Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: tundikhel on February 20, 2015, 02:58:24 AM

Title: मञ्जुल का कबिता (Manjul poems)
Post by: tundikhel on February 20, 2015, 02:58:24 AM
मञ्जुल – मेरो टोपी कविताले लगाउँछ

मेरो टोपी
कहिलेकाहीँ दराजले लगाउँछ
कहिलेकाहीँ बाकसले
कहिलेकाहीँ गलैँचाले लगाउँछ
कहिलेकाहीँ गिटारले
कहिलेकाहीँ कुर्सीले लगाउँछ
कहिलेकाहीँ पर्खालले
मेरो टोपी
कहिलेकाहीँ मेरो कविताले लगाउँछ।
म चाहन्छु
मेरो टोपी आकाशले लगाओस्
सारा नीलिमाले,
बहिरहने बतासले लगाओस्।
यस्तो सोचिरहेका बेला
मेरो टोपी
कि त मेरी सानी छोरीले लगाइरहेकी हुन्छे
कि घरको अँध्यारो कुनाले
कसैले वास्ता नगरिएको
मिल्किएको घरको कुनाले…..।
Title: Re: मञ्जुल का कबिता (Manjul poems)
Post by: tundikhel on February 20, 2015, 03:00:09 AM
चुप लागेर बस

कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ
घण्टीले जस्तै

काँडामाथिको
शीतको थोपाले जस्तै

पुसे-घाममा हाँसिरहेको
या माघे-झरीमा
नुहाईरहेको फूलले जस्तै

जब दुःखमाथि विजय पाउने छन्
मानिसहरुले
तब बजाउने छन् घण्टहरु, घण्टीहरु

त्यस्तोबेला तिमीलेपनि नरोई बज्न सक्नु पर्छ
घण्टीले जस्तै
Title: Re: मञ्जुल का कबिता (Manjul poems)
Post by: tundikhel on February 20, 2015, 03:00:38 AM
त्यो केटो

ती प्रधानाध्यापक
(भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ
प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे
प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई
यो कविता लेख्न सक्षम बनाए ।)

त्यस मान्छेले त्यो बालकलाई
आफ्नो हातले समात्न चाह्यो
मुठीभरि पार्न चाह्यो
किचिमिची पारेर पिस्न चाह्यो
त्यस मान्छेले त्यो बालकलाई
आफ्नो हातले समात्न चाह्यो

तर त्यो बालक त्यो बालक मात्र होइन
सडक पनि हो
शहर पनि हो
सम्पूर्ण क्षितिज र विशाल आकाश पनि हो
त्यो मान्छे शहरको सानो घरको एउटा सानो
ईंटालाई त मुठीभरि पार्न सक्दैन
के समात्न सक्छ त्यत्रो विशाल आयतनलाई ?

त्यसकै अगाडि त्यही क्षण
(जब त्यसले केटालाई माखी सम्झेर मिच्न खोजेथ्यो
त्यो केटो फुकेर, फैलेर अरु केटाहरु भयो
सडक भयो
शहर भयो
र आकाश भएर टाँगियो मान्छेहरुको शीरमाथि सगर्व

बहादुरहरु यसरी नै फैलन्छन्
र जुलुस यसरी नै अघि बढ्छ
नारा यसरी नै चर्कन्छ
र त्यो केटो र ऊ जस्तालाई माखा संझेर दबाउन चाहनेहरु
देख्दादेख्दै सबैको अगाडि सडकमा पछारिन्छन्
र माखो बन्छन्

सच्चा विद्यार्थीहरु त्यस्तो स्कूलको खोजीमा हुन्छन्
जहाँ जीवनलाई जीवन जस्तो गरी बाँच्न सिकाइन्छ
मान्छेलाई मान्छे जस्तो गरी बाँच्न सिकाइन्छ
मान्छे र स्वतन्त्रता
के यी दुई कुरा एक अर्काेबाट छुट्ट्याउन सकिन्छ ?
अँध्यारो, केवल अँध्यारोले मात्र मान्छेको
छाँयालाई लुकाउन सक्छ
तर बत्ती बलेपछि हिड्डुल गर्ने मान्छेहरुको
मात्र होइन
निश्चल उभिएका चिजबीजहरुको पनि छायाँ देखिन्छ
मान्छे र उसको छाँया जस्तै हो मान्छे र उसको स्वतन्त्रता
त्यो केटो
जो बाँच्यो मान्छेको हृदयमा
के त्यसलाई किचिमिची पार्न सकिन्छ ?

