दुख्छ, त्यसैले त्यो कुरा निस्केको हो । अरु केही नियत थिएन । र, मिडियासँग अनुरोध गर्छु, प्लिज आज उप्रान्त अरुको लोग्नेसँग मेरो नाम नदाँज्दिनुस् । यो त छोरी मान्छेमाथिको हिंसा हो ।

०००

‘प्रुफ छ भने सार्वजनिक गरिदिनुस्’
शिल्पा पोखरेल
अभिनेत्री

छविराज ओझाकी पूर्व पत्नी रेखा थापाले एक अनलाइनको स्मारिकामा तपाईंले दुई वर्षअघि नै छविसँग बिहे गरेको पोल खोल्दिनुभएछ । के भन्नुहुन्छ तपाई ?
यो विषयमा मलाई भन्दा बढी रेखा दिदीलाई थाहा रै’छ । उहाँलाई नै सोध्नु होला ।

उहाँले त खोलिसक्नुभयो । अब तपाईकै मुखबाट जवाफ सुन्न खोजेको  ?
हो रै’छ भने टाइम आएपछि बताउँला । 

भनेपछि बिहे भएको हो ?
(हाँस्दै) छैन । 

हाँस्नु भयो त । झुट बोल्न गाह्रो भएर हो ? 
रेखा दिदीलाई नै सोध्नु न । मैले उहाँसँग कुरा गर्न बाँकी नै छ । म उहाँसँग कुरा गर्छु । भोलि मेरो बिहे भा’को होइन रहेछ भने मलाई अर्को केटा पाउन गाह्रो हुँदैन ?

पक्कै पनि रेखाजीले हचुवाको तालमा बोल्नुभएको होइन होला ?   
हामी दुवैको घर टाढा छ । कसरी सँगै बस्छौँ भन्नु ?

तपाईंको पनि गौरीघाट (छविराजको घर) नै हो भन्ने हल्ला छ ?
होइन । बरु रेखा दिदीको अपार्टमेन्ट धेरैपल्ट गा’को छु । 

छविराजसँग तपाईंको पारिवारिक व्यवहार छ त, होइन र ?
त्यो त उहाँले जति जना कलाकार भित्र्याउनुहुन्छ, सबैसँग त्यस्तै गर्नुहुन्छ ।

अनि दुई वर्षअघि काठमाडौंको एउटा पार्टी प्यालेसमा छवि दुलहा, तपाईं दुलही बनेर बिहे गर्नुभएको थियो । त्यो कुनै फिल्मको सुटिङ थियो कि ? थियो भने कहिले रिलिज हुन्छ ?
प्रुफ छ भने प्लिज छापिदिनुस् । उता रेखा दिदीले पनि बिहे भएको दाबी गर्नुभएछ । उहाँलाई पनि प्रुफ छ भने सार्वजनिक गरिदिनुस् नत्र अर्काको कुरामा नबोल्नुस् भनेर मैले भनेको छु भनेर सुनाइदिनुस् । अरुले त हचुवाको भरमा धेरै कुरा भन्न सक्छन्, पत्याइहाल्नुभएन ।

तपाईंहरुको बिहे त फिल्म इन्डस्ट्रीका लागि ओपन सिक्रेटजस्तै छ नि ?
धेरैजनाले धेरै कुरा भन्नुहुन्छ । स्वीकार्नु पर्छ भन्ने छैन । यदि बिहे गरेको हो भने हामी आफै बोल्छौं । हामी आफैँले मुखले नभनी अरुले बोल्न मिल्दैन । रेखाजीले स्मारिकामा लेखेको विषयमा छविसँग मैले कुरा गरेको थिएँ । उहाँले ‘रेखा मसँग १२–१२ वर्ष सँगै बसेको छु । अब ५ वर्षअघि रेखाले बिहे ग¥यो भनेर मैले लेख्न मिल्छ ?’ भनेर भन्नुभयो ।