त्यो केटोलाई मारेर पनि
अब त्यो कुरा प्राप्त गर्न सकिंदैन
मान्छेलाई मार्न सकिन्छ, म मान्छु
तर मान्छेको हृदयलाई मार्न सकिंदैन
मरेर गएका
तर आफ्नो क्रियाकलापमा, कृतिहरुमा र आप्mना
जनताहरुको माझमा
बाँचिरहेकाहरुलाई हेर

जो अमर छ, त्यसलाई किचिमिची पार्न खोज्छ
तुच्छ, मरणशील
एउटा माखो !
Title: Re: मञ्जुल का कबिता (Manjul poems)
Post by: tundikhel on February 20, 2015, 03:00:53 AM
 बौलाही

ऊ संग उसको मन् थिएन
मानिसहरुले उसलाई बौलाही भने

को संग कसको मन
कतिन्जेल सम्म हुन्छ-

म को हुँ ऊ जान्न चाहान्थी
म के गर्छर्ुुm बुझ्न चहान्थी
म के लेख्छु ऊ पढ्न चाहान्थी
ऊ भन्दा सध्दे मान्छे मेरा लागी कोहि थिएन

उसको मुस्कान
बिहानको हिमाल भन्दा सुन्दर थियो

बिचरा उसको मन चाहिं
ऊ संग थिएन

कहिले ऊ रुख जस्तै नाच्थी
हाँगा जस्तै हातहरु फैलाएर
कहिले गजधम्म बसिदिन्थी
पहाड जस्तै एकातिर मात्र मुख फर्काएर

ऊ त्यो गाउँ जस्तै थिई
जहाँ सुन्दर घरहरु छन्, रुखहरु छन्
तर जसको छातीमा
गहिरो न गहिरो ताल सुतेको छ ।

उसको आँखामा हर्ेर्नुहोस् त
त्यस्तो लाग्दैन तपार्ँइलाई –

मैले मलाई मनपर्ने ऊ थिई ।
Title: Re: मञ्जुल का कबिता (Manjul poems)
Post by: tundikhel on February 20, 2015, 03:01:02 AM
मेरो सानो मुरलीमा

मेरो सानो मुरलीमा मेरो देश नअटला
तर मेरो मुरलीले भाखा राखुँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअटला
तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

सुनाखरी फुलुँ भन्छ, सुनगाभा फुलुँ भन्छ
गुराँसको जोवन मेरो, लालुपाते हासुँ भन्छ
वेणी र त्रिवेणी देशसंग मिलुँ भन्छ ।
बादलुले उडुँ भन्छ, पखेरामा गुडुँ भन्छ
आकासले अडुँ भन्दा, पर्वतले बढुँ भन्छ
डाँफे चरी माथि माथि हिमालमा चढुँ भन्छ ।
Title: Re: मञ्जुल का कबिता (Manjul poems)
Post by: tundikhel on February 20, 2015, 03:01:23 AM
Chitra Haru Banai Rahanda

मन्दिर बनायौ तिमीले
बिहानीका
दिनका
साँझका-उसले भन्यो
मन्दिर बनायौ तिमीले
साना
ठूला
होचा
अग्ला-उसले भन्यो
मन्दिरको परिसर बनायौ
मन्दिरको पर्यावरण बनायौ
तर भगवान त देखिनुभएन नि-उसले भन्यो
चित्रहरु बनाइरहँदा
भगवान मेरो पछाडि बसेर
मेरो कामलाई हेरिरहनुभएको थियो
क्यानभासमा हेरिरहनुभएको थियो -मैले भनें